सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JK7W4XNXN5WG234CV1KJMZWS.avif

प्रेस चौतारी नेपाल २७ औ वर्षमा प्रवेश, मैत्रीपूर्ण फुटसल खेलेर उत्सव मनाए

धरान । प्रेस चौतारी नेपाल २७ औ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा प्रेस चौतारी नेपाल सुनसरीले मैत्रीपूर्ण फुटसल खेलको आयोजना गरी मनाएको छ । 

आज आयोजित फुटसल खेल धरान १८ को बुढासुब्बा फुटसलमा भएको हो । आयोजक प्रेस चौतारी नेपाल सुनसरी र उद्योग वाणिज्य संघ धरान बिच भएको खेलमा ७-५ को अन्तरले उद्योग वाणिज्य संघले जित हासिल गरेको छ । 

Bantawa Hardware.gif 828.52 KB

कार्यक्रमका प्रमुख अतिथि नेकपा (एमाले) का केन्द्रीय सदस्य मन्जु भण्डारी ले २७ औ वार्षिक उत्सवको केक काटेर कार्यक्रमलाई उद्घाटन गरेकी थिइन । उनले चौतारी नेपाल २७ औ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना समेत दिएकी छिन । नेपालको व्यवस्था परिवर्तनको लागि पत्रकारहरूले खेलेको भूमिका अहम् रहेको आउदो दिनहरूमा पनि यो व्यवस्थाको विकाश उन्नति र न्यायको लागि भूमिका निरन्तर राख्न उनले अनुरोध गरिन ।

Pathivara.gif 82.25 KB

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य देवेन्द्र कार्की, प्रदेश सभा सदस्य विजय राई,रमेश बस्नेत, नेकपा (एमाले) प्रदेश प्रचार तथा प्रकाशन विभाग उपप्रमुख भिम ज्वला राई, पूर्व सांसद जय कुमार राई,नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष सन्तोष काफ्ले लगायतको उपस्थितिरहेको थियो । 

कार्यक्रमको अध्यक्षता प्रेस चौतारी नेपाल सुनसरी जिल्ला अध्यक्ष विकास चाम्लिङ राईले गरेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK7M212PHR6SX2E7CN7YMV6B.avif

‘सारंग’ फिल्ममा अभिनय गरेपछि श्रीमानसँग ठूलो स्वर गर्नै छाडेँ : ऋचा शर्मा

ऋचा शर्मा बौद्धिक र अध्ययनशील नायिकाको सूचीमा पर्छिन् । सिर्जनात्मक र सामाजिक क्षेत्रमा उनको विशेष रुचि छ । पछिल्लो समय उनका आधा दर्शन फिल्म लाइनमा छन् । उनको मुख्य भूमिका रहेको फिल्म सारंग यही माघ २५ गतेबाट हलमा आउँदैछ । नेपाली सिने उद्योग, सामाजिक एवं राजनीतिक मुद्दा र आउन लागेको फिल्मका विषयमा सम्बन्धित रहेर प्रमिला कार्कीसंग  गर्नुभएको कुराकानी ।

हिजोआज के काममा व्यस्त हुनुहुन्छ ?

फिल्म ‘सारंग’को प्रमोसन गरिरहेका छौ । सारंग सिनेमा यही माघ २५ गते रिलिज हुदैँछ । अभिभावक र बच्चाहरूले हेर्नैपर्ने सिनेमा बनेको छ । मन छुने सिनेमा बनाएका छौँ । सिनेमा घरसम्म गइदिनुहोला भनेर प्रमोसन गरिरहेको छु । 

कलाकारिता क्षेत्रमा कसरी आउनुभयो ?

यस क्षेत्रमा आउनुको बेग्लै कथा छ । लामो संघर्षहरूपछि सिने क्षेत्रमा आएको हुँ । आफैँले प्रयास गरेर एक–एक स्टेप चढ्दै, गीतको म्युजिक भिडियोमा अभिनय वा नाच्दै यतातिर आएको हुँ । मिस नेपालमा आइसकेपछि भने सिनेमामा अभिनय गर्न थालेको हुँ ।

माघ २५ गतेदेखि हजुरले अभिनय गर्नुभएको फिल्म सारंग प्रदर्शनमा आउँदै छ । फिल्मले के सन्देश दिन खोजेको छ ?

यो फिल्म तीनवटा स्पेसल शोहरू गरिरहेका छौँ । धरानमा एउटा च्यारिटी शो गयौँ दुईवटा स्कुलका प्रिन्सिपल, शिक्षक, अभिभावकहरू, एनजीओका व्यक्ति र केही साथीहरूलाई पनि फिल्म देखायौँ । उहाँहरूको प्रतिक्रिया लिने काम गर्यौं । उहाँहरूले एकदमै धेरै मन पराउनुभयो । किनभने सिनेमामा बच्चाहरूले जादु नै गरेका छन् । 

उनीहरूको अभिनय, बुझेका कुरा जसरी पर्दामा देखाएका छन् एकदमै मन छुने बनेको छ । फिल्ममा एकदमै पारिवारिक कथा समेटिएको छ । अहिलेको जल्दोबल्दो कथा, श्रीमान–श्रीमतीबिच हुने झगडाले बच्चाहरूलाई कस्तो मानसिक असर पारिरहेको छ भन्ने कुरा सिनेमाले बोलेको छ । 

त्यो बाहेक सानो छँदा साथी बनाउने अर्थात् को र कस्तो साथी बनाउने, कुन जातको हो त्यसले केही फरक पर्दैन् थियो । तर अहिले धेरै सोच्छौ, धेरै स्वार्थी भएका छौ । त्यही भएर सोचेर मात्र साथी बनाउँछौँ । सानो बेलामा साथी भए पुग्ने, उसको लागि जे नि गर्ने हुन्थ्यो । यही बारेमा पनि सिनेमाले बोलेको छ । यसलाई अभिभावकहरूले धेरै नै मन पराउनु हुनेछ, हामीलाई धन्यवाद दिनु हुनेछ ।

फिल्ममा तपाईको भूमिका के कस्तो छ ?

यसमा मेरो भूमिका एक श्रीमती र एउटा आमाको छ । श्रीमान् सँगको झगडाले उसको मानसिकता कस्तो हुन्छ । उसले जीवनमा के चाहन्छ र घरलाई कसरी मिलाउन खोजीरहेको छ भन्ने कुरा फिल्ममा रहेको भूमिकाले भनिरहेको छ । यसका साथै सम्बन्धविच्छेद भन्ने कुराले महिलाहरूलाई कति असर पारिरहेको छ भन्ने कुरा फिल्मले बोलेको छ । बाहिरको काम पनि नगर्ने, घरमै बस्ने साथै मानसिक तनावमा गुज्रिरहेका महिलाहरूसँग फिल्म धेरै नै सम्बन्धित छ । 

खासमा फिल्मको स्क्रिप्ट राम्ररी अध्ययन गरेर नै अभिनयका लागि साइन गर्नुभएको हो ?

निर्देशक प्रशान्त तामाङले मेरै लागि लेखेको भनेर स्क्रिप्ट लिएर आउनु भएछ । त्यो भन्ने बित्तिकै एक प्रकारमा सम्मान भएको अनुभूति भयो । सुरुमा स्क्रिप्ट पढ्दा त्यति राम्रो थिएन, कति कुराहरू मिस भएको जस्तो थियो । त्यसपछि त्यसलाई सुधार गर्नुपर्छ भनेर बस्यौँ । धेरै कुरामा सल्लाह भयो, अरू कलाकारसँग पनि सबैले छलफल गर्यौं । प्रशान्तको भिजन भने क्लियर थियो, एकदम सामान्य र इनोसेन्ट फिल्म बनाउन चाहनुहुन्थ्यो । 

बच्चाहरुसँग प्रशान्तको एकदमै लगाव छ । विगत १०–१५ वर्षदेखि डान्स टिचर भएको मान्छेले बनाउन खोजेको फिल्म एकदमै मिठास लाग्यो । सिनेमा खिच्दै जाँदा राम्रो हुन्छ जस्तो लागेको थियो । तर जब सिनेमा पूर्ण रूपले हेरें त्यसपछि एकदमै उत्कृष्ट लाग्यो । 

नयाँ निर्देशकसँग काम गर्दा कस्तो अनुभव रहयो ?

एकदमै रमाइलो रह्यो । नयाँ निर्देशकसँग काम गर्न एकदमै मनपर्छ । किनभने नयाँहरूमा एकदमै मेहेनत गर्ने र उर्जा हुन्छ । म केही गर्छु भन्ने र आफूलाई साबित गर्नुपर्छ भन्ने खालको भावना हुन्छ । पछि सिक्दै गएपछि यस्ता कुराहरूलाई सामान्य लिनेपनि देखेका छौ । तर प्रशान्तमा एकदमै सकारात्मक उर्जा थियो । यही कारणले मैले सक्दो यसलाई सपोर्ट गरेको हो । 

फिल्ममा वाल मनोविज्ञानको कथा देखाइएको छ भन्नुभयो । तपाई यतिबेला आमा बनिसक्नु भएको छ । फिल्ममा अभिनय गर्दागर्दी कस्तो अनुभव गरिरहनु भएको छ ?

फिल्म गर्ने बेला मेरो बाबु सानै थियो । तपाईहरूले फिल्म हेर्नु नै हुन्छ होला, त्यो बेला म मोटी थिए, सुत्केरी नै थिए । बच्चा काखे हुने बेलासम्म पनि तपाईले कति कुराहरू ध्यान दिनुहुन्न, जस्तै म र मेरो श्रीमानबिच कुनै कुरा मिलेन भने ठूलो ठूलो स्वर गर्ने गरेका थियौँ । तर सारंग अभिनय गरिसकेपछि त्यो कुरा मैँले बन्द गरेको छु । मैले त्यो फिल्मबाट सिकेको कुरा भनेको नै बच्चाहरूको अगाडि झगडा गर्नु हुदैँन् भन्ने हो । बच्चाहरूलाई त्यो खालका व्यवहार र बोली सुन्न दिनु हुदैँन् भन्ने मैले सिक लिएर गएको छु । 

हजुरले भनिहाल्नुभयो स्क्रिप्ट लेख्दा नै हजुरको लागि लेखेको थियो भनेर । फिल्म प्रदर्शनमा आउनै बाँकी छ । यसको मूल्याङ्कन पक्कै हुनेछ । हजुर आफैँलाई चाही आफ्नो अभिनयले कत्तिको न्याय गरेको जस्तो लाग्छ ?

एउटा अपेक्षा हुन्छ । सिनेमामा म छु भने यो मान्छेले त गरिहाल्छ भन्ने खालको अपेक्षा हुने रहेछ । तर प्रशान्तले तपाईलाई केही पनि थाहा छैन् भन्ने खालको बनाएर एकदमै जिरोमा ल्याएर काम गराएको छ । सिनेमा त सहयोगी कलाकार जस्तो मात्र हो ।सम्राट् र आदित्य चाहिँ मुख्य हिरोहरू हुन् । फिल्मको मुख्य कलाकार भनेको उनीहरू नै हुन् । सिनेमाभरी उहाँहरूलाई देख्नुहुनेछ । सिनेमामा पात्र आएपछि कस्तो हुन्छ भने कि तपाईले भोगेको, कि देखेको, कि सुनेको कुरा हुनुपर्छ । मेरो तर्फबाट दुई सय प्रतिशत नै प्रयास गर्छु र गरेको छु । जति जनाले सिनेमा हेर्नु भएको छ, उहाँहरूले मन पनि पराउनुभएको छ । फिल्ममा खासमा मैले खेलेको भूमिका मन पराउने भन्दा पनि मन नपराउने खालको छ । एकदमै किचकिचे स्वभावको छ । यसमा दर्शकहरूलाई पनि रिस उठ्ने मन नपर्ने भयो भने त्यो नै सफलता हो । 

फिल्मको भिलेनलाई देखेर रिस उठ्नु भनेको उसले राम्रो काम गरेको हो । यो फिल्ममा यस्तै छ । मैले आफ्नो तर्फबाट सक्दो गरेको छु । सबैभन्दा ठूलो कुरा भनेको निर्देशकले कति देखाउन सक्नुभयो भन्ने हो ।

उक्त भूमिका निर्वाह गर्न चाही कत्तिको सहज या अप्ठ्यारो भयो ?

फिल्ममा त्यति गाह्रो भएन् । तर एउटा सिनमा भने गाह्रो भएको थियो । दर्शकहरूले पनि रुचाउनु हुदैँन् जस्तो लाग्छ । एउटा बच्चालाई पिटेको सिन छ । त्यो सिन गर्नको लागि मलाई एकदमै अप्ठ्यारो भयो । सिनेमामा एउटा कुरा धेरै पटक गर्नु पर्ने हुन्छ । धेरै सट चाहिन्छ । त्यही कुरा धेरै पटक गर्दा त मान्छेलाई दुख्छ नि । हानेको जस्तो मात्र गरौँ भने त्यो देखाएको जस्तो देखिएला । तर त्यो एउटा सिन एकदमै गाह्रो किसिमको थियो ।

यतिबेला तपाईँका कतिवटा फिल्म पाइपलाइनमा छन् ?

रिलिजको क्रममा पहिलो सारंग हो । यही माघ २५ गते हल आउँछ । त्यसपछि चैत्र १ गते ‘राजागन्ज’ प्रदर्शनमा आउने तयारी छ । त्यसपछि दिपेन्द्र खनालसँग सानो सहकार्य गर्न पाएँ ‘मेयर’ भन्ने फिल्ममा त्यो सायद वैशाखमा रिलिज हुने कुरा छ । त्यसपछि ‘कोशेढुङ्गा’ भर्खरै साइन गरें । यो भने भदौ, असोजतिर आउँछ होला । अहिले ‘बलिदान’ सुट भइरहेको छ । यसको अझै काम बाँकी छ । त्यसपछि ‘बिमान’ भन्ने फिल्म सकाएको छु । 

अहिले सामाजिक सञ्जालमार्फत भाइरल हुने ट्रेन्ट चलेको छ । त्यस्ता केही भिडियो र गीतहरू राख्ने गरिएको छ जसले वाल मनोविज्ञानमा कस्तो असर परिरहेको छ कलाकारको नजरबाट कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

सकारात्मक प्रतिक्रिया मात्र आउँछ भनेर सामाजिक सञ्जालमा बस्दै नबस्न सुझाव दिन्छु । त्यसले एकदमै हानी गर्छ । मानसिक रुपमा विछिप्त नै बनाउँछ । यदी नकारात्मक टिप्पणी लिन सक्नुहुन्न भने सामाजिक सञ्जाल तपाईका लागि होइन् । तर म आफ्नो इच्छा गर्छु, मेरो बच्चालाई एक्सपोज गर्छु अथवा बलियो सोच बनाएर सामाजिक सञ्जालको प्रयोग गर्छुभन्ने लाग्छ भने ठिकै छ । अहिले टिकटकको अफिस नै खुल्यो नेपालमा । नकारात्मक कुराहरू फिल्टर भएको देखिन्छ । तर धेरै नै फिल्टर गर्न चाँही बाँकी छ । कुनै समुदाय विरुद्ध वा अपशब्द बोल्यो भने तुरुन्तै भिडयो डिलिट हुन्छ । त्यो चाही राम्रो कुरा हो । तर पनि सामाजिक सञ्जालमा धेरै नै फिल्टर हुन आवश्यक चाही छ । म चाही कमेन्ट कहिल्यै हेर्दिन् । कमेन्टबाट के लिने के नलिने भन्ने कुरा आफ्नै हो ।

खासमा कलाकारहरुको वैवाहिक जीवन किन टिकिरहेको छैन्, भर्खरै एक जना चर्चित गायिकाको पनि सम्बन्ध बिच्छेदको चर्चा चलिरहेको छ नि 

कलाकारहरू पब्लिक फिगर भएकाले घट्नाहरू चाँडो बाहिर आउँछ । नेपालमा पछिल्लो पाँच वर्षमा ३३ प्रतिशतले सम्बन्ध विच्छेदका घट्ना बढेका छन् । त्यसमा कलाकारिता क्षेत्र पनि पर्छ । कोही मानिसले सहरमा डिभोर्स घट्ना बढिरहेको छ भन्छन् । तर गाउँमा पनि बढिरहेको छ । कलाकारको समाचार छिटो कभर हुन्छ र जनतासम्म पुग्छ । भर्खरै एकजना गायिकाको सम्बन्धविच्छेद भएको भनेर समाचारहरू आइरहेका छन् । उहाँको श्रीमानको नामसम्म पनि याद छैन् मलाई । केटीहरूलाई अलिकति बढी चर्चामा ल्याइने गरेको छ । केटीको नाम बिकाउने प्रचलन बढ्दो छ । वैवाहिक सम्बन्ध टिकाउन नसक्नु दुःखको कुरा हो । तर मानिसले मर्नुभन्दा अगाडि बढ्नु सजिलो लाग्छ । त्यसले मानसिक रूपमा आनन्द दिन्छ भने त्यही नै गर्नुहोस् भन्छु । बच्चाहरू छन् भनेचाँही कम्प्रोमाइज पनि गर्नुहोस, मिल्नुहोस् । 

कलाकारिता क्षेत्रमा अब्बल भूमिका र अभिनय हुँदाहुँदै पनि महिला–पुरुषमा पारिश्रमिकको विभेद छ भन्ने सुनिन्छ । हजुरले त्यस्तो भोग्नुभएको छ ?

कम पारिश्रमिक पाउने तर जताततै हिड्नुपर्ने महिला नै हुन्छन् । महिलालाई सुरक्षाको कुरा पहिलो हुन आउँछ । पारिश्रमिककै कुरामा हिरोहरूले ५० लाख पाइराख्दा हिरोइन ले कति पाइराखेका छन, हाफ वा क्वाटर भन्ने कुराहरू छन् । जबकी फिल्म प्रमोसनमा सबैतिर महिलाले नै अनुहार देखाइरहुन परेको हुन्छ । धेरै कुरामा गुनासो छ तर अब गुनासो मात्रै गरेर पनि भएन् । किनभने आफूले पनि स्टेप लिन सक्नुपर्छ । आफ्ना कुरा राख्न सक्नुपर्छ । त्यस्तो ठाउँमा पुर्‍याउनु सक्नुपर्यो, जहाँबाट परिवर्तन आउन सक्छ । तर त्यस्तो परिवर्तन आउन समय लाग्छ । किनकी यो पुरुषप्रधान समाज हो । एक युवतीको डिभोर्स हुँदा त महिलाको मात्र नाम उचाली उचाली मिडियाले लेखिरहेको छन । केटो को हो भनेर पनि गुगल गर्नुपर्ने अवस्था छ । यस विषयमा हामी अझैपनि एकसय वर्ष पछाडि छौँ । 

पछिल्ला बर्षहरूमा नेपाल छाड्ने युवाहरू एवम् कलाकारहरूको सङ्ख्या बढ्दो छ, के कारणले होला ?

जिन्दगीमा सबैलाई सुरक्षा चाहिन्छ । उमेर बढ्दै गएपछि झनै चाहिन्छ । अझ भन्ने हो भने बालबच्चा भएपछि झनै चाहिन्छ । आफ्नो देशमा जब त्यो सुरक्षा देख्नुहुन्न जन्मभूमि छाड्नुहुन्छ । आफूले गरिरहेको काम छाडेर विदेशिने रहर सायदै कसैलाई हुँदैन् । तर रहर भन्दा पनि बाध्यता हो । आफ्नो देश छाडेर गएभने राम्रे जीवन दिन सक्छु, बच्चाहरूलाई वा आफू राम्रोसँग बाँच्न सक्छु भन्ने हो । नेपालमा अझैपनि टिक्न र व्यवसाय गरेर जीवन जिउन गाह्रो भएरै होला विदेशिनेक्रम चलेको । 

यसका लागि चाही राज्यले के गर्नुपर्छ जस्तो लाग्छ ?

यसको लागि त एकदमै ठूलो योजना नै चाहिन्छ । दुई वर्षमात्रै खाडीमा काम गर्न जानेको जमात नै कति धेरै छ नि । त्यो जानै नदिनलाई चाही सरकारी योजना चाहिन्छ र युवाहरूको सोच बदल्न सक्नुपर्छ । खाडी देशमा गएर लेबर काम गरेर आफ्नो ज्यान जोखिममा राखेर जानेलाई नै पहिला कसरी रोक्ने त्यो चाही ठूलो प्रश्न हो । यसको लागि राज्यले एकदमै ठूलो प्रयास गर्नुपर्ने देखिन्छ । 

कलाकारको दृष्टिकोणबाट नेपाली राजनीतिलाई कसरी हेरिरहनुभएको छ ?

देशको हरेक नागरिक राजनीतिबाट अछुतो छैन् । सिनेमा बनाउने सुरुवातदेखि सिनेमा रिलिज भएर दर्शकसम्म पुग्दा कुनै न कुनै राजनीति जोडिन्छ । चाहे चलचित्र दर्ता गर्दा होस् या सिनेमा बनाउँदै गर्दा अनुमतीहरू लिने कुरा हुन् । या सेन्सर गर्ने कुरा होस् यि सबै काममा मन्त्रालय जोडिन्छ । त्यो मात्र नभएर चलचित्र देखाउने बेलासम्म पनि हामी राजनीतिबाट टाढा बस्न सक्दैनौँ जस्तो लाग्छ । तरपनि कति कुराहरूमा चाँही गर्नसक्ने भएपनि मन्त्रालय या चलचित्र विकास बोर्डले निर्णय लिनका लागि आफैँपनि बल नलगाएको हो कि जस्तो लाग्छ । निर्णय लिनको लागि बल नपुगेजस्तो लाग्छ । सानोतिना कुराहरू जस्तै बिमाको कुराहरू, रिटायर्ड लाइफको सुरक्षाको कुराहरूमा काम भएजस्तो लाग्दैन् । यस्ता कुराहरू नहुँदा अलिकति खिन्न लाग्छ । ५०–६० वर्षको इतिहास बनाइसकेको नेपाली सिनेमा क्षेत्र अहिलेसम्म आइपुग्दा पनि कुनै किसिमको सुरक्षा छैन् जस्तो लाग्छ । संघ संस्थाले मिलेर गरिरहनु भएको छ । तर राज्यले खासै चासो नदिएको देख्दा दुःख लाग्छ । 

अन्तिममा फिल्म सारंगको बारेमा के भन्न चाहनुहुन्छ ?

दर्शकहरूले मलाई धेरै ठाउँमा देखिरहनुभएको होला तर यो सबै सारंग फिल्मको प्रमोशनका लागि हो । आत्मादेखि के भन्न चाहन्छु भने सबैजना बच्चाहरूलाई लिएर परिवारसहित फिल्म हलमा आउनुहोला । सारंग हेरिदिनुहोला । 

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK7F5S9Z5QGKERWJGFKEHTWQ.avif

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । मंगलबार तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जस अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक  दिनको १ बजे बस्दै छ । बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।

यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दै छ । बैठक दिनको साढे १२ बजे सिंहदरबारमा बस्दै छ । नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बैठको कार्यसूची रहेको  छ । 

यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ । बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित माननीय मन्त्रीहरूसँग छलफल गरिनेछ ।

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK7EJ55MG7E70P8CCD3SEFD2.avif

चर्चित नेपाली सेफ टंकद्धारा निर्मित वृत्तचित्र ‘टेस्ट अफ इटाली’ पोर्चुगलमा प्रदर्शन

लिस्बन । इटालियन खानाका लागि युरोपमा प्रख्यात नेपाली सेफ टंक सापकोटाले निर्माण गरेको इटालियन खानासम्बन्धी वृत्तचित्र  ‘टेस्ट अफ इटाली’ सार्वजनिक गरिएको छ ।वृत्तचित्र पोर्चुगलको राष्ट्रिय टेलिभिजन टिभीआईमार्फत सार्वजनिक एवं प्रसारण गरिएको हो ।

सापकोटाले पोर्चुगलमा सञ्चालन गरेको इटालियन रेष्टुरेन्ट ‘कोमे प्रिमा’ को २५ औँ वार्षिकोत्सवको अवसर पारेर प्रसारण गरिएको वृत्तचित्रमा इटालियन खानाको परम्परा, खानपानको शैली, खानाको स्वाद, व्यञ्जन र परिकारलाई समेटिएको छ । पोर्चुगिज चलचित्र निर्देशक टियागो पी.डे. कार्भाल्होले निर्देशन गरेको उक्त वृत्तचित्र इटालीका विभिन्न स्थानमा छायाङ्कन गरिएको छ । पोर्चुगिज र इटालियन भाषाको सम्मिश्रणमा निर्माण गरिएको वृत्तचित्रमा सापकोटा स्वयम् प्रमुख पात्र र प्रस्तोताका रूपमा प्रस्तुत भएका छन् ।

वृत्तचित्रमा मूलतः इटालियन परम्परागत खानाका जड, इटालियन खानाका रहस्य, इटालियन पाककलाको स्वाद र खानपानको शैलीलाई पस्कने प्रयास गरिएको छ । वृत्तचित्रलाई एउटा नेपालीले युरोपमा रहेर तीन दशकदेखि विदेशी परिकार इटालियन खानाका पारखीहरूलाई उत्कृष्ट स्वाद पस्कँदै प्राप्त गरेको सफलताका रूपमा समेत लिइएको छ ।

साथै, खानाका पारखीदेखि लिएर प्रख्यात इटालियन सेफहरू, पाककलासँग सम्बन्धित विभिन्न व्यक्तिहरू र ८३ वर्षीय इटालियन वृद्धा भान्सेसँग इटालियन पाककला, खानाका परिकार, स्वादिष्ठ भोजन र व्यञ्जन तथा बहुमूल्य ट्रफलको खोजीलगायत विषयमा खोज, जानकारी र संवाद गरिएको छ ।

 इटालियन खानाका परिकार र विश्व बजारमा बहुमूल्य मानिने ह्वाइट ट्रफलको खोज अनुसन्धान र लिलामीलाई वृत्तचित्रमा प्रस्तुत गर्न खोजिएको छ । सेफ सापकोटाले इटालियन खानासम्बन्धी आर्जन गरेको ज्ञान, सीप, कलालाई समेत वृत्तचित्रमा चित्रण गरिएको छ । आइतबार पहिलो भाग प्रसारण भएको उक्त वृत्तचित्र शृङ्खलाबद्ध रूपमा प्रसारण हुनेछ । वृत्तचित्र इटालियन खानामा केन्द्रीत रहेको भएपनि त्यसको प्रमुख पात्र नेपाली भएको नाताले वृत्तचित्र नेपाल र नेपालीको गौरव र प्रतिष्ठासँग जोडिएको सापकोटाले बताए । वृत्तचित्रलाई नेपाली भाषामा समेत अनुवाद गरेर नेपालमा प्रदर्शन गर्ने  योजना रहेको उनले बताए ।

 करिब २८ वर्षदेखि सपरिवार पोर्चुगल बस्दै आएका बागलुङका सापकोटाको राजधानी लिस्बनमा तीन इटालियन र एक नेपाली गरी चार रेष्टुराँ सञ्चालनमा छन् । ट्रफल एम्बेस्डरसमेत रहेका सापकोटाले पाककलामा उत्कृष्टता प्रदर्शन गरेकै कारण दर्जनौँ ‘अवार्ड’ तथा पुरस्कारसमेत प्राप्त गर्न सफल छन् । गत वर्ष उनको रेष्टुरेन्ट  ‘र्फोनो दी ओरो’ ले युरोपकै उत्कृष्ट १२ औँ पिज्जेरिया र विश्वकै उत्कृष्ट १० नापोलितान पिज्जेरियामा पर्न सफल भई अन्तर्राष्ट्रिय अवार्ड समेत प्राप्त गरेको थियो ।  सापकोटाले सन् २०१८ मा इटालीबाट खरिद गरी ल्याएको विश्वकै ठूलो र दुर्लभ प्रजातिको बहूमूल्य च्याउ (ह्वाइट ट्रफल) पोर्चुगलमा सार्वजनिक गरेका थिए । सन् २०१६ मा उनी पोर्चुगलमा युवा सिर्जनशील व्यवसायी समेत घोषित भएका थिए ।

संयुक्त राष्ट्रसङ्घीय सांस्कृतिक निकाय (युनेस्को) ले इटालीको प्रख्यात ‘नापोलितान पिज्जा’ बनाउने कलालाई विश्वसम्पदा सूचीमा समावेश गरेको छ । जसमा सापकोटाले सञ्चालन गरेको रेष्टुराँ ‘र्फोनो दी ओरो’ उक्त सूचीमा सूचीकृतसमेत छ । जुन रेष्टुराँमा सुनको जलप लगाइएको चुल्होमा पिज्जा पकाउने गरिन्छ । यस्तै केही महिना अघि मात्रै सापकोटाले तालिमप्राप्त कुकुर, इटालियन ट्रफल सिकारीको सहयोग तथा इभोरा विश्वविद्यालयसँगको सहकार्यमा पोर्चुगलमा पहिलोपटक ब्ल्याक ट्रफल (जमिनमुनि पाइने कालो प्रजातिको ग्रीष्मकालीन च्याउ) फेला पार्न सफल भएका थिए । उनले फेला पारेको उक्त ब्ल्याक ट्रफल पोर्चुगलको इभोरा विश्वविद्यालय, कृषि विज्ञान संस्थान, राष्ट्रिय कृषि तथा पशु चिकित्सा अनुसन्धान संस्थानका अनुसन्धानकर्तासहितको वैज्ञानिकको टोलीले पुष्टि गरेको थियो ।

 सापकोटाले कोरोना कहरमा कोरोनाका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका राजधानी लिस्बनका १० हजार सूचीकृत न्यून आय भएकाहरुलाई ‘एकमहिने निःशुल्क खाना अभियान’ सञ्चालन गरेर निःशुल्क खाना समेत खुवाएका थिए ।

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK7CW842NA031R531T1E7Z77.avif

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम गरिएको छ । अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः बढेको हो । 

युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १३ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।

यसैगरी अष्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय एक रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर नौ रूपैयाँ र बिक्रीदर नौ रूपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ ।
यस्तै, युएई दिराम एकको खरिदर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ छ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा तोकिएको छ । 
 कुवेती दिनार एकको खरिदर चार सय ५० रूपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रूपैयाँ ४० पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६९ रूपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रूपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रूपैयाँ १३ पैसा निर्धारण भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK7B75XEC56H0YZ3JPVAT0HC.avif

टुङ्गिएन केवलकार विवाद, आजदेखी फेरि बन्द

२२ माघ, धरान । मुकुम्लुङ केवलकार निर्माण विवाद विषयमा भएको वार्तामा सरकार पक्ष केवलकार निर्माणको निर्णयबाट पछि नहट्ने भएको छ ।  सरकारले गृह मन्त्रालयका सह-सचिव प्रेम भट्टराईको संयोजकत्वमा टोलि गठन गरी विवाद समाधानको लागि भनेर हिजो नो केवलकार पक्ष लाइ वार्ता आह्वान गरिएको थियो । 

Bantawa Hardware.gif 828.52 KB

वार्ता निष्कर्ष विहीन बनेपछी आन्दोलनरत समूहले पुन  पूर्वका ९ जिल्लामा गरिएको यातायात बन्दलाई निरन्तरता दिने नो केवलकार समूहले जानकारी गराएको छ ।  आन्दोलनको क्रममा पूर्वका विभिन्न ठाउँबाट केही आन्दोलनकारीहरू पक्राउ परेका छन भने केही गम्भीर घाइते भएका छन । हिजो काठमाडौँको माइतीघर मण्डलामा पनि यसको चर्को विरोध भएको छ ।

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः मङ्गलबार, २२ माघ २०८१
https://jawaaf.com/storage/01JK5Y95FK2ZWKPNZ2FJ2GAKHN.avif

बुढासुब्बा गोल्डकप प्रतियोगिता: आरटीसी क्लब भुटान सेमिफाइनलमा

२१ माघ, धरान। इटहरी विरुद्ध सानदार जित निकाल्दै भुटानको रोयल थिम्पु कलेज २५ औँ संस्करणको अन्ताराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

भुटान प्रिमियर लिग खेल्ने टिम रोयल थिम्पु कलेजले इटहरीको राष्ट्रिय जागृति क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सेमिफाइनलमा भुटानले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । 

Pathivara.gif 82.25 KB

भुटानले खेलको सातौँ मिनेटमा नै अग्रता लिएको थियो । नोयेदा योसेलको पासमा सोनाम योसेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले अग्रता बनाएको भुटानले दोस्रो हाफमा थप ३ गोल गरेको थियो । 

दोस्रो हाफको ९ औ मिनेटमा सोनाम जुग्द्रुलले गोल गरेका थिए । इटहरीको डिबक्स एरियामा डिफेन्सले क्लियर गर्न नसकेको बललाई सोनामले दोस्रो बार च्याप्दै जाली चुमाएका थिए । 

Bantawa Hardware.gif 828.52 KB

दोस्रो हाफको ५३ औँ मिनेटमा कर्मा जम्सोले गोल थप्दै टोलीलाई ३–० को स्थितिमा पु¥याएका थिए । कर्माले प्रहार गरेको बल इटहरीका गोल किपर सन्दिप लिम्बूले नियन्त्रणमा लिन नसक्दा बलले गोल लाइन क्रस गरेको थियो । दोस्रो हाफको ७० औँ मिनेटमा सोनाम योसेको पासलमा नयन्दा योसेनले गोल गर्दै टिमको जित निश्चित गरे । 

खेलको म्यान अफ द म्याच भुटानका सोनाम योसे घोषित भए । उनलाई नगद १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

तीन विदेशी खेलाडी सहित मैदानमा उत्रिएको इटहरी भुटानको तुलनामा शारीरिक रूपमा बलियो देखिन्थ्यो । 

Furniture House.gif 947.74 KB

प्रकाशित मितिः सोमबार, २१ माघ २०८१
https://jawaaf.com/storage/01JK5WPGF4YTR88A2AP0XSJXDV.jpg

मुक्कुम्लुङ (पाथीभरा) केवलकार निर्माण विवाद समाधान गर्न आन्दोलनकारी सकारात्मक

काठमाडौँ । संघीय सरकारले ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माण भइरहेको केवलकारको विरोधमा आन्दोलन गरिरहेकाहरूलाई वार्तामा आउन आह्वान गरेसँगै आन्दोलनरत पक्षले वार्ता टोली गठन गरेको छ ।

आन्दोलनरत पक्षले अमर तुम्याङहाङको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता टोलीमा राम मादेन, सरु सिङ्घक र शङ्कर सुब्बा सदस्य रहेका छन् ।

सरकारले हिजो गृह मन्त्रालयका सहसचिव प्रेम भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । वार्ता टोली गठन भएसँगै आज आन्दोलनरत पक्षलाई वार्ताका लागि औपचारिक आह्वा गरेको थियो ।

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

यस्तै यता आन्दोलनरत पक्षले पनि आफूहरू वार्ता र संवादको माध्यमबाट केवलकार लगायतका समस्यालाई शान्तिपूर्ण समाधान गरिनुपर्ने सकारात्मक रहेको  विज्ञप्तिमार्फत जनाएको  छ । साथै सांस्कृतिक सम्पदा जोगाउन शान्तिपूर्ण आन्दोलनमा रहेका निहत्था नागरिकमाथि सरकारले गोली बर्साएर गम्भीर मानवअधिकार उल्लङ्घनको गरेको समेत विज्ञप्तिमा उल्लेख छ  ।

सरकार र मुक्कुमलुङ संरक्षक संस्थाहरू र संलग्न राजनीतिक पार्टीहरूको तर्फबाट मुक्कुमलुङमा भइरहेको आन्दोलन, सङ्घर्षहरूको स्थायी समाधान गर्न र वार्ताका लागि न्यूनतम वातावरण बनाउन प्राज्ञ अमर तुम्याहाङको संयोजकत्वमा शंकर लिम्बू, राम मादेन र सरस्वता सिंगक (सरु) सदस्य रहेको वार्ता सहजीकरण समिति गठन गरिएको छ ।

 

सबैमा यसै विज्ञप्ति मार्फत जानकारी गराउँदछौँ ।

मुक्कुमलुङ तासेः प चुम्भोका संस्थाहरूः

१. श्री श्री प्रसाद लिम्बू, संयोजक मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष

२. श्री खगेन्द्र फेम्बु, संयोजक, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समिति

३. श्री प्रेम येक्तेन, किरात याक्थुङ चुम्लुङ, सङ्घीय समिति, संयोजक, प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति

४. श्री नन्द कन्दङवा, संयोजक, लिम्बू थरगत संस्था ( याक्थुङ सयङ) सहजीकरण समूह

५. श्री डकेन्द्रसिंह थेगिम, अध्यक्ष, प्रदेश नं. १ पुनः नामाङ्कन अभियान समिति

६. गेल्जे शेर्पा, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासङ्घ

७. डिमि शेर्पा, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घ 

८. राजेन्द्र इधिङ्गो, अध्यक्ष, याक्थुङ युवा मञ्च

 

प्रकाशित मितिः सोमबार, २१ माघ २०८१
https://jawaaf.com/storage/01JK5VP0MV70A55481N42HJ0SM.avif

‘नो केबलकार’ बन्दले सदन आउनबाटै रोकिए कोशीका सांसद

विराटनगर । ‘नो केबलकार’ बन्दका कारण कोशी प्रदेशसभाका सांसदहरू समेत सदन आउनबाटै रोकिएका छन् । सोमबारको प्रदेश सभाको बैठकमा आफू बन्दका कारण आउन नपाएको प्रदेश सभाकी सांसद विद्या चाम्लिङ राईले बताइन् । 

‘स्वास्थ्यमा केही समस्या पनि भएर हो । बन्दले बाहिर अफ्ठेरो अवस्था पनि थियो । उनले भनिन्, ‘कतिपय माननीयहरू बन्दमा केही होला की भनेरै पनि नजाने भन्नुभएको थियो ।’

कोशी प्रदेश सभाका सभामुख अम्बर बहादुर विष्टले बन्दको प्रभाव सदनमा पनि देखिएको बताए । ‘काँग्रेसका प्रमुख सचेतक गोपाल तामाङदेखि कतिपय माननीयले बन्दका कारण नै सदन आउन नसक्ने बताउनुभएको थियो । विष्टले भने, ‘उपस्थिति हुन नसक्नुभएका माननीयले जानकारी गराउनुभएको छ । त्यसमा बन्दका कारण भनेर पनि कतिपय माननीय हुनुहुन्छ ।’

प्रदेश सभा सचिवालयका अनुसार प्रदेश सभाका ९३ जना सदस्यमा सोमबारको बैठकमा ४२ जना सदस्य उपस्थित भएका छन् । सोमबारको प्रदेश सभा बैठकमा ‘कोशी प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सभामा पेस भएर सैद्धान्तिक छलफल सुरु भएको छ । 

Bantawa Hardware.gif 828.52 KB

वार्ताबाट समाधान निकाल्न माग 

पाथीभरा केबलकार विवादका सन्दर्भमा सबैभन्दा पहिले पाथीभरा क्षेत्रमा रहेको फौज फिर्ताका साथ काम रोकेर वार्ता गर्न माओवादी सांसद गणेश उप्रेतीले सरकारलाई सुझाव दिए । बैठकमा विशेष समय लिएर बोलेका सांसद उप्रेतीले भने,‘सरकार वार्ता गर्ने समयमा गोली हान्न अगाडि स¥यो । विकास पनि शान्तिपूर्ण ढङ्गबाट मात्रै गर्नु पर्दछ । उनले भने, सरकारले काम रोकेर र सुरक्षा फिर्ता बोलाएर वार्ताको टेबलमा बस्नु पर्दछ ।’

यस्तै ताप्लेजुङकी जनता समाजवादी पार्टी (जसपा) सांसद निर्मला लिम्बुले केबलकार निर्माण गर्नु मानव सभ्यतामाथिकै आक्रमण हुने भन्दै चिन्ता व्यक्त गरिन् । उनले भनिन्, विकासको नामले सिङ्गो मानव समुदाय र सिङ्गो लिम्बु समुदायको अस्तित्वको विनाश गर्दछ ।’

Pathivara.gif 82.25 KB

लिम्बुले आन्दोलनका क्रममा पक्राउ परेकाहरूलाई तुरुन्त रिहाइ गर्न माग समेत गरेकी छिन् । 

खासगरी पाथीभरा क्षेत्रमा केबलकार निर्माणका विपक्षमा केबलकार निर्माण खारेजी समिति, मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा जिल्ला समिति र किराँत याक्थुङ चुम्लुङ जिल्ला समिति लगायत संघसंस्था यति बेला आन्दोलनमा छन् । 

उनीहरूले आइतबार र सोमबार(हिजो र आज) कोशीका सुनसरी, मोरङ, झापा, इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुम र सङ्खुवासभामा बन्दको घोषणा गरेका छन् । जसको प्रभाव कोशी प्रदेश सभा सम्मै देखिएको हो । आन्दोलनमा होमिएका विक्रम लिम्बुले यो बन्द साङ्केतिक बन्द मात्रै भएको बताए । केबलकार निर्माण कार्य नरोकिए जस्तोसुकै आन्दोलन गर्न पनि तयार रहेको उनको भनाई छ ।

प्रकाशित मितिः सोमबार, २१ माघ २०८१
https://jawaaf.com/storage/01JK5S81G24V8MXY79NXYV8DFM.avif

माओवादी नेताहरूको कार्यविभाजन तोकियो, यस्तो छ जिम्मेवारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरूको कार्यविभाजन तोकेको छ । सोमवार बसेको पार्टीको पदाधिकारी बैठकले नेताहरूको कार्यविभाजन तोकेको प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिए ।

Bantawa Hardware.gif 828.52 KB

मधेसमा उपमहासचिव मात्रिका यादवलाई जिम्मेवारी दिएको छ । त्यहाँ यसअघि सचिव लिलामिण पोखरेल इन्चार्ज थिए । उनले  भने, ‘प्रदेश नं. १ मा उपमहासचिवमा हरिबोल गजुरेल इन्चार्ज तोकिनु भएको छ । मधेस प्रदेशमा उपमहासचिवमा मातृका यादव, बागमतीमा हितमान शाक्य, गण्डकीमा दिनानाथ शर्मा, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल र सुदूरपश्चिममा गिरिराजमणि पोखरेल तोकिनु भएको छ । विशेष प्रदेशमा जयपुरी घर्ती, प्रवास सार्क समितिमा लक्ष्मण पन्त इन्चार्ज तोकिनु भएको छ । युरोप–अमेरिका अन्तर समितिमा राम कार्की तोकिनु भएको छ । यसैगरी प्रवास एसिया समितिमा ओम शर्मा तोकिनु भएको छ ।’

बागमती प्रदेशमा इन्चार्जको जिम्मेवारी सचिव हितमान शाक्यलाई दिएको छ । यसअघि उपाध्यक्ष अग्निप्रसाद सापकोटा यो प्रदेशको इन्चार्ज थिए ।

प्रकाशित मितिः सोमबार, २१ माघ २०८१