सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JXA441VY7TJSZ268VVABSKM6.jpg

साउन महिनाभित्रै वीरगन्जमा खानेपानी आयोजनाहरूको टेन्डर आह्वान गरिने

काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले आगामी साउन महिनाभित्रै वीरगन्ज महानगरपालिका भित्रमा सञ्चालन हुने नयाँ खानेपानी आयोजनाहरूको टेन्डर आह्वान गरिने बताएका छन् ।

सोमवार खानेपानी मन्त्रालय सिंहदरबारमा वीरगन्जको खानेपानी तथा ढलको समस्या समाधान गर्न आयोजित छलफल कार्यक्रममा बोल्दै मन्त्री यादवले वीरगन्ज महानगरपालिकामा एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन गरिने खानेपानीका आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गरिने बताए ।

उनले भने,‘एडिबीको ऋण सहयोगमा सञ्चालन हुने कुल १२ वटा आयोजनामध्ये, पहिलो चरणमा कम्तीमा छ वटा आयोजनाहरूको तत्काल सुरुवात गर्ने गरी काम अघि बढाउने छौँ । यसका लागि सबद्ध सबै निकायबिच आवश्यक समन्वय र सहकार्यलाई अझ सुदृढ बनाइनेछ ।’

खानेपानी मन्त्रालय, वीरगन्ज महानगरपालिकालगायत सबै सरोकारवालाहरूको साझा प्रयासले वीरगन्ज महानगरवासीको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

छलफलले सकारात्मक परिणाम स्वरूप, आगामी साउन महिनाभित्रै वीरगन्ज महानगरपालिकामा सञ्चालन गरिने खानेपानी आयोजनाहरूको निर्माणका लागि एडिबीसँग थप प्राविधिक र वित्तीय छलफल गरी टेण्डर आह्वान गर्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मितिः सोमबार, २६ जेठ २०८२
https://jawaaf.com/storage/01JX9GKX2EE11Z6HZE8NSXNESQ.jpg

लस एन्जलसमा आप्रवासी छापामारीपछि विरोध चर्कियो, ट्रम्पको निर्णयको आलोचना

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलस सहरमा गैरकानुनी आप्रवासीहरूलाई लक्षित गर्दै गरिएको सरकारी छापामारीपछि स्थानीय प्रदर्शन चर्किएको छ । संघीय आप्रवासन तथा भन्सार प्रवर्तन विभागको कारबाहीको विरोधमा तीन दिनदेखि व्यापक प्रदर्शन जारी छ ।

प्रदर्शनकारीहरू विरुद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले तैनाथ गरेका राष्ट्रिय गार्डले बल प्रयोग गरेपछि स्थिति थप तनावग्रस्त भएको छ । अश्रुग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई हटाउने प्रयास भइरहेको छ ।

लस एन्जलसको मुख्य १०१ फ्रिउवे मार्ग अवरुद्ध गरेपछि सुरक्षा निकायले हस्तक्षेप गरेको हो । ट्रम्पले आफ्नो निर्णयको बचाउ गर्दै कानुन र व्यवस्थाको पुनःस्थापनाको लागि यो कदम आवश्यक रहेको बताएका छन् । तर, क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसमले संघीय सैनिक हटाउन माग गरेका छन् । उनले ट्रम्पको कदमलाई ‘शक्तिको दुरुपयोग’ को संज्ञा दिएका छन् । 

शुक्रबारदेखि सुरु भएको प्रदर्शन शनिबार र आइतबार हिंसात्मक बन्दै गएको छ । दर्जनौं प्रदर्शनकारीहरूलाई प्रहरीले पक्राउ गरेको छ भने केही प्रहरी अधिकारीसमेत घाइते भएका छन् ।

यता, लस एन्जलसमा रहेको एक आप्रवासी हिरासत केन्द्र नजिकै राष्ट्रिय गार्डका सैनिकहरूको बाक्लो उपस्थिति देखिएको छ । हालसम्म २९ जना प्रदर्शनकारीहरूलाई पक्राउ गरिएको छ ।

स्थिति नियन्त्रणमा ल्याउन सुरक्षाकर्मीहरूले थप सतर्कता अपनाएको जनाइएको छ । तर, मानवअधिकारवादी समूहहरू र स्थानिय समुदायले संघीय कदमलाई अनावश्यक र भड्काउने प्रकृतिको भन्दै विरोध जारी राखेका छन् ।

प्रकाशित मितिः सोमबार, २६ जेठ २०८२
https://jawaaf.com/storage/01JX96BASZH8RQNPT8ZPM1RBG4.jpg

जसपा नेपालको लिम्बुवान राष्ट्रिय समिति अधिवेशन धरानमा हुने

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आगामी जेठ ३१ गते शनिवार सुनसरीको धरानमा लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन आयोजना गर्ने भएको छ। यो अधिवेशन पहिचानमा आधारित प्रादेशिक संरचना 'दस जोड १' अन्तर्गतको लिम्बुवान राष्ट्रिय समितिको  हो।

अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा गरी पाँच जिल्लाका प्रतिनिधिहरूको सहभागिता रहने आयोजकले जनाएको छ। जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम छ। यसैगरी, पार्टीका सह-अध्यक्ष रकम चेमजोङ उद्घाटन सत्रको विशिष्ट वक्ताका रूपमा उपस्थित हुनेछन् ।

अधिवेशनले लिम्बुवान राष्ट्रिय समितिका लागि नयाँ कार्यसमिति चयन गर्नेछ। यसअन्तर्गत १ अध्यक्ष, ३ उपाध्यक्ष, १ मुख्यसचिव, ३ सचिव, र १ कोषाध्यक्षसहित कुल ३९ सदस्यीय समिति निर्वाचित हुने व्यवस्था रहेको छ। पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार, पहिचानमा आधारित यो राष्ट्रिय समितिले मुख्यतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरू गर्नेछ, जुन पार्टीको विधानमा व्यवस्था गरिएको छ।

अधिवेशन धरान ८ हरियाली सामुदायिक बनको सभा हलमा बिहान ११ बजे बाट सुरुहुने जनाइएको छ ।

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः सोमबार, २६ जेठ २०८२
https://jawaaf.com/storage/01JX7H29JGXM2GNJG6NR84CQGD.jpeg

नेपाल आदिवासी जनजाति महासंघ, धरान नगरको नेतृत्वमा हेमराज जिमि याक्खा विजयी

धरान, जेठ २५ । नेपाल आदिवासी जनजाति महासंघ धरान नगरको नयाँ कार्यसमिति हेमराज जिमि याक्खाको अध्यक्षतामा चयन भएको छ। धरान–१६ स्थित याक्खा छुम्माको केन्द्रीय कार्यालयमा जेष्ठ २४ गते शनिवार सम्पन्न निर्वाचन प्रक्रियामार्फत नयाँ नेतृत्व चुनिएको हो ।

Pathiara_adv.gif 586.81 KB

अध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा याक्खा समुदायका हेमराज जिमि र नेवा देय दबुका मनोहर शाक्यबीच तीव्र प्रतिस्पर्धा देखिएको थियो। निर्वाचन मण्डलका तेन्जिङ शेर्पाका अनुसार, जिमिले ७ मत प्राप्त गरी शाक्यलाई १ मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरे। शाक्यले ६ मत प्राप्त गरेका थिए । 

सहसचिव पदका लागि भएको प्रतिस्पर्धामा लेखमान सुब्बा ९ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वीहरू नाम्जा भोटेले ७ मत, अमन माझीले ५ मत, र पुहुपलाल उराँवले ४ मत प्राप्त गरेका थिए ।

Bantawa Hardware.gif 828.52 KB

अन्य महत्त्वपूर्ण पदहरूमा भने सर्वसम्मत रूपमा पदाधिकारीहरू चयन भएका छन् । महिला उपाध्यक्षमा विष्णु गुरुङ र सीता राई, पुरुष उपाध्यक्षमा सम्फर तामाङ र केशब भुजेल, सचिवमा कर्ण सुनुवार, सहसचिवमा रिता मगर, र कोषाध्यक्षमा गोमछिरी शेर्पा (तिखे) निर्विरोध निर्वाचित भएका छन् ।

ad_news_shatyashisu.gif 688.4 KB

नवनिर्वाचित उपाध्यक्ष सीता राईले दिएको जानकारीअनुसार, नेपाल आदिवासी जनजाति महासंघमा हाल ५९ जातीय संस्था आबद्ध छन् । नयाँ विधान अनुसार, महासंघको कार्यसमितिमा एक अध्यक्ष, चार उपाध्यक्ष (दुई महिला, दुई पुरुष), एक सचिव, र चार सहसचिव रहने व्यवस्था गरिएको छ। धरानमा हाल १३ जातीय संस्थाहरू सूचीकृत छन् भने बाँकी सदस्यहरू उराँव र माझि लगायतबाट चयन प्रक्रिया अगाडि बढाइने योजना रहेको जानकारी उनले गराएकी छिन् । 

प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२
https://jawaaf.com/storage/01JX7F9EV8YSGWN7TXFB170B3R.jpg

अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने

काठमाडौं । अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट नचाहिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले ल्याएको निर्देशन एक सातामै संशोधन भएको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै विभागले यस्तो जानकारी दिएको हो । यसअघि २० जेठमा घरजग्गा कारोबार गर्दा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटेमन्ट पनि अनिवार्य चाहिने गरी विभागले निर्देशन ल्याएको थियो ।

नेपाललाई फाइनान्सियल टास्क फोर्स (एफएटिएफ)को ग्रे लिस्टबाट बाहिर निकाल्न भन्दै विभागले एक सातमै उक्त निर्देशन संशोधन गरेको हो । प्रधानमन्त्री केपी ओलीले समेत चासो देखाएपछि यसलाई संशोधन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संशोधित व्यवस्थाअनुसार अब घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट चाहिने छैन । यसअघि घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था थियो ।

बैनाबट्टाको कारोबारको बैंक स्टेटमेन्ट पनि अनिवार्य रुपमा पेश गर्नुपर्ने व्यवस्था गरिएकोमा त्यो पनि हटाइएको छ । यसअघि १० लाखभन्दा माथिको ५० लाख रुपैयाँसम्मको कारोबार अनिवार्य रुपमा बैंकिङ प्रणाली वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने व्यवस्था गरिएको थियो । 

५० लाख रुपैयाँभन्दा बढीको कारोबार गर्दा विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै वा चेकमार्फत गर्दा विक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेकमार्फत गर्नुपर्ने व्यवस्था गरिएकोमा अहिले यो व्यवस्थालाई संशोधन गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा उल्लखे गरिए अनुसार १० लाख रुपैयाँभन्दा माथिको कारोबारको जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी सोको प्रमाण र ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा खरिद गर्दा क्रेताले बैंकबाट भुक्तानीका लागि गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा ईपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिका बमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणमार्फत भुक्तानी भएको प्रमाण वा बिक्रेताको खातामा नगद जम्मा गरेको बैंक भौचरको फोटोकपी खरिदकर्ता वा बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेश गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२
https://jawaaf.com/storage/01JX7AGW10NCY732FECFCKWAS4.jpeg

सप्तकोशीमा वेपत्ता सशस्त्र प्रहरीका गोताखोर सुरज साउदको शव भेटियो

विराटनगर । ‘देशका लागि काम गर्छु, विपद् आए अग्रपंक्तिमा उभिन्छु’ भन्ने अठोट बोकेका डोटीका सुरज साउद फर्किएनन् । मनसुनजन्य विपद्को तयारीस्वरुप गरिएको प्रदेशस्तरीय अभ्यासमा भाग लिएका सशस्त्र प्रहरीमा कार्यरत गोताखोर सुरज बिहीबार सप्तकोशीको पानीमा हराए । 

उनका परिवार, साथी, सहकर्मी र देशले चार दिनसम्म आशाको उज्यालो खोजिरहे पनि आइतबार बिहान ११ बजे त्यो आशा कोशीको किनारमै एक शवमा बदलिदियो ।

कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम केन्द्रबाट खटिएको डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिक सुरजको शव निकालयो । 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता योगराज खतिवडाले सुरजको शव भेटिएको पुष्टि गरेका हुन् । उनका अनुसार गोताखोर र तालिम प्राप्त टोली चार दिनदेखि खोजीमा संलग्न रहेका थिए । 

सुरजसँगै बेपत्ता भएका अर्का सशस्त्र प्रहरी सुरक्षाकर्मी हरदेव राजवंशीको शव भने शुक्रबार नै भेटिएको थियो ।

दुवैजना सप्तकोशी नदीमा भइरहेको अभ्यासमा सहभागी थिए । अरुको जीवन जोगाउनका लागि अभ्यासमा गएका उनीहरूले आफ्नै जीवन गुमाएका हुन् ।

प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२
https://jawaaf.com/storage/01JX6P8FMAH0283ZBBDFQNADVB.jpeg

'किरात अब्राहामका सन्तान' दाबी गरिएको पुस्तकप्रति किरात राई साम्पाङ जुम्लेखा, सुनसरीको चर्को आक्रोश

जेठ २४,धरान ।  रेभ. तुलसी साम्पाङ राईद्वारा लिखित हालै प्रकाशित पुस्तक 'किरात खम्बु साम्पाङ राईहरूको हराइरहेको राजवंशको खोज' ले नेपालको किरात समुदायमा चर्को आक्रोश उत्पन्न गरेको छ । पुस्तकमा गरिएका दाबीहरू, विशेषगरी किरातहरू अब्राहामका सन्तान हुन् र उनीहरू नै नेपालका 'प्रथम शूरवीर निर्माणकर्ता' हुन् भन्ने भनाइले किरात इतिहास र पहिचानलाई बंग्याएको भन्दै सिंगो किरात समुदाय आक्रोशित बनेको हो ।

पुस्तकमा प्राचीनकालमा इजरायललाई कनान र किर्यत अर्बालाई हेब्रोन भनिन्थ्यो भन्दै यी स्थानहरू किरात साम्पाङ राईहरूको प्राचीन पृष्ठभूमि र पुर्खा थिए भनी उल्लेख गरिएको छ । यी विवादास्पद दाबीहरूलाई किरात समुदायका विभिन्न संघसंस्थाहरूले खण्डन तथा विरोध जनाइरहेका छन्। धेरैले यसलाई किरात जातिको मौलिक इतिहास र धार्मिक परम्परालाई कमजोर पार्ने सुनियोजित प्रयास का रूपमा लिएका छन् ।

यसै सन्दर्भमा, किरात राई साम्पाङ जुम्लेखा नेपाल, सुनसरी जिल्ला समिति को जेष्ठ २४ गते धरानमा समितिका अध्यक्ष सङ्ग्राम साम्पाङको अध्यक्षतामा बसेको बैठकले पनि पुस्तकमा उल्लेखित विषयवस्तुबारे गम्भीर आपत्ति प्रकट गर्दै विरोध जनाएको छ ।

समितिका सदस्य अनिल साम्पाङ राईले भने, "मेरो व्यक्तिगत रूपमा सबै धर्म र समुदायप्रति सम्मान छ र हाम्रो समितिको पनि यही धारणा हो । तर, यसरी हाम्रो वास्तविक पहिचान, इतिहास, धर्म, परम्परा र सभ्यतालाई नै गलत ढंगले व्याख्या गर्न खोज्नु गम्भीर अपराध हो ।" उनले भने यस्तो 'अपराध कर्म' पुनः दोहोराउन दिनहुन्न ।

'सांस्कृतिक आक्रमण' र धर्मान्तरणविरुद्ध  सचेत रहन आह्वान

किराँत अभियन्ताहरूले पुस्तकका दाबीहरूलाई गम्भीर 'सांस्कृतिक आक्रमण' र धर्मान्तरणलाई बढावा दिने 'षड्यन्त्र' का रूपमा लिएको छ। सामाजिक सञ्जालमा विभिन्न किराँत अभियन्ताहरू तर्क गर्छन् कि किरातहरूलाई अब्राहामका सन्तान र इजरायलबाट आएका भनी जोड्नु केवल गलत व्याख्या मात्र होइन—यो रणनीतिक धर्मान्तरण को हिस्सा हो, जसले किरात सभ्यता, धर्म, मुन्धुम परम्परा र जातीय अस्तित्वमाथि सीधा प्रहार गरेको छ। "किरात राई समुदायको मौलिक धर्मको कुनै सम्बन्ध यहूदी, इस्लाम वा ख्रिस्टियन परम्परासँग जोडिएको छैन । मुन्धुम धर्ममा कुनै व्यक्ति ईश्वर छैन, कुनै पुस्तकको आदेश छैन, छ त केवल प्रकृति र पुर्खा । सत्य यो हो, मुन्धुम प्रकृति र पुर्खाको पूजा गर्ने सभ्यता हो ।"

किराँत अभियन्ताहरूले 'आधारहीन मनपरी व्याख्या, अपमान र सांस्कृतिक हस्तक्षेप' लाई अपराधको संज्ञा दिएको छ जसले किराँत सभ्यता, पहिचान र सहअस्तित्वमाथि समेत आघात पुर्‍याएको जनाएका छन् । उनीहरूले यस्ता 'विकृत विचार' विरुद्ध डटेर प्रतिकार गर्न आह्वान गर्दै भनेका छन्, "अब चुप बस्ने समय छैन। यो सांस्कृतिक आक्रमण हो। धर्मान्तरणको प्रतिरोध गरौं। मुन्धुम—प्रकृति र पुर्खा—किराँत सभ्यतालाई जोगाऔं।"

प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२
https://jawaaf.com/storage/01JX6J7955GACZHSDVJ289MXBA.jpeg

आजको मौसम : कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू—भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू—भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू—भागका एक÷दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका  एक÷दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू—भागमा आंशिक बदली रही बाँकी भू—भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू—भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू—भागका  एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मितिः आइतबार, २५ जेठ २०८२
https://jawaaf.com/storage/01JX50B8HGN5ES519Z1QHDZKA1.jpg

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा लगाए, न्यायालयप्रति विश्वस्त छु : माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेकाले कतिपय व्यक्तिहरू आत्तिएको बताएका छन् ।

एकीकृत समाजवादी मधेस प्रदेश सम्पर्क कमिटिको प्रथम अधिवेशनमा बोल्दै उनले पूर्वाग्रह राखेर आफूमाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भइरहेको बताएका हुन् ।

उनले भने, ‘अहिले नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको छ । हाम्रो पार्टीको महत्त्वपूर्ण भूमिका देखेर कतिपय व्यक्तिहरू आत्तिएका पनि छन्, आतंकित पनि भएका छन् । पूर्वाग्रह राखेर बसेका छन्, बद्लाको भावनाले उनीहरूलाई पोलिराखेको पनि छ । त्यसैको एउटा उदाहरण ममाथि भ्रष्टाचारको मुद्दा लगाउनका लागि पहल भएको छ । भ्रष्टाचारको केस जसमा निर्णायकको  आधार चाहिन्छ । माधव नेपालले कसैसँग एक पैसा घुस लिएको भएँ, एकदाम जग्गा घुस लिएको भएँ, अनुचित काम गरेको भएँ, देश र जनतालाई नोक्सान हुने कुनै काम गरेको भएँ त्यसको सम्पूर्ण जिम्मेवारी म लिन तयार छु ।’

साथै उनले आफूले कहिल्यै घुस नलिएको र देश तथा जनतालाई घात हुने कुनै अनुचित काम नगरेको बताए । उनले आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुनपर्ने बताए ।

उनले भने, ‘मैले भन्ने गरेको छु नबिराउनु, नडराउनु । आफ्नो स्वार्थको लागि कुनै काम भएको छैन भनेर आत्तिनुपर्ने छैन । गलत आरोपमा दृढतासाथ उभिन्छौँ । मलाई विश्वास छ न्यायपालिकाले मलाई न्याय दिनेछ । हामीले न्यायालयलाई विश्वास गर्नुपर्छ ।’

प्रकाशित मितिः शनिबार, २४ जेठ २०८२
https://jawaaf.com/storage/01JX4PMDQVTTF062RSR2S7NFHD.jpg

प्रधानमन्त्रीको एक हप्ता: चित्रकलामा रमाइलो, संसदमा सन्नाटा

काठमाडौं । नेपाल अहिले गम्भीर राजनीतिक अस्थिरताको दोभानमा उभिएको छ। गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरणमा प्रतिपक्षले सदन अवरुद्ध गरिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली भने ‘आत्मरतिपूर्ण’ गतिविधिमा व्यस्त छन्। संसदको गतिरोध हटाउन उनी असफल जस्तै बनिरहेका छन्।

संसदमा गतिरोध: प्रतिपक्षीसँग संवादको अभाव

प्रधानमन्त्री ओलीले एक हप्ताभित्र संसद चलाउने आश्वासन दिएका थिए। उनले प्रतिपक्षसँग संवादको प्रयत्न गरेको भन्दै आफूलाई संवादप्रति प्रतिबद्ध देखाउने प्रयास गरे। तर, यथार्थमा, उनले प्रतिपक्षसँग गहिरो राजनीतिक सहकार्यको वातावरण बनाउन सक्ने नेतृत्व क्षमता देखाउन सकेनन्। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सम्पर्कमा नआएको भन्दै गुनासो गरिरहेका छन्।

ओलीको अभिव्यक्ति, ‘गृहमन्त्रीमाथि कुनै छानबिन छैन, त्यसैले राजीनामा माग अनुचित हो,’ भन्ने जस्तो बचाउपूर्ण भनाइले सत्ता दुरुपयोगको गन्ध दिन्छ। एउटा मन्त्रीमाथि जनचासो बढ्दो छ, संसद ठप्प छ। तर प्रधानमन्त्री भने चित्रकला प्रदर्शनी र मञ्च केन्द्रित मन्तव्यमा दौडधुप गरिरहेका छन्।

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम: संसदको अवस्था ओझेलमा

जेठ २० गते प्रधानमन्त्री चित्रकला प्रदर्शनीमा रमाइरहँदा संसद अघिल्तिर ‘धुलो’ उडिरहेको थियो। नारच्याङमा हिमाल आरोहणको महोत्सवको ‘हीरक उत्सव’ मनाउने बेला प्रतिपक्षले गणतान्त्रिक व्यवस्था र जवाफदेहीता माग्दै संसदको मूल ढोका घेरेका थिए।

उता, सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगहरूसँगको छलफल र नवप्रवर्तकहरूसँगको अन्तरक्रियालाई उनले उद्यमशीलताको महिमामण्डनमा प्रयोग गरे। तर प्रश्न यत्ति हो – जब सदन ठप्प छ, विधिको शासन संकटमा छ, तब नवप्रवर्तन र रोजगारीको कुरा कत्तिको यथार्थपरक छ?

ओली नेतृत्वले पछिल्लो हप्ता जनताप्रति उत्तरदायी शासन होइन, भाषणप्रधान सत्ता सञ्चालन गरेको आरोप लागिरहेको छ। संवादमा विफल, सदन सञ्चालनमा असफल र सार्वजनिक असन्तोषप्रति गम्भीर नभएको ओली सरकार लोकतान्त्रिक उत्तरदायित्वबाट टाढा पुग्दै गएको आरोप पनि खोपिरहेका छन्।

प्रधानमन्त्रीको साप्ताहिक कार्यतालिका:

जेठ १९: प्रधानमन्त्री केपी ओली एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्न बानेश्वर पुगे। उनले गृहमन्त्री रमेश लेखकको राजीनामालाई अनावश्यक विषय बनाएर प्रतिपक्षले सदन अवरोध गर्नु लोकतन्त्रविपरीत भएको बताए। ओलीले मंगलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने बताए पनि अहिलेसम्म संसद सुचारु हुन सकेको छैन। उनले प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' जी सँग कुरा गर्न खोजे पनि उनी सम्पर्कमा नआएको गुनासो गरे।

जेठ २०: ओलीले चित्रकार हरिप्रसाद शर्माको ‘समयक्रममा नेपालः चित्रकलामा नेपालको इतिहास, संस्कृति र जनजीवन’ शीर्षकको प्रदर्शनीको अवलोकन गरे। सोही दिन अन्नपूर्ण हिमाल आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा आयोजना गरेको समारोहमा सहभागी हुन पुगे। जहाँ उनले हिमाल आरोहणलाई सुरक्षित बनाउन सरकार क्रियाशील रहेको बताए।

जेठ २१: प्रधानमन्त्रीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका पदाधिकारीहरूसँग छलफल गरे। ओलीसँग सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका नवनियुक्त पदाधिकारीको परिचयात्मक छलफल भयो। सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले नवप्रवर्तक युवासँग अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाए। उनले उद्यमशीलताको विकासबिना रोजगारीको अवसर सिर्जना नहुने बताए।

जेठ २३: काठमाडौं महानगरपालिकाको वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जन, नेकपा एमाले काठमाडौँ जिल्ला कमिटीका सचिव राजेश शाक्यसहित स्थानीयवासीको टोलीले प्रधानमन्त्री निवास, बालुवाटारमा भेट गरे। भेटमा ओलीले ऐतिहासिक सुन्धारा र पुरानो धरहराको अवशेषलाई संरक्षण गर्न आवश्यक रहेको बताएका थिए।

प्रकाशित मितिः शनिबार, २४ जेठ २०८२