बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JY8BM1YR0QBW7R85AY9SRBT4.jpg

आज विश्व सङ्गीत दिवस मनाइँदै

काठमाडौं । आज संसारभर विश्व सङ्गीतदिवस मनाइँदैछ । हरेक वर्ष जुन २१ तारिखमा यो दिवस मनाइन्छ । नेपालमा २०४५ सालदेखि नियमितरुपमा सङ्गीत दिवस मनाउन थालिएको हो ।

विश्व सङ्गीतदिवस पहिलो पटक सन् १९८१ जुन २१ मा फ्रान्समा मनाइएको थियो । अहिले संसारका एक सय बढी देशमा सङ्गीत दिवस विशेष उत्सवका रुपमा मनाइन्छ । 

सङ्गीत एउटा विश्वव्यापी भाषा हो । नेपाल बहुजाति, भाषा, धर्म अनि संस्कृति भएको देश हो । यहाँ मादल, सारङ्गी, धिमे, ढोलक, टुङ्गना, बाँसुरी, बिनायो जस्ता मौलिकता थप्ने बाजाहरू आज पनि बजाइन्छन् । 

यस वषको नारा ‘सद्भाव मार्फत उपचार’ भन्ने छ जसले संगीतको माध्यमबाट मानसिक शान्ति, आत्मिक सन्तुलन र सामाजिक एकताको सन्देश दिन्छ । यसले संगीतले पीडा कम गर्न, भावनात्मक थकान हटाउन र समुदायबीच मेलमिलाप गराउन सक्ने शक्ति रहेको जनाउँछ ।

प्रकाशित मितिः शनिबार, ०७ असार २०८२
https://jawaaf.com/storage/01JY3D4P40FBCYA9TKXPBQZZ47.jpg

गणेश इशाराको 'अल नेपाल एकल कमेडी शो' को दोस्रो संस्करणको मिति र स्थान सार्वजनिक

धरान,असार ५। चर्चित हास्यकलाकार गणेश इशारा राईको 'अल नेपाल एकल कमेडी शो' को दोस्रो संस्करण सुरु हुने भएको छ। समाजसेवी वीरमाया राई (शोभोमा) स्मृति कोष निर्माण गरी अनाथ तथा असहायलाई सहयोग पुर्‍याउने परोपकारी उद्देश्यका साथ यो शो आयोजना गरिएको हो।

गणेश इशाराको दोस्रो संस्करणको  'अल नेपाल एकल कमेडी शो'  को तालिका निम्नानुसार रहेको जानकारी गरिएकोछ । झापा असार १५ ,धरान साउन १ (सदन स्कुल सभाहल), गाईघाट भदौ १, धनकुटा असोज १, पाँचथर कार्तिक १, इलाम मंसिर १, पोखरा पुस १, दाङ माघ १, हेटौंडा फागुन १ र काठमाडौंमा २०८३ वैशाख १ गते कमेडी शोको आयोजना हुने तालिका सार्वजनिक गरिएको छ ।

कलाकार इशाराका अनुसार, उनको एकल कमेडी प्रस्तुतिसँगै अन्य चर्चित कलाकारहरूको पनि विशेष प्रस्तुति रहनेछ। यस शोबाट सङ्कलित रकम  वीरमाया राई (शोभोमा) को स्मृतिमा  कोषमा जम्मा गरिनेछ, जसबाट अनाथ र असहाय बालबालिकालाई सहयोग पुर्‍याइनेछ।

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः बिहिबार, ०५ असार २०८२
https://jawaaf.com/storage/01JY0GJHMWB693GASX254KMWNH.jpeg

चलचित्र ‘महाभोज’को कथाले दर्शकहरू भावुक र आक्रोशित

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘महाभोज’ले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया पाएको छ ।

सहकारी संस्थाहरूमा हुने ठगी र त्यसले सिर्जना गरेका चुनौतीहरूलाई केन्द्रमा राखेर निर्माण गरिएको नेपाली चलचित्र ‘महाभोज’ले नेपालको आर्थिक अवस्था र सामाजिक पक्षलाई छुन खोजेको छ । 

दर्शकहरुले यो चलचित्र मनोरञ्जन मात्र नभई शिक्षा दिने काम गरेको बताउछन् ।  एक दर्शकले भने, ‘चलचित्रले समाजमा भएको अन्यायलाई यति नजिकबाट देखायो कि म भावुक भएको छु ।’

विशेष शोमा सहभागी साहित्यकार अमर न्यौपानेले फिल्मले कानूनी व्यवस्थाको कमजोरीमाथि प्रश्न उठाएको टिप्पणी गरे । ‘संविधान र कानूनका कारण हामी लोकतान्त्रिक गणतन्त्रमा छौं तर सहकारी पीडितलाई न्याय नपाएको अवस्था फिल्मले देखायो। यो यथार्थले हामीलाई सोच्न बाध्य पार्छ,’ उनले भने ।

यस्तै अभिनेता हरिवंश आचार्यले जनताको पैसा कसरी दुरुपयोग हुन्छ भन्ने कुरा फिल्मले स्पष्ट देखाएको बताए । 

चलचित्रमा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने लगायतका कलाकारहरूले अभिनय गरेका छन् जसले कथालाई प्रभावकारी बनाएको छ ।

प्रकाशित मितिः बुधबार, ०४ असार २०८२
https://jawaaf.com/storage/01JW118NJFWKJB8GGAPANTECQD.jpg

आकर्षक पर्यटकीय गन्तव्य पोकली झरना

रामेछाप । ओखलढुङ्गाको लिखु गाउँपालिकाको पोकलीमा रहेको पोकली झरना अहिले पर्यटकीय गन्तव्यको थलो बनेको छ । पोकलीसम्म पुग्ने सडक र छाँगामा जाने सिँढी लगायतका संरचनाहरू बनेपछि झर्न हेर्न आउनेको सङ्ख्या बढेको छ । 

काठमाडौं र तराइबाट पोकली जान चाहनले रामेछापको मन्थली– सिरिसे–ढाँडे हुँदै ओखलढुङ्गा प्रवेश गरेर पोकली झरना पुग्न सक्दछन् । ओखलढुङ्गाको सदरमुकामबाट पनि पोकली आउन सकिन्छ । 

समुन्द्र सतहबाट करिब २ हजार मिटर उचाइमा रहेको पोकली झरना करिब १ सय ३० मिटर अग्लो छ । पोकली झरना नेपालकै दोस्रो अग्लो झरना हो । कर्णाली प्रदेशको कालिकोटस्थित १ सय ४८ मिटर उचाइको पचल झरना नेपालको सबैभन्दा अग्लो झरना हो । 

पोकली झरनाको प्रचारप्रसारका लागि गरिएको पोकली पर्यटकीय महोत्सव तथा प्रचार प्रसारको कारण पनि मानिसहरू सो झर्ना हेर्न पुग्ने गर्दछन् । लोकसेवामा पोकली झरना ओखलढुङ्गामा पर्छ भन्ने पढेको कारण झरना हेर्न आएको सल्यानकी कमला क्षेत्री बताउँछिन् ।

प्रकाशित मितिः शनिबार, १० जेठ २०८२
https://jawaaf.com/storage/01JVEE7N1HVAQHGY62NBXT1DSE.jpg

शान्तीश्री र गौरवको ‘लजाउने हैछौनी’मा मिस पवी

काठमाडौँ । गायिका शान्तीश्री परियार र गायक गौरव गिरीको स्वर रहेको ‘लजाउने हैछौनी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । गीत देउडा संकृतिमा आधारित रहेको छ । गायक गिरीकै शब्द, रोहित देउवाको संगीत सृजना, विसम आचार्यको एरेन्ज तथा  श्याम श्वेत रसाईलीको मिक्सिङ मास्टरिङ रहेको सार्वजनिक गीतमा सुदुरपश्चिमकी चर्चित मोडल मिस पविको अभिनय देख्न सकिन्छ ।

भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेशनाथले पनि अभिनय गरेका छन् । नुवाकोटका विभिन्न रमणीय स्थानमा छायांकन गरिएको लजाउने हैछौ नी एक प्रेमील रोमान्टिक गीत हो । जसमा प्रेम, रोमान्स र वियोगको कथालाई कलात्मक शैलीमा निर्देशक गिरीले भिडियोमा उतारेका छन् । 

भिडियोको आर्कषक पक्ष भने मेरी बास्सैका कलाकार समेत रहेका राजेशनाथ अर्थात बैतडी बाजेको पनि यही भिडियोबाट १० वर्षपछि कमव्याक भएको छ । भिडियोमा मिस पविका अलावा दीपा शाही र राजेश गज्जबले खुलेका छन् ।

सन्जु चौधरीको कोरियोग्राफी रहेको भिडियोको छायांकन उत्तम हुमागाईले गरेका हुन् भने सम्पादन फाइनल पिक्सल नेपाल तथा कलर श्याम कुँवरले गरेका हुन् । गीतको भिडियो रिदम भिआईडीबाट बजारमा आएको हो । गीतले  देउडा संकृति बचाउन र समाजका रोचक पक्ष बाहिर ल्याउनमा मद्धत पुर्याउने विश्वास निर्देशक गिरीले लिएका छन् ।  

भिडियो हेर्नको लागि :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/k0vAxyDxesQ?si=ufU6VaJ0tfS5CgEP" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः शनिबार, ०३ जेठ २०८२
https://jawaaf.com/storage/01JTQ7JWH67AZKRKYPP92DMVAA.jpg

भनेजस्तो काम गर्न झुमाले कुनुपर्यो २५ वर्ष

Pathiara_adv.gif 586.81 KB

काठमाडौं । गायिका तथा संगीतकार झुमा लिम्बूले चलचित्र ‘जार’मा आफूले चाहेजस्तो खुलेर काम गर्न पाएको बताएकी छन् । साढे दुई दशकपछि आफूले भनेजस्तो काम गर्न पाएको बताएकी हुन् ।

‘म्युजिक गर्दै जाँदा, काम गर्दै जाँदा ठिक मैले भनेको जस्तो काम गर्न पाएको प्लेटफर्म चलचित्र हो जार,’ झुमा भन्छिन्, ‘मैले गरिरहेको खालको म्युजिक गर्नुपर्यो भन्दै मान्छे आएपछि मैले नाइँ भन्ने कुरै आएन । त्यसैले जारमा काम गरेँ ।’

आफ्नो सांगीतिक करियरको २५ वर्षमा आएपछि भनेजस्तो काम गर्न पाएको र चित्त बुझेको उनको भनाइ छ । ‘२५ वर्षमा आइसकेपछि जारमा गरेको काम चित्त बुझेको छ । पूरै त चित्त बुझ्दो रहेनछ । अलिअलि चाहिँ चित्त बुझेको छ,’ झुमा भन्छिन्, ‘जारमा अलिअलि चाहिँ काम गर्ने ठाउँ पाएँ भन्ने लाग्छ ।’

चलचित्र जारका पात्रहरू लिम्बू गाउँमा पुगेपछि आफूले लिम्बू समुदायको संगीतमा काम गर्न पाएको उनको भनाइ छ ।

प्रिमियरमा चलचित्र ‘जार’ हेर्ने अधिकांशले यसको गीत र संगीतको खुलेर तारिफ गरेका छन् । लिम्बू समुदाय रहेको पूर्वी पहाडी जिल्ला र लिम्बू समुदायको संस्कृति र संस्कार, लय र तालमा झुमाले यसको गीत र संगीत तयार पारेकी छन् । जसको सिनेमा हेर्ने दर्शकले खुलेर प्रशंसा गरेका हुन् ।

‘जार’मा गीतसँगै पात्रको यात्रामा गीत छन्, जसलाई तयार पार्ने र गाउने काम झुमाले गरेकी छन् ।

१८०० को दशकको वास्तविक घटनामा आधारित यो चलचित्र यही शुक्रबार (वैशाख २६ गते)बाट देशभर प्रदर्शनमा आउँदैछ ।

‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन् ।

फेरि टेल पिक्चर्सले निर्माण गरेको ‘जार’ सामाजिक विषयमा बने पनि कम्प्लिट प्याकेज भएको निर्देशक फुर्वाको दाबी छ । त्यसैले ‘जार’ले दर्शकको मन जित्नेमा उनी ढुक्क छन् ।

चलचित्र ‘जार’मा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जली थापालगायत कलाकारको मुख्य भूमिका छ ।

होप रिल्स, एलए सेभेन सर्टस, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको चलचित्रको छायांकन सिक्किममा गरिएको छ । चलचित्र ‘जार’को कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । सिनेमामा झुमा लिम्बू र गंगा थापाको संगीत छ ।

चलचित्र ‘जार’ नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले बताएको छ । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछ ।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२
https://jawaaf.com/storage/01JTQ73CP3AXWKDS6DVHHT60Y9.jpg

‘ऊनको स्वीटर’को प्रिमियरमा देखियो उत्साह, टिकट बुकिङ सुरु

काठमाडौं । नेपाली कथानक चलचित्र ‘ऊनको स्वीटर’ले भव्यरुपमा प्रिमियर सम्पन्न गरेको छ । बुधबार साँझ काठमाडौंको सिटी सेन्टरस्थित सिनेमा हलमा आयोजित प्रिमियरमा राजनीतिक व्यक्तित्वदेखि कलाकारहरुको उल्लेख्य उपस्थिति थियो ।  

चलचित्र हेर्न पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले चलचित्र एकदमै राम्रो रहेको भन्दै नेपाली चलचित्रहरु एकपछि अर्को हेर्न लायक बनिरहेको बताए । 

यस्तै अभिनेता विपिन कार्कीले चलचित्र हेरेपछि राम्रो प्रतिक्रिया पाइरहेको र चलचित्रले मन छुने बताए । उनले वैशाख २६ गते सिनेमा घरमा गएर हेरिदिन आग्रह समेत गरे । 

वैशाख २६ गतदेशभर प्रदर्शन हुन लागेको चलचित्र उनको स्विटरमा अभिनेता कार्की र मिरुना मगर मुख्य भुमिकामा छन् भने अन्य कलाकारमा विल्सनविक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनील पोखरेल, माओत्से गुरुङलगायतका कलाकारको अभिनय रहेको छ । 

आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका छन् ।

फिल्म शुक्रवार (वैशाख २६)बाट देशभर प्रदर्शनमा आउन लागेको हो । फिल्मको अग्रिम टिकट बुकिङ पनि सुरु भएको छ । 

फिल्मको छायाङ्कन पूर्वी नेपालको पाँचथर र भारतको सीमा क्षेत्र फालेलुङमा गरिएको हो । फिल्ममले सांस्कृतिक विविधता, सामाजिक अन्तर्विरोध, र नेपाली समाजको जीवन्त रङ्गहरूलाई एउटै कथामा समेट्ने प्रयास गरेको निर्देशक चौहानले बताएका छन् । चलचित्रलाई सेन्सर बोर्डले युनिभर्सल प्रमाणपत्र प्रदान गरेको छ ।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२
https://jawaaf.com/storage/01JTABRZCDZG1QC4KYBGZ1ZFQG.jpg

चलचित्र ‘अञ्जिला’ले प्रदर्शनको ५१ दिन मनायो

काठमाडौं । मिलन चाम्स निर्देशित चलचित्र ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । फागुन २९ गतेबाट नेपालसहित विश्वभर प्रदर्शन भईरहेको चलचित्र ‘अञ्जिला’ले शुक्रबार सशस्त्र प्रहरी बल हलचोकमा भव्य कार्यक्रम गरी ५१ दिन मनाएको हो । 

कार्यक्रममा बोल्दै निर्देशक मिलन चाम्सले चलचित्र अझै पनि नेपालको ४५ हलहरुमा र २७ वटा देशमा प्रदर्शन भएको बताए । 

‘सम्पुर्णलाई धेरै धन्यवाद ! ‘अञ्जिला’ को २७ वटा देशमा राम्रो प्रदर्शन भइरहेको छ भने, नेपालको ४५ वटा चलचित्र भवनमा चलचित्र चलिरहेको छ यदी कसैले हेर्नुभएको छैन भने हर्नसक्नुहुन्छ,’ उनले भने ।

यस्तै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले निर्देशक मिलन चाम्स र निमार्ता प्रेम श्रेष्ठको मात्र सफलता नभई चलचित्र उद्योगकै सफलता भएको बताए । उनले नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा देशकै गहना भएको भन्दै यो चलचित्र आफैमा महत्वपूर्ण  रहेको बताए ।  

नेपाली महिला राष्ट्रिय फुटबल टीमकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बा जीवनीमा आधारित यो चलचित्रमा सुनील थापा, विजय बराल, सृजना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारले अभिनय गरेका छन् । सुदीप बरालले छायाङ्कन गरेको चलचित्रमा मिलन श्रेष्ठले सम्पादन गरेका छन् । 

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२
https://jawaaf.com/storage/01JT5WVBRJWD0PD609XAQ44M73.jpg

सिक्किममा ‘जार’ वल्र्ड प्रिमियर, बाघको दृश्यले दर्शकको ध्यान खिच्यो

सिक्किम । यही वैशाख २६ बाट सार्वजनिक प्रदर्शनमा आउन लागेको चलचित्र ‘जार’को सिक्किममा ग्राण्ड वल्र्ड प्रिमियर सम्पन्न भएको छ ।

सिक्किम गान्तोकस्थित वाज्रा वल्र्डमा आयोजित प्रिमियरमा विभिन्न क्षेत्रबाट प्रतिनिधित्व गर्ने विशिष्ट व्यक्तित्वहरू तथा सिक्किमबाट नेपाली चलचित्र उद्योगमा प्रतिनिधित्व गर्ने चलचित्रकर्मीहरूको उपस्थिति थियो ।

चलचित्रको प्रिमियरमा सहभागी हुन निर्देशक फुर्वा छिरिङ लामाको नेतृत्वमा अभिनेताद्वय सौगात मल्ल र अनुपविक्रम शाहीसहितको टिम नेपालबाट सिक्किम पुगेको थियो । सात सय सिट क्षमताको वाज्रा हल अतिथि दर्शकबाट भरिएको थियो ।

पारिवारिक कारणबस अभिनेत्री गीताञ्जली थापा भने आफ्नो चलचित्रको पहिलो प्रीमियरमा सहभागी हुन सकिनन् ।

चलचित्र हेरिसकेपछि स्थानीय दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । चलचित्रलाई पर्दामा नियाल्दै केही घण्टा मात्रै पनि आफ्नै समाजको इतिहासको साक्षी बस्न पाउँदा सिक्किमेली दर्शक कोही भावुक त कोही उत्साहित देखिए ।

कलाकार, निर्देशक, सिनेमाटोग्राफी, विजिएम र भिएफएक्सलाई दर्शकले तारिफ गरे । गायिका तथा संगीतकार झुमा लिम्बुको संगीत प्रशंसाको केन्द्रमा पर्ने अर्को पक्ष बन्यो । नवकलाकार सुस्मिता भुजेलको अभिनय कलालाई पनि दर्शकले स्वागत गरेका छन् ।

वरिष्ठ साहित्यकार इन्द्रबहादुर राईको कथामा आधारित चलचित्रले कृतिलाई पूर्णतः न्याय गरेको निर्देशक साम्तेन भुटियाले बताए । नेपाली मौलिकता पस्केको ’जार’ अभिनय, निर्देशक र प्राविधिक सबै पक्षमा अब्बल बनेको उनको भनाइ छ ।

धेरै चलचित्रमा निर्देशकलाई भेट्नै मुस्किल पर्छ, यो चलचित्रमा हरेक जसो दृश्यमा निर्देशकलाई पाउन सकिन्छ, राम्रो चलचित्रको बलियो पक्ष नै यो हो, साम्तेनले भने, ’धेरै लामो दृश्यमा संवाद नै नराखी पनि निर्देशकले दर्शकलाई होल्ड गर्न सफल छ, एउटा सृजनशील मेकर नेपाली चलचित्रले पाएको छ ।’

अभिनेता उत्तम प्रधानले चलचित्र उत्कृष्ट बनेको भन्दै सम्पूर्ण टिमलाई बधाई दिए । कलाकारको अभिनय र निर्देशकीय पक्षलाई तारिफ गर्न समय खर्चेका प्रधानले नेपाली दर्शकले आफ्नो समाजको विगत थाहा पाउन ’जार’ एक पटक हेर्नैपर्ने चलचित्र रहेको बताए ।

मुख्यतः निर्देशक फुर्वा लामा, अभिनेत्री गीताञ्जली, अभिनेता द्वय सौगात र अनुपविक्रम दर्शकको प्रशंसाको केन्द्रमा परे । चलचित्र हेरिसकेपछि उनीहरूसँग तस्बिर र सेल्फीको लागि दर्शकले पालो पर्खेर बसेका थिए ।

चलचित्रमा महँगो लगानीमा भिएफएक्सबाट तयार गरिएको बाघको दृश्यले सबैको ध्यान खिच्यो । जस्ताकोतस्तै उतार्ने प्रयत्नसहित तयार गरिएको दृश्य पर्दामा आउँदा दर्शकले सिठ्ठी र तालीले स्वागत गरे ।

Pathiara_adv.gif 586.81 KB

निर्देशक फुर्वा छिरिङ लामाले आफूले सोचेको भन्दा राम्रो प्रतिक्रिया पाएको भन्दै कतिपय ठाउँमा गरिएका नयाँ प्रयोग र जोखिमलाई दर्शकले अनुमोदन गरेको बताए । ‘खेलाडीले खेल सकेपछि कस्तो खेल्यो र के सिक्न पायो भन्ने हुन्छ, दर्शक प्रतिक्रियाले उत्साहित छु, वर्षौको मेहनतले सम्मान पाउँदा खुशी छु , उनले भने ।

अभिनेताद्वय सौगात र अनुपविक्रमले सिक्किमेली दर्शकसँगै बसेर चलचित्र हेर्दा राम्रो प्रतिक्रिया पाएको भन्दै चलचित्र पारखीलाई ’जार’ले तृप्त बनाउने बताए । आइवी राईको अमर कृतिमा आधारित चलचित्रलाई पनि दर्शकले अमर बनाउने विश्वास सौगात र अनुपको छ ।

सिक्किम लोकसभा डेपुटी स्पिकर राजकुमारी थापा प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको रूपमा सिक्किम प्रहरी प्रमुख अक्षय सच्देवा, लोकसथा सदस्य इन्द्रहाङ सुब्बा, मुखमन्त्रीका राजनीतिक सल्लाहकार ज्याकव खालिम, सिक्किम सरकारका प्रवक्ता कर्मा सुब्बा, मुख्यमन्त्री कार्यालय सचिव एसडी ढकाल लगायतका विशिष्ट राजनीतिक व्यक्तित्वहरूसहित नेपाली चलचित्र निर्माता सुस्मा गुरुङ, निर्देशक साम्तेन भुटिया, प्रशान्त रसाइली अभिनेता उत्तम प्रधानलगायत उपस्थित थिए ।

सिक्किमपछि मे ३ तारिखमा सिलिगुडी (सिलिगुरी)मा यो चलचित्रको दोस्रो प्रिमियर तय गरिएको छ । बिहीबार दार्जिलिङ पुगेर प्रचारात्मक कार्यक्रम सम्पन्न गरेपछि ’जार’ टिम सिलिगुरी पुग्नेछ ।

सरवानन इलावार्सुको छायांकन रहेको चलचित्रमा अखिलेश राईको सम्पादन छ । चलचित्रको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योति क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा यो चलचित्र निर्माण भएको हो ।

प्रकाशित मितिः बिहिबार, १८ वैशाख २०८२
https://jawaaf.com/storage/01JT0XG5FZ4KP03NJ50WX13EKH.jpg

नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

काठमाडौं । बहुप्रतिक्षित नेपाली सिनेमा ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौँमा उनको स्विटर साँझ कार्यक्रममा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

नवीन चौहानले निर्देशन गरेको यस फिल्ममा अभिनेता विपीन कार्की र मिरूना मगर मुख्य भूमिकामा रहेको छन् भने चलचित्रमा विल्सनविक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बूको पनि प्रमुख अभिनय छ ।

यिनै पाँच कलाकारको वरिपरि घुम्दै टिजरले प्रेम, स्मृति र सम्बन्धका उतारचढावलाई सौन्दर्यपूर्ण ढङ्गले प्रस्तुत गर्ने जर्मको गरेको छ ।

कार्यक्रममा कलाकार कार्कीले उसले फिल्ममा आफूले काफ्लेको भूमिका निर्वाह गरेको बताए । फिल्म एकदमै राम्रो बनेको भन्दै सबै दर्शकले मन पराउँनेमा आफू विश्वस्त रहेको पनि उनी बताउँछन् ।

यस्तै ट्रेलर सार्वजनिक पश्चात् कलाकार मिरुना मगरले आफू पूरै गुरुङको भूमिकामा रहि उनको स्विटरले दिने न्यानोपनको जस्तै न्यानोपनको महसुसगरी माया दिने पनि मौका पाएको बताइन् ।   

‘चलचित्र घोषणादेखि अहिलेसम्म जतिपनि विषयवस्तु आएको छ मिडियाका साथिको साथै हाम्रा दर्शक सबैले धेरै माया दिनुभएको छ । त्यसको लागि मनैदेखि धन्यवाद । उनको स्विटर  र आर्टमाण्डु टिमले मलाई यस्तो पात्र थमाइदिनुभएको फुल गुरुङ को जुन मैले गर्दा उनको स्विटरले दिने न्यानोपनको जसरी मैले त्यो न्यानोपनको महसुसगरी माया दिने पनि मैका पाए,’ उनले भनिन् । 

यो चलचित्र आर्टमाण्डु प्रालिको ब्यानरमा पहिलो पटक निर्माण भएको हो भने चलचित्रको कथावस्तु सामाजिक विषयवस्तुमा आधारित रहेको छ । चलचित्रको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् ।

प्रकाशित मितिः मङ्गलबार, १६ वैशाख २०८२