मङ्गलबार, ०२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KWTHPPG21H4KJ54KDY6P4NZV.jpeg

नर्वे विश्वकपको क्वाटरफाइनलमा, ब्राजिल बाहिरियो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले ब्राजिललाई २–१ ले पराजित गरेको छ । 

सम्पन्न खेलमा ब्राजिललाई २–१ ले हराउँदै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

नर्वेका एर्लिङ हालान्डले खेलको ७९ औं र ९० औं मिनेटमा गोल गरेका हुन् । ब्राजिलका लागि अन्तिममा नेयमारले गोल फर्काएका थिए ।

यस जितसँगै नर्वे विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । नर्वेले क्वाटरफाइनलमा इंग्ल्यान्ड र मेक्सिकोसँगको विजेतासँग खेल्नेछ । 

पाँच पटकको विजेता ब्राजिलको भने विश्वकप यात्रा टुंगिएको छ ।

प्रकाशित मितिः सोमबार, २२ असार २०८३
https://jawaaf.com/storage/01KWNBZ0BV2Y2Y6BXJM40WMJPJ.jpg

केप भर्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम ३२ को खेलमा केप भर्डलाई ३–२ गोलले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

निर्धारित ९० मिनेटमा दुवै टोली १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुगेको थियो। २९औँ मिनेटमा लियोनेल मेसीले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए भने ५९औँ मिनेटमा डेराए डुआर्टेले केप भर्डका लागि बराबरी गोल फर्काए।

अतिरिक्त समयको ९२औँ मिनेटमा लिसान्ड्रो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई पुनः अग्रता दिलाए पनि १०३औँ मिनेटमा सिड्नी लोपेज काब्रालले केप भर्डलाई फेरि बराबरीमा ल्याए। तर १११औँ मिनेटमा डिनेको आत्मघाती गोलपछि अर्जेन्टिनाले ३–२ को जित निकाल्यो।

पहिलोपटक विश्वकप खेलेको केप भर्डले साविक विश्वविजेता अर्जेन्टिनालाई कडा चुनौती दिए पनि प्रतियोगिताबाट बाहिरिएको छ। अब अर्जेन्टिनाले अन्तिम १६ मा इजिप्टसँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मितिः शनिबार, २० असार २०८३
https://jawaaf.com/storage/01KWKANC3MZ477W59PH1YQ615A.jpeg

फिफा विश्वकप : स्विटजरल्याण्ड प्रि–क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । अल्जेरियालाई हराउँदै स्विटजरल्याण्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा पुगेको छ ।

शुक्रबार बिहान अल्जेरियालाई २–० गोलले हराउँदै स्विटजरल्याण्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाउन सफल भएको हो ।

१० औं मिनेटमै ब्रील एम्बेलोले गोल गर्दै स्विटजरल्याण्डलाई अग्रता दिलाउन सफल भएका थिए ।

त्यसपछि ४६ औं मिनेटमा ड्यान एनडोएले गोल गरे । उक्त गोल नै खेलमा निर्णायक साबित भयो ।

स्विटजरल्याण्डले अब कोलम्बिया र घानाबीच हुने अन्तिम ३२ चरणको खेलको विजेतासँग क्वार्टरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, १९ असार २०८३
https://jawaaf.com/storage/01KWGKDYB59W3TTVWNKZWM3GSR.jpeg

बोस्नियानालाई हराउँदै अमेरिका अन्तिम १६ मा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले पराजित गरेको छ । 

बिहीबार भएको खेलमा अमेरिकाले बोस्निया–हर्जगोभिनालाई २–० ले हराउँदै गर्दै अन्तिम १६ मा स्थान बनाएको हो ।

अमेरिकाको जितमा फोलारिन बालोगनले ४५औँ मिनेटमा गोल गर्दै अमेरिकालाई अग्रता दिलाए । मालिक टिलम्यानले खेलको ८२औँ मिनेटमा दोस्रो गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । 

यस जितसँगै अमेरिकाले अन्तिम १६ मा स्थान बनाएको छ । अमेरिकाविरुद्धको हारसँगै बोस्निया–हर्जगोभिनाको विश्वकप यात्रा सकिएको छ । 

प्रकाशित मितिः बिहिबार, १८ असार २०८३
https://jawaaf.com/storage/01KWG8C6T6W64NCF148M113DAW.jpeg

फिफा विश्वकप : सेनेगललाई ३–२ ले हराउँदै बेल्जियम अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गरेको छ ।

सिएटलमा भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदैं बेल्जियम फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो । 

युरी टिलेमान्सले बेल्जियमका लागि बराबरी गोल र विजयी पेनाल्टी दुवै गरे। 

युरी टिलेमान्सले बेल्जियमका लागि खेलको ८९औं मिनेटमा हेडमार्फत गोल गर्दै खेललाई अतिरिक्त समयमा पु¥याएका थिए भने १२०.५औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए । 

खेलको २४औं मिनेटमा हाबिब डियाराले गोल गर्दै सेनेगललाई अग्रता दिलाए । त्यसपछि ५१औं मिनेटमा इस्माइला सारले उत्कृष्ट फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

बेल्जियमले जुलाई ६ मा सिएटलमै हुने अन्तिम १६ को खेलमा अमेरिका र बोस्निया एन्ड हर्जगोभिनासँग प्रतिस्पर्धा गर्नेछ । सेनेगल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मितिः बिहिबार, १८ असार २०८३
https://jawaaf.com/storage/01KWDTWDRTY6G5YJB6PCRFMYNE.jpeg

स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा स्विडेनलाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको छ ।

बुधबार सम्पन्न खेलमा स्विडेनलाई ३–० गोलले पराजित गर्दै फ्रान्स प्रिक्वाटरफाइनलमा प्रवेश गरेको हो । 

फ्रान्सको जितका खेलको ४५ औं मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । यसैगरी, ५३ औं मिनेटमा ब्राड्ली बार्कोलाले गोल गरेका थिए । 

यस्तै, खेलको ७४ औं मिनेटमा एम्बाप्पेले अर्को गोल गर्दौ फ्रान्सका लागि ३—०को अग्रता दिलाए । 

यस खेलमा फ्रान्स ३–० ले विजयी बन्यो । यस जितसँगै फ्रान्स अन्तिम १६ मा प्रवेश गरेको हो ।

प्रकाशित मितिः बुधबार, १७ असार २०८३
https://jawaaf.com/storage/01KWC6PKV3S1T2CBW4507N7ZGC.jpg

विश्वकप फुटवलले चर्चामा ‘मर्लिन’ हाँस, भिडियो भाइरल

एजेन्सी । फिफा विश्वकप फुटवल प्रतियोगिताका लागि एक घरपालुवा हाँस मेक्सिकोको ‘राजदूत’ बनेको छ। ‘मर्लिन’ नामक घरपालुवा हाँस फिफा विश्वकपको लागि मेक्सिकोको राजदूत बनेको हो । 

दुई वर्षको हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा हिंडिरहेको भिडियोहरू सार्वजनिक भएपछि भाइरल समेत बनिरहेको छ ।

विश्वकपका कारण फुटबलका सबैभन्दा चर्चित खेलाडीहरू फेरि अन्तर्राष्ट्रिय चर्चाको केन्द्रमा रहेकाबेला मर्लिन पनि चर्चामा आएको हो । 

आफ्नो शरीरमा ठ्याक्कै मिल्ने सानो टिम मेक्सिकोको जर्सी र मेक्सिको सिटीस्थित आफ्नो घर वरिपरि आत्मविश्वासका साथ हिँड्ने शैलीका कारण हासले चर्चा बटुलेको हो । 

विश्वकपमा मेक्सिकोले आफ्नो पहिलो खेल जितेपछि उत्सव मनाइरहेको अवस्थामा मर्लिन पहिलो पटक देखिएको थियो । सोहीबेला भिडियो भाइरल भएपछि हाँस एकाएक इन्टरनेट स्टार बनेको हो । (भिडियो सीसीटीभीप्लस)

प्रकाशित मितिः मङ्गलबार, १६ असार २०८३
https://jawaaf.com/storage/01KWB8C0FVM2XCQMABVPA3GR2T.jpeg

जापानलाई पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा ब्राजिलले जापानलाई पराजित गरेको छ ।  

सोमबार राती भएको खेलमा जापानलाई २–१ गोलले पराजित गर्दै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको हो ।

खेलको २९ औं मिनेटमा काइशु सानोले गोल गर्दै जापानलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा कासेमिरोले गोल गर्दै ब्राजिललाई बराबरीमा ल्याए । त्यसपछि खेलाडी गाब्रियल मार्टिनेलीले गोल गर्दै ब्राजिललाई जित महत्वपूर्ण जित दिलाए ।

यस जितसँगै ब्राजिल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ ।

ब्राजिलले अब अन्तिम १६ मा आइभरी कोस्ट र नर्वेबीचको विजेतासँग खेल्नेछ ।

प्रकाशित मितिः मङ्गलबार, १६ असार २०८३
https://jawaaf.com/storage/01KWB7CQRH0RNFEQ05DEQ2P14C.jpeg

फिफा विश्वक : पाराग्वेसँग जर्मनी पेनाल्टी सुटआउटमा पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा पाराग्वेसँग पराजित हुँदै जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ ।

मंगलबार भएको खेलमा पाराग्वेका जुलियो एन्सिसोले ४२औँ मिनेटमा हेडमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

जर्मनीका काइ हाभट्र्जले खेलको ५३औँ मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा बनाएका थिए । 

खेल निर्धारित ९० मिनेटमा १-१ को स्थितिमा सकिएपछि जारी विश्वकपमै पहिलो पटक खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०२औं मिनेटमा नथानियल ब्राउनको पासमा जर्मनीका डिफेन्डर जोनाथन टाहले गोल गर्दै जर्मनीलाई २-१ को अग्रता दिलाए । 

जर्मनीले कुल तीन पेनाल्टी खेर फालेको थियो भने पाराग्वेले दुई पेनाल्टी चुकाए । अन्ततः ४–३ ले जित निकाल्दै अन्तिम १६ मा प्रवेश ग¥यो ।

चार पटकको विश्व विजेता जर्मनीको यात्रा अप्रत्याशित रूपमा अन्त्य भएको छ । 

प्रकाशित मितिः मङ्गलबार, १६ असार २०८३
https://jawaaf.com/storage/01KW8J9XCM41ZWHA9JJJ830X53.jpeg

दक्षिण अफ्रिकालाई हराउँदै क्यानडा फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गरेको छ । सोफी स्टेडियममा भएको खेलमा क्यानडाले दक्षिण अफ्रिकालाई १–० ले पराजित गरेको हो । 

यस खेलमा कप्तान युस्ताकियोको गोलसँगै क्यानडालाई ऐतिहासिक जित दिलाए । उनको गोलसँगै क्यानडा अन्तिम १६ मा प्रवेश गर्न सफल भएको छ । 

दक्षिण अफ्रिकाको विश्वकप यात्रा समाप्त भएको छ ।

प्रकाशित मितिः सोमबार, १५ असार २०८३