आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J9E65HJANMZXFBNAS1YC1PWX.jpg

गोर्खा भर्ती २०२५ को समय तालिका प्रकाशित

२४ चैत्र धरान । गोर्खा ब्रिट्रिस आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स, नयाँ भर्ती प्रक्रिया २०२५ मा सहभागीहुन चाहाने नेपाली युवाहरूका लागि, २०८० फाल्गुन १८ देखी चैत्र १६ मध्यान्न सम्म अनलाईन फारम समय अवधि तोकिएका थियो । २०८१ कात्तिक १५ गते सम्ममा १८ वर्ष पुरा भएको र २१ वर्ष नकटेका र शैक्षिक रूपमा एसइइ वा सो सरह पास भएका नेपाली युवाहरूलाई नयाँ गोर्खा भर्ती २०२५ मा सहभागीहुने अवसर प्रदान गरिएकोछ । 


अनलाईन प्रक्रियामा सहभागीहुने सबै सदस्यहरूका लागी अर्को  सूचना ब्रिट्रिश गोर्खा नेपालले आफ्नो वेबसाइटमा प्रकाशन गरीसकेको छ । गोर्खा ब्रिट्रिश आर्मी र गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको नयाँ भर्ती २०२५ पहिलो छनोट प्रक्रिया धरान,पोखरा र सुर्खेतका आर्मी क्यारियर सूचना कार्यालयहरूमा २०८१ बैशाख १० देखि हुने जानकारी सहित सम्पूर्ण विवरण प्रकाशन गरिसकेकोछ । एक महिनाको समय अवधि सम्ममा अनलाईन फाराम भर्ने गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्स र गोर्खा ब्रिट्रिश आमी दुवै समूह तर्फ का सदस्यहरुलाई आवश्यक कागजात सहित फरक फरक जिल्लाको फरक मितिमा उपस्थितिका लागि सूचना जारी गरेकोछ ।

Advertisemwnt

अनलाईन फारम दर्ता प्रक्रियामा ब्रिट्रिश गोर्खा धरान क्याम्पमा सहभागिहुनका लागि सिगापुर  पुलिस समूह तर्फ दुई हजार छयासी र गोर्खा बिट्रिश आर्मी तर्फ सैँतिस सय सतचालिस त्यसै गरि पोखरा क्याम्पमा सिंगापुर  पुलिस तर्फ अठार  सय त्रिचालिस, ब्रिट्रिश आर्मी समूह तर्फ अठतिस सय त्रियासी र सुर्खेतका लागी सिंगापुर पुलिस समूह तर्फ पाँच सय पचासी र बिट्रिश आर्मी समूह तर्फ चौध सय छयहत्तर गरी जम्मा नेपाल भरी तेह्र हजार छ सय बिस नेपाली युवाहरूले अनलाईन फारममा समावेश भएको जनाइएको छ । नेपाली युवाहरुले गोर्खा भर्तीलाई अवसरको रुपमा लिने गरेको पाथीभरा प्री–आमी टे«निङ्ग एकेडेमी धरानका सञ्चालक मिलन राई ले बताए । राईका अनुसार एसइइको परिक्षा सक्न वितिकै एकेडेमीमा भर्ती तयारीका लागी आउने बताए । र, तयारी सँगै इच्छुक युवाहरूले आफ्नो पढाईलाई पनि प्राथमिकता दिदै अगाडी बढाउनु पर्ने सल्लाह दिन्छन् । यसरी दुवै क्षेत्रलाई सहज ढङ्गले अगाडि बढाएमा भविष्य उज्जलहुने बताए ।


पहिलो चरणको छनोट प्रक्रिया सम्पन्न भए प्रश्चात दोस्रो चरणको छनोट प्रक्रियाको सूचना आषाढ १९ गते प्रकाशन गर्ने जानकारी गरिएकोछ । दोस्रो चरणको छनोट २०८१ भाद्र १९ देखी आश्विन २० गते सम्म हुने जानकारी गरिएकोछ । त्यसै गरी २०२५ को दुबै समूह अन्तर्गत अन्तिम चरणको छनोट प्रक्रिया गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्सको २०८१ मंसिर १३ देखि २६ सम्ममा भर्ती भइ सक्ने जानकारी गरिएकोछ । र , गोर्खा ब्रिट्रिश आर्मीको छनोट पुस २३ देखि माघ २१ गते सम्म हुने छ । 


नेपाल भरीबाट जम्मा २०२५ को नयाँ भर्ती प्रक्रिया मार्फत गोर्खा कन्टिजेन्ट सिंगापुर पुलिस फोर्समा एक सय चवालिस जना योग्य नेपाली युवाहरू छनोट हुने छन् । त्यसै गरी गोर्खा ब्रिट्रिश आर्मी समूह तर्फ तिन सय पचास बढि युवाहरू छनोट गरीने छनोट प्रक्रियामा सहभागी अधिकारीहरूले जनाएका छन् ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://jawaaf.com/storage/01HTRHY2A0SA54K2A0E4JA4V81.jpg

पाचौ मि. कोशि उपाधिका लागि आज २२ प्रतिस्पर्धी भिड्ने

एलाइनेट जिमको आयोजनामा यहि चैत्र २४ गते शनिवार हुनलागेको पाचौ मि. कोशि शारिरिक शुगठन प्रतियोगिताको प्रि–जज राउण्ड सम्पन्न भएको छ ।

धरान १३ अमरहाट स्थित कर्भडहलमा शुक्रवार संपन्न प्रि–जज राउण्ड वाट  ५५ केजि तौल समुह वाट ५ जना, ६० केजि वाट ६ जना, ६५ केजि वाट ५ जना, ७० केजि र ७५ केजि वाट ३-३ जना फाइनल चरणका लागि छनौट भएका छन । उनिहरुले शनिवार हुने फाइनल चरणमा उपाधिका लागि प्रतिस्पर्धा  गर्नेछ । फाइनल चरणमा सवै तौल समुह वाट २२ जना प्रतिस्पर्धि खेलाडिहरुले प्रतिश्पर्धा गर्नेछ ।


 प्रतियोगिताका विजेताले नगद एक लाख १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र र ५० हजार रुपैया वरावरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गर्नेछ । मल्टिसेट व्रेन्चप्रेस फिटनेस चोइस इटहरीले सौजन्य गरेका हुन ।


 यसै गरि क्रमश दोस्रोले नगद ५० हजार, तेस्रोले नगद ४० हजार, चौथोले नगद ३० र पाचौले नगद २० हजार रुपैया, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 


प्रतियोगिताका व्यक्तिगत विद्या तर्फका वेस्ट पोजर, मोस्ट इम्प्रुभमेन्ट, मस्कुलर म्यान र वेस्ट टिम उपाधि विजेताले जनहि नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक एलाइनेट जिमका विक्रम लिम्वुले जानकारी दिए ।


प्रतियोगितामा धरान, तरहरा, पथरी, केरावारी, इनरुवा र विराटनगरका खेलाडिहरुको सहभागिता रहेको छ । प्रि–जज राउण्डमा मुख्य जजको रुपमा शिव मुखिया र सहयोगि जजहरुमा हरि धिमाल, इश्वरलाल उदास, नवनित प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ रहेको थियो । प्रतियोगिता धरान १३ अमरहाट स्थित कभर्डहलमा हुनेछ । गत साल संपन्न चौथो मि. कोशिको उपाधि एनि टाइम फिटनेस धरानका सन्दिप गिरिले चुमेका थिए ।

प्रकाशित मितिः शनिबार, २४ चैत २०८०
https://jawaaf.com/storage/01HTFJW78CBZQ5CA4MW6RTX96S.jpg

दक्षिण कोरियाबाट क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्राप्त

२० चैत्र धरान । दक्षिण कोरियामा कार्यरत नेपालीहरु द्धारा क्यान्सर पीडित राजेश राईलाई आर्थिक सहयोग प्रदान गरेका छन । 

खोटाङ जिल्ला जन्तेढुङ्गा गा.पा. वडा न ५, चिसापानी का क्यान्सर पीडित राजेश राईलाई पाँच लाख छत्तिस हजार चार सय छैसट्‍ठी रुपियाँ आर्थिक सहयोग गरेका छन । 

एक महिना अगाडी देखि ब्लड क्यान्सर पीडित राई टिचिङ हस्पिटल महाराजगन्ज काठमाडौँ मा उपचारत छन् । उपचारमा आवद्ध डा. को परामर्श अनुसार उपचार रकम सत्तरी लाख माथि लाग्ने भएको कारण छोरा को उपचारमा आर्थिक सहयोग का लागी बुवा इमानसिँ राई र आफन्त द्वारा आर्थिक सहयोगको अपिल गरेका थिए ।

 त्यस प्रश्चात दक्षिण कोरियामा कार्यरत तथा खोटाङ्ग सेवा समाज दक्षिण कोरीयाका महासचिव बलुहाङ राई, सह–कोषाध्यक्ष अनिल राई, सदस्य संजिव राई, सरस्वती राई, सुवाश राई, देबिन राई, मनोज राई, नवराज राईको नेतृत्वमा उक्त रकम सङ्कलन गरिएको थियो ।

सङ्कलित रकम लाई नेपाल पठाई सकिएको र विरामीको सिग्र स्वास्थ्य लाभको कामना सहित आदिवासी जनजाति आयोगका सदस्य माननीय शरण राईद्धारा क्यान्सर पीडित राईका बुवालाई सङ्कलित आर्थिक सहयोग हस्तान्तरण गरिएको आर्थिक सङ्कलन अभियानका सदस्य संजिव राईले बताए । 

सहयोग रकम हस्तान्तरण कार्यक्रम क्यान्सर पीडित राजेशका बाबुले डा. को सुझाव अनुसार सत्तरी लाख माथी उपचार खर्च लाग्ने बताउदै छोराको उपचारमा अझ आर्थिक सहयोगको अपिल गरेका छन् । १८ वर्षीय क्यान्सर पीडित राजेश राई जन्तेढुङ्गा गा.पा. को श्री चिसापानी उच्च मा.बि. मा कक्षा १२ मा अध्यायनरत विद्यार्थी हुन ।

प्रकाशित मितिः मङ्गलबार, २० चैत २०८०
https://jawaaf.com/storage/01HTCZ9Q7XFRPVVJWSPM5SJRG6.jpg

दिप्रुङ चुइचुम्मामा आधारभूत अस्पताल सञ्चालनमा थालियो

खोटाङ, दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँमा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आइएको छ । गाउँपालिकाको आफ्नै लगानीमा विशेषज्ञ चिकित्सक सहित अस्पतालले उपचार सेवा थालेको छ ।
प्राथमिक स्वास्थ्य चौकी डाँडागाउँको भवनमा स्थापना गरिएको आधारभूत अस्पतालमा अब दिनरात स्वास्थ्य सेवा प्रवाह हुने गाउँपालिकाका प्रमुख लोकेन्द्र राईले जानकारी दिए । “अस्पताललाई चाँडै १५ शय्यामा विस्तार गर्ने योजना छ । आधारभूत अस्पतालमा तत्काल एक मेडिकल अधिकृत सहित १४ स्वास्थ्यकर्मी परिचालन गरिएको छ अस्पतालमा नियुक्त गरिएका स्वास्थ्यकर्मीले दिनरात सेवा प्रवाह गर्नेर्छन् । अस्पताललाई अन्य सुविधा सम्पन्न अस्पताल सरह सेवा दिनेगरी क्रमशः स्तरोन्नति गर्दै लैजाने योजना रहेको छ ।


आधारभूत अस्पतालमा ल्याब (रगत, खकार, दिशा, पिसाब, मौसमी फ्लुलगायत परीक्षण गर्ने प्रयोगशाला) तथा बर्थिङ सेन्टर (प्रसूतिगृह) समेत स्थापना गरिएको छ । चिकित्सक डा मन्दिप उप्रेतीको नेतृत्वमा स्थापना गरिएको अस्पतालमा शव परीक्षणसमेत गर्ने गरी तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको रु ३० लाख लगानीमा स्थापना गरिएको आधारभूत अस्पतालको संविधानसभा सदस्य हरि रोकाले उद्घाटन गरे । उनले अस्पतालको सेवा प्रवाहलाई जनमुखी बनाउन आग्रह गरे  । आफ्नै गाउँमा आधारभूत अस्पताल स्थापना भएपछि स्थानीय बासिन्दालाई उपचार गर्न राहत मिलेको छ । सामान्य रोग परीक्षण एवं उपचारका लागि यसअघि उनीहरु जिल्ला अस्पताल खोटाङ तथा अन्त जिल्लाका अस्पताल जानुपर्ने बाध्यता थियो ।

प्रकाशित मितिः सोमबार, १९ चैत २०८०
https://jawaaf.com/storage/01HT739A4KKYFHCD7X48GT0DYK.jpg

मकैमा दाना नलागेपछि किसान चिन्तित

सर्लाही , उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन् । जिल्लाको बागमती, बरहथवा लगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसान चिन्तामा परेका छन् ।

मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्र बहादुर जिम्बाको गुनासो छ । प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतो बताउछन्। “धेरै फल्ने आशामा महँगो मूल्यमा बीउ किनेर रोपियो अहिले सबै लगानी डुब्यो भन्दै चिन्ता व्यक्त गरे । 

यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई याम सम्म उन्नत जातको मकै रोप्ने गरेका छन् । प्रशस्त फल्ने विश्वासमा ऋण गरेर रोपेको मकैमा दाना नलागेपछि आफू बर्बाद भएको अर्का किसान रञ्जित महतोले गुनासो गरे । उले गत मङ्सिरमा तीन बिघा क्षेत्रफलमा उन्नत जातको मकै लगाएको बताए । 

उन्नत जातको मकै खेतीका लागि प्रति कट्ठा रु तीन हजारदेखि तीन हजार पाँच सय सम्म खनजोत, मलखाद र कामदार खर्च लागेको किसानहरूले बताएका छन् । जग्गा भाडामा लिएका किसानको लगानी अझ बढी रहेको वताउँछन् । 

उत्पादन बिग्रिएका अधिकांश किसानले भारतीय बीउ उत्पादन कम्पनी जिभिडु सिड्सले उत्पादन गरेको ‘विनर’ नामको मकै लगाएको बताएका छन् । मङ्सिरको पहिलो साताअघि लगाइएको अन्य कम्पनीका हाइब्रिड जातको मकैमा समस्या देखिएको बागमती नगरपालिकाका कृषि प्राविधिक हिमाल साहीले जानकारी दिए । 

बीउ उत्पादक कम्पनीले भने मौसम अनुकूल नभएका कारण मकैमा दाना नलागेको जनाएको छ । नुजिभिडु सिड्सका नेपाल प्रतिनिधि श्रीप्रसाद पालिखेलले किसानले समय अगावै मकै रोपेका कारण समस्या भएको दाबी गरे । मकैको परागसेचनको समयमा धेरै चिसो भएको उनले बताए । “किसानले मकै रोप्न हतार गरे “कम्पनीले मकै रोप्ने समय जानकारी गराउँदा अटेर गरेको देखियो ।” 

मङ्सिर पहिलो सातादेखि रोप्नुपर्ने मकै कात्तिक तिरै रोपिएको उनको भनाई छ । दाना नलागेका किसानको विवरण सङ्कलन गरेर भारत स्थित कम्पनीमा जानकारी गराइएको उनले बताए । किसानलाई कसरी राहत पुराउन सकिन्छ भनेर आफूहरूले अनुगमन गरिरहेको उनले बताए ।

नगरपालिका स्थित कृषि शाखाले क्षतिको विवरण सङ्कलन गरिरेहेको छ । किसानलाई अनुदानमा वितरण गरेको मकै उत्पादन नभएको गुनासोपछि आफूहरूले विवरण सङ्कलन सुरु गरेको र एक दुई दिनभित्रमा पूर्ण विवरण सार्वजनिक गरिने नगर कृषि शाखा अधिकृत अवधेश कुमार झाले जानकारी दिए ।

अत्यधिक मकै उत्पादन हुने यस क्षेत्रमा नगरपालिकाले ‘मकै क्षेत्र’ विकासका लागि छ सय किलो विनर मकैको बीउ अनुदानमा वितरण गरेको थियो । जिल्लाको कर्मैया, ढुङ्ग्रेखोला, शङ्करपुर, राजघाट, हजरिया, मुर्तिया लगायत स्थानमा हाइब्रिड मकै उत्पादन हुने गरेको छ । जिल्लामा बर्सेनि १२ हजार हेक्टर क्षेत्रफलमा मकै लगाउने गरिको छ भने यहाँ ५ दशमलव ३ लाख मेट्रिक टन मकै उत्पादन हुने गरेको जिल्ला कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत देवानन्द यादवले बताए ।

प्रकाशित मितिः शनिबार, १७ चैत २०८०