मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JZENCT6WQPFPDMT6DTJWZAD1.jpg

उज्वेकिस्तानसँग नेपाल पराजित, एशियन कप खेल्नबाट बञ्चीत

काठमाण्डौ । एएफसी महिला एसियन कप छनोटअन्तर्गत समूह ‘एफ’को अन्तिम खेलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ ।

एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गतको निर्णायक खेलमा नेपाल उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

योसँगै नेपालले अब सन् २०२६ मा अष्ट्रेलियामा हुने महिला एशियन कप खेल्नबाट बञ्चीत भएको छ । 

निर्धारित समयमा ३–३ गोलको बराबरी भएको थियो. । नेपालको तीन वटै गोल कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले गरेकी हुन् भने उज्वेकिस्तानकी खबीबुल्लाएभा, कराचिक र शोयिमोभाले समान एक गोल गरे ।

निर्धारित ९० मिनेटको खेल ३–३ गोलको बराबरीमा समाप्त भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो ।

पेनाल्टी सुटआउटमा नेपाल उज्वेकिस्तानसँग ४–२ गोलले पराजित भयो ।

प्रकाशित मितिः आइतबार, २२ असार २०८२
https://jawaaf.com/storage/01JZCTDNQC86M65B582Y0MG2MP.jpeg

नेपालले जित्यो एसीसी पुरुष यू–१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप २०२५ को फाइनल खेलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले लगातार दोस्रोपटक उपाधि जित्न सफल भएको छ । 

अघिल्लो संस्करणमा पनि जित हात पारेको नेपालले लगातार दोस्रोपटक उक्त उपाधि हात पारेको हो ।  नेपालले पछिल्लो संस्करणको फाइनलमा मलेसियालाई हराउँदै यो उपाधि जितेको थियो ।

शनिबार बिहान भएको फाइनल खेलमा सिंगापुरले जितका लागि प्रस्तुत गरेको १ सय १४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गर्यो । 

आजको खेलमा परिमर्जन यादवले तीव्र गतिमा ९ बलमा १३ रन बनाए पनि दोस्रो ओभरमा आउट हुन पुगे । उनले ३ चौका प्रहार गरे । त्यसपछि प्रसिद्ध जैसी र विकेटकिपर शिवांश बजगाईले टोलीको इनिङ्स सम्हाले । दुवैले दोस्रो विकेटका लागि २३ बलमा २७ रन जोडे । 

छैठौ ओभरमा बजगाई १३ बलमा २० रन बनाउँदै आएट हुन पुगे। उनले २ प्रहार गरे। प्रतियोगितमा सबैभन्दा धेरै रन बनाएका रौनक श्रीवास्तव पहिलो बलमा नै कपिस वेंकटरामनको शिकार बने ।

नेपाललाई जित दिलाउन जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रन बनाए। ५३ बल खेलेका उनले ३ चौका  प्रहार गरे। अभय यादव १० रनमा अविजित रहे।

प्रकाशित मितिः शनिबार, २१ असार २०८२
https://jawaaf.com/storage/01JZ9JVN5PTMY5T4XNVNFSXWRB.jpg

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्कील नवलपुरलाई हराउँदा पर्वत र स्याङ्जाले अंक बाडेका छन् । प्रदेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा जारी प्रतियोगिताको दोस्रो दिनको पहिलो खेलमा कास्कीले नवलपुरलाई ३९ रनले हराउँदै फाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको हो । ११८ रनको विजयी लक्ष्य दिएको नवलपुरलाई ७८ रनमै समेट्दै कास्कीले लगातार दोस्रो जित हासिल गरेको हो । 

नवलपुरले २० ओभरमा ७ विकेट गुमाउँदै ७८ रनमात्रै बनाउन सक्यो । नवलपुरका लागि यमुना पंगेनी ७ र वर्षा सुनार शुन्यमा अविजित रहे । मोनिका लामिछाने २२, धनकुमारी क्षेत्री ८, लिजा गुरुङ शुन्य, श्रेया शर्मा ४, आयुषा चापागाईँ ३, पुर्णिमा सुनार ७ र वर्षा सुनार शुन्यमा आउट भइन् । 

कास्कीका लागि चन्द्रमाया बराल २ तथा श्रद्धा गुरुङ, रेखा तामाङ र रिया तामाङले समान १÷१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको कास्कीले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन बनायो । कास्कीका लागि रचना चौधरीले २५ र चन्द्रमाया बरालले १५ रनको अविजित पारि खेले । कप्तान सिर्जना पौडेल २७ रनमा आउट भइन् । उनले ३१ बलमा १ चौका प्रहार गरिन् । श्रद्धा गुरुङ ८, शिखा दवाडी १५, रेखा तामाङ २ रनमा आउट भइन् । 

नवलपुरका लागि यमुना पंगेनीले २ तथा श्रेया शर्मा र आयुषा चापागाईँले समान १÷१ विकेट लिए ।

उता दोस्रो खेलमा पर्वत र स्याङ्जाले वर्षाका कारण खेल रोकिएपछि अंक बाडेका छन् । 

१४६ रनको विशाल लक्ष्य पाएको पर्वतले १.१ ओभरमै २ विकेट गुमाउँदै ३ रन जोडेको अवस्थामा वर्षा भएपछि खेल रोकिएको थियो । लगातार वर्षाभएपछि खेल हुन नसक्दा दुवै टिमले अंक बाडेका हुन् । वर्षा हुनुअघि ओपनर शुसिला भट्टराई ३ रनमा अविजित रहँदा योगिता केसी क्याचआउट भइन भने जिविका क्षेत्री शुन्यमा रनआउट भइन् । स्याङ्जाका लागि निरु जिटीले १ विकेट लिइन् । 

त्यसअघि टस जितेर ब्याटिङ थालेको स्याङ्जाले २० ओभरमा ४ विकेट गुमाउँदै १४५ रन बनायो । स्याङ्जाका लागि सिमाना केसीले ३३ रनको योगदान दिइन् । उनले ३८ बलमा २ चौका प्रहार गरिन् । श्रेया शाह १९, सलिना सेन १३ रनमा आउट भइन् । ज्योत्सनिका मरासिनी २४ रनमा रिटायर्ड आउट भइन् । कुशुम गोदार ४ र निरु जिटी ४ रनमा नटआउट रहिन् । 

पवर्तका लागि दिपिका सापकोटाले २ तथा प्रतिभा खड्काले १ विकेट लिइन् । 

प्रकाशित मितिः शुक्रबार, २० असार २०८२
https://jawaaf.com/storage/01JZ731E4CQ4CNS44FJB0H4P7J.jpeg

एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै

काठमाडौं । नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।

मलेसियाको क्वालालम्पुरस्थित सेलान्गोर टर्फ क्लबमा भईरहेको खेलमा नेपाली टोलीका कप्तान विपिनप्रशाद शर्माले टस जितेका हुन् । योसँगै उनले बलिङ रोजेका छन् । 

समूह चरणमा अपराजित रहँदै समूह ‘ए’को विजेता बनेको नेपालले समूह ‘बी’को उपविजेता आयोजक मलेसियासँग सेमिफाइनल खेल खेलिरहेको छ । 

समूह चरणको पहिलो र दोस्रो खेलमा क्रमशः सिंगापुर र जापानविरुद्ध ६ र नौ विकेटको जित निकालेको नेपालले तेस्रो खेलमा इन्डोनेसियामाथि ३७० र अन्तिम खेलमा भुटानविरुद्ध २९८ रनको शानदार जित निकालेको थियो ।

दोस्रो सेमिफाइनल पनि आजै हङकङ र सिंगापुर भिड्दै छन् । हङकङ समूह ‘बी’को विजेता हो भने सिंगापुर समूह ‘ए’को उपविजेता हो ।

प्रयोगिताको फाइनल असार २१ गते मलेसियामा हुँदैछ ।

प्रकाशित मितिः बिहिबार, १९ असार २०८२
https://jawaaf.com/storage/01JZ4TD2BZYMVF64SWRGMF9MMG.jpg

एएफसी महिला एसियन कप छनोट : नेपाल आज श्रीलंकासँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ । उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।

नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको थियो । नेपाली महिला टोलीको १००औं अन्तर्राष्ट्रिय खेल समेत रहेको उक्त खेलमा नेपालको नयाँ कप्तानको रूपमा सावित्रा भण्डारी साम्बाले जिम्मेवारी सम्हालेकी थिइन् र एक्लैले ४ गोल पनि गरिन् ।

यस अघि श्रीलंकाले भने घरेलु टोली उज्बेकिस्तानसँग १०–० को फराकिलो हार बेहोरेको थियो। अहिलेसम्म नेपाल र श्रीलंका १० पटक आमुन्नेसामुन्ने भएका छन् । महिला फुटबलमा नेपाल श्रीलंकासँग हालसम्म अपराजित छ । फिफा वरियतामा नेपाल १००औं तथा श्रीलंका १५९औं स्थानमा छन् ।

समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् । फिफा वरियतामा ५१औं स्थानमा रहेको उज्बेकिस्तान यस समूहको सबैभन्दा बलियो टोलीको रूपमा छ । नेपालले हालसम्म उज्बेकिस्तानलाई हराउन सकेको छैन ।

समूहको शीर्षमा रहने टोली आगामी वर्ष अस्ट्रेलियामा हुने महिला एसियन कप फुटबलका लागि छनोट हुनेछ ।  त्यस्तै अन्य मुख्य प्रतियोगिताहरूका लागि पनि ढोका खुल्ने छ ।

प्रकाशित मितिः बुधबार, १८ असार २०८२
https://jawaaf.com/storage/01JZ1X8WBXTJ5WDSAVP6VYQNQF.jpeg

भुटानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

काठमाडौं । एसिसी मेन्स यु–१६ प्रतियोगितामा नेपालले भुटानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।  गलबार मलेसियाको सिलेगंर ट्रफ क्लबमा भुटानविरुद्ध नेपालका कप्तान विपिनप्रसाद शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।

नेपालले अझसम्म खेलेको तीनै खेलमा जित हासिल गरेको छ । आफ्नो समूहको शीर्ष स्थानमा रहेको नेपाल सेमिफाइनल पुगिसकेको छ । नेपाल रहेको समूहबाट सिंगापुर पनि सेमिफाइनल प्रवेश गरिसकेको छ ।

नेपालले पहिलो खेलमा सिंगापुर, दोस्रोमा जापान तथा तेस्रोमा इण्डोनेसियालाई हराएको थियो ।

अर्कोतर्फ भुटान खेलेका तीनै खेलमा पराजित भएको छ । सिंगापुर, जापान र इण्डोनेसियासँग पराजित भुटान समूहको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरी सकेको छ । 

एसियाली क्रिकेट परिषद् (एसिसी) को आयोजनामा जारी प्रतियोगितामा नेपाल सहित १० राष्ट्रको सहभागिता छ । सहभागी राष्ट्रहरुलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा रहेको नेपालसहित सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् । समूह ‘बी’ मा आयोजक मलेसिया सहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड तथा म्यानमार छन् । हरेक समूहबाट विजेता र उपविजेता सेमिफाइनल प्रवेश गर्नेछन् । प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ .

प्रकाशित मितिः मङ्गलबार, १७ असार २०८२
https://jawaaf.com/storage/01JYZ90AK2J0VY2015D25CMNZQ.jpeg

एसियन कप छनोटमा नेपालको विजयी सुरुवात

काठमाडौं । एएफसी एसियन कप छनोटमा नेपालले विजयी सुरुवात गरेको छ । आइतबार उज्वेकिस्तानको पख्तखोर स्टेडियममा भएको खेलमा लाओसलाई ९–० ले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।

नेपालको जितमा कप्तान सावित्रा भण्डारी ‘साम्बा’ एक्लैले पाँच गोल गरिन् । खेलको ८८ औँ मिनेटमा साम्बाले लाओसाको पोष्टमा नेपालका लागि नवौं गोल गरेकी थिइन् ।

नेपालका लागि साम्बाले पाँच गोलसहित अनिता बस्नेत, रश्मि कुमारी घिसिङ, अनिता केसी र सरु लिम्बूले एक एक गोल गरे ।

जितसँगै समूह ‘एफ’मा रहेको नेपालले महत्वपूर्ण तीन अंक जोडेको छ । साथै सावित्राले पहिले पटक नेपाली टिमको कप्तानी सम्हालेकी छिन् ।

प्रकाशित मितिः सोमबार, १६ असार २०८२
https://jawaaf.com/storage/01JYX6D13H9AQ7A0BNH70PA1S6.jpg

इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य

काठमाडौं । यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ । मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो । 


नेपालका लागि प्रशिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे । जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए भने सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाउन सफल भए । 

प्रकाशित मितिः आइतबार, १५ असार २०८२
https://jawaaf.com/storage/01JYWSVYT5SY2HS0YY6CYYFMXH.jpg

एसीसी यु–१६ : टल हारेर नेपालले इन्डोनेसिया विरुद्ध सुरुमा ब्याटिङ गर्दै

काठमाडौं । १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट प्रतियोगितामा नेपालले आज इन्डोनेसियाविरुद्ध सुरुमा ब्याटिङ गर्ने भएको छ । 

मलेसियामा जारी प्रतियोगितामा आइतबार बिहान टस जितेर इन्डोनेसियाले फिल्ड रोजेपछि नेपालले सुरुमा ब्याटिङ गर्न लागेको हो।

यसअघि दुई खेलमा विजयी भएको नेपाल लगातार तेस्रो जितको लक्ष्यका साथ मैदानमा छ। प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ।

प्रकाशित मितिः आइतबार, १५ असार २०८२
https://jawaaf.com/storage/01JYQGHTN87WF46CJ2V30EAD62.jpg

फिफा क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको जित

काठमाडौं । फिफा क्लब विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको समूह ‘जी’को खेलमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले इटालियन जायन्ट युभेन्ट्सलाई ५–२ को फराकिलो अन्तरले पराजित गर्दै समूह चरणमा शतप्रतिशत जितको यात्रासहित शीर्ष स्थान सुरक्षित गरेको छ ।

खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औं मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुशी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औं मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।

२६औं मिनेटमा युभेन्ट्सका पियरे ओलकाउले आत्मघाती गोल गर्दै सिटीलाई फेरि अग्रता दिलाए । पहिलो हाफमा सिटीको खेलमा पकड देखिए पनि थप गोल भने हुन सकेन ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका एर्लिङ हालान्डले ५२औं मिनेटमा गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । त्यसपछि ६९औं मिनेटमा फिल फोडेन र ७५औं मिनेटमा सिभिन्होले गोल थप्दै सिटीलाई ५–१ को स्थितिमा पु‍र्याए।

खेल सकिन ६ मिनेट बाँकी रहँदा युभेन्ट्सका डुहान निसामोभिकले गोल गरे पनि त्यो सान्त्वनाभन्दा बढी हुन सकेन ।

समूह ‘जी’कै अर्को खेलमा एल ए आइनले वेयाद कासाब्लान्कालाई २–१ ले पराजित गर्दै जित निकालेको छ ।

यस नतिजासँगै म्यानचेस्टर सिटी समूह चरणमा सबै खेल जित्दै ९ अङ्कसहित पहिलो स्थानमा रहँदै दोस्रो चरणमा प्रवेश गरेको छ । ६ अङ्कसहित युभेन्ट्स दोस्रो स्थानमा रहँदै अर्को चरणमा पुगेको हो ।

प्रकाशित मितिः शुक्रबार, १३ असार २०८२