पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य दुई रुपैयाँले बढाइएको छ ।
नेपाल आयल निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै शनिबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा दुई रूपैयाँले बढाएको हो ।
डिजेल र मट्टितेलमा ४ रुपैयाँले मूल्य बढाइएको छ भने हवाई इन्धनमा आन्तरीकतर्फ प्रतिलिटर ६ र अन्तराष्ट्रियतर्फ काठमाडौंका लागि प्रतिलिटर ४३ डलरका दरले बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नयाँ मुल्यअनुसार अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६४.५०, दोस्रोमा १६६ र तेस्रोमा १६७ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५७.५०, दोस्रोमा १५९ र तेस्रोमा १६० रुपैयाँ भएको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् ।
इण्डियन आयल कर्पोरेशनबाट पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढेर आएकाले मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन पोइन्टमा बिक्री मूल्य कायम गरिएको नेपाल आयल निगमले जनाएको छ ।
कुन देशको मुद्राको दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य एकको खरिददर १३८ रुपियाँ २८ पैसा र बिक्रीदर १३८ रुपियाँ ८८ पैसा रहेको छ ।
यसैगरी युरो एकको खरिददर १४३ रुपियाँ ४८ पैसा र बिक्रीदर १४४ रुपियाँ १० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १७१ रुपियाँ ६० पैसा र बिक्रीदर १७२ रुपियाँ ३४ पैसा रहेको छ।
अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९५ रुपैयाँ ८२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०१ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिदर आठ रुपैयाँ ९४ पैसा र बिक्रीदर आठ रुपैयाँ ९८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा कायम गरिएको छ ।
कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ०४ पैसा र बिक्रीदरट ३१ रुपियाँ १७ पैसा तोकिएको छ ।
केवलकार विवाद,वार्ताको टेबलमा ल्याएर समाधान खोज्नुपर्छ : अशोक राई
धरान । मुकुम्लुङ गोलीकाण्ड संसदमा पनि उठेको छ । शुक्रवार सम्पन्न प्रतिनिधि सभाको अधिवेशनमा जसपा अध्यक्ष अशोक राईले मुकुम्लुङ विवादलाई वार्ताको टेबलमा ल्याएर समाधान खोज्नुपर्ने बताएको हो ।
वातातावरणिय प्रकृतिको विनाश, संस्कृति प्रति आघात स्थानीय जनताको विश्वास आस्थामाथि चोट परेको आधारमा आन्दोलन भइरहेको विवादको समाधान गर्नुपर्नेमा स्थानीय प्रशासन ले गोलि प्रहार गरी जनतालाई घाइते बनाउने जुन अवस्था भयो त्यो गलत रहेको उनले बताए । अब सरकार पक्ष बाट नै पहल गरेर सहमतिको खोजी गर्नुपर्ने समेत उनले बताएका छन ।
घाइतेहरू याम बहादुर लिम्बु,सगुन लावति,धर्मान पालुङ्वा लाई स्वस्थ लाभको कामना साथै आन्दोलनको सिलसिलामा गिरफ्तार भएकाहरुलाइ रिहा गर्नुपर्ने जोडदार माग समेत उनले राखेका थिए ।
नारायणी अस्पतालको भवन अभाव, कर्मचारीहरु आन्दोलित
रौतहट । नारायणी अस्पताल बिरगंजको भवन अभावले उपचारमा समस्या भएको भन्दै सम्पूर्ण कर्मचारीहरु आन्दोलित भएका छन ।
अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सक, नर्स र स्वास्थ्यकर्मीहरुले सडकमा उत्रिएर शुक्रबार बिहान केही बेर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका हुन् ।नारायणी अस्पतालको भवन अबिलम्ब बनाउनु पार्ने माग सहित आन्दोलित भएको अस्पतालकी प्रसुति अधिकृत श्रृती साहले बताएकी छिन । बिरामीको चाप बढी भएकाले सेवा दिन असजिलो भएको उनले बताइन् ।
सरकारले पाँच वर्षअघि मन्त्रीपरिषदकै बैठकबाट नारायणी अस्पताललाई केन्द्रिय अस्पताल घोषणा गर्दै ३ सय ५० शैयाको पाँच तल्ले भवन निर्माणका लागि बजेटसमेत निकासा गरेको थियो । तर उक्त भवन निर्माणको प्रकृया सुरु नहुदैं शहरी विकास तथा भवन निर्माण विभाग र निर्माण कम्पनि (ठेकेदार) बीचको विवाद सम्बन्धि मुद्धा सर्वोच्च अदालतमा विचाराधिन रहेका कारण पाँच वर्षदेखि अलपत्र अवस्थामा छ ।
अदालतले उक्त मुद्धाको छिनोफानो नलगाएका कारण बाध्य भएर आन्दोलित भएको अस्पतालका चिकित्सकहरुको भनाइ छ । सर्वोच्च अदालतमा यो मुद्धाको पेशी यहि माघ २८ गते भएको र त्यसदिन पनि मुद्धाको छिनफानो नभए थप आन्दोलनका कार्यक्रम तय गर्ने नारायणी अस्पताल विकास समितिले जनाएको छ ।
‘सरकार आफ्नै छाँयाबाट डराइरहेको छ’
काठमाडौं । स्वतन्त्र सांसद अमरेस कुमार सिंहले अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठक पश्चात संचारकर्मीहरुसँग बोल्दै उनले कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो कार्यकर्ता भर्ती गरेको र त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको बताएका हुन् ।
उनले भने, ‘अहिलेको सरकार आफ्नै छाँयाबाट डराइरहेको छ । कांगे्रस र एमालेहरुले सर्वोच्च अदालतमा आफ्नो न्यायधीशहरु कार्यकर्ता भर्ती गरेको छ । त्यही सर्वोच्च अदालतको न्यायधीशहरुको फैसलाबाट डराइरहेको छ । आजको दिनमा नेपालको लोकतन्त्र धानेको नै सामाजिक सञ्जाल, युटुब र सानो मिडियाले हो । ठुला मिडिया त आफ्नो इन्टे«समा सरकारसँग बारग्रेनिङ गर्छ र आफ्नो इन्टे«स पुरा भएपछि चुप लगाउछ । तर सामाजिक सञ्जालहरु मार्फत जुनसुकै नेपाली होस् देशमा या विदेशमा बसेर सरकारको नियमन गरिरहेको हुन्छ । सरकारले आफ्नै काम कर्तुतले सामाजिक सञ्जाल विधेयक ल्यायो । आखिर २६ करोड ऋण के को लागी ? सरकारले भन्नु पर्यो नि २६ करोडले यो विकास गरे, यती रोजगारी बढ्यो, आर्थिक गतिविधि यति बढ्यो त्यो त छैन ।’
‘ढलें ढलें’ गीत बजारमा आउँदैमा सरकार ढल्दैन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षी दलहरु सरकार ढलाउनमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विपक्षी दलहरु सरकार ढल्यो ढल्यो भन्दै गीत गाइरहेको बताएका हुन् ।
उनले भने, ‘विपक्षमा रहिरहेका साथीहरु एउटा कुरामा आफ्नो समय व्यर्थै खेर फालेजस्तो लागिरहेको छ । सरकार ढल्छ, ढल्नै लाग्यो, पुस मसान्त, माघ मसान्त, माघे संक्रान्ती आदी इत्यादी । एउटा गीत बजारमा आएको छ–‘ढलें ढलें’भन्ने अलि प्रचारमा छ । प्रायः आम रुपमा राजनीतिक नेताहरुले गाएको सुन्छु–ढल्यो ढल्यो ढल्यो..। आज ढल्यो, भरे ढल्यो, बिहान ढल्यो । राती ढल्यो, ढल्यो, ढल्यो ......। यो गीत पार्टी उत्सवमा सुहाउँला राजनीतिमा त्यति सुहाँउदैन् ।’
साथै उनले ८४ सम्म यो सरकार टसमस नगर्ने बताए । उनले दिनरात सरकार ढले भनेर गीत गाउनुको सट्टा कति कामहरु राम्रा भएका छन् त्यसको मूल्यांकन गर्नुपर्ने बताए ।
राजेश हमालको सुझाव : विदेश पढ्न जानु राम्रो हो, बुझेर मात्र जानुहोला
काठमाडौँ । अभिनेता राजेश हमालले उमेर छँदै सीप र दक्षता हासिल गर्न पोखराका युवालाई सुझाव दिएका छन् ।
गोरेटो कन्सल्टेन्सी पोखरा शाखाको उद्घाटन गर्दै हमालले उमेर छँदै व्यक्तिले आफ्नो सीप र दक्षता हासिल गर्नुपर्नेमा जोड दिएका हुन् । पोखराका केही युवा बर्ग माझ आफ्नो भनाई राख्दै उनले समय परिवर्तनशिल भएकाले समयमै हरेक व्यक्तिले आफू भोलि कस्तो बन्ने भन्ने बिषयमा निर्णय लिदै स्वदेश तथा विदेशमा उच्च शिक्षा हासिल गर्न सकिने बताए ।
परिवारको साथ भएको अबस्थामा आफुले चाहेको देशमा समेत जान सकिने राय व्यक्त गर्दै अभिनेता हमालले नेपालमा पनि उच्च शिक्षा हासिल गर्न विदेशबाट समेत नेपाल आउने गरेको दाबी समेत गरेका थिए । उच्च शिक्षा हासिल गरी प्राप्त ज्ञान र सीपलाई भविश्यमा समाज परिवर्तनको लागि र आफ्नो घर परिवारको उज्वल भविश्यको लागि लाग्नुपर्ने भनाई राखे ।
परिवारको सदस्य र आफ्नो स्वइच्छाले विदेश जान चाहेमा राम्रोसंग बुझेर आधिकारीक संस्थाबाट मात्र जानको लागि महानायक हमालको सुझाव थियो । गोरेटोका ब्राण्डएम्बासडर समेत रहेका उनले कस्तो सीप हासिल गर्ने हरेक व्यक्तिले आफ्नो बुद्धि विवेक अनुसार आफैंले समयमै निर्णय लिनुपर्ने उल्लेख गरे ।
काठमाडौं नयाँ बानेश्वरमा केन्द्रिय कार्यालय रहेको गोरेटोको शाखा पोखरामा पनि संचालन गरिएको प्रबन्ध निर्देशक धिरज कँडेलले जानकारी दिए । पोखराको चिप्लेढुंगा (महेन्द्रपुल)मा रहेको उक्त शाखाबाट क्यानडा, वेलायतसहितका देशमा उच्च शिक्षा हासिल गर्न सहजीकरण गर्ने निर्देशक कँडेलले बताए ।
गोरेटोले हालैमात्र अध्ययनका लागि यूके जाने विद्यार्थीहरूलाई समेत सेवा थालनी गरेको हो । क्यानडा जाने बिद्यार्थीहरुको पहिलो रोजाई बनेको गोरेटोले देशभरका विभिन्न स्थानमा शाखा खोल्दै आफ्नो लोकप्रियता बढाइरहेका बेला अध्ययनका लागि बिदार्थीहरुलाई वेलायत पठाउन सुरु गर्दै सेवा विस्तार गरेको हो ।
विश्वव्यापी मान्यता, आधुनिक समय अनुसारको कोर्सहरूको उपलब्धता, पढाई पश्चात् पाइने पोस्ट स्टडी वर्क पर्मिट, छिटो छरितो सरल कागजी प्रक्रिया र अन्य मुलुकको तुलनामा यूके अन्तर्राष्ट्रिय विद्यार्थीप्रति उदार भएकाले युके पछिल्लो समय आकर्षणको केन्द्रबिन्दु रहेको कुरा गोरेटो कन्सल्टेन्सीका निर्देशक कँडेलले बताए ।
नेदरल्याण्ड्समाथि थाइल्याण्डको रोमाञ्चक जित
काठमाडौं । महिला त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा थाइल्याण्डले नेदरल्याण्ड्सलाई ८ विकेटले पराजित गरेको छ ।
शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सले दिएको १२३ रनको लक्ष्य थाइल्याण्डले १८ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै पराजित गरेको हो ।
थाइल्याण्डको लागि नन्नापत कोन्चारोएनकाईले अर्धशतकीय पारी खेलिन् । त्यस्तै अफिसारा सुवान्चोन राथीले २८ रन बनाइन् ।
नेदरल्याण्ड्सका लागि आइरिस ज्विलिङ र क्यारोलिन डे लैङ्गले १–१ विकेट लिइन् ।
नेदरल्याण्ड्सका लागि कप्तान बाबेट डे लिडेले अर्धशतकीय पारी खेलिन् । उनले ५० बलमा ८ चौका प्रहार गर्दै ५२ रनको योगदान गरिन् ।
आइरिस ज्विलिङले २८ रन बनाइन् । थाइल्याण्डका लागि थिपाचा पुथावोंगले २ तथा ओनिचा कामचोम्फुले १ विकेट लिइन् ।
भोली शनिबार नेपाल र थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।
भ्रष्टाचार, कालोबजारी र महंगीविरुद्ध समाजवादी मोर्चाको प्रदर्शन
काठमाडौं । भ्रष्टाचार, कालोबजारी र महंगी विरुद्ध समाजवादी मोर्चामा आवद्ध युवाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।
समाजवादी मोर्चा नेपाल सम्बद्ध युवा मोर्चाले शुक्रबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म र्याली निकालेर संयुक्त बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा नेकपा माओवादी केन्द्रको युवा संगठन वाइसीएल नेपालका अध्यक्ष सुवोधराज श्रीपालीले अहिलेको सरकारले भष्ट्राचार न्यूनीकरण गर्ने नाममा भष्ट्राचारीलाई नै काखी च्यापेर व्यक्तिगत रुपमा सम्पत्ति जम्मा गरिरहेको आरोप लगाए ।
उनले भने, ‘एमाले–कांग्रेसको सरकारले भ्रष्ट्राचारलाई रोक्ने निहूँमा सम्पत्ति जम्मा गरिरहेको छ । एमाले पार्टीले मीनबहादुर गुरुङजस्ता राज्यलाई कर छली गर्ने ठूलो व्यापारीलाई बोकेर भ्रष्टाचार गरिरहेको छ ।’
उनले समाजवादी मोर्चामा जोडिएका दलका कुनैपनि नेता कार्यकर्ता भष्ट्राचारमा नजोडिएको दाबी पनि गरे । उनले माओवादीमाथि आरोप लगाउनुको कुनै अर्थ नरहेको पनि बताए ।
उनले भने, ‘समाजवादी मोर्चामा जोडिएका कुनैपनि नेता कार्यकर्ता भष्ट्राचारमा जोडिएका छैनन् । प्रचण्डले सरकारको नेतृत्व गर्दा पनि आफनै पार्टीका जिम्मेवार नेताहरुलाई समेत पक्राउ गरेर कारबाही गरेका थिए । त्यसकारण हामीलाई आरोप लगाउनेहरु भनेको गिरिबन्धु टी स्टेट सट्टापट्टा गरेर खानेहरु, ललिता निवास निलेर मोटाएकाहरुले हो । आरोपको कुनै अर्थ छैन ।’
सत्ताको खेल खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई आफूहरुले थ्रु’ गरेको बताएका छन् । शुक्रबारदेखि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै उनले, विकास निर्माणका काममा ‘ब्रेक’ लगाएर राखिएका कामलाई ‘थ्रु’ गरिएको भन्दै राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हुने बताए । उनले भने,‘विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं । निराशाको व्यापार गर्ने असन्तुष्टि र उत्तेजनाको उद्योग चलाएर त्यसमा नै आफ्नो भविष्य देख्ने र राजनीतिलाई सेवाको तपस्या भन्दा व्यवसायको बजार बनाउनेहरुको लागि यस्तो खबर दुखद् हो ।’
उनले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई लक्षित गर्दै सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने र मुलुक एवम जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण लागेको बताए । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट अब मुक्त भएको पनि उनको भनाइ छ ।
उनले भने,‘सत्ताको नाममा प्वाँल पारेर फुत्त अर्को डुङ्गा चलाउने मुलुक एमव् जनतालाई तिरस्कार गर्दै सत्तापत्ता खेलिरहने अवस्थामा अब बन्ध्याकरण भएको छ । संसद समक्ष बारम्बार विश्वासको मत लिनुपर्ने तमासाबाट हामी मुक्त भएका छौं ।’
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको
प्रतिनिधिसभाको सम्बोधन
१८ माघ २०८१
सम्माननीय सभामुख महोदय,
सर्वप्रथम यस गरिमामय सदनको पाचौं अधिवेशनमा म सबै माननीयज्यूहरुलाई हार्दिक स्वागत गर्दछु ।
म यस गरिमामय सदनमार्फत् देश र जनताका निम्ति आफ्नो अमूल्य जीवन समर्पण गर्ने ज्ञात/अज्ञात शहीदहरूको विशेष स्मरण गर्दै ती सम्पूर्ण वीर/वीराङगनाहरूप्रति हार्दिक नमन एवं श्रद्धाञ्जलि अर्पण गर्दछु । देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउने शहीदहरूका महान् सपनालाई साकार पार्ने दृढ संकल्प पनि गर्दछु । साथै यस राष्ट्र्रको जीवनमा अमूल्य योगदान दिने पुष्पलाल, विपी कोइराला, गणेशमान सिंह र मदन भण्डारी लगायत सम्पूर्ण अग्रजहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु ।
‘पछिल्लो नौ वर्षमा बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा ४२ पटक सवारी दुर्घटना भयो, धेरैको ज्यान गयो ।’
सभामुख महोदय, यो केही समयअघि एउटा अनलाइनमा आएको समाचार शीर्षक हो ।
त्यो समाचार हेर्दैगर्दा मेरो आङ सिरिङ्ग भयो । सबैखाले सवारी दुर्घटनामा ज्यान गुमाउने परिवारका बृद्ध बाबू–आमा र टुहुरा छोराछोरीको वेदनाले म केही भावुक पनि बनें । सडक पूर्वाधार असुरक्षित हुँदा हामी दिनदिनै यस्ता खबर सुन्न अभिसप्त छौं ।
मैले संकल्प गरें– अब हामीले यस स्थितिलाई बदल्नु पर्ने छ र त्यसका लागि काम गर्नु पर्ने छ।
यस्ता वेदनामय खबरहरुबाट पार पाउन आज केही काम अघि बढिरहेको म स्मरण गराउन चाहन्छु ।
यस पटक संसद्को हिउँदे अधिवेशन सुरु हुनुभन्दा एक साता अघि सिद्धबाबा सुरुङमार्ग ब्रेक–थ्रु भएको छ । अब केही समयभित्र हामी यस सुरुङमार्गलाई सञ्चालनमा ल्याउने छौं । यसले पाल्पा, स्याङ्जा, कास्की, गुल्मी र अर्घाखाँचीको उत्तरी भेग हुँदै प्युठानलाई बुटवलसँग जोड्ने छ । यही सडक कालीगण्डकी करिडोरसँग पनि जोडिंदै छ र त्यहाँका जनताको जीवनमा यसले ठूलो परिवर्तन ल्याउने छ ।
सडक यात्राको असुरक्षा घटाउन र पूर्वाधारलाई दीगो बनाउन हामीले सुरुङ मार्गको योजना अघि सारेका थियौं ।
सम्माननीय सभामुख महोदय,
प्रधानमन्त्री भएपछि संसद्बाट विश्वासको मत लिने क्रममा मैले भनेको थिएँ– यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता— थालेको काम सक्ने हो ।
थालेका कामहरुलाई हामीले कहाँ पुर्याउँदै छौं ! यस विषयमा मैले आज यस सम्मानित सदनलाई जानकारी गराउनु पर्दछ–
काठमाडौं–तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धेद्रे सुरुङ पनि ब्रेक थ्रु भएको छ ।
चीन र भारतलाई जोड्ने हाम्रो राष्ट्रिय गौरवको आयोजना जोगवनी–किमाथांका सडकमार्ग केही दिन अघि मात्रै ब्रेक–थ्रु भएको छ ।
ठेकेदार कम्पनीले काम छोडेपछि बुटवल–नारायणगढ खण्डको सडक निर्माणको काम यो सरकार आउँदाका बखत अलपत्र थियो। आज त्यसको काम द्रूत गतिमा अघि बढिरहेको छ ।
यो सरकार आउँदा धुलो उडिरहेको मुग्लीन–पोखरा सडक आज चिल्लो र आकर्षक भएको छ ।खेल हाम्रा युवाहरुको जीवनशैली बनेको छ । त्यसैले यस पटक क्याबिनेटको पहिलो बैठकले कीर्तिपुरको क्रिकेट खेलमैदानलाई रंगशाला बनाउने र त्यसमा फ्लड लाइट जोड्ने निर्णय गरेको थियो । त्यसका लागि टेण्डर आह्वान भएको छ– तोकिएको दिनभित्रै त्यसलाई सम्पन्न गर्नेगरी काम अघि बढिरहेको छ ।
रंगशालाकै कुरा गर्दा सुर्खेतमा आधुनिक कर्णाली रंगशाला तयार भएको छ । देशको दुर्गम भूगोल मानिने कर्णालीमा आधुनिक रंगशाला– यो हाम्रा युवाको भविष्यका लागि सुखद् सन्देश हो ।
विकास निर्माणका काममा ‘ब्रेक–थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि हामी आएपछि ‘थ्रु’ गरेका छौं ।


