सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JJV65QVH90PJNMVRZ3VZWBDH.jpg

गुणस्तरीय पत्रकारिता गर्न आवश्यक : प्रदीप ज्ञवाली

काठमाडौं ।  नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अहिलेको अवस्थामा गुणस्तरीय पत्रकारिता गर्न आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रेस चौतारी ललितपुर जिल्ला समिति नेपालको छैटौं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले सूचना प्रविधिको दुरुपयोग भइरहेकाले सत्य तथ्यलाई जोगाउन आवश्यक रहेको बताएका हुन् ।  

उनले भने, ‘मिडियालाई सत्यतथ्यको लागि बचाउनुपर्ने छ । प्रेस चौतारीले  मिडियाहरुलाई कसरी बचाउने ठूलो चुनौति छ । सूचना प्रविधिको दुरुपयोग असाध्यै तिव्र रफ्तारमा गइरहेको  छ । सही र गलत सूचनाहरुको बीचमा मिडियाहरु छन् । जानकारीमूलक समाचारलाई जोगाउन आवश्यक छ ।’

साथै उनले अहिलेको  समयमा धेरै  मिडियाहरु भएकाले संख्याको  हिसावले मिडिया नजोगिने बताए । उनले संचारमाध्यमहरु टिक्नको लागि कतिको गहिराइका साथ समाचार उजागर गर्न सकिन्छ भन्ने विषय ठूलो भएको बताए ।

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJV2GM3EADSMJS1Q5TXRA4JZ.jpg

सुनको भाउ घट्दा चाँदी बढ्यो

काठमाडौं ।   नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन तोलामा एक सय रूपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ । 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो । 

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८५ रूपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो ।

MIC (1).gif 172.09 KB

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJV1XH81GRPDV368VXVSCWFG.jpg

नो केवलकारका घाइतेलाई भेट्न शिक्षण अस्पताल पुगे जसपा अध्यक्ष राई

१७ माघ, धरान। मुकुम्लुङ्ग केवलकार आन्दोलनका घाइतेहरूलाई भेट्न जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई पुगेका छन । बिहिवार घाइतेहरूको उपचार भइरहेको शिक्षण अस्पताल महाराजगन्जमा पुगेर उनले घाइतेहरूको शीघ्र स्वस्थ लाभको कामना समेत गरेका छन । उनको साथमा माननीय सुशीला श्रेष्ठ पनि घाइतेहरूलाई हौसला दिन पुगेकी थिइन ।  

यही माघ १२ गते शनिवार मुकुमलुङ्ग (पाथीभरा) क्षेत्रमा नो केवलकार आन्दोलनका योद्धाहरू समुन लावती, याम लिम्बू र धर्मान पालुङ्वालाई सशस्त्र प्रहरीको गोली लागि घाइते भएका थिए ।  उत्त घट्ना प्रति जनता समाजवादी पार्टीले विरोध जनाउदै प्रेस विज्ञप्ति समेत निकालेका थिए ।

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJV08G3ASX2ZTERN2VFESDDE.jpg

सेनाको हेलिकोप्टर र अमेरिकी विमान पोक्किए, १८ जनाको शव निकालियो

एजेन्सी । अमेरिकामा सेनाको हेलिकोप्टर ठोकिएर नदीमा खसेको अमेरिकी विमान दुर्घटना स्थलबाट १८ जनाको शव निकालिएको छ । 

रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै पोटोम्याक नदीमा ६४ जना सवार अमेरिकी विमान दुर्घटनामा परेको र हालसम्म १८ जनाको शव निकालिएको समाचार एजेन्सीहरूले जनाएका छन् । 

सेनाको हेलिकोप्टरमा तीन जना रहेको बताइएको छ । युएस फेडरल एभिएसन एडमिनिस्ट्रेशन (एफएए) ले बुधवार रोनाल्ड रेगन वाशिङटन राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा एक यात्रुवाहक विमान हेलिकोप्टरसँग पोक्किएको पुष्टि गरेको हो । 

विमान धावनमार्गमा पुग्ने क्रममा उक्त घटना भएको बताइएको छ । उक्त विमानमा ६० यात्रु र चार जना चालक दलका सदस्य थिए भने सेनाको ब्ल्याक हक हेलिकोप्टरमा तीन जना सैनिक सवार रहेको सीसीटीभीप्लसको समाचारमा उल्लेख छ ।

बुधवार राति ९ बजेतिर यात्रुवाहक विमान र सेनाको हेलिकोप्टर आपसमा ठोक्किएर दुर्घटना भएको जनाइएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJTNKX19064A4KEVK86E000B.jpg

सभापति कपको फाइनल आज, उपाधिका लागि सङ्कटा र बागमती भिड्दै

काठमाडौं । नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी पहिलो संस्करणको सभापति कप फुटबलको फाइनल खेल आज हुँदैछ । 

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा साँझ साढे ५ बजे सुरु हुने खेलमा ए डिभिजन क्लब सङ्कटा र आयोजकले बनाएको लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) बिच प्रतिस्पर्धा हुनेछ । 

Bantawa Hardware.gif 828.52 KB

माघ १० गतेदेखि सुरु भएको प्रतियोगितामा ८ टिमले सहभागिता जनाएका थिए । पहिलो संस्करणको उपाधि विजेताले २६ लाख र उपविजेताले १३ लाख रुपैयाँ नगदै पाउनेछ । यो नेपाली नकआउट फुटबलको सर्वाधिक पुरस्कार राशि हो । 

बुधबार आयोजित पत्रकार सम्मेलनमा दुवै टोलीका प्रशिक्षक र कप्तानले फाइनल खेल प्रतिस्पर्धात्मक हुने बताउँदै उपाधि जित्ने दाबी गरेका छन् ।

आयोजक नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिले बुधबार नै सहिद दिवसको अवसरमा सहिद गेटमै ट्रफी सार्वजनिक गरेको थियो ।

NOW.gif 152.32 KB

नकआउट प्रतियोगिताको सेमिफाइनलमा सङ्कटाले मच्छिन्द्र फुटबल क्लबलाई सडनडेथमा ८–७ गोल र बागमतीले एनआरटीलाई टाई ब्रेकरमा ४–२ गोलले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । 

यस्तै प्रत्येक खेलको प्लेयर अफ दि म्याचलाई १५ हजार, सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार रुपैयाँ प्रदान गरिने महाधिवेशन निर्देशन समितिका संयोजक मोहन बहादुर बस्नेतले जानकारी दिए ।

फाइनल खेलका विजेता र उप विजेतालाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पुरस्कार वितरण गर्ने छन् भने फाइनल अघि झाँकी पनि प्रस्तुत गरिने तयारी छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJTNACS3STH89MF7QZWBH26J.jpg

सिटी च्याम्पियन्स लिगको प्ले अफमा

काठमाडौं । म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगको ‘प्लेअफ’ मा पुगेको छ । बेल्जियमको क्लबबर्गलाई बुधवार ३–१ को पुनरागमन जित निकाल्दै सिटीले ‘प्लेअफ’ मा स्थान पक्का गरेको हो ।

सिटी अन्तिम खेलअघि अंक तालिकाको २५ औं स्थानमा थियो ।  सिटी पहिलो हाफमा १–० ले पछि परेको थियो । दोस्रो हाफमा सिटी नतिजा उल्टाउन सफल भएको थियो ।

पहिलो हाफको अन्तिम मिनेटमा राफेल न्वाडिकीको गोलमा क्लब बर्गले खेलमा अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुवातमा बराबरी गोल गर्दैै सिटी खेलमा फर्केको थियो। ५३ औं मिनेटमा माटेओ कोभासिसले बाराबरी गोल गरेका थिए ।

६२ औं मिनेटमा साभिन्होको क्रसलाई जोगाउने ओर्डोनेजको प्रयासमा आत्मघाती गोल भएपछि सिटीले अग्रता लिएको थियो । साभिन्होले ७७ औं मिनेटमा गोल गरेपछि सिटी विजयी भएको थियो ।

८ खेलमा ३ जित सहित ११ अंक बनाएर २२ औं स्थानमा रहँदै सिटी प्ले अफमा पुगेको हो ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJTN07XGCD20CMVB0V9NZ0NJ.jpg

आज सोनाम ल्होछार, देशभर सार्वजनिक बिदा

काठमाडौँ । आजबाट सोनाम ल्होछार २८६१ शुरु भएको छ । आज (बिहीबार) गरुड वर्षलाई बिदा गरी सर्प वर्षलाई स्वागत गरिँदैछ । सोनाम ल्होसारका अवसरमा सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा हर्षोल्लासका साथ मनाउँछन् । सोनाम ल्होछारलाई मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा विभाजन गरिएको छ ।

ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । सोनाम ल्होछार उत्सव माघ शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाउने भए पनि विशेषगरी तामाङ समुदायको घरघरमा कम्तीमा पाँच दिन मनाउने गरिएको छ ।

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJTJKG6TT8WWZXJC08FVREH4.gif

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ १७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ७७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ ६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ४३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ २९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । 

जापानी येन १० को खरिदर आठ रुपैयाँ ८९ पैसा र बिक्रीदर आठ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ पाँच पैसा र बिक्रीदर १९ रुपियाँ १४ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिदर ३७ रुपियाँ ९० पैसा र बिक्रीदर ३८ रुपैयाँ ६ पैसा,  मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपियाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५९ पैसा कायम भएको छ ।

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJSH7QYEZE0J0QC0YQX1KGSJ.jpg

जसपाको विरोध सभा : केवलकार कुनै हालतमा बन्न हुदैन

धरान । ताप्लेजुङ मुकुम्लुङ्ग (पाथीभरा) मा चन्द्र ढकाल नेतृत्वले निर्माण गर्दै गरेको केवलकारको चौतर्फी विरोध भइरहेको बेला जनता समाजवादी पार्टीले पनि  विरोध जनाएको छ । बुधवार धरानको भानुचौकमा जसपा धरान नगर समितिले आयोजना गरेको विरोध सभामा केवलकार कुनै हालतमा बन्न नहुने जसपा नेताहरूले तर्क गरेका छन ।

Pathivara.gif 82.25 KB
 

सभालाई सम्बोधन गर्ने क्रममा जसपा प्रदेश सचिव राम माण्डुपा राईले मुकुम्लुङमा केवलकार बनाउने नाउँमा राज्यले जनताको सांस्कृतिक अधिकार प्रति प्रहार गरेको बताएका छन । अब भने आइ.एल.ओ न.१६९ लागु पर्नुपर्नेमा उनले जोड दिए । यो आदिवासी तथा जनजाति समुदायसम्बन्धीको अन्तर्राष्ट्रिय सन्धि हो । उनका अनुसार यो सन्धिमा एक राष्ट्र,राज्यभित्र बसोबास गर्ने आदिवासी तथा जनजाति समुदायका अधिकारको रक्षा गर्ने दायित्व सरकारको काँधमा हुन्छ भनिएको छ । आदिवासीहरूका जीवन पद्धति र संस्कृतिहरूको सम्मान; भूमि तथा प्राकृतिक स्रोत प्राप्त गर्ने उनीहरूको अधिकार मान्यता तथा विकासका प्राथमिकतालाई प्रस्ट व्याख्या गरिएको छ । त्यो आधारमा केवलकार निर्माण को विरोध जायज छ उनले भने । मुकुम्लुङ आदिवासी जनजाति लिम्बू समुदायहरूको आस्थाको केन्द्र पनि हो केवलकारले यहाँको महत्त्व विशेषता माथि ह्रास ल्याउने सम्भावना भएकोले केवलकार बन्न नहुने समेत उनले बताए ।

Bantawa Hardware.gif 828.52 KB

जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बुले कमिसनको लोभमा प्रहरी प्रशासन खटाएर केवलकार जबरजस्ती बनाउन खोजिएको  केवलकार बनाउने नाममा २७ करोड ८५ लाख को कमिसन करप्सनमा राज्य  डुबेको आरोप लगाएका छन । व्यक्तिगत स्वार्थ र फाइदाको लागि स्थानीयको भावना मर्म विपरीतको काम भएको बताउदै उनले यस्तो राज्यको कदम प्रतिको विरोधमा जसपा धरान नगर कमिटी पहिलो पङ्तीमा रहेको बताए ।
उनिहरूले विरोध सभामा केवलकार चाहिदैन,मुकुम्लुङको संरक्षण गर, सशस्त्र प्रहरीको गोलि लागि घाइते बनेकाहरूको निःशुल्क उपचार गर, गोलि हान्न निर्देशन दिन सिडिओ लाई कार्यवाही गर लगायतको नारा नगाएका थिए ।

 जसपा मजदुर अध्यक्ष  चन्द्र सोताङ्ग,जसपा सुनसरी जिल्ला सदस्य मदन तामाङ्ग,विद्यार्थी प्रदेश न.१ अध्यक्ष चन्द्र किराँती, तेज नारायण चौधरी,कौशिला चेम्जोङ्ग लगायतले कार्यक्रममा बोलेका थिए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, १६ माघ २०८१
https://jawaaf.com/storage/01JJSERH0ETSRWF7EY7K0P6RN2.jpg

वर्तमान व्यवस्था ल्याएकाहरु नै सत्तामा गएपछि देश डुबाउने हर्कतमा लागेका छन् : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले राजतन्त्रलाई फ्यकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु नै सत्तामा गएपछि  देशलाई डुबाउने हर्कतमा लागेको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित नेपाल समाजवादी विद्यार्थी युनियनको दोश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले अहिले राजनीतिक परिवर्तन पछिको आर्थिक युग रहेको भन्दै व्यवस्थाभित्र रहेका कमि कमजोरीहरु पत्ता लगाएर देशलाई समृद्ध बनाउने तर्फ केन्द्रीत हुनुपर्ने बताए । 

उनले भने, ‘जसले हामी खुकुरी हान्दा पनि नडगमगाई आन्दोलनमा गइयो, हिजोको राजतन्त्रलाई फ्याकेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका मानिसहरु हौं हामी । तर तिनै मानिस सत्तामा जाँदा उही हर्कत गर्ने ? भ्रष्टाचार गर्ने ?अनेक काण्ड गरेर देशलाई डुबाउने ?हामी फेरी परिवर्तन ल्याउँछौं । राजनीतिक परिवर्तन पछिको आर्थिक युग जुन छ त्यसको हामीले शक्ति आर्जन गरेर यो व्यवस्थभित्र रहेका जुन कमि कमजोरीहरु छन् सुशासनको कुरामा केन्द्रीय भएर हाम्रै जीवनकालमा यो देशलाई समृद्ध बनाउँछौ ।’

त्यस्तै उनले समाजवादी विद्यार्थी युनियनलाई अरु पुराना पार्टीको जस्तो झोले बनाएर ठाडो आदेश नगर्ने बताए । विद्यार्थी संगठनलाई कुनै पनि किसिमको हस्पक्षेप नगरी स्वायत्तत्ता बनाउने उनले प्रतिवद्धता जनाए । 

उनले भने, ‘हामीले अरु पुराना पार्टीको जस्तो झोले बनाएर र पूरै ठाडो आदेश गर्ने विद्यार्थी सम्मेलनमा पनि कसैको आदेश हुन्छ ? हामीले सुनिरहेको हुन्छौ । सबैभन्दा क्रान्तिकारी भनिएको हाम्रो साथिहरुको पनि कहिले पानी खन्याइदिने कसैलाई जलाइदिने गरेर आफ्नै मान्छे राख्ने खराब प्रवृत्ति एकतर्फ छ भने हामी त्यसरी हस्तक्षेप गर्दैनौ। हाम्रो विद्यार्थी संगठन स्वायत्तत्ता हुन्छन् । विधानमा मै लेखेको छौं ।’

राजनीतिक स्थिरता भयो, प्रत्येक्ष निर्वाचन प्रणालीबाट पाँच वर्ष प्रत्येक्ष रुपमा सरकार चलाउन पाइयो भने २० वर्षभित्र नेपाललाई अहिलेको गरिबीको अवस्थाबाट समृद्धिको अवस्थामा पुर्याउन सकिने उनको भनाई छ ।

प्रकाशित मितिः बुधबार, १६ माघ २०८१