सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JJ4NCAF6P4SEAN214DT731GE.jpg

कबड्डी लिगमा काठमाडौं माभरिक्सको दोस्रो जित

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौं माभरिक्सले दोस्रो जित हात पारेको छ । मंगलबार भएको खेलमा हिमालयन रेडर्सलाई ५६–३४ को फराकिलो अन्तरमा हराउँदै दोस्रो जित हात पारेको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको दिनको पहिलो खेलमा काठमाडौंले एकपक्षीय दबाब बनायो ।

पहिलो हाफमा तीन पटक काठमाडौंले हिमालयन रेडर्सलाई अल आउट गर्यो । १८ अंक ट्याकलबाट मात्र जोड्दा पहिलो हाफमा काठमाडौंले ३६–१३ को सानदार अग्रता बनायो ।

दोस्रो हाफमा पनि हिमालयन निरिह बन्यो । स्कोर जोडिरहन सफल काठमाडौंले चौथो पटक दोस्रो हाफमा हिमालयनलाई अल आउट गर्यो । दोस्रो हाफमा एक पटक भने हिमालयनले काठमाडौंलाई अल आउट गरेको थियो । 

काठमाडौंले बनाएको ५६ स्कोर जारी लिगको सर्वाधिक स्कोर पनि बनेको छ । यसअघि धनगढी वाइल्ड क्याट्स विरूद्ध विराटनगर ब्यान्डिट्सले ४६ स्कोर गरेको थियो ।

तेस्रो खेलमा दोस्रो जित सहित काठमाडौंले ११ अंक बनाएको छ । हिमालयन रेडर्सको यो दोस्रो हार हो । टोलीको ५ अंक छ ।

प्रकाशित मितिः मङ्गलबार, ०८ माघ २०८१
https://jawaaf.com/storage/01JJ4EJBQCKRPTMV0CWXXXSAMG.jpg

सन्दीप लामिछानेलाई क्यानले गर्यो कारवाही

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान) ले कारबाही गरेको छ । क्यानले आयोजना गर्ने घरेलु कुनै पनि प्रतियोगिताको एक खेल खेल्न नपाउने गरि क्यानले सन्दीपलाई कारबाही गरेको हो ।

Bantawa Hardware.gif 828.52 KB

सन्दीपले मधेस प्रदेशमा भएको जय ट्रफीका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए । सोही घटनामा क्यानले सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

अम्पायरको निर्णयले खेलाडीलाई असर गरेको समेत उनले लेखेका थिए । जय ट्रफीमा सन्दीपले बागमती प्रदेशको‌ कप्तानी गरेका थिए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः मङ्गलबार, ०८ माघ २०८१
https://jawaaf.com/storage/01JJ4CVEGD16H5MNFVCSMH37QF.jpg

सप्तकोशी नदीको कटान रोक्न भारतसँग सहमति गरिने

उदयपुर । गृहमन्त्री रमेश लेखकले सप्तकोशी नदीको कटान स्थायी रूपमा रोक्न मित्रराष्ट्र भारतसँग सहमति गरेर अघि बढ्ने बताएका छन् । उदयपुरको बेलका नगरपालिका क्षेत्रस्थित सप्तकोशी नदीको कटान क्षेत्रको मंगलवार अनुगमन गर्दै उनले कटान रोक्न आवश्यक पहल गरिने बताएका हुन् ।

Pathivara.gif 82.25 KB

‘सप्तकोशीले गर्ने कटान रोक्न अस्थायी र दीर्घकालीन योजनासहित सरकारले कदम चाल्छ’, गृहमन्त्री लेखकले भने । तत्कालका लागि विपद् व्यवस्थापन विभागबाट अस्थायी योजना सञ्चालन गरेर भएपनि कटान रोक्न पहल गरिने उनको भनाइ थियो ।

गृहमन्त्री लेखकले बेलका नगरपालिका–८ को सिसौली, सप्तकोशी पुल क्षेत्रको लाहुरेखोँज र वडा नं ७ का कोठु क्षेत्रको नदी कटान क्षेत्रको अवलोकन गरे । तत्काल बेलकास्थित सप्तकोशी पुलदेखि तीन किलोमिटर तलसम्म अस्थायी तटबन्धको योजना तयार गरेर नियन्त्रण गरिने तथा सप्तकोशी पुलदेखि ११ किलोमिटर तल सप्तरीसम्मको क्षेत्र कटान रोक्न स्थायी योजना ल्याउने तयारी गरिएको गृहमन्त्री रमेश लेखकले बताए ।

Bantawa Hardware.gif 828.52 KB

उनीसँगै नेपाली कांग्रेसका नेता तथा उदयपुर निर्वाचन क्षेत्र नं १ का सांसद डा नारायण खड्काले समेत कटान क्षेत्रको अनुगमन गरेका थिए ।

बर्सेनी सप्तकाशीको बाढीले तटीय क्षेत्रमा कटान गर्दैआएको छ । कटानका कारण यहाँ सयौँ परिवार विस्थापित भएका बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीले बताए ।

‘तत्काल उच्च जोखिम रहेको तीन किलोमिटर क्षेत्रमा यसै वर्षदेखि अस्थायीरुपमा भए पनि तटबन्धको योजना अघि बढाउन गृहमन्त्री लेखकमार्फत सरकारको ध्यानाकर्षण गराएका छौँ’, उनले भने ।

गृहमन्त्री लेखकले आजै सप्तकोशी नदी कटानको अवलोकनपछि त्रिजुगा नदीको कटान क्षेत्रको अनुगमन गरेको सांसद डा खड्काले बताए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, ०८ माघ २०८१
https://jawaaf.com/storage/01JJ4136B60GKBZ9RQ49S3CPXN.jpg

रवि लामिछानेलगायत सात जनालाई धरौटीमा छाड्नुको आधार र कारण माग

पोखरा । उच्च अदालत पोखराले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित सातै जनालाई धरौटीमा छाड्नुको आधार र कारण मागेको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलाशले सूर्यदर्शन सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका लामिछानेसहित सातै जनालाई छाड्नुको आधार र कारण मागेको हो । उक्त इजलाशले लामिछाने लगायतका प्रतिबादीहरूलाई छाड्नुको ‘कैफियत प्रतिवेदन’ पेश गर्न पनि जिल्ला अदालत कास्कीलाई आदेश दिएको छ ।

जिल्ला अदालत कास्कीले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि त्यो आदेश बदर हुनुपर्ने माग राखेर जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतको आदेश बदर गरी लामिछाने लगायत सात जनालाई थुनामै राखेर मुद्दा अघि बढाउनुपर्ने माग राखेर निवेदन दिएको हो ।

२५ पुस, २०८१ मा जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनामाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर भएको थियो ।

Bantawa Hardware.gif 828.52 KB

जिल्ला अदालत कास्कीले गोर्खा मिडियाका पूर्व उपाध्यक्ष तथा पूर्व डीआईजी छविलाल जोशीलाई ८८ लाख, जीबी राइको सहयोगी लिला पछाईंलाई ३७ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, संस्थापक कोषाध्यक्ष आरती गुरुङ र संस्थापक उपाध्यक्ष मीना गुरुङलाई ५÷५ लाख, संस्थापक सदस्य कृष्णबहादुर गुरुङलाई १ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि धरौटी बुझाएर सबैजना थुनामुक्त भइसकेका छन् ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कुल ६३ जना विरुद्ध १ अर्ब ५१ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो ।

अहिलेसम्म सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उपाध्यक्ष कैलाश दर्लामी, कोषाध्यक्ष कुमार रम्तेल, पूर्वसञ्चालक शिवबहादुर गुरुङ (महेन्द्र भोटे), प्रमोद भट्टराई, अनुज नकर्मी, भविश्वर अर्याललगायत पुर्पक्षका लागि थुनामै छन् ।

AS.gif 486.54 KB

प्रकाशित मितिः मङ्गलबार, ०८ माघ २०८१
https://jawaaf.com/storage/01JJ3XGWWDZJ3D3VX6WYQTBTA2.png

तनहुँमा एकाबिहानै मोटरसाइकल दुर्घटना : आमा–छोराको मृत्यु

तनहुँ । तनहुँमा आज(सोमवार)एकाबिहानै मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा आमा–छोराको मृत्यु भएको हो ।

दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको उक्त मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनाग्रस्त भएको प्रहरीले जानकारी दिएको छ । उक्त दुर्घटनामा परेर तनहुँको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास नगरपालिका–५ पाटन बस्ने १९ वर्षीय सन्दिप आले र ४० वर्षीय मधुमाया आलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

अत्यधिक बाक्लो हुस्सु लागेको र सोही कारण बाटो नदेख्दा मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । 

प्रकाशित मितिः मङ्गलबार, ०८ माघ २०८१
https://jawaaf.com/storage/01JJ38A46THX161M4NRCX3DFSV.jpg

विदेशी मुद्राको विनिमय दरः अमेरिकी डलरको भाउ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।

निर्धारित विनिमयदरअनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ । निर्धारित विनिमयदरअनुसार, युरो, पाउण्ड स्ट्रलिङ, स्विस फ्र्याङ्कलगायतका विदेशी मुद्राको भाउ बढेको छ भने केही विदेशी विदेशी मुद्राको भाउ स्थिर रहँदा केहीको भने घटेको छ ।

आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४० पैसा स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ९६ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ८६ रुपैयाँ १० पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।

यस्तै,जापानी येन १० को खरिददर आठ रुपैयाँ ८४ पैसा र बिक्रीदर आठ रुपैयाँ ८८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३७ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा कायम भएको छ ।

त्यस्तै,केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ चार पैसा र बिक्रीदर चार रुपैयाँ पाँच पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९० पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ५३ पैसा र बिक्रीदर नौ रुपैयाँ ५७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १२ रुपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपैयाँ १२ पैसा र बिक्री दर १९ रुपैयाँ २१ पैसा तोकिएको छ ।

हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रुपैयाँ र बिक्रीदर चार सय ४९ रुपैयाँ ९४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रुपैयाँ ६६ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २५ पैसा निर्धारण भएको छ ।

 

प्रकाशित मितिः मङ्गलबार, ०८ माघ २०८१
https://jawaaf.com/storage/01JJ1YRH24ZM2CYCRT0X1A0Z8S.jpg

सुर्यदर्शन सहकारी ठगी प्रकरणः रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै निवेदन दर्ता

पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश माग गर्दै उच्च अदालत पोखरामा निवेदन दर्ता भएको छ। जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोमबार उच्च अदालत पोखरामा निवेदन दर्ता गरेको हो।

जिल्ला अदालत कास्कीको आदेशको बदर माग गर्दै निवेदन आएको उच्च अदालत पोखराका नायव सुब्बा राजेन्द्र अर्यालले जानकारी दिए । सरकारी वकिलको कार्यालयले दर्ता गराएको निवेदनको पेशी मंगलबारलाई तोकिएको छ।

जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज रार्ईको इजालसले सूर्यदर्शन सहकारी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सातै जनालाई धरौटीमा छोड्ने थुनछेक आदेश जारी गरेको थियो।

पुस २५ गते जारी भएको थुनछेक आदेशले रवि लामिछानेलाई ६५ लाख, पूर्वडिआईजी छविलाल जोशीलाई ८८ लाख, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाललाई १५ लाख, लिला पछाईंलाई ३७ लाख, पूर्वसांसदसमेत रहेकी सूर्यदर्शन सहकारीकी संस्थापक उपाध्यक्ष मीना गुरुङलाई पांच लाख, पूर्वकोषाध्यक्ष आरती गुरूङलाई पांच लाख, पूर्वसञ्चालक कृष्णबहादुर गुरूङलाई एकलाख रुपैयाँ धरौटीमा छाड्न भनेको थियो । लिला बाहेक छजना सोही दिन धरौटी बुझाएर रिहा भएका थिए । लिला भने भोलिपल्ट मात्रै धरौटी बुझाएर छुटेकी थिइन् ।

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१
https://jawaaf.com/storage/01JJ1Q5D9MC6D78AWTQPG570P7.jpg

यु १९ महिला विश्व कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौं । मलेसियामा जारी आइसिसी यु १९ महिला टि २० विश्व कपमा नेपालले लगातार दोस्रो हार बेहारेको छ । सोमबार भएको  खेलमा नेपाल स्कटल्याण्डसँग १ विकेटले पराजित भएको हो ।

Bantawa Hardware.gif 828.52 KB

नेपालले दिएको ७४ रनको सामान्य लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्यो । स्कटल्याण्डका लागि पिप्पा स्प्रोलले सर्वाधिक ३५ रन जोडिन् । ग्रवियल फन्टेलाले नट आउट १२ रन बनाउँनु बाहेक स्कटल्याण्डका अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । नेपालका लागि रचना चौधरी र सिमाना केसीले समान २ तथा पुजा महतो र कृष्मा गुरुङले समान १ विकेट लिइन् ।

Pathivara.gif 82.25 KB

त्यसअघि मलेसियाको युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपाल १८.५ ओभरमा ७३ रन जोड्दै अल आउट भएको थियो । कप्तान पूजा महतोले सर्वाधिक २७ रन जोडिन् । सावित्री धामीले १० रन जोड्नु बाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । स्कटल्याण्डका लागि मैसि म्याकिराले ५, अमि बलडाइ र नइमा शेखले समान २ तथा क्रिस्टी म्यायाकोलले १ विकेट लिइन् । नेपालको यो लगातार दोस्रो हार हो । नेपाल पहिलो खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएको थियो ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

 

 

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१
https://jawaaf.com/storage/01JJ1MAQM90A54QT3WANA4J9AB.jpg

प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरेको छु : अध्यक्ष दाहाल

गोरखा । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको २० प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताएका छन् । 

सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्तीको उदघाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उनले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताए । 

यस्तै, उनले आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गरे । 

आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उनले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताए । 

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताए । 

राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उनले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताए ।

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१
https://jawaaf.com/storage/01JJ151J1RQK9JRWN86EQRN5E4.jpg

प्रहरीबाट निर्घात कुटिए युवक, भिडियो भयो सामाजिक सञ्जालमा भाइरल

चितवन । चितवनको भरतपुरमा प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरीले कुटपिट गरेको भिडियो भाइरल भएपछि प्रहरीले अनुसन्धान गर्न सुरु गरेको छ । चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रका अनुसार घटनाको सत्य तथ्य पत्ता लगाउन अनुसन्धान गर्न थालेको हो ।

Bantawa Hardware.gif 828.52 KB

भरतपुरको बाइपास रोड क्षेत्रमा रातको समयमा प्रहरीले निर्घात कुटपिट गरिरहेको सार्वजनिक भएको भिडियोमा देख्न सकिन्छ ।

मोटरसाइकलको लाइसेन्स चेक गरिरहेको र त्यसपछि सडकपेटी छेउमा सेतो सर्टमा रहेका मानिसलाई प्रहरीले बुटले पटक-पटक हानेको भिडियोमा छ ।

यो भिडियोमा प्रहरीले गरेको कार्यको सर्वसाधारणले चासोको रूपमा लिएका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः सोमबार, ०७ माघ २०८१