सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JRKX66H132NB120K248NFREV.avif

यस्तो छ, आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभावको साथै अरब सागरबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।

जसका कारण हाल कोशी, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । महाशाखाका अनुसार देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको छ । 

यस्तै, आज दिउसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

प्रकाशित मितिः शनिबार, ३० चैत २०८१
https://jawaaf.com/storage/01JRJCYPJHZNNC0TWWB94XGAAM.avif

विद्यार्थी भनेका राष्ट्र निर्माण देखि परिवर्तनका संवाहक हुन् : मन्त्री यादव

वीरगन्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले राष्ट्र निर्माणका मेरुदण्ड, परिवर्तनका अग्रदूत तथा उज्यालो भविष्यका शिल्पीका रूपमा विद्यार्थीलाई चित्रण गरिएको बताएका छन् ।

आज वीरगन्जस्थित ओम नेशनल एकेडेमी द्वारा आयोजित कक्षा १२ का विज्ञान सङ्कायका बिद्यार्थीहरूको ‘बिदाइ कार्यक्रम २०८१’ लाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै मन्त्री यादवले बिद्यार्थीहरू भनेका राष्ट्र निर्माणदेखि परिवर्तनका संवाहक भएको बताएका हुन् ।

उनले भने, ‘विद्यार्थीको साथ बिना राष्ट्र निर्माण सम्भव हुँदैन । विद्यार्थी भनेका केवल पुस्तकको सीमामा बाँधिने पात्र मात्र होइनन्, उनीहरू भविष्यका कर्णधार, राष्ट्रका निर्माता र परिवर्तनका संवाहक हुन् ।’

सोही कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘बिदाइ कार्यक्रम २०८१’ मा सहभागी विद्यार्थीहरूलाई आगामी वार्षिक परीक्षामा उत्कृष्ट अङ्क प्राप्त गरी पर्सा जिल्ला सहित देशभरी आफ्नो नाम रोषन गर्नका लागि शुभकामना समेत दिए ।

उनले भने, ‘म विश्वासका साथ भन्छु, भोलिका इन्जिनियर, वैज्ञानिक, चिकित्सक, नेता यिनै विद्यालयहरूबाट जन्मिनेछन् । सबै विद्यार्थीले विगतका कमजोरीहरूलाई बिर्सेर, नयाँ उत्साह र मेहनतका साथ पढाइमा ध्यान दिई पर्सा मात्र होइन, समग्र देशको पनि नाम रोषन गर्नुहोला ।’

एक छुट्टै प्रसङ्गमा बोल्नु हुँदै मन्त्री यादवले अब वीरगन्जवासीका घरघरमा पाइपमार्फत निःशुल्क रूपमा स्वच्छ, शुद्ध अनि सुरक्षित पानी आपूर्ति गरिने बताए ।

Photo (2).jpeg 246.48 KB

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRJ7BK1Z09XFBJMFTQWZE2J1.avif

दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राखिने

काठमाडौं । गत चैत्र १५ गते काठमाडौंको तीनकुने घटनामा संलग्न रहेका राजावादी आन्दोलनका जनकमाण्डर दुर्गा प्रसाईंलाई जिल्ला अदालत काठमाडौंले  १२ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

शुक्रबार झापाबाट पक्राउ परेका प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद थप गरेको हो ।

प्रसाईं सहित उनका अंगरक्षक दिपक खड्कालाई समेत १२ दिन म्याद थप भएको छ । 

राजावादीहरूको हिंसात्मक प्रदर्शनमा संलग्न प्रसाईंविरुद्ध राज्यविरुद्ध संगठित अपराधको कसुर लगाइएको छ ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRJ2SEAQCY97DC3GVB1NNT21.avif

पूर्वराजा ज्ञानेन्द्रलाई जवाफदेहिताको तहमा ल्याइनुपर्ने सांसदहरुको माग

काठमाडौं । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरुको आन्दोलनको घटनामा दुर्गा प्रसाई पक्राउ परिसकेको भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई पनि जवाफदेहिताको तहमा ल्याइनुपर्ने बताएका छन्  ।

शुक्रबार सिंहदरबारमा बसेको कानुन समितिको बैठकमा बोल्दै उनले फागुन ७ ज्ञानेन्द्रले आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर ठूलो घटना घटेको भन्दै मृतकलाई श्रदान्जली समेत नदिने उनको क्रियाकलापले कहिँ न कहिँ संलग्नता देखिएको बताए । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्ने उनको माग छ । 

‘आन्दोलनको अगुवाई गर्ने दुर्गा प्रसाईंजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौं । अहिले यति भन्छु । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउने कुरामा सरकारको दृढतापूर्वक पहलकदमी गरोस,’ उनले भने,‘फागुन ७ गते पूर्वराजाले जनताको नाममा जुन आह्वान गर्नुभयो त्यसपछि घटनाहरु प्रारम्भ भएको देखिन्छ । यति ठूलो घटना हुँदा उहाँ स्वयमले फागुन ७ आह्वान गरेको अभिव्यक्तिबाट उत्साही भएर घटना भएको देखिन्छ । तर घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छैन् । मृतकलाई श्रद्धान्जली समेत दिनुभएको छैन् । यसले उहाँको कहिँ न कहिँ संलग्नता छ भन्ने पुष्टि हुन्छ । त्यसैले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जवाफदेहिताको तहमा ल्याउनुपर्छ ।’

त्यस्तै उनले आन्दोलनका कमाण्डर प्रसाईले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको भन्दै प्रहरीले संयमता नअपनाएको भए ठूलो मानवीय क्षति हुन सक्ने अवस्था देखिएको बताए । 

त्यस्तै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारले तीनकुनेमा चैत १५ गते भएको आन्दोलनले गर्दा आफूलाई यस्तो खालको प्रवृत्ति बीजारोपण कहाँबाट भयो भन्ने डर लागेको बताए । 

उनले यस्तो घटना फेरि भविष्यमा नहोला भन्न नसकिने भन्दै सरकार यसमा गम्भीर हुनुपर्ने धारणा राखे । 

त्यस्तै नेपाली कांग्रेसका सांसद जीवन परियारले चैत १५ गतेको घटनाबारे  पूर्वराजा ज्ञानेन्द्र शाहलाई समितिको बैठकमा बोलाएर मानव अधिकार उल्लंघन हो कि होइन ? भने प्रश्न गर्नुपर्ने प्रस्ताव गरेका छन् ।

उनले संविधानको नजरमा सबै बराबरी रहेको भन्दै अराजकता मच्चाउने छुट कसैलाई नभएको टिप्पणी गरे । 

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRHZWW3N7P168V9KSXAJWTKK.avif

दुर्गा प्रसाईंलाई विमानस्थलबाट काठमाडौं प्रहरी परिसर पुर्याइयो

काठमाडौं । झापाको भद्रपुर हुँदै काठमाडौं ल्याइएका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै जिल्ला प्रहरी परिसर काठमाडौं पुर्याइएको छ । चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डर प्रसाईं सोही दिनदेखि फरार थिए। प्रहरीका अनुसार उनलाई भद्रपुरबाट नियन्त्रणमा लिइएको हो । 

बिहीबार भारतीय प्रहरीको सम्पर्कमा पुगेका प्रसाईंलाई आज शुक्रबार बिहान भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइएको हो । प्रहरी आवश्यक कागजात मिलाएर शुक्रबार नै म्याद थपका लागि प्रक्रिया अघि बढाउने तयारी गरेको छ । उनीविरुद्ध ज्यान मार्ने उद्योगसहितमा मुद्दा चलाउने प्रहरी तयारी छ ।

प्रहरी भ्यानमा रहेका प्रसाईंको तस्विर र भिडियो भने मिडियाले कैद गर्न पाएनन् ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRHWMSSY85XH3Q2KSXFBCA4N.jpg

हतकडी लगाएर दुर्गा प्रसाईंलाई ल्याइयो काठमाडौं

काठमाडौं । राजावादीहरुले आयोजना गरेको चैत्र १५ गतेको हिंसात्मक प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलाई काठमाडौं ल्याइएको छ ।

प्रसाईंका साथै उनका अंगरक्षक दीपक खड्कालाई पक्राउपछि काठमाडौं ल्याइएको छ  । उनलाई बुद्ध एयरको जहाजमार्फत शुक्रबार काठमाडौं ल्याइएको हो ।

भारतबाट नियन्त्रण गरिएका उनलाई आजै बिहान काँकडभिट्टा नाकाबाट नेपाल ल्याएर भद्रपुर प्रहरी कार्यालय लगिएको थियो । त्यसपछि हतकडीसहित भद्रपुरको विमानस्थल पु¥याइएको थियो ।

मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईं भारतको आसाम पुगेका थिए । 

चैत १५ गते काठमाडौंको तीनकुनेमा दुई जनाको ज्यान जाने गरी हिंसा मच्चाएर भागेका दुर्गा बिहीबार भारतको आसाम प्रहरीको सम्पर्कमा पुगेका थिए ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRHR5G5R9FWGYEHCTC8V0HEN.jpg

सरकारले राजनीतिक स्थिरताको लागि काम गरिरहेको छ : मन्त्री सिंह

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आउँदै गरेको वर्ष ०८२ सबै नेपालीका लागि  अघिल्ला वर्षहरुभन्दा राम्रो होस् भन्दै शुभकामना दिएका छन्।

नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदान प्रदान एवम् भित्तेपात्रो विमोचन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले शुभकामना व्यक्त गरेका हुन् । 

‘नयाँ वर्ष सबैका लागि राम्रो होस् । सबै नेपाली आमाबुबा, दाजुभाई तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दछु । सबै जीवन सहज रुपमा अघि बढोस्,’ उनले भने,‘ वितेका वर्षमा आशा गरे अनुसार गर्न नसकेका कामहरु सम्पन्न गर्नका लागि हामी सबैलाई सफता मिलोस् । नेपालको राष्ट्रिय राजनीतिमा स्थीरताका लागि सरकारले काम गरिररहेको छ । जीवन र जिविकोपार्जन सहज बनाउन सरकारले काम गरिररहेको कुरा पनि भन्न चाहन्छु ।’ उनले नयाँ वर्षले सबैमा सकारात्मक सोचको विकास हा्से भन्दै वर्ष ०८२ नेपाल र नेपाली जनताका लागि वर्ष ०८१ भन्दा राम्रो बन्ने विश्वास पनि व्यक्त गरे । 

कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भित्तेपात्रो विमोचन पनि गरेका थिए । सो अवसरमा उपप्रधानमन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका कांग्रेस नेता,कार्यकर्ताहरुसँग शुभकामना आदान प्रदान गर्दै सबैमा सुख,शान्ति र समृद्धिको कामना गरे ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRHH3GT1VDTJTTH4Y2C8AW77.avif

पोखरामा ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु, छोरी घाइते

पोखरा । पोखरामा बिहीबार ट्रकले स्कुटरलाई ठक्कर दिँदा बाबुको मृत्यु भएको छ भने छोरी घाइते भएकी छिन ।  पोखरा–९ बसपार्कतर्फ जाँदै गरेको ना ५ ख ६२२२ नम्बरको ट्रकले ग १६ प २०७५ नम्बरको स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परेर गम्भीर घाइते भएका स्कुटरमा सवार पोखरा १४ चाउथे निवासी ५३ वर्षीय शिवराज कँडेलको उपचारका क्रममा गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

सोहि दुर्घटनामा परेर स्कुटरको चालक समेत रहेकी कंडेलकी छोरी २३ वर्षीया सुस्मिता कँडेलको हात र घुँडामा सामान्य चोट लागेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

ट्रक र चालकलाई वडा प्रहरी कार्यालय बैदामले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRHERAVCZWBSNG6Z134872BB.jpg

दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रम नफैलाउन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । दुर्गा प्रसाई पक्राउ परेको भन्दै भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्यले अनुरोध गरेका छन् ।

बिहिवार राति प्रेस विज्ञप्ति जारी गर्दै उनले ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपाल प्रहरीको विभिन्न स्रोत उल्लेख गरी ’दुर्गा प्रसाई पक्राउ’ भन्ने शीर्षकमा विभिन्न समाचारहरू प्रकाशन भएको सन्दर्भमा नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले विभिन्न आपराधिक घटनामा संलग्न रही फरार रहेका प्रसाई प्रहरीको खोजीको सूचिमा रहेको जानकारी थिए ।

Photo.jpg 40.9 KB

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१
https://jawaaf.com/storage/01JRH9YVG7F5BNR23VZ8N2JSQM.avif

आजको मौसम : देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको साथै बंगालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ ।  जसले गर्दा देशभर आंशिकदेखि साधारणतया बदली भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । 

विभागका अनुसार आज देशका सातवटै प्रदेशमा वर्षाको सम्भावना रहेको र विशेषगरी पहाडी भू–भागमा वर्षाको सम्भावना रहेको छ । 

 कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राती भने देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

यस्तै मेघगर्जन र चट्याङ्ग, वर्षालगायत हिमपातका कारण स्वास्थ्य, दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनुहुन विभागले अनुरोध छ।

प्रकाशित मितिः शुक्रबार, २९ चैत २०८१