आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालस्कटल्यान्डसँग पराजित
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल स्कटल्यान्डसँग पराजित भएको छ । स्कटल्यान्डको डुन्डीमा आइतबार सम्पन्न खेलमा नेपाल दुई रनले पराजित भएको हो ।
स्कटल्यान्डले प्रस्तुत गरेको ३२४ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३२१ रनमा अल आउट भयो ।
भीमले सार्कीले अर्धशतक बनाउँदै ७३ रन बनाए । भीमले ८५ बलमा आठ चौका प्रहार गरे । सोमपालले कामीले ६७, दिपेन्द्र ऐरीले ५६, आरिफ शेखले ३९, कुशल भुर्तेल र करण केसीले १७–१७ रन जोडे ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार गरेको थियो ।
स्कटल्यान्डका कप्तान रिची बेरिङ्टनले शतकीय इनिङ खेले । बेरिङ्टनले ११४ बलमा ६ चौका र चार छक्कासहित १०२ रनको योगदान गरे । माइकल लिस्कले ९६, चार्ली टेयरले ६८ रन जोडे ।
नेपालका करण केसी र दिपेन्द्रसिंह ऐरीले दुई–दुई विकेट लिए । ललितनारायण राजवंशीको एक विकेट लिएका थिए ।
आईसीसी क्रिकेट विश्वकप : नेपाल स्कटल्याण्डसँग खेल्दै
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग खेल्दैछ । आइतबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा अपराह्न पौने ४ बजे हुने त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपाल स्कटल्याण्डसँग खेल्दैछ ।
यसअघिका शृङ्खलाको पहिलो खेलमा नेपालले घरेलु टोली स्कटल्याण्डमाथि एक विकेटको रोमाञ्चक जितका निकालेको थियो भने दोस्रो खेलमा नेदरल्याण्ड्स पनि पराजित भएको थियो ।
१४ खेल खेलेको नेपाल १० अङ्क सहित सातौँ स्थानमा छ । शृङ्खलामा अमेरिका २० खेलमा २८ अङ्कसहित शीर्ष स्थानमा छ । यस्तै, नेदरल्याण्ड्स २२ खेलमा २६ अङ्कसहित दोस्रो तथा ओमान २० खेलमा २४ अङ्कसहित तेस्रो स्थानमा छ ।
स्कटल्यान्ड १८ खेलमा २२ अङ्कका साथ चौथो स्थानमा रहँदा क्यानडाको २० खेलमा २० तथा नामिबियाको २० खेलमा १४ अङ्क छ ।
प्रथम यु १६ राष्ट्रिय क्रिकेटमा कोशीको फराकिलो जीत
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी.बी स्मृति राष्ट्रिय क्रिकेट प्रतियोगिताको छैठौं दिन गण्डकीले कोशी सामु १ सय ७१ रनको फराकिलो हारको सामना गर्नुपरेको छ ।
प्रतियोगिताकै सबैभन्दा कमजोर मानिएको गण्डकीका बलरहरुले शनिबार कालुंगचोक मैदानमा भएको खेलमा गरेको कमजोरीको सहज फाइदा उठाउँदै कोशीका ब्याटरहरुले २ सय ५६ रनको योगफल खडा गरे ।
पूरा ५० ओभर खेलेको कोशीले ९ विकेटको नोक्सानीमा २ सय ५७ को लक्ष्य खडा गर्दा गण्डकीका बलरहरुले नियन्त्रण गुमाउँदाको परिणामस्वरुप कोशीको स्कोरबोर्डमा ५० अतिरिक्त रन जोडिन पुग्यो ।
टस जितेर पहिला ब्यांटिग थालेको कोशीका लागि सुगम बुढाथोकीले ७५ बल खेल्दै नटआउट सर्वाधिक ६८ रनको योगदान दिंदा अप्mफन ताहिर र रविन मण्डलले समान ३९ रन जोडे भने सकुशल श्रेष्ठले ३० रन बनाए ।
३ दशमलव ६ को औसतमा अरुभन्दा किफायति सावित भएका गण्डकीका शुशील भुसालले आप्mनो जिम्माको १० ओभर बलिंग गर्दा ३ मेडन र ४६ डट फाल्दै ३६रन दिएर ४ विकेट लिए ।
यस्तै रिदम पाण्डे र अनिष राउतले समान दुई दुई विकेट लिए । ब्याटिंगमा ४ चौका र एक छक्कासहित ३९ रन तथा बलिंगमा ७ ओभर ४ बल बलिंग गर्दै ४ मेडन ४६डट खेलेर ५ विकेट लिएका कोशीका रविन मण्डल प्लेयर अफ दि म्याच बने ।
२ सय ५७ रनको मध्यम लक्ष्य पाएपनि बलिंगमाझैं ब्यांिटंगमा पनि फितलो प्रदर्शन गरेको गण्डकीका लागि विनय कार्कीले १६, भुवन भट्टराईले १४ र सुप्रिम सुनारले नटआउट १२ रनबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।
फलस्वरुप जम्मा २२ ओभर ४ बलमा ८५ रन मात्र जोडेर गण्डकी अलआउट हुनपुग्यो ।
अहिलेसम्म खेलेका ४ मध्ये ३ खेलमा जीतसहित ६अंक जोडेको कोशी अंकतालिकाको पहिलो नम्बरमा उक्ल्उिको छ भने शुरुदेखि नै पुछारमा रहेको गण्डकी तेश्रो खेलसम्म अंकविहीन पुछारमै रहेको छ ।
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद आइतबारदेखि हुदैँ
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा यु–१४ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिता आइतबारदेखि हुने भएको छ । विद्यालय तहका प्रतिभाशाली खेलाडीलाई राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्ने उद्देश्यसाथ विद्यालय खेलकुद आयोजना गरिएको हो ।
प्रतियोगितामा सात प्रदेशका ४ सय ७६ खेलाडीको सहभागिता रहने राखेपका सदस्य–सचिव टंकलाल घिसिङले जानकारी गराएका छन् । जिल्ला÷प्रदेश छनोट चरण पार गरी राष्ट्रिय खेलकुदमा ४ सय ७६ खेलाडी सहभागी हुन लागेका हुन् ।
प्रतियोगितामा एथलेटिक्स, टेबलटेनिस, छात्र÷छात्रा थ्री बाइ थ्री बास्केटबल, छात्र÷छात्रा रग्बी सेभेन्स, ब्याडमिन्टन र २० ओभरको छात्र क्रिकेटको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्समा छात्र÷छात्रामा समान ६–६ तथा टेबलटेनिस र ब्याडमिन्टनमा छात्र÷छात्रामा समान २–२ स्पर्धामा खेल हुनेछ । नेपालय इन्टरनेसनल इभेन्ट म्यानेजमेन्ट प्रा.लि को सह–आयोजना हुन लागेको प्रतियोगितामा जम्मा २५ स्वर्ण, २५ रजत र ३३ कांस्य गरी ८३ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
एथलेटिक्स र रग्बी त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, टेबलटेनिस लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, बास्केटबल राखेप हाता, ब्याडमिन्टन बूढानीलकण्ठस्थित ब्याडमिन्टन एकेडेमी तथा क्रिकेट मूलपानी क्रिकेट मैदानमा खेलाइने छ । क्रिकेट जेठ २५ देखि २९ गतेसम्म सञ्चालन हुनेछ । बाँकी ५ खेल जेठ २५ देखि २६ गतेसम्म चल्ने छ ।
सदस्य–सचिव घिसिङले खेलकुदको जग ग्रासरुट भन्ने धेरै सुनिएपनि व्यहारमा त्यत्ति लागू नभएको हुँदा राखेपले जुनियर प्रतियोगिताको अवधारणालाई अघि सारेको बताए । उनले प्रतियोगितालाई साथ दिने नेपालय, एक्सपर्ट, प्याब्सन, एनप्याब्सन, शिक्षक महासंघ, नेपाल विद्यालय खेलकुद महासंघ, सम्बन्धित खेलका राष्ट्रिय संघलगायत सम्पूर्ण प्रति आभार प्रकट गर्दै धन्यवाद दिए ।
एक्सपर्टका खेम संग्रौलाले खेलकुद मानिसलाई अनुशासित र स्वास्थ बनाउने महत्वपूर्ण क्षेत्र भएको बताउदै एक्सपर्ट विगत लामा समयदेखि खेलकुदसँग जोडिएको बताए ।
नेपालयका अध्यक्ष सुवासचन्द्र प्रधानले पब्लिक–प्राइभेट पार्टनरसिपअन्तर्गत जुनियर प्रतियोगिताका लागि राखेपसंग सहकार्य गरेको बताए ।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्कीले राखेप, प्याब्सन, एनप्याब्सन र शिक्षक महासंघसंग सहकार्य गरी जुनियर प्रतियोगिताको विकासका लागि सहकार्य गर्न तयार रहेको प्रतिबद्धता जनाए ।
पत्रकार सम्मेलनमा राखेप कार्यकारी समितिकी सदस्य एवं प्रतियोगिता संयोजक रञ्जना प्रधान, प्याब्सनका केन्द्रीय महासचिव आरबी कटुवाल, एन प्याब्सनका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।
प्रथम यु १६ क्रिकेट : प्रतियोगिता विपिन चम्किंदा रौनकको कीर्तिमान
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा जारी टी।बी स्मृति प्रथम १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको दोश्रो दिन नेपाली क्रिकेटको ईतिहासमा गर्विलो कीर्तिमान बनेको छ । लुम्विनी प्रदेशका रौनक श्रीवास्तवले गण्डकी प्रदेशविरुद्धको खेलमा १ सय १७ बलको सामना गर्दै १६ चौका र १४ छक्काका साथ घरेलु क्रिकेट ईतिहासकै सर्वाधिक २ सय १७ बनाउँदै कीर्तिमान कायम गरेका हुन् ।
वीरेन्द्रनगर मैदानमा भएको खेलमा गण्डकी प्रदेशमाथि ३ सय ३२ रनको फराकिलो जीत दर्ता गराउने क्रममा रौनकले लक्ष्मण कुमालसंग मिलेर २ सय ४४ रनको बलियो साझेदारी पूरा गरे ।
गण्डकीले श्रीवास्तवको दोहोरो शतकको मद्दतमा लुम्विनीको पारी ४५ ओभर ४ बलमा अलआउट हुनुअघि ४ सय ४ रनको कठिन लक्ष्य खडा गर्न सफल भयो ।
शैलेश काप्mलेको बलमा समिर न्यौपानेबाट क्याच आउट हुनुअघिसम्म रौनकले १ सय ८५ को स्ट्राईक रेटमा आक्रामक ब्याटिंग गर्दै प्रतियोगिताकै रौनक बढाए ।
लुम्विनीको विशाल योगफलमा लक्ष्मण कुमालले ६०, आरिफ खानले २५ तथा शुभम् खनाल र समिल अली मुसलमानले समान १७र१७ रनको थप्दा ४७ रन बोनस स्वरुप प्राप्त भयो ।
गण्डकीका करण गैरेले तीन, राज परियारले दुई तथा सुप्रिम सुनार, सुजन अर्याल, रिदम पाण्डे, शैलेश काफ्ले र अनिष राउतले एक–एक विकेट लिए । ४ सय ४ रनको विशाल लक्ष्य पछ्याएको गण्डकी भने २८ दशमलव २ ओभरमा जम्मा ७१ रन जोड्दै अलआउट हुनपुग्यो ।
गण्डकीका अनिष राउतले नटआउट २२, प्रतिक रावलले १४ रन बटुले भने ५ ब्याटर बिना स्कोर पवेलियन फर्किदा अरुले कसैलेपनि दोहोरो अंक कटाउन सकेनन् । लुम्विनीका शुभम् खनलले सर्वाधिक ५ तथा प्लेयर अफ दि म्याच बनेका रौनकले २ विकेट लिए ।
विपिनको धारिलो स्पिन
उता, कालुचोक मैदानमा भएको अर्को खेलमा घरेलु टोलीका कप्तान विपिनप्रसाद शर्माले आफ्नो धारिलो स्पिनलाई निरन्तरता दिंदा पाहुना टोली सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै प्रतियोगिता तालिकामा २ अंक चढाउन सफल भएका छन् ।
पहिलो खेलमाझैं निकै अनुशासित र किफायति बलिंग गरेका कप्तान विपिनले ४ ओभर बलिङ गर्दा २ ओभर मेडन राख्दै २ रन खर्चिएर ५ विकेट लिन सफल भए ।
१० औं ओभरमा बलिङ गर्न आएका उनले १ रन मात्रै खर्चिए । १२औं ओभरमा १ रन दिएर १ विकेट लिएका उनले १४औं ओभरमा मेडनसहित १ विकेट लिए भने १६औं ओभरमा मेडनसहित ३ विकेट लिए ।
विपिनको जिम्मेवारीपूर्ण बलिङ कै कारण ५० ओभरको खेलमा सुदूरपश्चिमले १६ ओभर खेल्दा ५५ रन बनाएर अलआउट हुनपुग्यो । जसमा विजय बोहराको ३ तथा नवीन न्यौपानेकोे २ विकेट महत्वपूर्ण रह्यो ।
सुदूरपश्चिमका ओपनर विक्रम बोहोराले २१ बलमा पाँच चौकासहित २१ रन बनाउनुबाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
यस्तै अविरल बिकले ९, आहन थलालले ५ र हिमाल दुयालले २ तथा सचिन भट्टले १ रन बनाए । सुदूरपश्चिमले १७ अतिरिक्त रन बनाएको थियो ।
५६ रनको झिनो लक्ष्य लिएर जवाफी व्याटिङ थालेको कर्णालीले १८ ओभर ३ बलमा आप्mना ५ विकेट सुरक्षित राख्दै प्रतियोगिताको पहिलो जीतसहित अंक तालिकामा खाता खोल्न सफल भयो ।
कर्णालीका नेत्रविक्रम खत्रीले १५ रन बनाए भने नमनसिंह थापा र भूपेन्द्रजंग शाहीले नटआउट समान ९ रन बनाए । नवीन न्यौपानेले ७ रन बनाउँदा ओपनर कौस्तुभ खड्काले ४ रन बनाए भने कैलाश खड्का र रोशन शाहीले समान १ रन बनाए ।
लगातार दुई हार खेपेको सुदूरपश्चिम भने अंकविहीन छ । यसअघि सोमबार भएको खेलमा सुदूरपश्चिम कोशी प्रदेशसँग ७ विकेटले पराजित भएको थियो ।
दोश्रो दिनको खेल सकिंदासम्म एक एक खेल खेलेर समान दुई दुई अंक जोडेकामध्ये कोशी पहिलो र मधेश दोश्रो स्थानमा रहँदा दोश्रो खेलबाट खाता खोलेको कर्णाली तेश्रो क्रममा रहेको छ ।
प्रतियोगिता अन्तर्गत भोलि २१ गते हुने खेलमा कोशी र लुम्विनी भिड्दा बाग्मति र कर्णालीले प्रतिष्पर्धा गर्नेछन् ।
नेपाल क्रिकेट संघ (क्यान) आयोजनामा ३१ गतेसम्म चल्ने प्रतियोगितामा ७ वटै प्रदेशका टोली सहभागी छन् ।
आईपीएलको फाइनल खेलमा आरसिबी र पन्जाब भिड्दै
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेल आज हुँदै छ। मंगलबार हनुे फाइनलमा रोयल च्यालेन्जर बंगलोरु (आरसिबी)र पन्जाब किङ्सका भिड्दै छन् । यो खेल मंगलबार साँझ ७ः४५ बजे अहमदाबादको नरेन्द्र मोदी रङ्गशालामा हुनेछ।
यसअघि यी दुई टोली चार पटक फाइनल प्रवेश गरेका भएतापनि उपाधि हासिल गरेको छैनन् ।
विश्वकप लिग– २ मा नेपालको स्कटल्याण्डविरुद्ध ऐतिहासिक जित
काठमाडौं । आईसीसी विश्वकप लिग(२ क्रिकेट अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई पराजित गरेको छ । स्कटल्याण्डमाले २९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो ।
नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए ।
ओपनर कुशल भुर्तेलले ५३, गुल्शन झाले ४२, भीम सार्कीले ४०, कप्तान रोहित पौडेलले ३७ र आसिफ शेखले २० रनको योगदान दिए । बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए ।
स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
प्रथम यू–१६ राष्ट्रिय क्रिकेट : सुदूरपश्चिममाथि कोशीको पहिलो जित
सुर्खेत । नेपाल क्रिकेट संघका पूर्व वरिष्ठ उपाध्यक्ष स्व तारिणीविक्रम (टीबी) शाहको स्मृतिमा पहिलो पटक आयोजना भएको १६ वर्षमुनीको राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले सुदूरपश्चिमेली टोलीलाई हराउँदै पहिलो जितको रेकर्ड बनाएको छ ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर रंगशालामा भएको उदघाटन खेलमा सुदूरपश्चिममाथि सात विकेटको फराकिलो जित निकाल्दै कोशीले पहिलो प्रतियोगिताको पहिलो खेलमै पहिलो जित निकाल्दै रेकर्ड बनाएको हो ।
टस जितेर फिल्डिंग रोजेको कोशीले बलिंग र फिल्डिंग दुबैमा नियन्त्रण राख्दै सुदूरपश्चिमेली टोलीलाई जम्मा १८ ओभर ३ बलमा अलआउट गराउँदासम्म १९ रन अतिरिक्तसहित जम्मा १ सय १ रन जोड्ने मौका दियो ।
सुदूरका लागि २२ बलको सामना गरेका अविरल विकले चार चौकासहित २८ रनको योगदान दिंदा विक्रम बोहोराले ३० बलमा उत्तिकै बाउण्ड्रीसहित २० रन जोडे । अन्य कुनै ब्याटरले दोहोरो अंकको आँकडा छुन नसक्दा कोशीले सजिलो लक्ष्य पायो ।
कोशीका लागि निकै किफायति र प्रभावकारी सावित भएका राजीव महतोले ५ ओभर ३ बलमा ३ दशमलव ८२ को औषतमा २१ रन खर्चिएर ५ विकेट लिए । निकै अनुशासित बलिंग गरेका महतोले २३ डट खेल्दा २ ओभरको मेडन मेन्टेन गरे ।
बलिंग र फिल्डिंगलाई जीतको बलियो आधार बनाएको कोशीका लागि हरेराम सिंहले ३ र सुयोग भट्टराईले १ विकेट लिंदै सुदूरलाई पहिलो जीतबाट विमुख गराए। १ सइ २ रनको सहज लक्ष्यसहित जवाफी ब्याटिंगमा उत्रिएको कोशीको पहिलो जीतमा शिवांश बजगाईँको ३४ रनको पारी महत्वपूर्ण बन्यो ।
२६ बल खेलेका शिवांशले ६ चौका ठोक्दा उनलाई पछ्याएका प्लेयर अफ दि म्याच राजिव महतोले नटआउट ३० रन बटुलेर टिमको जीत सहज बनाए । ५९ रन खेलेका महतोले ५० को औसतमा ४ चौकासहितको व्यक्तिगत स्कोर खडा गरे ।
अहिले घरेलु टोली कर्णाली र पाहुना टोली मधेश प्रदेशबीचको खेल कालुचोक मैदानमा जारी रहेको छ । टस जितेर पहिला ब्याटिंग रोजेको मधेशले निर्धारित ५० ओभरको खेलमा ४७ ओभरसम्ममा सबै विकेट गुमाएर २१४ रन बनाएका हो । मधेसका लागि सलमान अलि मनसुरीले सर्वाधिक ४२ रन बनाए भने त्यस्तै सन्तु मण्डलले २८ रनको योगदान दिए ।
सिहान शान्त थोकरलाई पान अमेरिकन करातेबाट रेफ्रीमा डबल ए लाइसेन्स
काठमाडौं । न्युयोर्क,अमेरिका र कराते प्रशिक्षक तथा रेफ्री सिहान शान्त थोकरले पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स प्राप्त गरेका छन् । उनी पान अमेरिकनबाट रेफ्रीमा दोहोरो ए लाइसेन्स पाउने पहिलो नेपाली बनेका हुन् ।
मे १९ देखि २५ तारिखसम्म मेक्सिको मोन्टेरेमा भएको ‘३८ औ सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप’ कै क्रममा भएको रेफ्री तथा जर्जको परीक्षा पास गर्दै थोकरले यो सफलता पाएका हुन्। मे २४ तारिख शनिबार उनले काता तर्फ ए लाइसेन्स पाएका हुन् । कुमुतेमा उनले यस अगाडि २०२३ मा नै ए लाइसेन्स पाएका थिए ।
पान अमेरिका कराते महासंघ यस क्षेत्रका ३७ वटा राष्ट्र राष्ट्रिय कराते महासंघहरुको छाता संगठन हो। पान अमेरिकन कराते महासंघ विश्व कराते महासंघमा आबद्ध छ ।
पान अमेरिकन कराते महासंघले हरेक वर्ष सिनियर र जुनियर गरी दुई वटा च्याम्पियनसिप आयोजना गर्छ ।
पान अमेरिकन कराते महासंघबाट रेफ्रीमा ए लेबल लाइसेन्स पाउनका लागि राष्ट्रिय रेफ्रीमा दोहोरो ए लाइसेन्स हुनुपर्छ । राष्ट्रिय रेफ्रीमा कातामा तीन र कुमिते पाँच तह पुरा गरे पछि मात्र पान अमेरिकनमा जान पाइन्छ ।
कातामा जर्ज सी, बी र ए लेबल हुन्छ । कुमुतेमा जर्जको सी, बी, ए र रेफ्री बी र ए लेबल हुन्छ। कराते खेलमा जर्जले म्याटको चार कुनामा बसेर खेलमा निर्णय दिन्छन् भने रेफ्रीले खेल खेलाउँछन् ।
कुनै पनि लेबलको लाइसेन्स पाउनका लागि लिखित र प्रयोगात्मक परीक्षा पास गर्नु पर्ने हुन्छ। थोकरले कुमुतेमा पहिला नै ए लाइसेन्स पाएका थिए ।
सिनियर पान अमेरिकन कराते च्याम्पियनसिप हरेक देशको राष्ट्रिय च्याम्पियनले भाग लिन्छन् ।
पान अमेरिकनमा सिनियर तर्फ हरेक तौल समूह पहिलो, दोस्रो र तेस्रो हुनेले विश्व च्याम्पियनसिपमा खेल्न पाउँछन्। यस पटकको विश्व च्याम्पियनसिप इजिप्टको काइरोमा नोभेम्बर २७ देखि ३० सम्म हुँदैछ । थोकरलाई अब विश्व च्याम्पियनसिप खेलाउने बाटो खुलेको छ ।
थोकरले सन २०१९ देखि पान अमेरिकन च्याम्पियनसिपको यात्रा शुरु गरेका हुन् । उनले सन २०१३ मा अमेरिकी कराते महासंघबाट काता र कुमुते दुवै तर्फ दोहोरो ए लाइसेन्स पाएका थिए ।
‘स्कुलमा व्यस्त हुन परेकोले अलिकति ढिलो भयो, तर खुसी छु, करातेमा मेरो मेहनत र निरन्तरताको फल हो।‘पान अमेरिकन रेफ्रीमा दोहोरो लाइसेन्स पाए पछि थोकरले भने, ‘सन२०१९ बाट शुरू गरेको यात्रा करिब ७ वर्ष पछि सफल भए ।’
थोकर अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली हुन् उनले सन २००७ मा अमेरिकाको न्यु योर्कमा कराते स्कुल स्थापना गरेका थिए ।
न्यु योर्कमा स्कुल स्थापना गरेको १७ वर्ष पछाडि उनले गत वर्ष न्यु योर्कमा कराते च्याम्पियनसिपको पनि आयोजना गरेका थिए। थोकरले अब हरेक वर्ष डिसेम्बरमा आइएमए न्यु योर्क कराते च्याम्पियनसिप आयोजना गर्ने घोषणा गरी सकेका छन् ।
आइपिएलमा लखनउविरुद्ध आरसिबीको कीर्तिमानी जित
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ ।
मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।
आरसिबीको कीर्तिमानी जितमा कप्तान जितेश शर्माले विस्फोटक ब्याटिङ गरे । उनले ३३ बलमा अविजित ८५ रन बनाए । त्यसक्रममा जितेशले ८ चौका र ६ छक्का प्रहार गरे । यस्तै, पूर्वकप्तान विराट कोहलीले पनि आक्रामक ब्याटिङ गर्दै ३० बलमा १० चौकासहित ५४ रन जोडे ।
मंयक अग्रवालले २३ बलमा ५ चौकाको सहयोगमा नटआउट ४१ रनको योगदान गरे । कप्तान शर्मा र अग्रवालबीच पाँचौं विकेटका लागि १०७ रनको अविजित साझेदारी भयो, जसले आरसिबीलाई सहज जित दिलायो ।
ओपनर फिल साल्टले १९ बलमा ३० रन बनाउँदा रजत पाटिदार ७ बलमा १४ रनमा आउट भए ।
त्यसअघि भारत रत्न श्री अटल बिहारी वाजपेयी एकना क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय २७ रन बनायो ।
अब आरसिबीले क्वालिफायर वानमा पञ्जाब किंग्सको सामना गर्नेछ । यी दुई टिमबीचको खेल बिहीबार हुनेछ । यस्तै, एलिमिनेटर खेलमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्स आमनेसामने हुने छन् । यी दुई टिमबीचको प्रतिस्पर्धा शुक्रबार हुनेछ ।