मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K0G85H5A4KQPACGST1GEB0XD.jpg

कबड्डी विश्वकपका लागि नेपाली टोली भारत जाँदै

काठमाडौं । दोश्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन नेपाली टोली आज (शनिबार) भारतको हरियाणा जादैँ छन् । टोली १४ खेलाडीसहित १८ सदस्यीय रहेको छ । प्रतियोगिता अगष्ट ३ देखि १० तारिखसम्म हरियाणाको मोरमाजरामा हुनेछ ।

खेलाडीमा मानमति विष्ट (कप्तान), जयन्ती बडु (उप–कप्तान), मेनुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, श्रृजना धानुक, मनीषा जोशी, उरुषा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी रहेका छन् ।

प्रशिक्षकमा विष्णुदत्त भट्ट, सहायक प्रशिक्षकमा हरिना थापा, व्यवस्थापकमा शरद दर्शनधारी र निर्णायकमा रमेशचन्द्र ओझा छन् । प्रतियोगिताअघि नेपाली टोलीले मोरमाजरामै १२ दिनको अवधिमा प्रशिक्षणका साथै स्थानिय ५ क्लबसंग अभ्यास खेल पनि खेल्ने छ ।

एसियाका ४७ राष्ट्र मध्येबाट विश्व वरीयतामा तेश्रो स्थानमा रहेको नेपाल पनि छनोट हुँदै प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा नेपालसहित भारत, युगान्डा, जर्मनी, चाइनिज ताइपेइ, होल्यान्ड, जन्जिबार, इरान, जापान, पोल्यान्ड, केन्या, अर्जेन्टिना र थाइल्यान्ड सहभागी हुने छन् । विश्वकपको दोश्रो संस्करण १३ वर्षपछि हुन लागेको हो । पहिलो संस्करण सन् २०१२ मा भारतको पटनामा भएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले महिला खेलाडीको ग्राफ उकालो लाग्दै गएको बताउदै एसियाली प्रतियोगितामा पनि पदक जित्दै महिला कबड्डी टोली दक्षिण एसियामा मात्र सीमित छ भन्ने भ्रमलाई चिर्न सफल भएको बताए ।

प्रशिक्षक भट्ट र कप्तान मानमतिले ८ महिनाको बन्द प्रशिक्षणले तयारी राम्रो भएको बताउदै पदक जित्नेमा आशावादी रहेको बताए ।

प्रकाशित मितिः शनिबार, ०३ साउन २०८२
https://jawaaf.com/storage/01K0E06PBK44VG7852KK1258MR.jpeg

कर्णाली यसभिएस : कोचमा राई र मार्की खेलाडी रेग्मी अनुबन्धित

काठमाडौं । एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यसभिएसले प्रशिक्षकको रुपमा कुमार राईलाई अनुबन्धित गरेको छ ।

पहिलो संस्करणको विजेता समेत रहेको कर्णालीले दोस्रो संस्करणमा मार्की खेलाडी सुमित्रा रेग्मीलाई निरन्तरता दिएको छ । क्वीक स्पाइक हान्ने, ब्लक पनि गर्ने क्षमता राख्ने रेग्मीले छोटो समयमै उत्कृष्ट खेल खेल्दै राष्ट्रिय टिममा इन्ट्री मारेकी थिइन् ।

रेग्मीले पहिलो संस्करणमा टिमलाई विजेता बनाउन महत्वपूर्ण योगदान गरेकै कारण दोस्रो संस्करणमा पनि अनुबन्धित गरेको कर्णाली यसभिएसले जनाएको छ । हेड कोच राई पनि पूराना अनुभवी मानिन्छन् । उनी पनि दोस्रो संस्करणमा पनि दोहोरिएका छन् ।

दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग ईन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म हुनेछ।

प्रकाशित मितिः शुक्रबार, ०२ साउन २०८२
https://jawaaf.com/storage/01K0DZH92FYKWXNWZYR9QFZYNK.jpg

युइएफए महिला युरोमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा

काठमाडौं । इङ्ग्ल्यान्ड युइएफए महिला युरो २०२५ को सेमिफाइनलमा पुगेको छ । स्विडेनसँग २—० ले पछि परेको खेल उल्टाएर पेनाल्टी सुट आउटमा ३—२ को जित सहित इङ्ग्ल्यान्ड अन्तिम चारमा पुगेको हो ।

लुसी ब्रोन्जले इङ्ग्ल्यान्डको लागि सातौं पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुंगिएको थियो ।

स्विडेनले ७ पेनाल्टीमध्ये केबल २ गोल गर्न सक्यो । इङ्ग्ल्यान्डकी गोलकिपर हाना ह्याम्प्टनले २ पेनाल्टी रोकिन् । 

कप्तान कोसोभारे अस्लानी दोस्रो र फरवार्ड स्टिना ब्ल्याकस्टेनियसले २५ औं मिनेटमा गोल गर्दै स्विडेन २–० ले अघि बढाएका थिए । इङ्ग्ल्यान्डले त्यो समयसम्म खासै अवसर सिर्जना गर्न सकेको थिएन ।

साविक विजेता इङ्ग्ल्यान्डले मंगलबार इटालीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, ०२ साउन २०८२
https://jawaaf.com/storage/01K08HMHDKYTE5HXJXR764Z8MX.jpg

नेपालको श्रीलंकाविरुद्ध सानदार जित

काठमाडौं । नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध सानदार जित निकालेको छ । 

बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार सम्पन्न खेलमा नेपाल ७–० ले नेपाल विजयी भएको हो । 

नेपालको जितमा मीना देउवाको ह्याट्रिसँगै पूर्णिमा राईले २ गोल गरिन् । मिनाले खेलको ८, ४२ र ७० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरिन् भने समीक्षा मगर र सरिता नाथले समान १ गोल गरे । 

जितसँगै नेपालले तीन खेलबाट ६ अङ्क बटुलेको छ। समान खेलबाट बङ्गलादेशको ९ अङ्क छ। नेपालले पहिलो खेलमा भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा बङ्गलादेशसँग पराजित भएको थियो। श्रीलङ्का भने प्रतियोगितामा जितविहीन छ।

प्रकाशित मितिः बुधबार, ३२ असार २०८२
https://jawaaf.com/storage/01K03D5AYPNA3BZPCZGXPQ19MR.jpg

नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित

काठमाडौं । नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २—२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भएको हो ।

पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो । सिना जहान शिखाले गोल गरिन् । डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन् ।

यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । २८औं मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रसबारमा लागेर फर्कियो ।

३६ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्यो । दोस्रो हाफको सुरुवातमै दुवै टोली १०—१० खेलाडीमा सिमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन् ।

नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २—१ को स्थितिमा ल्याइन् ।

तर बंगलादेशले इन्ज्युरी समयको १२ औं मिनेटमा विजयी गोल गर्यो । श्रीमति तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।

प्रकाशित मितिः सोमबार, ३० असार २०८२
https://jawaaf.com/storage/01K03CMQYRE624CK3467AHP675.jpg

चेल्सीले जित्यो फिफा क्लब विश्व कपको उपाधि

काठमाडौं । चेल्सीले फिफा क्लब विश्व कपको उपाधि जितेको छ । यस वर्ष सानदार फर्ममा रहेको पेरिस सेन्ट जर्मेनलाई ३—० को फराकिलो अन्तरले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो। त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यस अघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

प्रकाशित मितिः सोमबार, ३० असार २०८२
https://jawaaf.com/storage/01JZZBXCRAF2PGYVNTAKPEDF2N.jpg

कोशी प्रदेश खेलकुद विकास बोर्डद्वारा १०१ खेल व्यक्तित्व सम्मानित

विराटनगर  । कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुदको विविध क्षेत्रबाट योगदान पुर्‍याउने १०१ जना व्यक्तित्वलाई शनिवार विराटनगरमा सम्मान गरेको छ ।

पत्रकार, उद्योगी, प्रशिक्षक, खेलाडी, व्यवस्थापक र कर्मचारीहरूसमेत सम्मानित भएको कार्यक्रममा जनही ५ हजार देखि १२ हजार रुपैयाँसम्मको नगदसहित सम्मानपत्र प्रदान गरिएको हो ।

पत्रकारितामार्फत खेलकुद प्रवर्धनमा विशेष योगदान दिने अभयकुमार राई, सुमन सुस्केरा, रमेश समदर्शी, रमा दाहाल लगायतलाई जनही १० हजार रुपैयाँसहित सम्मान गरियो ।

उद्योगी महेश जाजू र प्रकाश मुन्दडालाई निजी क्षेत्रबाट खेल प्रवर्धनमा पुर्‍याएको योगदानका लागि जनही ११ हजार रुपैयाँ सहित सम्मान गरियो ।

पूर्व अन्तर्राष्ट्रिय खेलाडी धीरेन्द्र प्रधान, सिद्धान्त लोहनी, महेश रिजाल, लवभक्त श्रेष्ठ, जितेन्द्र चौधरी, किरण लामा तामाङ लगायतलाई समेत दीर्घकालीन योगदानको कदर स्वरूप सम्मान गरियो ।

सम्मान समारोहमा प्रमुख अतिथि रहेका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेल पूर्वाधार निर्माणलाई सरकारको प्राथमिकतामा राखिएको जानकारी दिँदै आगामी आर्थिक वर्षमा खेल मन्त्रालयका लागि ६ अर्ब रुपैयाँ विनियोजन गरिएको बताए । ‘यो बजेट विगतको तुलनामा दोब्बर हो, जसको ठूलो हिस्सा पूर्वाधार निर्माणमा खर्च हुनेछ ।’ मन्त्री चौधरीले स्पष्ट गरे।

उनले ’स्कुल देखि ओलम्पिक सम्म’ कार्यक्रममार्फत विद्यालयस्तर देखि अन्तर्राष्ट्रिय स्तर सम्म प्रतिस्पर्धी खेलाडी उत्पादनमा सरकार प्रतिबद्ध रहेको बताए । मैदान, ट्याक, स्वीमिङ पुल, कभर्ड हल लगायत संरचना निर्माणमा तीव्रता दिइने पनि उनले उल्लेख गरे ।

कार्यक्रममा सामाजिक विकास मन्त्री तथा बोर्ड अध्यक्ष पाँचकर्ण राई, उपाध्यक्ष विन्ध्या कार्की र सदस्य सचिव कृष्ण बस्नेत (पर्शुराम) सहितको सहभागिता रहेको थियो ।

प्रकाशित मितिः शनिबार, २८ असार २०८२
https://jawaaf.com/storage/01JZW12J57RSQXP3AAC2KSKRH2.jpg

साफ यु–२० महिला च्याम्पियनसिप : नेपाल र भुटान भिड्दै

काठमाडौं । आजदेखि बंगलादेशमा साफ यु–२० महिला च्याम्पियनसिपको सुरु हुँदैछ । नेपालले आज भुटानसँग खेल्दै साफ यु–२० महिला च्याम्पियनसिपको सुरुआत गर्दैछ । खेल बंगलादेशको राजधानी ढाकास्थित बसुन्धारा किङ्स एरेनामा नेपाली समयअनुसार ६ः१५ बजे हुनेछ ।

यो नेपाल र भुटानको एकखापसमा दास्रो भेट हो  । दुई वर्षअघि बंगलादेशमै भएको प्रतियोगितामा भुटानमाथि नेपालले ४–० को एकतर्फी जित हासिल गरेको थियो।

त्यसअघि आज दिउँसो ३ बजे बंगलादेश र श्रीलंका आमने सामने हुँदैछन्। 

बङ्गलादेशको ढाकामा जुलाई ११ देखि २१ सम्म हुने च्याम्पियनसिपमा यस पटक चार राष्ट्र सहभागी छन्। जसमा गत विजेता बङ्गलादेशसहित नेपाल, भुटान र श्रीलङ्का छन्। 

नेपाली महिला यु–२० मा बिर्सना चौधरी कप्तान रहेकी छन् भने अन्य खेलाडीमा लीला जोशी, करुणा बुढाथोकी, सुजाता तामाङ, सरिताकुमारी नाथ, माया मास्के, सेमिहाङ्मा लिम्बू पन्दाक, सिम्रन राई, झुमा विश्वकर्मा, गङ्गा रोकाया, अनिशा राई, सीता रोकाया, कविता गुरुङ, सुशीला केसी, अस्मिता गुरुङ, सेनु परियार, कुसुम खतिवडा, सुव्रिmया मियाँ, मनीषा सेन, वर्षा ओली, पूर्णिमा राई, मीना देउवा, समीक्षा मगर रहेका छन्। 

प्रकाशित मितिः शुक्रबार, २७ असार २०८२
https://jawaaf.com/storage/01JZRVPDHFWWDDXS5J0BDSFA9M.jpg

कप्तान विवाद’ बारे एन्फाले दियो प्रष्टीकरण

काठमाडौं । उज्वेकिस्तानमा आयोजित एएफसी महिला एसियाली कप छनोटमा भएको कप्तान चयनको विषयमा भएको विवादका बारेमा टीम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले पत्रकार सम्मेलन गरेर प्रष्टीकरण दिएकी छन् ।

बुधवार पत्रकार सम्मेलन गर्दै सरिलाले मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेल सुरु हुनुभन्दा ९० मिनेटअघि टिमको नाम दिनुपर्ने प्रावधानअनुसार प्रशिक्षकसँग लिस्ट मागेको र उक्त लिस्टमा कप्तानको नाम उल्लेख नगरेपछि आफूहरूले कप्तानको नाम पठाउनु परेको बताइन् ।

उनले भनिन्, ‘एन्फाले नै बिदाइ कार्यक्रममा नै क्याप्टेन राखेरै जाउँ भन्ने कुरा गरेका थियौँ, हाम्रो हेडकोचलाई, तर उहाँले उतै गएर गरौंला भन्नु भयो हामीले पनि हुन्छ नै भन्यौ । हाम्रो नियममा नै छ, खेल सुरु हुनुभन्दा ९० मिनेटअघि नै खेलाडीको लिष्ट बुझाउनुपर्छ । हामीले बारम्बार माग्दा पनि उहाँले ९० मिनेटअघि दिँदैन भन्नुभयो, ९० मिनेटभन्दा ५ मिनेटअघि दिनुभयो । जसमा कप्तानको नाम थिएन । त्यसपछि हामीले सिनियारिटी हेरेर रेनुका नगरकोटीलाई कप्तान बनाएका थियौँ ।’

उनले कप्तानको नाम रेनुका लेखेर बुझाएपछि मात्र हेडकोचले साम्बालाई कप्तान बनाउने कुरा खुलाएको भन्दै त्यसपछि समस्या भएको पनि बताईन् ।

उनले भनिन्, ‘खेलाडीहरु ग्राउन्डमा जाने बेला मात्र कप्तान साम्बा हो भनेर भन्नु भयो त्यो कुरा पहिलानै भनेको भए हामीलाई समस्या नै हुदैँन् थियो त । हामीले खेलाडीको लिष्ट कप्तानको नाम रेनुका लेखेका छाँै अब परिवर्तन गर्दा जरिमाना पर्ने हो की भनेर भनेका थियौँ त्यसपछि उहाँ आफै चर्किनु भयो ।’

छनोट अन्तर्गत पहिलो खेलअघि नेपाली महिला फुटबल टोलीको कप्तान एक घन्टामै परिवर्तन गरिएको थियो । पहिलो खेलमा नेपाली महिला फुटबल टिमको कप्तानको जिम्मेवारी सुरुमा रेनुका नगरकोटीलाई दिएको थियो भने त्यसपछि केही समयमा नै सावित्रा भण्डारी साम्बालाई कप्तानको आर्मब्याण्ड लगाइएको थियो ।

प्रकाशित मितिः बिहिबार, २६ असार २०८२
https://jawaaf.com/storage/01JZJ2KGX8N0XJ8P3TESKCTNS6.jpeg

नेपाली महिला राष्ट्रिय टोली स्वदेश फर्कियो, के भन्छन् खेलाडी ?

काठमाडौं । एएफसी एसियन कप छनोट २०२६ अस्ट्रेलिया खेल्न उज्बेकिस्तान पुगेको नेपाली राष्ट्रिय टोली स्वदेश फर्किएका छन् ।

शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएपछि सोमबार टोली स्वदेश फर्किएका हुन् । 

सोही क्रममा राष्ट्रिय टोलीकी क्याप्टेन सावित्रा भण्डारी (साम्बा) ले माथिल्लो तहको टिमसँग खेलेको हिसाबमा समग्र नतिजा हेर्दा खेल सकारात्मक नै भएको बताएकी छन् । 

उनले खेलमा नेपाली टालीको प्रस्तुती देखेर सबैले सकारात्मक नै कुरा गरेको भन्दै यसले अझै प्रोत्साहित गरेको बताइन् ।  

उनले भनिन्, ‘समग्रमा नतिजा हेर्ने हो भने हामीभन्दा माथिल्लो तहको टिमसँग राम्रो नै खेलेको देखिन्छ । यसले सकारात्मक सन्देश दिएको छ । हामीले खेलेको देखेर सबैले सकारात्मक नै कुरा गर्नु भएको छ, यसले पनि हामी प्रोत्साहित छौ ।’

साथै, प्रतियोगिता नेपाली फुटबलको लागि एकदमै ठूलो अवसर रहेको भन्दै परिणाम दिन नसकेको कुराले सँधै सताइरहने पनि उनको भनाइ छ । 

उनले भनिन्, ‘यो खेल एकदमै ठूलो अवसर थियो । राम्रो खेलेका थियौं जस्तो लागेको थियो । तर राम्रो परिणाम दिन सकेनौ । यो कुराले सताइ रहन्छ ।’

२६ वर्षपछि एसियन कपमा पुग्ने लक्ष्यसहित उज्बेकिस्तान पुगेको टोली शनिबार सम्पन्न अन्तिम खेलमा घरेलु टोलीसँग पराजित हुन पुगेको थियो ।

योसँगै उज्बेकिस्तानले अपराजित रहँदै २२ वर्षपछि एसियन कपमा स्थान बनायो । नेपालले भने एसियन कपसँगै ओलम्पिक र विश्वकपको मौकासमेत गुमाएको छ । नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो ।

प्रकाशित मितिः सोमबार, २३ असार २०८२