धरानबाट दुई जना बन्दकर्ता पक्राउ
धरान । मुकुम्लुङको केवलकार खारेजीको माग गर्दै बन्द गर्दै हिँडेका दुइजना बन्द कर्तालाई पक्राउ गरिएको छ । आइतवार धरानमा बन्द गर्ने क्रममा सुमन चेमजोङ र दिवाश राई दुई जना युवालाई धरान इलाका प्रहरीले पक्राउ गरेको मिलन बान्तावा राईले जानकारी गराएका छन ।
बन्दलाई असफल बनाउने प्रशासनले प्रयास गरेको तर हामी आफ्नो आन्दोलनलाई निरन्तर राख्ने समेत उनले बताएका छन । केवलकार परियोजना फिर्ता गरे मात्र आन्दोलन स्थगन गर्ने उनिहरूको अडान रहेको छ । भोलिसम्म बन्द यथावत् हुनेछ सरकार पक्षबाट सुनुवाइ नभए अनिश्चिततकालिन आमहड्ताल हुने समेत उनिहरूले चेतावनी दिएका छन ।
कस्तो छ केवलकार विवादले निम्त्याएको १ न. प्रदेश बन्दको प्रभाव ?
इटहरी । केवलकार खारेजी सङ्घर्षरत समूह, मुक्कुमलुङ संरक्षण संस्थाका साथै विभिन्न राजनीतिक दहरूको आह्वानमा भएको बन्दको प्रभाव १ न. प्रदेशमा देखिएको छ । आइतवार र सोमवार घोषणा गरिएको बन्दको प्रभावका कारण जनजीवन समेत प्रभावित बनेको छ ।
बन्दले खासगरि यातायातका क्षेत्रमा प्रभाव परेको देखिन्छ । सङ्घर्ष समितिका आन्दोलनकारीहरू सडकमा निस्किएर केवलकार चाहिँदैन, मुकुलुङको संरक्षण गर, सरकारी दमन अन्त्य गर लगाएतका नारा लगाइरहेका छन् ।
केवलकार निर्माणका विपक्षमा केवलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति किराँत राई यायोक्खा र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघ-संस्था आन्दोलनमा उत्रिएका हुन् ।
जसअनुसार सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र संखुवासभामा आज र भोलि बन्दको घोषणा गरिएको हो । त्यसपछि पनि मागको सँबोधन नभए अनिश्चितकालिन आमहड्तालको समेत घोषणा गरिएको छ ।
यता कोशी प्रदेश प्रहरी कार्यालयले भने अप्रिय घटना नहोस् भन्ने हेतुका साथ सुरक्षाकर्मी तैनाथ पारिएको अवस्था रहेको जनाएको छ । कार्यालयका प्रवक्ता समेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालले सबै स्थानमा सुरक्षा तैनाथी बढाइएको बताए ।
प्रहरीका अनुसार कोशी प्रदेशको पश्चिमी जिल्ला उदयपुर, खोटाङ, ओखलढुङ्गा, सोलुखुम्बु तर्फ यातायात सञ्चालन भए पनि १ न. प्रदेशका पूर्वी जिल्लाहरूमा सवारी सञ्चालनमा अवरोध भइरहेको अवस्था रहेको छ । जहाँ प्रहरीले सहजीकरण गरिरहेको अवस्था छ ।
यता केवलकार खारेजी समितिका संयोजक खगेन्द्र लिम्बु केवलकार बनाउँदा स्थानीय संस्कृति सभ्यता र वातावरण विनाश हुने बताउँछन् । ‘नेपालको संविधान अनुसार जसरी त्यहाँ काम भइरहेको छ । यसले उग्ररुप लियो भने राज्य आन्दोलन त हुन्छ नै’ उनले भने । पाथीभरामा केवलकार कुनै हालतमा बन्न दिइँदैन ।’
पाथीभरा केवलकार कम्पनीले निर्माण प्रक्रिया सुरु गरेदेखि नै धार्मिक सम्पदालाई व्यापारिक केन्द्र बनाउन नहुने पक्षमा विरोध हुँदै आएको र केवलकार बनाउँदा स्थानीय संस्कृति, सभ्यता र वातावरण विनाश हुने उनले बताए ।
त्रिकोणात्मक सिरिजमा आज नेपाल र नेदरल्याण्ड्स खेल्दै
काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ ।
यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो । नेपाल अझै पनि पहिलो जितको खोजीमा छ । नेदरल्याण्ड्स भने दोस्रो जितको खोजीमा छ । सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् ।
जसपा नेपालको दोस्रो दिनको बैठकमा अध्यक्ष यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको दोस्रो दिनको बैठकमा अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि छलफल हुने भएको छ ।आजको बैठकमा बाँकी केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले अध्यक्ष उपेन्द्र यादवद्वारा प्रस्तुत एजेन्डामाथि आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।
बैठकमा जसपा नेपालले गत भदौ महिनादेखि सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियान’ को समीक्षालाई मुख्य एजेन्डा बनाएको छ ।
त्यस्तै सरकारले ल्याएको अध्यादेश, मधेस केन्द्रित दलहरू बीचको मोर्चा, नो केवलकार आन्दोलनलगायतका वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्य योजना लगायतका एजेन्डामा बैठक केन्द्रित रहेको बस्नेतले बताएका छन् ।
आज विश्व सिमसार दिवस मनाइँदै
काठमाडौं । ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ आज विश्व सिमसार दिवस मनाइँदैछ । सन् १९७१ मा क्यास्पियन समुद्रको किनारमा रहेको इरानको सहर रामसारमा आयोजित अन्तर्राष्ट्रिय महत्वको सिमसारसम्बन्धी महासन्धिको अङ्गीकार गरिएको दिनको सम्झनामा दिवस मनाउन लागिएको हो ।
तीव्र गतिमा भइरहेको सिमसार क्षेत्रको ह्रास रोक्नका लागि जनचेतना बढाउने तथा सिमसार क्षेत्रको संरक्षण र पुनःस्थापनाको प्रवर्धन गर्ने उद्देश्यले यो दिवस मनाइँदै आइएको छ ।
संयुक्त राष्ट्रसङ्घले सन् २०२१ अगष्ट ३० मा प्रत्येक वर्षको फेब्रुअरी २ मा विश्वभर सिमसार दिवस मनाउने निर्णय गरेको थियो ।
संरक्षित क्षेत्रको घोषणा, प्रभावकारी नीतिको कार्यान्वयन र ज्ञान आदानप्रदानमार्फत उक्त महासन्धिले राष्ट्रहरूलाई आफ्ना जलाधार क्षेत्रहरूको संरक्षण र दिगो उपयोगका लागि आवश्यक कदम उठाउन सक्षम बनाउने उद्देश्यले दिवस मनाइने गरिएको छ ।
कुल एक सय ७२ राष्ट्रले अङ्गीकार गरेको यस महासन्धिमा सहभागी हुने देशले अन्तर्राष्ट्रिय महत्वका सिमसार क्षेत्रको सूची (रामसार क्षेत्र)मा कम्तीमा एउटा जलाधार समावेश गर्नैपर्ने नियम छ।
हाल नेपालको कोशी टप्पु वन्यजन्तु आरक्ष, राराताल, माईपोखरी, फोक्सुण्डो ताल, बिसहजारी ताल, घोडाघोडी ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल, जगदीशपुर जलासय र पोखरा उपत्यका तथा त्यस क्षेत्रका नौवटा तालको समूह रामसार सूचीमा समावेश छन् ।
आइतबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८८ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १४३ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४४ रुपैयाँ १० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७१ रुपैयाँ ६० पैसा र बिक्रीदर १७२ रुपैयाँ ३४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैयाँ ०९ पैसा , युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकिएको छ ।
जसपाको वडा समिति पुनर्गठन, अध्यक्षमा हिरा बहादुर
धरान । जनता समाजवादी पार्टी धरान उप-महानगर वडा न.१७ समिति को पुनर्गठन भएको छ । समितिको अध्यक्षमा हिरा बहादुर राई चयनभएका छन ।
शनिवार धरान वडा न.१७ रेल्वेमा मा भएको पार्टी को भेला तथा पुनर्गठन कार्यक्रमले अध्यक्ष राई सहित १५ सदस्यीय वाड समिति बनाइएको हो । अध्यक्ष हिरा बहादुर राई,उपाध्यक्ष समीर राई,सचिव नवराज खनाल,कोषाध्यक्ष राज कुमार राई,सदस्य आदेस चम्रकार,कर्ण बहादुर राई,प्रताप राई,प्रकाश राई,बलाराम तामाङ,रमेश राई,सिवन राई,मनिका राई,हिरा माया खड्का,अमर लिम्बू,भिम तिरुवा रहेका छन ।
जसपा धरान नगर समिति अध्यक्ष नगेन्द्र पारघरी र्लिम्बू प्रमुख अतिथि रहेको उत्त कार्यक्रममा किरात राष्ट्रिय समिति सदस्य सिता राई,जसपा धरान नगर सचिव सम्भु पृथक् राई, सह-सचिव रन्जित राई,कोषाध्यक्ष केदार राई,कार्यकारिणी सदस्य कौशिला चेम्जोङ्ग,मजदुर नेता चन्द्र सोताङ लगायतको उपस्थिति रहेको थियो ।
बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु
धरान ।२५ औं संस्करणको वुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिता आज शनिबार देखि सुरु भएको छ ।
८ टिमको सहभागिता रहेको नकआउट प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् कोशी प्रदेशका सदस्य सचिव कृष्ण बस्नेतले उद्घाटन गरेका थिए ।
प्रतियोगिताको उद्घाटन खेलमा ए डिभिजन च्याम्पियन चर्च ब्वाइज विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा भएको खेलमा चर्च ब्वाइजले विभागीय क्लब नेपाल पुलिसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
खराब प्रकाशका कारण ८० मिनेटको निर्धारित समय तोकिएकोमा पहिलो हाफ भने गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफको दोस्रो मिनेटमा चर्च ब्वाइजका सन्तोष खत्रीले डि बक्सबाहिरबाट शानदार प्रहार गर्दै गोल गरेका थिए । सोही गोल नै चर्च ब्वाइजलाई सेमिफाइनलमा पु¥याउन पर्याप्त रह्यो ।
आजको विजेता चर्च ब्वाइजले सोमबार हुने राष्ट्रिय जागृति क्लब र भुटानको टिमबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ । आइतबार भने धरान फुटबल क्लब र भारतको युके एफसी आमने सामने हुने छन् ।
उपाधि विजेता टिमले १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । उत्कृष्ट खेलाडीले १ लाख पाउनेछन् । म्यान अफ दीम्याचले १५ हजार, सर्वाधिक गोलकर्ताले ३५ हजार तथा विधागत उत्कृष्टले जनही २५ हजार पुरस्कार पाउनेछन् ।
विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक छ : कुलमान घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालको अर्थतन्त्रको लागि विद्युतीय गाडिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । शनिवार एबी मोटर्स ओमडाको शोरूम उद्घाटन कार्यक्रममा बोल्दै उनले विद्युतीय गाडि हरेक क्षेत्रका लागि फाइदा जनक रहेको बताएका हुन् ।
उनले भने, ‘विद्युतीय समानहरूको जुन प्रवर्धन भैइहरहेको छ यसमा मलाई अत्यन्त खुसी लाग्ने गर्दछ । अब विद्युतीय गाडि नै किन भन्दा नेपालको अर्थतन्त्रको लागि महत्वपूर्ण भूमिका छ । जसले विद्युतीय गाडि प्रयोग गर्नुहुन्छ उहाँको फाईदाको लागि पनि सबैभन्दा महत्वपूर्ण छ । अर्थतन्त्रको हिसाबले विद्युतीय गाडि एकदमै फाइदाजनक छ ।’
साथै, उनले पेट्रोल डिजेलको हाहाकार भएको अवस्थामा पनि हामीसँग विद्युतीय गाडि हुँदा पेट्रोल डिजेलको पर निर्भरता घट्ने बताए । उनले हाम्रो जीवनशैली नै इलेक्ट्रिकल सिस्टममा रूपान्तरण गर्नुपर्ने बताए ।
‘सबैको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सकिन्’
पोखरा । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले समाजका सबै वर्ग र समुदायको सहयोगबिना अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न नसक्ने बताएका छन् ।
शनिवार पोखरामा सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १८ औं साधारण सभा एवं १० औँ अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल प्रहरीको प्राथमिक जिम्मेवारी भएपनि समुदाय र नागरिकहरूको सहकार्यबिना यो सब सम्भव नभएको बताए ।
उनले भने, ‘शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धान नेपाल प्रहरीको प्राथमिक जिम्मेवारीको क्षेत्र हो । यो जिम्मेवारी समुदाय र नागरिकहरूको सहयोग र सहकार्यबिना प्रहरीको एकल प्रयासले मात्र सम्भव हुदैँन् । त्यसकारण समाजका सबै वर्ग क्षेत्र र समुदायको रचनात्मक सहयोग र सहकार्य भएमा मात्र अपराधरहित न्यायपूर्ण समाजको निर्माण गर्न सफल हुनेछौ ।’
यसको साथै, उनले अपराध, लागू औषध दुर्व्यसन र यौनजन्य हिंसाका बारेमा सचेतना जगाउने खालको पाठ्यक्रमनै तर्जुमा गर्ने हो भने अपराधका घटनाहरु कम हुने पनि बताए ।
उनले भने, ‘विद्यार्थीहरूलाई अपराधिक क्रियाकलाप र कुलतमा फस्न नदिन पाठ्यक्रमनै तर्जुमा गरि अपराध, लागु औषध दुर्व्यसन र यौनजन्य हिंसाका बारेमा सचेतना जगाउने तर्फ हामी लागेका छौ । करिब १ सय ७५ वटा स्थानीय सरकारहरूले यो कुरालाई पाठ्यक्रममा समावेश गरेको छ ।’










