सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JK0QGMDW77Q08AGW7FZE1SAY.avif

प्रधानमन्त्री ओलीका हप्ता दिन : रुघाखोकीले सताउँदा भर्चुअलको साहारा

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनहरूमा आफू अस्वास्थ्य भएका कारण कार्यक्रममा जान तँछाडमछाड गरेनन् । दैनिकजसो कार्यक्रमको उद्घाटन र सम्बोधनमै व्यस्त हुने ओली यो हप्ता भने  आफ्नै स्वास्थ्यलाई निको गराउनमा व्यस्त रहे । रुघाखोकीले ग्रसित भएको बताएका उनी सहभागी हुनैपर्ने कार्यक्रममा भर्चुअल सहभागी भए ।

गत हप्ता एकैदिन चारवटासम्म कार्यक्रममा सम्बोधन गर्न भ्याएका ओलीले यो  हप्ता स्वास्थ्य अस्वस्थ भएका कारण केही कार्यक्रम भर्चुअल नै उद्घाटन गरेका हुन् ।

हप्ताको पहिलो दिन आइतवार माघ ७ गते ओलीले नेपालको परराष्ट्र नीतिबारे सांसद संवाद’ कार्यक्रमलाई सम्बोधन गरे । जहाँ उनले सम्बोधन गर्दै साना र ठुला राष्ट्रको हित समान हित हो भन्ने मान्यताका साथ नेपालको सार्वभौमिकता, स्वाभिमान र भौगोलिक अखण्डताका पक्षमा नेपाल सदैव कटिबद्ध रहने प्रतिबद्धता जनाए ।

यसैगरी माघ ८ गते प्रधानमन्त्री ओलीले सगरमाथा संवाद कार्यक्रमको शुभारम्भ गरे । अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका थिए ।

प्रधानमन्त्री ओलीले नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको बताएका थिए ।

जहाँ कार्यक्रममा उपप्रधानमन्त्री,मन्त्रीहरू, सचिवहरू, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख र प्रतिनिधिको उपस्थिति रहेको थियो ।

सोही दिन माघ ८ गते  नै ओलीले  सूचना प्रविधि क्षेत्रका उद्यमी र विज्ञसँग छलफल गरे । जहाँ उनले अहिलेको समय सूचना र प्रविधिको समय भएकाले यसलाई बुझेर काम गर्नुपर्छ भन्नेमा आफूले विगतदेखि नै प्रयास गर्दै आएको गफ लगाउन भुलेनन् ।

यसैगरी ८ गते  नै प्रधानमन्त्रीले बेलायती राजदूत भेटवार्ता गरे । भेटमा सधैँजसो दुई पक्षीय सम्बन्ध र हितका विविध विषयमा मात्रै छलफल गर्न सीमित भए ।

यसरी भेटघाट, सम्बोधनमै व्यस्त रहेका ओलीलाई एक्कासि रुघाखोकीले च्याप्यो र  अस्पताल भर्ना हुनुपर्यो। यसरी अस्पताल भर्ना भएका ओलीले उद्घाटनलाई भने  छाडेनन् ।

माघ ११ गते  उनले  आराम गरिरहेकै  बेला  पाल्पाको बगनासकाली गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा उद्घाटन गरे । प्रधानमन्त्री निवास, बालुवाटारबाट सम्बोधनसहित उद्घाटनगरे । प्रधानमन्त्री ओलीले ऊर्बर भूमि बगनासकाली गाउँपालिकाको कार्यक्रम स्थल चिर्तुङ्गधारामा आउने र पाल्पाली जनतासँग भेटघाट गर्ने चाहना हुँदाहुँदै रुघाखोकी लागेका कारण प्रत्यक्षरुपमा उपस्थित हुन असमर्थ भएको जनाए ।

ओलीले प्रशासकीय भवनबाट स्थानीय जनताले अझ राम्रो गरी सेवा पाइ र नयाँ अनुभूति मिल्ने गरी काम गर्न आग्रह गर्न भने भुलेनन् ।

माघ ११ गते  नै  ओलीले  तिनाउ गाउँपालिकाको प्रशासकीय भवनको भर्चुअलरुपमा नै उद्घाटन गरे । जहाँ भर्चुअलरुपमा उनले सरकार परिवर्तन हुन्छ भन्ने हल्ला अर्थहीन मात्र भएको उल्लेख गरे ।

यसैगरी माघ ११ गते नै ओलीले भर्चुअल माध्यमको उपस्थितिमा सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु गरे । जहाँ उनले वर्तमान सरकार मुलुकमा विकास र सुशासन कायम गर्न तल्लीन रहेको स्पष्ट पारे ।

साथै ११ गते फेरी भर्चुअल माध्यमबाट नै ओलीले बुटवल–गोरुसिङगे सडक खण्डको स्तरोन्नति कार्यको शिलान्यास तथा सभालाई सम्बोधन गरे ।

जहाँ ओलीले सुरुङमार्ग, प्रशासनिक तथा अस्पताल भवन निर्माण र अन्य विकासका कामलाई सरकारले तीव्रता दिने बताए ।

यसैगरी दुई दिन बीचमा कतै नगएका ओली १४ गते भने भर्चुअलबाट बाहिर निस्केर सूर्यविनायक नगरपालिकाको प्रसासशीयक भवन  उद्घाटन गर्न पुगे । जहाँ उनले काँग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ भन्दै कांग्रेसको खुलेर प्रशंसा गरे ।

ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्नेलगायत विषयमा भाषण दिन भ्याए ।

यसैगरी संसद्को अधिवेशन प्रारम्भ गर्नको लागि ओलीले १४ गते नै सत्तापक्ष दलको बैठक बोलाए ।

बैठकमा ओलीसँगै नेपाली काँग्रेसका सभापति शेरबहदुर देउवा, एमालेका उपाध्यक्ष एवं उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउत, जनता समाजवादी पार्टी नेपालका नेता राजकिशोर यादव तथा संसदीय दलका प्रमुख सचेतसमेत सहभागी रह्यो ।

बैठकको आरम्भ गर्दै प्रधानमन्त्री ओलीले जनतालाई सेवा दिन र विकास निर्माणका कामलाई गति दिन अत्यावश्यक भएका अध्यादेशहरूलाई संसद्को पहिलो दिनमै पेस गर्ने र छिट्टै प्रतिस्थापन विधेयक प्रस्तुत गर्नुपर्ने बताए । उनले संसदलाई पर्याप्त बिजनेश दिएर कानुन निर्माणका कामलाई तीव्रता दिन राजनीतिक दल र सांसद्हरूको प्रभावकारी भूमिका आवश्यक पर्ने बताए ।

यसैगरी ओलीले  माघ १५ गते एमालेको संसदीय दलको बैठक बोलाए । ओलीले सरकारले ल्याएका विभिन्न अध्यादेशप्रति आमरुपमा सकारात्मक प्रतिक्रिया प्राप्त भएको र सरकार देशलाई पछ्यौटेपनबाट उन्नतस्तरमा लाने प्रयासमा अग्रसर रहेको बताए ।

संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बसेको एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले केही गरौँ भन्ने युवाहरूलाई स्वदेशमा काम गर्ने उचित वातावरण दिन, जनताका सेवामा प्रभावकारिता ल्याउन र उद्योग–व्यवसाय सुसञ्चालनका लागि सहज वातावरण बनाउन अध्यादेश ल्याइएको स्पष्ट पारे ।

यसैगरी माघ १६ गते ओली नेपाल बार एसोसिएसन र युवा कानुन व्यवसायी सरोकार समाजद्वारा आयोजित पहिलो युवा कानुन व्यवसायी सम्मेलन, २०२५ को उद्घाटनसत्रलाई सम्बोधन गर्न पुगे ।  जहाँ उनले ‘स्टन्ट’बाजीबाट देश चल्दैन, सबैको इमानदार प्रयास आवश्यक छ भन्दै इमान्दारीताको धाक नै लगाए ।

सोही दिन नै ओलीले राष्ट्रिय सहिद दिवस, २०८१ का अवसरमा नेपाल सरकारद्वारा सिंहदरबार परिसरमा आयोजित मूल समारोहलाई सम्बोधन गरे । जहाँ प्रधानमन्त्री ओलीले सहिदहरूकै बलिदान र प्रेरणाबाट मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको प्राप्ति भएको र यस प्रणालीमा सम्पूर्ण शक्तिको स्रोत सार्वभौम जनता भएको उल्लेख गरे ।

यसैगरी माघ १७ गते ओली  नेपाल चेम्बर अफ कमर्शद्वारा भृकुटीमण्डपमा आयोजित आठौँ अन्तर्राष्ट्रिय चेम्बर एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्न पुगे ।

ओलीले उक्त कार्यक्रममा ठुलो मात्रामा उत्पादन गरेर छिमेकी भारत र चीनलगायत अन्तर्राष्ट्रिय बजारमा निर्यात बढाउने अवस्था सृजना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरे ।

माघ १८ गते  संसदमा प्रस्तुत भए । जहाँ उनले सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ भन्दै पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै अभिव्यक्ति दिए ।

ओलीले भने, ‘गएको छ महिनामा हाम्रो संसदीय राजनीतिमा दोहो¥याउनु नपरेको एउटा सुखद पक्ष म यहाँ उल्लेख गर्न चाहन्छु– सत्ताको नाउमा प्वाल पारेर फुत्त अर्कै डुंगा चलाउने र मुलुक एवं जनतालाई तिरस्कार गर्दै सत्ता–पत्ता खेलिरहने विद्रुप स्थितिमा अब बन्ध्याकरण भएको छ ।’ साथै उनले विपक्षी दलहरूले सरकार ढल्यो ढल्यो  भनेर गीत गाउँदैमा सरकार नढल्ने समेत कडा अभिव्यक्ति दिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0P7790M4JZFEV26D6DHP6M.avif

महिला त्रिकोणात्मक टि– ट्वान्टी आई सिरिजमा थाइल्याण्डको लगातार दोस्रो जित

काठमाडौँ । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजमा थाइल्याण्डले लगातार दोस्रो जित हात पारेको छ । थाइल्याण्डले शनिवार नेपाललाई ४ विकेटले हराएको हो । 

१ सय २ रनको प्रतिस्पर्धात्मक लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको हो । थाइल्याण्डका लागि नान्नापतले नट आउट रहँदै सर्वाधिक ६० रन जोडिन् । उनले ५८ बलमा ६ चौका प्रहार गरिन् ।

१६औँ ओभरको चौथो बलमा नान्नापतले जीवनदान पाएकी थिइन् । रुविना क्षेत्रीको बलमा कप्तान इन्दु बर्माले क्याच मिस गरेकी थिइन् । १७ औं ओभरको अन्तिम बलमा नेपालकी मनिषा उपाध्याय घाइते भएर मैदान छोडेकी थिइन् ।

सुवानान खियाओतो १४ तथा कप्तान नारुइमोल चाइवाई १३ रनमा आउट भइन् ।

नेपालका लागि मनिषा उपाध्यायले २ तथा कविता जोशी, कविता कुँवर र रुविना समान १ विकेट लिइन् । तेस्रो ओभरको अन्तिम बलमा बलिङका क्रममा कविता घाइते भएकी थिइन् । उनको ढाडमा समस्या आएपछि अस्पताल लगिएको थियो ।

त्यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १ रन बनायो ।

नेपालका लागि कविता र विन्दु रावलले सर्वाधिक रुपमा समान २५ रन बनाए । कविताले ३२ बलमा २ चौका प्रहार गरिन् । बिन्दुले २५ बलमा ३ चौका प्रहार गरिन् । कप्तान इन्दु बर्माले १७ बलमा २ चौकाको सहयोगमा १५ रन जोडिन् ।

ओपनर सम्झना खड्काले रनको खाता खोल्न नसक्दा ममता चौधरीले २ रन जोडिन् । पुजा महतो ६ तथा रुविना ४ रनमा आउट भइन् । कविता जोशी ८ तथा सिता राना मगर २ रनमा आउट भइन् ।

जितसँगै २ खेलमा थाइल्याण्डको ४ अंक भएको छ । खेलेको दुवै खेलमा पराजित नेपाल अंक विहीन छ । आफ्नो तेस्रो खेल नेपालले आइतवार नेदरल्याण्ड्ससँग खेल्नेछ । 

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0N597JN7R6YH87SX7GAZ9H.avif

टाइगर कप : आर्मीलाई पराजित गर्दै गण्डकी फाइनलमा

काठमाडौँ । गण्डकी प्रदेश पाँचौँ टाइगर कप भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा रहेको भलिबल कोर्टमा शनिवार भएको दोस्रो क्वालिफायरमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गर्दै गण्डकीले फाइनल स्थान सुरक्षित गरेको हो ।

Pathivara.gif 82.25 KB

पहिलो सेट २५–१६ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेट २२–२५ ले गुमाएको थियो । तर, तेस्रो र चौथोमा पुनरागमन गर्दै साविक उपविजेता गण्डकी फाइनलमा पुगेको हो । गण्डकीले तेस्रो सेट २५–१५ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो ।

अब गण्डकीले उपाधिका लागि आइतवार नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्नेछ । गण्डकीसँग पराजित भएको आर्मीले तेस्रो स्थानमा चित्त बुझाएको छ । तेस्रो बनेको आर्मीले १ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ पाउनेछ ।

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0KZEKHX2J3JEMB8JA01871.avif

गायिका एलिना चौहानको आग्रह : निजी जीवनबारे धेरै चर्चा नगरिदिनुहोस्

रौतहट । गायिका एलिना चौहानले आफ्नो निजी जीवनबारे धेरै चर्चा नगरिदिन आग्रह गरेकी छिन् । गायिका चौहानले शनिवार फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफूले नै आफ्नो जीवन बिगारेको स्वीकार गरेकी हुन ।

आफू प्रेम सम्बन्धमा रहदा मनमुटाउ हुने गरेपनि बिबाहपछी नहुने र सबै कुरा मिल्लने आशामा सम्बन्धमा गाँसिएको उल्लेख गरेकी छिन् ।

विवाह कसैले पनि सम्बन्धविच्छेद गर्नका लागि गरेको हुँदैन भन्दै पछि झन ठूलो समस्या आउने देखेर सल्लाहमै सम्बन्धविच्छेद गर्न लागेको प्रस्ट पारिन् ।

अस्ट्रेलिया बस्ने बागलुङका विष्णु सापकोटासँग गत वैशाख ५ मा धुमधामसँग बिहे गरेकी एलिनाले शुक्रवार जिल्ला अदालत काठमाडौँमा मानाचामल दाबी नगरी सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी छिन् ।

निकै भावुक अवस्थामा देखिएकी एलिनाले श्रीमान् विष्णु सापकोटालाई नराम्रो र गाली नगर्न आग्रह गरेकी छिन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0CR1MT3MH61E253NE1YFY0.avif

समयानुकूल सहकारीमैत्री ऐन, नियमहरू बनाउनका लागि अध्यादेश आवश्यक

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाले सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकता महसुस गरेर नयाँ अध्यादेश ल्याएको बताएका छन् । 

शनिवार नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालयमा भएको ‘नेपाली काङ्ग्रेस र सहकारी’ विषयक एक दिने विचार गोष्ठी कार्यक्रममा उनले सहकारीकै कारण गरिबी निवारण र सशक्तीकरण हुने भन्दै यसको लागि आवश्यक अध्यादेश ल्याएको बताए । 

Planning_Consultancy.gif 1.45 MB

उनले भने, ‘सहकारीकै कारण गरिबी निवारण, सशक्तीकरण, लोकतान्त्रिक समाजवादको स्थापना हुन्छ भन्ने कुरालाई ध्यानमा राखेर यसका लागि सरकारले समयानुकूल सहकारीमैत्री ऐन, नियमहरूको व्यवस्था गर्नुपर्ने आवश्यकतालाई महसुस गरेर नयाँ अध्यादेश ल्याएको छ । सहकारी आन्दोलनमा गुणात्मक सुधार हुँदा समग्र अर्थतन्त्रमा नै सकारात्मक परिवर्तन हुने कुरामा मेरो पूर्ण विश्वास छ ।’

यसको साथै, उनले संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक नेपालको संविधानको प्रस्तावनामा नै अर्थतन्त्रका तीन आधार सरकारी, निजि र सहकारी रहेको हुनाले सहकारी क्षेत्रको औचित्य र महत्व अझ स्पष्ट भएको बताए । 

नेपाली काङ्ग्रेसले सहकारीको मर्म र भावना अनुसार गरिब किसान, श्रमिक र समाजका विभिन्न वर्गको जीवनस्तर उकास्न सहकारी आन्दोलनलाई आम नागरिक समक्ष पु¥याउन अभियानको रूपमा विस्तार गर्न लागेको पनि उनको भनाई छ । 

उनले नेपाली काङ्ग्रेस सहकारी विभागले सातै प्रदेशमा सहकारी समस्या, चुनौती र समस्या समाधानका लागि विभिन्न काम गरेको भन्दै खुसी व्यक्त गरेका छन् । कार्यक्रममा केन्द्रीय सदस्य एवम् सहकारी विभागका प्रमुख देवेन्द्रराज कडेंलले सहकारी क्षेत्रमा विश्वसनीयता जोगाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने बताए । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0BV14EYVMQPNMKNJVY7AWQ.avif

फुटबलर्स मिसन टुगेदरको कोशी प्रदेश विस्तार

काठमाडौँ । फुटबलर्स मिसन टुगेदरको देशभर नै संगठन विस्तार गर्ने योजना अनुरूप पूर्व अन्तर्राष्ट्रिय फुटबल खेलाडी पुनम थापाको अध्यक्षतामा कोशी प्रदेश समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा ईन्दु रसाईली, संगिता राउत र पारस चौधरी रहेका छन् ।

महासचिव मधुसुदन खनाल र कोषाध्यक्ष कुमार महर्जन चयन भएका छन् भने सदस्यहरू दिपेन्द्र ढकाल, गणेशराज भण्डारी, मंगेश वस्नेत, दर्शनराज लवट श्रेष्ठ र सुरेन्द्र तामाङ्ग रहेका छन् ।

विराटनगरमा शनिवार फुटबलर मिसन टुगेदरका अध्यक्ष अशोक वज्राचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा एन्फाका पूर्व केन्द्रीय सदस्य वसन्त अर्याल, कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई बधाई सहित सफल कार्यकालका लागि शुभकामना दिएका थिए ।

Bantawa Hardware.gif 828.52 KB

प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै कोशी प्रदेश बोर्डका सदस्य सचिव पर्शुराम बस्नेतले नेपालको खेलकुद क्षेत्रमा भेट्रान खेलाडीहरूको योगदान विशिष्ट रहेको हुँदा उहांहरूसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरू गर्ने बताए । विशिष्ट अतिथि राजेन्द्र राउतले नयाँ कार्य समितिलाई बधाई दिदै आफूबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मिसन टुगेदरका अध्यक्ष अशोक रत्न वज्राचार्यले नव गठित समितिका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाण पत्र वितरण गरे । कार्यक्रममा सुनसरी जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक राई, विराट गोल्ड कप ट्रष्टका अध्यक्ष किशोर वहादुर शाही, एन्फाका पूर्वउपाध्यक्ष सन्तोष बानियाँलगायत टुगेदरका महासचिव धिरेन्द्र प्रधान, कोषाध्यक्ष वसन्त लामा, एन्फा उपाध्यक्ष तथा एफएमटिका सह-कोषाध्यक्ष विराटजंग शाही र प्रमुख कार्यकारी अधिकृत मधुसुदन उपाध्यायलगायत कोशी प्रदेशका खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0B1WB5TX63R97R552MSFD5.avif

महिला क्रिकेट : नेपालले थाइल्याण्डलाई दियो एकसय २ रनको लक्ष्य

काठमाडौं । महिला त्रिकोणात्मक टि ट्वान्टी आई सिरिजको आज(शनिबार)भएको खेलमा नेपालले थाइल्याण्डलाई एकसय २ रनको लक्ष्य दिएको छ ।

शनिबार कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २ रनको लक्ष्य दिएको हो । 

दुवै टोली आफ्नो दोस्रो खेल खेल्दैछन् । नेपाल पहिलो जितको खोजीमा रहँदा थाइल्याण्ड दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । 

थाइल्याण्डले शुक्रवार भएको खेलमा नेदरल्याण्ड्समाथि ८ विकेटको सहज जित हासिल गरेको थियो ।

नेपाल र थाइल्याण्डबीचको यसअघि भएका ३ वटा टि ट्वान्टी आई खेलमा नेपाल सबैमा पराजित भएको थियो । थाइल्याण्डसँग नेपालले घरेलु भूमिमा पहिलो पटक खेलिरहेको छ ।

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK0459DG0W2J82P3V1XX5VM6.avif

‘सरकारले जनताका आवाजलाई कमजोर बनाउन खोज्यो’

काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गरेको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक’ प्रति माओवादी केन्द्रले ध्यानाकर्षण भएको जनाएको छ । 

उक्त विधेयक संविधानप्रदत्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हकलाई कमजोर बनाउने गरी प्रस्ताव गरिएको माओवादी केन्द्रले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । ‘विधेयकमार्फत सरकार निरंकुशतातर्फ अग्रसर रहेको देखिन्छ । सामाजिक सञ्जाललाई नियमन गर्ने बहानामा आफू विरुद्धका आलोचना र जनताका आवाजलाई कमजोर तुल्याउने मनसायले यो विधेयक प्रस्तुत गरिएको छ । सरोकारवालाहरूसँग कुनै राय, सल्लाह तथा छलफल नगरिकन स्वेच्छाचारी ढंगले प्रस्तुत गरिएको विधेयकलाई संसद भित्र र बाहिर समेत व्यापक छलफल गरेर मात्र निष्कर्षमा पुग्नु आवश्यक छ,’ पार्टीका उपाध्यक्ष एवम् प्रवक्ता अग्नि सापकोटाले विज्ञप्तिमार्फत भनेका छन् ।

बर्तमान सरकारले आफू विरुद्धको आलोचना सहन नसकेर जुन प्रकारले नागरिकको मौलिक हकको रूपमा सुनिश्चित विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्ने मनसाय राखेको छ यसले वर्तमान सरकारको शासकीय चरित्र प्रस्ट्याएको विज्ञप्तिमा उल्लेख छ । 

जनताको आन्दोलनको बलमा स्थापित नागरिकको बिचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक प्रतिकूल हुने गरी संसदमा पेस गरिएको ‘सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमन सम्बन्धी विधेयक’लाई सम्बन्धित पक्षसँगको छलफल पश्चात् नेपालको संविधान अनुकूल हुनेगरी परिमार्जनसहित अघि बढाउनुपर्नेमा माओवादीले केन्द्रले जनाएको छ । 

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JK02WT292B8WXJA9TFRWEQC4.avif

अमेरिकाको व्यस्त सहरमा विमान दुर्घटना, यात्रुहरू जीवित पाउन मुस्किल

एजेन्सी । अमेरिकाको उत्तरपूर्वी फिलाडेल्फियाको एक मलनजिकै ६ जना यात्रु बोकेको एयर एम्बुलेन्स(विमान) दुर्घटना भएको छ । दुर्घटना भएको क्षेत्रमा धुवाँ र आगो देखिएको छ।

जेट रेस्क्यु एयर एम्बुलेन्सले आफ्नो विमानमा सवार कोही पनि जीवित रहेको पुष्टि गर्न नसकेको बताएको छ। विमानमा चालक दलका ४ सदस्य, एक बाल रोगी र उनका अभिभावक थिए। उनीहरूको अवस्थाबारे हालसम्म पुष्टि भएको छैन् । उनीहरू मेक्सिकोको तिजुआनामा आफ्नो घर जाँदै थिए।

लियरजेट ५५ उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट मिसौरीको स्प्रिंगफिल्ड–ब्रान्सन राष्ट्रिय विमानस्थल जान प्रस्थान गरेको र स्थानीय समयानुसार साँझ ६ः३० बजेतिर दुर्घटनाग्रस्त एफएएले विज्ञप्तिमार्फत जनाएको छ ।

घटनापछि आपत्कालीन सेवाहरू घटनास्थलमा आगो निभाउन सक्रिय भएका थिए । विमानले उक्त क्षेत्रका धेरै भवनहरू र कारहरूलाई ठक्कर दिएको थियो । 

गत बुधवार राति मात्रै अमेरिकाको राजधानी वासिङ्टन डीसीमा विमान र सैन्य हेलिकोप्टर आकाशमा ठोकिएर खस्दा ६७ जनाको मृत्यु भएको थियो । (डेलीमेल)

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१
https://jawaaf.com/storage/01JJZTKYKSZ2GS59HVWZBEZKMQ.avif

जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्न लागेको छ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठक पार्टीको केन्द्रीय कार्यालय बालकुमारीमा बस्न लागेको हो ।

Pathivara.gif 82.25 KB

बैठकमा जनतासँग जसपा नेपाल, आधारभूत सङ्गठन निर्माण अभियानको समीक्षा, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल हुने पार्टीका प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिएका छन् ।

AS.gif 486.54 KB

उनका अनुसार पार्टीका पदाधिकारी तथा सदस्यहरूलाई आ–आफ्नो जिम्मेवारी र कार्यक्षेत्रअन्तर्गत भए गरेका कार्य प्रगति विवरणको लिखित प्रतिवेदनसहित बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ । बैठक  माघ २० गतेसम्म चल्ने  छ । 

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, १९ माघ २०८१