सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JHYHP7J9Q6AMR2T0GJCACYZC.jpg

आठ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आठ सय रुपैयाँले घट.र छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५७ हजार १०० रुपैयाँ कायम भएको छ । 

अघिल्लो कारोबारको  दिन छापावाल सुन प्रतितोला एक लाख ५७ हजार ९०० रुपैयाँमामा कारोबार भएको थियो । 

त्यस्तै,चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ८६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला एक हजार ८९० रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मितिः आइतबार, ०६ माघ २०८१
https://jawaaf.com/storage/01JHY9ZW9H4XR9GM0QEKVM29YP.jpg

डेढ वर्षमा बन्नुपर्ने सडक तीन वर्षमा पनि बनेन

रामेछाप । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिकासँग जोड्ने मन्थली–गाल्पा सडकको काम लामो समयदेखि अलपत्र परेको छ । 

सो सडकको मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ पकरबासको सिकारी डाँडासम्म तीन वर्ष अघि नै कालोपत्रे भइसकेको भए पनि बाँकी निर्माणको काम अलपत्र परेको छ । पटक पटक सडक निर्माणको म्याद थपिएको भए पनि निर्माण कम्पनीले काम गरेको छैन । 

Pathivara.gif 82.25 KB

सम्झौता अनुसार सो सडकको पकरबास–गोगनपानी–गाल्पा खण्डको काम २०७९ पुसमा नै कालोपत्रे गरी जिम्मा लगाइसक्नु पर्ने हो । तर निर्माण कम्पनी दिवा /ओम बुद्ध/अर्याल जेबी दोलखाले तीन वर्षसम्म पनि काम नगरी सडक आयोजना अलपत्र पारेको नेकपा एमाले खाँडादेवी गाउँपालिका कमिटी अध्यक्ष समेत रहेको मोतीलाल तामाङले बताए । 

जिल्ला पूर्वाधार विकास कार्यालय मार्फत ठेक्का लगाइएको सो सडकको काम समयमा नभएपछि गतवर्ष खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सामाजिक अगुवा समेतले पूर्वाधार कार्यालयमा नै तालाबन्दी समेत गरेका थिए । सो तालाबन्दी गत जेठ ९ गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङ लगायत जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय मन्थलीका प्रमुख बिरेन्द्रकुमार बज्राचार्य, प्राविधिक, निर्माण कम्पनीका प्रतिनिधि लगायत बसी थप गरिएको म्याद भित्रै कार्यसम्पन्न गर्ने कागज गरिएको थियो । तर थप गरिएको अवधिमा पनि निर्माण कम्पनीले काम पुरा गरेको छैन । 

Planning_Consultancy.gif 1.45 MB

सडकका केही ठाउँमा नाला सफा गर्ने, कता कति वाल लगाउने लगायतका काममा श्रमिकहरू लगाएर निर्माण कम्पनीले काम पनि गरिरहे जस्तो गरेर निर्माणको काममा आलटाल गरेको छ । निर्माण व्यवसायीले सहमति अनुसार काम नगरेको खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् ।  

जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख बिरेन्द्रकुमार बज्राचार्यका अनुसार सो  सडकमा हालसम्म ३३ प्रतिशत काम मात्र भएको छ  । डेढ वर्षमा सक्नु पर्ने काम साढे ३ वर्ष हुँदा जम्मा ३३ प्रतिशत मात्र प्रगति हुनुले सडक निर्माणकार्य पुरा हुन अझै कति समय लाग्ने हो निश्चित छैन ।  

सडक निर्माणको लागि अहिलेसम्म नौ÷नौ महिना गरी दुई पटक म्याद थप गरिएको छ  । दोस्रो पटक थप गरिएको म्याद पनि सकिएको छ । तर काम भने अलपत्र नै छ ।  

कूल १५.२६ किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्पा सडक पिच गर्न ४७ करोड रुपैँया लागत इष्टमेट गरिएको थियो । तर निर्माण कम्पनीले २६ करोड रुपैँयामा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । लागत इष्टमेटको झण्डै आधा कम रकममा निर्माण सम्झौता गरेको कम्पनीले काममा घाटा लाग्ने भन्दै निर्माण कार्यमा आलटाल गर्दै आएको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः आइतबार, ०६ माघ २०८१
https://jawaaf.com/storage/01JHY53BVHKRSQXGEYP2YQY968.jpg

आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

जसअनुसार,आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ८८ पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपियाँ ५३ पैसा र बिक्रीदर एक सय ४३ रुपियाँ १५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपियाँ ९२ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ६६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ६९ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ३५ पैसा निर्धारण गरिएको छ।

यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपियाँ ७५ पैसा र बिक्रीदर ८६ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ९६ पैसा र बिक्रीदर ९६ रुपियाँ ३८ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपियाँ १९ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ६३ पैसा तोकिएको छ।

त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपियाँ ८८ पैसा र बिक्रीदर आठ रुपियाँ ९२ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ८६ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९३ पैसा र बिक्रीदर ३८ रुपियाँ ०९ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ।

प्रकाशित मितिः आइतबार, ०६ माघ २०८१
https://jawaaf.com/storage/01JHX1RB9Y6DY3NJMRK04AD6SB.jpg

जनता समाजबादी पार्टीले बिकाश निर्माणको काममा भैरहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न उपभोक्ताहरुलाई अभिमुखिकरण

धरान । जनता समाजवादी पार्टी चौदण्डीगढी नगरपालिकाको नगर समितीले शुक्रबार विकास निर्माण कार्यमा हुने भ्रष्टचारलाई न्युनीकरण गर्ने उद्धेश्यले जनचेतना मुलक अभिमुखिकरण कार्यक्रम गरेको छ । 

माननीय शुशिला श्रेष्ठको पहल कदमीमा परेको सांसद बिकाशक्षेत्र कार्यक्रम अन्तर्गतको योजना कालीदह–औतारीथान–हिले खोला सडक कालोपत्रे गर्ने दोश्रो चरणको काम सन्चालन गर्ने कार्यक्रमसँगै अभिमुखिकार्यक्रम राखिएको हो । 

कार्यक्रममा विशेष गरी योजनालाई गुणस्तर युक्त बनाउन उपभोक्ताले कसरी निगरानी गर्नु पर्छ ? योजनामा अनियमितता हुन कसरी रोक्न सकिन्छ ? भन्ने विषयमा अभिमुखिकरण गरियो ।

IMG_5290.gif 82.25 KB

यस कार्यक्रम गर्नुको उद्धेश्य आयोजना समयमै सम्पन्न गराउने, गुणस्तरयुक्त बनाउने र बिकाश निर्माण क्षेत्रमा भैरहेको भ्रष्टाचारलाई न्युनिकरण गर्ने रहेको आयोजकले बताए । कार्यक्रममा सम्बन्धित निकायका कर्मचारी, निर्माण ब्यवसायी र उपभोक्ताहरुलाई सामेल गरिए । 

कार्यक्रममा आफ्‌नो मन्तव्य राख्दै माननीय शुशिला श्रेष्ठले यो ठाँउको सबै जसो समस्याहरुमा आफु परिचित रहेको र जहाँ बिकाश पुगेको छैन त्यहाँ बिकाश पुगोस भनेर निरन्तर प्रयास गरिरहेने बताउनु भयो । 

कार्यक्रममा समय सिमा, लागत रकम र गुणस्तरीयताको विषयमा सिनियर डिभिजन ईन्जिनियर हुतराज चौहानले अभिमुखिकरण दिए । त्यसैगरी कामको प्रकार, सडकको लम्बाई, चौडाई, कलभर्टको लम्बाई चौडाई, उचाई, रड सिमेण्ट को गुणस्तर, होमपाईपको किसिम लगायतको विषय वस्तुहरुमा साईट ईन्चार्ज ईन्जिनियर सुबास राईले चर्चा गरे । साथै योजना निर्माण हँुदा प्रयोग गरिने कच्चा पदार्थहरुको गुणस्तर, निर्माण समय सिमा, निर्माण लागत, निर्माण गर्दा अपनाईने बिधीहरुको शिर्षकमा विशेषज्ञ गणेश राईले प्रष्ट पारे ।

कार्यक्रममा निर्माण ब्यबसायीको तर्फबाट निर्माण व्यावसायी बिनोद कोईरालाले मन्तव्य राखे । मन्तव्य राख्दै व्यवसायी कोइरालाले योजना निर्माण पुर्ण गुणस्तर र समय अवधि भित्र सम्पन्न गर्ने प्रतिबद्धता जाहेर गरे । स्थानीय बासीको प्रतिनिधिको रुपमा अनिल राई र डिल्ली मगरले आफ्‌नो मन्तव्य राखे । 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा माननीय सुशिला श्रेष्ठ उपस्थित थिए । त्यसैगरी अथितिहरुमा  चौडण्डीगढी वडा नं. ८ को अध्यक्ष भवनाथ मगर, वडा सदस्यहरु अरुण मगर, मेनुका परियार,कबिता राई, जसपा केन्दृय सदस्य उर्मिला राई, जसपा जिल्ला उपाध्यक्ष राजेन्द्र राई(अनमिन), जिल्ला सदस्य यमकुमार राई, दिलकुमार राई, सुर्य राई, संघीय सहरि बिकास कार्यक्रम कार्यन्वयन इकाई कार्यलयका प्रतिनिधी हुतराज चौहान र निर्माण व्याबसायी लगायतका उपस्थित थिए ।

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHWQMPGYVW12QXZPVKTVDBYX.jpg

एमसीसी पीडितहरुको आन्दोलनप्रति बृहत नागरिक आन्दोलनको ध्यानाकर्षण

काठमाडौं । बृहत नागरिक आन्दोलनले काठमाडौंको शंखरापुर नगरपालिकास्थित बोझेनीका आदिवासी तामाङहरू अपर तामाकोशी तथा एमसीसी पीडित संघर्ष समितिको आन्दोलनप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

एसियाली विकास बैंक र एमसीसीको लगानीमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागिरहेको विद्युत प्रसारण लाइन र सबस्टेसन परियोजना अन्यत्र सार्ने मागसहित शान्तिपूर्ण प्रतिरोधमा उत्रिरहेका थिए । 

राज्यले प्रहरी परिचालन गरि बोझेनी बस्तीमा धरपकड र गैरकानूनी रूपमा पक्राउ गरेको घटनाले बृहत नागरिक आन्दोलनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ । 

यस्तै, परियोजनामा संलग्न एशियाली विकास बैंक, एमसीए–नेपाल, नेपाल विद्युत प्राधिकरणलाई स्थानीयबासीको राष्ट्रिय–अन्तर्राष्ट्रिय कानूनसम्मत माग दाबीको न्यायोचित सुनुवाई गर्न, प्रहरी दमन तुरून्तै बन्द गर्न र पक्राउ गरिएकाहरूलाई बिनाशर्त तत्काल रिहाइ गर्न माग पनि गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘रणनीतिक महत्वको भनिएको प्रसारण लाइन र सबस्टेसन निर्माण कार्य अघि बढाउन २०८१ माघ ३ गते बोझेनीमा परिचालित प्रहरीहरूद्वारा जथाभावी कुटपिट र १ वर्षे बालकदेखि ८० वर्षे वृद्धा महिलासमेत १८ जनालाई घरघरैबाट पक्राउ गरिएकोप्रति घोर भत्सर्ना गर्दछौं ।’

‘आदिवासीहरूको अन्तर्राष्ट्रिय अधिकार अग्रीम जानकारीसहितको मञ्जुरी, एशियाली विकास बैंक र एमसीसीको सामाजिक तथा वातावरणीय नीतिको समेत पालना नगरी स्थानीयबासीहरूलाई आतंकित बनाइ प्रसारण लाइन र सबस्टेसन निर्माण गर्नमा राज्य उद्यत हुनु आपत्तिजनक छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHWM1P54RQG88WJB1ZC2G938.jpg

दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरू संकटमा

एजेन्सी । राष्ट्रपति युन सुक योलको महाभियोगमा चिलरहेको राजनीतिक अनिश्चितताका कारण दक्षिण कोरियाका साना तथा मझौला उद्योगहरूले घाटा ब्यहोर्नु परेको छ । कोरिया फेडेरेसन अफ एसएमईले हालै गरेको सर्वेक्षण अनुसार ५१३ उत्तरदाता एसएमईमध्ये २६.३ प्रतिशतले राजनीतिक अस्थिरताका कारण नोक्सान भएको बताएका छन् ।

Pathivara.gif 82.25 KB

सियोल महानगरीय क्षेत्रमा इलेक्ट्रोनिक कम्पोनेन्ट निर्माता कम्पनीका महाप्रबन्धक पार्क ब्युङ–जिनले भने,‘मुख्य कम्पोनेन्टका विदेशी आपूर्तिकर्ताहरूले जम्मा रकमको कुल भुक्तानीको ३० प्रतिशतबाट ७० प्रतिशतमा पु¥याएका छन् । कतिपयले डेलिभरी अघि पूरा भुक्तानी गर्नुपर्नेछ । तर उनीहरू देशमा राजनीतिक गतिरोधको बारेमा चिन्तित छन् ।’

उनले बारम्बार विदेशी आपूर्तिकर्ताहरूलाई सम्झौताहरू पूरा गर्न अनुरोध गरेको बताए । यूनको महाभियोग पछि कार्यवाहक राष्ट्रपतिको रूपमा प्रधानमन्त्री हान डक सूलाई महाभियोग लगाएपछि, दक्षिण कोरियाली विनिमय दर ओरालो लागेको छ ।

विनिमय दरमा तीव्र गिरावटले कच्चा पदार्थ र ऊर्जाको आयातमा धेरै निर्भर रहेको दक्षिण कोरियाको अर्थतन्त्रलाई गम्भीर धक्का पुगेको छ । ‘अमेरिकी डलर बलियो हुँदा कच्चा पदार्थको लागत र डलर निर्धारित ऋणको बोझ बढ्नेछ । देशको व्यवसायलाई जोखिममा पार्ने र आयात मूल्यमा वृद्धिले पनि वित्तीय तनावलाई बढाउँछ, अर्थशास्त्रीहरूले भनेका छन् ।

न्यू हाम्रो प्रिन्टर सर्भिस सेन्टर.gif 562.46 KB

यता, महाभियोगपछि निलम्बित दक्षिण कोरियाली राष्ट्रपति युन सुक योललाई सरकारविरुद्ध विद्रोह भड्काएको आरोपमा बुधवार पक्राउ गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

योलमाथि ३ डिसेम्बर २०२४ मा देशमा ‘मार्सल ल’ लागु गरेको अभियोगमा छानविन गर्न पक्राउ गरिएको जनाइएको छ । योलले गत महिना देशमा आपतकालिन अवस्था घोषणा गर्दै सैन्य कानुन लगाउने घोषणा गरेका थिए।(सीसीटीभीप्लस)

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHWBRQKW1T8R7FD74Q7NHS3G.jpg

दोस्रो यामबहादुर स्मृति फुटसल माघ ११ गतेदेखि पोखरामा

पोखरा । खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मूल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर थापा स्मृति दोस्रो ६ ‘ए’साइड एमेचर फुटसल प्रतियोगिताको आयोजना हुन लागेको हो ।

पोखरा महानगरपालिका–१८ बाट प्रतिभावान् खेलाडीहरूको विकास गर्ने मञ्चको उदेश्य रहेको छ । पैयुम स्पोट्र्स सेन्टर हस्पिटलचोकमा माघ ११ र १२ गते हुने प्रतियोगितामा ३० भन्दा बढी टिमको सहभागिता हुने मञ्चका अध्यक्ष विक्रम थापा (म्याक्सवेल) ले जानकारी दिए ।

उनका अनुसार प्रतियोगिताको विजेतालाई नगद ६० हजार रुपैयाँको साथमा शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दोस्रो हुने टिमलाई ३० हजार रुपैयाँको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष थापाले जानकारी दिए ।

यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई ट्रफी प्रदान गरिनेछ । यस अघि स्पोट्र्स क्यासलमा हुने भनिएपनि प्राविधिक कारणले प्रतियोगिताको स्थान परिवर्तन भएको थापाको भनाइ छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHW6H0A8ZZ01EGFKNBPJJ510.jpg

‘नयाँ दलहरू अरूलाई देखाएर भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने सोचमा छन्’

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ भनिएका दलहरू पनि अरूलाई देखाएर आफूहरूले पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताएका छन् ।

राप्रपा मकवानपुरले हेटौँडामा गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष लिङदेनले नयाँ भनिएका दलका नेता कार्यकर्ताहरू अरू दलका नेताले ‘त्यति धेरै खाए हामीले चाहीँ यति खाँदा पनि थुनिनुपर्ने’ भन्ने विन्दुमा पुग्नु लज्जास्पद विषय भएको बताएका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले कांग्रेस–एमालेको गठबन्धनको सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनको लागि निर्माण भएको प्रमाणित भएको बताए । सरकार निर्माण भएको छ महिनाको अवधिले कांग्रेस–एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताए ।

आज देशको राष्ट्रियता कमजोर भएको बताउँदै देश अहिले भू–राजनीतिक चक्रब्युमा परेको बताए । हाम्रो देशमा विदेशी चलखेल बढेको बताउँदै अध्यक्ष लिङदेनले यो अवस्थाको निर्माण तिनै दलहरूले गरेको दावी गरे ।

देश अहिले निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङदेनले देशमा अहिले चरम निराशा बढेको, युवाहरूले देश छाड्ने दर ह्वात्तै बढेको बताउँदै देश गम्भीर मोडमा पुगेको बताए ।

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHWG6M51J58M3FZ5AKE2FE5R.jpg

मधेश आन्दोलनका सहिदको सालिकमा माल्यार्पण

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष मा.अशोक कुमार राई तथा संघीय सरकारका खानेपानीमन्त्री प्रदीप यादवद्धारा मधेश आन्दोनमा शहादत प्राप्त गर्ने सम्पूर्ण वीर शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहिदहरूको सालिकमा माल्यार्पण गरेका छन् । 

आज शनिवार वीरगन्जको घण्टाघरमा रहेको सहिदहरूको सालिकमा अध्यक्ष राई तथा मन्त्री यादवले बिहान माल्यार्पण गरेको मन्त्री यादवका स्वकीय अधिकृत हरिन्द्र साहले जानकारी दिए । उक्त कार्यक्रममा जसपा केन्द्रीय उपाध्यक्ष मा. सुशीला श्रेष्ठ, केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरका नगरप्रमुख राजेशमान सिंह, पूर्वमन्त्री मोहनलाल चौधरी, जिल्ला समन्वय समितिका प्रमुख अजय सराफ, बुहँरामाई नगरपालिकाका नगर प्रमुख सिहासन सातेलीको पनि सहभागी भै सहिदको सालिकमा माल्यार्पण गरेका थिए माल्यार्पण कार्यक्रममा पार्टीका नेता कार्यकर्ता लगायतको उपस्थिति रहेको थियो 

१८ वर्षअघि भएको मधेश विद्रोहको सम्झनामा माघ ५ गतेलाई बलिदान दिवसका रूपमा मनाइन्छ । आजकै दिन ५ माघ २०६३ मा प्रथम मधेश आन्दोलनको क्रममा सिराहाको लहानमा रमेश महतोले बलिदान दिएका थिए । उक्त आन्दोलन चर्किंदै गई मधेश विद्रोहमा परिणत भएको थियो । त्यसयता प्रत्येक वर्ष माघ ५ गतेलाई जसपा लगायत अन्य दलहरूले बलिदानी दिवसका रूपमा मनाउने गरेको छ । आजको दिन जनता समाजवादी पार्टी लगायत अन्य दलहरूले सहिदहरूको सम्झनामा विभिन्न कार्यक्रमहरूको आयोजना समेत गर्ने गरेका छन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१
https://jawaaf.com/storage/01JHVSY96EP6KTA74V92772P7Y.jpg

तेस्रो पीएफसी इमर्जिङ कपमा नारायणी नमुना माविको विजयी सुरुवात

चितवन । शिक्षासँग खेलकुद जोड्ने उद्देश्यसहित नयाँ खेलाडीहरूको पहिचानका लागि चितवनमा शुक्रवार देखि सुरु भएको ‘पीएफसी इमर्जिङ कप–२०८१’ को उद्घाटन खेल भरतपुरको नारायणी माध्यमिक विद्यालयले जितेको छ ।

सैनिक आवासीय माध्यमिक विद्यालयलाई १–० ले पराजित गर्दै नारायणी माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको हो । नारायणीको जितमा सन्दीप गुरुङले गोल गरेका थिए । उनै गुरुङ खेलको म्यान अफ द म्याच पनि बने ।

शनिवार ११ बजे पहिलो खेल नारायणी इङ्गलिस पब्लिक स्कुल र बाल्मिकी शिक्षा सदनबिच हुनेछ भने दोस्रो खेल १ बजे अरुणेदय माध्यमिक विद्यालय र ओर्बिट स्कुलबिच हुने क्लबका अध्यक्ष पोस्टराज तिमिल्सिनाले जानकारी दिए ।

Pathivara.gif 82.25 KB

पटिहानी फुटबल क्लबको आयोजनामा सुरु भएको यो प्रतियोगितामा चितवनका १६ विद्यालयहरू सहभागी छन् । खेल भरतपुर–१४ को सुन्दर बस्ती खेलमैदानमा माघ १२ गते सम्म हुनेछ ।

खेलको उद्घाटन गर्दै भरतपुर महानगरपालिका वडा नं. १४ का वडाअध्यक्ष राजेन्द्र सााखीले स्कुलदेखि नै नयाँ खेलाडीहरूको पहिचान गर्न प्रतियोगिता सफल बनेको भन्दै प्रशंसा गरेका थिए । शिक्षासँग खेलकुद जोड्न विद्यालयबिचको यस घिका संस्करणहरू निकै उपलब्धिमूलक पाएको उनले बताए । प्रतियोगिताको विजेताले १० हजार नगदसहित ३० हजार रुपैयाँबराबरको खेलकुद सामग्री पाउने छन् ।

यस्तै उपविजेताले १० हजार नगदसहित १५ हजार रुपैयाँ बराबरको खेलकुद सामग्री ट्रफी, मेडल र प्रमाणपत्र पाउने क्लबका सचिव सुमन पौडेलले जानकारी दिए । अनुशासित टिमलाई ५ हजारबराबरको खेलकुद सामग्रीसहित सर्वोकृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्तालाई फुटबल सुजसहित प्रमाण पत्र र पुरस्कारको व्यवस्था गरिएको छ ।

पटिहानी फुटबल क्लबले स्थापनादेखि नै नयाँ खेलाडी उत्पादनका लागि तालिमसँगै विभिन्न गतिविधि गर्दै आएको छ । यसअघि क्लबले शिक्षकहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेर खेल र शिक्षालाई जोडेको थियो । प्रतियोगिताको प्रवर्धक का रूपमा भरतपुर महानगरपालिका वडा नम्बर १४ र २२ रहेका छन् ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः शनिबार, ०५ माघ २०८१