मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JYN244N2NK5WZNAH69HQ3PJC.jpeg

नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबलाई

हेटौंडा । हेटौंडामा जारी नेकोस कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि न्यू डायमण्ड क्लबले जितेको छ । विभागीय टोली एपीएफलाई सोझो सेटमा हराउँदै न्यू डायमण्डले पाँच लाख राशीको पहिलो नेकोस कपको उपाधि उचालेको हो । हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा बुधबार भएको फाइनल खेलमा न्यू डायमण्डले एपीएफलाई २५–१२, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।

विजेता नेकोसले पाँच लाख नगद र उपविजेता एपीएफले ३ लाख नगदसहित ट्रफि र मेडल पाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी न्यू डायमण्डकी सुमित्रा रेग्मी चुनिएकी छन् । विधागततर्फ उत्कृष्ट सर्भर नेपाल पुलिस क्लबकी कोपिला राना, उत्कृष्ट लिब्रो डायमण्डकी सलिना श्रेष्ठ, उत्कृष्ट ब्लकर एपीएफकी गरिमा बोहरा, उत्कृष्ट सेटर डायमण्डकी प्रगति नाथ चयन भए ।

यसैगरी, उत्कृष्ट स्पाइकर एपीएफकी निरुता ठगुन्ना, उत्कृष्ट प्रशिक्षक डायमण्डका कुमार राई घोषित हुँदा उदीयमान खेलाडीको पुरस्कार गण्डकी प्रदेशकी रिकजना भोटेले पाएकी छन । विधागततर्फका उत्कृष्ट खेलाडी र प्रशिक्षकहरुले जनही ५ हजार रुपैयाँ नगद पुरस्कार पाए ।

विजेता न्यू डायमण्डले सेमिफाइनलमा गण्डकी प्रदेशलाई सोझो सेट २५–१५, २५–१० र २५–१६ मा हराउँदै फाइनल यात्रा तय गरेको थियो । एपीएफले पनि नेपाल पुलिस क्लबलाई सोझो सेटमै हराएको थियो । एपीएफले पुलिसलाई २५–२१, २५–१८ र २५–२१ म निरीह बनाउँदै उपाधि होडमा न्यू डायमण्डसँग भेट पक्का गरेको हो ।

प्रतियोगिताको तेस्रो स्थान नेपाल पुलिसले लिएको छ । बुधवार तेस्रो स्थानको लागि भएको खेलमा पुलिसले गण्डकीलाई २५–२३, २५–१५ र २५–१८ को सेटमा पराजित गर्दै नगद १ लाख रुपैयाँ प्राप्त गरेको छ । चौथो स्थानमा खुम्चिएको गण्डकीले ५१ हजार रुपैयाँमा चित्त बुझाएको छ । 

नेपाल स्पोर्टस सेन्टरले प्रतियोगिताको आयोजना गरेको थियो । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्रप्रसाद पाण्डे, पूर्वस्वास्थ्यमन्त्री विरोध खतिवडा, हेटौंडा उपमहानगर प्रमुख मिनाकुमारी लामा, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानलगायतले विजेता, उपविजेता टिम र उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, १२ असार २०८२
https://jawaaf.com/storage/01JYN18KY3TN6J9QKH8BEJW0JS.jpg

हाप्किडोमा नेपाललाई २ स्वर्ण र १ रजत पदक

काठमाडौं । किर्गिस्तान हाप्किडो फेडेरेसन तथा ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा जुन २४ देखी २५ तारिखसम्म बिश्केक, किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा नेपाली खेलाडीले २ स्वर्ण र १ रजत पदक जितेका छन् ।

पुरुष ५५–५९ केजी तौलसमूहमा समीर गुरुङ र ६० केजी भन्दामाथि राजेन्द्र तामाङले स्वर्ण पदक प्राप्त गरेको नेपाल हाप्किडो मार्सल आट्र्स संघका अध्यक्ष कालीबहादुर घर्तीले जनाएका छन् । पुरुष ५१–५५ केजीमा सरोज गुरुङले रजत पदक प्राप्त गरे ।

अध्यक्ष मगरले यो ऐतिहासिक जितले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली हाप्किडो खेलाडीको क्षमतालाई पुनः प्रमाणित गरेको बताए ।

प्रकाशित मितिः बिहिबार, १२ असार २०८२
https://jawaaf.com/storage/01JYFZRNPAF0RTZM03XFEE5WK4.jpeg

एसीसी यू–१६ क्रिकेटको दोस्रो खेलमा जापानविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौं । एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा जापानले टस जितेर पहिले ब्याटिङ गर्दै छ । 

मलेसियामा जारी एसीसी मेन्स यू१६ इस्ट जोन क्रिकेटको दोस्रो खेलमा नेपाल र जापान प्रतिस्पर्धा गर्दै छन् । 

नेपालको पहिलो खेल सिंगापुरसँग थियो । सिंगापुरलाई नेपालले ५ विकेटले हराएको थियो । यू १६ इस्ट जोन कपमा नेपालसहित १० टोलीको सहभागिता छ ।

प्रकाशित मितिः मङ्गलबार, १० असार २०८२
https://jawaaf.com/storage/01JYD9H9D4PXAJXP10X7RTF67C.jpg

हेटौँडामा जारी नेकोस कप महिला भलिबल : एपिएफ र गण्डकीको विजयी सुरुआत

हेटौँडा । नेपाल स्पोर्टस् सेन्टर (नेकोस) को आयोजनामा हेटौँडामा जारी राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको दोस्रो दिन सम्पन्न भएका खेलहरूमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लब र गण्डकी प्रदेश विजयी भएका छन् ।

हेटौँडा उपमहानगरपालिका–४ हुप्रचौरस्थित भलिबल कोर्टमा सम्पन्न खेलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले मधेश प्रदेश र गण्डकीले बागमती प्रदेशलाई हराउँदै विजयी सुरुवात गरेका हुन् । 

जारी प्रतियोगिताको पहिलो खेलमा एपिएफले एकपक्षीय खेल प्रदर्शन गर्दै मधेश प्रदेशलाई २५–८, २५–११ र २५–७ को सोझो सेटमा पराजित ग‍र्यो । यस्तै, आइतबार नै भएको दोस्रो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई २५–११, २५–१२ र २५–१९ को सोझो सेटमा पराजित गर्दै जित निकाल्यो।

प्रतियोगितामा विभागीय दुई टोलीसहित कुल सात टिमको सहभागिता रहेको प्रतियोगितामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबसहित, न्यु डाइमन्ड युथ स्पोर्टस् क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेश रहेका छन् ।

लिगकम नकआउट प्रणालीमा ११ असारसम्म चल्ने प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरूले जनही पाँच हजार पुरस्कार पाउने आयोजकले जनाएको छ ।

Pathiara_adv.gif 586.81 KB

प्रकाशित मितिः सोमबार, ०९ असार २०८२
https://jawaaf.com/storage/01JYD874HJ891M454C3XDX2ZM0.jpg

क्लब विश्वकप : पाचुकामाथि रियल मड्रिडको जित

काठमाडौं । फिफा क्लब विश्वकप अन्तर्गत बैंक अफ अमेरिका स्टेडियममा भएको खेलमा रियल मड्रिडले पाचुकालाई ३–१ ले पराजित गरेको छ । खेलको सातौं मिनेटमै डिफेन्डर राउल एसेन्सियो रातो कार्ड खाँदै बाहिरिए पनि १० खेलाडीमा सीमित रियल मड्रिडले उत्कृष्ट प्रदर्शन गरेको हो ।

रियल मड्रिडका लागि जुडे बेलिङ्घमले ३५औँ मिनेटमा पहिलो गोल गरे भने आर्दा गुलेरले ४३औँ मिनेटमा दोस्रो गोल थपे। त्यसपछि ७०औँ मिनेटमा फेडेरिको भाल्भर्डेले तेस्रो गोल गर्दै अग्रता ३–० बनाए। पाचुकाका एलियास मोन्टिएलले ८०औँ मिनेटमा सान्त्वना गोल गरे।

जितसँगै समूह ‘एच’ मा रहेको रियल मड्रिडले २ खेलमा ४ अंक जोड्दै शीर्ष स्थानमा स्थान बनाएको छ। पाचुका भने लगातार दुई खेल हार्दै अंकविहीन बनेको छ ।

प्रकाशित मितिः सोमबार, ०९ असार २०८२
https://jawaaf.com/storage/01JYBQARH6SE2AFTMCHYZW7TVZ.jpg

एसिसी पुरुष यु–१६ : पहिलो खेलमा नेपालले सिंगापुरलाई हरायो

काठमाडौं । एसीसी मेन्स यु–१६ क्रिकेट इस्ट कपको पहिलो खेलमा नेपालले सिंगापुरलाई हराएको छ । नेपालले आइतवार मलेसियामा सम्पन्न भएको खेलमा ६ विकेटको जित हासिल गरेको हो । सिंगापुरले नेपाललाई १ सय ३९ रनको सामान्य लक्ष्य दिएको थियो भने नेपालले ३३.३ ओभरमा ४ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको छ । 

टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३६.१ ओभरमा सबै विकेट गुमाएर १ सय ३८ रन मात्र बनाएको थियो । पहिलो खेलमा नै विजयी नेपालले २ अंक जोड्दा सिंगापुर पहिलो खेलमा नै पराजित भएको छ ।

गत महिना सुर्खेतमा सम्पन्न टिबी साह मेमोरियल यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको आधारमा नेपाली टोलीको छनोट गरिएको थियो ।

प्रतियोगितामा नेपाल सहित १० टोलीको सहभागीता रहेको छ । सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा रहेको नेपालको समूहमा सिंगापुर, इन्डोनेसिया, भुटान तथा जापान रहेका छन् । त्यस्तै, समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार रहेका छन् ।

नेपाल हालसम्म भएका प्रतियोगिताको तीनै संस्करणको च्याम्पियन हो । दोस्रो खेलमा मंगलबार जापानसँग खेल्ने नेपालले तेस्रो खेलमा अर्को साताको आइतवार इन्डोनेसियासँग खेल्नेछ । समूह चरणको अन्तिम खेलमा नेपालले भुटानको सामना गर्नेछ ।

हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । फाइनल ५ जुलाई (असार २१) मा फाइनल हुनेछ ।

प्रकाशित मितिः आइतबार, ०८ असार २०८२
https://jawaaf.com/storage/01JYAWB1MDDVETRTB7SBJPVV6G.jpg

नेकोस कप महिला भलिबल : टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी

हेटौँडा ।  राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा टीपटीप न्यू डायमण्ड र नेपाल पुलिस क्लब विजयी भएको छ । नेपाल स्पोर्ट सेन्टर (नेकोस)को आयोजनामा शनिबारदेखि हेटौंडामा सुरु भएको राष्ट्रिय नेकोस कप महिला भलिबल प्रतियोगिता डायमण्डले सशस्त्र प्रहरीको (एपीएफ) र पुलिसले बागमती प्रदेशलाई सोझो सेटमा पराजित गरेको थियो ।

डायमण्डले सशस्त्रलाई २७–२५, २५–१५ र २५–१७ को सोझो सेटमा पराजित गरेको थियो । पुलिसले बागमतीलाई २५–१, २५–४ र २५–८ को सोझो सेटमा पराजित गरेको हो ।

हेटौंडा–४ हुप्रचौरस्थित भलिबल कोर्टमा जारी प्रतियोगिताको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले गरेकी थिइन् । 

प्रतियोगितामा नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब, न्यु डायमन्ड युथ स्पोट्र्स क्लब, मधेश, गण्डकी र बागमती प्रदेश गरी ६ टोलीको सहभागिता रहेको छ । 

विजेताले ५ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले एक लाख र चौथो हुने टिमले ५१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट हुने खेलाडीलाई जनही ५ हजार रुपैयाँ पाउनेछ । असार ११ सम्म हुने प्रतियोगिता लिग कम नकआउटको आधारमा हुनेछ ।

प्रकाशित मितिः आइतबार, ०८ असार २०८२
https://jawaaf.com/storage/01JY99TRM5VTBNA7K0VT37SZVV.jpg

कोशी प्रदेश स्तरीय ओपन बास्केटबल: सुनसरी र इलामबीच फाइनल प्रतिस्पर्धा

धरान    धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको समन्वयमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगिताको फाइनलमा आयोजक जिल्ला सुनसरी र इलामबीच प्रतिस्पर्धा हुने भएको छ।

शनिबार आज  सम्पन्न पहिलो सेमिफाइनल खेलमा सुनसरीले धनकुटालाई ६९–२५ को फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। सुनसरीले खेलको प्रत्येक क्वार्टरमा क्रमशः १६–४, १३–५, १६–५ र २४–१० अंक जोडेको थियो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरीका सुसन श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई ब्रिज इन्टरनेसनल कन्सलटेन्सीका मार्केटिङ म्यानेजर मनकुमार लिम्बूले ट्रफी प्रदान गरे।

त्यसैगरी, दोस्रो सेमिफाइनल खेलमा इलामले भोजपुरलाई ६०–४९ अंकले पराजित गर्दै फाइनल प्रवेश पक्का गर्‍यो। खेलको क्वार्टर अनुसार इलाम र भोजपुरले क्रमशः १२–८, १७–९, १५–१२ र १६–२० अंक जोडेका थिए। खेलमा प्रभावशाली प्रदर्शन गरेका इलामका मनिष तामाङ खेलको उत्कृष्ट खेलाडी घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले ट्रफी प्रदान गरे।

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुंगा र धनकुटा गरी आठ जिल्लाका टिमहरूको सहभागिता रहेको थियो। प्रतियोगिताको विजेता टिमले नगद रु. २ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ।

त्यस्तै, प्रतियोगिताका उत्कृष्ट खेलाडीले ‘धरान मेघा एमभीपी – मोस्ट भ्यालुएबल प्लेयर’ को उपाधिसहित नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्।
असार ५ गते बिहीबारदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेल आइतबार, डिपो स्कुलको बास्केटबल कोर्टमा सम्पन्न हुने  छ।

प्रकाशित मितिः शनिबार, ०७ असार २०८२
https://jawaaf.com/storage/01JY6TCN65CQTW4EA3YFJ7FC6W.jpeg

कोशी प्रदेश स्तरीय ओपन बास्केटबल:धनकुटा र भोजपुर सेमिफाइनलमा प्रवेश

धरान : धरान बास्केटबल संघको आयोजनामा तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको संयोजनमा सञ्चालित कोशी प्रदेश स्तरीय ओपन बास्केटबल प्रतियोगितामा धनकुटा र भोजपुर बास्केटबल टिम सेमिफाइनलमा प्रवेश गरेका छन्।
शुक्रबार  सम्पन्न खेलमा धनकुटाले उदयपुरलाई ५५–२४ को फराकिलो अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। खेलका चारै क्वाटरमा धनकुटाले नियन्त्रण जमाएको थियो। क्वाटर अनुसार स्कोर १५–४, १३–३, १३–१३ र १४–४ रह्यो।
जितसँगै धनकुटाले सेमिफाइनलमा आयोजक जिल्ला सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ।
उक्त खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनकुटाका नविन राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई सुनसरी बास्केटबल संघका उपाध्यक्ष विवेक राईले ट्रफी प्रदान गरे।

त्यसैदिन सम्पन्न दोस्रो खेलमा भोजपुरले ओखलढुङ्गालाई ६१–३२ को सहज अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गर्‍यो।
भोजपुर र ओखलढुङ्गाबीचको खेलमा प्रत्येक क्वाटरमा क्रमशः ११–७, १७–१०, १७–९ र १६–६ अंक हासिल भए।
उत्कृष्ट प्रदर्शनका लागि भोजपुरका दिवस राई ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई ट्रफी सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीले प्रदान गरे।
अबको खेल भोजपुरले फाइनल प्रवेशका लागि इलामसँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरी ८ जिल्लाका टिमले सहभागिता जनाएका छन्।
प्रतियोगिताका विजेताले नगद रु. २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। उपविजेताले नगद रु. १ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन्।
त्यस्तै, उत्कृष्ट खेलाडीलाई ‘धरान मेघा एमभीपी (मोस्ट भ्यालुएबल प्लेयर)’ उपाधिसहित नगद रु. १० हजार, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ।
प्रतियोगिताको फाइनल खेल असार ८ गते आइतबार धरानको टिपो स्कुल बास्केटबल कोर्टमा सम्पन्न हुनेछ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२
https://jawaaf.com/storage/01JY5KJS8WP2W8JXK8AE6PTWTS.jpg

त्रिकोणात्मक टी–२० : नेदरल्याण्ड्ससँग नेपालको शानदार जित

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्र्तगतको खेलमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ ।  स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० खेलमा बिहीबार राति नेपालले नेदरल्याण्डविरुद्ध ६ विकेटको जित निकालेको हो ।

नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा चार विकेटको क्षतिमा पुरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले शानदार प्रदर्शन गरे । उनले ५१ बलमा ६ चौका सहित ६५ रन बनाए ।

यसैगरी आरिफ शेखले शानदार ब्याटिङ गरे । उनले २३ बलमा ३ चौका र २ छक्कासहित ३९ रन बनाए । उनको खुट्टामा समस्या देखिएपछि मैदान छाडे । 

त्यस्तै टि ः२० आईमा डेब्यू गरेका भीम सार्कीले १६ बलमा २ चौका र एक छक्का सहित २७ रन बनाए । कप्तान रोहित पौडेल ७ बलको सामना गर्दै ५ रनमा आउट भए । दीपेन्द्र सिंह ऐरीले १६ रन बनाउँदा लोकेश बमले १२ रन बनाए । 

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७४ रन बनाएको हो ।

नेपालका लागि करण केसीले दुई विकेट लिएका थिए । चार ओभर बलिङ गरेका करणले ४० रन खर्चिए । त्यस्तै दीपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने, ललित राजवंशी र रुपेश कुमार सिंहले एक एक विकेट लिए ।

यो जितसँगै नेपाल तालिकाको शिर्ष स्थानमा उक्लिएको छ । अब नेपालले शुक्रबार घरेलु टोली स्कटल्याण्ड्सको सामना गर्नेछ ।

प्रकाशित मितिः शुक्रबार, ०६ असार २०८२