सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JNQF4KX8HEH61ASBE4J9SMEV.avif

नगर प्रमुख विरुद्धमा नाराबाजी सहित टायर बालेर प्रदर्शन

रौतहट । गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै  शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ । गौर राइस मिल बचाउ अभियानले  गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो । 

नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ । विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन् ।

गौर राइस मिलको जमिन नगरपालिकाको नाममा पास गर्ने तथा मिलको जग्गामा रहेको सार्वजनिक सडक तथा धर्मशाला बाहेकको जग्गा फुकुवा गर्ने पालिकाको बोर्डबाट निर्णय भएको थियो । सोही निर्णयको विरुद्धमा गौर राइस मिल बचाउ अभियान आन्दोलित भएको हो ।

अभियानका  नेता बजरंगी गुप्ताका अनुसार गौर नगरपालिका नगर प्रमुख शम्भु साहलाई उक्त निर्णयलाई सच्याउन आग्रह सहित ज्ञापन पत्र समेत बुझाइसकेको उल्लेख गरेका छन् । 

गौर नगरपालिकका नगर प्रमुख साहले २ विगहा १५ कट्ठा जग्गा निशुल्क पालिकालाई दिने सर्तमा यस्तो निर्णय गरेको बताए । गौर राइस मिल्सको जग्गा अधिग्रहण गर्न रकम अपुग हुने भएकाले सो निर्णय गरेको उनको भनाइ छ । यस विषयमा मुख्यमन्त्री सतिश कुमार सिंहले समेत ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रकाशित मितिः शुक्रबार, २३ फागुन २०८१
https://jawaaf.com/storage/01JNQDTDPGR2PHEVBY2MDPSYPC.avif

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

शुक्रबार बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्ने  र दिउँसो २ बजे कर्णाली प्रदेश सभामा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको कर्णाली प्रदेश सभा सचिवालयले जनाएको छ । 

दिउँसो ३ बजे वीरेन्द्रनगर–१० सानो सुर्खेतमा रहेको मध्यपश्चिम विश्वविद्यालयको इन्जिनियरिङ भवनको उद्घाटन गर्ने कार्यक्रम छ, भने आजै प्रधानमन्त्रीले कर्णाली रंगशालाको अवलोकन गर्ने कार्यक्रम तय भएको बताइएको छ । 

मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहबाट आज ३ हजार ८४१ विद्यार्थीहरु दीक्षित हुँदै छन् । विश्वविद्यालयले विभिन्न ग्य्राजुएट स्कूलहरु अन्तर्गत विभिन्न तहको शैक्षिको उपाधि हाँसिल गरेका विद्यार्थीहरुलाई दीक्षित गर्न लागेको जनाएको हो ।

विश्वविद्यालयको केन्द्रीय प्रशासनिक भवन परिसर कुइनेपानीमा प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता तथा सिक्किम केन्द्रीय विश्वविद्यालयका संस्थापक उपकुलपति एवम् जवाहरलाल नेहरु विश्वविद्यालय भारतका प्राडा महेन्द्र पी. लामाको प्रमुख आतिथ्यतामा दिक्षान्त  समारोह हुने विद्यालयले जनाएको छ ।

समारोहममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री एवम् सहकुलपति विद्या भट्टराईको उपस्थिति रहेनछ ।  दीक्षान्त समारोहमा विभिन्न तीन वर्षको ब्याजहरुबाट स्नातकोत्तर तहमा सर्वोत्कृष्ट भएका ३ जनाले कुलपति पदक, स्नातक तहमा सर्वोत्कृष्ट भएका ३ जनाले उपकुलपति पदक, सबै ग्य्राजुएट स्कुलहरुबाट स्नातकोत्तर तहका लागि डीन लिष्टमा परेका ११ जना र स्नातक तहबाट १८ जना विद्यार्थीहरु गरी जम्मा ३५ जनाले प्रमाणपत्र सहित पदक पाउने छन् ।

प्रकाशित मितिः शुक्रबार, २३ फागुन २०८१
https://jawaaf.com/storage/01JNQ4G508KF1E1WHMDSMJTEJD.avif

डा.अमरेशकुमारले भने : स्वास्थ्यमन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्नुहोस

काठमाडौं । सचिव बढुवामा वरीयता मिचिेको भन्दै स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले स्वास्थ्यमन्त्री प्रदीप पौडेलको राजीनामा माग गरेका छन् । बिहीबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद सिंहले स्वास्थ्य मन्त्रालयको सचिवमा बढुवा गर्दा वरिष्ठता ख्याल नगरिएको भन्दै स्वास्थ्यमन्त्री पौडेलको राजीनामा माग गरेका हुन् । मन्त्री पौडेललाई तुरुन्त बर्खास्त गर्न उनको माग थियो । 

पहिलो नम्बरमा सिफारिस भएकी संगीता मिश्रसँग केही चिनजान नरहकाले मधेसी भएकै कारण वरिष्ठ भएर पनि उनलाई बढुवा नगरेको आरोप लगाए । सरकारले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा संविधान च्यात्ने काम गरेको उनको आरोप थियो । 

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

सिफारिस समितिले सचिवका लागि डा.देवकोटासहित स्वास्थ्य मन्त्रालयमा १२औँ तहमा कायैरत डा.संगीता मिश्र र डा.टंक बाराकोटीको नाम समेत सिफारिस गरेको थियो ।

यता, सचिव बढुवामा नपरेपछि डा.संगीता कौशल मिश्रले आफूभन्दा जुनियरमा रहेर काम नगर्ने बताएकी छिन् । मन्त्री पौडेलले आफूमाथि पटक—पटक अन्याय गरेको समेत बताइन् ।

प्रकाशित मितिः शुक्रबार, २३ फागुन २०८१
https://jawaaf.com/storage/01JNNPB7WB02APZMA3HDR0EC3P.avif

सामन्ती प्रेतहरुले टाउको उठाउन खोजे समाप्त हुन्छन् : प्रचण्ड

महोत्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामन्ती प्रेतहरुले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी दिएकाछन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत माओवादी केन्द्र महोत्तरीले महोत्तरीको सम्सी गाउँपालिकामा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपाली जनताले परास्त गरिसकेका तत्वहरुले कहिलेकाही टाउको उठाउने प्रयास गर्ने गरेको बताएका हुन् । 

उनले अबको आवश्यकता जनताले प्राप्त गरेका अधिकारको रक्षा गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली जस्ता अग्रगामी एजेन्डामा जानु रहेको भन्दै प्रचण्डले पछाडि फर्कनेतर्फ कसैले सोचे राम्रो नहुने बताए । 

उनले कुनै शासक र राजा महाराजाले जनतालाई अधिकार दिएको नभई जनताले आफ्नै बलमा अधिकार खोसेर ल्याएकाले यसको रक्षा, प्रयोग र विकास गर्न जनता र जनताको शक्ति माओवादीलाई बलियो बनाउनुपर्ने बताए । 

अध्यक्ष प्रचण्डले यथास्थितिमा मुलुक चल्न नसक्ने र अब नयाँ आन्दोलन आवश्यक रहेकाले त्यसको तयारीका लागि सबैभन्दा बढी उत्पीडित र अपहेलित बनाइएका वर्ग समुदायको घरमा पुग्नुपर्छ भनेर नै गम्भीर आत्मसमीक्षा सहित आफूहरु जनताको बीचमा आएको स्पष्ट पारे । 

अध्यक्ष प्रचण्डले पार्टीले अघि बढाएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण नेपाललाई राज्यको मूल प्रवाहमा जोड्दै नयाँ राष्ट्रिय एकता कायम गर्न सहयोग गर्ने विश्वास व्यक्त गरे । 

महोत्तरीको विकास हिजोदेखि नै प्राथमिकतामा रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जलेश्वरमा सुक्खा बन्दरगाह, सिचाइको व्यवस्था, भारतीय बाँधले पारेको असर न्यूनीकरण, मिटरव्याज पीडितका समस्या समाधान, शैक्षिक गुणस्तर वृद्धि, सबै ठाउँमा स्वास्थ्य सेवाको पहुँच विस्तार, मणिपाल कलेजले ओगटेको जग्गाको उपयोग आदिलाई थप प्राथमिकताका साथ बढाउने प्रतिबद्धता व्यक्त गरे । 

पछिल्लो समय माओवादी जनताको बीचमा कम आएकाले यसको फाइदा उठाएर मधेसवादी दलहरुले मधेसका जनतामा भ्रम सिर्जना गरेको उल्लेख गर्दै उहाँले अब मधेसवादी दलहरु अवसरवादी रहेको बताए । उनीहरू मधेसी जनताको पक्षमा भए संघीयताको पक्षमा माओवादीले सुरु गरेको अभियानमा जोडिन पनि आग्रह गरे । 

नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवले माओवादी जनयुद्ध र मधेस आन्दोलनका कारण मधेसी जनताले पहिचान, संघीयता, समावेशी, समानुपातिक अधिकार पाएको उल्लेख गर्दै मधेसवादी दल विभाजन र नातावाद कृपावादले अब मधेसको नेतृत्व गर्न सक्ने अवस्था नरहेकाले परिवर्तनको रक्षा गर्न माओवादीलाई बलियो बनाउने बेला आएको बताए । 

उपमहासचिव गिरिराजमणि पोख्रेलले सीमा क्षेत्रका जनताले राष्ट्रियताको रक्षा गरे पनि राज्यले सीमा क्षेत्रको विकास नदिएको उल्लेख गर्दै पार्टीले जनताको जीवन रुपान्तरण गर्ने कार्यक्रम अघि बढाउने बताए ।

अर्का उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टी रुपान्तरणसहित जनताको बीचमा फर्केको उल्लेख गर्दै जनताको जीवन रुपान्तरण नै पार्टीको अबको अभिष्ट भएको बताए । 

पार्टी उपमहासचिव एवं मधेस प्रदेस इन्चार्ज मातृका यादवले पार्टीले सत्तामुखी होइन जनतामुखी हुने नीति लिएपछि मधेसी जनतामा आकर्षण फर्कन थालेको उल्लेख गर्दै अब मधेसलाई लाल मधेस बनाउने उदघोष गरे । 

प्रकाशित मितिः बिहिबार, २२ फागुन २०८१
https://jawaaf.com/storage/01JNNB7YA0KM9MJ02907M8J7G7.avif

पत्रकारले प्रश्न गरेकै आधारमा परिचय पत्र खोस्न मिल्दैन : सांसद खतिवडा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने कुरा लोकतन्त्रमा नसुहाउने बताएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले पत्रकारहरूले प्रश्न गरेकै आधारमा पत्र खोसिएको विषयमा पनि सत्य तथ्य सदनलाई जानकारी गराउन माग गरे ।

उनले भने,‘पत्रकारहरूले प्रश्न सोधेकै भरमा पत्रकारको संसदभित्र आउने परिचयपत्र खोसियो भन्ने सुन्नमा आएको छ । सत्य तथ्य के हो, कसैले मर्यादित प्रश्न सोध्न पाउनुपर्छ । पत्रकारले प्रश्न गरेकै आधारमा परिचय खोस्ने र भित्र आउन नदिने प्रचल हो भने लोकतन्त्रमा त्यो सुहाउने हुँदैन् ।’ 

त्यस्तै उनले अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चर्चा चलीरहेको भन्दै सहयोग रकम कति आएको हो र कसले प्रयोग गरे भन्ने श्वेतपत्र जारी गर्न सरकारसँग माग गरे ।

उनले भने, ‘अमेरिकाले दिएको सहयोग रकम दुरुपयोग भएको भन्दै चलीरहेको चर्चा सुन्नमा आएको छ । एनजिओ र आएनजीओ रूपमा आएका र अन्य काममा काममा प्रयोग भएका रकम कति छन्, त्यो दुरुपयोगलाई लिएर सारा नेपाललाई नै बदनाम गर्ने गरिएको छ । त्यसबारे सरकारले श्वेतपत्रको रूपमा जारी गरोस् भनेर अनुरोध गर्न चाहन्छु ।’

प्रकाशित मितिः बिहिबार, २२ फागुन २०८१
https://jawaaf.com/storage/01JNNAHNZPSXV6EHV3C2FYN81R.avif

काठमाडौं महानगरलाई मन्त्रालयको पत्र : गुरागाईंलाई काम गर्न दिनुहोला

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफ्नो कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन काठमाडौं महानगरपालिकालाई अनुरोध गरेको छ । मन्त्रालयबाट प्रमुख प्रशासकीय अधिकृतका रूपमा काठमाडौं महानगरपालिकामा खटाइएका कर्मचारी सरोज प्रसाद गुरागाईंलाई महानगर प्रमुख बालेन्द्र साह ‘बालेन’ले हाजिर गर्न नदिएको गुनासो आएपछि मन्त्रालयले कर्मचारीलाई काम गर्ने वातावरण बनाइदिन महानगरलाई आग्रह गरेको हो ।

काठमाडौं महानगरपालिकामा खटाइएका गुरागाईंले आफूलाई गत पुस ८ गतेदेखि कार्यालयमा हाजिर गर्न नदिएको भन्दै मन्त्रालयसमक्ष लिखित गुनासो गरेपछि मन्त्रालयले यस्तो आग्रह गरेको हो ।

महानगर प्रमुख बालेनले आफ्नो कार्यकक्षमा ताला लगाई काम गर्न नदिएको तथा अनेक झूठा लाञ्छनाहरू समेत लगाएको गुरागाईंले मन्त्रालयलाई दिएको निवेदनमा उल्लेख छ ।

मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले काठमाडौं महानगरलाई बुधबार पत्राचार गर्दै भनेको छ, ‘प्रस्तुत विषयमा तहाँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री सरोज प्रसाद गुरागाईंले आफूलाई खटाइएको कार्यालयको कार्यकक्षमा प्रवेश गर्न अवरोध सिर्जना गरी कार्यवातावरण विथोलिएको तथा मिति २०८१/०९/०८ देखि हाजिर गर्न नपाएको अवस्था रहेकोले आवश्यक व्यवस्थापन गरी कार्य वातावरण सहज बनाइदिनु हुन भनी यस मन्त्रालयमा निवेदन पेश गर्नुभएको हुँदा निजलाई तहाँ महानगरपालिकामा हाजिर भई कार्य सम्पादनका लागि आवश्यक सहजीकरण गरिदिनु हुन यस मन्त्रालय (मा. मन्त्रीस्तर) को २०८१/११/२१ को निर्णयानुसार अनुरोध छ ।’

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत ‘समृद्धि आयोजना’को प्रमुखका रूपमा कार्यरत गुरागाईंलाई मन्त्रालयले गत भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृत बनाएर काठमाडौं महानगरपालिका पठाएको थियो । तर, महानगर प्रमुख बालेनले उनलाई हाजिर गर्न नदिई सङ्घीय सरकारमाथि हिलो छ्याप्ने काम गरिरहेको चर्चा भइरहेको छ । 

प्रकाशित मितिः बिहिबार, २२ फागुन २०८१
https://jawaaf.com/storage/01JNMK50YHPWA4D0PE05TFYX3F.avif

राष्ट्रिय सभाको बैठक बस्दै, पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गरिने

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो सवा १ बजे सुरु हुनेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

Pathivara_Adv..gif 182.28 KB

यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८०–८१ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस हुनेछ । यसैगरी बैठकमा सरकारले ल्याएका ६ मध्ये भूमि सम्बन्धी बाहेक पाँच अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची छ ।

SathyaShishu_School.gif 386.43 KB

जसमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश– २०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश– २०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश– २०८१ रहेका छन् ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः बिहिबार, २२ फागुन २०८१
https://jawaaf.com/storage/01JNK5F9M57EBFHW0DF1JKZQH4.jpg

नेताहरुको साटगाठमा व्यापारीक केन्द्र बनाउन खोजिएको भन्दै ‘नो केवलकार’ पक्ष आन्दोलनमा

काठमाडौं । ताप्लेजुङ जिल्लाको पाथीभरामा केवलकार निमार्णको विरुद्धमा आन्दोलन गरिरहेका ‘नो केबलकार’ पक्षले आज (बुधवार) काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

राज्यको मानवता विरुद्धको अपराध फुङलिङ काण्डको व्यानरमा नो केवुलकार पक्षले मुक्कुमलुङ रक्षार्थ बृहत जनप्रदर्शन गरेको हो । 

प्रदर्शनकारीहरुले आफ्नो अनुहारमा नो केवुलकार, भुमी हमार हक भन्ने नाराहरु लेखेका थिए । 

नो केवुलकार पक्षको समर्थनमा गएका जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले मुक्कुमलुङलाई व्यापारीहरुको केन्द्र बनाउन खोजिएको बताए । 

उनले भने, ‘राज्यसत्ता आफैले नेपालको परम्परामाथि हस्तक्षेप गरिरहेको छ । मुक्कुमलुङलाई नेताहरुको साटगाठमा व्यपारीहरुको केन्द्र बनाउन खोजिएको छ । यो देश पछाडिएको कारण देश चलाउनेहरुको भष्ट्रपनले हो ।’

यस्तै प्रदर्शनकारी अर्नुप चौधरीले राज्यसत्ताले आदिवासी, उत्पीडित वर्गको अनुहार पनि हेर्न नचाहेको र आवाज पनि नसुनेको भन्दै प्रतिरोधको रुपमा अनुहारमा नो केवुलकार भन्दै लेखेको बताए । 

प्रकाशित मितिः बुधबार, २१ फागुन २०८१
https://jawaaf.com/storage/01JNK0WHWXB1V662CA8NWT47EZ.jpg

मन्त्री यादवको अभिव्यक्ति प्रति पत्रकार संगठनहरुको आपत्ति

जनकपुर । नेकपा एमाले मधेश प्रदेशका संसदीय दलका नेता एवं मधेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवले जनकपुरधामका पत्रकारहरुलाई लक्षित गर्दै दिएका अभिव्यक्तिप्रति धनुषालगायत मधेश प्रदशेका विभिन्न पत्रकार संगठनहरुले आपत्ति जनाएका छन् ।

मंगलबार जनकपुरधाममा आयोजित एक कार्यक्रममा मन्त्री यादवले पत्रकारहरुले आफूलाई फोन गरेर योजना र ठेक्का दिन दबाब दिने गरेको सुनाएका थिए । मन्त्री यादवको सोही अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै विभिन्न पत्रकार संगठनहरुले छुट्टा छुट्टै विज्ञप्ती निकालेका छन् ।

पत्रकारहरुलाई योजना र विज्ञापन नदिए गलत लेखिदिने भन्ने अभिव्यक्तिले प्रेस स्वतन्त्रताको गम्भीर उल्लंघन गरेको भन्दै प्रेस मञ्च नेपाल मधेश प्रदेश समितिले आपत्ति जनाउँदै ध्यानाकर्षण गराएको छ । प्रेस मञ्च मधेश प्रदेशका उपाध्यक्ष रामहृदय यादवले विज्ञप्ति जारी गर्दै मन्त्री यादवले दिएको अभिव्यक्ति राज्यको चौथो अंगको रुपमा स्थापित पत्रकार र पत्रकारिता पेशाप्रति प्रेस स्वतन्त्रताको मानमर्दन गरेको र प्रेस स्वतन्त्रताविरुद्धको कार्य गरेको भन्दै खेद प्रकट गरेको छ ।

सार्वजनिक पदमा रहेको व्यक्तिले प्रेस स्वतन्त्रताको मर्मविपरीत, प्रेसमाथि दबाब सिर्जना गर्ने वा धम्की दिने कार्य नन्दनीय रहेको मञ्चले जनाएको छ । साथै मन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्टता दिनुको साथै भविष्यमा यस्ता कुनै पनि गतिविधि नदोहोर्याउने प्रतिज्ञा गर्न मांग गरिएको छ ।

त्यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव शैलेन्द्र क्रान्ति र धनुषाका सचिव बटुकनाथ झाले पनि छुट्टाछुट्टै विज्ञप्ति जारी गरी अभिव्यक्ति सच्याउन माग गरेका छन् ।

प्रकाशित मितिः बुधबार, २१ फागुन २०८१
https://jawaaf.com/storage/01JNK0NT0N60ACGJEJQP4Q4B5V.avif

सरकार सांसद किनबेचमा लाग्नु लाजमर्दोे विषय हो : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिएको भन्दै त्यसबारे सरकारको जवाफ मागेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै साहले अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय हुनु लाजमर्दो भएको बताएका हुन् ।


उनले भने,‘सरकार सांसद किनबेचमा लागेको भन्ने कुरा सुनिराखेका छौं । सत्ता गठबन्धनकै प्रमुख नेताले अध्यादेश पारित गराउनको लागि सरकारले यो काम गरिरहेको भनेर आरोप लगाईराखेका छन् । अहिलेको २१औं शताब्दीमा, यो आधुनिक युगमा सांसद किनबेचको विषय लाजमर्दो छ । सिंगो संसद नै अपमानित हुने यो विषयमा सभामुखज्यू गम्भीर हुन जरुरी छ । यो विषय यसरी संसदको नै अपमान हुनेगरि प्रसारित हुँदा सरकारले पनि जवाफ दिन जररी छ । होईन भने एउटा जिम्मेवार सांसदले यसरी आरोप लगाउन मिल्छ कि मिल्दैन् ? मिल्छ भने यसमा कानून लाग्छ कि लाग्दैन भनेर म विशेष आग्रह गर्न चाहन्छु ।’ 

केही दिनअघि उपेन्द्र यादवले सरकार अध्यादेश पारित गराउनको लागि सांसद किनबेचमा लागेको भनेर आरोप लगाएका थिए । त्यही विषयमा आज साहले संसद्मा कुरा उठाएका हुन् I

प्रकाशित मितिः बुधबार, २१ फागुन २०८१