मङ्गलबार, १६ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JZPTJY7KVQ948TRBH5THKM78.jpg

मुस्ताङमा अचानक बाढी आउँदा ४ वटा पुल र २ वटा स्ल्याब बगायो, २ वटा पुलमा क्षति

काठमाडौं । नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आउँदा मुस्ताङमा ४ वटा पुल बगाउनुका साथै २ वटा पक्की पुलमा क्षति पुगेको छ । मंगलबार बेलुका साढे ५बजेको बाढीले मुस्ताङको लोमन्थाङ गाउँपालिका वडा नं ४ स्थित चुम्जुङ खोला (छुआमा खोला समेत भनिने)मा नेपाल चीन सिमाक्षेत्रबाट अचानक बाढी आई ३ वटा काठे पुल, १ वटा मोटरेबल फलामे पुल र २ वटा स्ल्याब बगाएको र २ वटा पक्की पुलमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको हो । 

वडा नं १ छोसेरस्थित खोला किनारका २ वटा घरका ४ जना व्यक्तिलाई सुरक्षित स्थानमा सारिएको छ भने उक्त खोलाको किनारमा पर्ने धीगाउँ, चराङ, सुर्खाङ, छुसाङका साथै कालीगण्डकी किनारका कागबेनी, एक्लेभट्टी, जोमसोम, स्याङ, मार्फा, खन्तीबजार, कोबाङ लगायतका जोखिमयुक्त बस्तीका बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन प्रमुख अधिकारी विष्णु प्रसाद भुसालले आग्रह गरेका छन् । 

साथै यस जिल्लास्थित सुरक्षा निकायहरु विपद् प्रतिकार्यका लागि परिचालन गरिएको पनि भुसालले जानकारी दिए ।

प्रकाशित मितिः बुधबार, २५ असार २०८२
https://jawaaf.com/storage/01JZPANRGJGKH6TV5MVRM393P6.jpg

नेतृ झाँक्रीलाई आत्मालोचनासहित स्पष्टीकरण बुझाउन ७ दिनको समय

काठमाडौँ । नेकपा एसकी नेतृ रामकुमारी झाँक्रीलाई लिखित आत्मालोचना गरी स्पष्टीकरण बुझाउन ७ दिनको समय दिइएको छ । मंगलबार बसेको नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठकले रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्तिहरू आपत्तिजनक रहेको भन्दै आत्मालोचना गर्न ७ दिनको समय दिइएको नेकपा एसका उपमहासचिव प्रकाश ज्वालाले जानकारी दिएका हुन् ।

‘रामकुमारी झाँक्रीले व्यक्त गरेका अभिव्यक्ति अलि आपत्तिजनक छन् । पार्टी हित विपरीत छन् भन्ने निष्कर्षका आधारमा वहाँलाई अवदेखि यस्ता पार्टीलाई नकारात्मक असर पार्ने, पार्टी पङ्तीलाई भ्रम पार्नेखालको अभिव्यक्तिहरू नदिने प्रतिबद्धता सहित ७ दिन भित्र पार्टीमा लिखित आत्मालोचना गर्ने गरी निर्देशत गर्ने निर्णय गरिएको छ,’उनले भने ।

आजको बैठक झाँक्रीलाई सचेत, निलम्बन वा निष्कासनमध्ये के गर्ने भन्नेमा केन्द्रित थियो । झाँक्री स्वयंलाई आत्मालोचना (माफी माग्ने) मौका दिनुपर्ने पनि केहीले राय राखेका थिए ।

आजको बैठकमा पतञ्जलि जग्गा प्रकरणका विषयमा पनि छलफल भएको थियो । पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा लगाइएको र यसका लागि कानुनी रूपमा अगाडि निर्णय भएको ज्वालाले बताए ।

‘पार्टीका अध्यक्ष माधव कुमार नेपालमाथि लगाइएको मुद्धा राजनैतिक प्रतिशोधका आधारमा योजना बद्धरूपमा षड्यन्त्रमूलक तरिकाले लगाइएको छ । यसमा सिङगो पार्टी र जनसमुदायमा राजनैतिक प्रतिवादी गर्दै अगाडि बढ्ने र कानुनी रूपमा उपचारको निम्ति हामी अगाडि बढ्छौ,’उनले भने ।

प्रकाशित मितिः बुधबार, २५ असार २०८२
https://jawaaf.com/storage/01JZN329HMC987TSYKBGV7R05Q.jpg

मधेस प्रदेश सरकारबाट नागरिक उन्मुक्तिले लियो समर्थन फिर्ता

जनकपुर । मधेश प्रदेश सरकारबाट नागरिक उन्मुक्ति पार्टीले आफ्नो समर्थन फिर्ता लिएको घोषणा गरेको छ । मंगलबार बसेको मधेश प्रदेश सभाको बैठकमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका समानुपातिक सांसद उर्मिला देवी सिंहले आफ्नो पार्टीले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको सभामुख रामचन्द्र मण्डललाई जानकारी गराएकी छन् ।

सांसद सिंहले बजेटमा बिचौलिया हाबी भएको र त्यस्को आफूसँग प्रमाण समेत रहेको दाबी गरेकी छन् । उनले मधेश प्रदेशमा धेरै भ्रष्टाचार भएको आरोप समेत लगाएकी छन् । उनले आफ्नो गाउँमा चलीरहेको योजनाको काममा बिचौलियाले आएर गर्दै गरेको दाबी गरेकी छन् । सुखी मधेश समृद्ध मधेश हुनुको साटो सबै माननीय सांसद र मधेश प्रदेशको जनता अहिलेको बजेटले दुखी भएको उनको आरोप छ ।

सांसद सिंहले सभामुखलाई अभिभावकको भूमिका निर्वाह गर्दै सबै सांसदहरूको भावनालाई बुझेर कुनै नतिजामा पुग्न आग्रह गरिन । 

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZMPQJQD9WS2PPK331QVPG5X.jpeg

देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

दोहा (कत्तार) । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।

विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्वी देशहरू बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए । 

कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र धानिएको तर श्रम गर्ने नेपालीलाई राज्यले सम्मान गर्न नसकेको उल्लेख गरे । 

देशभित्रै केही हुन्छ र गर्न सकिन्छ भन्ने विश्वास दिलाउन र आशा जगाउन ‘उज्यालो अभियान’ घोषणा गरिएको घिसिङले बताए ।

उनले भने, ‘उज्यालो अभियान वत्तिको मात्र हैन, सुशासन, चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय, आर्थिक समृद्धि हासिल गर्न देशभित्रको समग्र आर्थिक क्रान्तिका लागि थालिएको परिवर्तनको अभियान हो, यसको कार्यान्वयनका लागि नेतृत्व परिवर्तन आवश्यक छ ।’

कार्यक्रममा कत्तारमा रहेका नेपाली समुदायकातर्फबाट लोडसेडिङ अन्त्य गरी मुलुकको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै घिसिङलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विभिन्न समुदायको सांस्कृतिक झाँकीसमेत प्रस्तुत गरिएको थियो । यसअघि बहराइनमा रहेका नेपाली समुदायकातर्फबाट पनि उनलार्ई सम्मान गरिएको थियो 

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZMG9D0H7PCCK7YTBEE6MC67.jpg

नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

काठमाडौं । सर्वोच्च अदालतमा तीन न्यायाधीशले शपथ लिएका छन् । मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले शपथ ग्रहण गरेका हुन् । सोमवार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए ।

मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले शपथ ग्रहण गराएका हुन् ।

न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमवार अनुमोदन गरिएका उनीहरुलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए ।

शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायाधीशहरू जनताको लागि इमान्दारिताका साथ खटिने आशा गरेको बताए । उनले थप उर्जाका साथ छिटोछरितो रूपले काम गर्ने पनि विश्वास व्यक्त गरे ।

‘न्यायिक सेवा छिटोछरितो प्रभावकारी बनाउन सरकारले दिएको दायित्व निर्वाह गर्नुपर्नेछ । संविधानले व्यवस्था गरेको २१ जना मध्ये अहिले हामी २० जना भएका छौं । अब २० जनाले काम गर्दा परिणाम राम्रो आउनेछ । एकदमै ऊर्जावान् न्यायाधीशहरूलाई नियुक्त गर्ने अवसर मिलेको छ ।’

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZMF1Q8A51CMSBZHF548JRN7.jpg

रसुवा अपडेट : रसुवागढीमा १८ जना वेपत्ता

काठमाडौं । तिब्बतमा आएको अबिरल बर्षाको कारण रसुवागढीमा वेपत्ता हुनेको संख्या १८ जना पुगेको नेपाल प्रहरीले जनाएको छ । मंगलबार बिहान करिव ३ बजे चिनको एरियामा परेको अबिरल बर्षाको कारण भारी मात्रामा बाढी आई रसुवाको गोसाइकुण्ड गाउपालिका वडा नं.२ स्थित रसुवागढीमा साढे ११ बजेसम्म ३ जना प्रहरी कर्मचारी, ६ जना चिनिया नागरिक र ९ जना सर्वसाधारण वेपत्ता रहेको नेपाल प्रहरीले जनाएको हो । 

उक्त्त क्षेत्रमा १२० जना प्रहरी परिचालन गरिएको छ भने अहिलेसम्म २ जना सुरक्षाकर्मी र ७ जना सर्वसाधरणहरु गरी ९ जनाको उद्दार गरिएको छ । 

हालसम्म नेपाल र चीन नाका जोड्ने मितेरी पुल बगाएको छ भने चार्जिङ स्टेसनमा क्षति, ७/८ वटा इ.भि गाडिहरू बगाएको, भन्सार कार्यालय रसुवाको यार्डमा क्षति, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको छ । 

हाल रसुवा गोसाइकुण्ड गाउपालिका –५ पासाङल्हामु सडक खण्ड स्थितमा बाढीको कारण सडक चर्किन जाँदा धुन्चेदेखि टिमुरेसम्म जाने बाटो अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZM2BQZ2GYM5KHFJFMXEK2MN.jpg

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार कार्यालयको यार्डमा फसेका ९ जनालाई सकुसल उद्दार गरि सुरक्षित स्थानमा राखिएको छ । 

जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार मंगलबार बिहान चीनबाट आएको बाढीमा फसेका २ जना प्रहरी र स्थानीय ७ जना गरी ९ जनालाई नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपालको सयुंक्त उद्दार टोलीले उद्दार गरेको हो ।

सोमबार राति आएको बाढीले रसुवागडी हाइड्रोपावर, भन्सारसहितका स्थानमा क्षति गरेको छ । अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ । 

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZKW3YCDBDKB74D2AP525V5T.jpg

भोटेकोशीमा आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति

काठमाडौं । छिमेकी देश चीनतर्फ अबिरल वर्षाको कारण भोटेकोशी नदीमा बाढी आउँदा रसुवा जिल्ला, गोसाईकुण्ड गा.पा. रसुवागढीस्थित नेपाल–चीन जोड्ने मितेरीपुलमा क्षति पुगेको छ । 

मंगलबार बिहान अन्दाजी ३ः१५ बजे भोटेकोशी नदीमा बाढी आउँदा उक्त पुलमा क्षति पुगेको हो । यसको साथै, सोही वडाको टिमुरेस्थित भन्सार यार्डमा बाढी पसी केही मालबाहक कन्टेनर बगाएको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख अधिकारी द्रुव प्रसाद अधिकारीले जानकारी दिएका छन् । भन्सारसँगैको ड्राइपोटमा पनि बाढीले क्षति पु¥याएको छ । 

उनले त्यहाँ पार्किङ गरेर राखिएका गाडी बगाउनुको साथै त्यहा कार्यरत कर्मचारी र सवारी चालकहरु सम्पर्क बिहिन रहेको बताए । यसबारे थप बुझ्ने काम भइरहेको पनि उनको भनाई छ । 

हालसम्म कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । नदीमा पानीको बहाब अझै उच्च रहेकोले सतर्क रहन तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकलाई सूचित पनि गरिएको छ । 

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZKRQ26NH7P80ZBY55D0FE62.jpeg

भोजपुर हत्याकाण्ड : मृतकको शव पोस्टमार्टमका लागि धरान ल्याइयो

इटहरी । भोजपुरको रामप्रसादराई गाउँपालिका–२ धोद्नेखानीमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाका अनुसार जिल्ला अस्पताल भोजपुरमा फरेन्सिक परीक्षणका लागि आवश्यक उपकरण नभएपछि शव धरान पठाइएको हो ।

शनिवार राति भएको सामूहिक हत्याकाण्डमा राजेन्द्र राईले आफ्नी १६ वर्षीय श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीय सासू मञ्जु गिरी र ९ वर्षीय साला सपन गिरीको हत्या गरेका थिए ।

तिमिल्सिनाकाका अनुसार छुरा प्रयोग गरेर हत्या गरिएको देखिएको छ । हत्या स्वीकार गरेका राजेन्द्रको पनि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै प्रहरीको निगरानीमा उपचार भइरहेको उनले बताए ।

‘विरामीको उपचार र शवको पोस्टमार्टमपछि थप खुल्न सक्छ । प्रहरी अनुसन्धानकै क्रममा रहेको छ,’उनले भने ।

राजेन्द्रको शरीरका केही भागमा चोट देखिएकाले प्रहरीको समेत प्रारम्भिक अनुसन्धानमा देखिएको छ । छोरीलाई माइतीमै राखेको विषयमा विवाद भएपछि राईले आक्रोशमा हत्या गरेको देखिएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २४ असार २०८२
https://jawaaf.com/storage/01JZHVYT82S9ZN0DDSQKMR6DMS.jpg

मेयर हर्क साम्पाङको नयाँ खुलासा : धरानका थप दुई वडाध्यक्ष 'स्वतन्त्र' हुने

धरान, असार २३। धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ राईले आफ्नो फेसबुकमार्फत धरानका थप दुई जना निर्वाचित वडाध्यक्षहरू चाँडै 'स्वतन्त्र' हुने खुलासा गरेका छन् । आज एक फेसबुक पोस्टमा मेयर साम्पाङले, "अब दुई जना अरू वडाअध्यक्षहरू मुक्त हुँदैछन् गेसगर्नुस् को को जय स्वतन्त्र" भनी उल्लेख गरेका छन्।

मेयरको यो खुलासाले धरानको स्थानीय राजनीतिमा पुनः तरङ्ग सिर्जना गरेको छ। साम्पाङले यसअघि पनि विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूलाई आफ्नो 'श्रम अभियान' मा जोड्दै आएका छन्। धरान उपमहानगरपालिकाका २० वटा वडामध्ये १९ वटामा विभिन्न दल आवद्ध वडाध्यक्षहरू निर्वाचित भएका थिए भने वडा नं. ६ मा स्वतन्त्र उम्मेदवार विजयी भए पनि निर्वाचन परिणामपश्चात् दलमा प्रवेश गरिसकेका छन्।

यसअघि, नेकपा एमालेबाट निर्वाचित धरान वडा नं. ४ का वडाध्यक्ष धनबहादुर राई स्वतन्त्रबाट निर्वाचित मेयर साम्पाङको श्रमदान अभियानमा संलग्न भएपछि नेकपा एमाले धरान नगर समितिले उनलाई कारबाहीका लागि माथिल्लो समितिलाई सिफारिस गरेको थियो। यसको पुष्टि नेकपा एमाले धरान नगर उपाध्यक्ष पारस काङमाङ राईले गरिसकेका छन्।

मेयर साम्पाङको पछिल्लो फेसबुक पोस्टले कुन दुई वडाध्यक्षहरूले आफ्नो दल त्याग गर्नेछन् भन्नेबारेमा विभिन्न अडकलबाजीहरू सुरु भएका छन्। यो घटनाक्रमले धरानको राजनीतिक समीकरणमा थप परिवर्तन आउन सक्ने संकेत गरेको छ, जसले नयाँभन्दा पुराना दलहरूलाई ठूलो नोक्सानी पुऱ्याउने देखिन्छ।

प्रकाशित मितिः सोमबार, २३ असार २०८२