सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JJXN6CGWWWPWTSZXPFE6QQCX.jpg

पाथिभरा केवलकार विवाद समाधानका लागि वार्ता समिति बनाइने

काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पाथिभरा केवलकारको विषयमा देखिएको समस्याबारे वार्ता समिति बनाएर टुङ्गाइने बताएका छन् ।

शुक्रबार बसेको नेपाली काङ्ग्रेस संसदीय दलको बैठकपश्चात पाथिभराको केवलकारको विवादको विषयमा प्रश्नहरु उठेको भन्दै त्यसको लागि गृहमन्त्रीले वार्ता समिति बनाएर सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराएको बताए ।
उनले भने, ‘बैठकमा पाथिभराको केवलकारको विषयमा भइरहेको विवादका विषयमा पनि प्रश्न उठाउनु भयो र गृहमन्त्रीले यो विषय संसदीय व्यवस्था मामिला मन्त्रालय अन्तरगत पर्ने हुनाले मामिला मन्त्रालयको सचिवलाई बोलाएर वार्ता समिति बनाएर यसलाई सकारात्मक तरिकाले टुङ्गाउन पहल गर्न निर्देशन दिइसकेको जानकारी गराउनु भएको छ ।’

यसको साथै, उनले बैठकमा आगामी निर्वाचन स्थानीय निर्वाचनभन्दा अगाडि आम निर्वाचन गर्नको लागि व्यवस्था मिलाउन र अध्यादेशको बारेमा कुराहरु उठेको पनि बताए ।

IMG_5677.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJXEEPSFQ7X3Q92F06J9E91W.jpg

सुन चाँदीको मूल्य बढ्यो

काठमाडौँ ।  नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  सुन तोलामा २३ सय रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, शुक्रवार चाँदीको मूल्य पनि बढेको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रवार प्रतितोला एक हजार ९ सय १५ रुपैयाँ किनबेच भइरहेको छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ६० रुपैयाँले बढेको हो ।

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJXBXVYVRHVXBANEYA7R016Y.webp

आइतवार देखि ९ जिल्ला बन्द, बेवास्ता गरे आमहड्ताल गर्ने चेतावनी : मुकुम्लुङ आन्दोलन

१८ माघ, धरान । मुकुम्लुङ नो केवलकारको आन्दोलन नरोकिने भएको छ । यहीँ १२ गते ताप्लेजुङ फुङलिङमा नो केवलकार समूहलाई प्रहरीद्धारा गोलि हानी घाइते बनाए पछि आन्दोलन चुलिएको हो ।

Bantawa Hardware.gif 828.52 KB

त्यसै मुकुम्लुङ नो केवलकार आन्दोलनले ९ दलको समर्थन पनि पाएको छ ।  राष्ट्रिय मुत्ती पार्टी,संघिय राष्ट्रिय लोकतान्त्रिक मञ्च,पहिचानवादी मोर्चा, जसपा नेपाल,जसपा किरात राष्ट्रिय समिति,नागरिक उन्मुक्ति पार्टी,नेपाल जनमुक्ति पार्टी,नेपाल मंगोल नेसनल अर्गनाइजेसन-डिजिजी,किरात लिम्बुवान प्रदेश समिति सहितको अन्तर्दलीय संघर्ष समिति मार्फत संयुक्त प्रेस विज्ञप्ति समेत शुक्रवार निकालिएको छ ।

Pathivara.gif 82.25 KB

२० गते देखि ९ जिल्ला ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभा मा यातायात बन्द हुने प्रेस विज्ञप्ति मा भनिएको छ । नो केवलकार समूहले यहीँ १५ गते ताप्लेजुङ छिर्ने नाकाहरूमा यातायात बन्द गरेको थियो । उत्त बन्द प्रति राज्यले कुनै ध्यान नदिएकोले पुन: २० र २१ गते यातायात बन्द आह्वान भएको  सो दिनसम्ममा पनि सम्बोधन नभए अनिश्चितकालीन आमहड्ताल घोषणा गरिने,ग्लोबल आइ.एम.इ बैंक यहीँ २० गते देखी बन्द गरिने चेतावनी समेत उनिहरूले दिएका छन । 

AS.gif 486.54 KB

मुकुम्लुङ क्षेत्रमा केवलकार बन्न दिने निर्णय खारेज गर्नुपर्ने,गिरफ्तार गरिएका प्रदिप मादेन,चन्द्रसागर लिम्बू,लक्ष्मण लिम्बुलाई बिनासर्त रिहाई गर्नुपर्ने,नाम्जागे काफ्लेपाटीमा राखिएका सशस्त्र र जनपथ प्रहरी फिर्ता गर्नुपर्ने,गोलि लागेका घाइतेहरूलाई आजीवन जीवन निर्वाहको व्यवस्था गर्नुपर्ने उनिहरूले माग गरेका छन ।

Furniture House.gif 947.74 KB

Planning_Consultancy.gif 1.45 MB

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJX9VVYRWJ5BRW3RG3YH4Q7H.jpg

नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल शुक्रबार  हुँदैछ । आज हुने  फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् ।

Bantawa Hardware.gif 828.52 KB

एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा जनकपुर र काठमाडौं उत्कृष्ट प्रदर्शन गर्दै उपाधि नजिक छन् । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा साँझ ६ः३० बजे सुरु हुनेछ । त्यसअघि गायिका डाक्टर त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिनेछिन् ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJX3XZDX5DHSJTY43HNG9A7T.png

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३८ रुपियाँ ३१ पैसा र बिक्रीदर १३८ रुपैयाँ ९१ पैसा कायम भएको छ । 

युरोपियन युरो एकको खरिदर १४३ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३८ पैसा,  अष्ट्रेलियन डलर एकको खरिदर ८६ रुपैयाँ १३ पैसा र बिक्रीदर ८६ रुपैयाँ ५० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपैयाँ र बिक्रीदर ९६ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिदर १०२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १०२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ०७ पैसा र बिक्रीदर १९ रुपैयाँ १६ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०३ पैसा, कतारी रियाल एकको खरिदर ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३८ रुपैयाँ १० पैसा , युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३१ रुपैयाँ ४८ पैसा र बिक्रीदरट ३१ रुपियाँ ६२ पैसा तोकिएको छ ।

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJX360FKZAE88T178W4QYZR2.jpg

संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि

काठमाडौँ । संघीय संसद्को हिउँदे अधिवेशन आज शुक्रवार देखि सुरु हुँदैछ । दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित दलीय आधारमा सदस्यले मन्तव्य राख्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । यस्तै दुवै सदनमा सरकारका तर्फबाट ६ अध्यादेश पेस गर्ने कार्यसूची छ । 

Bantawa Hardware.gif 828.52 KB

संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभा बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने कार्यसूची छ । 

यता विपक्षी दलहरूले बोल्न दिने तर, अध्यादेश पेस गर्न नदिने रणनीति बनाएका छन् । संसदमा बोल्ने र अध्यादेश पेस गर्न लाग्दा अवरुद्ध गर्ने तयारी विपक्षी दलहरूको छ । 

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJX2H5N8VDBV18X79J8TDV0Q.jpg

महिला टी–२० मा आज नेदरल्याण्ड्स र थाइल्याण्ड भिड्दै

काठमाडौं ।  बिहीबारबाट सुरु भएको त्रिदेशीय महिला टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खला अन्तर्गत आज नेदरल्याण्ड्स र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा आज नेदरल्याण्ड्स र थाइल्याण्डबीच प्रतिस्पर्धा हुन लागेको हो । 

बिहीबार भएको सम्पन्न उद्घाटन खेलमा नेपाल नेरदल्याण्डसँग २० रनले पराजित भएको छ । 

टस जितेर नेदरल्याण्ड्सलाई सुरुमा ब्याटिङको निम्तो दिएको नेपालले पाएको १५८ रनको लक्ष्य भेट्न नसक्दा घरेलु मैदानमा पहिलो खेलमा पराजय भोगेको हो । पूरै २० ओभर खेलको नेपालले सात विकेटको क्षतिमा १३७ रन मात्र बनाउन सक्यो।

आईसीसीको वरीयतामा नेदरल्याण्ड्स १६औँ र नेपाल २०औँ स्थानमा छ भने थाइल्याण्ड १३औँ स्थानमा छन् ।  अर्को खेलमा नेपालले शनिबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, १८ माघ २०८१
https://jawaaf.com/storage/01JJVQQ8JS4YY0B57KD6M4401X.jpg

प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रूपमा प्रस्तुत हुने माओवादीको निर्णय

काठमाडौँ । नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दलको हैसियतले संसदमा सशक्त रूपमा प्रस्तुत हुने निर्णय गरेको छ । बिहीबार सिंहदरबारमा बसेको माओवादीको संसदीय दलको बैठकले विपक्षी सात दलसँग बिहानको बैठकमा भएको ५ बुँदे सहमतिका अनुसार संसदमा प्रस्तुत हुने निर्णय गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

उनले भने, ‘संघीय संसदको हिउँदे अधिवेशन जसलाई विधेयक अधिवेशन पनि भनिन्छ यसलाई व्यवस्थित, थप प्रभावकारी कसरी बनाउने र हाम्रो दल प्रमुख प्रतिपक्षीदलको रूपमा रहेका जिम्मेवारीहरू छन्, एउटा आफ्नो दलको तर्फबाट सशक्त रूपमा जनताका आवाजहरू सदनमा उठाउने र अन्य विपक्षी दलहरूलाई पनि लिएर हाम्रा मध्य एकता हुनसक्ने विषयवस्तुमा सामूहिक रूपमा आवाज बुलन्द गर्ने यी जिम्मेवारीलाई व्यवस्थित गर्नको लागी बैठक सम्पन्न भएको छ ।’

सरकारले ल्याएको अध्यादेश लोकतन्त्रलाई सबलीकरण गर्नेगरी नआएको बैठकले निष्कर्ष निकालेको पनि उनले जानकारी दिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

 

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJVDV6SS54B04BDQV05FHCDK.jpg

टि – ट्वान्टी आई सिरिजमा नेदरल्याण्ड्सले दियो नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य

काठमाडौं । त्रिकोणात्मक महिला टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा नेपालविरुद्ध नेदरल्याण्ड्सले विशाल योगफल तयार गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलमा नेदरल्याण्ड्सले नेपाललाई १ सय ५८ रनको विशाल लक्ष्य दिएको हो । 

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ५७ रनको विशाल योगफल तयार गरेको हो ।

नेदरल्याण्ड्सका लागि रिकेले नट आउट रहँदै सर्वाधिक ५९ रन जोडिन् । उनले ५९ बलमा ८ चौका प्रहार गरिन् । स्ट्रि कालिस ३५ बलमा २९ र हेटर सिगेर्स १९ बलमा २३ रन जोड्दै आउट भइन् ।

आरिस विलिङले १३ बलमा ५ चौकाको सहयोगमा नट आउट ३१ रन बनाईन् । नेपालले अन्तिम ५ ओभरमा ६२ रन खर्चिएको थियो ।

नेपालका लागि कविता कुवँर, पुजा महतो, सिता राना मगर र इश्वरी बिष्टले समान १ विकेट लिइन् । घरेलु मैदानमा नेपालले दोस्रो पटक टि ट्वान्टी आई सिरिज खेलिरहेको हो । यसअघि सन् २०२२ को मेमा युगान्डासँग ५ खेलको टि ट्वान्टी आई सिरिज खेलेको थियो ।

सिरिजमा नेपाल र नेदरल्याण्ड्सका साथै थाइल्याण्डको सहभागिता छ । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

 

 

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१
https://jawaaf.com/storage/01JJV9NXH9BQKTF0H6AP7BCWM2.jpg

आर्मी र पुलिस टाइगर कप भलिबलको पहिलो क्वालिफायरमा

पोखरा  । पोखरा एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो क्वालिफायर खेल्ने भएका छन् ।

‘जित्ने समूह’ को अन्तिम खेलमा भारतको सुनिल भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै आर्मीले पहिलो क्वालिफायर खेल्ने पक्का गरेको हो ।

पहिलो सेट २०–२५ ले गुमाएको आर्मीले दोस्रो र तेस्रो सेटमा पुनरागमन गरेको थियो । दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–२३ ले आफ्नो पक्षको पारेको थियो । तेस्रो सेटमा ५–१० स्थितिलाई उल्टाउँदै सुनिल क्लबले २२–२२ को अवस्थामा पु¥याएको थियो ।

Bantawa Hardware.gif 828.52 KB

तर, अन्तिममा पुनः आर्मीले अग्रता लिँदै सेट आफ्नो पक्षमा पा¥यो । चौथो सेट भने आर्मीले २३–२५ ले सुनिल क्लबलाई सुम्पिदा खेल पाँचौं सेटमा धकेलिएको थियो । पाँचौं सेटमा उत्कृष्ट प्रदर्शन गर्दै आर्मीले १५–१२ ले जित दर्ता ग¥यो ।

योसँगै ‘जित्ने समूह’ बाट आर्मी शीर्ष र पुलिस दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान पक्का गरेका छन् । २ खेलबाट १ अंक जोडेको सुनिल क्लब तेस्रो स्थानमा रहँदै एलिमिनेटरमा पुगेको हो ।

यसअघि बिहीबार बिहान भएको खेलमा महिलातर्फ नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोट्र्स क्लब दोस्रो क्वालिफायरमा प्रवेश गरेको थियो । न्यू डायमण्डले अब फाइनल प्रवेशका लागि सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुपबिचको खेलमा पराजित हुने टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

अब आजको तेस्रो खेल गण्डकी प्रदेश र टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबबिच हुनेछ । उक्त खेलको विजेताले एलिमिनेटर खेल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB
 

प्रकाशित मितिः बिहिबार, १७ माघ २०८१