बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JQ38ZJ3PDJFC38C8W1Q3Q4CA.avif

नेपालमा ६८ हजार नयाँ क्षयरोगी, २७ हजार भन्दा बढी छैनन् उपचारको पहुँचमा

काठमाडौं । नेपालमा ६८ हजार नयाँ क्षयरोगी छन् । यो तथ्यांक विश्व स्वास्थ्य संगठनको पछिल्लो प्रतिवेदनमा छ । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले पनि सो तथ्यांकलाई आधार मानेर देखाउँछ । तथ्यांक अनुसार ४० हजार ७७६ जना क्षयरोग लागेका ब्यक्ति मात्र उपचारका लागि अस्पतालसम्म आएका छन् । सो तथ्यांक हेर्दा २७ हजार २२४ जना (४० प्रतिशत) ब्यक्ति अझै उपचारको पहुँचमा छैनन् ।

किन उपचारको दायरामा उनीहरु आएनन त? केन्द्रका निर्देशक डा श्रीराम तिवारीका अनुसार पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा उपचारको पहुँच भन्दा बाहिर हुनेको संख्या ठूलो देखिएको छ ।

‘पर्याप्त स्रोतको अभाव तथा क्षयरोग अन्त्यका लागि सबै क्षेत्रको सहकार्य नहुँदा क्षयरोग लागेकाहरु लुकेरै बसेका छन, रोग लागेपछि हुने आर्थिक भारको डरलेसमेत धेरै क्षयरोगी खुलेर उपचारमा नआएको अवस्था छ,’ निर्देशक तिवारीले आइतबार केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा भने ।

उनका अनुसार लुकेर बसेकाहरुलाई पनि खोजेर उपचारको दायरामा ल्याउन प्रयास भैरहेको छ । त्यसका लागि स्थानीय तहसम्म क्षयरोग उपचारसँग सम्बन्धित कार्यक्रम पुर्याइएको छ ।

डा. तिवारीका अनुसार नेपालमा क्षयरोग लाग्ने महिला भन्दा पुरुषको संख्या बढी छ। गत वर्षको तथ्यांकलाई हेर्ने हो भने उपचारमा आएका ४० हजार ७७६ जनामध्ये ६१ प्रतिशत पुरुष र ३९ प्रतिशत महिला छन। यस्तै ८.६ प्रतिशत १४ वर्ष भन्दा तल उमेरका बालबालिका छन। उनीहरुले नियमित औषधि सेवन गरिरहेका छन् ।

औषधि सेवन गरिरहेकामध्ये पनि ०–१४ वर्ष उमेरका ८.६ प्रतिशत छन् । यस्तै १५ देखि ६४ वर्ष उमेर समुहका ६८ प्रतिशत ब्यक्तिलाई क्षयरोग लागेको देखिन्छ भने ६५ वर्ष माथिका २३ प्रतिशतले औषधि सेवन गर्दै आइरहेका छन् ।

केन्द्रका अनुसार नेपालमा क्षयरोगबाट एक वर्षमा १६ हजार ब्यक्तिको मृत्यु हुने गरेको छ । जसको मृत्युदर प्रति एकलाखमा ५४ हो ।

नेपालले सन् २०३० सम्ममा क्षयरोग महामारीको अन्त्य र २०५० सम्म क्षयरोग मुक्त नेपाल हासिल गर्ने लक्ष्य राखेको छ । क्षयरोग अन्त्यका लागि वजेट भने पर्याप्त नभएको केन्द्रका निर्देशक तिवारी बताउँछन् ।

‘सन् २०२१ देखि २०२६ गरी पाँच वर्षका लागि क्षयरोग कार्यक्रमको बजेट १९२ मिलियन अमेरिकी डलर रहेको भनिएपनि ११० मिलियन डलर मात्रै उपलब्ध छ । अर्थात ४३ प्रतिशत बजेट अझै अभाव देखिन्छ ।’ डा तिवारीले पत्रकार सम्मेलनमा भने ।

क्षयरोग प्रभावित ५१ प्रतिशत नागरिकलाई यस रोगको कारण ठूलो आर्थिक भार खेप्नु परेको र सोही कारण लक्ष्यप्राप्तीमा समस्या हुने गरेको डा. तिवारी बताउँछन् ।

रोग लाग्नेको संख्या बढ्दो देखिएपनि उपचारमा जानेहरुको रोग निको हुने दर पनि नेपालमा उच्च छ । औषधि सेवन गरेर क्षयरोग लागेपछि पूर्ण रुपमा निको हुने अर्थात सफलता दर ९२ प्रतिशत भन्दा माथि रहेको अस्पतालका डा. नविनप्रकाश साहले जानकारी दिए । 

डा साह पनि ठूलो संख्यामा बिरामीहरु उपचारमा नआउदा समस्या बढेको बताउँछन् । यो अवस्थालाई रोक्न नयाँ संक्रमित र त्यसबाट मृत्यु हुनेक्रमलाई न्युनिकरण गर्न केन्द्रले हरसम्भव प्रयास गरिरहेको उनी बताउँछन् ।

कार्यक्रममा अस्पतालका डा. नविनप्रकाश साहले भने सेन्टरले अभावका वावजुत सेन्टरले धेरै कामहरु अघि बढाई रहेको बताए ।

‘उपचारका लागि स्वास्थ्य संस्था थपिएका छन्, उपचारको पहुँच बृद्धि भएको छ, परीक्षण गर्ने नयाँनयाँ विधिहरु थपिएका छन्, तीन तहका सरकारबीच समन्वय गरेर कार्यक्रमहरु अघि बढ्दैछ, यसले पक्कै पनि नतिजा राम्रो दिनेछ,’ डा. साहले भने ।

क्षयरोग लागेपछि पूर्णरुपमा निको पार्न ६ महिना नियमित औषधि सेवन गर्नुपर्ने उनी बताउँछन् । यस्तै क्षयरोग लाग्नुभन्दा अघि नै आवश्यक सावधानी अपनाउँदा पनि रोग लाग्नबाट वचन सकिने उनको भनाइ छ ।

नेपालभरी क्षयरोग उपचारका लागि ६२४१ स्वास्थ्य संस्थाहरु र निदानका सेवाहरु ८ सय स्वास्थ्य संस्थामा निशुल्क उपलब्ध छन् । यस्तै नेपालमा क्षयरोग नियन्त्रणका लागि ६७ जिल्लाका ११७ स्थानमा आधुनिक प्रविधिबाट द्रुत रुपमा खकार परीक्षण हुन्छ । क्षयरोगको उपचार र औषधि निशुल्क रुपमा प्रदान गर्ने गरिएको छ ।

विश्व क्षयरोग दिवस–२०२५ को पूर्व सन्ध्या पारेर राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलन आयोजना गरेर नेपालमा क्षयरोगको वर्तमान अवस्था बारे जानकारी गराएको हो ।  विश्वभर २४ मार्चलाई क्षयरोग दिवसका रुपमा मनाइने गरिएको छ ।

प्रकाशित मितिः सोमबार, ११ चैत २०८१
https://jawaaf.com/storage/01JMFBQP2HJE5JMCJCN5MND2ST.jpg

मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका अस्पतालहरूको पनि अनुगमन सुरु

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन् ।

बुधबार मुख्यमन्त्री सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर लगायतका टोलीले वीरगञ्जको भवानी अस्पतालको अनुगमन गर्नुका साथै सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन ।

निरीक्षणको क्रममा अस्पतालका फोहोर व्यवस्थापनको प्रणालीमा सुधारका लागि निर्देशन दिइएको थियो ।

अनुगमन टोलीले अब केही दिन निरन्तर रुपमा वीरगञ्जका अन्य अस्पतालहरुको अनुगमन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको गुणस्तर र सफाइमा सुधारको आवश्यकता औंल्याउँदै अस्पतालहरूको व्यवस्थापन र कर्मचारीहरूको कार्यसम्पादनमा पनि ध्यान दिनुपर्ने भन्दै यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

यस अघि जनकपुरधाममा मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले निजी अस्पतालहरुको अनुगमन गर्नुका साथै मापदण्ड पूरा नभएको र दर्ता नगराएका अस्पतालहरुलाई बन्दसमेत गरेका थिए । तर जनकपुरधामको मात्र निजी अस्पतालको अनुगमन गरेर मुख्यमन्त्री सिंहले स्टन्टबाजी गर्न खोजी रहेको भन्दै विभिन्न पार्टीको नेता कार्यकर्ताले आवाज उठाउँदै आएका छन् ।

प्रकाशित मितिः बुधबार, ०७ फागुन २०८१
https://jawaaf.com/storage/01JM9BHN804MQ20S1W39YX6CWM.avif

आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु पर्दैनः मन्त्री पौडेल

काठमाडौंः बाल क्यान्सरको निःशुल्क उपचारका लागि सघाउन नेपालले प्राप्त गरेको औषधीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सहयोगी दाताहरुलाई धन्यवाद दिएका छन् ।

विश्व स्वास्थ्य संगठन र सेन्ट जुड चिल्डे«न्स रिसर्च हस्पिटलको पहलमा स्थापित ग्लोबल प्लेटफर्म फर एक्सेस टु चाइल्डहुट क्यान्सर मेडिसिन्स अन्र्तगत बालबालिकाको क्यान्सर उपचारमा प्रयोग हुने औषधीको पहिलो खेप  प्राप्त गरेको हो । क्रमैसँग थप औषधी उपलब्ध हुने संगठनले जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले आर्थिक अभावमा कोही पनि बालबालिका क्यान्सरको उपचारबाट बञ्चित हुनु नपरोस् भनेर मन्त्रालयले मंसिर १ गतेबाट लागु हुने गरी बाल क्यान्सरको निःशुल्क उपचार व्यवस्था गरेको स्मरण गर्दै प्राप्त सहयोग बाल क्यान्सरका कारण हुने मृत्युदर नियन्त्रणमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् ।

 ‘देशको प्रमुख स्वास्थ्य समस्या बनिरहेको क्यान्सर नियन्त्रणका लागि हामीले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति अवलम्बन गरेर उपचारसँगै निरोधात्मक विधि प्रवद्र्धनका लागि पनि काम गरिरहेका छौं, मन्त्री पौडेलले सन्देशमा भनेका छन्, ‘कोही पनि बालबालिका आर्थिक अभावमा क्यान्सरको उपचारबाट बञ्चित नहोउन् भनेर हामीले निःशुल्क उपचारको व्यवस्था पनि गरेका छौं ।’

 मन्त्री पौडेलले क्यान्सरको उपचारलाई विस्तार गर्दै सबै प्रदेशमा पुर्याउने काम भएको भन्दै यसमा यसमा क्रमैसँग सुधार ल्याउने योजना रहेको उल्लेख गरे ।

प्राप्त औषधी भक्तपुर क्यान्सर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर क्यान्सर अस्पतालमा बाल क्यान्सरको उपचारका लागि उपयोग हुने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

’बाल क्यान्सरको निःशुल्क उपचार गर्ने मन्त्रालयको निर्णयमा यी औषधीले महत्वपूर्ण भूमिका खेल्नेछन्,’ उनले भने, ‘क्यान्सर नियन्त्रणमा प्रभावकारी काम गर्ने मन्त्रीज्यूको निर्णयमा बाल क्यान्सरको निःशुल्क उपचार एक महत्वपूर्ण निर्णय हो ।’

प्रकाशित मितिः सोमबार, ०५ फागुन २०८१
https://jawaaf.com/storage/01JM9AFA6HSM1C14FTERM4AM9N.avif

अस्पतालबाट अर्थमन्त्री डिस्चार्ज हुँदै

काठमाडौँ । कीर्तिपुर अस्पतालले गत २ दिनदेखि उपचारमा रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको जानकारी गराएको छ ।

सोमवार अस्पतालले विज्ञप्ति जारी गर्दै दुबै जनाको जलनको घाउ निको भएको र फोक्सोमा कुनै खराब असर परेको जानकारी गराएको हो ।

अस्पतालले आजै अर्थमन्त्रीलाई अस्पतालबाट डिस्चार्ज गर्ने तर मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकोले केही दिन थप उपचार हुने जानकारी गराएको छ ।

साथै, मेयरज्यूलाई हुने भेटघाट पनि सङ्क्रमणको जोखिम कम गर्न हाललाई बन्द गरिएको छ ।

प्रकाशित मितिः सोमबार, ०५ फागुन २०८१
https://jawaaf.com/storage/01JM6ZTEC8TAVZBYN8HH45ZTWD.jpg

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई भेटन पूर्ण रूपमा बन्द

काठमाडौँ । शनिवार पोखराबाट जलनको घटनामा घाइते भई कीर्तिपुर अस्पतालमा उपचाररत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल तथा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ ।

अस्पतालले आइतवार विज्ञप्ति जारी गर्दै कीर्तिपुर अस्पतालले हाललाई अवस्था सामान्य भएतापनि सङ्क्रमण हुने भएको हुँदा हाललाई भेटघाट पूर्ण रूपमा बन्द गरिएको जनाएको छ । 

प्रा.डा.वि.डी.झाडा प्रवीण गिरीलगायतका सघन उपचार कक्षको टोली ,प्रा.डा.शंकर मान राई, डा.विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञहरूको टोली, डा. प्रयुस अर्याल लगायतका आकस्मिक उपचार टोली, रिना गौचन, निर्मला कुंवर, तृष्णा महर्जन लगायतको नर्सिङ्ग टोली डा.निजीना ताम्रकार मेडिकल डाइरेक्टर लगायत उपचारमा संलग्न रहेका छन् । 

प्रकाशित मितिः आइतबार, ०४ फागुन २०८१
https://jawaaf.com/storage/01JM4R0A9CTQNSGVT208AAVY4E.avif

पोखरा घट्ना : फायर मेसिन र ग्यास भरिएको बेलुन जुधाउँदाको परिणाम

काठमाडौँ । २० लाख आन्तरिक र वाह्य पर्यटक भित्र्याउने लक्ष्य राख्दै शनिवार अपराह्न कास्कीस्थित पोखराको प्रदर्शनी केन्द्रमा ‘पोखरा भ्रमण वर्ष’ घोषणा समारोह हुँदै थियो ।

समारोह उद्घाटन र भ्रमण वर्ष घोषणा कार्यक्रमका प्रमुख अतिथि थिए, नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल । पौडेललाई भ्रमण वर्ष आयोजक पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सघाउँदै थिए ।

उद्घोषककै आग्रहमा अर्थमन्त्री पौडेल र मेयर आचार्य मञ्चको अगाडि उभिएर भ्रमण वर्ष उद्घाटन र लोगो अनावरण गर्न खोज्दै थिए ।

प्रविधिको नाममा स्टेजमा जताततै आगोको लप्का छाड्ने ‘फायर मेसिन’ चलाइएको थियो । त्यसैको नजिक अत्ति प्रज्वलनशील हाइड्रोजन ग्यास भरिएको बेलुनको दुई ठूला झुप्पा नचाइँदै थियो । फायर मेसिनले फालिरहेको आगोको झिल्का र त्यसै नजिक नचाइँदै गरिएको हाइड्रोजन बेलुनका झुप्पा घर्षण हुँदा आगो बलेको थियो ।

मञ्चभन्दा तल रहेका सहयोगीले मन्त्री पौडेल र मेयर आचार्यलाई अति–प्रज्वलनशील हाइड्रोजन भरिएको बेलनको एक–एक झुप्पा दिए । मन्त्री र मेयर उभिएको मञ्चको दायाँ–बायाँ, अघि–पछि चारैतिर फायर मेसिन राख्दा घट्ना भएको अनुमान गरिएको छ ।

भ्रमण वर्षको लोगो झुन्ड्याएर आकाशतिर उडाउन मन्त्री र मेयरले हातमा लिएको हाइड्रोजनले भरिएको बेलुन विस्फोट भएपछि कार्यक्रम स्थलमा होहल्ला भएको थियो । मन्त्री पौडेल र मेयर आचार्यको अनुहारमै तीव्र गतिको ठूलो ज्वाला परेको थियो ।

विज्ञान र प्रविधिले निम्त्याउन सक्ने जोखिमका बारेमा ख्याल नगर्दा साथै सुरक्षा असावधानीयुक्त मञ्चका कारण मन्त्री र मेयरलगायत अन्य व्यक्तिहरू घाइते भएका थिए ।

आगोको ज्वालाबाट घाइते मेयर आचार्यलाई सुरक्षाकर्मी समेतले उद्दार गरी पोखरास्थित फिस्टेल अस्पताल पुर्‍याइएका थिए । अनुहार र हात जलेर घाइते भएका उपप्रधानमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

पोखरामा प्राथमिक उपचार गरेका चिकित्सकहरूले दुबैलाई तुरुन्त बर्न अस्पतालमा पुग्न सुझाए । फिस्टेल एअरको हेलिकोप्टरमा राखेर दुबै जनालाई कीर्तिपुरमा उपचार भइरहेको छ ।

चिकित्सकहरूका अनुसार आगोले छाला पोल्ने बित्तिकै समयमै उपचार गरे ठिक हुने तर उपचारमा ढिलाई गरे छालामा दाग बस्ने, सङ्क्रमण हुने र बिरामीको मृत्युसमेत हुनसक्छ । 

आगोले छाला पोल्ने बित्तिकै सबैभन्दा पहिले के गर्ने?

१ सबैभन्दा पहिले पोलेको भाग चिसो बनाउनुपर्छ ।

२ तापक्रमले झन् खराब गर्ने भएकाले आइस लगाएर वा पानीले भिजाएर भएपनि चिसो बनाउनुपर्छ ।

३ पोलेको भाग चिसो बनाउँदा थप क्षति हुन पाउँदैन ।

४ गाउँघरमा पाइने घ्यूकुमारी लगाउँदा पनि पोलेको भागमा सितल प्रदान गर्छ ।

५ पोलाइ गहिराइ छ भने घरेलु उपचारमा अल्झिनु हुँदैन । अस्पताल नै जानुपर्छ ।

जलनको  प्राथमिक उपचार के हुन्छ ?

१. सबैभन्दा पहिले आगोले छाला कत्तिको गहिराइ र भाग पोलेको छ भनेर बिचार गर्नुपर्छ ।

२. छालाको धेरै भाग पालेको छैन भने चिसो लगाउने या पानीले सफा गरेर एन्टीबायोटिक क्रिम लगाउन सकिन्छ ।

३. तर धेरै गहिरो र धेरै भाग आगोले पोलेको छ भने घरमा उपचार गर्नुभन्दा सकेसम्म छिटो स्वास्थ्य संस्था जानुपर्छ ।

४. आगोले धेरै नै पोलेको छ भने शरीरमा पानीको मात्रा कम हुने, सोडियम, पोटासियम कम हुने र सङ्क्रमण हुने समभावना बढ्छ ।

५. पोलाई गहिरो छ तर समयमै उपचार भएन भने छालामा दाग बस्ने, छाला कस्सिने समस्या हुन्छ ।

पोलेको घाउको समयमै उपचार नगर्दा यसले निम्त्याउने जटिलताहरू के–के छन् ?

१ सतहमा रातो मात्र भएको छ की पानीको फोको नै आएको छ भनेर हेर्नुपर्छ ।

२ पोलाइको गहिराइ जति बढी छ त्यसले असर त्यति नै बढी हुन्छ ।

३ पानीको फोका आएर छालाको एक तह गयो भने सङ्क्रमण हुने समभावना हुन्छ ।

४ पोलेको गहिराइ र दुखाई बढी छ र समयमै उपचार पाएन भने बिरामीको मृत्यु समेत हुन सक्छ ।

प्रकाशित मितिः शनिबार, ०३ फागुन २०८१
https://jawaaf.com/storage/01JKQYFNXSDJ0VT5DRMZW8N1JG.avif

मुख्यमन्त्रीलाई काउन्टर दिन अस्पताल सञ्चालक संगठित

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले नक्कली र अवैध अस्पतालहरू विरुद्ध कडा कदम चाल्दै अस्पतालहरूको छड्के अनुगमन र बन्द गर्ने अभियान सुरु गरेपछि अस्पताल सञ्चालकहरू प्रतिकार गर्न संगठित भएका छन् ।

मुख्यमन्त्री सिंहको पछिल्लो अनुगमन र अस्पतालहरूप्रतिको चासोलाई दृष्टिगत गर्दै जनकपुरधामका अस्पताल सञ्चालकहरूले ‘प्राइभेट हस्पिटल एसोसिएसन जनकपुरधाम’ नामक नयाँ संगठनको स्थापना गरेका छन् ।

यस एशोसिएसनको अध्यक्षमा डा. सरोज कुमार ठाकुरलाई चयन गरिएको छ भने उपाध्यक्षमा राम भरोस महतो, सचिवमा आविद हुसेन, कोषाध्यक्षमा संजय मण्डल र सहसचिवमा डा। शुभाषचन्द्र यादव सहित २५ सदस्यीय समिति गठन गरिएको छ ।

Pathivara_Adv..gif 182.28 KB

मुख्यमन्त्री सिंहले नियोजित रूपमा अस्पताल सञ्चालकहरूलाई अनावश्यक तनाव दिइरहेको, अनुसन्धानका लागि छुट्‍टै निकाय रहेपनि आफैँ अनुगमनमा खटिएको र सबै अस्पताललाई अवैध देखाउने गरी प्रचारबाजी गरिरहेको आरोप लगाइएको छ ।

एशोसिएसनले मुख्यमन्त्रीको अनुगमनलाई राजनीतिक चालका रूपमा व्याख्या गर्दै अस्पताल सञ्चालकहरूलाई संगठित हुनुपर्ने आवश्यकता औँल्याएको छ ।

एशोसिएसनका अध्यक्ष डा. सरोज कुमार ठाकुरले भने, ‘मुख्यमन्त्री सिंहको यो अभियान अवैध अस्पतालहरूको छानबिनभन्दा पनि प्रतिष्ठित अस्पतालहरूलाई बदनाम गर्नेतर्फ केन्द्रित छ । हामीले कुनै पनि अवैध काम गरेका छैनौँ । तर, सरकारको चर्को दबाबमा हामीलाई अनावश्यक तनाव दिइएको छ ।’ ठाकुरले थपे, ‘हामीले कानुनी रूपमा सञ्चालित हस्पिटलहरूलाई बदनाम गर्न खोज्ने यो कार्यको कडा प्रतिरोध गर्नेछौँ ।’

अस्पताल सञ्चालकहरूले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएर आफ्नो गुनासो राख्ने, पत्रकार सम्मेलन गरी वास्तविकता बाहिर ल्याउने र आफूमाथि लगाइएका गलत आरोपहरूको विरुद्ध सङ्घर्ष गर्ने योजना बनाएका छन् । उनीहरूले सिघ्र आपत्कालीन सेवाबाहेकका सबै सेवाहरू ठप्प पार्ने तयारी गरिरहेको बताइएको छ।

प्रकाशित मितिः सोमबार, २८ माघ २०८१
https://jawaaf.com/storage/01JKJ5E5MCRDK9FBDSN1RGRD84.avif

नेपालमा क्यान्सरको उपचार पद्धतिको अझै विकास भइसकेको छैन् : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदिप पौडेलले क्यान्सरको उपचारको लागि नेपालमा उपचारात्मक प्रणालीको विकास नभएको बताएका छन् । शनिवार अन्नपूर्ण मिडिया नेटवर्कले क्यान्सरविरुद्ध आयोजना गरेको कार्यक्रममा बोल्दै उनले क्यान्सरको उपचार पद्धति नेपालमा पूर्णरूपमा विकसित अझै नबनेको र त्यसमा धेरै काम गर्न बाँकी रहेको बताएका हुन् ।

AS.gif 486.54 KB

उनले भने, ‘नेपालमा धेरैले दुःख पाउने र धेरैको मृत्यु हुने कारण क्यान्सर पनि एक हो । यसको उपचार पद्धति नेपालमा पूर्णरूपमा विकसित भइनसकेको अवस्था छ । क्यान्सरको उपचारको लागि हामीले उपचारात्मक प्रणाली विकासका लागि अझै धेरै काम गर्न बाँकी छ तर जटिल बनिरहेको छ । गत वर्षको तथ्याङ्कमा १४ हजार  मानिसहरू क्यान्सरको कारण मृत्यु भएको तथ्याङ्क छ । त्यसकारण यसलाई गम्भीर लिनुपर्छ ।’

Pathivara_Adv..gif 182.28 KB

मन्त्री पौडेलले क्यान्सर रोगलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीति र उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी गर्नुपर्ने बताए । उनले पछिल्लो समय क्यान्सर मात्र नभई अन्य रोगको पनि बिरामी बढिरहेको बताए ।

Satyashishu_Niketan.gif 462.77 KB

उनले भने, ‘यसलाई प्राथमिकतामा राखेर राज्यले प्रस्ट नीतिमा उपचारात्मक पद्धतिलाई पूर्ण बनाउन राज्यको लगानी आवश्यक छ । क्यान्सर मात्र होइन अन्य रोगको पनि बिरामी बढिरहेको छन् । बिरामी बढिरहने उपचार पद्धति पनि पूर्ण नहुने अवस्थाले स्थिथि झन गम्भीर बनेर जान्छ ।’  

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKJ1CVFNZQCX237D40KXEH3Q.jpg

अवैध अस्पताल बन्द गर्न मुख्यमन्त्री सिँहको कडा निर्देशन

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले जनकपुरधामको पिराडीचोकमा अवैध ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पताल सञ्चालकलाई त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न तथा वैधता प्राप्त नगरी अस्पताल सञ्चालन नगर्न निर्देशन दिएका छन् । 

अवैध तथा अनधिकृत ढङ्गले सञ्चालनमा रहेको मुस्कान अस्पतालमा बिरामीको उपचारमा गम्भीर हेलचेक्र्याइँ भएको खबर सार्वजनिक भएपछि शुक्रवार राति अस्पताल अनुगमनमा पुगेका मुख्यमन्त्री सिँहले विधि र प्रक्रियाअनुसार सम्बन्धित निकायबाट अनुमति लिई अस्पताल सञ्चालन नभएको पाएका थिए । उनले अस्पताल सञ्चालकलाई अस्पतालमा उपचार गराइरहेका बिरामीलाई तत्काल व्यवस्थित ढङ्गले विस्तृत विवरणसहित अन्य उपयुक्त अस्पतालमा पठाउन र शनिवार ११ बजेसम्म अस्पतालमा ताल्चा लगाएर सरकारलाई साँचो बुझाउन निर्देशन दिएका थिए ।

Pathivara_Adv..gif 182.28 KB

अस्पतालमा तीनजना बिरामी भर्ना छन् । यसअघि सोही अस्पतालमा पित्तथैलीको शल्यक्रियापछि सर्लाहीको हरिपूर्वा नगरपालिका नगरपालिका वडा नम्बर ५ की २५ वर्षीय बबिताकुमार यादव अहिलेसम्म बेहोस अवस्थामा जनकपुरधाम स्थित जानकी हेल्थकेयर अस्पतालमा उपचाररत रहेकी समाचार सञ्चारमाध्यममा आएपछि मुख्यमन्त्री सिँहको गम्भीर ध्यानाकर्षण भएको थियो ।  

अस्पताल सञ्चालक आफैँले त्यसो नगरे सरकारले आफ्नो टोली पठाएर कारबाही गर्ने चेतावनी मुख्यमन्त्री सिँहले दिएका छन् । मुख्यमन्त्री सिँहले शुक्रबार साँझ मुस्कान अस्पतालमा पहिलोपटक अनुगमन गर्दा सञ्चालकसँग भेट नहुँदा फर्केका थिए । पहिलो पटकको अनुगमनमा उनले अस्पतालमा एकजना स्टाफ नर्स र एकजना सिएमएका भरमा अस्पताल सञ्चालन भएको पाएका थिए । दोस्रो पटक राति १० बजेर ३० मिनेटमा सो अस्पताल पुगेका मुख्यमन्त्री सिँहले अस्पताल सञ्चालकसँग मापदण्डअनुसार चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक संरचनाबारे जिज्ञासा राख्दै अस्पताल सञ्चालनका लागि आवश्यक अनुमति एवम् स्वीकृतिसँग सम्बद्ध कागजपत्र अध्ययन गरेका थिए ।

adv.gif 860.9 KB

अस्पतालले स्वीकृति नलिएको र जनशक्ति व्यवस्थापन तथा भौतिक संरचना अनुपयुक्त भएको पाएपछि मुख्यमन्त्री सिँहले गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

सम्बन्धित संस्थाबाट स्वीकृति नलिई सञ्चालनमा रहेका निजी अस्पताललाई मापदण्ड पुरा गरी स्वीकृति लिन मधेश प्रदेश सरकारले पटकपटक ताकेता गर्दा समेत सञ्चालकहरूले अटेर गर्दै आएका छन् ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKFN0CHM70FA0PNQ1QMZQCH5.avif

सबैभन्दा ठूलो एवम् घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन

एजेन्सी । सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ । मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम् घातक हत्याकाण्ड भएको हो ।

प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन् ।

विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । मृत्यु हुनेमा गोली प्रहार गर्ने सन्दिग्ध पनि रहेको प्रहरीले जनाएको छ । उनी को थिए भन्ने आधिकारिक रूपमा पुष्टि नभएपनि ३५ वर्षीय बेरोजगार व्यक्ति रहेको अनुमान गरिएको छ ।

सन्दिग्धले तीनवटा हतियार, धेरै राउन्ड बारुद र एक चक्कु बोकेको प्रहरीले जनाएको छ । हरियो सैनिक पोसाकमा रहेको उनी पहिले क्याम्पसको एउटा बाथरुममा प्रवेश गरेको र त्यसपछि आक्रमण सुरु गरेको बताइएको छ ।

घट्नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतङ्क’ भनिएको छ ।

घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन् । तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन् ।

घटनापछि स्वीडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ । स्थानीय र घट्ना प्रभावितहरूले आँसु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्त्वना दिइरहेका छन् । (सीसीटीभीप्लस)

प्रकाशित मितिः शुक्रबार, २५ माघ २०८१