मङ्गलबार, ०९ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JSX3F10F24C55E9AWEPDB4RF.jpg

आर्सनल चुक्दा लिभरपुललाई प्रिमियर लिगको उपाधि

काठमाडौं । लिभरपुलले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार टोटेनहम हटस्परलाई ५–१ ले पराजित गरेसँगै लिभरपुलले उपाधि जितेको हो । 

दोस्रो स्थानको आर्सनलको कमजोर प्रदर्शनका कारण लिभरपुललाई अन्तिम ५ खेलबाट मात्र १ अंक आवश्यक थियो ।

टोटेनहमका डोमिनिक सोलाङ्केले खेलको १२ औं मिनेटमा गोल गर्दै लिभरपुलाई दबाबमा पारे । तर त्यो अग्रतालाई‌ जोगाउन टोली असफल रह्यो ।

घरेलु टोलीका लागि लुइस डियाजले १६ औं‌ मिनेटमा बराबरी गोल फर्काए । त्यसको ८ मिनेटपछि एलेक्सिस म्याक एलिस्टरको गोलमा लिभरपुल अगाडि लाग्यो ।

३४ औं मिनेटमा कोडी गाक्पोले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–१ को अग्रता कायम गर्यो । ६३ औं मिनेटमा मोहम्मद सलाहले लिभरपुलको लागि चौथो गोल गरे । 

प्रकाशित मितिः सोमबार, १५ वैशाख २०८२
https://jawaaf.com/storage/01JSX2SH5S6RJSNYK6RE2PCJPP.jpg

म्यानचेस्टर सिटी एफए कपको फाइनलमा

काठमाडौं ।  म्यानचेस्टर सिटी एफए कपको फाइनल पुगेको छ । नटिङ्घम फरेस्टलाई आइतबार २–० ले हराउँदै म्यानचेस्टर सिटी लगातार तेस्रो पटक एफए कपको अन्तिम दुईमा पुगेको हो ।

खेल सुरु भएको दोस्रो मिनेटमा मातेओ कोभासिचले बक्सको किनारामा दिएको पासलाई २० वर्षे रिको लुइसलाई गोलमा परिणत गरे ।

नुनो एस्पिरिटो सान्तोको टोलीले दोस्रो हाफको सुरुवातमा नै बराबरीको अवसर पाएको थियो ।‌ क्यालम हड्सन–ओडोईले बक्समा दिएको पासलाई एन्थोनी एलाङ्गाले गरेको पहिलो प्रहार पोष्टको बाहिर गयो ।

त्यसको केही क्षणमै सिटीले अन्तर दोब्बर पार्यो । ५औं मिनेटमा ओमार मारमसको कर्नरबाट जोस्को ग्वार्डिओलले हेडरमार्फत गोल गरे ।

निराशाजनक सिजनलाई सफलताका साथ अन्त्य गर्ने लक्ष्यसहित सिटी आठौं पटक प्रसिद्ध एफए कप ट्रफी उठाउने आशामा छ । वेम्बलीमा मे १७ मा सिटीले क्रिस्टल प्यालेससँग फाइनल खेल्नेछ ।

प्रकाशित मितिः सोमबार, १५ वैशाख २०८२
https://jawaaf.com/storage/01JSX2D00KV1KMERH5TH1C923H.jpg

आरसिबीको शानदार जित, दिल्लीलाई हराउँदै तालिकाको शिर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बंग्लोर (आरसिबी) ले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा स्थान बनाएको छ । क्रुनाल पाण्डेको उत्कृष्ट अलराउण्ड प्रदर्शन आरसिबीको जितमा निर्णायक रह्यो ।

दिल्लीले प्रस्तुत गरेको १६३ रनको लक्ष्य आरसिबीले १८.३ ओभरमै चार विकेट गुमाएर सहजै पूरा ग¥यो । टिमको जितमा क्रुनाल पाण्डेले अविजित ७३ रनको महत्वपूर्ण योगदान दिए । ४७ बलको आफ्नो पारीमा उनले विराट कोहलीसँग मिलेर चौथो विकेटका लागि ११९ रनको साझेदारी गरेका थिए । कोहलीले पनि ४७ बलमा ५१ रन जोडे । अन्त्यतिर टिम डेभिडले मात्र ५ बलमा १९ रन जोडेर लक्ष्यमा सहजता थपे ।

त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६२ रन बनायो । केएल राहुलले सबैभन्दा बढी ४१ रन बनाउँदा, ट्रिस्टियन स्टब्सले १८ बलमा ३४ रनको आक्रामक पारी खेले ।

बलिङतर्फ आरसिबीका भुवनेश्वर कुमारले तीन विकेट लिए भने जोस हजेलउडले दुई विकेट निकाले । 

यो जितसँगै आरसिबीले १० खेलबाट १४ अंक बनाउँदै तालिकाको शिर्ष स्थानमा स्थान बनाएको छ। ९ खेल खेलेको दिल्ली भने १२ अंकका साथ चौथो स्थानमा छ ।

प्रकाशित मितिः सोमबार, १५ वैशाख २०८२
https://jawaaf.com/storage/01JSPKW694MFHMXMJCJ1PYKRD8.jpg

नेपाल सुपर लिगको उपाधिका लागि शनिबार ललितपुर र पोखरा भिड्दै

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५को तेस्रो संस्करणको उपाधिका लागि शनिबार ललितपुर सिटी र पोखरा थन्डर्स एफसी भिड्दै छन् ।

रोमाञ्चक फाइनलमा अपराजित रहँदै फाइनलमा पुगेको ललितपुर सिटीले उपाधिका लागि शनिबार साँझ दशरथ रंशगालामा पोखरा थन्डर्स एफसीसँग प्रतिस्पर्धा गर्दैछ । 

साविक विजेता ललितपुर सिटी र एफसीले पोखरा थन्डर्ससँग उपाधिका लागि भिड्नेछन् । पोखराका लागि यो पहिलो फाइनल हो भने ललितपुर दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ ।

यस्तोमा पोखराले पहिलो पटक फाइनल पुगेर उपाधि जित्ने लक्ष्य लिएको छ । पोखराका प्रशिक्षक सुमन श्रेष्ठले फाइनलका लागि तयार भएको र राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास गरे । उनले भने, ‘हाम्रो टोलीले राम्रो रणनीति बनाएर उपाधि जित्ने विश्वास लिएका छौं ।  फाइनलका लागि हाम्रो टोलीको राम्रो तयारी छ । सुरुवाती दुई खेलमा पराजित भए पनि पछिल्ला खेलको लयलाई कामय राखेर हामी उपाधि जित्नेमा आशावादी छौं ।’

पोखराका कप्तान नवयुग श्रेष्ठले ललितपुरविरूद्ध प्रतिस्पर्धात्मक खेल हुने र व्यक्तिगत रुपमा अर्थपूर्ण खेल हुने बताए । 

ललितपुरका प्रशिक्षक साइमन ग्रेसनले पहिलो क्वालिफायर जितेपछि एक साताको तयारी गर्न पाएको र रेस्ट पनि राम्रो भएकाले उपाधि जित्ने विश्वास गरे । उनले आफूहरु आत्मविश्वासी रहेको पनि बताए ।

ललितपुरका कप्तान अनन्त तामाङले पनि क्वालिफायरपछि एक साताको समय पाएकाले फाइनलका लागि राम्रो तयारी गर्न पाएको बताए ।

ललितपुरले पहिलो क्वालिफायरमा र पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

प्रकाशित मितिः शुक्रबार, १२ वैशाख २०८२
https://jawaaf.com/storage/01JSK20RMFVDY21VW7W5B5RQWH.jpg

आर्सनल रोकिँदा लिभरपुल उपाधिको नजिक

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा आर्सनल बराबरीमा रोकिएपछि लिभरपुल उपाधिको झनै नजिक पुगेको छ ।

घरेलु मैदानमा बुधबार भएको खेलमा आर्सनललाई क्रिस्टल प्यालेससँग २–२ को बराबरीमा रोकिएको हो । लिभरपुललाई उपाधिबाट केवल १ अंक टाढा छ ।

इमिरेट्स स्टेडियममा प्यालेसले जित निकालेको भए लिभरपुलले बल नछोईकनै आफ्नो २०औं प्रिमियर लिग उपाधि जित्ने थियो । तर अब लिभरपुलले आइतबार टोटनहम हट्सपरसँग नहार्ने हो भने उपाधि पक्का गर्न सक्छ ।

प्यालेसले कुनै पनि समय अग्रता लिन सकेन ।‌ यद्दपी टोलीले जुझारु प्रदर्शन गर्यो । आर्सनलले दुई पटकको अग्रतालाई जोगाउन सकेन ।

तेस्रो मिनेटमा याकुब किभिओरको गोलमा आर्सनलले अग्रता लिएपनि एबेरेचि एजेले २७ औं‌ मिनेटमा उत्कृष्ट गोल गर्दै खेल बराबरीमा ल्याए ।

त्यसपछि ४२ औं मिनेटमा लेयाण्ड्रो ट्रोसार्दको गोल गरेपछि आर्सनलले पहिलो हाफमा २–१ को अग्रता बनायो ।

८३ औं मिनेटमा प्यालेसका परिवर्तित खेलाडी जीन–फिलिप माटेटाले बराबरी गोल गरे। आर्सनलका विलियम सालिबाको गल्तीमा माटेटाले बल‌ पाए त्यसमा गन‌ मौका चुकाएनन् ।

यो बराबरीपछि ६७ अंकमा रहेको आर्सनल लिभरपुल १२ अंक पछाडि छ । प्यालेस भने १२औँ स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, ११ वैशाख २०८२
https://jawaaf.com/storage/01JSJT5C0S76TEXAPVSR9KMFCH.jpg

आईपीएल मुम्बईको लगातार चौथो जित

काठमाडौं  । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ । मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादालाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो ।

हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए । 

मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने ।दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। मुम्बईको ९ खेलमा १० अङ्क छ ।

यो जितसँगै मुम्बई इन्डियन्स अङ्क तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । यसैगरी हैदरावाद ९ खेलमा ४ अङ्क सहित नवौँ स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, ११ वैशाख २०८२
https://jawaaf.com/storage/01JSE0CRZH7FNTCGK8M621YGP5.jpg

चर्चित फुटबलर रोबर्टो कार्लोस नेपालमा

काठमाडौं । ब्राजिलका चर्चित फुटबलर रोबर्टो कार्लोस नेपाल आइपुगेका छन् । कार्लोस दशरथ रंगशालामा जारी नेपाल सुपर लिग (एनएसएल) को खेल हेर्नका लागि उनी मंगलबार नेपाल आएका हुन् । 

एनएसएलको आयोजक नेपाल स्पोट्र्स म्यानेजमेन्ट एण्ड इभेन्ट कम्पनीले उनलाई नेपाल ल्याएको हो । उनले आज धनगढी एफसी र पोखरा थान्डर्सबीचको दोस्रो क्वालिफायर खेल हेर्ने छन् ।

सन् २००२ मा ब्राजिलले विश्व कप जित्दा कार्लाेस प्रमुख खेलाडी थिए । कार्लाेसले १ सय २५ अन्तर्राष्ट्रिय खेलमा ११ गोल गरेका छन् भने क्लबबाट ७५६ खेलमा ९७ गोल गरेका छन् । 
रयल म्याड्रिड र ब्राजिलियन राष्ट्रिय टोलीका पूर्व खेलाडी समेत रहिसकेका कार्लोस फुटबल इतिहासका सबैभन्दा प्रशंसित डिफेन्डरमध्ये एक हुन् । उनले ब्राजिलबाट सन् १९९२ देखि २००६ सम्म खेलेका थिए ।

प्रकाशित मितिः मङ्गलबार, ०९ वैशाख २०८२
https://jawaaf.com/storage/01JS3DPPZPZ026QH65N4M6JEE1.jpg

म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा

काठमाडौं । म्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमिफाइनलमा पुगेको छ । क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार लियोनलाई ५–४ ले हराएपछि समग्रमा ७–६ को अग्रतासहित युनाइटेड अन्तिम चारमा पुगेको हो । पहिलो लेगमा २–२ को बराबरी भएको थियो ।

ओल्ड ट्राफोर्डमा निर्धारित समय २–२ को बराबरीमा टुंगिएपछि थप समय ५ गोल भएको थियो ।

निर्धारित समयमा २–० को अग्रता जोगाउन नसकेको युनाइटेड थप समयमा २ गोलले पछि परेको थियो । त्यसमा पनि पुनरागमन गर्दै युनाइटेडले अविश्वसनीय जित दर्ता गर्यो । ह्यारी म्याग्वायरले कासेमिरोको क्रसमा हेड गर्दै अन्तिम मिनेटमा निर्णायक गोल गरे ।

त्यस अघि म्यानुएल उगार्टे, डिएगो डालोट, ब्रुनो फर्नान्डेज र कोबी मैनूले त्यस अघि गोल गरेका थिए ।

लियोनका कोरेंटिन टेलिसो, निकोलस ट्यागलियाफिको, रेयान चेर्की र एलेक्जेन्डर लाकाजेट्टीले गोल गरे । ७१ औं मिनेटमा गोल गरेका टेलियो ८९ मिनेटमा दोहोरो पहेंलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लियोन दबाबमा परेको थियो ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS39YSCK4F3G8VCH6VDS82F3.jpg

आईपीएलमा मुम्बईको लगातार दोस्रो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा कमजोर सुरुवात गरेको मुम्बई इन्डियन्सले लगातार दोस्रो जित हात पारेको छ । बिहीबार भएको खेलमा मुम्बईले सनराइजर्स हैदरावादलाई ४ विकेटले हराएको हो ।

सुरुमा ब्याटिङ गरेको हैदरावादले मुम्बईलाई एक सय ६३ रनको लक्ष्य दिएको थियो । मुम्बईले ११ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा १६६ रन बनाउँदै लक्ष्य पूरा गरेको हो ।

मुम्बईका लागि रेन रिकेल्टनले ३१, रोहित शर्माले २६, विल ज्याक्सले ३६ तथा सूर्य कुमार यादवले २६ रन जोडे । तिलक बर्मा २१ रनमा अविजित रहे ।

मुम्बईलाई जित दिलाउनका लागि कप्तान हार्दिक पाण्डेको विष्फोटक ब्याटिङ उपयोगी बन्यो । पाण्डेले ९ बलमा २१ रन जोडे । उनको पारीमा ३ चौका र १ छक्का समावेश थियो । हैदरावादका प्याट कुमिन्सले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए ।

यस अघि वाङखडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६२ रन बनाएको हो ।

उसका लागि अभिषेक शर्माले ४० रन बनाए । २८ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे। त्यस्तै हेनरिक क्लासेनले ३७, ट्रेभिस हेडले २८, नितिशकुमार रेड्डीले १९ र अनिकेत बर्माले अविजित १८ रन बनाए ।

जितपछि मुम्बई ६ अङ्क सहित सातौँ स्थानमा उक्लिएको छ । हैदरावाद ४ अङ्क सहित नवौँ स्थानमा छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS132HT9FRCEAJTE9JA6V017.jpg

आईपीएल क्रिकेटमा आज मुम्बइ र हैदराबाद खेल्दै

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बइ इन्डियन्स र सनराइजर्स हैदराबाद भिड्दैछन् ।  मुम्बईको वान्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । 

जारी प्रतियोगितामा अहिलेसम्म ६ खेल खेलेको मुम्बई २ मा जीत र ४ मा हारसहित ४ अङ्कका साथ सातौं स्थानमा छ । समान खेलमा समान अङ्क रहेको हैदराबाद रनरेटका आधारमा तालिकाको नवौं स्थानमा छ ।

प्रकाशित मितिः बिहिबार, ०४ वैशाख २०८२