शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K8NA1ZGV94JD3TS8TMF8DXP0.avif

‘नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस्’ - मन्त्री कुलमान घिसिङको आह्वान

नयाँ दिल्ली । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्य जस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् ।

नेपालको स्वच्छ ऊर्जाको यात्रा नयाँ युगतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडमा पुगेको उल्लेख गर्दै मन्त्री घिसिङले आह्वान गरेका हुन् ।

उनले भने, ‘जलविद्युत्को अपार सम्भावना, बढ्दो सौर्य ऊर्जा क्षमता र विस्तार हुँदै गएको अन्तरदेशीय प्रसारण लाइन तथा ऊर्जा सम्बन्धका साथ हामीसँग क्षेत्रलाई दिगो रूपमा ऊर्जायुक्त बनाउन सक्ने सम्भावना छ, म हाम्रा मित्र राष्ट्रहरू र साझेदारहरूलाई निम्तो दिन्छु-नेपालमा लगानी गर्नुहोस्, नवीकरणीय ऊर्जामा लगानी गर्नुहोस् र सबैका लागि उज्यालो र हरित भविष्यको हिस्सा बन्नुहोस् ।’

नेपालको जलविद्युत् यस क्षेत्रको लचिलो तथा स्थिर ग्रिडका लागि महत्वपूर्ण स्रोत रहेको उनले उल्लेख गरे ।

जलविद्युत् उत्पादन देशको विकासलाई मात्र नभई दक्षिण एशियाकै स्वच्छ तथा हरित ऊर्जा प्रमुख निर्यातकर्ता बन्ने नेपालको भिजन रहेको उल्लेख गर्दै घिसिङले सन् २०३५ सम्ममा १५ हजार मेगावाट नवीकरणीय ऊर्जा निर्यातको लक्ष्यसहित नेपाल र भारतले संयुक्त रूपमा उच्च क्षमताका प्रसारण लाइन पूर्वाधार पहिचान गरी निर्माणका काम भइरहेको बताए ।

झण्डै ८३ हजार मेगावाट जलविद्युत् सम्भावना र करिब ४२ हजार मेगावाट पम्प स्टोरेज जलविद्युत् सम्भावनाले सम्पन्न ऊर्जाका स्रोत स्वच्छ, नवीकरणीय र नेपालका छिमेकी देशहरूको सौर्य तथा वायु ऊर्जासँग उत्कृष्ट रूपमा परिपूरक रहेको उनले उल्लेख गरे ।

उहाँले क्षेत्रीय र विश्वव्यापी रूपमा ग्रिड विकसित हुँदै जाँदा अन्तरआवद्ध प्रसारण सञ्जालले विभिन्न क्षेत्रहरूबिच नवीकरणीय ऊर्जा प्रवाह सम्भव बनाउँदै विद्युत् माग र आपूर्तिको सन्तुलन कायम गर्ने, लागत घटाउने र पहुँच विस्तार गर्ने बताए  ।

‘यो दृष्टि एक सूर्य, एक विश्व, एक ग्रिड अवधारणासँग पूर्ण रूपमा मेल खान्छ, जहाँ स्वच्छ ऊर्जा सीमाना नाघेर सहज र दिगो रूपमा प्रवाहित हुन्छ, यस दृष्टिलाई वास्तविकता बदल्न क्षेत्रीय देशहरूले एकीकृत विद्युत् बजारतर्फ अघि बढ्नुपर्छ,’उनले भने ।

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8N3P0PH8M12QFQPJ0SMCYMZ.jpg

विप्लव नेतृत्वको ‘कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा दियो निवेदन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको कम्युनिस्ट पार्टी नेपाल’ ले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । आज दिउँसो आयोगमा पुगेर उनी नेतृत्वको पार्टिले दल दर्ताका लागि निवेदन दिएको हो ।

प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा आयोग पुगेका नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राख्न प्रस्ताव गरेका छन् । सोही क्रममा प्रकाण्डले निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया जसरी सुरु भयो यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधान र परिवर्तनमा विशेष स्थान राख्ने बताए ।

उनले भने, ‘आज हामीले जसरी निर्वाचन आयोगमा पार्टीलाई दर्ता गर्ने प्रक्रिया सुरु गर्यौ त्यसले आगामी दिनमा देशको अगाडि भएका विद्यमान समस्या समाधानको लागि र देशको अगाडि भएको अवसरलाई वास्तविकतामा परिवर्तन गर्नको लागि पनि नेपाल कम्युनिष्ट पार्टीले लिएको कदम र चुनावमा प्रवेशको कुराले विशेष स्थान राख्ने छ ।’

यस्तै, उनले नेपालको राजनीतिमा सबैभन्दा प्रजातान्त्रिक र जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न, फैसला गर्न पाउने एउटा विधि भनेको निर्वाचनको विधि भएको भन्दै पार्टीले पनि सोही विधि अनुसार अगाडि बढ्ने तयारी गरेको बताए । 

उनले भने, ‘नेपालको राजनीतिमा एउटा नयाँ नीति अगाडि सारेर हामीले जनताको अधिकार र मुद्धाको कुरालाई जनताले आफै फैसला गर्ने एउटा सबैभन्दा प्रजातान्त्रिक विधि र त्यो विधिमा जनतालाई कुनै अवरोधबिना प्रवेश गर्न पाउने र फैसला गर्न पाउने एउटा विधि भनेको निर्वाचनको विधि हो । सोही कारण हाम्रो पार्टीलाई पनि निर्वाचन आयोगमा दर्ता गराउन लागिएको हो ।’

जेनजी आन्दोलनपछि बनेको सरकारका अगाडि ठूला ठूला चुनौती र प्रश्नहरु रहेको भन्द त्यसको समाधान गर्न पनि राष्ट्रिय राजनीतिमा नयाँ छलफल जरुरी रहेको उनको भनाई छ । 

सोही क्रममा निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले पनि कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी भएको बताए ।  

उनले भने, ‘कम्युनिष्ट पार्टी नेपाल भनेर दर्ता हुन आएको सायद यो पहिलो पार्टी होला ।’

यसको साथै, उनले निर्वाचनको व्यवस्थापन, कार्यान्वयन गर्ने प्रक्रिया अहिलेको अवस्थामा कठिन भएको भन्दै निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको बताए । 

सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्ने पनि उनको भनाई छ । 

उनले भने, ‘चुनावको लागि हामीलाई कति तनाव हुन्छ । निर्वाचनको व्यवस्थापनको प्रक्रिया हुन्छ । यसलाई कार्यान्वयन गर्ने प्रक्रिया हुन्छ सानोभन्दा सानो कुराले पनि निर्वाचन विथोलिन सक्छ । निर्वाचन आयोग अहिलेको अवस्थामा बढो सचेतताका साथ काम गरिरहेको छ ।’

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8MYB49DRSP2RZT4GZYG7H98.jpg

बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपाउन अनुरोध

काठमाडौं ।  बंगालको खाडीमा शक्तिशाली आँधी ‘मोन्था’ चक्रवात सक्रिय भएको छ । भारतको मौसम विज्ञान विभागले आँधीको प्रभावका कारण आन्ध्रप्रदेशका तटीय जिल्ला तथा दक्षिण ओडिशामा बिहानैदेखि भारी वर्षा सुरु भएको जनाएको छ ।

ओडिशाको गञ्जाम जिल्लामा समुद्र उग्र बनेको छ भने तीव्र हावा र वर्षा भइरहेको छ । आन्ध्रप्रदेशको विजयवाडामा पनि आँधीको प्रभावस्वरूप वर्षा परेको छ । यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।

मौसम विभागका अनुसार आगामी तीन घण्टाभित्र चेन्नई, काञ्चीपुरम, कन्याकुमारी, रानीपेट, तेनकासी, थिरुवल्लुर, थूथुक्कुडी, तिरुनेलवेली, तिरुपथुर, तिरुवन्नामलै, भेल्लोर, विलुपुरम र विरुधुनगरमा मध्यम वर्षासँगै हल्का गड्यौला र मेघगर्जन हुन सक्ने सम्भावना छ ।

आईएमडी हैदराबादका अधिकारी जी.एन.आर.एस. श्रीनिवास रावका अनुसार, ‘आँधी आज साँझ वा राति माछिलीपट्टनम र कलिङ्गपट्टनमबीच काकिनाडा आसपासको क्षेत्रमा स्थलगत हुने अपेक्षा छ । आन्ध्रप्रदेशका अधिकांश जिल्लामा अत्यधिक वर्षा र तीव्र हावाहुरी चल्ने सम्भावना छ,’ उनले भने ।

उनका अनुसार, पेड्दापल्ली, जयशंकर भूपालपल्ली र मुलुगु जिल्लामा नारंगी सतर्कता (इचबलनभ ब्भिचत) जारी गरिएको छ भने बाँकी उत्तर–पूर्वी जिल्लामा पहेंलो सतर्कता (थ्भिियध ब्भिचत) जारी छ ।

ओडिशाको आर्यापल्ली मरीन प्रहरी चौकीकी इञ्चार्ज बिद्याभारती नायकका अनुसार, आँधीका कारण आन्ध्रप्रदेशबाट आएका माछा मार्ने डुङ्गाहरू बन्दरगाहमा अड्किएका छन् । उनले भनिन्, ‘हाम्रा जिल्ला अधिकारीको आदेश अनुसार ३० वटा डुङ्गालाई गोपालपुर बन्दरगाहमा सुरक्षित राखिएको छ, र आँधी सकिएपछि मात्र तिनीहरू फर्कनेछन् ।’

आँधी नजिकिँदै गएपछि आन्ध्रप्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले तटीय क्षेत्रका जनजीवन सुरक्षाका लागि तत्काल कदम चाल्न निर्देशन दिएका छन् । उनले जिल्लास्तरीय प्रमुख र प्रहरी प्रमुखहरूलाई जोखिमपूर्ण तटीय बस्तीका बासिन्दालाई ढिलाइ नगरी राहत केन्द्रमा सार्न आदेश दिएका छन् । एएनआई

प्रकाशित मितिः मङ्गलबार, ११ कात्तिक २०८२
https://jawaaf.com/storage/01K8FBVYPANZCRPKP4YXS7T6DC.jpg

सिँचाइका १२ रुग्ण ठेक्का तोडियो, सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया अघि बढ्यो

ठेक्का सम्झौता गरी काम नगरेर वर्षोँदेखि अलपत्र पारिएका सिँचाइतर्फका १२ रुग्ण ठेक्का तोडिएको छ । साविकको जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नं २ जलेश्वर महोत्तरी अन्तर्गतका १२ रुग्ण ठेक्का तोडिएको छ । बबई सिँचाइ आयोजनाका ६ रुग्ण ठेक्का तोड्न ३० असोजमा १५ दिने सार्वजनिक सूचना प्रकाशित भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।  सोही बमोजिम ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो ।

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, जनकपुरधामले आइतवार सार्वजनिक सूचनामार्फत १६ जेठ २०८१ र १ साउन २०८१मा ठेक्का अन्त्य गर्ने आशयको सूचना दिइएपनि निर्माण व्यवसायीबाट सम्झौता बमोजिम काम सम्पन्न नगरी निर्माण अलपत्र पारेकाले ठेक्का अन्त्य गरिएको जनाएको छ ।

कार्यालयबाट पटक पटकको अनुरोध तथा सार्वजनिक सूचना जारी गर्दासमेत काम गर्न कुनै ध्यान नदिइएको हुँदा सम्झौतामा उल्लिखित प्रावधानअनुसार कार्यसम्पादन जमानत जफत गर्ने कारबाही अगाडि बढिसकेको जनाएको छ । साथै, सार्वजनिक खरिद कानुनको व्यवस्था बमोजिम अन्य आवश्यक कारबाही अगाडि बढाउन हालसम्म गरिएको कामको नापजाँच एवम्  बाँकी कामको मूल्याङ्कन गर्न १५ दिनभित्र सम्पन्न गर्न जानकारी गराइएको छ ।

रद्द गरिएका ठेक्का आर्थिक वर्ष २०६८/६९, २०६९/७०, २०७३/७४ र २०७४/०७५ मा गरिएका थिए ।

सडकका थप ४० ठेक्का तोड्ने प्रक्रिया सुरु

सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षोँदेखि अलपत्र पारिएका थप ४० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ । सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय तुम्लिङ्टार, इलाम, हेटौँडा र नेपालगन्जले आइतवार आफू मातहत रुग्ण अवस्थामा रहेका ४० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन् ।

तुम्लिङ्टारले १७, इलामले १२, हेटौंडाले ७ र नेपालगञ्जले ४ ठेक्का गरी ४० ठेक्का ठेक्का किन नतोड्ने ? भन्दै आइतवार सार्वजनिक सूचना जारी गरेका छन् । विभिन्न सडक डिभिजन कार्यालयले यस अघि रुग्ण रहेका ६८ ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइसकेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए ।

ठेक्का तथा योजनाको पटक-पटक म्याद थप भई तोकिएको अवधिमासमेत निर्माण कार्य सम्पन्न गर्नेतर्फ चासो नदेखाई निर्माण कार्य अधुरो तथा अलपत्र परी निर्माण व्यवसायी लामो समयदेखि कार्यस्थलमा भौतिक रूपमा उपस्थित नभएर आधारभूत  रूपमा ठेक्का उल्लङ्घन गरेको उल्लेख गरिएको छ ।

विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदा समेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाई ठेक्का सम्झौता उल्लङ्घन  गरिएको जनाइएको छ ।

सूचना प्रकाशित भएको १५ दिनभित्र काम सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका, स्रोत साधन परिचालनको भरपर्दो योजना, कार्य सम्पन्न गर्ने प्रतिबद्धता र ठेक्का नतोड्ने कुनै मनासिब कारण भए सत्य-तथ्य प्रमाण राखी स्पष्टीकरणसहित आधिकारिक व्यक्ति कार्यालयमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ ।

उक्त अवधिमा काम सुरु गर्ने तदारुकता नदेखाएमा सार्वजनिक खरिद कानूनमा भएको व्यवस्था बमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालो सूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटी बापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुको साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकी सरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने उल्लेख गरिएको छ ।

प्रकाशित मितिः आइतबार, ०९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K87TVYFK49MDK2CXEHYXT762.jpeg

फलफूल खेतीमा रमाएको घिमिरे दम्पती

रामेछाप । रामेछाप नगरपालिका–८ बाबियाखर्कका प्रह्लाद घिमिरेका दम्पती अहिले फलफूल खेतीमा रमाएका छन् । 

सरकारी सेवाबाट निवृत्त भएपछि घिमिरेले बाँझो बस्न लागेको आफ्नो जग्गामा विभिन्न जातको फलफूलका बिरुवा लगाएर हराभरा बनाएका छन् । 

घिमिरे दम्पतीले आफ्नो सबै जग्गामा अहिले फलफूल खेती सुरु गरेका छन् । रमणीय बगैँचा बनाएका छन् । 

बगैँचामा केरा, आँप, लिची, जुनार, सुन्तला, निबुवा, आँटी, अम्बा लगायतका बिरुवाहरू लगाएको शान्ता घिमिरेले बताइन् । लगाइएका मध्ये केही बिरुवाले फल दिन लागेका र केही हुर्कने क्रममा रहेका उनले जनकारी दिइन् । 

बिरुवा साना हुँदासम्म बिचमा मकै बाली पनि लगाउने गरेको बताउँदै उनले बिरुवा हुर्किएपछि भने फलफूलको मात्र बगैँचा बनाउने योजना सुनाइन् । 

३ सय ६५ झाङ केरा लगाउँदा दिनको एक घरी केरा पाक्छ भन्ने पुर्खाहरूको भनाइ रहेको बताउँदै सोही अनुसार आफूले ३ सय ६५ झाङ केरा लगाएको प्रह्लाद घिमिरेले बताए । अब कम्तीमा दिनमा एक घरी केरा बिक्री गर्न सकिने उनले सुनाए । अघिल्लो वर्ष लगाएको केरा यस वर्षबाट पसाउन लागेको उनले सुनाए । 

घिमिरेले आफ्नो १५ रोपनी जग्गामा ३ सय बोट आँप, २ सय बोट लिची, निबुवा, कागती, सुन्तला, जुनार, मरीच, ल्वाङका बिरुवा लगाएका छन् । 

त्यस्तै १० रोपनी जमिनमा मर्चमाने, मालभोग, झप्री, घ्यू लगायतका विभिन्न जातका केरा लगाएका छन् । 

वरिपरिका जमिन बाँझै बस्दा घिमिरे दम्पतीले बनाएको यो बगैँचले गरे के हुँदैन भन्ने उदाहरण दिएको छ । मिहिनेत अनुसार बिरुवाहरू राम्रो फस्टाएका उनीहरूले बताए । ‘बिरुवाहरू राम्रो सप्रिएका छन्, यसरी सप्रिएको देख्दा गरे के हुँदैन र भन्ने लागेको छ’, प्रह्लाद घिमिरेले भने ।

प्रकाशित मितिः बिहिबार, ०६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K85606S21X5W2MWEXQYV23CK.jpeg

सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी

काठमाडौँ । सरकारले नेपाली नोटमा नेपाल संवत् उल्लेख गर्ने तयारी अघिबढाउने भएको छ । बुधवार नेपाल संवत् ११४६ को अवसरमा भक्तपुरको मध्यपुरथिमीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले यसबारे जानकारी गराएकी हुन् । उनले सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएकीछिन् ।

‘नेपाल राष्ट्र बैँकद्वारा निष्काशन गरिने नोटमा नेपाल संवत् उल्लेख गर्ने विषयमा सम्बन्धित पक्षसँग परामर्श गरी प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु,’  उनले भनिन ।

नेपाल संवत् लाई नेपाली नोटमा समावेश गराइने शंखधरलाई वि. सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो भने २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवत् लाई राष्ट्रिय संवत् घोषणा गरिएका थियो । प्रधानमन्त्री कार्कीले साःख्वाको उक्त निर्णय ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने त्यो ऐतिहासिक भएको  बताउँदै सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई प्रेरणा मिल्ने बताइन् ।

‘आज भन्दा ११४६ वर्षअघि, राजा राघवदेवको शासनकालमा उहाँले गरिबी ऋणमा डुबेका नागरिकहरूको ऋणमोचन गरी ऋणको भारबाट पीडित जनतालाई मुक्त गर्ने ऐतिहासिक निर्णय लिनुभयो । यो दिन नै नेपाल संवत् को शुभारम्भको आधार हो,’ उनले भनिन  ।

प्रकाशित मितिः बुधबार, ०५ कात्तिक २०८२
https://jawaaf.com/storage/01K835JDAQA1TC27W37RKY7Y42.jpeg

प्रधानमन्त्री कार्कीले गरिन् जेनजी आन्दोलका घाइतेहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको हो ।

घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन् । भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।

घाइते रुपिन खड्काको नेतृत्वमा आएको १८ जनाको समूहले क्रान्तिबाट आएको सरकारले क्रान्तिकारी कदम चाल्नुपर्ने बताए ।

घाइतेहरूका तर्फबाट खड्काले भने, ‘जसका विरुद्ध हामीले आन्दोलन गरेका थियौँ, तिनीहरूलाई तत्काल पक्राउ गर्न केले छेकेको छ? नियमले छेक्यो कि कानुन र संविधानले छेक्यो कि ? जहाँ बाधा छ, त्यहीँबाट फुकाउनु सुरु गरौँ ।’

गृहमन्त्री ओमप्रकाश अर्यालले भ्रष्टाचार र आन्दोलनमा भएको दमनबारे छानबिनमा भएको प्रगतिबारे अवगत गराए ।  

‘तपाईँ चुनाव चुनाव मात्र भनिरहनुभएको छ । के ०८४ को चुनाव ०८२ मा सार्न मात्र यो सरकार आएको हो?’ घाइते प्रतिनिधिहरूको भनाइ थियो ।

छलफलमा प्रधानमन्त्री कार्की, गृहमन्त्री अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङ, शिक्षामन्त्री महावीर पुन, सञ्चारमन्त्री जगदीश खरेलको पनि सहभागिता थियो ।

प्रधानमन्त्री कार्कीले भनिन्, ‘हामी जेनजी आन्दोलनको मर्मभन्दा बाहिर जाँदैनौँ । प्रक्रियासम्मत ढंगले कानुनी रुपमा तल नपर्ने गरी हामी काम गर्छौँ । हामीलाई दिइएको म्यान्डेटअनुसार चल्छौँ । चुनाव पनि हुन्छ, भ्रष्टाचारको अनुसन्धान पनि हुन्छ। राज्यका स्थापित निकायले तीव्र गतिका साथ भ्रष्टाचारको छानबिन गरिरहेका छन् । आआफ्नो ठाउँबाट काम भइरहेको छ । तपाईँहरु बोल्न नछाड्नुहोस्। हामीलाई दबाब दिन पनि नछाड्नुहोस्। हेर्नुहोला, अब नतिजा आउँछ । छानबिनमा परेपछि बाहिर कसले केके बोलिरहेका छन्, सुन्नुभएकै होला ।’

घाइतेहरूले कतिपय आरोपित व्यक्ति भाग्न खोजेको र अकुत सम्पत्ति लुकाउन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

गृहमन्त्री अर्यालले भाग्न खोजेकाहरू, लुकेकाहरू पनि भाग्न नसक्ने अवस्था आएपछि ‘नेपालमै छु’ भनेर देखापर्न थालेको बताए ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K828Z321J5H5342DZBD5K6DX.jpg

विद्युत् माग र आपूर्ति व्यवस्थापनको लागी नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको अनुगमन

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले लक्ष्मीपूजाका साथै, तिहारका विशेष दिनहरूमा  विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएका छन् ।

सोमवार साँझ नेपाल विद्युत् प्राधिकरणको स्यूचाटारस्थित प्रेषण केन्द्रको भ्रमणमा ऊर्जा,जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिवहरू, विद्युत् विकास विभागका महानिर्देशक, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशहरूलगायत टोलीले विद्युत् आपूर्तिको अवस्थाका बारेमा जानकारी लिएको थिए ।

विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मूलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल हुने मन्त्री घिसिङले बताएका थिए ।

प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र विद्युत् गृहका प्रमुखहरू र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो ।

२०७३ सालको भदौमा कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङ नेतृत्वको टोलीले विद्युत् माग र आपूर्तिको व्यवस्थापन गरी सोही वर्षको लक्ष्मीपूजाको दिनबाट परीक्षणका रूपमा काठमाडौँ उपत्यकाबाट लोडसेडिङ अन्त्यको सुरुवात गरेको थियो ।

प्रकाशित मितिः मङ्गलबार, ०४ कात्तिक २०८२
https://jawaaf.com/storage/01K814EXSZDW1RAF4SR88VSRZ3.jpeg

तिहार खर्च जुटाउन सस्तोमा धान बेच्दै बर्दियाका किसान

बर्दिया । सरकारले तोकेको समर्थन मूल्य भन्दा कम मूल्यमाबर्दियाका किसानहरु धान बेच्न बाध्य भएका छन् । तिहारको खर्चजोहो गर्नका लागी भएपनि किसाहरु समर्थन मूल्यभन्दा सस्तो मूल्यमा धानबेच्न बाध्य भएका हुन् ।

धान खरिदको लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलेढिलाई गरेको छ । त्यसैको मौका छोपेर स्थानीय व्यापारीहरूलेधमाधम किसानको धान कम मुल्यमा खरिद गरिरहेका छन् ।बर्दियामा किसानहरूले २५ सय देखि २७ सय प्रतिक्विन्टल मोटाधान विक्रि गरिरहेका छन् । सरकारले मोटा धानको समर्थन मुल्य ३४सय ५३ रुपैयाँ प्रतिक्विन्टल तोकेको छ भन मध्यम धान प्रतिक्विन्टलतीन हजार छ सय २८ रुपैयाँ तोकेको छ ।

धान बेचेर तिहार खर्च जुटाउने किसानहरू यतिबेला मर्कामा परेकाहुन् । धान खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड रस्थानीय सहकारीहरूले धान खरिद सुरु नगर्दा व्यापारीहरूलाई कममुल्यमा धान बेच्न किसानहरू बाध्य भएका हुन् । मुल्य बृद्धिका लागिसमय कुर्न भण्डार गर्ने स्थान नभएको र तिहार खर्च जुटाउन गाह्रोभएकोले धान बेच्नु परेको किसानहरू बताउँछन् ।

गुलरिया नगरपालिका वडा २ पण्डिपुरकी सिता खत्रीले तिहार खर्चनभएर सस्तोमा धान बेचेको बताए । उनले धानको मुल्य नपाएर प्रतिक्वीन्टल दुई हजार पाँच सयका दरले धान बेचेको बताए । उनले भने, ‘सरकारले मोटा धानको मुल्य तीन हजार चार सय भन्दा बढितोकेपनि किसानले नपाउने गरेको गुनासो गर्नुभयो ।’

किसानले सस्तो मुल्यमा धान विक्रि गरिरहँदा पनि खाद्य व्यवस्थातथा व्यापार कम्पनी लिमिटेड राजापुरले धान खरिदको सुरुवात भनेगरेको छैन । गत बर्ष पनि कार्तिक मध्य तिरबाट धान खरिद गरेकोकम्पनीले यस बर्ष पनि तिहार पछि मात्र धान खरिदको सुरुवात गर्नेजनाएको छ ।

कम्पनीका निमित्त प्रमुख चेतमान कठायतले तिहार पछि राजापुरक्षेत्रका तीन स्थानबाट धान खरिदको सुरुवात गरीने बताए । उनलेयस बर्ष एक लाख क्विन्टल धान खरिद लक्ष्य आएको बताउँदैकिसानहरूलाई आत्तिएर धान सस्तो मुल्यमा नबेच्न आग्रह गरे । गतबर्ष एक लाख क्विन्टल धान खरिदको लक्ष्य भए पनि किसानले धानबेच्न नल्याउँदा ३७ हजार क्विन्टल मात्र खरिद गर्न सकिएको निमित्तप्रमुख कठायतले बताए ।

सहकारीहरूले धान किन्दै 

स्थानीय व्यापारीहरूले किसानहरूको धान सस्तो मुल्य खरिद गर्नथालेपछि केहि बर्ष यता सरकारले तोकेको समर्थन मूल्यमा बर्दियाकाकृषी सहकारीहरूले किसानहरूको धान खरिद गर्न थालेका छन् ।मधुवन नगरपालिकामा रहेको ताराताल सानाकिसान कृषि सहकारीसंस्थाले केही दिन अगाडि देखि धान खरिद सुरु गरिसकेको छ ।ठाकुरबाबा नगरपालिकाको सिँहबाहिनी शिवशक्ती कृषक बहुउद्देश्यसहकारी संस्थाले सकारको समर्थन मुल्य धान खरिद गरिरहेको छ ।केही सहकारीहरूले तिहार लगत्तै धान खरिद गर्ने बताएका छन् ।

प्रकाशित मितिः सोमबार, ०३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K80S92MWYB1D5SE13AGBC8P9.jpeg

‘जेनजी आन्दोलनमा प्रश्नउत्तर जलेका सीटीईभीटीका विद्यार्थीहरुकोपुनपरिक्षा गराउने’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजीआन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुकोपुन परिक्षा गराउने बताएका छन् ।

सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परिक्षाकोनिर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए ।

उनले भने, ‘मन्त्री भएपछि मैले गरेको काम भनेको सीटीईभीटीसम्बन्धीको काम हो । सबैभन्दा पहिला अस्तीको जेनजी आन्दोलनमासीटीईभीटीको जुन विद्यार्थीहरुको छन् उनीहरुको प्रश्नउत्तरको कपिजलेको हुनाले जस जसको कापि जलेको छ । ती विद्यार्थीहरुको पुनपरिक्षा लिने भन्ने कुरामा धेरै लामो कुराकानी भएको थियो । त्योपरिक्षा सहज तरिकाले लिने कुरा भएको छ । परिक्षा फेरि लिने भन्नेनिर्णय गर्नको लागि नै निकै मेहेनत गर्नुपर्यो । कपि जलेकाहरुकोफेरि परिक्षा लिदाँ झण्डै झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्चआउने भएको छ ।’

यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दैत्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।

उनले भने, ‘सीटीईभीटी सम्बन्धी काम रोकिएको रहेछ त्यसकारण२०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेकोर त्यो अगाडि पनि नबढेको अवस्था रहेछ र त्यो निवेदनहरुलाई २महिनाभित्र छानबिन गरेर पाउने जतिले पाउने नपाउनेले नपाउने गरेरटुङ्गाउने भन्ने कुरा पनि भएको छ ।’

वर्तमान समयमा कम्प्युटरको ज्ञान नहुने मान्छेलाई काम गर्न समस्याहुने भन्दै त्यही कारण मध्यामिक तहसम्म १०० पूर्णाअंकको कम्प्युटरविषय थप्ने कुरा भएको पनि उनको भनाई छ ।

प्रकाशित मितिः सोमबार, ०३ कात्तिक २०८२