मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JW83RB13YBANK9W71AXDXKMT.jpg

भारतमा कांस्य पदक जितेर स्वदेश फर्किए कुस्ती खेलाडी सुरेश चुनारा

काठमाडौं । भारतमा कांस्य पदक जितेका कुस्ती खेलाडी सुरेश चुनारा स्वदेश फर्किएका छन् । सुरेश सहित अन्य खेलाडी तथा प्रशिक्षक मुमताज अलि इद्रिसी र नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारी (सम्राट)को टोली सोमबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत स्वदेश फर्किएको हो । टोलीलाई संघका पदाधिकारी, खेलाडी तथा खेलाडीका परिवार सदस्यहरूले भव्य स्वागत गरे । 

सुरेशले भारतको नयाँ दिल्लीमा सम्पन्न यूडब्लूडब्लू एसियन बेल्ट कुस्ती एलिस च्याम्पियनसिपमा कांस्य पदक जितेका हुन् । प्रतियोगितामा तीन नेपाली खेलाडीको सहभागिता रहेको थियो । 

कांस्य पदक जितेर स्वदेश फर्किएपछि सुरेशले यो सिंगो नेपालको जित भएको बताए । ‘म एकदम खुसी छु, मेरो मात्रै जित होइन सिंगो नेपालीको जित हो । यो राष्ट्रिय खेलकुद परिषद्को जित हो। यो नेपाल कुस्ती संघको जित हो। यो हामी सिंगो कुस्ती परिवारको जित हो,’सुरेशले भने । 

उनले यो एतिहासिक क्षण भएको उल्लेख गर्दै जितका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।

त्यस्तै प्रशिक्षक अलिले यो जित राष्ट्रिय खेलकुद परिषद्ले लामो समयदेखि गराएको प्रशिक्षणको नतिजा रहेको बताए । यो जित नेपालको लागि धेरै ठुलो कुरा रहेको उनको भनाइ छ । ‘जापनीजले पनि आएर भनेको छ कि नेपाल इज स्ट्रोङ, यो मेरो र नेपालको लागि धेरै ठुलो कुरा हो। गर्वको कुरा हो,’प्रशिक्षक अलिले भने ।

अब नोभेम्बरमा हुने वल्र्ड च्याम्पियनसीपको तयारीमा लाग्ने प्रशिक्षक अलिले जानकारी दिए । त्यस्तै संघका अध्यक्ष कुसारीले यो जितले नेपालली खेलकुदमा इच्छा, आकांक्षा र चाहना राखियो र चुनौतीको सामना गरियो भने सफलता मिल्छ भन्ने कुरा सावित गरेको बताए। 

उनले कोममा पुगेको कुस्तीलाई बामेसर्ने बनाएको उल्लेख गरे। ‘कुस्ती कोममा थियो, त्यसलाई चल्मलाउने र बामेसर्ने बनाएका छौं’, अध्यक्ष कुसारीले भने, ‘यहाँबाट दौडाउनु पर्नेछ, दौडाइयो भने नेपालको झण्डालाई विश्वसामु फहराउनका लागि हामी तयार छौं। हाम्रा नेपाली खेलाडी तयार छन्।’ कुस्तीलाई थप व्यवस्थित बनाएर अगाडि लैजानसकेमा धेरै उपलब्धि हासिल गर्न सकिने उनको भनाइ छ।

प्रकाशित मितिः मङ्गलबार, १३ जेठ २०८२
https://jawaaf.com/storage/01JVRYP09YDZWPBH6RG4HTZG5D.jpg

राष्ट्रिय महिला क्रिकेट टोली आज स्वदेश फर्कँदै

काठमाडौं । आईसीसी महलिा टी–२० विश्वकपको ग्लोबल छनोटमा स्थान सुरक्षित गर्न सफल नेपाली राष्ट्रिय महिला  क्रिकेट टोली आज स्वदेश फर्कँदै छ । 

नेपाल एसिया क्षेत्र छनोटको उपविजेताका रूपमा ग्लोबल क्वालिफायर्समा पुगेको हो । टोली आज साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।  

नेपाल पहिलो  पटक महिला टी–२० विश्वकपको ग्लोबल छनोटमा पुगेको हो । एसिया क्षेत्र छनोटअन्तर्गत समूह सीमा बहराइनलाई २ पटक हराएको नेपाल हङकङसँग एक खेलमा पराजित भएको थियो भने एक खेल वर्षाका कारण रद्द भएको थियो ।

प्रकाशित मितिः बुधबार, ०७ जेठ २०८२
https://jawaaf.com/storage/01JVKVJDEPP08BN46DD1W5TZ3S.jpg

नेपाली टोली पहिलो पटक महिला विश्वकपको ग्लोबल छनोटमा

काठमाडौं । महिला टी–२० विश्वकपको एसिया छनोटमा युएईलाई पराजित गर्दै नेपाल पहिलोपटक ग्लोबल छनोटमा प्रवेश गरेको छ ।

आज भएको सुपर–३ अन्तर्गतको खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपालले एक खेल अगावै शीर्ष दुईमा रहँदै ग्लोबल छनोटमा प्रवेश गरेको हो ।

यो जितपछि नेपाल र थाइल्यान्ड एसियाबाट ग्लोबल छनोटमा पुग्न सफल भए ।नेपालले अब मंगलबार औपचारिकताका लागि अन्तिम खेल थाइल्यान्डविरुद्ध खेल्दैछ । नेपाली महिला टोली पहिलो पटक ग्लोबल छनोटको यात्रा गर्न सफल भएको हो ।

नेपालले विश्वकपमा पुग्न अन्तिम चरणको छनोट खेल्न बाँकी छ । छनोटमा १० देशबीच प्रतिस्पर्धा हुनेछ । ती १० देशबाट शीर्ष चारदेश विश्वकपमा पुग्नेछन् ।

पहिले ब्याटिङमा आएको यूएईले दिएको ११५ रनको सामान्य चुनौतीलाई नेपालले अन्तिम तीन बल बाँकी हुँदा भेट्टायो । त्यसक्रममा अविजित रहेकी नेपाली कप्तान इन्दु बर्माले ३० रनको योगदान गरिन् ।

उता रुविना क्षेत्री बेलबासेले १८ बलमा २३ रन बनाइन् । नेपालका लागि ओपनर सम्झना खड्का २१ र उकप्तान पूजा महतो १३ रन बनाउँदै आउट भए ।

पराजित यूएईका मेचेली बोथा, सुरक्षा कोत्ते, भैश्नवी महेश र ईशा ओझाले १र१ विटेक झारे । बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ७ विकेट क्षतिमा ११४ रन जोडेको थियो ।

प्रकाशित मितिः सोमबार, ०५ जेठ २०८२
https://jawaaf.com/storage/01JVK6ZJZ2GP0V71131J0PP73P.jpg

च्याम्पियन बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित

काठमाडौं । लामिन यामाल र फर्मिन लोपेजले सानदार गोल गरे पनि बार्सिलोना भिल्लारियलसँग ३–२ ले पराजित भएको छ । यसअघि नै ला लिगा च्याम्पियन बनिसकेको बार्सिलोना घरेलु मैदानमा अग्रता जोगाउन सकेन ।

लिग र कप डबल जितेको बार्सिलोनाले यो सिजन सबै प्रतियोगितामा गरी २० खेलमा पहिलो गोल खाएको छ । तर तीमध्ये नौ खेलमा जित र दुई खेलमा बराबरी निकालेको छ ।

भिल्लारियल पहिलो हाफको धेरै समय दबाबमा रह्यो, तर दोस्रो हाफको पाँचौं मिनेटमा सान्ती कोमेसानाले येरेमी पिनोको उत्कृष्ट थ्रु बलमा दौडँदै आएर गोलकिपर मार्क–आन्द्रे टर स्टेगनलाई छलेर बराबरी गरे । परिवर्तित ताजोन बुकेननले ८० औं मिनेटमा निर्णायक गोल गरे ।

३८ औं मिनेटमा यामालले आफ्नो ट्रेडमार्क शैलीमा नवौं लिग गोल गरे । फर्मिनले पहिलो हाफको इन्जुरी समयको पाँचौं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

पुनरागमन जितसहित भिल्लारियल शीर्ष पाँचमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिगको सुनिश्चितता गर्यो ।

हान्सी फ्लिकको टोलीले बिहीबार प्रतिद्वन्द्वी एस्पानियोलमाथि २–० को जित निकालेर आफ्नो २८औं शीर्ष डिभिजनको उपाधि जितेको थियो ।

आयोजे पेरेजले निकोलस पेपेको क्रसलाई चौथो मिनेटमै गोलमा परिणत गर्दै भिल्लारियललाई अग्रता दिलाए ।‌ तर घरेलु टोलीले उत्कृष्ट पुनरागमन गर्दै पहिलो हाफको अन्त्यसम्म अग्रता लिन सफल भयो ।

प्रकाशित मितिः सोमबार, ०५ जेठ २०८२
https://jawaaf.com/storage/01JVK6PT14PR5QSVGN6QWR1EA6.jpg

रियल म्याड्रिडको सानदार जित, एम्बाप्पे र बेलिङ्घमको गोलमा सेभिया पराजित

काठमाडौं । किलियन एम्बाप्पे र जुड बेलिङ्घमको निर्णायक प्रदर्शनमा रियल म्याड्रिडले ९ खेलाडीमा सीमित सेभियामाथि २–० को सहज जित निकालेको छ ।

सेभियाले पहिलो र दोस्रो हाफको सुरुवातमै लोइक बाडे र इसाक रोमेरोले रातो कार्ड पाएपछि नौं खेलाडीमा सीमित भए पनि लामो समयसम्म रियललाई रोकेको थियो । तर ला लिगाका शीर्ष स्कोरर एम्बाप्पेले ७५ औं मिनेटमा २९औं लिग गोल गरे ।

त्यसपछि ८७ औं मिनेटमा इंग्ल्याण्ड मिडफिल्डर बेलिङघमले परिवर्तित गोंजालो गार्सियाको पासमा हेडमार्फत गोल गर्दै जित सुनिश्चित गरे ।

रियलको ला लिगा उपाधि रक्षा गर्ने आशा बिहीबार समाप्त भएको थियो । जब बार्सिलोनाले एस्पानियोलमाथि २–० को जित निकाल्दै आफ्नो २८औं लिग उपाधि जितेकि थियो । जसले गर्दा कार्लो एन्चेलोट्टीले आफ्नो अन्तिम सिजनमा कुनै ठूला ट्रफी बिना नै टुंग्याउनु परेको थियो ।

सेभियाका लागि यो सिजन पनि रेलिगेसनबाट जोगिन संघर्षपूर्ण रह्यो । केही दिनअघि समर्थकहरूको ‘हिंसात्मक आक्रमण’ पछि खेलाडीहरूले ट्रेनिङ ग्राउन्डमै रात बिताएका थिए । तर मंगलबार लास पाल्मासमाथि १–० को जित निकाल्दै उनीहरूले शीर्ष डिभिजनमा आफ्नो स्थान सुरक्षित गरे ।

तर यो खेलमा भने सेभियाका समर्थकहरूका लागि निराशाजनक रात बन्न पुग्यो, जब खेलको १२ मिनेटभित्रै टोली १० खेलाडीमा झ¥यो ।

बेलिङघमको लब पासमा दौडिँदै एम्बाप्पेले गोलतर्फ प्रहार गर्न खोज्दा अन्तिम डिफेन्डर बाडेले उनलाई लडाएपछि सिधा रातो कार्ड पाए ।

कापारोसले दोस्रो हाफको सुरुवातमै रोमेरोलाई मैदानमा उतारे, तर उनले अरेलियन चुआमेनीमाथिको ट्याकलका लागि पहेंलो कार्ड पाएर केही सेकेन्डमै भारको निर्णयमा रातो कार्ड खाँदै मैदान छाडे ।

प्रकाशित मितिः सोमबार, ०५ जेठ २०८२
https://jawaaf.com/storage/01JVK6AT9J0C7PH0CY7QNXFF90.jpg

आईपीएलमा दिल्लीविरुद्ध गुजरातको जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटानले दिल्ली क्यापिटललाई १० विकेटले हराएको छ । आइतबार भएको खेलमा सुरुमा ब्याटिङ गरेको दिल्लीले दिएको २०० रनको लक्ष्य पछ्याएको गुजरातले विना विकेटको क्षति १९ ओभरमा २०५ रन जोडेको हो । 

साइ सुदर्शनले अविजित रहँदै ६१ बलमा १०८ रन बनाउँदा कप्तान शुभमन गिलले ५३ बलमा ९३ रन जोडे । यस अघि टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले ३ विकेटको क्षतिमा १९९ रन जोडेको थियो । दिल्लीका लागि  ६५ बलको सामना गरेका उनले १४ चौका र चार छक्का प्रहार गरे । अभिषेक पोरेलले ३०, अक्षर पटेलले २५ तथा ट्रिस्टियन स्टब्सले अविजित रहँदै १० बलमा २१ रन जोडेका थिए । लोकेश राहुलले अविजित रहँदै ११२ न जोडे । 

यो खेलको समाप्तिसँगै शीर्ष स्थानको गुजरात, दोस्रो स्थानको बंगलोरु र तेस्रो स्थानको पन्जाब आईपीएलको प्ले अफमा प्रवेश गरेका छन् ।

प्रकाशित मितिः सोमबार, ०५ जेठ २०८२
https://jawaaf.com/storage/01JVK64BK40GEXYTQKR94WP774.jpg

टी–२० विश्वकप छनोटमा नेपाली महिला टिम यूएईसँग भिड्दै

काठमाडौं । महिला टी–२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ । आईसीसी महिला विश्वकपका लागि थाइल्यान्डमा जारी एसियाली क्षेत्रको छनोटको सुपर–३ अन्तर्गत नेपालले आफ्नो पहिलो खेल खेल्न लागेको हो । यो खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

यस खेलमा जित निकाले नेपालले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ । पराजित भए नेपाल प्रतियोगिताबाट बाहिरिने छ । आयोजक थाइल्यान्ड भने सुपर तीनको एक खेल अगावै ग्लोबल छनोटमा पुगेको छ ।

प्रतियोगितामा आइतबारको खेलमा थाइल्यान्डले यूएईलाई ४५ रनले हराएको थियो । प्रतियोगितामा सहभागी नेपाल समूह ‘सी’को विजेता हो भने थाइल्यान्ड समूह ‘ए’ र यूएई समूह ‘बी’को विजेता टिम हुन् ।

प्रतियोगिता अन्तर्गत नेपालले दोस्रो खेल मंगलबार थाइल्यान्डसँग खेल्नेछ । यो प्रतियोगितामा सहभागी तीन टिमले एकअर्कासँग एक–एक खेल खेल्नेछन् ।

सुपर–३ प्रतियोगिताको शीर्ष दुई स्थानमा रहने महिला टिमले टी–२० विश्वकपको छनोट प्रतियोगितामा प्रवेश पाउनेछन् । यो प्रतियोगितामा १० टोली सहभागी हुनेछन् । अहिलेसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने बंगलादेश, स्कटल्यान्ड र अमेरिका गरेर तीन टिमको मात्र टुंगो लागेको छ ।

प्रकाशित मितिः सोमबार, ०५ जेठ २०८२
https://jawaaf.com/storage/01JVE4YDXP7J7C2G8ZRFDT23BY.jpg

आईपीएल आजदेखि पुन सुरु हुँदै

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आजदेखि पुन सुरु हुँदैछ । भारत र पाकिस्तानबीचको तनावका कारण स्थगित भएको आईपीएल आजबाट सुरु हुन लागेको हो । जारी आईपीएल मे ८ देखि रोकिएको थियो ।

आजको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकाता नाइट राइडर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल बैंगलुरुमा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ । 

दुई देशबीच विवाद बढेपछि मे ८ मा धर्मशालामा पन्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच भइरहेको खेल पूरा नहुँदै रोकिएको थियो । आईपीएलका बाँकी खेलहरू बैंगलुरु, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् । 

प्रकाशित मितिः शनिबार, ०३ जेठ २०८२
https://jawaaf.com/storage/01JV8ZNCDTR7QQBQ1D6PXZKRR8.jpg

महिला टी– २० विश्वकपमा नेपालले बहराइनको सामना गर्दै

काठमाडौं । आईसीसी महिला टी– २० विश्वकप एसिय छनोटअन्तर्गत बिहीबार हुने खेलमा नेपालले बहराइनको सामना गर्दैछ । आज दिउँसो साढे १२ बजे थाइल्यान्डमा हुने खेलमा नेपाल बहराइनविरुद्ध दोस्रो जितको खोजीमा मैदानमा उत्रनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।

नेपाल र हङकङबीचको पहिलो खेल वर्षाका कारण रद्ध भएको थियो भने दोस्रो खेलमा हङकङ ७ विकेटले विजयी भएको थियो । नेपालसहित बहराइन, हङकङ, भुटान, कुवेत, थाइल्यान्ड, मलेसिया कतार र यूएई महिला टी–२० विश्वकप एसिया छनोटमा सहभागी छन् ।

प्रकाशित मितिः बिहिबार, ०१ जेठ २०८२
https://jawaaf.com/storage/01JV8YJ0W5FCVQPSGCNAPZQV7J.jpg

स्पेनिस ला लिगामा रियल म्याड्रिडको जित

काठमाडौं । बुधबार राति भएको स्पेनिस ला लिगाको खेलमा रियल म्याड्रिडले रियल मालोर्कालाई २–१ ले हराएको छ ।

रियल म्याड्रिडका लागि इन्जुरी समयमा ज्याकोबो रोमानले गोल गरे । म्याड्रिडमा भएको खेलको ११ औँ मिनेटमा मार्टिन भाजलेन्टले मालोर्कालाई अग्रता दिलाएका थिए । म्याड्रिडका लागि केलिएन एम्बाप्पेले ६८ औँ मिनेटमा बराबरी गोल गरेका थिए । इन्जुरी समयमा ज्याकोबोले गरेको गोल निर्णायक बनेको हो ।

बिहीबार बार्सिलोनाले इस्पायिनोलसँग खेल्नेछ । सो खेलमा बराबरी मात्र भए पनि बार्सिलोनाले उपाधि जित्ने छ ।

प्रकाशित मितिः बिहिबार, ०१ जेठ २०८२