बुधबार, २७ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J63MEE283C008RWMM4Y3HX50.jpg

महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी

advertisement

त्रिशूली (नुवाकोट), ९ भदौः तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।     
     
 तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो ।     
     

advertisement


 सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् । “प्रदर्शनीमा हस्तकला, साना तथा घरेलु उद्योगबाट उत्पादित ढाका सरसफाइलगायत दैनिक उपभोगका सामग्रीको कारोबार उत्साहजनक छ ।” सहुलियतमा स्थानीय उत्पादन उपलब्ध भएकामा महिला उद्यमीलाई प्रोत्साहन मिलेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताउनुभयो ।     
 

advertisement


प्रकाशित मितिः आइतबार, ०९ भदौ २०८१
https://jawaaf.com/storage/01J628PYTZY5T4XGF60WJRJ7ZN.jpg

बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह

advertisement

ललितपुर, ८ भदौ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभएको छ ।     
     
 ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त रुपमा आयोजना गरेको महा जलजात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहरीकरण तीव्र रुपमा बढेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।     
     
 उहाँले भन्नुभयो, “बागमती नदी वर्षात्को समयमा बगे पनि सुक्खा समयमा निकै दुर्घन्धित हुने हुँदा यस्तो समस्याको समाधन गर्ने प्रयास सरकारको तर्फबाट भइरहेको छ ।”     
     

advertisement


 बागमती नदी सफा राख्न र बागती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सधँै सक्रिय रुपमा लागेकामा उपप्रधानमन्त्री सिंहले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालय सहकार्य गर्न चाहन्छ ।”     
     
 उपप्रधानमन्त्री सिंहले बागमती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको बागमती नदीलाई दुर्घन्धरहित र हरियाली बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्घन्धित अवस्थामा रहेको बागमती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागिपरेको छ ।”     
     
 ललितपुरको बागमती नदी करिडोरमा आयोजित बागमती नदी महोत्सव (२१ औँ शताब्दीको महोत्स्व) महा—जल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, बागमती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन् ।     
 


advertisement


प्रकाशित मितिः शनिबार, ०८ भदौ २०८१
https://jawaaf.com/storage/01J5ZMD20KYKAQMQWHAFC7NVE5.jpg

गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ

advertisement

काठमाडौँ, ७ भदौः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।     
     
 समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभएको छ ।     
     
 समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।     
     

advertisement


 समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।     
     

advertisement


 विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।     
     
 छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ ।  


advertisement
   
 

प्रकाशित मितिः शुक्रबार, ०७ भदौ २०८१
https://jawaaf.com/storage/01J5Z9VZC2TF8FJ9DR643NK3GH.jpg

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना

advertisement

टीका खतिवडा 
मङ्गलबारे (इलाम), ७ भदौः छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।     
     
 त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।     
     
 पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।     
     

advertisement


 उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।     
     
 “मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।     
     

advertisement


 उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।     
     
 कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।     
     
 जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।”     


advertisement

प्रकाशित मितिः शुक्रबार, ०७ भदौ २०८१
https://jawaaf.com/storage/01J5YWWYN5AJRHTRSQMGAHS83P.jpg

व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान

advertisement

धरान (सुनसरी) ७ भदौः बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।     
     
बालचन खोरियाका किसान केवल राईले सात कठ्ठा जग्गामा अहिले सजिवन, किम्बु, केराखेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सात कठ्ठा जग्गामा वरपर घेरा हालेर गाउँमै कृषि, पशुपालन तथा पोल्ट्री फार्म सञ्चालन गर्दै आएको छु । यसैबाट घर खर्च पुगेको छ । व्यावसायिक रूपमा सुरु गरिएको कृषि व्यवसाय सन्तोषजनक रहेको उहाँ बताउहुहुन्छ ।     
     
बालचन खोरियाका अर्का किसान नरेश रानामगरले कागतीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको बताउनुभयो । उहाँले अहिले चार कट्ठा जग्गामा कागतीखेती गर्दै आउनुभएको छ । सुरुमा उहाँले एक सय ५२ बोटबिरुवा लगाएर सुरु गर्नुभएको कागतीखेती सिजनमा रु ३० हजारदेखि ४० हजारसम्म कागती बिक्री गर्दै आउनुभएको बताउनुभयो । कागतीबाहेक उहाँले धानखेती पनि गर्दै आउनुभएको छ । बालचन खोरियामा किसानले बर्सेनि पाँच–छ पटकसम्म विभिन्न संस्थाको सहयोगमा कृषिखेतीको सामूहिक तालिम लिँदै आएको उहाँले बताउनुभयो ।     
     
किसान रानामगरले भन्नुभयो, “कृषिको तालिम त लियौँ, तर अझै बेमौसमी खेतीमा चुनौती छ, तरकारीखेती गर्न स्थायी टनेलको आवश्यकता छ”, उहाँ भन्नुहुन्छ, “किसान विपन्न हुँदा लगानी गर्न सक्ने अवस्था भने छैन ।” यस विषयमा स्थानीय तथा प्रदेश सरकारले किसानलाई आर्थिक अनुदान र प्रोत्साहन गर्नुपर्ने रानामगर बताउनुहुन्छ । कम्तीमा नमूनाका लागि मात्रै भए पनि टनेल बनाउने व्यवस्था गरिदिए किसानलाई सहयोग पुग्छ रानाले बताउनुभयो ।     
     

avertisement


विसं २०६९ मा स्थापना गरिएको बालचन खोरिया कृषि सहकारी संस्थामा अहिले ९० घरपरिवारभन्दा धेरै किसान आबद्ध रहेको कृषि सहकारीका अध्यक्ष प्रेम खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सबै घरपरिवारले केही न केही कृषि उद्यम गर्दै आएका छन् । बेलीचण्डाको घारी रहेको र माछा मारेर जीविकोपार्जन गर्ने दुई–चार घर किसान थिए अहिले उहाँहरू पनि व्यावसायिक कृिष क्षेत्रमा लाग्नुभएको छ ।     
     
बालचन खोरियामा हाल अधिकांश किसानले धान, सब्जी, कागती, फलफूलखेती लगाएका छन् । त्यस क्षेत्रमा एकै खालका चिटिक्क परेका घर वरपर खेतबारी र करेसाबारीले ढपक्क ढाकेको गाउँ देखिन्छ । कृषि सहकारीका अध्यक्ष खड्काले भन्नुभयो, “कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा छ, बालचन खोरिया ।”     
     
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्रदेश सरकारको बजेटमा सिँचाइ र किसानको सहयोगका लागि दुईवटा डिपबोरिङको योजना भएको छ । रु ३८ लाख लागतमा आएको ‘डिपबोरिङ’को विद्युत् र पाइप लाइन विस्तारको काम भइरहेको कृषि सहकारीका अध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वमा चतरा नहर र पश्चिममा सप्तकोशी नदी भए पनि डाँडा र बगर रहेकाले पानी नचढ्ने र सुकेर जाने समस्या छ ।” प्रदेश सरकारले डिपबोरिङ व्यवस्था गरिदिएको छ, काम भइरहेकाले पानी लाग्न थालेपछि एकीकृत कृषिखेतीको अवधारणामा अघि बढ्ने बताउनुभयो ।     
     
“भूमिगत डिपबोरिङ सिँचाइ योजनाबाट पानी आउने भएपछि बस्तीवासी खुसी भएका छन् । बस्तीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा बजेट परेको जानकारी आएको छ, बस्ती विस्तारसँगै कृषि पर्यटकीय क्षेत्र निर्माण गर्ने सम्भावना बढेको छ,” अध्यक्ष खड्काले भन्नुभयो ।     


advertisement

प्रकाशित मितिः शुक्रबार, ०७ भदौ २०८१
https://jawaaf.com/storage/01J5YWC8EHM9A0XSBG6Y80637X.jpg

कान्तितालमा मोटरबोट सञ्चालनले चराको बासस्थान सङ्कटमा पर्ने

advertisement

नेपालगञ्ज (बाँके), ७ भदौः सीमसार क्षेत्रका रूपमा रहेको नेपालगञ्जको कान्तितालमा दुर्लभ सारसलगायत चराको बासस्थान सङ्कटमा पर्ने जोखिम बढेको छ । तालको स्वरुप परिवर्तन गरेर त्यहाँ मोटरबोट चलाउन प्रयास भएकाले चराको बासस्थान सङ्कटमा परेको संरक्षणकर्मीले बताएका हुन् ।     
     
नेपालगञ्ज उपमहानगरपालिकाको वडा नं २१ र २२ मा पर्ने २५ बिघा क्षेत्रफलमा फैलिएको तालमा संरक्षित चराका रूपमा रहेको दुर्लभ सारसलगायत परम्परागत र आगन्तुक चराको बासस्थान सङ्कटमा परेको ‘फ्रेन्ड्स फर वाइल्ड लाइफ कन्जरभेसन’का अध्यक्ष आशिष चौधरीले बताउनुभयो । सो स्थानमा साइबेरिया, थाइल्याण्ड र मलेसियाबाट आगन्तुक चरा आउने गर्छन् ।     
     
पक्षी संरक्षण समाज र नेपाल चराविज्ञ एशोसिएसनको विज्ञ टोलीले डेढ घण्टासम्म सर्भे गर्दा ३२ प्रकारका परम्परागत र आगन्तुक चराको बासस्थान रहेको तालमा तीन प्रजातिका कमलका फूल फेला परेको उल्लेख गरेको छ । “यसलाई जैविक विविधता र बर्ड पार्कका रूपमा विकास गर्नुपर्छ”, संरक्षणकर्मी चौधरीले भन्नुभयो । मोटरबोट चल्दा त्यसले पर्यावरणमा नोक्सानी हुने औँल्याउँदै उहाँले कान्तिताल चराको आहाराको स्रोत भएको बताउनुभयो । “तालमा चराको प्राकृतिक आवास भएकाले त्यहाँ धेरै चरा रमाउँछन्”, उहाँले भन्नुभयो ।     
     
अध्यक्ष चौधरीले इन्धनबाट चल्ने मोटरबोटले चराको प्राकृतिक बासस्थान नष्ट हुने उल्लेख गर्दै ‘प्राकृतिक सिमसारका रूपमा रहेको तालमा मोटरबोट चलाउन लागेको कुराले आफूलाई चिन्तित बनाएको बताउनुभयो । “यसले तालबाट आश्रित दुर्लभ चराको प्राकृतिक बासस्थान स्वतः नष्ट हुने निश्चित छ”, उहाँले भन्नुभयो । मोटरबोट चलाउन अनुमति दिने नेपालगञ्ज उपमहानगरपालिका र चलाउन खोज्ने ठेकेदारको कदमप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको संरक्षणकर्मी चौधरीले बताउनुभयो ।     
     
उक्त तालमा आश्रय लिइरहेका चराको हरेक वर्ष गणना हुँदै आएको छ । दुई वर्षअघि गरिएको गणनाअनुसार पहिलो वर्ष यहाँ २५ प्रजातिका चरा फेला परेका थिए । दोस्रो वर्ष घटेर २२ प्रजातिका चरा फेला परेका छन् । आगामी हिउँद सिजनमा पनि चरा गणना गर्ने संरक्षणकर्मीको योजना छ ।     
     

advertisement


तालमा दुर्लभ पक्षी सारस, अन्य परम्परागत चरा, विभिन्न प्रजातिका सरीसृप, दुर्लभ प्रजातिको मलाहा बिरालो (फिसिङ क्याट)लगायतको बासस्थान छ । यहाँ गर्मीयाममा युरोप, मध्यपूर्वी एसिया, इण्डोनेसियाबाट आएका चराले बासस्थान बनाउँछन् भने जाडोयाममा साइबेरिया, उत्तरी चीनलगायत देशबाट चरा आउँछन् । बसाइँ सरेर आउने आगन्तुक चराले पनि तालमै बच्चा उत्पादन गर्ने गर्छन् । सारसले पनि कान्तिताललाई प्रजननस्थल बनाउँदै आएको छ । “सारसको प्रजननस्थल पनि हो कान्तिताल”, अध्यक्ष चौधरीले भन्नुभयो, “ताल सारसका लागि बाँके र बर्दियाकै राम्रो बासस्थान मानिन्छ ।” उहाँका अनुसार सारसको बासस्थान बाँकेस्थित राप्ती नदीको तटीय क्षेत्र, कान्तिताल र मानखोला रहेको छ । तर यीमध्ये सबैभन्दा राम्रो बासस्थान सो ताल रहेको बताइएको छ । यस स्थानमा विभिन्न जलचर र वनस्पपति छन् ।     
     
दुर्लभ सारस पाइने जिल्ला रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया र कैलाली हो । यसअघि गणना गर्दा बाँकेमा ३३ वटा सारस फेला परेका थिए । पक्षीविद् रामबहादुर शाहीले प्राकृतिक सिमसारमध्ये कान्तिताल सबैभन्दा राम्रो सिमसार क्षेत्र भएको उल्लेख गर्दै सरकारले संरक्षित सूचीमा राखेको चरा सारस प्रत्यक्ष देखिएको बताउनुभयो ।     
     
पक्षीविद् शाहीले अफ्रिकाबाट आएको जुरे कोइली पनि सो तालमा रहेको जानकारी दिँदै अन्य सयौँ स्थानका स्थानीय प्रजातिका चराको पनि बासस्थान उक्त ताल भएको बताउनुभयो । नेपालगञ्जका अभियन्ता डा विनोद कर्णले तालमा मोटरबोट चलाउने प्रयास घातक हुने उल्लेख गर्दै भन्नुभयो, “अनुरोध गर्दागर्दै पनि मोटर बोट चलाउन खोजियो भने त्यो राम्रो हँुदैन ।” नेपालगञ्ज उपमहानगरपालिकाले २०७८ सालमा १० वर्षका लागि स्थानीय ठेकेदारलाई मोटरबोट चलाउन ठेक्का दिएको थियो । -रासस   


advertisement

प्रकाशित मितिः शुक्रबार, ०७ भदौ २०८१
https://jawaaf.com/storage/01J5YGWB60C1JSZBBK9HZZ36GK.jpg

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

advertisement

काठमाडौँ, ७ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका सबै भागमा आंशिकदेखि साधारणतया बदली रहेको बताएको छ ।     
     
कोशी र मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । मधेस प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा भइरहेको विभागले आज बिहान जारी गरेको मौसम बुलेटिनमा उल्लेख छ ।     
     

advertisement


विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।     
     
यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।     
     
आगामी २४ घण्टामा सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाउँदै विभागले ती क्षेत्रका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।     
     
यसैबीच, विभागले कोशी र मधेस प्रदेशका केही स्थान तथा बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको तथा मधेस प्रदेशको बारा जिल्ला आसपासमा भारी वर्षा भइरहेको जनाएको छ । वर्षा गराउने प्रणाली उत्तर–पश्चिम दिशातर्फ सर्दै गइरहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।     
 

advertisement

प्रकाशित मितिः शुक्रबार, ०७ भदौ २०८१
https://jawaaf.com/storage/01J5X7V47M7AN0TYW5QZTX8WJS.jpg

प्रदीप गिरि हामी सबैको मार्गदर्शक : गृहमन्त्री लेखक

Advertisement

सिरहा, ६ भदौ : गृहमन्त्री रमेश लेखकले समाजवादी चिन्तक तथा नेपाली कांग्रेसका स्वर्गीय नेता प्रदीप गिरि नेपाली राजनीतिमा सबैको मार्गदर्शक रहेको बताउनुभएको छ । आज सिरहाको लहान नगरपालिका–१४ स्थित ‘गिरि आश्रम’मा गिरिको दोस्रो वार्षिक स्मृति समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताउनुभएको हो ।

Advertisement


“समाज, दर्शन र अर्थशास्त्रमा स्व गिरिको अद्भुत् ज्ञान थियो । जसले हामी राजनीतिकर्मीलाई सधैँ मार्गदर्शन र उत्प्ररित गरिरहन्छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “हामी त उहाँको अगाडि कुवा हौँ । एउटा कुवाले समुद्रको गहिराइको बखान गर्न सम्भव हुँदैन । त्यसैले प्रदीप गिरि हामी सबैको मार्गदर्शक रहिरहनुभएको छ ।” गिरिको व्यक्तित्व र निष्ठाको कारणले सबै पार्टीका नेता कार्यकर्ता तथा सिङ्गो देश र अन्य मुलुकले पनि उत्तिकै सम्मान दिएको लेखकको भनाइ थियो । 

Advertisement


गिरिलाई सम्झिँदै मन्त्री लेखकले भन्नुभयो, “उहाँको उच्च विचार र राजनीतिक निष्ठाबाट हामीले ऊर्जा लिनुपर्छ । उहाँ जस्तो अद्भुत र अलौकिक व्यक्ति गुमाउनु यो मुलुकका लागि अत्यन्त दुःखको विषय हो, जसको अभाव मुलुकलाई सधैँ खड्कीरहने छ ।” त्यसैगरी नेता गिरिको आउने पुस्ताको लागि समेत विचार, चिन्तन र ऊर्जा प्राप्तिमा अमर रहिरहने विश्वाससमेत मन्त्री लेखकले व्यक्त गर्नुभयो । 

प्रदीप गिरि मेमोरियल ट्रष्टले आयोजना गरेको उक्त कार्यक्रममा स्व. नेता गिरिको पूर्णकदको शालिकमा मन्त्री लेखकले माल्यार्पण गर्नुभएको थियो ।

 कार्यक्रममा नेपाली कांग्रसको केन्द्रीय सदस्य एवं पूर्वमन्त्री पदम नारायण चौधरी, मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जनार्दन सिंह क्षेत्री, कांग्रेसका मधेश प्रदेश सभापति तथा मधेश प्रदेश सरकारकै पूर्वभौतिक पूर्वाधार विकासमन्त्री कृष्ण यादव, नेपाली कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवलगायतले मन्तव्य राख्नुभएको थियो । 

लहान–१४ को खुट्टी खोलाको छेउमा स्व गिरि विसं २०४६ सालपछि बस्दै आउनुभएको ठाउँ जसलाई प्रदीप गिरिको आश्रम भनेर चिनिने गरिन्छ । स्वर्गीय गिरिलाई बिपीको समाजवादी चिन्तनको सच्चा व्याख्याताका रूपमा समेत हेर्ने गरिन्छ । नेता गिरिको ललितपुर नक्खुस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा दुई वर्षअघि २०७९ भाद्र ४ गते ७५ वर्षको उमेरमा निधन भएको थियो ।

advertisement

प्रकाशित मितिः बिहिबार, ०६ भदौ २०८१
https://jawaaf.com/storage/01J5X32KAJFDGXHVG36VM1NN86.jpg

चन्दा सङ्कलन गरेर कक्षा सञ्चालन


खोटाङ, ६ भदौ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका अभिभावकले चन्दा सङ्कलन गरेर कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका छन् । स्थापना भएको ४४ वर्षसम्म कक्षा–१० सम्मको मात्र पढाइ सञ्चालन हुँदै आएको पाथेकास्थित लुङथुङ कोलडाँडामा सञ्चालित सरस्वती माध्यमिक विद्यालयमा अभिभावकले चन्दा सङ्कलन गरेर यसै शैक्षिकसत्रदेखि कक्षा–११ र १२ को कक्षा सञ्चालन गरेका हुन् । 

विसं २०१७ मा स्थापना भएको सरस्वती माविमा कक्षा–११ र १२ सञ्चालनका लागि हालसम्म तीन सय ९८ चन्दादाताबाट रु ३१ लाख सङ्कलन भएको प्रधानाध्यापक उत्रप्रसाद राईले जानकारी दिनुभयो । “सङ्कलित रकमबाट दुई शिक्षक तथा पाठ्य सामग्री खरिद गरेर यस वर्षदेखि कक्षा–११ को कक्षा सञ्चालन गर्दैछौँ । अहिले कक्षा–११ का लागि भर्ना अभियान चलिरहेको छ”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि कक्षा–१२ को कक्षा सञ्चालन हुन्छ ।” 

advertisement


कक्षा–११ र १२ सञ्चालन गर्न चन्दा सङ्कलन जारी छ । अभियानअन्तर्गत  करिब रु दुई करोड सङ्कलन गर्ने लक्ष्य छ । सङ्कलित रकमलाई खातामा जम्मा गरेर त्यसबाट आएको ब्याजले कक्षा सञ्चालन गर्ने योजना रहेको प्रधानाध्यापक  राईले बताउनुभयो । 

भौगोलिकरुपमा विकट तथा विद्यार्थीको सङ्ख्या प्रर्याप्त भएकाले चन्दा सङ्कलन गरेरै भए पनि कक्षा–११ को कक्षा सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हात्तीराम राईले जानकारी दिनुभयो । “विद्यालयमा हाल कक्षा–१ देखि कक्षा १० सम्म तीन सय ३० विद्यार्थी अध्ययनरत छन् । पाथेकामा आठ सय २४ परिवार बसोबास गर्छन् । नजिकमा कक्षा–११ र १२ को कक्षा पढ्न विद्यालय छैनन् । केपिलासगढी गाउँपालिकाका दुई वडाका विद्यार्थीसमेत सोही विद्यालयमा अध्ययन गर्न आउँछन् ।   

advertisement


माथिल्लो कक्षामा शिक्षा, व्यवस्थापन र मानविकी सङ्कायमा अध्ययन गर्न पाउने गरी तीनवटा विषयमा पठनपाठन सुरु गरिएको अध्यक्ष राईले बताउनुभयो । पाथेकामा कक्षा–११ र १२ सञ्चालन गर्न तीन वर्षअघि नै पहल गरिएको हो । यसअघि कक्षा–११ र १२ अध्ययन गर्न सदरमुकाम दिक्तेल बजार तथा राजधानी काठमाडौँ जानुपर्ने बाध्यता थियो । कक्षा–११ र १२ सञ्चालन गर्न सरस्वती माविमा कार्यरत शिक्षक÷कर्मचारीबाट रु आठ लाख तथा पाथेकाका अन्य विद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीबाट रु १० लाख सहयोग सङ्कलन हुने उहाँले बताउनुभयो । सरस्वती माविमा प्राथमिक तहमा पाँच, निम्न माध्यमिक तहमा चार र माध्यमिक तहमा तीन शिक्षक कार्यरत छन् । कक्षा–११ र १२ सञ्चालन गर्न विद्यालयका पूर्वप्रधानाध्यापक धनप्रसाद गिरीको संयोजकत्वमा २१ सदस्यीय सञ्चालन तथा समन्वय समिति गठन गरिएको छ । 


प्रकाशित मितिः बिहिबार, ०६ भदौ २०८१
https://jawaaf.com/storage/01J5X2ESZBHSGADR54E086EWXG.jpg

भ्रमणले नेपाल–भारत आपसी सद्भाव अभिबृद्धि भएको छः परराष्ट्रमन्त्री

advertisement

काठमाडौँ, ६ भदौः परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आफ्नो भारत भ्रमणले नेपाल र भातरबीचको आपसी सद्भाव अभिबृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताउनुभएको छ ।     
     
 भारतको चार दिने औपचारिक भ्रमण सकेर आज स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले यस भ्रमणबाट दुई मुलुकका बीचमा रही आएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक र घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउन योगदान गरेको बताउनुभयो ।     
     
 मन्त्री डा राणाले भन्नुभयो, “भ्रमणले आगामी दिनमा उच्चस्तर एवं विभिन्न तहमा सम्पर्क विस्तार गर्न तथा द्विपक्षीय संयन्त्रहरु समेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य प्रबद्र्धन गर्न मार्गदर्शन समेत गरेको मैले विश्वास लिएको छु ।”  


advertisement
   
     
उहाँले भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा गत आइतबार नयाँ दिल्ली गएको र दुई देशको उच्चस्तरीय भ्रमण आदानप्रदानको कार्यक्रमअनुसार नै यो भ्रमण भएको बताउनुभयो । उहाँले भारतका प्रधानमन्त्री र विदेशमन्त्रीसँग सौहार्दपूर्ण रुपमा भेटवार्ता भएको तथा ती भेटमा नेपालको हित र चासोका साथै आपसी हितका विविध विषयहरुमा कुराकानी भएको जानकारी दिनुभयो ।     
     
advertisement


 भ्रमणकाक्रममा सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नयाँ दिल्लीमा शिष्टाचार भेट भएको र नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने वषयमा विचारको आदानप्रदान भएको उहाँले जानकारी दिनुभयो ।     
     
 साथै त्यसअवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट भारतका प्रधानमन्त्री मोदीलाई नेपालको राजकीय भ्रमणको निमन्त्रणा पत्र पनि हस्तान्तरण गरेको मन्त्री डा राणाले बताउनुभयो ।     
     

advertisement


 सोही दिन मन्त्री डा राणाले भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गर्नुभएको थियो । सो भेटवार्तामा द्विपक्षीय सम्बन्ध र आपसी हितका साथै ऊर्जा, व्यापार तथा पारवहन, कनेक्टिभिटी, लगानी, हवाईमार्ग, पूर्वाधार निर्माण, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यीय आयोजना, खेलकूद, सीमा पूर्वाधारलगायत सहयोग आदानप्रदान र सहकार्यबारे छलफल भएको उहाँले जानकरी दिनुभयो ।     
     
 यो उहाँ परराष्ट्रमन्त्री नियुक्त भएपछिको पहिलो विदेश भ्रमण हो । मन्त्री डा राणा आज नियमित उडानबाट अपराह्न ४ बजे काठमाडौँ आइपुग्नुभएको हो ।     


प्रकाशित मितिः बिहिबार, ०६ भदौ २०८१