मङ्गलबार, ०२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KW7AFZX9TTJZ9PYQ17Y38ZTY.jpeg

फिफा विश्वकप २०२६ : नकआउट चरणको पूर्ण तालिका सार्वजनिक, कुन टिमको भिडन्त कहिले र कहाँ ?

काठमाडौं । फिफा विश्वकप २०२६ को समूह चरणका रोमाञ्चक र उतारचढावपूर्ण खेलहरू समाप्त भएसँगै ‘राउन्ड अफ ३२’ अर्थात् नकआउट चरणको पूर्ण तालिका सार्वजनिक भएको छ ।

इतिहासमै पहिलो पटक ४८ टोली सहभागी यस विश्वकपमा प्रत्येक समूहका शीर्ष दुई र उत्कृष्ट तेस्रो स्थान हासिल गर्ने आठ वाइल्डकार्ड टोलीहरू गरी कुल ३२ टोलीले उपाधिका लागि नकआउट भिडन्त गर्नेछन् ।

आइतबार (जुन २८) देखि सुरु हुने यस चरणमा अब हुने एउटै हारले टोलीको विश्वकप यात्रा समाप्त गर्नेछ । 

नकआउट चरणको उद्घाटन खेलमा समूह ‘ए’ को उपविजेता दक्षिण अफ्रिका र समूह ‘बी’ को उपविजेता क्यानडा आमनेसामने हुँदैछन् । यस्तै, दोस्रो खेलमा बलियो जर्मनीले वाइल्डकार्ड टोली पराग्वेको सामना गर्नेछ भने पाँच पटकको विश्वविजेता ब्राजिलले एसियाली पावरहाउस जापानसँग खेल्नेछ । चौथो खेलमा उत्कृष्ट लयमा रहेको नेदरल्यान्ड्स र अफ्रिकी उपविजेता मोरक्को भिड्नेछन् ।

असार १४ गते आइतबार (जुन २८) र असार १५ गते सोमबार (जुन २९) का खेलहरू

दक्षिण अफ्रिका विरुद्ध क्यानडा

समयः असार १४ गते (जुन २८), राति ११ः४५ बजे (नेपाली समय)

स्थानः लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम), क्यालिफोर्निया, अमेरिका

जर्मनी विरुद्ध पाराग्वे

समयः असार १५ गते (जुन २९), बिहान ३ः१५ बजे (नेपाली समय)

स्थानः बोस्टन स्टेडियम (जिलेट स्टेडियम), म्यासाचुसेट्स, अमेरिका

ब्राजिल विरुद्ध जापान

समयः असार १५ गते (जुन २९), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः ह्युस्टन स्टेडियम (एनआरजी स्टेडियम), टेक्सस, अमेरिका

नेदरल्यान्ड्स विरुद्ध मोरक्को

समयः असार १६ गते (जुन ३०), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः मोन्टेरे स्टेडियम (इस्टाडियो बीबीभीए), गुआडालुपे, मेक्सिको

असार १६ गते मंगलबार (जुन ३०) र असार १७ गते बुधबार (जुलाई १) का खेलहरू

आइभोरी कोस्ट विरुद्ध नर्वे

समयः असार १६ गते (जुन ३०), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम), टेक्सस, अमेरिका

फ्रान्स विरुद्ध स्वीडेन

समयः असार १७ गते (जुलाई १), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः न्यु योर्क न्यु जर्सी स्टेडियम (मेटालाइफ स्टेडियम), न्यु जर्सी, अमेरिका

मेक्सिको विरुद्ध इक्वेडर

समयः असार १७ गते (जुलाई १), बिहान ५ः४५ बजे (नेपाली समय)

स्थानः मेक्सिको सिटी स्टेडियम (इस्टाडियो एस्टेका), मेक्सिको सिटी, मेक्सिको

इङ्गल्याण्ड विरुद्ध प्रजातान्त्रिक गणतन्त्र कङ्गो

समयः असार १७ गते (जुलाई १), राति ८ः४५ बजे (नेपाली समय)

स्थानः एटलान्टा स्टेडियम (मर्सिडिज–बेन्ज स्टेडियम), जर्जिया, अमेरिका

असार १८ गते बिहीबार (जुलाई २) र असार १९ गते शुक्रबार (जुलाई ३) का खेलहरू

बेल्जियम विरुद्ध सेनेगल

समयः असार १८ गते (जुलाई २), बिहान सुदूर ६ः४५ बजे (नेपाली समय)

स्थानः सेटल स्टेडियम (लुमेन फिल्ड), वासिङ्टन, अमेरिका

संयुक्त राज्य अमेरिका विरुद्ध बोस्निया एण्ड हर्जगोभिना

समयः असार १८ गते (जुलाई २), बिहान १०ः४५ बजे (नेपाली समय)

स्थानः सान फ्रान्सिस्को बे एरिया स्टेडियम (लेभिस स्टेडियम), क्यालिफोर्निया, अमेरिका

स्पेन विरुद्ध अस्ट्रिया

समयः असार १८ गते (जुलाई २), राति ९ः४५ बजे (नेपाली समय)

स्थानः लस एन्जलस स्टेडियम (सोफाई स्टेडियम), क्यालिफोर्निया, अमेरिका

पोर्चुगल विरुद्ध क्रोएसिया

समयः असार १९ गते (जुलाई ३), बिहान २ः४५ बजे (नेपाली समय)

स्थानः टोरन्टो स्टेडियम (बीएमओ फिल्ड), ओन्टारियो, क्यानडा

असार १९ गते शुक्रबार (जुलाई ३) को राति र असार २० गते शनिबार (जुलाई ४) का खेलहरू

स्विट्जरल्याण्ड विरुद्ध अल्जेरिया

समयः असार १९ गते (जुलाई ३), बिहान ६ः४५ बजे (नेपाली समय)

स्थानः भ्यानकुभर स्टेडियम (बीसी प्लेस), ब्रिटिश कोलम्बिया, क्यानडा

अष्ट्रेलिया विरुद्ध इजिप्ट

समयः असार १९ गते (जुलाई ३), राति १०ः४५ बजे (नेपाली समय)

स्थानः डलास स्टेडियम (एटी एन्ड टी स्टेडियम), टेक्सस, अमेरिका

अर्जेन्टिना विरुद्ध केप भर्डे

समयः असार २० गते (जुलाई ४), बिहान १ः४५ बजे (नेपाली समय)

स्थानः मियामी स्टेडियम (हार्ड रक स्टेडियम), फ्लोरिडा, अमेरिका

कोलम्बिया विरुद्ध घाना

समयः असार २० गते (जुलाई ४), बिहान ५ः४५ बजे (नेपाली समय)

स्थानः कान्सास सिटी स्टेडियम (एरोहेड स्टेडियम), मिसौरी, अमेरिका

अब नकआउट चरणमा प्रत्येक खेल निर्णायक हुनेछ । विजयी टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीको विश्वकप यात्रा त्यहीँ समाप्त हुनेछ । उपाधि दाबेदार टोलीहरूबीच हुने रोमाञ्चक प्रतिस्पर्धासँगै केही नयाँ टोलीले इतिहास दोहोर्याउने वा नयाँ इतिहास रच्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः आइतबार, १४ असार २०८३
https://jawaaf.com/storage/01KW67F68D8M9AXZWD8NRGXK2Y.jpeg

विश्वकपमा मेस्सीको गोल संख्या १९ पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्ध जारी समूह चरणको खेलमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले उत्कृष्ट फ्रिकिक गोल गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १९ पु¥याएका छन् ।

खेलको ६०औं मिनेटमा मैदान प्रवेश गरेका मेस्सीले ८०औं मिनेटमा फ्रिकिकमार्फत गोल गरेका हुन् । डी–बक्सभन्दा बाहिर जोर्डनका अमिर जामोसले मेस्सीलाई फउल गरेपछि प्राप्त फ्रिकिकलाई उनले सिधै जाली चुमाउँदै अर्जेन्टिनालाई ३–१ को जित दिलाए ।

जारी विश्वकपमा मेस्सीको यो छैटौं गोल होल हो । यसअघि उनले अल्जेरियाविरुद्ध ह्याट्रिक तथा अस्ट्रियाविरुद्ध दुई गोल गरेका थिए । यस गोलसँगै विश्वकप इतिहासमा मेस्सीको कुल गोल संख्या १९ पुगेको छ ।

प्रकाशित मितिः आइतबार, १४ असार २०८३
https://jawaaf.com/storage/01KW3MZ1D3KSYK6W6BNSF93MJ0.jpg

जोर्डनविरुद्धको खेलमा मेस्सीले नखेल्ने प्रशिक्षक स्कालोनीको पुष्टि

काठमाडौं । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ अन्तर्गत जोर्डनविरुद्धको समूह चरणको अन्तिम खेलमा कप्तान लियोनेल मेस्सी सुरुआती टोलीमा नरहने पुष्टि गरेका छन् । अमेरिकी क्लब इन्टर मियामीबाट खेलिरहेका मेस्सीले प्रतियोगितामा हालसम्म अर्जेन्टिनाका पाँचै गोल गर्दै टोलीलाई अल्जेरिया र अस्ट्रियाविरुद्ध लगातार जित दिलाएका छन् । ती दुई जितसँगै अर्जेन्टिनाले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ ।

खेलअघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक स्कालोनीले मेस्सीलाई विश्राम दिन लागिएको बताउँदै आवश्यक परे खेलको दोस्रो हाफमा मैदान प्रवेश गराइने जानकारी दिए । उनले जोर्डनविरुद्ध मैदान उत्रने खेलाडीहरूले अवसर पाउन योग्य रहेको उल्लेख गर्दै टोलीका सबै सदस्यले प्रशिक्षणमा उत्कृष्ट मेहनत गरिरहेको बताए ।

‘भोलि खेल्ने खेलाडीहरू मैदानमा उत्रिन योग्य छन् । उनीहरू टोलीका महत्वपूर्ण सदस्य हुन् । प्रशिक्षणमा उनीहरूले गरेको मेहनतकै कारण हामी यहाँसम्म आइपुगेका हौं । अवसर पाए सबैलाई खेलाउन चाहन्छु,’ स्कालोनीले भने ।

जोर्डनले प्रायः पाँच डिफेन्डरको रणनीतिमा खेल्ने भएकाले अर्जेन्टिना पनि आवश्यक परे आफ्नो रणनीतिमा परिवर्तन गर्न तयार रहेको उनले बताए । अर्जेन्टिना र जोर्डनबीचको खेल शनिबार अमेरिकाको टेक्सास राज्यस्थित आर्लिङ्टनको एटी एन्ड टी स्टेडियममा हुनेछ । अर्जेन्टिनाले यसअघि नै समूहको शीर्ष स्थान सुरक्षित गरिसकेकाले यो खेलको नतिजाले समूहको अन्तिम अवस्था परिवर्तन गर्ने छैन । यता, जोर्डन भने अस्ट्रिया र अल्जेरियासँग लगातार पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।

प्रकाशित मितिः शनिबार, १३ असार २०८३
https://jawaaf.com/storage/01KW1RJC96BSS016QMTZQ9EJCH.jpeg

फिफा विश्वकप : शनिबार समूह जी, एच र आईका ६ खेल हुँदै

काठमाडौं । फिफा विश्वकपअन्तर्गत भोलि समूह ‘जी’, ‘एच’ र ‘आई’ का महत्त्वपूर्ण खेलहरू हुँदैछन्। 

समूह चरणको प्रतिस्पर्धा थप रोमाञ्चक बन्दै गइरहेका बेला विभिन्न टोलीहरू नकआउट चरणको सम्भावना बलियो बनाउने लक्ष्यका साथ मैदानमा उत्रनेछन्।

समूह ‘आई’ अन्तर्गत नर्वे र फ्रान्सबीचको खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । सोही समयमा सेनेगल र इराक पनि आमनेसामने हुनेछन् । 

यस्तै, समूह ‘एच’ मा काबो भर्डे र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ। यसै समूहको अर्को खेलमा उरुग्वेले स्पेनको सामना गर्नेछ । दुवै खेल बिहान ५ः४५ बजे सुरु हुनेछन्।

समूह ‘जी’ अन्तर्गत न्यूजिल्यान्ड र बेल्जियमबीच खेल हुनेछ भने अर्को खेलमा इजिप्ट र इरान आमनेसामने हुनेछन् । यी दुवै खेल बिहान ८ः४५ बजे सुरु हुने तालिका छ ।

समूह चरणका यी खेलहरूले अंक तालिकामा महत्वपूर्ण प्रभाव पार्ने छन् । 

प्रकाशित मितिः शुक्रबार, १२ असार २०८३
https://jawaaf.com/storage/01KW0X911RAEM9FS83TMRD15ZR.jpeg

जर्मनीलाई हराउँदै इक्वेडर विश्वकपको अन्तिम ३२ मा

काठमाडौं । फिफा विश्वकप २०२६ मा गोन्जालो प्लाटाले दोस्रो हाफमा गरेको निर्णायक गोलमा इक्वेडरले जर्मनीलाई २–१ ले पराजित गरेको छ ।

समूह ‘ई’ अन्तर्गत शुक्रबार न्यूयोर्क/न्यु जर्सी स्टेडियममा भएको खेलमा इक्वेडरले उत्कृष्ट पुनरागमन गर्दै महत्त्वपूर्ण जित निकालेको हो ।

जित निकालेसँगै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुगेको छ ।

पहिलेका दुई खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको जर्मनीले खेलको दोस्रो मिनेटमै अग्रता लियो । फ्लोरियन भिट्र्सको पासमा लिरोय सानेले बक्सभित्रबाट गरेको प्रहार गोलमा परिणत भयो । सन् १९३४ यता विश्वकपमा जर्मनीले गरेको यो सबैभन्दा छिटो गोल बन्यो ।

तर जर्मनीको अग्रता लामो समय टिकेन । खेलको नवौँ मिनेटमा पाब्लो भिटेले जर्मनीको क्षेत्रमा बल नियन्त्रण गर्दै निल्सन आङ्गुलोलाई पास दिए । बक्सबाहिरबाट आङ्गुलोले गरेको शक्तिशाली प्रहार अलेक्जान्डर पाभ्लोभिचको खुट्टाबीचबाट हुँदै गोलरक्षक म्यानुअल नोयरलाई बिट गर्दै गोलमा परिणत भयो । यो विश्वकप २०२६ मा इक्वेडरको पहिलो गोल पनि थियो ।

दोस्रो हाफको सुरुआतमा जर्मनीले पेनाल्टी पाएको थियो । तर भिएआर समीक्षा पछि लिरोय सानेले त्यसअघि नै फाउल गरेको देखिएपछि रेफ्रीले पेनाल्टी निर्णय उल्ट्याइन् ।

खेलको ७७औँ मिनेटमा इक्वेडरले विजयी गोल गर्यो । कर्नरबाट आएको बललाई केभिन रोड्रिगेजले हेडमार्फत अगाडि बढाइदिएपछि गोन्जालो प्लाटाले म्यानुअल नोयरभन्दा एक कदम अघि पुग्दै नजिकैबाट गोल गरे । यो जितसँगै इक्वेडर ४ अंकसहित उत्कृष्ट ८ तेस्रो स्थानमा रहने टोलीमध्ये एक बन्दै अन्तिम ३२ मा प्रवेश गरेको छ ।

पराजित भए पनि जर्मनी गोल अन्तरमा आइभरी कोस्टभन्दा अगाडि रहँदै समूह विजेता बनेको छ । दुवै टोलीको समान ६ अंक रहे पनि जर्मनीको गोल अन्तर उत्कृष्ट रहेको छ । समूहको अर्को खेलमा आइभरी कोस्टले कुरासाओलाई २–० ले हराएको छ ।

प्रकाशित मितिः शुक्रबार, १२ असार २०८३
https://jawaaf.com/storage/01KVYANY9FEK39ANJS0WZC99YN.jpeg

विश्वकप हेर्दा निद्रा नबिगार्न विज्ञहरूको सुझाव

काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप चलिरहेका बेला विभिन्न समय क्षेत्रमा रहेका समर्थकहरू राति अबेरसम्म खेल हेर्न बाध्य छन् । रोमाञ्चक खेल, अतिरिक्त समय र पेनाल्टी सुटआउटका कारण फुटबलप्रेमीहरूले प्रायः आफ्नो निद्रासमेत त्याग्ने गरेका छन् । तर लगातार रातभर जाग्राम बस्दा स्वास्थ्य, मानसिक अवस्था र दैनिक कार्यक्षमतामा नकारात्मक असर पर्न सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन्। खेलको मजा लिँदै पर्याप्त आरामसमेत कायम राख्न केही सावधानी अपनाउन सुझाव दिइएको छ ।

विज्ञहरूका अनुसार राति ढिलो हुने खेलअघि साँझ २० देखि ३० मिनेटसम्म छोटो निद्रा लिन सकिन्छ । यसले शरीरको थकान कम गर्न मद्दत गर्छ । तर धेरै समय सुत्दा उठेपछि अल्छी लाग्ने र राति फेरि निदाउन कठिन हुन सक्ने चेतावनी दिइएको छ । त्यस्तै, खेल हेर्दा धेरैजसो समर्थकहरूले कफी वा इनर्जी ड्रिंकको सहारा लिने गर्छन् । तर सुत्ने समय नजिक क्याफिन सेवन गर्दा खेल सकिएपछि पनि निद्रा लाग्न ढिलाइ हुन सक्छ । त्यसैले खेलको सुरुआती समयमा मात्रै क्याफिनयुक्त पेय पदार्थ सेवन गर्न र दोस्रो हाफतिर सकेसम्म त्यस्ता पेयबाट टाढा रहन सुझाव दिइएको छ ।

राति खेल हेर्दा भारी तथा बोसोयुक्त खाना खानुभन्दा हल्का खाजा रोज्नु राम्रो मानिन्छ । बदाम, फलफूल, दही तथा होल ग्रेनबाट बनेका परिकारले पाचन प्रणालीलाई कम असर गर्ने र निद्राको गुणस्तर पनि राम्रो राख्ने विज्ञहरूको भनाइ छ । खेल समाप्त भएपछि तुरुन्तै ओछ्यानमा जानुभन्दा शरीर र मस्तिष्कलाई शान्त बनाउने गतिविधि गर्न पनि सुझाव दिइएको छ । हल्का स्ट्रेचिङ, पुस्तक पढ्ने वा मधुर संगीत सुन्ने जस्ता गतिविधिले खेलको उत्साहबाट बाहिर निस्कन र सहज रूपमा निदाउन मद्दत पु¥याउन सक्छ ।

यसका साथै खेल सकिएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया, हाइलाइट्स वा थप सामग्री हेर्दै बस्ने बानीले पनि निद्रा थप प्रभावित हुन सक्छ । त्यसैले खेलपछि मोबाइल तथा अन्य स्क्रिनको प्रयोग कम गर्न विज्ञहरूले आग्रह गरेका छन् । विश्वकपको रोमाञ्चकता जति महत्त्वपूर्ण भए पनि स्वस्थ जीवनशैली र पर्याप्त निद्रालाई बेवास्ता नगर्न स्वास्थ्यविद्हरूले सुझाव दिएका छन् । एएनआई

प्रकाशित मितिः बिहिबार, ११ असार २०८३
https://jawaaf.com/storage/01KVW2YBKXA9RJ230HGAAY3RC2.jpeg

फिफा विश्वकप : कंगोलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा कोलम्बियाले कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गरेको छ । 

मेक्सिकोको एस्तादियो ग्वाडालाहारामा भएको खेलमा कङ्गो लोकतान्त्रिक गणराज्यलाई १-० ले पराजित गर्दै कोलम्बिया नकआउट चरणमा प्रवेश गरेको हो । ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियालाई अग्रता बताए ।  

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ७६औं मिनेटमा ड्यानियल मुन्योसले गोल गर्दै कोलम्बियाकालाई १-० अन्तरले बीजयी गराउन सफल भए ।

प्रकाशित मितिः बुधबार, १० असार २०८३
https://jawaaf.com/storage/01KVSERTCMSB116P3HH7RWXJ75.jpeg

विश्वकपमा मेस्सीको कीर्तिमान जारी, एमबाप्पे– हल्याण्ड –यामालको चुनौतीसँगै फुटबलमा नयाँ युगको संकेत

काठमाडौं । जारी फिफा विश्वकपमा यसपटक पनि विश्व फुटबलका सुपरस्टारहरूबीचको प्रतिस्पर्धाले प्रतियोगितालाई ऐतिहासिक बनाइरहेको छ, जहाँ अर्जेन्टिनि सुपरस्टार लियोनल मेस्सीले आफ्नो करियरको सम्भवतः अन्तिम विश्वकपमा पनि लगातार उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानमाथि कीर्तिमान बनाइरहेका छन् । समूह चरणको पहिलो खेलमा उनले ह्याट्रिक र त्यसपछिको खेलमा निर्णायक दुई गोलसहित अर्जेन्टिनालाई लगातार जित दिलाउँदै गोल्डेन बुट दौडमा अग्रस्थान कायम राखेका छन् । 

मेस्सीको अनुभव, शान्त फिनिसिङ क्षमता र निर्णायक क्षणमा खेल बदल्ने शैलीले अर्जेन्टिनालाई उपाधिको प्रमुख दाबेदारका रूपमा स्थापित गरेको छ । अस्ट्रियाविरुद्धको २–० जितमा उनको दुई गोलले टोलीलाई समूह ‘बी’ मा शीर्ष स्थानमा पुर्‍याउँदै नकआउट चरणमा पु‍र्याएको छ । ३९ वर्ष नजिक पुगे पनि मेस्सी अझै पनि मैदानमा अर्जेन्टिनाको मुख्य शक्ति बनेका छन, जसले विपक्षी टोलीहरूलाई लगातार दबाबमा राखिरहेको छ ।

तर यस विश्वकपमा कथा केवल मेस्सीमा मात्र सीमित छैन । फ्रान्सका केलियन एम्बाप्पेले पनि लगातार गोल गर्दै गोल्डेन बुट दौडलाई रोचक बनाएका छन् र मेस्सीसँग कडा प्रतिस्पर्धामा उभिएका छन् । गत विश्वकपमा फाइनलमा नै प्रतिस्पर्धा गरेका यी दुई सुपरस्टारबीचको टक्कर यसपटक पनि प्रतियोगिताको मुख्य आकर्षण बनेको छ, जसले फ्यानहरूलाई फेरि एकपटक अर्जेन्टिना–फ्रान्स पुनः फाइनल भेटको सम्भावनातर्फ आकर्षित गरेको छ ।

यसैबीच, नयाँ पुस्ताका खेलाडीहरूले पनि विश्व मञ्चमा आफ्नो उपस्थिति बलियो बनाइरहेका छन् । स्पेनका १८ वर्षीय लमिन यामालले पहिलो सुरुआती खेलमै गोल गर्दै ४–० को जितमा निर्णायक भूमिका खेलेका छन् । जसले उनलाई भविष्यको सुपरस्टारका रूपमा स्थापित गरेको छ । नर्वेका इर्लीङ हल्याण्डले पनि लगातार गोल गर्दै आफ्नो टोलीलाई मजबुत बनाइरहेका छन् । जबकि इंग्ल्यान्डका ह्यारी केनले गोल्डेन बुट दौडमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

विश्लेषकहरूका अनुसार यो विश्वकप केवल उपाधिको प्रतिस्पर्धा मात्र होइन, पुस्ता परिवर्तनको स्पष्ट संकेत पनि हो । एकातर्फ मेस्सी र एमबाप्पेजस्ता अनुभवी खेलाडीहरू आफ्नो विरासत जोगाउने प्रयासमा छन भने अर्को तर्फ यामाल, हल्याण्ड र अन्य युवा प्रतिभाहरू भविष्यको फुटबल आफ्नो नियन्त्रणमा लिन तयार देखिन्छन् । यसरी, यो प्रतियोगिता इतिहास र भविष्यबीचको एक रोमाञ्चक संगम बनेको छ, जसले विश्व फुटबललाई नयाँ युगतर्फ डोर्‍याइरहेको छ । एएनआईको सहयोगमा

प्रकाशित मितिः मङ्गलबार, ०९ असार २०८३
https://jawaaf.com/storage/01KVS9H2TCTNB72JM44AA2110W.jpeg

फिफा विश्वकप : नर्वेसँग सेनेगल ३-२ गोलले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा नर्वेले सेनेगललाई पराजित गरेको छ ।  न्युयोर्क-न्युजर्सी रंगशालामा भएको खेलमा नर्वेले सेनेगललाई ३-२ ले पराजित गरेको हो ।

खेलको पहिलो हाफमै १-० को अग्रता बनाएको थियो । ४३औं मिनेटमा मार्कस पेडरसनले गोल गर्दै टोलीलाई अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको केही मिनेटमै एर्लिङ हालान्डले ४८औं मिनेटमा माइकल ओडेगार्डको पासमा गोल गरे । खोलको ५३औं मिनेटमा सेनेगलका इस्माइला सारले गोल फर्काउँदै खेलमा पुनः प्रतिस्पर्धा ल्याए ।

खेलको ५८औं मिनेटमा हालान्डले दोस्रो गोल गर्दै नर्वेलाई ३-१ को अग्रता बनाए । सेनेगलले अन्तिममा थपिएको ३ मिनेटमा इस्माइला सारले दोस्रो गोल गर्दै खेललाई ३-२ मा ल्याए । 

प्रकाशित मितिः मङ्गलबार, ०९ असार २०८३
https://jawaaf.com/storage/01KVPVM9D1Y7K6AWEY9MKAHYPC.jpg

फिफा विश्वकप २०२६ मा रातो कार्डको वर्षा, खेलाडी निष्कासन संख्या ८ पुग्यो

काठमाडौं । फिफा विश्वकप २०२६ मा खेलाडी निष्कासनको संख्या उल्लेखनीय रूपमा बढेको छ । प्रतियोगितामा हालसम्म देखाइएका रातो कार्डको संख्या ८ पुगेको छ, जुन सन् २०१८ र २०२२ का विश्वकपमा देखाइएका कुल रातो कार्ड (४–४) को संयुक्त संख्यासरह हो । फक्स स्पोट्र्सका अनुसार आइतबार समूह ‘सी’ अन्तर्गत बेल्जियम र इरानबीच भएको खेलमा बेल्जियमका डिफेन्डर नाथन न्गोयले इरानका मेहदी तात्सुमीलाई स्पष्ट गोल गर्ने अवसरबाट रोक्ने क्रममा फउल गरेपछि ६६औँ मिनेटमा सिधै रातो कार्ड पाएका थिए । त्यसपछि बेल्जियम १० खेलाडीमा सीमित भए पनि खेल गोलरहित बराबरीमा सकिएको थियो ।

हालसम्म प्रतियोगितामा देखाइएका ८ रातो कार्डमध्ये ६ वटा सिधै दिइएको छ । यसले प्रतियोगिताको प्रतिस्पर्धात्मकता र खेलाडीहरूको आक्रामक शैलीलाई समेत प्रतिबिम्बित गरेको विश्लेषण गरिएको छ । विश्वकप इतिहासमा एक संस्करणमा सबैभन्दा धेरै २१ रातो कार्ड सन् २००६ मा देखाइएको थियो, जसमध्ये ९ वटा सिधै रातो कार्ड थिए । त्यसपछि सन् २०१० को विश्वकपमा १७ तथा सन् २०१४ मा १० खेलाडी निष्कासित भएका थिए ।

यस विश्वकपमा रातो कार्ड पाउने अन्य चर्चित खेलाडीमा पाराग्वेका मिगुएल अल्मिरोन रहेका छन्, जसलाई टर्कीविरुद्धको खेलमा भिडियो सहायक रेफ्री (भिएर) को समीक्षा पछि मैदानबाट बाहिर पठाइएको थियो । त्यस्तै कतारका असिम मादिबो र मोआज अहमद क्यानडाविरुद्धको खेलमा निष्कासित भएका थिए । यस्तै, बोस्निया एन्ड हर्जेगोभिनाका तारिक मुहरामोभिचले स्विट्जरल्यान्डका ब्रेल एम्बोलोलाई पेनाल्टी क्षेत्र नजिक स्पष्ट गोल अवसरबाट वञ्चित गरेपछि रातो कार्ड पाएका थिए। जमैकाका वार हन्ट पनि दक्षिण अफ्रिकाविरुद्धको खेलमा अन्तिम समयमा निष्कासित भएका थिए ।

दक्षिण अफ्रिकाले पनि अनुशासनसम्बन्धी समस्या भोगेको छ । मेक्सिकोविरुद्धको उद्घाटन खेलमा थेम्बा ज्वाने र स्पेफेलो सिथोले दुवैले रातो कार्ड पाएका थिए ।

प्रतियोगिता अझै प्रारम्भिक चरणमै रहेकाले रातो कार्डको संख्या आगामी खेलहरूमा थप बढ्ने सम्भावना छ । यसले सन् २०१४ को १० तथा सन् २०१० को १७ रातो कार्डको कीर्तिमानलाई चुनौती दिने वा नदिने भन्ने विषयमा फुटबल वृत्तमा चासो बढेको छ । एएनआई

प्रकाशित मितिः सोमबार, ०८ असार २०८३