बुधबार, २० फागुन २०८२

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JK8F7V43R0CMHRT4X2Y1YH1P.avif

कोशीका अढाई लाख बढी किशोरीलाई एचपीभी लगाँईदै, मुख्यमन्त्रीले गरे सुरुवात

इटहरी । देशव्यापी रूपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरूलाई लगाइने भएको छ ।

अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

PATHIVARA_DHARAN.gif 58.17 KB

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशीका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सरकारको अभियानलाई सफल बनाउन नागरिकलाई अपिल गरेका छन् ।

अभियानको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट कार्कीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन् ।

AS.gif 486.54 KB

अभियानको शुभारम्भ गर्द मुख्यमन्त्री कार्कीले सरकारले सीमित साधन स्रोतबाट नागरिकको जीवन रक्षाका लागि खोप कार्यक्रम सञ्चालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गरेका छन् । एचपीभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यस पटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उनको आग्रह छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JJYG0R60PEPXK770XJAAW9BG.jpg

नारायणी अस्पतालको भवन अभाव, कर्मचारीहरु आन्दोलित

रौतहट । नारायणी अस्पताल बिरगंजको भवन अभावले उपचारमा समस्या भएको भन्दै सम्पूर्ण  कर्मचारीहरु आन्दोलित भएका छन ।  

अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले सडकमा उत्रिएर शुक्रबार बिहान केही बेर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका हुन् ।नारायणी अस्पतालको भवन अबिलम्ब बनाउनु पार्ने माग सहित आन्दोलित भएको अस्पतालकी  प्रसुति अधिकृत श्रृती साहले बताएकी छिन । बिरामीको चाप बढी भएकाले सेवा दिन असजिलो भएको उनले बताइन् । 

सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ३ सय ५० शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो । तर उक्त भवन निर्माणको प्रकृया सुरु नहुदैं शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ । 

अदालतले उक्त मुद्धाको छिनोफानो नलगाएका कारण बाध्य भएर आन्दोलित भएको अस्पतालका  चिकित्सकहरुको भनाइ छ । सर्वोच्च अदालतमा यो मुद्धाको पेशी यहि माघ २८ गते भएको र  त्यसदिन पनि  मुद्धाको छिनफानो नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने नारायणी अस्पताल विकास समितिले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJV1XH81GRPDV368VXVSCWFG.jpg

नो केवलकारका घाइतेलाई भेट्न शिक्षण अस्पताल पुगे जसपा अध्यक्ष राई

१७ माघ, धरान। मुकुम्लुङ्ग केवलकार आन्दोलनका घाइतेहरूलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई पुगेका छन । बिहिवार घाइतेहरूको उपचार भइरहेको शिक्षण अस्पताल महाराजगन्जमा पुगेर उनले घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना समेत गरेका छन । उनको साथमा माननीय सुशीला श्रेष्ठ पनि घाइतेहरूलाई हौसला दिन पुगेकी थिइन ।  

यही माघ १२ गते शनिवार मुकुमलुङ्ग (पाथीभरा) क्षेत्रमा नो केवलकार आन्दोलनका योद्धाहरू समुन लावती, याम लिम्बू र धर्मान पालुङ्वालाई सशस्त्र प्रहरीको गोली लागि घाइते भएका थिए ।  उत्त घट्ना प्रति जनता समाजवादी पार्टीले विरोध जनाउदै प्रेस विज्ञप्ति समेत निकालेका थिए ।

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJH6CVNSQ9T7T1PWBMT0BJSD.jpg

राज्यका नीति निर्माताले कुष्ठरोगलाई विशेष महत्व दिएका छैनन्

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

डा.रविन्द्र बाँस्कोटा सरकारको स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता शाखामा कार्यरत छन् । छाला तथा यौनरोग क्षेत्रमा विशेषज्ञता हासिल गरेका उनले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कुष्ठरोग कार्यक्रमको सल्लाहकारको जिम्मेवारी सम्हालिसकेका छन् । यस पटक डा.बाँस्कोटासँग नेपालमा कुष्ठरोगको पछिल्लो अवस्था, रोकथामको उपाय र भावी योजनाबारेमा रहेर गरिएको कुराकानी ।

नेपालमा कुष्ठरोग र रोगबाट प्रभावितहरूको अवस्था के छ ? सङ्ख्या कति छ ?

नेपालको हालको अवस्था हेर्ने हो भने विगतको तुलनामा कुष्ठरोगका नयाँ विरामीहरूको सङ्ख्या बढेको छ । २४ सय ७२ जना नयाँ कुष्ठरोगका विरामीहरूलाई पत्ता लगाएर उपचारको दायरामा ल्याएको छौँ । २४ सय ७२ जनामध्ये पनि करिब ४० प्रतिशत चाही महिला हुनुहुन्छ । एकसय ३६ जना चाही बालबच्चा हुनुहुन्थ्यो । १४ वर्षभन्दा मुनिका बच्चाहरूको सङ्ख्या एक सय ३६ जना थियो । त्यस्तै सुरुको अवस्थामा अङ्गभङ्ग भएको व्यक्तिहरूको सङ्ख्या चाही एक सय ५७ जना थियो । जसमा दुईजना बालकालिकाहरूहरू सुरुको अवस्थामा नै अङ्गभङ्ग भएर आउनुभएको छ । तीनचार वर्षको तथ्याङ्कलाई हेरेर हालको अवस्थालाई मूल्याकँन गर्दा गत आर्थिक वर्षमा नम्बर बढेको देखिन्छ । नियन्त्रण गर्न अझै चुनौतीपूर्ण नै छ । 

हजुरले कुष्ठरोग विरामीको सङ्ख्या बढिरहेको भन्नुभयो । के कारणले विरामी बढिरहेका हुन् ?

नेपालमा सन् २०१० मा कुष्ठ रोग उन्मूलन भयो भनेर घोषणा गरियो । तर उन्मूलनलाई कसरी परिभाषित गरियो भने प्रति १० हजार जनसङ्ख्यामा एक भन्दा कम कुष्ठरोग भएका विरामीहरूको सङ्ख्यालाई निवारणको अवस्था भनेर व्याख्या गरियो । त्यसो भएपछि पोलिसी मेकर अथवा नीति निर्माण तहमा त्यसको के बुझाई गयो भने निवारणको अर्थ अब देशमा कुष्ठरोगका विरामीहरू नै छैनन् भन्ने भयो । देशले यसलाई प्राथमिकतामा पार्न नपर्ने हो कि भन्ने सोचको विकास भयो । यसका लागि आवश्यक कार्यक्रमहरू र बजेट अब नचाहिने हो कि भनेर कम प्राथमिकतामा राखियो । त्यस कारणले सक्रिय रूपमा गर्नुपर्ने कार्यविधिहरू र क्रियाकलापहरू थिए, त्यो गर्न सकिन् । बजेट कम भयो । अनुसन्धान कम हुँदै गयो । संघ संस्थाहरूको क्रियाकलापमा कमी आयो । जसका कारण हामीले प्रभावकारी नियन्त्रण गर्न सकेनौँ र फलस्वरूप यो रोगको सङ्ख्या बढ्दै गएको छ । 

कुष्ठरोग खासमा के कारणले लाग्ने गर्दछ ?

कुष्ठरोग माइक्रोब्याक्टेरिया लेप्रे नामक सूक्ष्म कीटाणुले गर्दा लाग्ने रोग हो । मानव सभ्यताको सबैभन्दा पुरानो विराम कुष्ठरोग नै हो । विभिन्न पुराण वा धर्मग्रन्थहरूमा पनि कुष्ठरोगका बारेमा व्याख्या गरेको पाइन्छ । यस हिसाबले यो रोग वा विराम प्राचीन हो । यो प्राचीन रोग अहिलेसम्म आइपुग्दा उन्मूलन भइसक्नुपर्ने हो । तर पनि विविध कारणले उन्मूलन भइसकेको छैन् । कीटाणुले गर्दा लाग्ने र कम सर्ने रोग हो । एउटा व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ तर छोइहाल्दैमा सँगै बस्दैमा सरिहाल्ने रोग होइन् । लामो समयसम्म सँगै बस्दा श्वासप्रश्वासको माध्यमबाट सर्न सक्छ । 

यसको रोकथामका उपायहरू चाही के–के हुन सक्छन् ?

यसबाट जोगिने एउटै उपाय भनेको नै कसैलाई कुष्ठरोग लागेको छ भने समयमा नै उपचारको दायरामा ल्याउने नै हो । उपचार गरेपछि अरूलाई सर्न पाउँदैन् । यसको प्रभावकारी उपचार पनि छ र उपचार भइसकेपछि पूर्ण रूपमा ठिक हुन्छ । त्यसको मुख्य भनेकै समाजमा लुकेर रहेका कोहीपनि कुष्ठरोग प्रभावित व्यक्तिहरूलाई पत्ता लगाएर उपचारको दायरामा ल्याउनैपर्छ । उपचार गरिसकेपछि न्यूनीकरण हुँदैजान्छ । सरिहाल्ने रोग होइन । त्यसैले घर–परिवारमा टाढै बस्नुपर्ने, छुट्टै बस्नुपर्ने अथवा यसका लागि अलग्गै औषधी या आहार गर्नुपर्ने भन्ने चाही केहीपनि छैन् । सामान्य मानिसले गर्ने सामान्य क्रियाकलाप सबैजनाले गर्न सकिन्छ । र आफ्नो घरमा कसैलाई कुष्ठरोग लागेको शँका छ भने नजिकको अस्पतालमा गएर डाक्टरलाई देखाएर उपचार गर्नु नै रोकथामको उपाय हो । 

कुष्ठरोगका सुरुका लक्ष्मणहरू कस्ता हुन्छ ? के यो रोग उमेर विशेष हुन्छ ? 

कुष्ठरोगको कीटाणुले कुनै उमेर हेर्दैन् । रोग जसलाई पनि लाग्नसक्छ । यसका लक्षणहरू हुन्छन् । जुन सुरुमा नै थाहा पाउन सक्छौँ । ति लक्षणहरू भनेको कुष्ठ रोगले छाला र स्नायुमा असर गर्छ । यसको कीटाणुले सुरुमा गएर छाला र स्नायुमा आफ्नो प्रभाव देखाउँछ, छालामा दागहरू देखा पर्छन् । दागहरू कस्तो हुन्छ भने नचिलाउने, नदुख्ने, स्पर्श कम हुने, तातो–चिसो थाहा नपाउने खालको दागहरू शरीरमा छन् भने कुष्ठ रोग हो की भनेर शँका गर्नुपर्ने हुन्छ । दोस्रो कुरा भनेको कुष्ठरोगको कीटाणुले गर्दा कानको लोतीहरू बाक्लो हुने, नाकको हड्डी सानो हुदैँ जाने हुन्छ भने धेरै ढिला भयो भने अंगभंग नै हुने हुन्छ । यस्ता स्नायुले गर्दा हात, खुट्टाको मांसपेशीहरू कमजोर हुन्छ र अन्तिममा औलाहरू पनि झर्न सक्छ । 

स्नायु, छाला बाहेक आँखामा पनि असर गर्नसक्छ । दृष्टिविहीन हुनेसम्मको अवस्थामा पनि पुर्‍याउनसक्छ । त्यसकारण सुरुमै लक्षण देखाउने भनेको छाला र स्नायुमा हो । त्यस्तो शङ्कास्पद लक्षणहरू देखिने बित्तिकै स्वास्थ्य उपचारमा जानुपर्छ । 

सरकारले पनि ‘कुष्ठरोग मुक्त समाज’ घोषणा गरिसकेको छ तर अझै पनि पूराना पुस्ताका केही मानिसहरू कुष्ठरोगलाई श्रापका रुपमा नै हेर्ने गरेको पाइन्छ नि ?यसलाई कसरी हेरिरहनु भएको छ ?

हामीले जुन शिक्षा अथवा जुन चेतना समुदाय स्तरसम्म पुर्‍याउनुपर्ने थियो त्यसमा चुकेका छौ । तपाईले भनेजस्तै अझै पनि कुष्ठरोग लागेका व्यक्तिहरूलाई समाजमा घरबाट बाहिर निकाल्ने, हेला गर्ने, भेदभाव गर्ने घटनाहरू विगतका वर्षहरूमा देख्न र सुन्दै आएका हौँ । यसलाई कम गर्ने भनेको शिक्षाबाट नै हो । यसका लागि जनचेतनामूलक कार्यहरू र विद्यालयस्तरमा शिक्षा दिने र कुष्ठरोग कुनै श्रापको कारणले लाग्ने रोग होइन है भन्ने चेतना फैलाउनु जरुरी छ । यो कीटाणुको कारणले भएको हो, यसलाई उपचार गरेपछि निको हुन्छ, एक व्यक्तिबाट अर्को व्यक्तिमा छिटै सर्दैन्,डराउनुपर्ने रोग होइन भन्ने सन्देश प्रवाह गर्नुपर्छ । यसको औषधी छ भन्ने सूचनाहरू जनसमुदायसम्म पुर्‍याउनुपर्छ । 

कुष्ठरोगसम्बन्धी चेतनामूलक कार्यक्रमलाई अझ बढी प्राथमिकताकासाथ सञ्चालन गर्ने सरकारी नीति जुन छ, यसको कार्यान्वयन कत्तिको भइरहेको छ ?

नीति नै प्रभावकारी नभएको होइन, नीति प्रभावकारी छ र नीति अनुसार थुप्रै क्रियाकलापहरू भएको पनि छ । उदाहरणका लागि प्रत्येक वर्ष जनवरीको अन्तिम आइतवार यस वर्ष भने जनवरी २६ को दिनमा विश्व कुष्ठरोग दिवस भनेर मनाउने गर्दछौ । त्यही अनुसार यस वर्ष पनि विश्वभर यो दिवस मनाउँदैछौ । दिवस मनाउनु भनेको पनि एउटा चेतना जगाउनु हो र यो सम्बन्धमा रहेका नकारात्मक भावनाहरूलाई हटाएर सकारात्मक कुराहरू जनस्तरसम्म पुर्‍याउने एउटा उद्देश्य पनि हो । यस हिसाबले कार्यक्रमहरू भएका छन् । तर पहिलाको जस्तो भने भएका छैनन् । किनभने सरकारले यसलाई प्राथमिकतामा राख्नुपर्ने ठाउँमा, सरकारका चुनौतीहरू अरूपनि धेरै भएका कारणले गर्दा यसलाई सरकारको प्राथमिकतामा कम परेको भने महसुस भएको छ । 

यसको न्यूनीकरणको लागि सरकारले चाही के कस्तो पहलकदमीहरू लिइरहेको छ?

सरकारले गरेका धेरै कार्यक्रमहरू मध्ये एउटा जनचेतना वृद्धि गर्ने कार्यक्रम हो । तर कुष्ठरोगलाई न्यूनीकरण गर्ने सरकारका धेरै कार्यक्रमहरू छन् । उदाहरणका लागि हामी सक्रिय रूपमा घर घरमा गएर शङ्कास्पद बिरामीहरूको खोजी गरी पत्ता लगाएर उहाँहरूलाई उपचारको दायरामा ल्याउने गरेका छौँ । यसको लागि तालिम प्राप्त स्वास्थ्यकर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू परिचालन गर्ने गरेका छौँ । जोखिममा रहेका जिल्लाहरूका पालिका, वडाहरूको घर घरमा गएर शङ्कास्पद लक्षणहरू छन् कि भनेर पहिचान गर्ने गरेका छौँ । 

दोस्रो भनेको कुष्ठरोग छिटै नसरेपनि धेरैजसो के पाइएको छ भने रोग लागेको व्यक्ति हुनुहुन्छ भने उहाँको परिवारमा, छिमेकमा अरूपनि हुन सक्नुहुन्छ, सरेको हुनसक्छ भनेर उहाँको सम्पर्कमा आउनु भएका छरछिमेक र परिवारका अन्य सदस्यहरूको पनि छाला जाँच गर्ने, कुनै लक्षणहरू छन् कि भनेर समयमा नै जाँच गर्ने जस्ता कार्यक्रम पनि सरकारले आफ्नो नीतिमा राखेको छ । र त्यो विद्यमान छ । अर्को भनेको कुष्ठरोगीलाई खुवाइने एउटा औषधि उपलब्ध छ त्यो खुवाएपछि कुष्ठरोग प्रभावित व्यक्तिका छरछिमेक तथा आफन्त उहाँको सम्पर्कमा आउने व्यक्तिलाई खुवाइयो भने त्यो सम्पर्कमा परेका व्यक्तिहरूलाई रोग लाग्ने खतरा ६० प्रतिशतले कम हुन्छ भन्ने कुरा तथ्यांशले देखाएको छ । नेपालका केही जिल्लाहरूमा कुष्ठरोग नियन्त्रण (पेप प्लस प्लस) भन्ने कार्यक्रम लिएर गएका छौ । सोही अनुसार समुदायका व्यक्तिहरूलाई औषधि पनि खुवाएका छौ । यी विविध कार्यक्रमहरू नेपाल सरकारले अहिले आफ्नो नीतिमा राखेर अगाडि बढाइरहेको छ । 

सरकारले नीतिमा त धेरै कार्यक्रमहरू राखेको छ तर कार्यान्वयनमा भने फितलो भइरहको छ ,खास के कारणले हो ?

ठोस एउटा मात्र पोइन्ट भन्दाखेरी चाही कुष्ठरोग एउटा आफैँ जटिल किसिमको रोग हो । अरू जस्तो सामान्य किसिमको रोग अथवा रुघाखोकी जस्तो होइन् । रुघाखोकी सात दिन औषधी खुवाए निको हुँदै जान्छ यो त्यस्तो होइन् । यो रोग परापूर्वकालदेखि नै चलिआएको किन हो भने पनि त्यति सजिलै निवारण नभएरै हो । रोग आफैँ जटिल किसिमको हो । यो रोग शरीरमा छिरिसकेपछि शरीरका मेकानिजमहरू परिवर्तन गर्छ । कुष्ठरोगको नेचर अलिकति कम्प्लेक्स छ । तर हाम्रो सक्रियता, घरघरमा गएर रोग पत्ता लगाउने कार्यक्रम नीतिमै छ, त्यो कार्यक्रम ७५३ वटै स्थानीय तहमा पुग्न सकेको छैन् । एकबर्ष पुग्ने अर्को बर्ष नपुग्ने समस्याहरू छन् । धेरै नै ग्यापहरू छन् । सन् २०१० मा नेपाललाई कुष्ठरोग निवारण मुलुकका रूपमा घोषणा गरेर सुरु गरेको जुन कार्यक्रम थियो त्यो अनुसार घट्दै जानुपर्ने हो । अहिले २०३० सम्ममा शून्यमा पुर्‍याउने लक्ष्य छ तर त्यस अनुसारको ग्राफ्क्स घटिरहेको छैन । त्यसैले अलिक सक्रिय रूपमा हामीले कार्यक्रमहरू अगाडि बढाउनैपर्ने छ । जसलाई सम्बोधन गर्न आवश्यक छ ।

सरकार अथवा राजनीतिक फेरबदलले कार्यक्रम तथा नीतिको कार्यान्वयनमा प्रभाव पारेको छ कि ?

यस्ता कार्यक्रमहरूलाई सरकार अथवा राजनीतिक फेरबदलले त्यति प्रभाव पार्दैन् । तर ति बाहेकका अरू प्राकृतिक चूनौतिहरू छन् । जसमा बाढी गयो, कोरोना आयो, अरू डिजास्टरहरू आए,त्यसो हुँदाखेरी सरकारको प्राथमिकता र सरकारका कार्यक्रमहरू कुष्ठरोग भन्दा नि प्राकृतिक विपत्तितिर फोकस हुने भए । कुष्ठरोगका रेगुलर कार्यक्रम हुन्छन् ति सरकारको प्राथमिकतामा परेनन् । प्राकृतिक विपत्ति लगायत अरू चूनौतिहरू छन् । 

विश्व कुष्ठरोग दिवस कहिलेदेखि र कसरी मनाउन सुरु गरिएको हो ?

माघको १३ गते ७२ औँ कुष्ठरोग दिवस मनाइरहेका छौँ । यसको अर्थ विगत ७२ वर्षदेखि विश्वभरी कुष्ठरोग दिवस मनाईँदै आइराखिएको छ । यसले कुष्ठरोग सम्बन्धी जुन नकारात्मक भावनाहरू छन् त्यसलाई हटाउँदै जाने, जनमानसमा यसको सही सन्देश पुर्‍याउने उद्देश्यले विश्वभर नै दिवस मनाइँदै आएको हो । सोही अनुसार नेपालमा पनि भव्य रूपमा दिवस मनाउँदैछ । 

यस वर्षको योजनामा के छ ? 

हालसम्मको निर्णय अनुसार केन्द्रीय स्तरमा केही कार्यक्रमहरू छन् । प्रदेश स्तरमा पनि कुष्ठरोग दिवस मनाउनुपर्ने कार्यक्रम छ । र पालिका स्तरमा पनि यो दिवस मनाउने योजना छ । दिवस मनाउनका लागि सरकारले नेतृत्व लिएतापनि अन्य विभिन्न पार्टनरहरू र कुष्ठरोग प्रभावित व्यक्तिहरूले आइएनजीओ सहयोगमा कार्यक्रमहरू राखेका छन् । माघको १३ गते बिहान प्रभातफेरी गर्ने र त्यसपछि प्यानल डिस्कसन गर्ने कार्यक्रम छन् । 

दिवसको सन्दर्भमा के भन्न चाहनुहुन्छ ?

नेपालभरका सबै स्वास्थ्य संस्थाबाट कुष्ठरोगको औषधि निःशुल्क उपलब्ध छ । कुष्ठरोग जाँच गरेको र उपचार गरेको कुनैपनि शुल्क लाग्दैन । छालामा चिलाउने, रातो फुस्रे दागहरू देखापर्यो अथवा कुनै लक्षणहरू देखापरे वा आफूलाई कुष्ठरोग लागेको हो कि भन्ने शँका लाग्यो भने नजिकको स्वास्थ्य संस्थामा गएर परामर्श लिएर कुष्ठरोग लागेको रहेछ भने उपचारको पद्धतिमा आइदिनको लागि अनुरोध गर्न चाहन्छौँ । 

भिडियो हेर्नको लागि लिङ्कमा क्लिक गर्नुहोस् :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/7zWvtuWA0ow?si=W0VoynSRgYuKWwVp" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः आइतबार, १३ माघ २०८१
https://jawaaf.com/storage/01JJBGGBX31H98ZCM242B3X8JQ.jpg

बिपि प्रतिष्ठानमा फार्मेसी भवनसंगै जलन र क्यान्सर उपचारको भवन उद्घाटन

धरान I धरान स्थित बिपि प्रतिष्ठानमा जलन र क्यान्सर उपचारको भवन उद्घाटन गरिएको छ I

निर्मित फार्मेसी भवनमा आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नु पर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित फार्मेसी भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले “आम्दानी हुनेगरी फार्मेसीलाई व्यवस्थित गर्दै लैजानु पर्ने बताए ।”
फार्मेसीबाट अस्पतालको आम्दानी बढाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले सरकारले लगानी गरेको सामुदायिक स्वास्थ्य संस्थाले नसक्नेलाई निःशुल्क र सक्नेलाई सर्वसुलभ ढङ्गबाट उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि त्यो पूर्ण नभएकाले प्रभावकारी सेवा उपलब्ध गराउने गरी अगाडी बढ्नुपर्ने मन्त्री पौडेलले बताए ।
स्वास्थ्यकर्मीसँग हुने क्षमता, योग्यता र सीप अरु व्यक्तिसँग नहुने भएकाले समाजलाई धेरै योगदान स्वास्थ्यकर्मीहरुले दिइरहेका बताए। बिपी प्रतिष्ठान परिसरमा नवनिर्मित फार्मेसी भवनमा जलन र क्यान्सरका बिरामीको उपचार सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताए ।

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJ0PMGCQ28CMTGR9KDCKJZ25.jpg

मुगुका चार वटै स्थानिय पालिकामा पाठेघर मुखको क्यान्सरविरुद्धको खोप अभियान सञ्चालन गरिँदै

मुगु । पाठेघर मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी) अभियान यही माघ २२ गतेदेखि फागुन ६ गतेसम्म मुगुका चार वटै स्थानीय पालिकामा सञ्चालन गरिने भएको छ ।

अभियान जिल्लाका चारै स्थानीय तह रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १० सम्मका अध्यायनरत छात्रा ३ हजार ८ सय ८५ जनालाई लक्षित गरी एचपिभी खोप सञ्चालन हुने जिल्ला अस्पताल मुगुका स्वास्थ्य सेवा व्यवस्थापक तथा कार्यालय प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए ।

डाक्टर नगरकोटीका अनुसार  ‘गम्भीर प्रकृतिको एलर्जी, गर्भवती महिलाको लागि यो भ्याक्सिन दिन नमिल्ने केन्द्रबाट निर्देशिका जारी भएको छ र यही निर्देशिका बाहिर गएर खोप लगाउन नमिल्ने र कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिरका १० देखि १४ वर्षका बालिकाहरूलाई विद्यालयमा रहेको खोप केन्द्रमा एचपिभी पाठेघर मुखको क्यान्सर विरुद्धको खोप लगाइने छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले जिल्ला स्थित सबै सञ्चारकर्मीहरू लगायत सरोकारवाला पक्षलाई यस अभियानमा सहकार्य गर्न र व्यापक प्रचार प्रसार गर्न आग्रह गरेका छन् । एचपीभी खोप अभियान २०८१ अन्तर्गत मुगुमा पहिलो पटक सञ्चालन गर्न लागिएको हो । अभियानले बालिकाहरूको स्वास्थ्य सुधार गर्दै पाठेघर मुखको क्यान्सरको जोखिम न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ । खोप केन्द्रमा भिडभाड हुने अवस्थालाई मध्य नजर राख्दै अपागंता ,असहायहरूलाई प्राथमिकता दिँदै गोपनियताको ख्याल राख्दै सञ्चालन गर्न र गराउनको लागी स्वास्थ्य कार्यालयलाई निर्देशन समेत गरेका छन् । 

जिल्ला स्वास्थ्य कार्यालय मुगुको यो अभियान सफल पार्नका लागि विद्यालय, अभिभावक र सरोकारवालाहरूलाई सक्रियताका साथ सहभागी हुन जिल्ला अस्पताल मुगुका अस्पताल विकास समितिका अध्यक्ष गजेन्द्र बहादुर मल्लले अपिल समेत गरे ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१
https://jawaaf.com/storage/01JHS2MJJKHF4BTJXSZ95DG965.jpg

बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटना : १० जना घाइते

पोखरा । बागलुङको ढोरपाटन नगरपालिकामा बिहिवार राती पिकअप जिप दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका छन् । बागलुङको गाडीखोलादेखि घैयाखानी जाँदै गरेको ग ३ च ३८९ नम्बर पिकअप जिप ढोरपाटन नगरपालिका वडा नम्बर ६ बिहिवार राती ८ः३० बजे दुर्घटनाग्रस्त हुँदा १० जना घाइते भएका हुन् । 

उक्त दुर्घटनामा घाइते भएका १० जना मध्ये ६३ वर्षीय काजी कामी र ३८ वर्षीय चलदेवी कामीको अवस्था गम्भीर रहेका कारण थप उपचारका लागि रिफर गर्ने तयारी भइरहेको प्रादेशिक अस्पताल बुर्तिबाङका प्रमुख डा. नविन्द्र ढकालले जानकारी दिए।  अन्य आठ जनाको अवस्था सामान्य रहेको रहेको प्रादेशिक अस्पताल बुर्तिबाङमा उपचार भैरहेको डा. ढकालको भनाई छ ।


प्रकाशित मितिः शुक्रबार, ०४ माघ २०८१
https://jawaaf.com/storage/01JHJ5JD2WCX4ZR74K58V5359K.jpg

स्वास्थ्य बीमा ऐन संशोधन : नियमावली पनि संशोधन हुने

काठमाडौँ । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रीपरिषद् बैठकमा लगेकामा स्वीकृत भइ कानून संशोधन भएको हो ।

संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

ऐन संशोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले विमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनुपर्छ,’ भनेर व्याख्या गरिएको छ ।

यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम बिन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संशोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

यसअनुसार नियमावली संशोधन भएपश्चात कार्यरत स्थानबाट बीमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ ।

AS.gif 486.54 KB

मन्त्री पौडेलले बिमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संशोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ ।

ऐनको (४)दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि कार्यकारी निर्देशकको रूपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ ।

यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रूपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बाटो खुला गरेको छ ।

यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१
https://jawaaf.com/storage/01JHER93TJ685CTCT38XP4GG1H.jpg

सोमबार एकैदिन पाँच संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सोमवार पाँच वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ । 

यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा बैठकमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आ.ब २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्दैछ ।

AS.gif 486.54 KB

यस्तै,न्याय तथा मानव समितिको बैठक पनि आज बस्ने भएको छ । बिहान साढे १० बजे बस्ने बैठकमा नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ । 

आजै विधायन व्यवस्थापन समितिको ३४ औँ बैठक पनि बस्दैछ । बैठक अपरान्ह् १२ः३० बजे बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५४ औँ बैठक आज बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदैछ । दिनको १ बजे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ । 

प्रकाशित मितिः सोमबार, २९ पुस २०८१
https://jawaaf.com/storage/01JHEPRXEC8J091DS4HY3Q11E9.png

‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन

काठमाडौँ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उपचारकै क्रममा शेर्पाको निधन भएको हो ।

वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः सोमबार, २९ पुस २०८१