सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JJC83FK520TNXQ1C6BPM06G8.jpg

पूर्व प्रहरी निरीक्षक कुस्वाहा जसपा प्रवेश

विरगंज (पर्सा) । पर्सा छिपहरमाई गाउँपालिका वडा नं ५ का स्थायीवासी तथा पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहा जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । जसपाका उप–महासचिव समेत रहेका संघीय खानेपानीमन्त्री प्रदीप यादवले आज यहाँ आयोजित एक कार्यक्रमका बिच उनलाई पार्टी प्रवेश गराएका हुन् ।

पूर्व प्रहरी निरीक्षक कुस्वाहालाई प्रवेश गराउन पाएकोमा आफू निकै खुसी भएको मन्त्री यादवले बताए। ‘आज मिति २०८१ माघ ११ गते, जनता समाजवादी पार्टी (जसपा), मा पर्सा जिल्ला, छिपहरमाई गाउँपालिका, वडा नं. ५ निवासी पूर्व प्रहरी निरीक्षक अरुणकुमार कुसवाहाजसपा)मा प्रवेश गर्नु भएको छ । नवप्रवेशी कुसवाहा ज्युलाई पार्टी मा स्वागत गरेको छु ।’ उप–महासचिव एवम् मन्त्री प्रदीप यादवले सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJC7A9X5X7XXP24A07MTRA70.jpg

टाइगर कपको ट्रफि अनावरण, भोलि बिहान १० बजे पहिलो खेल

पोखरा । एनसेल पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । 

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका खेलेको बताए । 

Pathivara.gif 82.25 KB

प्रतियोगिताको तयारी पूरा भएको प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । एक विदेशी टोली आउन ढिलाई भएका कारण ट्राईसिट निकाल्न ढिलाई भएको उनले बताए । केही बेरमा टेक्निकल टिम बसेर ट्राईसिट फाइनल गरिने उनको भनाइ छ । 

प्रतियोगिताको पहिलो खेल शनिवार बिहान १० बजेबाट सुरु हुनेछ । खेल हेर्ने दर्शकका लागि टिकट खुला गरिएको आयोजकले जनाएको छ । खेल हेर्नका लागि इसेवामार्फत अनलाइन टिकट काट्न सकिनेछ । 

दुई खेलपछि उद्घाटन कार्यक्रम हुने टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए । प्रतियोगिताको उद्घाटन सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले गर्नेछन् । पहिलो दिनको तेस्रो खेलमा आयोजकको महिला टोलीले खेल्नेछ । अरुणा शाहीको कप्तानीमा रहेको आयोजक टोलीमा ल्याइल्याण्डका ३ खेलाडी अनुबन्ध भएका छन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रतियोगितामा २ विदेशी टोलीसहित ६–६ टोलीले सहभागिता जनाएका छन् । विदेशी टोलीका रूपमा महिलातर्फ युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड र पुरुषतर्फ भारतको सुनिल भलिबल क्लब, कुरुक्षेत्रको टिम सहभागी हुने छन् । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस् क्लब, गण्डकी प्रदेश भलिबल संघ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले सहभागिता हुँदैछन् । 

महिलातर्फ सहभागी टोलीमा नेपाल एपिएफ क्लब, टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र टाइगर ग्रुप अफ पोखरा नेपाल छन् । प्रतियोगितामा सहभागी हुन अधिकांश टोली पोखरा आइसकेका छन् । 

प्रतियोगिताका विजेता टोलीले समान ५ लाख ८५ हजार ५५५ रुपैयाँ पाउनेछन् । उपविजेताले समान २ लाख ८५ हजार ५५५ र तृतीय हुने टोलीले १ लाख ८५ हजार ५५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार ७७७ रुपैयाँ प्राप्त गर्नेछन् । विधागततर्फ उत्कृष्ट हुनेलाई समान १० हजार ५५५ रुपैयाँ प्रदान गरिनेछ । 

AS.gif 486.54 KB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJC4FWN9QN81W6SQDTGAJ463.jpg

शिक्षिका अष्ट्रेलियामा तर विद्यालयबाट तीन लाख तलब निकासा

सिरहा । श्री जनता माध्यमिक विद्यालय प्राविधिक गोलबजारमाबेतलवी असाधारण बिदामा बसेकी शिक्षिकाको तीन लाख तलबनिकासा गरेर प्रधानाध्यापक भरत साह र नगर शिक्षा शाखाकाअधिकृत सुवोध लामाले अपचलन गरेको घटना सार्वजनिक भएको छ ।

प्राप्त जानकारी अनुसार शिक्षिका बिमला झा गत २०८१ जेठ १०गतेदेखि विद्यालयमा अनुपस्थित छिन् । शिक्षिका झाले बेतलवीअसाधारण बिदाका लागि निवेदन दिएकी थिइन् । उनको बिदास्वीकृतिको लागि विद्यालयबाट वडा कार्यालयको सिफारिससहितनगरपालिकाको शिक्षा शाखामा पठाइयो । शिक्षा अधिकृत लामालेपनि सिफारिससहित उनको फाइल जिल्ला शिक्षा समन्वय इकाईसिरहामा पठाइ दिए । तर बिदा स्वीकृति भएन ।

बिदा स्वीकृति नभएपनि शिक्षिका झा छोरीको अतिथि बनेर अष्ट्रेलियागइन् । उनी अहिलेसम्म फर्केकी छैनन् । तर प्रधानाध्यापक भरत साहलेउनको हाजिरी प्रमाणित गरेर नगर शिक्षा शाखामा पठाए ।नगरपालिकाले २०८१ असोजसम्मको तलब निकासा दियो ।प्रधानाध्यापक साहले विद्यालयबाट  झाको तलब २ लाख ९६ हजार ३सय ४५ रुपैयाँ ६३ पैसा निकासा लिए । उनले हाजिरी रजिष्टरमाआफैले हाजिरी गरिदिएका छन् ।  

शिक्षिका झाको तलब निकासा लिएर अपचलन गरेको भन्दैविद्यालयका एक शिक्षकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमानिवेदन दिएपछि घटना प्रकाशमा आएको हो ।

आयोगको कार्यालय बर्दिवासले प्रधानाध्यापक साहलाई बोलाएरस्पष्टीकरण लिएको छ । अख्तियारले फाइल मागेपछि अत्तालिएकाप्रधानाध्यापकले हाजिरी रजिष्टरमा टिपेक्स लगाएर हाजिरी मेटाएकाछन् र गयल जनाइदिएका छन् । तर उनले अपराध लुकाउन गरेकोप्रयासले उनलाई झन् उदाङ्गो पारिदिएको छ ।  

यस सन्र्भमा प्रधानाध्यापक साहसँग जिज्ञासा राख्दा उनले भने,‘शिक्षिका झा अष्ट्रेलिया गएकी हुन् र उनको बिदा समेत स्वीकृतभएको छैन ।’ तलब किन र कसरी निकासा भयो भनेर प्रश्न गर्दा, प्रअसाहले यस विषयमा भेटेरै कुरा गर्छु भनेर फोन काटेका थिए ।

यता शिक्षा शाखा प्रमुख सुवोध लामासंग प्रश्न गरियो–आफैलेअसाधारण बिदा स्वीकृतिको लागि सिफारिस गरेको शिक्षिका झाकोहाजिरी कसरी रुजु गरियो र किन तलब निकासा दिनुभएको भनेर प्रश्नउर्दा उनले भने,‘ झुक्किएर गयो होला । फिर्ता गराउने प्रक्रियाथालिएको छ ।’ प्रअ र तपाईँले आधा आधा बाँडेर खाने मिलिभगतगर्नुभएको आरोप छ नी भन्दा उनी भडकिए । चर्को स्वरमा बोल्दै उनलेभने,‘पत्रकारिता गर्नुस्, मानिसलाई तनावमा पार्ने काम नगर्नुस् ।’

संविधान सभा सदस्य तथा पूर्वप्रदेश सांसद जगत यादब भन्छन्,‘यसप्रकरणमा हेडमास्टर र शिक्षा अधिकृतको मिलिभगत देखिन्छ ।’बिमला झाको बेतलवी बिदा स्वीकृति गरिदिन शिक्षा अधिकृत सुवोधलामाले आफैले सिफारिस गरेका थिए । त्यही शिक्षिकाको हाजिरीप्रमाणित र तलब निकासाको माग आउँदा शिक्षा अधिकृत लामालेकसरी र किन रुजु गरे ? किन तलब निकासा दिए ? यसमा झाको तलबझिकेर प्रधानाध्यापक र शिक्षा अधिकृतले बाँडेर खाने प्रपञ्च रचेकोप्रष्ट देखिन्छ ।  अझ मेयर श्याम श्रेष्ठको पनि सहमति हुनसक्छ ।किनकी शिक्षा अधिकृत लामा मेयर श्रेष्ठको अवैध रकम संकलकबनेका छन् । गोलबजार नगरपालिकाको शिक्षा शाखा भ्रष्टाचारकोअड्डा बनेको छ ।

यस विषयमा गोलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतहरिलाल पुरीको प्रतिक्रिया माग्दा उनले भने,‘म फाइल अध्ययन गर्दैछु ।दोषी जो भएपनि कारवाही गर्छु ।’ उनले शिक्षा अधिकृत लामाकोसंलग्नता देखिए उनलाई पनि कारवाहीको दायरामा ल्याउने बताए ।

 

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJBY200A5J23WSAS6PFDKFMH.jpg

खानेपानी मन्त्री भन्छन् : हर्क साम्पाङले मिडिया स्टनबाजी मात्र गर्नुभयो

काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादवले धरानका मेयर हर्क साम्पाङले रित्तो ग्रागी बोकर पानी माग्न सिहंदरबार आएर मिडिया स्टनबाजी गरेको आरोप लगाएका छन् । 

शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले स्टाबाजी गर्ने भन्दापनि काम गरेर देखाउने भन्दै एक वर्षभित्र धरानमा खानेपानीको समस्या समाधान गरेर देखाउने बताए ।  

उनले भने,‘धरान जस्तो धेरै गाउँपालिका र नगरपालिका छन् । समस्या धेरैतिर छ । तर यसरी रित्तो गाग्री बोकेर वा एउटा गाग्रीमा पानी भरेर समस्या समाधान हुँदैन् । मिडिया स्टनबाजी गर्ने छुट्टै हो, काम गर्ने छुट्टै हो । हामी काम गरेर देखाउँछौं । अबको एक वर्षभित्रमा काम गरेर देखाइदिन्छु । ’

त्यस्तै उनले धरानमा पानीको व्यवस्था गर्नको लागि करिब छ अर्बको बजेट छुट्याइएको बताए । ठूलो बजेट भएकाले एडीबीको ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्न लागेको उनले जानकारी दिए । 

‘अहिलेका मेयरले पनि एकदमै मेहेनत गर्नुभयो । अलि अलि पानी त ल्याउनुभयो । त्यतिले पुग्दैन् । तीन वटा वडामा पनि पुग्दैन् । पूरै धरानमा कसरी पुग्छ र त्यसैले केन्द्रलाई गुहार्न आइपुग्नुभयो । संघले आफ्ना नागरिकलाई पानी दिन आतुर छ । प्रधानमन्त्री र म बीच धरानको खानेपानी समस्याबारे छलफल भएको छ । करिब छ अर्बको बजेट छ हामीसँग । त्यहाँको समस्या भनेको जग्गा अतिक्रमण गर्नुपर्ने छ,’उनले भने,‘प्रधानमन्त्रीको निर्देशन अनुसार धरानमा पानीको व्यवस्था गर्छौं । एडीबीको ऋण सहयोग त्यहाँ खर्च गर्ने सल्लाह भएको छ । किनकी ठूलो बजेटको कुरा छ । छलफल गरिसकेको छौं । त्यो ऋण सहयोगबाट धरानको खानेपानीको समस्या समाधान गर्छौं ।’

त्यस्तै उनले पहिला पनि निर्वतमान मेयरले बहादुरी देखाउन खोज्दा जनताले पाइराखेको खानेपानी पनि गुमाउन पुगेको स्मरण गरे । 

 

उनले भने,‘धरानमा पानीको समस्या पहिलेदेखि नै थियो । धरानका डाँडाकाडाँमा समस्या धेरै नै थियो । धरानमा खानेपानी मन्त्रालयको मातहतमा रहेका नेपाल खानेपानी संस्थानले पानी खुवाइरहेको थियो । तर मेयरसाबले बहादुरी देखाउनुभयो । यो संस्थानबाट पानी लिन्न आफैं सक्षम छु भन्नुभयो । संस्थानको सबै अधिकार आफ्नो मातहतमा लिनुभयो तर सक्नुभएन ।’ 

 

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJBGGBX31H98ZCM242B3X8JQ.jpg

बिपि प्रतिष्ठानमा फार्मेसी भवनसंगै जलन र क्यान्सर उपचारको भवन उद्घाटन

धरान I धरान स्थित बिपि प्रतिष्ठानमा जलन र क्यान्सर उपचारको भवन उद्घाटन गरिएको छ I

निर्मित फार्मेसी भवनमा आवश्यकताअनुसार औषधि उपलब्ध गराउनेगरी व्यवस्था गर्नु पर्ने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बताए । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्मित फार्मेसी भवनको उद्घाटन गर्दै मन्त्री पौडेलले “आम्दानी हुनेगरी फार्मेसीलाई व्यवस्थित गर्दै लैजानु पर्ने बताए ।”
फार्मेसीबाट अस्पतालको आम्दानी बढाउन सकिने उल्लेख गर्दै मन्त्री पौडेलले सरकारले लगानी गरेको सामुदायिक स्वास्थ्य संस्थाले नसक्नेलाई निःशुल्क र सक्नेलाई सर्वसुलभ ढङ्गबाट उपचार उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

स्वास्थ्य क्षेत्रमा धेरै विकास भए पनि त्यो पूर्ण नभएकाले प्रभावकारी सेवा उपलब्ध गराउने गरी अगाडी बढ्नुपर्ने मन्त्री पौडेलले बताए ।
स्वास्थ्यकर्मीसँग हुने क्षमता, योग्यता र सीप अरु व्यक्तिसँग नहुने भएकाले समाजलाई धेरै योगदान स्वास्थ्यकर्मीहरुले दिइरहेका बताए। बिपी प्रतिष्ठान परिसरमा नवनिर्मित फार्मेसी भवनमा जलन र क्यान्सरका बिरामीको उपचार सुरु गरिएको प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले बताए ।

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJB7J66JP74X4FCJFPPCGWTW.jpg

चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक

काठमाडौँ ।  बहुप्रतीक्षित नेपाली चलचित्र ‘लाज शरणम्’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यस पोस्टरले चलचित्रका नयाँ क्यारेक्टरलाई रिविल गर्दै दर्शकको ध्यान आकर्षित गरेको छ ।

पोस्टरमा चलचित्रका मुख्य कलाकारहरू मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, विजय बराल, अर्पण थापा र कमलमणि नेपाललाई प्रस्तुत गरिएको छ। विशेष रूपमा पोस्टरमा अभिनेता सीताराम कट्टेल (धुर्मुस)को गेटअप चर्चामा छ। नेताको भूमिकामा रहेका कट्टेललाई दोरा–सुरुवाल र ज्वारीकोटमा देखाइएको छ। उनी हात उठाएर अभिवादन गरिरहेका छन्, जसले उनको राजनीतिक चरित्रको संकेत गर्छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनको लुक्सले पूर्वमन्त्री तथा कांग्रेस नेता मोहम्मद आफतव आलमलाई झल्काएको अनुमान गरिएको छ। साथै, पोस्टरमा कफिन बोकेका स्थानीयहरूको दृश्यले चलचित्रको गहिरो कथावस्तु झल्काएको छ ।

‘लाज शरणम्’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ टिमले निर्माण गरेको चलचित्र हो। यसमा अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (क्रकोज), प्रियाना आचार्य (मुन्नी)लगायतका कलाकारले अभिनय गरेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका छन्। यसका प्रमुख कलाकारहरूमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु लगायत छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायाङ्कन गरेका हुन् ।

‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रीको अवसरमा प्रदर्शन हुने भएको छ। यो चलचित्रलाई यस वर्षकै प्रशिक्षित फिल्ममध्ये एक मानिएको छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJB6QVA70E6Y02G5QASTC95E.jpg

आज सिद्धबाबा सुरुङ मार्ग ब्रेक थ्रु हुने

काठमाडौँ । सिद्धबाबा सुरुङ मार्ग  ब्रेक थ्रु  (अन्तिम छेड्ने काम) आज  शुक्रबार हुने भएको छ  । प्रधानमन्त्री केपी शर्मा ओली सुरुङ मार्ग  ब्रेक थ्रु कार्यक्रममा सहभागि हुने तय भएको हो ।

ब्रेक थ्रुलाई सेलिब्रेसनको रूपमा मनाउन प्रधानमन्त्री आउने तय भएको सिद्धबाबा सुरुङमार्ग निर्माण आयोजनाका प्रमुख कृष्णराज अधिकारीले बताए ।सुरुङमार्गको ब्रेक थ्रुका लागि प्रधानमन्त्रीसहित उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल लगायत आउने तय भएको उनले बताए ।

Pathivara.gif 82.25 KB

उनका अनुसार सिदार्थराजमार्ग अन्तर्गत  पर्ने सिद्धबाबा क्षेत्रमा ११०० मिटर लामो सुरुङ मार्ग ब्रेक थ्रु हुने भएको छ ।  सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल दोभान सडकखण्डको सबैभन्दा अप्ठ्यारो मानिएको सिद्धबाबा क्षेत्रमा सुरुङमार्ग निर्माणको काम भै रहेको उनले जानकारी दिए । सुरुङमार्गको निर्माणको काम चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले गरिरहेको छ ।

Photo4.jpg 34.27 KB

चिनियाँ ठेकदार कम्पनीले गरिरहेको उक्त काम सम्पन्न नजिक पुगेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँमा सुरुङमार्गको ठेक्का लिएको छ । इन्जिनियरिङ, ‘प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडलको ठेक्का भएको हो ।

Planning_Consultancy.gif 1.45 MB

सुरुङ मार्गले गुल्मी,पाल्पा, स्याङ्जा,कास्की, पर्वत लगायतका जिल्लामा सवारीसाधन आवतजावतलाई सहज हुने र सम्भावित दुर्घटनाहरूबाट बच्न  सहज  हुने विश्वास लिएको छ ।

प्रधानमन्त्री ओलीबाट बुटवल–गोरुसिङ्गे सडक शिलान्यास गर्ने कार्यक्रम छ ।

Photo.jpg 35.01 KB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJB6FG7QWJY1BYMD3RTB4GWR.jpg

अजिरकोट गाउँपालिका, भच्चेक गोरखाबाट देखिएको बौद्ध, हिमचुली तथा गणेश हिमाल (फोटो फिचर)

तस्बिर : लीलाधर कोइराला

अजिरकोट गाउँपालिका, भच्चेक गोरखाबाट बौद्ध, हिमचुली तथा गणेश हिमालको मनोरम दृश्यहरू देख्न सकिन्छ । पुस, माघ महिनामा यी हिमालमा सधैँ सेताम्मे हिउँ हुन्थ्यो तर पछिल्लो समय जलवायुमा आएको परिवर्तनका कारण हिमालमा हिउँ पर्न छोडेको छ । कुनै बेला अजिरकोट गाउँपालिकाको केन्द्र नम्की, सिरानडाँडा तथा माथिल्लो भागमा सेताम्मे हिउँ हुन्थे ।

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJB5SVEX1H0PQ6Y8FMGXZX5F.jpg

लामिछाने माथि जिल्ला अदालत रूपन्देहीमा थुनछेक बहस आज पनि जारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको थुनछेक बहस आज (शुक्रवार) पनि हुँदैछ । रूपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला अदालत रूपन्देहीमा बिहीबार जारी बहस नसकिएपछि आज पुनः हुने गरी बहस हेर्दा हेर्दैमा राखिएको थियो ।

लामिछाने विरुद्ध रूपन्देही जिल्ला अदालतमा आइतवार सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो ।  बुधवार लामिछाने अदालतमा उपस्थित भई उनी माथिको बयान सकिएको थियो । बिहीबार सरकारी वकिलले बहस गरेका थिए भने आज पीडित पक्षका दुई वकिल र लामिछानेका तर्फ बाट बहस हुने छ ।

सुुप्रिम सहकारी प्रकरणमा छविलाल जोशी, जीबी राई सहित पूरक अभियोगका १४ र शुुरु मुद्दाका २८ जना सहित ४२ जना विरुद्ध मुद्दा दर्ता भएको छ । अदालतले सुप्रिम सहकारीका तत्कालीन अध्यक्ष ओमप्रकाश गुरुङलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनी माथि उजुरी गरेको हो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१
https://jawaaf.com/storage/01JJB56V8CQ98H9RN1F7B841WD.jpg

विद्यालय होस त डहु माविजस्तो, हेडसर–दलबहादुर जस्तो

रामेछाप । दुर्गम गाउँको सामुदायिक विद्यालय । विद्यालय कस्तो होला ? शैक्षिक अवस्था कस्तो होला ? सहज जवाफ आउँछ– ‘विद्यालयका अवस्था भद्रगोल, शैक्षिक अवस्था अस्तव्यस्त, विद्यार्थी सङ्ख्या न्यून ।’

यदि तपाईँले डहु माध्यमिक विद्यालय बेथानको बारेमा यो जवाफ दिनुभयो भने गलत हुनेछ । डहु माविको सन्दर्भमा तपाईँको जवाफ हुनुपर्छ– ‘चिटिक्क परेको विद्यालय, अत्यन्त सुव्यवस्थित र गुणस्तरीय शिक्षा, भरिभराउ विद्यार्थी ।’

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

रामेछापको दुर्गम गाउँ सुनापति गाउँपालिका–४ बेथानको डहु माध्यमिक विद्यालय अहिले नमुना विद्यालय बनेको छ । यो विद्यालय अहिले शैक्षिक अध्ययन भ्रमणको राष्ट्रिय स्तरको गन्तव्यको थलो नै बनेको छ । विद्यालयलाई विद्यार्थी अभाव होइन, विद्यार्थीको कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ ।

डहु माविले गरेको चामत्कारिक प्रगति हेर्न अहिले देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, विद्यार्थी र सरकारी अधिकारीहरू दैनिक जसो आउने गर्दछन् । ‘दैनिकजसो कहीँ न कहीँको टोली आइरहेको हुन्छ, कहिलेकहीँ त तीन चारवटा टोली पनि आउँछन्’, विद्यालयका प्रधानाध्यापक दलबहादुर बल तामाङले भने । 

डहु मावि बेथानले शैक्षिक क्षेत्रमा सपना जस्तो लाग्ने प्रगति गरेको छ । विद्यालयले १५ वर्षको बिचमा कसैले नसोचेको प्रगति गरेको छ । त्यसैले डहु माविको मोडल सबैको लागि उदाहरण बनेको छ ।

Photo7.jpg 371.21 KB

भौतिक र शैक्षिक अवस्था अति नाजुक रहेको सो विद्यालयमा २०६४ सालमा प्रधानाध्यापक जिम्मेवारी सो गाउँका मात्र होइन सोही विद्यालयमा पढेका दलबहादुर बलले लिए । ‘न भवन, न डेक्स बेञ्च, न पर्याप्त विद्यार्थी न गुणस्तरीय शिक्षा, एसएलसीमा सबै विद्यार्थी फेल, त्यस्तो अवस्थामा विद्यालयको प्रधानाध्यापक भएँ, त्यतिबेला प्रधानाध्यापकको जिम्मेवारी दिँदा सबैले खिसी गरेका थिए’, विगत सम्झँदै बलले भने ।

त्यही खिसी दलबहादुरको लागि इख बन्यो, अनि शिक्षा सुधारको लागि काम गर्ने प्रेरणाको स्रोत पनि । ‘त्यो कुरा मलाई नराम्रोसँग गढ्यो, केही गर्नुपर्छ, खिसी गर्नेहरूलाई देखाउनुपर्छ भनेर लागेँ, सायद मलाई समयले पनि साथ दियो, शिक्षक, अभिभावक, विद्यार्थी सहयोगी सबैको साथ भयो, अन्य कुरा पनि मिल्यो । त्यस्तो विद्यालयलाई यो अवस्थामा ल्याउन सकियो’, उनले भने ।

दलबहादुरले जसरी सजिलै प्रगतिको कथा सुनाए त्यति सजिलै भने विद्यालय परिवर्तन भएको होइन । विद्यालय परिवर्तनमा उनको र विद्यालयका शिक्षकको सबै समय खर्च भएको छ । दलबहादुरको त १५ वर्षभन्दा बढीको रात÷दिन यही विद्यालय सुधारमा बितेको छ । आफ्नो घरमा जान समेत भ्याएका छैनन् । कतिपय रात विद्यालयको लागि नसुतेर कटाएका छन् । कतिपय दिन दुनियाँले निराश बनाउँदा पनि केही गरेरै छाड्छु भनेर दौडिएका छन् । त्यसैले त विद्यालय आजको अवस्थामा पुगेको छ ।

दलबहादुर र उनको टीमले लगातार १० वर्षको मेहनतपछि परिणाम देखिन लाग्यो । सो विद्यालयमा पढ्ने विद्यार्थी पहिलाको एसएलसी र अहिलेको एसइई परीक्षामा फेल हुन छाडे । सबै विद्यार्थी पास, पास मात्र होइन सबै विद्यार्थी प्रथम श्रेणीमा उत्तीर्ण ।

कुनैबेला एक/दुई जना विद्यार्थी पास हुँदापनि हर्ष मनाउने विद्यालय कुनै वर्ष जिल्लाको सर्वोत्कृष्ट विद्यालय हुन नसक्दा चिन्ता गर्ने अवस्थामा पुग्यो । विद्यार्थी पास मात्र गराउन चिन्ता बोक्ने विद्यालय अब कुनै न कुनै विद्यार्थीले एसइईमा ४ जीपीए नल्याउने हुन् कि भन्ने चिन्ता गर्ने अवस्थामा पुग्यो । अनि भएन सपना जस्तो प्रगति ?

अहिले डहु मावि पुग्ने जोकोही पनि लोभिन्छन् । विद्यालय चटक्क सिँगारेर राखिएको छ । विद्यालयको आँगनमा नै फूल बगैँचा छन् । कुनै विद्यार्थीले ती फूल टिप्दैनन्, भाँच्दैनन् । विद्यार्थीले नै बगैँचा जोगाउँछन्, पानी हाल्छन् । आँगनमा कसैले फोहोर फाल्दैनन् । कतै कसैले झारेका रहेछन् भने जसले देख्यो उसैले टिप्छन् ।

विद्यालयका कोठा र सिँढीमा समेत कार्पेट ओछ्याइको छ । विद्यार्थीहरू बाहिर नै जुत्ता खोलेर कक्षमा प्रवेश गर्छन् । कक्षा कोठामा ठूलो कक्षामा पढ्ने विद्यार्थीको लागि एक विद्यार्थी एक कुर्सीको व्यवस्था छ ।

Photo3.jpg 143.18 KB

११ र १२ पढ्ने विद्यार्थीलाई एक विद्यार्थी एक ल्यापटप छ । सबै कक्षमा डिजिटल प्रविधिबाट पठन पाठन हुन्छ । आवश्यकता अनुसार ल्याबको व्यवस्था छ । ‘एक हिसाबले पेपरलेस कक्षा बनिसकेको छ’, प्रअ दलबहादुरले भने ।

प्रधानाध्यापकको जिम्मा लिएपछि दलबहादुरले पाँच वर्ष निक्कै मेहनत गर्नुप¥यो । २०७० सालसम्म विद्यालयको लागि भवन, फर्निचरलगायतका पूर्वाधार जुटाउन उनले निक्कै संघर्ष गर्नु¥यो ।  पाँच वर्षको बिचमा पूर्वाधार बने, विद्यार्थी थपिँदै गए । शैक्षिक अवस्था पनि सुधार हुँदै गयो ।

२०७० सालदेखि हरेक वर्षको एसएलसी र एसइई परीक्षामा डहु माविका विद्यार्थीले जिल्लामा सर्वोत्कृष्ट स्थान हासिल गरेका छन् । त्यसयता सो विद्यालय पढ्ने कुनै पनि विद्यार्थीले अनुत्तीर्ण हुनुपरेको छैन । विद्यालयले पछाडि फर्केर हेर्नु परेको छैन । सो विद्यालयका विद्यार्थीले पटक पटक एसइईमा ४ जीपीए प्राप्त गरेका छन् । 

पढाइमा यो सफलता त्यतिकै भने प्राप्त भएको होइन । विद्यालयमा हरेक दिन बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म पढाई हुन्छ । तर, एउटा शिक्षकले चारदेखि पाँच पिरियड भन्दा धेरै पढाउनु पर्दैन । शिक्षकले पढाउने समय कहिले बिहान ६ बजे पनि पर्न सक्छ, कहिले साँझ पाँच बजे पनि पर्न सक्छ । दरबन्दीभन्दा बढी शिक्षक पनि छैनन्, उनीहरूलाई थप पारिश्रमिक दिइएको पनि छैन, थप घण्टी पढाउनु पनि पर्दैन । वैज्ञानिक हिसाबले उनीहरूको घण्टी व्यवस्थापन गरिएको छ ।

शिक्षक तिनै हुन् सरकारी दरबन्दीका । केही निजी श्रोतका छन् । अरू सामुदायिक विद्यालयमा जति शिक्षक छन्, डहुमा पनि त्यति नै हुन् । अन्य विद्यालयमा जुन योग्यताका शिक्षक छन्, त्यहाँ पनि तिनै हुन् । फरक यत्ति हो, डहुका शिक्षक मिहिनेत गर्छन् । सिकाइका नयाँ विधि प्रयोग गर्छन् । पठनपाठनलाई प्राथमिकतामा राख्छन् । विद्यालयमा पढ्ने, पढाउने र सिक्ने, सिकाउने बाहेक अरू कुरै हुँदैन । 

photo5.jpg 459.04 KB

विद्यालयमा होस्टलको व्यवस्था छ । अहिले सो विद्यालयको होस्टलमा बसेर पढ्न कोटामा पर्खनुपर्छ । ‘यस शैक्षिक सत्रमा २ सय ८२ जना विद्यार्थी होस्टल बसेर पढिरहेका छन्, अर्को शैक्षिक सत्रको लागि २५ जना विद्यार्थी थप्दैछौँ, त्यसका लागि भर्खरै सूचना निस्किएको छ, माग धेरै छ, तर हामीले थप विद्यार्थी राख्न सक्ने अवस्था छैन’, दलबहादुरले भने ।

विद्यालयमा शिशु कक्षादेखि १२ कक्षासम्म अहिले ५ सय ५१ जना विद्यार्थी छन् । यस वर्ष केही विद्यार्थी थप्ने योजना दलबहादुरको छ ।

बाहिरका शिक्षकलाई विद्यालयकै होस्टलमा बस्ने व्यवस्था मिलाएको छ । शिक्षकहरू विद्यार्थीसँगै होस्टलमा बस्छन् । विद्यार्थीलाई बिहान बेलुका पढाउँछन् । त्यस बापत विद्यालयले शिक्षकहरूलाई होस्टलमा नै खानको व्यवस्था गरिदिएको छ । प्रअ दलबहादुरको घर नजिकै छ, तर उनी सधैँ विद्यालयमा नै बस्छन् । ‘ होस्टलमा यति धेरै विद्यार्थी छन्, व्यवस्थापन लगायतका विभिन्न काम गर्नुपर्छ, त्यसैले घर जानै भ्याइँदैन’, उनले भने

विद्यालयमा होस्टलमा बस्ने छात्रहरूको कोठामा एक शिक्षक र छात्राको कोठामा एक शिक्षिका रातीसँगै सुत्नु सुत्छन् । शिक्षक शिक्षिकाले विद्यार्थीलाई छाड्दै छाड्दैनन् । जसले  गर्दा होस्टलमा बस्ने विद्यार्थी बिग्रेलान् भन्ने अभिभावकलाई कुनै चिन्ता छैन । आफ्नो घरमा जस्तै सुरक्षित छन् । शिक्षक शिक्षिकाहरू पालो मिलाएर होस्टलमा बस्छन् ।

विद्यार्थीको स्वास्थ्य उपचारको लागि विद्यालय आफैले होस्टल रहेकै भवनमा स्टाफ नर्स सहित क्लिनिक सञ्चालन गरेको छ । विद्यार्थीलाई त्यहीबाट प्राथमिक उपचार सेवा उपलब्ध हुन्छ । थप बिरामी परे भने बाहिर पठाइन्छ ।

‘पहिला प्रदेश सरकारले एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत एक जना नर्स दिएको थियो, त्यो पद रिक्त भएपछि प्रदेशले पठाएन, विद्यालय आफैले नर्स र औषधि व्यवस्थापन गरेर सेवा सञ्चालन गरेको छ’, उनले भने ।  

 सो विद्यालयमा अहिले १६ भन्दा बढी जिल्लाका विद्यार्थी होस्टलमा बसेर पढिरहेका छन् । स्थानीय विद्यार्थी घरबाट नै विद्यालय आउजाउ गर्छन् ।

काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे लगायतका जिल्ला तथा तराईका जिल्लाबाट समे विद्यार्थी यो विद्यालयमा पढ्न आएका छन् । रामेछापको सदरमुकाम मन्थलीका विद्यार्थी समेत यो गाउँको विद्यालयमा होस्टेल बसेर पढ्न पुगेका छन् ।  ‘विद्यार्थीको चापका कारण होस्टेल भवन थप गर्नु पर्ने भएको छ, यसको लागि स्रोत खोजी रहेका छौँ’, प्रअ दलबहादुरले भने ।

७७ जिल्लाका विद्यार्थीलाई एउटै छानोमुनि ल्याउने सपना दलबहादुरको छ । त्यस्तै रामेछाप जिल्लाका एक पालिकाका दुई जना विद्यार्थीलाई निःशुल्क होस्टल सहित पढाउने कार्यक्रम विद्यालयले राखेको छ । सोही अनुसार केही विद्यार्थी पढीरहेका छन् । ‘कम्तीमा ७७ जिल्लाका ७७ जना विद्यार्थीलाई निःशुल्क आवाससहित यो विद्यालयमा ल्याएर पढाउने इच्छा छ’, उनले भने ।

Photo1.jpg 457.41 KB

डहु गाउँलाई नै शैक्षिक हब बनाउने दलबहादुरको योजना छ । देशभरीका विद्यार्थीलाई डहुमा ल्याई होमस्टेमा राख्ने, कम्तीमा एक घर एक विद्यार्थीको अवधारणा दलबहादुरको छ ।

‘एक जना विद्यार्थीलाई एक घरले राख्छ, उनीहरू त्यहीँ बस्छन्, घरमा जे पाक्छ, त्यही खान्छन्, त्यसो हुँदा सामाजिक संस्कार पनि सिक्छन्, सामान्य खर्च गरेर पढ्छन् पनि’, दलबहादुरले भने।

विद्यालयले पढाइसँगै विद्यार्थीलाई व्यवहारिक ज्ञानसँग पनि जोडेको छ । होस्टल र विद्यालयको आँगनमा रहेका फूलबारी व्यवस्थापन, पानीको व्यवस्था सबै विद्यार्थीले नै गर्छन् ।

होस्टलमा पढ्ने विद्यार्थीलाई तरकारी उत्पादन गर्न यस वर्षबाट कृषि फार्म सुरु गरिएको छ । त्यस्तै मासु उत्पादनको लागि कुखुरा फार्म र होस्टलमा उब्रिएको खाने कुरा व्यवस्थापन गर्न बङ्गुर फार्म सुरु गरिएको छ । ‘यस वर्ष २ रोपनीमा तरकारी लगाएका छौँ, ३ सय जति कुखुरा हालिएको छ, ११ वटा बङ्गुर छन्, यसलाई विस्तार गर्दै लैजाने योजना छ’, उनले भने ।

सो विद्यालयमा अहिले माध्यमिक तहसम्म अङ्ग्रेजी माध्यमा नै पढाइ हुन लागेको छ । अहिले प्राविधिक धारमा कक्षा १२ सम्म कम्प्युटर इन्जिनियरिङ पढाइ हुन्छ । विद्यालयमा कक्षा चारदेखि नै कम्प्युटरको ज्ञान दिइन्छ । 

विद्यालय गाउँको होस् वा सहरको । राम्रो शिक्षा दिन सक्यो भने विद्यार्थी आउँछन् भन्ने उदाहरण यो दुर्गम गाउँको विद्यालय बनेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी घटे भनेर एकोहोरो रटान गर्नेले डहु माविबाट पाठ सिक्ने हो कि ?

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शुक्रबार, ११ माघ २०८१