आजको मौसम : मधेश प्रदेशमा हावाहुरीको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुका साथै अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ ।
आज दिउँसो, लुम्बिनी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशलगायत लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राती, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
राजावादी प्रदर्शनमा पक्राउ परेका सबैको रिहाइ गर्न माग
काठमाडौं । राष्ट्रवादी देशभक्त जनता ललितपुरले सम्पूर्ण आस्थाका बन्दीहरूलाई रिहाइको माग गरेका छन् ।
शनिवार राष्ट्रवादी देशभक्त जनता ललितपुरले चैत १५ गते गरेको राजावादी प्रदर्शनमा पक्राउ परेका आस्थाका बन्दीहरू रविन्द्र मिश्र लगायतका ६० भन्दा बढि व्यक्तिहरूलाई रिहाइ गर्न माग गरेको हो ।
उक्त रिहाइको मागलाई राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले पनि ऐक्यबद्धता जनाएका छन् । उनले ऐक्यबद्धता जनाउँदै आस्थाका बन्दिहरू रविन्द्र मिश्र लगायतका बन्दिहरू अपराधी नभएको बताए । उनले उनीहरूले कुनै हिंसात्मक अराजक गतिविधि नगरेकोले तत्काल रिहाइ गर्न सरकारसँग आग्रह गरे ।
उनले भने, ‘राष्ट्रवादी देशभक्त साथिहरूबाट आयोजना भएको यो दवाबमूलक कार्यक्रममा ऐक्यबद्धता प्रकट गर्न म यहाँ आएको हुँ । म सरकारलाई आग्रह गर्न चाहन्छु । यी आस्थाका बन्दीहरू रवन्द्रि मिश्र लगायतका बन्दिहरू अपराधी होइनन् , उनीहरूले कुनै हिंसात्मक अराजक गतिविधि गरेका छैनन् । उनीहरू विचारका योद्धाहरू हुन् । त्यसैले तत्काल सरकाले रिहाइ गर्नुपर्छ ।’
साथै उनले वर्तमान निरकुंश र भ्रष्ट सरकारले उनीहरूमाथि अन्याय र अनेकौँ झुटा मुद्दाहरु लगाउने दुष्प्रयास गरिराखेको बताए । उनले विना प्रमाण रविन्द्र मिश्र लगायतका आस्थाका बन्दिहरूलाई ४३ दिनदेखी थुनामा राखेको बताए ।
उनले भने, ‘सरकारले राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणा, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं, पशुपति खड्का, सन्तोष शिलवाल, कमल विष्ट लगायतका ६० भन्दा बढि व्यक्तिहरूलाई थुनामा राखेको छ । उनीहरू कुनै अपराधी होइनन् । उनीहरूले संविधानद्वारा प्रद्धत अभिव्यक्ति स्वतन्त्रता र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् । तर वर्तमान निरकुंश सरकारले, भ्रष्ट सरकारले उनीहरूमाथि अन्याय र अनेकौँ झुटा मुद्दाहरु लगाउने दुष्प्रयास गरिराखेको छ । उहाँहरूलाई ४३ दिनदेखी थुनामा राखेको छ ।’
मधेश भारतको साथमा छ : मुख्यमन्त्री सिंह
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाई कुनै एक देशको मात्र नभई सबैको साझाँ लडाई भएको बताएका छन् । उनले आतङ्ककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन् । उनले मधेश प्रदेश र प्रदेशका जनता सदैव भारतको साथमा रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,‘जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइन् उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।’
उनले थप लेखेका छन्,‘आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।’
उनले मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेको भन्दै मधेशले विगतमा अनेकौं पीडा र संघर्ष भोगेको पनि बताए । जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिस कुमार सिंहले आतंकवादविरुद्धको लडाईमा मधेश प्रदेश भारतको साथमा रहेको धारणा व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमार्फत मुख्यमन्त्री सिंहले आतंकवादविरुद्धको लडाई कुनै एक देशको मात्र नभई सबैको साझाँ लडाई भएको बताएका छन् । उनले आतङ्ककारीहरूलाई मौन साथ दिनुभन्दा खुलेर प्रतिकार गर्नुपर्ने बताएका छन् । उनले मधेश प्रदेश र प्रदेशका जनता सदैव भारतको साथमा रहेको उल्लेख गरेका छन् ।
उनले लेखेका छन्,‘जम्मु–कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ निर्दोष जनताको ज्यान गयो । ती व्यक्तिहरू केवल नाम र आँकडा होइन् उनीहरू कसैको बाबु थिए, कसैको आमा, छोरी, दाइ, साथी थिए। ती ज्यानहरूसँगै धेरै सपना पनि मरे।’
उनले थप लेखेका छन्,‘आज भारतले आफ्ना नागरिकको सुरक्षा सुनिश्चित गर्न साहसी निर्णयहरू लिँदै आएको छ। जब कुनै राष्ट्र बारम्बार आतङ्कको निशानामा पर्छ, तब प्रतिकार गर्नु अधिकार मात्र होइन, दायित्व पनि हुन जान्छ । भारतको यी प्रयासहरूलाई हामीले समर्थन गर्नुपर्छ, किनभने आतङ्कविरुद्धको लडाइँ कुनै एक देशको मात्र होइन, हामी सबैको साझा लडाइँ हो।’
उनले मधेश प्रदेशका जनताले सधैं मानवता, शान्ति र न्यायको पक्षमा उभिने परम्परा बोकेको भन्दै मधेशले विगतमा अनेकौं पीडा र संघर्ष भोगेको पनि बताए ।
मोबाइल ब्यवसायीको चौंथो साधारणसभा हेटौंडामा शुरु, नीतिगत सुधारको एजेण्डा
हेटौंडा । नेपाल मोबाइल ब्यवसायी महासंघको चौंथो साधारणसभा मकवानपुरको हेटौंडामा शुरु भएको छ । शनिबार बिहान शान्ति पदयात्रा गर्दै साधारणसभाको सुरुवात गरिएको हो । हेटौंडाको हुप्रा चौरबाट शुरुभएको पदयात्रा स्कुलरोड, बुद्ध चोक हुँदै पुनः स्कुलचोक भएर कार्यक्रम स्थल रोयल प्यालेस पुगेर समापन भएको थियो ।
साधारणसभाको उद्घाटन बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले गर्ने कार्यक्रम छ । साधारणसभामा सात प्रदेश र ६० जिल्लाबाट गरि एक हजार मोबाइल ब्यवसायी सहभागी छन ।
मोबाइल ब्यवसायीहरुले साधारणसभामा कानुनी, प्रशासनिक र व्यवहारिक समस्याबाट भोग्दै आएको असहज अवस्थालाई उठाउने बताएका छन ।
मोबाइल फोनको दोस्रो विक्री (सेकेण्ड ह्याण्ड) कारोबार, लक भएका र बिग्रिएका मोबाइल फोनहरु मर्मत तथा लक अनलकमा भोगेका समस्या, ब्यवसाय प्रवर्दनका लागि सरकारले लिने नीतिको सुधार र राज्यबाट दिइने सेवासुविधा तथा दक्षतासम्बन्धि तालिमका विषय साधारणसभाका मुद्दा रहेको मुल आयोजक समितिका संयोजक छतेन्द्र आचार्यले जानकारी दिए ।
२०७८ असार २७ गते स्थापना भएको महासंघमा २२ हजार भन्दा बढी व्यवसायीहरु आबद्ध छन् ।
दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्थाप्रति जसपा नेपालको चासो
काठमाडौँ । दक्षिण एसियाली क्षेत्रमा चुलिँदै गएको द्वन्द्वात्मक अवस्था, आपसी अविश्वास र राजनीतिक अस्थिरताले क्षेत्रीय अशान्ति, स्थायित्व र विकासमा असर पार्ने खतरा देखिएको भन्दै जनता समाजवादी पार्टी (जसपा) नेपालले चासो र चिन्ता व्यक्त गरेको छ ।
जसपा नेपालले भारतको जम्मु–कश्मिरस्थित पहलगाममा नेपाली नागरिकसहित २८ जना पर्यटकहरूको ज्यान जाने गरी भएको हिंसात्मक, आतङ्कवादी र मानवता विरोधी घटनाको भर्त्सना गर्दै विकसित घटनाक्रमका सन्दर्भमा दक्षिण एसियाली मुलुकहरूलाई आपसी संवाद, कूटनीतिक पहल र सहकार्यबाट समाधान खोज्न आग्रह गरको प्रचार प्रसार तथा प्रकाशन प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
‘आतङ्कवादको कुनै जात, धर्म र राष्ट्रियता हुँदैन । आतङ्कवाद विरुद्धको लडाइमा पार्टीको समर्थन र ऐक्यबद्धता रहन्छ,’ बस्नेतले भने ।
जसपा नेपाल शान्तिपूर्ण सह–अस्तित्व, लोकतान्त्रिक मूल्य र मानव अधिकारको पक्षमा प्रतिबद्ध रहेको र आगामी दिनहरूमा पनि यस्तै मान्यताहरूका साथ अगाडि बढ्ने पार्टीको प्रतिबद्धता रहेको उनको भनाइ छ ।
निर्माण गर्दागर्दै भत्कियो तामाकोसी माथिको ठेडीखोलाको पुल
रामेछाप । निर्माणको करिब अन्तिम चरणमा पुगेको मन्थलीको तामाकोसी नदी माथिको पक्की पुल भाँचिएको छ ।
मन्थली नगरपालिका वडा नम्बर ६ र ७ जोड्ने तामाकोसी नदी माथिको ठेडिखोला पुल शुक्रवार अपराह्न भाँचिएको हो । सो पुलको अन्तिम स्पानको ढलान सकिएको केही दिनमा नै पुल भाँचिएको हो ।
कूल २ सय ३० मिटर लामो र ११ मिटर चौडा सो पुलमा ४ वटा स्पान छन् । दुईवटा स्पान यस अघि नै तयारी भइसकेको सो पुलको बिचको स्पान अन्तिम ढलान गरिएको थियो । ढला सकिएको केही दिनमा पुल क्रर्याक भएको छ ।
संघीय सरकार सडक विभाग पुल महाशाखा मार्फत सो पुल निर्माण भएको हो । यो वर्ष अगाडि नै पुल सञ्चालन गर्ने तयारी थियो । तर अन्तिम समयमा आएर पुल नै भाँचिए पछि निर्माणकार्यमा अन्योलता थपिएको छ ।
सो पुल निर्माणका लागि २०७८ सालमा कालिका–कल्पवृक्ष जेभिले ठेक्का सम्झौता गरेको थियो । पुल निर्माणका लागि भ्याट र पिएस बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।
पुल भाँचिनुको कारण खुलेको छैन । निर्माण कम्पनीले तत्काल विज्ञ टोली ल्याएर क्षति सम्बन्धमा प्राविधिक जाँच गराउने भएको छ । त्यस पछि पुल पुरै भत्काएर बनाउनु पर्ने वा रिपेयरिङ गर्न सकिने खुल्ने छ ।
यो पुल रामेछापबाट खाँडादेवी गाउँपालिकाको सित्खा हुँदै काठमाडौं जाने सबैभन्दा छोटो बाटोको पुल हो । मन्थलीबाट खाँडादेवी, दोरम्बा र सुनापति गाउँपालिका जान पनि यो पुलबाट छोटो दुरी पर्दछ ।
पाकिस्तानमा रहेका नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौं : परराष्ट्र मन्त्रालय
काठमाडौं । परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ ।
परराष्ट मन्त्रालयले विज्ञप्ति जारी गर्दै हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको उल्लेख गर्दै पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको हो ।
जारी विज्ञाप्ती अनुसार, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरुको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्णरुपमा सचेत छ । यसको निमित्त पाकिस्तानस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका पूर्ण विद्यार्थी एवं नेपालीहरुसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको छ ।’
मन्त्रालयले यस सम्बन्धमा तत्कालै थप कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा उनीहरुका अभिभावक, आफन्त एवं त्यहाँ रहेका नेपालीले इस्लामावादस्थित नेपाली राजदूतावासमा सम्पर्क गर्न सकिने पनि भनिएको छ ।
‘एमगज’ नामक हात्तीले दुःख दिएको गुनासो
रौतहट । रौतहटको चन्द्रपुर नगर क्षेत्रमा ‘एमगज’ नामक जङ्गली हात्तीले घरटहरा तथा खेतीबारी क्षती पुर्याएको छ ।
चन्द्रपुर नगरपालिका–२ जुडिबेला र वडा नं ३ को गैडाटार क्षेत्रमा यस हात्तीले प्रायः दैनिक जसो क्षती पुर्याउने गरेको छ । जङ्गली हात्तीले जुडिबेलाका कमलबहादुर विक, बद्री कार्की, उमेश थापा, प्रदीप बम्जन, शुक्र पुलामी लगायतको घरटहरा भत्काइसकेको छ ।
हात्तीले गैडाटार क्षेत्रको साइँला गोले, बोम्जन साइँला, मीना राई लगायतको घरटहरा भत्काइसकेको छ भने खेतीबारी क्षती पुर्याएको चन्द्रपुर नगरपालिका–वडा नं ३ वडाअध्यक्ष बोधनाथ देवकोटाले बताए ।
उनका अनुसार हात्तीले केरा खेतीमा बढी क्षती गरेको छ । झयस क्षेत्रमा केहि महिना अघि घाइते अवस्थामा हात्ती देखिएको थियो ।
उनले भने, ‘पटक पटकको उपचारपछी अहिले निको भएको हुन सक्छ ।’
हात्तीको दाया खुट्टामा गहिरो घाउँ हुँदा हिड्डुल समेत राम्रो सग गर्न नसक्ने अवस्थामा थियो उनले भने ।राष्ट्रिय प्रकृती संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र बन्यजन्तु प्राबिधिक तीर्थ लामाको टोलिले दुई पटक घाईते हातीको उपचार गरेपछि निको भएको हुन सक्ने उनको भनाइ छ । तर स्थानीयले भने हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानतरण गर्ने माग गर्दै आएका छन .
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित
काठमाडौं । भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।
पछिल्ला दिनमा पुनः सुरु भएको शत्रुताले एलओसी आसपासका बासिन्दाहरूलाई पुनः संघर्षकालीन कठिनाइको सामना गराएको छ । गोलीबारीका कारण स्थानीय बासिन्दाहरूको ज्यान, सम्पत्ति, मवेशीमा क्षति पुगेको छ भने, विद्यालय, अस्पताल र बजारहरू बन्द गरिएका छन् ।
भारतले कश्मीरको पहलगाममा पर्यटकमाथिको प्राणघातक आक्रमणपछि पाकिस्तानले लगातार युद्धविरामको उल्लंघन गर्दै आएको आरोप लगाएको छ । पाकिस्तानले ७४० किलोमिटर लामो एलओसीको विभिन्न स्थानमा आक्रमण गरिरहेको बताइएको छ ।
भारतीय विदेश मन्त्रालयका अनुसार, मे ७ तारिख बुधबार बिहान गरिएको हवाई आक्रमणपछि एलओसी क्षेत्रमा भइ रहेको गोलीबारीमा हालसम्म १६ जनाको मृत्यु भइसकेको छ भने ५९ जना घाइते भएका छन् ।
मृतकमध्ये महिलाहरू, बालबालिका र भारतीय सेनाका लान्स नायक दिनेश कुमार पनि छन् । मिसाइल र ड्रोनका टुक्रा भारतीय राज्य पञ्जाबका विभिन्न जिल्लामा भेटिएपछि त्यहाँ त्रासको वातावरण सिर्जना भएको छ ।
भारतले मे ७ र ८ तारिख राति पाकिस्तानबाट प्रक्षेपण गरिएका धेरै ड्रोन र मिसाइल आक्रमणहरू नष्ट गरिएको दाबी गरेको छ । त्यसपछि, मे ८ तारिख अर्थात् बिहीबार भारतले लाहौरस्थित एक हवाई सुरक्षा प्रणाली नष्ट गरिएको घोषणा गरेको छ, यद्यपि पाकिस्तानले यसको पुष्टि गरेको छैन ।
भारत–पाकिस्तानबीच बढ्दो तनाव, विमानस्थलहरू बन्द
काठमाडौं । भारत र पाकिस्तानबीच भएको ड्रोन र मिसाइल आक्रमणको आरोप–प्रत्यारोपपछि दुवै देशले आन्तरिक सुरक्षामा उच्च सतर्कता अपनाएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार बिहीबार भारतले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै २४ वटा विमानस्थलहरू अस्थायी रूपमा बन्द गरेको छ ।
भारतीय पत्रिका ‘हिन्दुस्तान टाइम्स’का अनुसार दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलमा मात्रै ९० उडानहरू रद्द गरिएका छन् । पाकिस्तानबाट भएको हवाई गतिविधिका कारण भारतको नागरिक उड्डयन प्राधिकरणले यस्तो निर्णय गरेको बताइएको छ ।
नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ ।
निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
एयर मार्शल तैनाथ गर्न निर्देशन दिइएको छ । एयर इन्डियाले आन्तरिक यात्रुहरूले तीन घण्टाअगाडि विमानस्थल पुग्नुपर्ने बताएको छ । ७५ मिनेट अगाडि चेक–इन बन्द हुने जनाएको छ ।
