टाइगर कप भलिबल : आर्मी र भारतको सुनिल क्लबको खेल स्थगित
पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लब र भारतको सुनिल भलिबल क्लबको बिचको खेल स्थगित भएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा चौथो सेटको खेल सुरु हुने समयमा खराब प्रकाशका कारण खेल स्थगित गरिएको हो ।
पहिलो सेट पहिलो सेट २५–२३ र दोस्रो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको सुनिल भलिबल क्लबले तेस्रो सेट १८–२५ ले आर्मीलाई सुम्पिएको थियो । त्यसपछि खेल स्थगित भएको हो । अब आर्मी र सुनिल भलिबल क्लबबिचको खेल बिहीबार हुनेछ । यसअघि स्थगित भएको टिपटप हेल्प नेपाल स्पोट्र्स क्लब र गण्डकी प्रदेशबिचको खेल पनि भोलि हुने तालिका छ ।
यसअघि भएको खेलमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोट्र्स क्लबसँग ३–२ सेटले पराजित हुँदै सशस्त्र प्रहरी बल एपिएफ प्रतियोगिताबाट बाहिरिएको थियो । महिलातर्फ भएको खेलमा एपिएफ र ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले जित निकालेका थिए । पहिलो खेलमा ट्राभल इन्क्वारीले आर्मीलाई ३–० र एपिएफले आयोजक टाइगर ग्रुपलाई ३–० को सेटमा पराजित थियो ।
मुकुम्लुङमा भईरहेको द्विपक्षीय समस्या समाधानको दृष्टिकोण
धरान l मुकुमलुङ पाथीभरा आदिवासी लिम्बू समुदायको मुन्धुमी स्थल हो भने सनातन धर्मालम्बीहरूको एक पवित्र धार्मिक आस्थाको केन्द्र हो। त्यसैले यो छेत्र सम्पूर्ण नेपालीहरूको महत्वपूर्ण सांस्कृतिक सम्पदा हो । २०७५ पौष १६ गते अहिलेकै प्रधानमन्त्री को मन्त्रिमण्डलले मुकुमलुङमा केवलकार बनाउने निर्णय गरेको हो। र, त्यस पश्चात् मुकुमलुङमा केवलकार बनाउने र नबनाउने पक्षबिचको बहस चल्दै आएको छ। फेरी अहिले केपि ओली कै नेतृत्व सरकारको मन्त्रिमण्डलरहेको अवस्थामा केवलकार बनाउने पक्ष सकृय भई केवलकार बनाउन नहुने भन्दै आन्दोलनमा उत्रने पक्षलाई गोली हान्ने परिस्थिति निर्माण भएपछी मुकुमलुङ पाथीभराको स्थिति तनाबपूर्ण बनेको छ।
केवलकार निर्माण पर्यावरणीय न्याय, स्थानीय अधिकार, संस्कृति संरक्षण, र आर्थिक विकास जस्ता गहिरा र संवेदनशील मुद्दाहरूसँग जोडिएको छ। यस्तो अवस्थामा सरकार र स्थानीय बासिन्दाको दृष्टिकोणलाई विवेकपूर्ण रूपमा हेर्न आवश्यक छ।
सरकारको दृष्टिकोण : सरकारले मुलुमलुङ पाथीभरामा केवलकार निर्माण परियोजनालाई पर्यटन र आर्थिक विकासको माध्यमका रूपमा लिएको छ।
सरकारको दृष्टिकोणबाट केवलकार निर्माण हुँदा हुने सम्भावित फाईदाहरूलाई हेरौ:
पर्यटन वृद्धि : केवलकार सुचारु भएपछी पर्यटकीय आकर्षण बढ्न सक्छ, जस्ले पाथीभरा विकास कोसमा भेटि रकम अझ बढ्छ।
राजस्व लाभ : केवलकारमा यात्रुहरू चडेपछी सरकारलाई राजस्व प्राप्त हुन्छ साथै केवलकारले क्षेत्रीय विकासलाई मद्दत पुर्याउँछ।
सुविधा र पहुँच : केवलकारले यात्रालाई सजिलो बनाउँछ, विशेषतः ती मानिसका लागि जो पैदल हिँड्न सक्दैनन्। सरकारको यो दृष्टिकोणमा कमजोरीहरू पनि छन् । हरेक आयोजनाको सकारात्मक र नकारात्मक प्रभाव हुन्छ।
केवलकार निर्माण गर्दा पर्ने नकारात्मक असरहरू :
पर्यावरणीय नोक्सानी : मुकुम्लुङ पाथीभरा छेत्र डब्ल्यूडब्ल्यूएफ को नजरमा परेको कंचनजंगा संरक्षण छेत्रको सिमानामा पर्दछ जहाँ अति लोपोन्मुख रेड पान्डा लगायत कयौँ अन्य लोपोन्मुख जीवजन्तु र पन्छीहरूको स्थानीय घर हो। मानवीय स्वार्थको लागि गरिने भौतिक विकास उनीहरूको स्थायित्व माथिको आक्रमण हो। सयौ वर्ष पुराना प्रतिबन्धित र लोपोन्मुख प्रजातिका गुराँस,चाप् र चिमाल ढालेर संरचना निर्माण गर्दा गम्भीर वातावरणीय असन्तुलन निम्तिन सक्छ।
सांस्कृतिक क्षति : मुकुमलुङ पाथीभराजस्तो सांस्कृतिक महत्व बोकेको लिम्बु समुदायको मुन्धुमी स्थल र सनातनीहरूको धार्मिक स्थलमा निर्माण कार्यले सांस्कृतिक महत्त्वलाई हानि पुर्याउन सक्छ।
स्थानीयको बेवास्ता : स्थानीय बासिन्दाको भावना र पारम्परिक जीवनशैली प्रति बेवास्ता गर्नु अन्यायपूर्ण हुन्छ। स्थानीय बासिन्दाहरूको सहमति र सहभागिता बिना कुनै पनि परियोजना सफल हुन सक्दैन।
स्थानीय विरोधको आधार :
स्थानीय बासिन्दाहरूको विरोध केही ठोस कारणमा आधारित छ I
सांस्कृतिक पहिचान बचाउनुपर्ने : मुकुमलुङ पाथीभरालाई धार्मिक र सांस्कृतिक स्थलका रूपमा संरक्षण गर्नुको सट्टा यसलाई व्यावसायिक बनाउन खोज्नु स्थानीय स्वायत्तता, मूल्य र मान्यताको उल्लङ्घन हो। राज्यको पेलेरजाने नीतिले आई.एल.ओ. १६९ सन्धि अन्तर्गत संस्कृति, पहिचान आत्मनिर्भरको अधिकारको वेवस्ता गरेको छ। विश्वमा नै आदिवासी समुदाय आफ्नो मौलिक पहिचान जोगाउन राज्यसंघ संघर्सरत छन।
प्राकृतिक सम्पदा संरक्षण : आदिवासी समुदायहरू प्राय प्रकृतिमा आधारित जीवनशैलीमा निर्भर गर्छ्न। तर, जब सरकारले उनीहरूको भूमि विकास, खनिज उत्खनन, वा अन्य परियोजनाहरूका लागि कब्जा गर्छ, उनीहरूले आफ्नो भूमि बचाउन सङ्घर्ष गर्छन् । रूख ढाल्नाले यस क्षेत्रको जैविक विविधतामा असर पर्नेछ।बाढी,पहिरो,पानीको मुहान सुक्ने,तापक्रम बढ्ने जस्ता प्राकृतिक प्रकोपको समस्याले सबै भन्दा पहिलो असर यहाँको स्थानीयलाई पार्नेछ।
दीर्घकालीन सोचको अभाव : केवलकार निर्माणले सीमित आर्थिक लाभ दिन सक्छ, तर लामो समयसम्म प्राकृतिक क्षतिले धेरै ठुलो असर गर्ने सम्भावना छ।
के सरकारको दमन उचित हो त ?
सशस्त्र प्रहरीबल प्रयोग र स्थानीय आन्दोलनकारी माथि बर्बरता पूर्ण तरिकाले गोली प्रहार गर्नु भनेको जनताको लोकतान्त्रिक अधिकारमाथिको प्रहार हो । लोकतन्त्रमा एक व्यक्तिको आवाज पनि महत्त्वपूर्ण हुन्छ। लोकतन्त्रको मुख्य विशेषता नै सबैको विचारलाई सम्मान गर्ने र सुन्ने प्रक्रियामा आधारित छ। राज्य शक्तिको बलमा विरोधीहरूको आवाजलाई बन्दुकले दबाउनु भनेको पुराना उपनिवेशवादी शासकहरूको चिन्तनको बिमारी हो।
वार्ता किन महत्त्वपूर्ण छ ?
यस्तो अवस्थामा वार्ता, संवाद र सहमति खोज्नु सरकारको दायित्व हो। बल प्रयोगले समस्या समाधान होइन, झन् जटिल बनाउँछ।
समाधानका सम्भावित उपायहरू:
स्थानीयहरूको सहभागिता : स्थानीयहरूको सहभागितामा के गर्दा उचित हुन्छ भन्ने कुराको निचोडमा पुग्न आवश्यक छ।
विकल्पको खोजी : सुकेटार देखि काफ्लेपाटी सम्म ए ग्रेड को पिचबाटो बनाउन आवश्यक देखिन्छ। त्यस देखि माथि केवलकार बनाउने सट्टा, पैदलयात्राका लागि राम्रो बाटो निर्माण गर्ने र अन्य पर्यावरणमैत्री पर्यटक सुविधाहरू विकास गर्ने उपाय खोज्न सकिन्छ।
पर्यावरणीय प्रभाव मूल्याङ्कन (EIA): यो परियोजनाले कस्तो दीर्घकालीन असर पुर्याउँछ भन्ने अध्ययन गरेरमात्र निर्णय लिनुपर्छ।
समग्रमा यसको निचोड:
यस अवस्थामा सरकारको केवलकार बनाउने कदमभन्दा पनि स्थानीय बासिन्दाको विरोध नै उचित देखिन्छ। आर्थिक विकास महत्वपूर्ण भए पनि, त्यसका लागि प्रकृति, संस्कृति, र स्थानीय समुदायको बलिदान गरिनु हुँदैन। शक्तिको आडमा स्थानीय आवजविहिनहरूको आवाजलाई बन्दुकले दबाएर, हजारौँ प्रतिबन्धित लोपोन्मुख राष्ट्रिय फुलका बोटहरू काटेर, लोपोन्मुख जीवजन्तुलाई घरबार बिहिन बनाएर मुकुमलुङ पाथीभरा जस्तो पवित्र धार्मिक,सांस्कृतिक र स्वच्छ प्राकृतिक छेत्रलाई व्यवसायीकरण गर्नु दलाल पुजिबादको विकृत रूप हो।
सरकारले बल प्रयोग गर्ने होइन, सबै पक्षबिच छलफल गराएर दीर्घकालीन र न्यायपूर्ण समाधान निकाल्नुपर्छ।
(लेखक लिम्बु स्नातकोत्तर तह राजनितिकशास्त्रका विद्यार्थीहुन)
टाइगर कप भलिबल अपराजित रहँदै एपिएफ पहिलो क्वालिफायरमा
पोखरा । सशस्त्र प्रहरी बल एपिएफ पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ अपराजित रहँदै पहिलो क्वालिफायरमा पुगेको छ ।
लिग चरणका अन्तिम खेलमा आयोजक टाइगर ग्रुपलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपिएफ ‘जित्ने समूह’ को विजेता बन्दै पहिलो क्वालिफायरमा पुगेको हो ।
एपिएफसँग पराजित भएको टाइगर ग्रुप समूह उपविजेताको रूपमा पहिलो क्वालिफायर खेल्ने टुंगो लागेको हो ।
एपिएफले पहिलो सेट २५–७, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पा¥यो ।
तेस्रो सेटमा ११–१६ को पछि परेको स्थितिलाई उल्टाउँदै टाइगर ग्रुपले १८–१७ को स्थितिमा पु¥याएको थियो । तर, त्यसपछि भने एपिएफले पुनरागमन गर्दै खेल २५–२० ले आफ्नो पक्षमा पार्न सफल भयो । पहिलो क्वालिफायरमा पुनः एपिएफ र टाइगर ग्रुपबिच बिहीबार प्रतिस्पर्धा हुनेछ ।
यसअघि आजै भएको खेलमा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको थियो । ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो ।
अब पुरुषतर्फका खेल सुरु हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतवार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
रामेछापको उमाकुण्ड र गोकुलगंगामा सुनुवार कोइच लिपिको प्रशिक्षण
रामेछाप । सुनुवार समुदायको बाहुल्यता रहेको रामेछापको उमाकुण्ड र गोकुलगंगा गाउँपालिकामा सुनुवार समुदायको कोइँच लिपिको प्रशिक्षण कार्यक्रम भएको छ । कोइँच भाषाको संरक्षण र जगेर्नाको लागि सुनुवार सेवा समाज संघीय समितिले सो प्रशिक्षण कार्यक्रम आयोजना गरेको हो । उमाकुण्डमा आयोजना गरिएको प्रशिक्षण कार्यक्रममा विभिन्न क्षेत्रका १ सय ४० जनाले सहभागिता जनाएका थिए ।
उमाकुण्डको बाम्ती र प्रति गरी दुई ठाउँमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रशिक्षण कार्यक्रममा सुनुवार समुदायका विभिन्न क्षेत्रमा कार्यरत जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी, सामाजिक अगुवा लगायतको सहभागिता रहेको थियो । प्रशिक्षण दुई÷दुई दिनको राखिएको थियो ।
यसै गरी गोकुलगंगा गाउँपालिकाको केन्द्र रस्नालुमा पनि कार्यक्रम आयोजना गरिएको छ । गाउँपालिका अध्यक्ष काजीबहादुर खड्काले कोइँज लिपिबाट द, क लेखेर प्रशिक्षण कार्यक्रम उद्घाटन गरेका थिए । प्रशिक्षण कार्यक्रममा समाजका विभिन्न क्षेत्रका ६० जनाले सहभागिता जनाएका थिए ।
कार्यक्रममा बोल्दै खड्काले सुनुवार समुदायको बाहुलीयता रहेको गोकुलगंगा गाउँपालिकामा कोइँच भाषालाई कामकाजी भाषा बनाउने र मातृभाषा शिक्षा लागु गराउने प्रतिबद्धता व्यक्त गरे । यसको लागि विज्ञहरूलाई सहयोग गर्न उनले अनुरोध गरे ।
टाइगर कप : ट्राभल इन्क्वारी थाइल्यान्डको सान्त्वना जित
पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ ।पोखरा रङ्गशालामा बुधवार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम खेलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटले पराजित गरेको हो । दुवै टोली यसअघि नै प्रतियोगिताबाट बाहिरिसकेका थिए । प्रतियोगितामा ट्राभल इन्क्वारीले एकमात्र जित निकाल्यो । आर्मी भने जितविहीन रहँदै प्रतियोगिता टुंग्यायो ।
पहिलो सेट र दोस्रो सेट समान १८–२५ ले ट्राभल इन्क्वारीलाई सुम्पिएको आर्मीले तेस्रो सेटमा पुनरागमन गर्दै २६–२४ ले जित हासिल गरेको थियो । आर्मी चौथो सेटमा पुनः १९–२५ ले पराजित हुँदै खेल ट्राभल इन्क्वारीलाई सुम्पियो ।
प्रतियोगिता अन्तर्गत अब महिलातर्फ पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबीच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।
भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबीच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ । भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतवार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
सभापति कप : सहिद गेटमा ट्रफी अनावरण हुदै
काठमाडौं । नेपाली काँग्रेस लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समितिको आयोजनामा राजधानीमा जारी सभापति कप फुटबल प्रतियोगिताको ट्रफी आज अनावरण गरिने भएको छ ।
माघ १० गतेदेखि सुरु भएको सर्वाधिक पुरस्कार राशिको नकआउट फुटबल प्रतियोगिताको फाइनलमा सङ्कटा क्लब र आयोजक लोकतान्त्रिक खेलकुद सङ्घ बागमती प्रदेश (बागमती) फाइनलमा प्रवेश गरिसकेका छन् ।
आयोजक महाधिवेशन निर्देशन समितिले आज सहिद दिवसको अवसरमा एक कार्यक्रमका बिचमा सहिद गेटमा ट्रफी अनावरण गर्ने जनाएको छ ।
समितिका संयोजक मोहन बस्नेतले भने,‘नेपाली काँग्रेसले सदैव सहिदहरूको सम्मान गर्दै आएको बताउँदै प्रतियोगिताको ट्रफी पनि सहिद गेटमा अनावरण गर्न लागेका हौँ ।’
ट्रफी सार्वजनिक गर्नु अघि नेपाली काँग्रेसका युवाहरूको सहभागितामा मोटरसाइकल ¥यालीको पनि आयोजना गरिएको छ । तीनकुनेबाट सुरु हुने मोटरसाइकल ¥याली एयरपोर्ट–गौशाला–रातो पुल–कमलपोखरी–दरबारमार्ग हुँदै सहिद गेटमा हुने ट्रफी अनावरण कार्यक्रममा सहभागी हुने छ । त्यहाँ छोटो कार्यक्रमपछि फाइनल पुगेका दुवै टिमका कोच र कप्तानका बिचमा प्रि म्याच कन्फ्रेन्स भने दशरथ रङ्गशालामा रहेको मिडिया सेन्टरमा गरिने प्रचार प्रसार समितिका संयोजक दामोदर अर्यालले जानकारी दिए ।
प्रतियोगिताको फाइनल खेल बिहीबार साँझ साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुने छ । प्रतियोगिताको विजेताले नगदै २६ लाख र उप विजेताले नगदै १३ लाख प्राप्त गर्ने छ । यसै गरी दैनिक प्लेयर अफ दी म्याचले १५ हजार पाउँदै आएका छन् भने प्रतियोगिताको फाइनल पछि सर्वोत्कृष्ट खेलाडीलाई ७५ हजार, उत्कृष्ट गोलकिपरलाई ५० हजार, सर्वाधिक गोलकर्तालाई ५० हजार र उदीयमान खेलाडीलाई २५ हजार प्रदान गरिने छ ।
फाइनल खेलको टिकट मूल्यमा भने परिवर्तन गरिएको छ । क्वाटर फाइनल र सेमिफाइनलसम्म रु एक सय र रु दुई सय तोकिएकोमा फाइनल खेलका लागि साधारणतर्फ २ सय र भिआइपीतर्फ ५ सय रुपैयाँ तोकिएको छ ।
पोखराबाट मधेस घुम्न निम्ता, ४० गन्तव्य र पेँडा देखि कटियासम्मको प्रचार
पोखरा । काठमाडौँ । माघ १० देखि पोखरामा जारी ३३औँ ‘औद्योगिक व्यापार मेला एवं आईटी महोत्सवमा–२०८१ मा’मा ‘घुमौँ मधेस, बुझौँ मधेस’को प्रचार गरिएको छ । ‘घुमौँ मधेस, बुझौँ मधेस’का संयोजक विकास ठाकुरले मधेस प्रदेशका पर्यटकीय, धार्मिक, सांस्कृतिक तथा खानपिन संस्कृतिको प्रचार गरिएको जानकारी दिए । मधेसका पर्यटकीय स्थल चिनाउन पोखराको मेला उपयोगी भएको बताए ।
‘महोत्सवमा स्टल राखेपछि पोखरा घुम्न आएकाहरू मधेस घुम्ने इच्छा व्यक्त गर्नुभएको । मधेश बुझन चाहनुभएको छ । उहाँहरूलाई मधेसका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाबारे बुझाउने काम भइरहेको छ’ उनले भने ।
महोत्सव अवलोकनमा आउनेहरूले रौतहटको कटिया र बरमझियाको पेडाको स्वादसमेत चखाउने गरेको जानकारी दिए ।
मधेस प्रदेश सरकार, उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको कार्यक्रम ‘घुमौँ मधेस, बुझौँ मधेस’को स्टलमा आगन्तुकहरूलाई नेपाली र अंग्रेजी दुवै भाषामा प्रकाशित बुकलेट पनि वितरण गरिएको छ ।
पोखराजस्तो पर्यटकीय नगरीमा मधेसको पर्यटन प्रवर्धन गर्ने र बढीभन्दा बढी पर्यटक मधेस ल्याउने उद्देश्य राखिएको बताए ।
मंगलबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले मधेस प्रदेशका धार्मिक र ऐतिहासिक पर्यटकीय क्षेत्रहरूको बारेमा मानिसहरूलाई बुझाइएको, प्रदेशले सूचीकृत गरेको ४० वटा गन्तव्यहरूको विस्तृत विवरण समावेश गरेको जानकारी दिए ।
उनले मधेस बुझेर मात्र सम्पूर्ण देश बुझ्न सकिने भन्दै उनले पहिला सबैलाई मधेस बुझ्न आग्रह गरे । माघ १० गतेदेखि सुरु भएको मेला १८ गतेसम्म चल्नेछ ।
बुधवारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विनिमयदर अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।यसका साथै चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, हङकङ डलर, कुवेती दिनार, ओमनी रियालको पनि मुल्य बढेको छ ।
यस्तै, युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांक, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्विडिस क्रोनर, डेनिस क्रोनरको मूल्य भने घटेको छ । केही विदेशी मुद्राको मुल्य भने स्थिर देखिन्छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ १४ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ७४ पैसा कायम गरिएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ०५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ ६८ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १२ पैसा कायम गरिएको छ ।
युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ७८ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९६ रुपैयाँ २८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय ०२ रुपैयाँ १९ पैसा र बिक्रीदर एक सय ०२ रुपैयाँ ६३ पैसा कायम गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८९ पैसा र बिक्री दर ०८ रुपैयाँ ९३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १९ रुपैयाँ १३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा कायम भएको छ ।
यसैगरी, थाई भाट एकको खरिददर चार रुपैयाँ ०८ पैसा र बिक्रीदर चार रुपैयाँ १० पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७७ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७३ पैसा र बिक्रीदर १७ रुपैयाँ ८१ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५६ पैसा र बिक्रीदर नौ रुपैयाँ ६० पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १२ रुपैयाँ ६१ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ३० पैसा र बिक्री दर १९ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।
यस्तै, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा,कुवेती दिनार एकको खरिददर चार सय ४७ रुपैयाँ ९८ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ४२ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ ०१ पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ ८१ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ३६ पैसा तोकिएको छ । यस्तै, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ ।
टाइगर कप भलिबल बुधवार लिगका अन्तिम चरणका खेल हुने
पोखरा । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत भोलि बुधवार लिग चरणका चार खेल हुने भएका छन् ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रङ्गशालामा जारी उक्त प्रतियोगिताको पाँचौँ दिन भोलि महिला र पुरुषतर्फ दुई-दुई खेल हुने तालिका छ ।
पहिलो र दोस्रो खेल महिलातर्फको हुनेछ । पहिलो खेल प्रतियोगिताबाट बाहिरिसकेका ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्ड र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । प्रतिष्ठाका लागि हुने उक्त खेल बिहान पौने ९ बजेबाट सुरु हुनेछ ।
दोस्रो खेल बिहान पौने ११ बजे पहिलो क्वालिफायर खेल्ने टुंगो लागेका सशस्त्र प्रहरी बल एपिएफ र आयोजक टाइगर ग्रुप पोखराबिच हुनेछ । यो खेलले ‘जित्ने समूह’ को विजेता र उपविजेताको भने टुंगो लगाउनेछ । उक्त समूहबाट तेस्रो हुँदै पुलिस एलिमिनेटरमा प्रवेश गरिसकेको छ ।
भोलिको तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । तेस्रो खेलमा टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र सशस्त्र प्रहरी बल एपिएफबिच हुनेछ । उक्त खेल पौने १ बजे सुरु हुनेछ ।
भोलिको चौथो तथा अन्तिम खेल दिउँसो पौने ३ बजे भारतको सुनिल भलिबल क्लब र त्रिभुवन आर्मी क्लबबिच हुनेछ । यसअघि आइतवार स्थगित भएको गण्डकी प्रदेश र हेल्प नेपालबिचको खेल बिहीबार हुने आयोजकले जनाएको छ ।
आज भएको खेलमा पुरुषतर्फ आर्मीले पुलिस र गण्डकी प्रदेशले एपिएफलाई पराजित गरेको थियो । यस्तै महिलातर्फ आयोजक टाइगर ग्रुपले टिपटप न्यू डायमण्ड स्पोट क्लब र पुलिसले आर्मीलाई पराजित गरेको थियो ।
०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । नेकपा एमालेको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ : प्रधानमन्त्री ओली सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने बताएका छन् ।
मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे ।
उनले भने, दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ ,राती नै ढल्छ । भोली नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ । तर ०८४ को निर्वाचनपछि सरकार ढल्छ । ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ । सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ । त्यो भन्दा अगाडि ढल्दैन् ।’
यस्तै,उनले आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भनेर झुटो प्रचारप्रसार भइरहेकोमा आपत्ति जनाए ।
उनले भने,‘मैले टिकटकमा हेर्दै थिए । एउटा मानिसले बोलेको रहेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमतीको नाममा ४१ करोड रुपैयाँ स्वीस बैंकमा जम्मा गरेको छ भनेर आफैंले आश्चर्य मान्नुपर्छ ।
त्यस्तै,उनले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने बताउँदै अध्यादेशबाट देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको बताए ।


















