सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JKAJK09X33BD9FG1C1E7991R.avif

अवैध लागुऔषध सहित २ जना पक्राउ

काठमाडौँ । झापा कनकाई नगरपालिका–४ बाट अवैध लागूऔषध ब्राउनसुगर ३० ग्राम ६ सय ९० मिलिग्राम सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार डिगल बैंक थाना–५ घर भएका २८ वर्षीय अन्जार आलम र उनकै भाई १९ वर्षीय युसुब आलम रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय सुरूङगाबाट खटिएको प्रहरीले कुमरखोदबाट सुरूङगातर्फ आउँदै गरेको बीआर ३७ एए ८४९८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकल नरोकी भाग्न खोजेपश्चात प्रहरीले गोली प्रहार गरी उनीहरूलाई नियन्त्रणमा लिने क्रममा अन्जार घाइते भएका छन् । घाइते भएका अन्जारको प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको छ  ।

यस्तै, बाँके नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ४७ पिस सहित कैलाली लम्कीचुहा नगरपालिका–६ बस्ने २३ वर्षीय रोसन रावललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKAGQK2BBAZ4MX5MTDANGGWQ.avif

सरस्वतीको मूर्ति सेलाउने क्रममा डुबेर युवकको मृत्यु

रौतहट । सरस्वती माताको मूर्ति वाग्मती नदीमा सेलाउने क्रममा बेपता भएका युवकको शव फेला परेको छ । सरस्वती माताको मूर्ति मंगलबार साँझ सेलाउने क्रममा राजदेवी–७ मुडवलवाका २२ वर्षीय सुरज यादव बेपता भएका थिए । सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बुधवार बिहान यादवको शव फेला परेको हो ।

राजदेवी नगरपालिका–६ मा रहेको वाग्मती नदीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी दिपककुमार रायले बताए ।

उनका अनुसार पानीमुनि रहेको उनको शवलाई माछा मार्ने जाल प्रयोग गरेर निकालिएको थियो । मूर्ति सेलाउने क्रममा नदीमा डुबेका यादवको मंगलबार राती सम्म र पुनः बुधबार बिहान खोजी गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यादवको शव आज बिहान डुबेकै स्थानमा फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकको शवलाई पोस्टमार्टम पछि परिवारजनको जिम्मा लगाइएको रौतहट प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKA1CTWWP3T83RQ9E03C076C.jpg

यस्ता छन् जसपा नेपालको बैठकका निर्णयहरु

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालको सोमबार केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न गरेको छ । 

बैठकमा हालै सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशहरुका सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी पाटीको धारणा बनाउन सुझाव दिनका लागि पार्टीका उपाध्यक्ष राजकिशोर यादवको संयोजकत्वमा मृगेन्द्रकुमार सिंह यादव, खालिद सिद्धिकी, मनिसकुमार सुमन र शैलेन्द्रकुमार साह रहेको कार्यदल गठन गरेको छ । 

त्यस्तै, पार्टीको केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले फागुन १९, २० र २१ गते काठमाण्डौमा बस्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।  

PATHIVARA_DHARAN.gif 58.17 KB

त्यसैगरी किरात लिम्बुलगायत आदिवासी समुदायको धार्मिक एवं सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङको प्राकृतिक सौन्दर्य र संरचनालाई बचाउन र आफ्नो पहिचान कायम राख्न भइरहेको आन्दोलनमा आन्दोलनकारीमाथि सरकारले गरिरहेको दमन,धरपकडजस्ता कार्य लोकतान्त्रिक मूल्य र मान्यता बिपरीत भएको जसपा नेपालले ठहर गरेको छ । पार्टीले उक्त कार्यको बिरोध र भत्र्सना गर्दै पक्राउ परेकाहरुको रिहाई तथा घाइतेहरुको स्वास्थ्य उपचार गरी दमन कार्यलाई यथाशीघ्र बन्द गर्न र सरोकारवालाहरुसँग यथाशीघ्र वार्ता गरी समस्यालाई सम्बोधन गर्न माग गरेको छ । 

Bantawa Hardware.gif 828.52 KB

त्यस्तै बैठकबाट पार्टीको केन्द्रीय सदस्यहरुमा आत्माराम साह, खेमनारायण यादव, दिलबहादुर लामा र धुर्व राई मनोनित भएका छन् ।  

जसपा नेपालको विधानको धारा ३५ अनुसार सुमन कुमार चौधरीको अध्यक्षतामा ४७ सदस्यीय केन्द्रीय सल्लाहकार समिति गठन भएको छ ।

साथै काठमाण्डौ उपत्यकामा बसोबास गर्ने र कार्य एवं व्यवसाय गर्ने मधेसी समुदायलाई सम्पर्क गरी पार्टीमा संगठित गर्न राजकिशोर यादवको संयोजकत्वमा चार सदस्यीय टास्क फोर्स गर्न भएको छ । त्यसैगरी दलित समुदायलाई पार्टीमा आवद्ध गर्न तथा संगठित गर्न तारा विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय टास्क फोर्स गठन भएको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JKA1SZMSW8AP5ZQ09TGP5227.avif

डा.घले नेतृत्वको एनआरएनए उच्चस्तरीय समितिलाई अधिवेशन गर्न वाधा नपर्ने

काठमाडौं । कानूनविद्हरुले गैर आवासीय नेपाली संघ (एनआरएनए) मा शेष घलेको संयोजकत्वमा बनेको उच्चस्तरीय समितिलाई अधिवेशन गर्न कुनै वाधा नभएको जनाएका छन् । 

जीएनएन नेटवर्कद्वारा सोमबार आयोजित अन्तरक्रियामा बोल्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले  सर्वोच्च अदालतको राजेश शमशेर राणा विरुद्ध परराष्ट्र मन्त्रालय समेत (पहिलो मुद्दा) र बद्री केसी विरुद्ध परराष्ट्र मन्त्रालय (दोस्रो मुद्दा) फरक फरक भएको र पहिलो मुद्दाको बारेमा संक्षिप्त आदेश आइसकेपछि दोश्रो फैसलाले परराष्ट्र मन्त्रालयले एनआरएनएलाई लेखेको पत्रलाई खारेज गरि दिएको जनाए ।

थापाले भने,‘पहिलो फैसलाले उच्चस्तरीय समिति बनाएको हो । सर्वोच्च अदालतले गरेको प्रत्येक मुद्दाका फैसला स्वतन्त्र हुन्छन् । त्यसका अन्तरवस्तु पनि नितान्त फरक छन् । एनआरएनए संस्थालाई अगाडि बढाउनका लागि गरिएको पहिलो फैसला हो । दोस्रो फैसलामा मन्त्रालयको पत्र बदर गर्न माग गरिएको थियो त्यस अनुसार गरिएको हो । अब एनआरएन कसरी अगाडि जाने भन्ने कुरामा अघिल्लो फैसलाले गरेको निर्णय नै अन्तिम फैसला हो। अहिले उच्चस्तरीय समितिलाई निर्वाचन गराउने आदेश छ, त्यस अनुसार अगाडि बढेर निर्वाचन गराउने अनि सर्वोच्च र परराष्ट्रमा बुझाउने काम गर्नुपर्छ ।’

Pathivara_Adv..gif 182.28 KB

यसै गरी अधिवक्ता सरोजकृष्ण घिमिरेले एनआरएनएका राजेश शमसेर राणाले दायर गरेको रिटमा सर्वोच्चले परमादेश जारी गरी  डा. शेष घलेको नेतृत्वमा उच्चस्तरीय समिति बनाएर एकताको महाधिवेशन गर्ने आदेश दिएको जनाए । 

सहभागीहरुका प्रश्नको जवाफ दिंदै अधिवक्ता घिमिरेले भने,‘पहिलो र दोश्रो मुद्दा फरक फरक हुन्।  अन्तरवस्तुहरु नितान्त फरक छन्।  यसमा कन्फ्युज हुने पर्ने अवस्था छैन।’ उनले अदालतको फैसलाको कार्यान्वयन गर्न कुनै वाधा अवरोध गर्न खोजिएमा त्यो अदालतको मानहानी हुने पनि बताए ।

 गत २०८० चैत्र २१ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल तथा नहुकल सुवेदीको संयुक्त इजलासले  संघको १० औं र ११ औं महाविधेशनलाई अमान्य घोषित गर्दै एनआरएनएका पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई समितिको बैठक बसेको मितिले ६ महिनाभित्र एकता महाधिवेशन गराउन आदेश दिएको थियो । 

समितिले आउँदो बैशाख २०–२२, २०८२ (मे ३–५, २०२५) मा काठमाडौँमा संघको अधिवेशन गर्ने गरी मिति तोकेको छ। तर आफुलाई आधिकारिक दावी गर्दै आएको बद्री केसी समूहले भने आउँदो अक्टोबर २०२५ मा छुट्टै अधिवेशन गर्ने जनाएको छ ।

 

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JK9Y3XEAGXC75YSFRRCCST3Z.jpg

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । 

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ०२ पैसा र बिक्रीदर १३९ रूपैयाँ ६२ पैसा कायम भएको छ । आज अमेरिकी डलरको मूल्य आज घटेको हो । 

यस्तै, युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १४४ रूपैयाँ १४ पैसा तोकिएको छ । युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७२ रूपैयाँ ६० पैसा र बिक्रीदर १७३ रूपैयाँ ३५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रूपैयाँ ९५ पैसा र बिक्रीदर १५३ रूपैयाँ ६१  पैसा कायम गरिएको छ । 

जापानी येन १० को खरिददर आठ रूपैयाँ ९६ पैसा र बिक्रीदर आठ रूपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ १७ पैसा र बिक्रीदर १९ रूपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रूपैयाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ ३६ पैसा र बिक्रीदर ९६ रूपैयाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रूपैयाँ ४९ पैसा र बिक्रीदर १०२ रूपैयाँ ९३ पैसा स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ५८ पैसा र बिक्रीदर १२ रूपैयाँ ६३ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ २४ पैसा र बिक्री दर १९ रूपैयाँ ३२ पैसा निर्धारण गरिएको छ । 

यसैगरी थाई भाट एकको खरिददर चार रूपैयाँ ११ पैसा र बिक्रीदर चार रूपैयाँ १३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ८५ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ २८ पैसा र बिक्री दर ३१ रूपैयाँ ४२ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ५५ पैसा र बिक्रीदर नौ रूपैयाँ ५९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ०६ पैसा र बिक्रीदर ३७ रूपैयाँ २२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ १३ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३० पैसा कायम भएको छ ।

 

प्रकाशित मितिः बुधबार, २३ माघ २०८१
https://jawaaf.com/storage/01JK8TJ2J2DCB0W3SY3YSZJN22.jpg

केएफटिसि झापालाई पराजित गर्दै एनआरटी काठमाडौ सेमिफाइनलमा

धरान । धरानमा जारी २५ औ बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा एनआरटी  काठमाडौँ प्रवेश गरेको छ । मंगलबार धरान रङ्गशालामा भएको एनआरटी  र केएफटिसि  झापा बिचको  खेलमा ३-१ गोलले पराजित गर्दै एनआरटी सेमिफाइनल प्रवेश गरेको हो । 

खेलको पहिलो हाल्फमा दुबै तर्फ बाट गोल हुन सकेन । खेलको ४८ औँ मिनेटमा एनआरटीका शिशिर लेखिले गोल गर्दै  टिमलाई अग्रता दिलाए। खेलको ६० औँ मिनेटमा एनआरटीका कप्तान सरोज घिसिङले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए भने ७९ औ मिनेटमा रोहन खड्गिले तेस्रो गोल गरे । झापाको लागि रोबर्ट कोङ्जोले सान्त्वना गोल गरे । 

खेलको म्यान अफ दि म्याच एनआरटिका शिशिर लेखी बने । उनले १० हजार नगद चेक सहित ट्रफी हात पारे ।

IMG_5914.gif 58.17 KB

आजको बिजेता एनअरटीले युके एफ.सि संग सेमिफाइनल खेल खेल्नेछ । भोलि आरटिसी भुटान र चर्च ब्वाइज युनाइटेड काठमाडौबिच पहिलो सेमिफाइनलको खेल दिउसो ३ बजेदेखि हुने आयोजकले जानकारी दिएको छ  ।

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK8F7V43R0CMHRT4X2Y1YH1P.avif

कोशीका अढाई लाख बढी किशोरीलाई एचपीभी लगाँईदै, मुख्यमन्त्रीले गरे सुरुवात

इटहरी । देशव्यापी रूपमा सुरु भएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप कोशी प्रदेशका अढाई लाख बढी किशोरीहरूलाई लगाइने भएको छ ।

अभियान अन्तर्गत कोशी प्रदेशका २ लाख ६५ हजार ९ सय १८ जना ६ कक्षा देखि १० कक्षामा अध्ययनरत तथा १० वर्षदेखि १४ वर्षसम्मका किशोरीलाई खोप दिने कार्यक्रम रहेको प्रदेशको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

PATHIVARA_DHARAN.gif 58.17 KB

स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका कोशीका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले सरकारको अभियानलाई सफल बनाउन नागरिकलाई अपिल गरेका छन् ।

अभियानको कोशी प्रदेशमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मंगलबार एक कार्यक्रमका बिच शुभारम्भ गरेका छन् । सुनसरीको बर्जु गाउँपालिका स्थित राम सीता माध्यमिक विद्यालय खोप केन्द्रबाट कार्कीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन् ।

AS.gif 486.54 KB

अभियानको शुभारम्भ गर्द मुख्यमन्त्री कार्कीले सरकारले सीमित साधन स्रोतबाट नागरिकको जीवन रक्षाका लागि खोप कार्यक्रम सञ्चालन गरिरहेकोले यसबाट भरपुर फाइदा लिन आग्रह गरेका छन् । एचपीभी खोप आगामी वर्षदेखि नियमित खोपमा समावेश हुने भएकाले यस पटकको खोप अभियानलाई पूर्ण सफल बनाउन उनको आग्रह छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK86PTT93GD0R9XA0Q194C1V.avif

बेनी पुगेर प्रचण्डले भने : गल्ती भएकै हो, अब सच्याउँछौँ

म्याग्दी । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई आफ्नै वर्ग र समुदायतर्फ फर्काएर जनताको सेवामा जुट्ने अभियान सुरु गरिएको बताएका छन् । माओवादी केन्द्र म्याग्दीले मंगलबार बेनीमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले नेपालको राजनीतिक परिवर्तनमार्फत जनतालाई अधिकार सम्पन्न बनाउन माओवादीले निर्णायक र ऐतिहासिक आन्दोलनको अगुवाइ गरे पनि पछिल्लो समय पार्टीले केही त्रुटि गरेको स्वीकार गरे । 

उनले भने, ‘हामीले पार्टी एकता कायम राख्न सकेनौँ, आफ्नो वर्ग र समुदायबाट केही टाढा हुनपुग्यौँ । म अन्तर आत्माका साथ भन्न चाहन्छु, गल्ती भएकै हो । अब फेरि आफ्नै वर्ग र समुदायमा फर्कने सङ्कल्पका साथ अघि बढेका छौँ ।’

यस्तै, उनले पार्टीले के के राम्रा काम गर्यो, कहाँ चुकियो र अब के गर्छ भनेर खुलस्तरुपमा जनताको बीचमा जाने अभियान सुरु गरिएको उल्लेख गर्दै अब फेरि पनि जनताको तागतका साथ अघि बढ्ने बताए । 

उनले भने, ‘हिजो क्रान्तिको बेलामा जंगलमा होइन जनताको काखमा थियौँ बरु पछि गएर दलाल र बिचौलियाको घेरामा पर्दा जंगलमा फसेजस्तो भयो । फेरि अब हामीले त्यो घेरा तोडेका छौं । अब जनतासँगै रहेर सुशासन, सामाजिक न्याय र समृद्धिको एजेन्डाका साथ अघि बढ्ने छौं । अहिले प्राप्त भएको चेतना र जिम्मेवारीबोध अनि २०६४ को जनमतबिच तालमेल हुने हो भने देशलाई नयाँ ठाउँमा उठाइनेछ । ०८४ मा ६४ भन्दा राम्रो जनमत प्राप्त गर्ने हो भने देशबाट भ्रष्टाचारको जरोकिलो उखेलेर फालिने छ । म अहिले यही अपिलका साथ देशव्यापी अभियानमा हिँडेको छु र अब चाँडै सिंगो पार्टीपंक्ति देशव्यापी अभियानमा जुट्ने छ ।’ 

PATHIVARA_DHARAN.gif 58.17 KB

आफूले तेस्रो पटक सरकारको नेतृत्व गर्दा भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा ऐतिहासिक अभियानको सुरुवात गरेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सेटिङमा देश चलाउनेहरूका विरुद्ध धावा बोलिएको बताए । 

आफू चीन भ्रमणमा गएको बेलामा परम्परागत आठवटा नाका खोल्ने समझदारीमा हस्ताक्षर गरिएको र यसले उत्तरी छिमेकीसँगको आवागमन थप सहज बन्ने प्रक्रियाको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले त्यसकारणमा आफूले चीनसँग पनि विद्युत् व्यापारको बाटो खोल्ने समझदारीमा हस्ताक्षर गरेको स्मरण गराए ।

उनले आफ्नो नेतृत्वको सरकारले राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा गरेका यी ऐतिहासिक कामबाट तर्सेर नै भ्रष्टाचारी, बिचौलिया र दलालहरूले सरकार ढालेको नेपाली जनताले छोटै अवधिमा स्पष्टसँग बुझेको बताए । 

उनले भने, ‘संविधान मिच्न, भ्रष्टाचारीलाई जोगाउन, जनतामाथि निरंकुशता लाद्न र सुशासन विरोधी अभियान अवरुद्ध पार्न नै यो सरकार बनेको हो भन्ने अब घामजस्तै स्पष्ट भइसकेको छ ।’ 

Bantawa Hardware.gif 828.52 KB

आफूले पहिलो कार्यकालमा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन गरिएको, गरिब किसानलाई ऋणमुक्त गरिएको र मध्यपहाडी लोकमार्गलगायत महत्वपूर्ण पूर्वाधारको थालनी गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दोस्रो पटक प्रधानमन्त्री भएको बेलामा १८ घण्टासम्मको लोडसेडिङ अन्त्य गरेको स्मरण गराए । 

यसको साथै, उनले माओवादीले जनताको बलमा सरकार सञ्चालन गर्ने अवसर पाउँदा नमुना काम गर्ने गरेको उल्लेख गर्दै देशभरिका स्थानीय तहमा २५ उत्कृष्ट पालिकामध्ये पहिलो, दोस्रो र तेस्रो स्थानसहित ११ वटा माओवादीले नेतृत्व गरेका पालिका आएको बताए । 

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK856AF55MACSXX5X2C3NC1G.png

नेपाल टेलिकमको प्रभाव घटेजस्तो लाग्यो, व्यवस्थित गर्न जरुरी : मन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको बताएका छन् । मंगलबार काठमाडौँमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने बताए । 

उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्था ऐन, कानूनबाट के समस्या भएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ । त्यसको प्रतिवेदन आइसकेको छैन् । समितिले देखाएको कुराहरूको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरूलाई व्यवस्थित गर्ने काम यो वर्ष गर्छौ ।’

यसको साथै, उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमा संस्थाको प्रभाव घटेको पनि बताए । 

उनले भने, ‘संस्थाको जुन खालको गौरवशाली इतिहास छ र अहिले पनि राम्रो काम गरिरहेको छ । तर चुनौतीहरू धेरै बढिरहेका छन् । प्रतिस्पर्धा धेरै छ । त्यसकारण संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ । उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो की अथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो । त्यसमा समीक्षा गर्नुपर्ने अवस्था आएको छ । अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौ भने पछि पछुताउनुपर्छ ।’

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK8402YQPXKTJE07KG1C6CP4.avif

बेलायती राजकुमार दम्पतीले राष्ट्रपतिलाई भेट्दै

काठमाडौँ । नेपाल भ्रमणमा आइपुगेका बेलायती राजकुमार दम्पती एक सातासम्म नेपालमा रहने भएका छन् । मंगलबार बिहान काठमाडौँ उत्रिएका बेलायती रानी एलिजाबेथ द्वितीयाका कान्छा सन्तान अर्थात् वर्तमान राजा चाल्र्स तृतीयाका कान्छा भाइ राजकुमार एडवार्ड र राजकुमारी सोफिया राष्ट्रपति रामचन्द्र पौडेलसँग विशेष भेट गर्ने कार्यक्रम रहेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै लइनचौरस्थित बेलायती दूतावास गएका थिए । उनीहरूले आज दिउसो नै शीतल निवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेललाई भेट गर्ने कार्य तालिका रहेको नेपालस्थित बेलायती दूतावासले जनाएको छ ।

६ दिनको नेपाल बसाइका क्रममा उनीहरू पोखराको ब्रिटिस गोर्खा क्याम्पमा आयोजना हुने एक विशेष समारोहमा सहभागी हुने तर अन्य स्थानको भ्रमणबारे टुंगो लागिनसकेको दूतावासले जनाएको छ । उनीहरू २७ गते साँझ स्वदेश फर्किने तालिका छ । 

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१