मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K2GWAZSVK2QK4J45SJ5BJP0X.png

बान्टमवेट च्याम्पियन ढाँटलाई सरकारले पाँच लाख रुपैयाँ नगद पुरस्कार दिने

काठमाडौं । म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँटलाई सरकारले प्रोत्साहन स्वरुप पाँच लाख रुपैयाँ नगद पुरस्कारको घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रतिद्वन्द्वीलाई हराउँदै बान्टमवेट च्याम्पियन बनेका ढाँटलाई प्रोत्साहनस्वरुप पाँच लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जाल फेसबुकबाट ढाँटका प्रशिक्षकलाई दुई लाख रुपैयाँ प्रदान गरिने निर्णय समेत गरिएको जानकारी दिएका छन् । 

उनले पहिलो पटक नेपाललाई उपाधि दिलाउन सफल भएकोमा ढाँटलार्ई बधाई समेत दिएका छन् । 

प्रकाशित मितिः बुधबार, २८ साउन २०८२
https://jawaaf.com/storage/01K28VHK5FH2193RHV2GWAHWXV.jpg

आठौं गेविन मलेसिया तेक्वान्दोमा नेपाललाई ३ स्वर्ण र १ रजत

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडीले आठौं गेविन मलेसिया खुला अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा शनिबार ३ स्वर्ण र १ रजत गरी  ४ पदक जितेका छन् ।

मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगिताको पुरुष ४० केजीमुनि केनिश खड्का, ६६ केजीमुनि गोविन्द योञ्जन तामाङ तथा स्पिड किकमा आयुश बोहराले नेपाललाई स्वर्ण दिलाए । केनिशले मलेसिया, गोविन्दले पाकिस्तान तथा आयुशले मलेसियाका खेलाडीलाई पराजित गरेको प्रशिक्षक श्रीकृष्ण खड्काले जनाएका छन् ।

पुरुष ७४ केजीमुनि सन्दिप बस्नेतले रजत हात पारे । सन्दिप फाइनलमा पाकिस्तानी खेलाडीसंग पराजित भए । टोली प्रमुखमा महेन्द्रराज घिमिरे तथा व्यवस्थापकमा गणेशबहादुर खड्का रहेका छन् ।

प्रकाशित मितिः आइतबार, २५ साउन २०८२
https://jawaaf.com/storage/01K28V7FY2NZN4S69E0CX71JRY.jpg

एएफसी यु–२० महिला एसियन कपः नेपालले उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । एएफसी यु–२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले आज उत्तर कोरियासँग प्रतिस्पर्धा गर्दै छ । एसियन कप छनोट प्रतियोगितामा पहिलो जित हासिल गरेको नेपालले तेस्रो खेल आज उत्तर कोरियासँग भिड्दै छ । 

थिम्पुस्थित चाङ्लिमिथाङ रंगशाला जारी खेलमा भुटानसँग बराबरी तथा साउदी अरबसँग १–० को जीत हासिल गरेको हो भने उत्तर कोरियाले पहिलो खेलमा साउदी अरेबियालाई १५–० को ठुलो अन्तरले हराएको थियो। 

प्रकाशित मितिः आइतबार, २५ साउन २०८२
https://jawaaf.com/storage/01K1Z423JQ18A6YNBM2NDK9CTW.jpeg

आजदेखि यु–२० महिला एसियन कप छनोट सुरु, नेपाल भुटानसँग भिड्दै

काठमाडौं । भुटानको थिम्पुमा आजदेखि एएफसी यु–२० महिला एसियन कप छनोट समूह ‘ए’ सुरु हुँदै छ । समूह ए मा रहेको नेपालले आफ्नो छनोट यात्राको सुरुवातमा घरेलु टोली भुटानसँग भिड्दै छ । 

खेल थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा साँझ पौने ६ बजे सुरू हुने छ । यस समूहमा उत्तर कोरिया र साउदी अरब पनि रहेका छन् । उत्तर कोरिया एएफसी एसियन कपको च्याम्पियन टिम हो । 

नेपालले समूह उपविजेताका रूपमा अगाडि बढ्ने लक्ष्य लिएको छ । ३२ राष्ट्रको सहभागिता रहेको छनोटमा आठ समूह रहेका छन् । हरेक समूहका विजेता आठ टोली तथा उत्कृष्ट तीन उपविजेता टोलीले आगामी वर्ष थाइल्यान्डमा हुने यु–२० एसिया कपमा स्थान बनाउने छ ।

केही समयअघि बङ्गलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा नेपाल उपविजेता बनेको थियो । सबै खेलमा राम्रो प्रदर्शन गरेको नेपाल फाइनलमा बङ्गलादेशविरुद्धको अन्तिम भिडन्तमा नेपाल ४–० ले पराजित भयो ।

बङ्गलादेशमा सम्पन्न भएको साफ यु–२० मा नेपालले भुटानलाई दुई पटक फराकिलो अन्तरले हराएको थियो ।  नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले आफ्नो टिम यु–२० महिला एसियन कपमा छनोट हुनेमा आफू ढुक्क रहेको बताए । नेपालकी कप्तान बिर्सना चौधरीले सबै टोलीलाई ध्यानमा राखेर तयारी गरेको बताइन् । 

प्रकाशित मितिः बुधबार, २१ साउन २०८२
https://jawaaf.com/storage/01K1TVV5Q4DQD3GDSREQ53GJYP.jpeg

मैदानमा छिरेपछि जुध्ने, लड्ने र जसरी नि ढाल्ने भन्ने सोच आयो : रवीन्द्र ढाँट

काठमाडौं । भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफए) १७ मा बान्टमवेट च्याम्पियन बनेका बझाङका रवीन्द्र ढाँट स्वदेश फर्किएका छन् ।
उनी सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । रवीन्द्रको स्वागतमा दर्जनौं समर्थक विमानस्थल पुगेका थिए ।
स्वदेश फर्किएसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा आफैं हटेर गएको बताए । उनले देशवासीहरुको लागि अझै यो भन्दा धेरै राम्रो खेल्नुपर्ने बताए ।
उनले भने, ‘खेल्नको लागि मैदानमा छिरेपछि डर भन्ने कुरा हुँदैन रहेछ । भित्र छिरेपछि जुध्ने हो, लड्ने हो जसरी नि ढाल्ने हो भन्ने सोचले गएको थिए ।  सरकारलाई केही भन्दिन । यत्रो माया गर्ने दर्शक हुनुहुन्छ । दर्शकहरु र फ्यानहरुको लागि अझै धेरै राम्रो गर्न मन छ । देशवासीहरुको लागि मैंले अझै यो भन्दा धेरै राम्रो गर्न आवश्यक छ ।’
ढाट आइतबार राति भएको खेलमा भारतका चोंगरेंग कोरेनलाई हराउँदै बान्टमवेट च्याम्पियन बन्ने पहिलो नेपाली बनेका थिए । आफ्नो व्यावसायिक रेकर्ड ८–१ मा सुधार गर्दै रवीन्द्रले कोरेनको पाँच लडाइँको जितको श्रृंखलालाई भंग गरिदिएका थिए ।

प्रकाशित मितिः सोमबार, १९ साउन २०८२
https://jawaaf.com/storage/01K1NBS3B3CJK99P77RH8T1XA9.jpeg

कप्तान साबित्रा भण्डारी ‘साम्बा’ लाई मकवानपुरमा सम्मान

मकवानपुर । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान साबित्रा भण्डारी (साम्बा) सम्मानित भएकी छिन् । शनिबार मकवानपुरमा आयोजित एक विशेष कार्यक्रममा सम्मानित भएकी हुन् ।

‘देश चिनाउने साम्बासँग हाम्रो चिनजान एवम् सम्मान’ शीर्षकको कार्यक्रममा सञ्चारिका समूह नेपाल, मकवानपुर शाखाले उनलाई नगद ५० हजार रुपैयाँसहित सम्मान गरेको हो ।

देश तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाली महिला फुटबलको पहिचान बनाउने उनको योगदानको कदरस्वरूप यो सम्मान प्रदान गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा स्थानीय नेताहरू, खेलप्रेमी तथा सञ्चारकर्मीहरूको उल्लेख्य उपस्थिति थियो ।

सञ्चारिका समूह मकवानपुरकी अध्यक्षले भनिन्, ‘साम्बाले आफ्नो मेहनत र लगनले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएकी छन् । हामी उनको योगदानको उच्च मूल्यांकन गर्छौं ।’

साबित्राले सम्मानप्रति आभार व्यक्त गर्दै भनिन्, ‘यो सम्मानले मलाई अझ बढी प्रेरणा मिलेको छ । म अझ कडा मेहनत गरेर देशलाई गौरवान्वित गराउने छु ।’

साम्बा हालसम्म नेपाली महिला फुटबल इतिहासकै सर्वाधिक गोलकर्ता हुन् । उनले घरेलु तथा विदेशी क्लबहरूमा समेत सफलता हासिल गरेकी छन् ।

प्रकाशित मितिः शनिबार, १७ साउन २०८२
https://jawaaf.com/storage/01K0R0WDPTTCTX328E6EY06710.jpg

पब्जी मोबाइल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टोली बिदाइ

काठमाडौं । पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सलाई बिदाइ गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरुलाई बिदाइ गरेका हुन् ।

खेलाडी तथा अफिसियललाई शुभकामना दिदैँ सदस्य–सचिव घिसिङले ई स्पोट्र्स खेलमा नेपालले पछिल्लो समय राम्रो सम्भावना देखाएको उल्लेख गर्दै नेपाली टिमलाई विजेता बनेर आउन शुभेच्छा दिएका थिए ।

उनले विदेशी भुमीमा नेपालको प्रतिनिधित्व गर्दै टिम तथा खेलाडीहरूले राम्रो प्रर्दशन गर्ने विश्वास व्यक्त गरेका थिए । संघका अध्यक्ष अन्जन धमलाले पनि ई स्पोट्र्सको अन्ताराष्ट्रिय नतिजाका लागि सक्दो सहयोग गर्न आफूहरू तयार रहेको बताएका थिए ।

पब्जी टिममा खेलाडीको रुपमा आकाश राई, शीतल राई, सुप्रिम अधिकारी, उगेन छोपेल लामा, प्रवेश गुरुङ र आयुश लामा रहेका छन् भने म्यानेजरमा उमेश बुढथापा र अफिसियलमा सञ्जन गौतम र नवराम श्रेष्ठ सहभागी हुनेछन् ।

साउदी अरबमा जुलाई २३ देखि अगष्ट २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा होर ई स्पोट्र्स एक्लो टिमको रुपमा छनोट भएको हो । काजकिस्तानमा गत महिना भएको पब्जी मोबाइल सुपर लिग सेन्ट्रल तथा साउथ एसियामा दोस्रो स्थानमा रहदै होर विश्वकपमा छनोट भएको थियो । झन्डै ४१ करोड रुपैयाँ पुरस्कार राशी भएको प्रतियोगिताको विजेताले करिब ७ करोड रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मितिः मङ्गलबार, ०६ साउन २०८२
https://jawaaf.com/storage/01K0NV35Y0S1V7FTNQ5TPBBFVK.JPG

साफ यु–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेश भिड्दै

काठमाडौं । बङ्गलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । सोमबार यू–२० महिला च्याम्पियनसिपमा आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुन लागेको हो। 

खेल बङ्गलादेशको ढाकास्थित बसुन्धरा स्पोट्र्स ग्राउण्डमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे सुरु हुनेछ । यसअघिका पाँच खेलमा बङ्गलादेश अपराजित रहँदै १५ अङ्कका साथ शीर्षस्थानमा छ भने १२ अङ्क भएको नेपाल दोस्रो स्थानमा छ ।

यसअघि, आज दिउँसो पौने ३ बजे भुटान र श्रीलङ्का भिड्ने छन् । भुटान ३ अङ्कसहित तेस्रो स्थानमा रहँदा श्रीलङ्का अङ्कविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मितिः सोमबार, ०५ साउन २०८२
https://jawaaf.com/storage/01K0JQGW90NBB76PTDHP8BC1D8.jpg

महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिकले दिए राजीनामा

काठमाडौैं । नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) लाई पत्र पठाउँदै उनले नेपालको मुख्य प्रशिक्षकबाट राजिनामा दिएको जानकारी दिएका हुन् ।  

एन्फाले केहीसाता अघि मुख्य प्रशिक्षक प्याट्रिकसँग उज्वेकिस्तानमा भएको घटनाको विवरण पठाउन भन्दै स्पष्टीकरण सोधेको थियो। जवाफमा प्याट्रिकले एन्फा भित्रको राजनिति र अहिलेकै अवस्थामा व्यवस्थापनसँग काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा पठाएको स्रोतले जानकारी दियो।

एएफसी एसियन कप छनोट अन्तर्गत उज्वेकिस्तानमा भएको खेलमा कप्तानीको विषयमा विवाद भएपछि एन्फाका अफिसियल र मुख्य प्रशिक्षक बीच विवाद भएको थियो। 

कप्तानी विषयमा विवाद भएपछि एन्फाका अफिसियल टोलीले पत्रकार सम्मेलन गर्दै मुख्य प्रशिक्षक प्याट्रिकमाथि सबै दोष लगाएका थिए।

प्रकाशित मितिः आइतबार, ०४ साउन २०८२
https://jawaaf.com/storage/01K0HAQ0GWN6SAFZM72ZGEKM4A.jpg

साफ यू–२० महिला च्याम्पियनसिप : भुटानविरुद्ध नेपालको शानदार जित

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० महिला च्याम्पियनसिपमा नेपालले भुटानविरूद्ध ९–० गोलको जित निकालेको छ ।  शनिबार बंगलादेशको ढाकास्थित किङ्स एरेनामा भएको खेलमा नेपालले भुटानलाई पराजित गर्दै अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको हो । 

नेपालको जितका लागि पूर्णिमा राई र मीना देउवाले ह्याट्रिक गरे भने समीक्षा मगर र कुशुम खतिवडाले समान एक गोल गरे ।  आयोजक बंगलादेशसहित भुटान, श्रीलंका र नेपाल सम्मिलित प्रतियोगितामा डलब राउन्ड रोबिनको आधारमा खेल भइरहेको छ । 

नेपालले श्रीलंकासँग दुई खेल खेलिसकेको छ भने दुवै खेलमा नेपाल ७–० गोलले विजयी भएको थियो ।  नेपालले ६ खेलबाट १२ अंक बटुलेको छ । तीन खेल खेलेको घरेलु टोली बंगलादेशको ९ अंक छ । नेपालले सोमबार बंगलादेशसँग खेल्नेछ ।

प्रकाशित मितिः शनिबार, ०३ साउन २०८२