बुधबार, २३ वैशाख २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KB4FF0GF87C93X1VYXSBTBXQ.jpg

'काजी’ को फस्ट लुक सार्वजनिक, चैत २७ गते रिलिज हुँदै

काठमाडौं । लक्ष्मण रिजालको निर्देशनमा निर्माण भइरहेको चलचित्र ‘काजी’ले प्रदर्शन मिति तय गरेको छ ।  फस्ट लुक सार्वजनिक गर्दै निर्माण टिमले आज रिलिज डेट लक गरेको हो ।

‘काजी’ चैत २७ गते रिलिज हुनेछ । आगामी नयाँ वर्षको बिदा भेट्नेगरी ‘काजी’ चैत २७ गते आउने भएको हो ।

रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रको आज सार्वजनिक गरिएको  फस्ट लुकमा सिनेमाका मुख्य पात्र विपिन कार्की छन् । उनी योङ एण्ड हेन्डम देखिएका छन् । चिटिक्क पारेर कोरेको कपाल र दारीमा रहेका उनले सर्ट लगाएका छन् । उनी केही गम्भीर मुद्रामा केही सोचिरहेको र केही हेरिरहेको जस्तो देखिन्छन् । 

पोस्टरमा केकी अधिकारीलाई विपीनले आफ्नो मुटुमा राखेको जस्तो देखिएको छ भने सँगै खाना खाइहेको पुराना दिन सम्झिरहेको जस्तो देखिन्छ । पोस्टरले सिनेमा पारिवारिक लभस्टोरीमा केन्द्रित रहेको अनुमान लगाउन सकिन्छ ।

विपिन र केकीसँगै यो सिनेमामा गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउवाला गौतम, सन्दिपबाबु लोहनी, रोजी श्रेष्ठ, गंगा शर्मा, नवराज गिरि, बुद्धी सागर खनाल, प्रशंसा सुवेदी, कृतिका शर्मा बाल कलाकार दिक्षिता अर्याललगायतको अभिनय छ ।

यो सिनेमाबाट लक्ष्मण रिजाल ८ वर्षपछि निर्देशनमा फर्किएका छन् । आफूले खोजेको जस्तै स्क्रिप्ट पाएकाले निर्देशनमा कमव्याक गरेको उनले बताएका छन् । उनले यसअघि ‘कसम’, ‘धुँवा यो नसा’, ‘अलविदा’, ‘कायरा’ लगायतका सिनेमा निर्देशन तथा ‘डिसेम्बर फल्स’ र ‘गणपति’को निर्माण गरेका थिए ।

रिजाल एण्ड रिजल प्रोडक्सनको व्यानरमा निर्माण रहेको सिनेमालाई राम प्रसाद रिजालले निर्माण गरेका छन् । 

चलचित्रमा प्रदीप भारद्धाजको लेखन रहेको छ । सिनेमालाई चिन्तन राजभण्डारीले खिचेका छन् । सिनेमाका लागि गीतसंगीत कालिप्रसाद बास्कोटाले तयार पारेका छन् ।

सिनेमाको प्रोड्क्सन डिजाइनर ओजस्वी ओझा हुन् । रगं संयोजक श्याम कुँवर, लोकेशन साउन्ड÷साउन्ड डिजाइन सागर अर्याल, ब्याक्ग्राउन्ड स्कोर सुजिल कर्माचार्यको रहनेछ । क्रिएटिभ हेड रोनाल्ड श्रेष्ठ, नृत्य निर्देशक कविराज गहतरजको रहनेछ ।

प्रोडक्सन हेड प्रकाश हमाल छन् भने सम्पादन सुपरभाइजर बनिश शाह छन् । सम्पादक बिपिन मल्ल रहेका छन् ।

कार्यकारी निर्माता असिम काफ्ले, निर्माता नेहान रिजाल, बिकाश राज जोशी रहेका छन् । वितरक श्रीराम बालाजी फिल्म्स रहेको छ ।

प्रकाशित मितिः शुक्रबार, १२ मंसिर २०८२
https://jawaaf.com/storage/01KB1VTCBQKWDA7DPDYY4V62BQ.jfif

नेपाल आइडल विजेताद्वय करण र गङ्गाको ‘राधिका’मा पहिलो सहकार्य

काठमाडौँ ।   नेपाल आइडलका विजेताद्वय करण परियार र गङ्गा सोनामको स्वर रहेको  ‘राधिका’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । गीतकार भोलानाथ पाठकको शब्द सृजना रहेको  गीतमा  नेपाल आइडल सिजन ५ का बिजेता करण र सिजन ६ का विजेता गंगाले स्वर भरेका छन् । 

जसमा  मोडलद्धय  स्मारिका ढकाल र बद्री प्रसाद तिवारीको रोमान्टिक अभिनय देख्न सकिन्छ ।  लेखु सहयात्रीको सङ्गीतमा तयार  गीतको भिडियोको निर्देशन कृष्णदेव रुपाखेतीले गरेका हुन् ।  पुनम श्रेष्ठको कोरियाग्राफीमा तयार भिडियोले प्रेम र रोमान्सका रमाइला किस्सालाई देखाएको छ ।  

राधा कडरिया निर्माता रहेको भिडियोमा मीन रावलको सम्पादन छ तथा उत्सब दाहालको छायांकन रहेको छ । गीतकार पाठकले प्रेमिल मुड जगाउने प्रकारको गीत भएकाले दर्शकले मन पराउने विश्वास व्यक्त गरे । गीत गायनमा करण र गङ्गाको पहिलो सहकार्य हो ।

निर्देशक कृष्ण देव रुपाखेतीले अडियो नै अब्बल रहेको र गीतको भाव अनुसारको गुणस्तरीय भिडियो निर्माणमा कुनै पनि कम्परमाइज नगरेको दाबी गरे ।

भिडियो लिङ्क :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/LExdWAq0lhE?si=1L0S0uWHWqRQ9Og8" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बिहिबार, ११ मंसिर २०८२
https://jawaaf.com/storage/01KAT3QGJ33N5P3YKHCX46HPS5.jpeg

'हर्ष' लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत

काठमाडौं । करियरका हिसाबले अभिनेत्री वर्षा राउत आफ्नो नेपाली रजतपट यात्राको दशौं वर्षमा हिँडिरहेकी छन् । ‘नाइँ नभन्नू ल ४’बाट आफ्नो करियर सुरु गरेकी वर्षा यो अवधिमा ‘गर्ल नेक्स्ट डोर’ र गृहिणीको भूमिकामा बढी देखिएकी छन् । 

एकता पौडेलको डेब्यु निर्देशन रहेको सिनेमामा उनले वंश परम्परा धान्नैपर्ने पुरातन सोचको चेपुवामा परेकी बुहारीको भूमिकामा अभिनय गरेकी छन् । धेरैजसो मल्टिस्टार सिनेमामा देखिएकी वर्षा यो सिनेमामा भने केन्द्रीय भूमिकामा देखिँदै छिन् । धेरैपछि कुनै सिनेमाको केन्द्रीय पात्रका रूपमा आउन पाउँदा उनी उत्साहित छिन् ।

यस्तो अवस्थामा दर्शकले आफूलाई तहगत रूपमा मूल्यांकन गर्ने उनले बताइन् । ‘केन्द्रीय भूमिका भएपछि दर्शकले मेरो कामलाई अलि ध्यान दिएर हेर्नुहुन्छ भन्ने लागेको छ। दर्शकहरूले वर्षाले यसमा कत्तिको काम गरिन्, अघिल्ला सिनेमाभन्दा कत्तिको सुधार गरिन् भनेर विचार गर्नुहुन्छ भन्ने अपेक्षा राखेकी छु,’उनले भनिन् ।

उनले पछिल्लो पटक ‘ऐँचो पैँचो’ सिनेमाबाट निकै राम्रो प्रशंसा पाएकी थिइन्। वर्षा विवाहित भएकाले उनीसँगका अन्तरवार्तामा श्रीमान–श्रीमती, परिवार र बच्चासम्बन्धी प्रसंग प्रायः उठ्ने गर्छ ।

यस हिसाबले उनले यो सिनेमामा निर्वाह गरेको पात्रमा वास्तविक भोगाइ मिसिएको छ कि भन्ने धेरैको जिज्ञासा हुन सक्छ । यसमा वर्षाले वास्तविक जीवनभन्दा अलग, आफूले निर्देशकले खोजेको चरित्रलाई उतारेको बताइन् ।

‘मैले एउटा पात्र निर्वाह गरेकी हुँ। त्यसैले व्यक्तिगत जीवनले फरक पर्छ कि पर्दैन भन्ने हुँदैन। सन्तान हुँदा–नहुँदा त्यो पात्रले के–कस्तो भोगाइ भोग्छ भन्ने देखिन्छ,’उनले भनिन्, ‘निर्देशकले दिएको इसेन्सअनुसार आफूलाई पात्रमा ढाल्ने कोशिस गरेकी छु ।’

कथा सुनेपछि पात्रमा न्याय गर्न सक्ने आत्मविश्वास आएपछि सिनेमामा जोडिएकी वर्षाले ‘हर्ष’ले दर्शकलाई खुशीको आँसु दिने बताइन् । उनका अनुसार यसलाई केवल रुवाउने सिनेमा भनेर बुझ्नु हुँदैन ।

‘यसले पारिवारिक कथा पेस गर्छ भन्ने कुरा ट्रेलरले देखाइसकेको छ । त्यसैले ’रुवाउने मात्र हो कि’ भन्ने लागेको हुन सक्छ । तर त्यो होइन । यसले आँसु त झारिदिन्छ, तर हर्षका,’उनले भनिन् ।

सिनेमाका पात्रहरूसँग दर्शकले आफूलाई जोड्न सक्ने भएकाले उनी सिनेमाप्रति आशावादी छिन् । पछिल्लो समय पारिवारिक सिनेमा हेर्न दर्शक ठूलो संख्यामा हल आउन थालेकाले पनि उनी सकारात्मक नतिजाप्रति ढुक्क छिन् ।

‘अहिले नेपाली सिनेमाले एकदमै राम्रो गरिरहेका छन् । धेरैजसो सफल सिनेमाले दर्शकलाई रुवाएको छ, मन छोएको छ । हाम्रो सिनेमाले हर्षित पार्दै रुवाउनेछ जस्तो लाग्छ । दर्शकले यसमा आफ्नो परिवारसँग जोडिएको अनुभूति गर्नुहुनेछ,’उनले भनिन् ।

एकता पौडेलको डेब्यु निर्देशनमा निर्माण भएको सिनेमामा वर्षालाई अभिनेता खगेन्द्र लामिछानेसँग जोडीको रूपमा देख्न सकिन्छ । वर्षाले यो जोडीलाई दर्शकले मन पराउने विश्वास व्यक्त गरिन् । सिनेमा मंसिर १२ गते अल–नेपाल रिलिज हुँदैछ।

प्रकाशित मितिः सोमबार, ०८ मंसिर २०८२
https://jawaaf.com/storage/01KA3JKPFSV06YRN2JV78GZ3TC.jpg

सगरमाथाको कथामा तयार भएको ‘जेरी अन टप’ आजदेखि प्रदर्शनमा

काठमाडौँ  I विश्वकै सर्वोच्च शिखर सगरमाथा नेपालमा छ। यसको कथालाई लिएर हलिउडमा चलचित्र र वृत्तचित्र बनिसकेका छन् । नेपालमै रहेको सगरमाथासँग जोडिएको कथामा नेपाली चलचित्र भने बल्ल तयार भएको छ । सगरमाथा आरोहण र त्यसक्रमको प्रेमकथामा आधारित रहेर तयार गरिएको नेपाली चलचित्र ‘जेरी अन टप’ ले सगरमाथालाई मुख्य विषय बनाएको छ ।

चलचित्रले नेपालको पर्यटकीयस्थलको प्रवर्द्धन गर्नुका साथै सुन्दरतालाई विश्वभर पुर्‍याउन थप मद्दत गर्ने अभिनेता अनमोल केसीले बताए। आजदेखि प्रदर्शनमा आएको उक्त चलचित्रको दर्शक प्रतिक्रिया बुझ्न चलचित्र भवन पुगेका अभिनेता केसीले चलचित्र निर्माणको मुख्य चुनौती नै सगरमाथाको विषय रहेको बताए।

उनले भने, 'हामीले चलचित्रको कथा तयार गर्दा नै नेपाली स्रोत र साधनले सगरमाथालाई कसरी चित्रण गर्न सकिन्छ भनेर धेरै छलफल गरेका थियौँ । किनकि प्राविधिक रुपमा हामीले त्यहाँ छायाङ्कन गर्न सहज छैन, फेरी हामीले नेपाली बजारलाई मध्यनजर गर्दै चलचित्रमा लगानी लगाउनुपर्छ । तर, हामी सबैको मेहनतले आज हामीले चलचित्र तयार गर्न सफल भएका छौँ ।' चलचित्रमा अभिनेता केसीले सगरमाथा चढ्ने युवाको भूमिका निर्वाह गरेका छन्।

चलचित्रमा देखिँदा स्वाभाविक लागोस भनेर उनले र चलचित्रमा सगरमाथा चढ्न सघाउने ‘गाइड’ बनेकी अभिनेत्री जसिता गुरुङले एक महिना प्रशिक्षण पनि लिएका थिए।

'हामीले दृश्यमा सगरमाथाको सुन्दरतासँगै त्यहाँ देखिने कलाकार र अन्य पक्ष स्वभाविक लागोस् भनेर शेर्पा दाइहरूकै निगरानीमा काम गरेका थियौँ । हामीले सक्दो लगानी र मेहनतले चलचित्र तयार गरेका छौँ । यसले एउटा पारिवारिक प्रेम कथासँगै हाम्रै देशमा रहेको सगरमाथाको विशेषतालाई चलचित्रमा ल्याएको छ,' अभिनेता केसीले भने।

प्रकाशित मितिः शनिबार, २९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9EESX7YCN83W3QM6VQR2MW4.jpg

चलचित्र ‘जारी २’ को प्रिमियर सम्पन्न, आजबाट देशभर प्रदर्शनमा

काठमाडौं । आज शुक्रवारबाट यस वर्षको बहुप्रतिक्षित सिनेमा ‘जारी २ ः सङ अफ च्याब्रुङ’ प्रदर्शनमा आएको छ । यो सिनेमाको रिलिजको पूर्वसन्ध्यामा हिजो कमलपोखरीस्थित बिग मूभिजमा प्रिमियर शोको आयोजना गरिएको थियो ।

कवि उपेन्द्र सुब्बाको निर्देशनमा निर्माण भएको सिनेको प्रिमियर शोमा सिनेमाकर्मी र रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।

Photo (3) (1).jpg 116.54 KB

प्रिमियर शोमा पुगेका अधिकांशले लिम्बु संस्कृतिमा आधारित सिनेमा उत्कृष्ट बनेको प्रतिक्रिया दिएका थिएका छन् । यो सिनेमाले माओवादी जनयुद्ध ताका कसरी धर्म संस्कृति संकटमा परेको थियो भन्ने पक्षलाई उत्कृष्ट ढंगले प्रस्तुत गरेको प्रतिक्रिया उपस्थित दर्शकहरुको थियो ।

Photo (2) (1).jpg 103.49 KB

यो सिनेमा हेर्न निर्माता रोहित अधिकारी, सरोज न्यौपाने, रौनक विक्रम कडेल, अर्जुन कुमार, निर्देशक दीपक प्रसाद आचार्य काकु, अभिनेता आयुष्मान देशराज जोशी, दिव्यदेव, विपिन कार्की, अभिनेत्री अरुणा कार्की, पुजा चन्द, केकी अधिकारी र ’जारी २’ टिमबाट निर्देशक उपेन्द्र सुब्बा, निर्माता रामबाबु गुरुङ, मणिराम पोखरेल,, अभिनेता दयाहाङ राई, विजय बराल, अभिनेत्री मिरुना मगर र ऋचा शर्मा बिग मूभिज पुगेका थिए । विशेषगरी अभिनेत्री मिरुना मगरको लिम्बु संस्कृति झल्किने ड्रेसअपले सबैको ध्यान खिचेको थियो ।

सिनेमा हेर्न विघठित प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर पनि पुगेकी थिइन् ।

उनले सिनेमा हेरिसकेपछि मिडियासँग प्रतिक्रिया दिँदै भनिन्, ‘मैले जारीको पहिलो भाग पनि हेरेकी थिए । आज दोस्रो भाग पनि हेर्न पाए । निकै खुशी लाग्यो । यो सिनेमाले राम्रो सन्देश दिएको छ । त्यसमाथी पहिलो भाग  फरक कालखण्डको सेटअपमा निर्माण गरिएको छ । जसलाई निर्देशकले सुन्दर ढंगले पस्किनु भएको छ । मलाई मन पर्यो । दर्शकलाई पनि मन पर्ने छ । सवैले एक पटक हुर्नु होला ।’

Photo (7) (1).jpg 101.51 KB

आजबाट विश्वव्यापी प्रदर्शनमा आएको सिनेमाले नेपालमा उच्च शोसहित आक्रामक व्यापार गर्ने देखिएको छ । विशेषगरी पूवी नेपालका हलमा सिनेमाको व्यापार आक्रामक देखिएको छ । उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

प्रकाशित मितिः शुक्रबार, २१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8SFY99EQAEDKZRS9WAR8VM6.jpg

प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को स्याड सङ ‘मायाले रुवायो’ सार्वजनिक

काठमाडौं । प्रदर्शनरत चलचित्र ‘वरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । कात्तिक ६ गते तिहारको भाइटीकाका दिनबाट प्रदर्शनमा आएको चलचित्रको नयाँ गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।

हलमा दर्शकले राम्रो साथ दिइरहेका बेला चलचित्रको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।

वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ । वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ ।

सिनेमाको कथा भन्ने गीतले दर्शकको मन छुन्छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ ।

यही चलचित्रको अर्को  गीत ‘न्यौली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ ।

चलचित्र ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । पाँच दिनमा ‘वरिष्ठ बलराम’ले दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।  

चलचित्र ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्ट को प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको यो चलचित्रमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके)लगायत कलाकारहरूको अभिनय छ ।

 चलचित्रको कथा र सम्पादन निर्देशक पौडेलकै रहेको छ भने पटकथा महेश दवाडी ले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन् । लाइन प्रोड्युसर राम विष्ट हुन् ।

मनकृष्ण महर्जन को छायांकन, प्रशान्त सिवाकोटी को संगीत, सम्राट बस्नेत को एक्सन निर्देशन र प्रदीप लामो को नृत्य निर्देशन रहेको चलचित्रलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।

प्रकाशित मितिः बिहिबार, १३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8QZPEXA00YGDTVAHQNRJH9D.jpeg

चलचित्र ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक

काठमाडौं । बालगायक अशोक दर्जीको जीवन कथामा आधारित फिल्म ‘मनबिनाको धन’ को ट्रेलर सार्वजनिक भएको छ ।

सार्वजनिक ट्रेलरमा दर्जीले जीवनमा गरेको संघर्ष र सडक बालकदेखि सांगीतिक सफलतासम्मको कथा देखाइएको छ । 

साथै, ट्रेलरमा काठमाडौंमा बसोबास गर्ने भुइँमान्छे र मध्यमवर्गीय पात्रको संघर्ष, सपना र पैसाका लागि विदेशिन बाध्य हुने पात्रको यथार्थ पनि देखाइएको छ ।

चर्चित संगीतकार समेत रहेका टङ्क बुढाथोकीको यो डेब्यू निर्देशकीय फिचर हो । यो फिल्ममा उनकै कथा र संगीत निर्देशन समेत रहेको छ । 

फिल्ममा सरोज खनाल, नीता ढुंगाना, बुद्धि तामाङ, सन्तोष पन्त, भोलाराज सापकोटा लगायतको अभिनय छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा फिल्मको निर्माण विष्णुमाया मैनालीले गरेकी हुन् । ‘मनबिनाको धन’ फिल्म कात्तिक २१ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । 

ट्रेलर सार्वजनिकपछि टङ्क बुढाथोकीले आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा भएको भन्दै सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म रहेको बताए ।  

उनले भने, ‘यो फिल्मलाई आर्थिक रुपले भन्दा पनि सामाजिक रुपमा हामीले यो फिल्मबाट दिन खोजेको सन्देश सबै बुझ्नु भयो भने सफल भएको मान्ने छौ । आर्थिक रुपमा इतिहास रच्ने कुरा अर्को ठाँउमा छ, हामीले त्यो चाहेको पनि छैन् । तर सामाजिक रुपमा इतिहास रच्ने केही कुराहरु यो फिल्म छ ।’ 

साथै, यो फिल्मको माध्यमबाट देशभरको विद्यालयमा एउटा कोष खडा गर्ने तयारी गरेको पनि उनको भनाई छ ।

प्रकाशित मितिः बुधबार, १२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8FKVS6QZS95Z75X3MK68JBE.jpg

नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक

काठमाडौं । किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको छ । लोकदोहोरी गायनको क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका गायक तथा संगितकार पुस्कर चौलागाईको युटुवबाट यो गीत शनिबार सार्वजनिक गरिएको छ । चौलागाईकै शब्द र संगित रहेको ए मेरो परानमा कुमार सानु पुनले मिक्स र मास्टरिङ गरेका छन् भने बिष्नु तामाङले संगीतिक व्यवस्थापन गरेका छन् । 

दीपेन्द्र सोनाम र सरस्वती तामाङको उत्कृष्ट प्रस्तुती रहेको छ उक्त गीतको भिडियो निरन श्रेष्ठले निर्देशन गरेका हुन् भने सुनिल भण्डारी र उनको टिमले भिडियोको छायांकन गरेका हुन् । नितिन वाइवाको कोरियोग्राफी गरेका यो गीतको भिडियो राजकुमार मगरले सम्पादन गरेका हुन् । भिडियोको पोस्ट प्रोडक्शन रोयल मुभिज प्रा.लि गरेको छ । यो समाचार तयार पार्दासम्म एक हजार तीन सय जनाले यो गितको भिडियो हेरेका छन् ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K83C0KZJNRH7TR0DYE5HE2B6.jpg

चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को अग्रिम बुकिङ खुला भएको छ । दयाहाङ राई र विजय बरालको मूख्य भूमिकामा रहेको सिनेमाको अग्रिम बुकिङ खुला भएको हो ।

मल्टिप्लेक्ससहितका हलमा चलचित्रले राम्रो शो पाएको छ । नेपाली चलचित्रको बाक्लो रिलिज र बलिउडबाट प्रतिक्षित सिनेमाहरूको भीडमा पनि ‘वरिष्ठ बलराम’ले सन्तोषजनक शो पाएको छ ।

‘धेरै चलचित्र रहेकाले सोही अनुसारको शो हाम्रो चलचित्रले पाएको छ,’निर्देशक सुरेन्द्र पौडेलले भने, ‘रिलिजपछि हाम्रो चलचित्रको शो थपिँदै जानेमा हामी ढुक्क छौँ, किनकी हामीले राम्रो चलचित्र बनाएका छौँ ।’

‘वरिष्ठ बलराम’ले राम्रो वर्ड अफ माउथ पाउनेमा उनी ढुक्क छन् । ट्रेलर र ‘न्यौली बनैमा’ गीत दर्शकले रुचाएकाले चलचित्र पनि त्यस्तै राम्रो रहेको र दर्शकको रोजाइमा पर्ने निर्देशक पौडेलको दाबी छ ।

‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । कात्तिक ६ गते भाइटीकाबाट यो चलचित्र रिलिज हुँदैछ ।

‘वरिष्ठ बलराम’मा दयाहाङ र विजयसँगै समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

सिर्जना सुब्बा, रामबाबु रेग्मी, येशेली योङहाङ, विजया अधिकारी, प्रदिप ढकाल, परमोद अग्रहरी, लबिस गडटौला, सञ्जय थापा, राज न्यौपाने, रौनक सिंह, कमल देवकोटा, सुनिल तामाङ, सन्तोष गिरी, किरण चाम्लिङ राई, कुन्दन थारुको पनि अभिनय छ ।

चलचित्रको बाल कलाकारमा सुजेन थापा र साइसा गौचन रहेका छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । 

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।

यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K82H0TQMVHBPTTCP5ERVJPJT.jpeg

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज

काठमाडौं ।  गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली चलचित्र ‘१२ गाउँ’ अब नेपालकै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा सार्वजनिक गरिएको छ।

सोमबार लक्ष्मीपूजाको अवसर पार्दै ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज गरिएको यो चलचित्रलाई दर्शकले रु.२९९ मा विश्वभरबाट हेर्न सक्नेछन् । 

चलचित्र ‘सिनेमाघर एप’ मार्फत गुगल प्ले स्टोर, एप स्टोर, एन्ड्रोइड टिभी, अमेजन फायर टिभी, सामसुङ स्मार्ट टिभी, एलजी वेबओएस लगायतमा डाउनलोड गरी तथा क्रोमकास्ट गरेर पनि सहजै हेर्न सकिन्छ। साथै, वेब ब्राउजरमार्फत कम्प्युटरमा पनि ‘१२ गाउँ’ हेर्न सकिने सुविधा प्रदान गरिएको छ।

अभिनेता बिराज भट्टको निर्देशनमा बनेको यो चलचित्रमा बिराजसँगै समीर, न्यान्सी खड्का, सनिशा भट्टराई, दिया मास्के, अर्जुन जङ्ग शाही, कनिज कोइराला, नरेन खड्का, सोनु चन्द्रपाल र दक्षिण भारतीय स्टन्ट निर्देशक सिल्भा सहितका कलाकारको अभिनय देख्न सकिन्छ। चलचित्रको कथा स्वयं बिराज भट्टले लेखेका हुन् भने पटकथा र संवाद सन्तोष सरकार ले तयार पारेका हुन्। द्वन्द्व निर्देशन दक्षिण भारतीय ख्यातिप्राप्त निर्देशक सिल्भाले गरेका हुन्।

ओटीटी प्लेटफर्म सिनेमाघरमा अहिले चलचित्रहरू पिताम्बर, होस्टेल ३, गाउँ आएको बाटो, फेरी रेशम फिलिलीलगायतका चलचित्रहरू स्ट्रिमिङ भइरहेका छन्।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२