शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01K80ATMS0Z38QCCR0GMZZ05C8.png

बक्यौता तिर्न नआउने उद्योगमा जतिबेला पनि लाइन काटिन सक्छ : प्राधिकरण

काठमाडौं । डेडिकेटेड फिडर र ट्रंक लाइन मार्फत विद्युत उपभोग गरेका र बक्यौता रकम तिर्न अटेर गरिरहेका उद्योगहरुमा नेपाल विद्युत प्राधिकरणले जतिबेला पनि लाइन काट्न सक्ने जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले बक्यौता बापतको किस्ता तिर्न नआउने उद्योगहरुमा जुनसुकै बेलामा पनि लाइन काट्न सक्ने बताएका हुन् । उनका अनुसार हाल सम्म १३ वटा उद्योगले किस्ता बुझाएका छन् ।

‘कसैले एक किस्ताको रकम बुझाएका छन भने कसैले ५ किस्ता सम्मको रकम एकै पटक बुझाएका छन् । अझैं २५ उद्योग किस्ता बुझाउन आएका छैनन् । ती उद्योगहरुमा कतिबेला लाइन काट्ने भनेर तय भएको छैन् तर यो तिहार भित्र जतिबेला पनि काटिन सक्छ,’ उनले भने ।

बक्यौता तिर्न चाहने उद्योगीहरुका लागि प्राधिकरणले २८ महीनाको किस्ताबन्दी सुविधा दिएको छ । यो सुविधा प्रयोग गरेर शुक्रबार समम सम्म हामा आइरन एण्ड स्टीलले पहिलो किस्ता बापत २० लाख ९० हजार रुपैयाँ प्राधिकरणलाई बुझाएको छ । लक्ष्मी स्टीलले ८४ लाख ९८ हजार, सर्वोत्तम सिमेन्टले ४० लाख, हुलास स्टीलले ५० लाख ४३ हजार र अशोक स्टीलले ६३ लाख रुपैयाँ बुझाएको छ ।

त्यसैगरी, रोल्पा सिमेन्टले पाँच किस्ता बराबरको १७ लाख ७० हजार रुपैयाँ एकै पटक बुझाएको छ । सम्राट सिमेन्टले तीन किस्ता बापतको ४० लाख ४७ हजार, नवनेपाल पलाष्टिक उद्योगले १ लाख २३ हजार र शुभश्री अग्नी सिमेन्टले ३ लाख ५५ हजार रुपैयाँ किस्ता तिरेको छ ।

आईतबार थप ४ वटा उद्योगले किस्ता तिरेका छन् । तर, ती उद्योगहरुले आफ्नो नाम सावर्जनिक नर्गु भनेकाले सावर्जनिक नगरिएको सिलवालले बताए ।

प्रकाशित मितिः सोमबार, ०३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K802ANRVZF6W8Q8AE0TT9JYQ.jpeg

पूर्वमन्त्री दीपक खड्काको प्रश्न : ‘म देश छोडेर किन भाग्ने ?’

काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए ।

खड्काले सो समाचारप्रति दुख व्यक्त गर्दै भने, ‘सरकार परिवर्तन हुँदा सरकारको जिम्मेवारी के हो त ? हजारौंको संख्यामा जेनजी आन्दोलनका क्रममा मानिसहरू भागेका छन् । तर म किन देश छोडेर भाग्छु?’ उनले थपे, ङपत्रकारिता समाजलाई शुसूचित गर्ने क्षेत्र हो । तर केही मिडियाको रिपोर्ट हेर्दा मलाई दया लाग्यो । म पनि यो देशको नागरिक हुँ, दलाल वा एजेन्ट हैन ।’

पूर्वमन्त्री खड्काको घर जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आगजनीमा परेर पूर्णरूपमा जलेको थियो । उनले सो घटनालाई दुःखद भन्दै त्यही दिन देशभर एकैचोटि तीन घण्टाभित्र मुलुकलाई अस्थिर बनाउने उद्देश्यले अभियान चलाइएको आरोपसमेत लगाए ।

‘यो सबै अचम्मलाग्दो र दुखदायी कुरा हो,’ उनले भने, ‘मेरो पछाडि यसरी मानिस लाग्दा सिंगो समाज भ्रमित भएको छ ।’

खड्काले राजनीतिक परिवर्तन र आन्दोलनको नाममा देशलाई अस्थिरता र भ्रमको दलदलमा धकेल्ने प्रयास भइरहेको बताए । उनले सत्य सूचना सम्प्रेषण गर्न मिडियासमक्ष आग्रह गरे ।

प्रकाशित मितिः सोमबार, ०३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7ZPRAJ64T5BYB6TWCT06ZJ2.jpg

तिहारको तेस्रो दिन : आज लक्ष्मी पूजा र कुकुर तिहार मनाइँदै

काठमाडौं । तिहारको तेस्रो दिन आज लक्ष्मीपूजासँगै कुकुर तिहार पनि परेको छ । ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ ।

सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफा सुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाई गरी दीपावली गरिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री पनि भनिन्छ ।

लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइ लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ ।

दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतिक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ ।

यस वर्ष तिथिको घटबढका कारण कुकर तिहार र लक्ष्मी पूजा एकैदिन परेको छ । आज नै घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार पनि मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको हो ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ ।

वैवस्वतः मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।

प्रकाशित मितिः सोमबार, ०३ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7Y5WMSZ0VG2QKQE54ZBGG7V.jpeg

जेनजी पुस्ताको आवाज सुन्नुपर्छ : जसपा नेतृ दुर्गा गुरुङ

बराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी  (जसपा) बराहक्षेत्र नगर समितिले बडादशैं, शुभ दीपावली, छठ तथा उधौली पर्वको अवसरमा नगर स्तरीय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम आइतबार बराहक्षेत्र–६ चक्रघटीमा सम्पन्न भएको हो ।

कार्यक्रममा समाजवादी महिला संघ प्रदेश सदस्य दुर्गा गुरुङ, जिल्ला सदस्य सञ्जय राई, जिल्ला सदस्य गोपाल विश्वकर्मा लगायतका नेताहरूको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला सदस्य गोपाल विश्वकर्माले जनता समाजवादी पार्टी उत्पीडित वर्ग र समुदायको पार्टी भएको उल्लेख गर्दै नेपालको बहुजातीय, बहुभाषिक र बहुधार्मिक संरचना अनुरूप राज्यले सबै नागरिकप्रति समान व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै, प्रदेश सदस्य दुर्गा गुरुङले जसपाले स्थापना कालदेखि उठाएका मुद्दाहरू देश र जनताको हितका लागि अग्रगामी र व्यवहारिक रहेको बताउँदै, “हामी ती सिद्धान्तहरूमा अडिग छौं र देश तथा जनताको मुक्ति यात्रामा कहिल्यै विचलित हुनेछैनौं,” भन्नुभयो। उहाँले हालको जेन्जी पुस्ताले पनि यिनै मुद्दाहरूलाई निरन्तर उठाइरहेको भन्दै उनीहरूको आवाज सुन्न र माग सम्बोधन गर्न सबै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो ।

Advt_Kausila.jpg 251.33 KB

जिल्ला सदस्य सञ्जय राईले पार्टीको स्थापना कालदेखि हालसम्मको संगठनात्मक अवस्था र पार्टीका मुख्य नीतिगत मुद्दाबारे जानकारी दिनुभयो। उहाँका अनुसार जसपाको मूल अवधारणा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्गका हुनुपर्ने, विशेषज्ञ र समावेशी मन्त्रिपरिषद् गठन, एक व्यक्ति दुई कार्यकालभन्दा बढी कार्यकारी प्रमुख नबन्ने व्यवस्था, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, र स्थानीय तहमा स्वतन्त्र उम्मेदवारबाट निर्वाचन प्रणाली लागू गर्नुपर्ने हो ।

कार्यक्रमको अध्यक्षता पार्टी नगर अध्यक्ष जे.बी. हाङ राईले गर्नुभएको थियो भने सञ्चालन नगर सचिव भूपेन्द्र राजधामीले गर्नुभएको थियो। समापन भाषणमा अध्यक्ष राईले पार्टी सशक्त बनाउन तल्लो तह सुदृढ गर्नुपर्ने बताउँदै स्थानीय तहमा जिम्मेवार नेतृत्व र सक्रियता नै संगठनको बल भएको उल्लेख गर्नुभयो ।

त्यसैगरी उहाँले जेन्जी आन्दोलनका क्रममा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै देश र जनताको लागि बलिदान दिने सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो। साथै, हालैका बाढी, पहिरो र डुबानका कारण पीडित परिवारहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायहरूलाई स्थानीय सरकारमार्फत पहल गर्न आग्रह गर्दै कार्यक्रम समापन गर्नुभयो ।

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7XWNGEFD29W5EWZJZ5Y66JG.jpg

दल दर्ता गर्न आएका हर्क साङपाङ भन्छन् : श्रम गर्ने मान्छेलाई माटोसँग जोड्छु

काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साङपाङले आइतबार निर्वाचन आयोगमा दल दर्ताका लागि सनाखत गरेका छन् । ‘श्रम संस्कृति पार्टी’ दर्ताका लागि आयोगमा निवेदन पेश गरेका साङपाङले आइतबार आयोगमा पुगी दल दर्ता प्रक्रियाका लागि सनाखत गरेका हुन् । 

दर्ता प्रक्रियाका लागि सनाखत गरेपश्चात पत्रकारहरुसँग कुरा गर्दै उनले श्रम संस्कृति पार्टी र माटो चुनाव चिन्ह राखी मान्छेलाई माटोसँग जोड्ने बताए । 

उनले भने, ‘अध्यक्ष भन्दा हुन्छ, श्रम संस्कृति पार्टी हो । चुनाव चिन्ह हामीले ‘माटो’ राखेका छौं । माटो चुनाव चिन्ह, श्रम संस्कृति पार्टी । श्रम किन गर्ने भने श्रम गरेर म मान्छेलाई माटोसँग जोड्छु । माटो भनेको देश हो । हामी देशसँग जोडिएकै छैनौ । देशको नागरिकता लिन मात्र देशसँग जोडिएको प्रमाण होइन । देशको माया लाग्नु पर्यो नि त ।’

उनले देश निर्माण गर्ने सवालमा सबैसँग वार्ता गर्ने भन्दै देशभक्तहरु ध्रुविकरण भएर जाने बताए । 

‘वार्ता नगर्ने भन्ने होइन । सबैसँग वार्ता हुन्छ । देश बनाउने सवालमा कन्जुसाई हुनुपर्छ भन्ने छैन । यो देश रहनु पर्छ । नेपाल रहे हामी रहन्छौ,’उनले भने, ‘राष्ट्रवादी शक्तिहरु भनौ देशलाई माया गर्ने देशभक्तहरु र देश घाडो भयो भन्ने मान्छेहरु पनि छन् । तर ध्रुविकरण भएर जान्छ ।’

यस्तै निर्वाचन आयोग पुगेका युवराज सफलले सरकारले भने अनुरुप चुनाव नहुँने भन्दै नेपालको संविधान परिपालना गराउन संसद प्रस्ताव ल्याउने तयारी रहेको बताए । 

‘यो चुनावै हुँदैन । विहे गर्ने कहिले थाहा छैन, रत्यौली अहिले नाचेर हुन्छ ?त्यसैले यो चुनाव हुँदैन । जेनजीहरुका माग दुई वटा थियो । एउटा सामाजिक सञ्जाल माथिको प्रतिवन्ध हटाउन र अर्को भष्ट्राचार र भष्ट्राचारीलाई कारबारी गर्ने हो यसका विषयमा म तयार छु । तर पानी बाँड्ने, गाँजा तान्ने, कोही लिडर हुँ भन्ने अनी भित्र लुकेर आफ्नो व्यवसाय गर्दै थिए भन्ने फटाहाहरुलाई सहन सकिदैन,’उनले भने । 

प्रकाशित मितिः आइतबार, ०२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7VB3EFXBFS7T4S3Q05W4G09.jpeg

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीबिना चुनावमा जाँदैनौं : मिराज ढुंगाना

काठमाडौं । ‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले देशको समृद्धि र अग्रगामी परिवर्तनका लागि अब विकासको राजनीतिमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

उनले भाद्र २३ र २४ मा भएको ऐतिहासिक बिद्रोहमा ७६ जनाको बलिदानबाट प्राप्त उपलब्धिहरुको रक्षा गर्न सबैले गम्भीर बन्नुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा बोल्दै ढुंगानाले अब क्रान्तिको होइन विकासको युग सुरु भएको उल्लेख गरे । ‘देशको लागि लड्न एकदमै जरुरी छ । अहिले जे भयो, भयो एक लेबलको क्रान्ति आयो, अब विकास आउँछ । हामी क्रान्तिकारी होइनौं, विकासवादी हौं,’ ढुंगानाले भने ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार दिलाउनुपर्ने माग पनि दोहोर्याए । ‘तीन करोड नेपालीमा ८० लाख नेपाली छुटाएपछि देश कतातिर जान्छ ? देशको मुख्य आम्दानी स्रोत रेमिट्यान्स हो । रगत, पसिना बगाएर विदेशमा बस्ने नेपालीलाई मतदान अधिकार नदिई निर्वाचनमा जानु अन्याय हुनेछ,’ उनले भने ।

ढुंगानाले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको माग गर्दै उक्त माग पुरा नहुँदासम्म आफूहरू चुनावमा नजाने चेतावनी पनि दिए ।

‘बटमलाइन पूरा नभई हामी चुनावमा जान तयार छैनौं । प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो मुख्य माग हो, त्यो माग सुन्नैपर्छ । यो विना हामी कतै जानेवाला छैनौं,’ ढुंगानाले स्पष्ट भने ।

ढुंगानाले अहिलेको अवस्थालाई ‘भाँडभौलो’ नभई ठोस योजनासहितको विकासको दिशामा अघि बढ्नुपर्ने समयको माग भएको बताए । ‘हामी भाँडभौलो मच्चाउन आएका होइनौं । विकास ल्याउन जे जे गर्नुपर्छ, त्यो गर्ने हो,’ उनले भने ।

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7VAJKCHTN8K5S2ZWN7DTNGB.jpeg

जेनजी आन्दोलनपछि देशभर १५ हजार बढी मजदुरहरुको रोजगर प्रभावित : महासचिव राई

ब्राजिल । नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव  तथा आईटिएफ , लण्डनका बोर्ड सदस्य अजयकुमार राईले नेपालका हरेक आन्दोलन र परिवर्तनहरुमा श्रमिक वर्गको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन् ।

इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशन (आईटिएफ )लण्डनको विश्व कार्य समितिको ब्राजिलको रिय द जेनरियोमा आयोजित बैठकमा भाग लिन पुगेका राईले नेपालमा भएको जेनजी आन्दोलन बाट श्रमिकहरु पनि प्रभावित भएको बताए । उनले आन्दोलनका कारण देशभर हजारौ को संख्यामा मजदुरहरु प्रभावित भएको र १५ हजार बढिले रोजगारी गुमाएको जानकारी दिए ।

अन्तर्राष्ट्रिय बैठकमा विशेष समय लिएर बोल्दै फेडेरेसनका बोर्ड सदस्य राईले वर्तमान नेपालको अवस्थाबारे आफनो धारणा राखेका थिए । सो अवसरमा उनले नेपालमा भएको जेनजी आन्दोलनमा उठेका सुशासन, बेरोजगारी, दण्डहीनता, नातावाद, कृपावाद साथै भ्रष्टाचारका विषयमा आफूहरुको संस्थागत  धारणा गत श्रावण २ गते नै मिडिया मार्फत आइसकेको बताए । 

आफ्नो संस्थाका तर्फबाट जेनजी ले उठाएका मुद्धाहरु लाई लिएर तत्कालीन सरकारलाई श्रावण २ गते नै मिडिया मार्फत झकझक्याएको पनि बैठकमा जानकारी गराए । आन्दोलनमा करिब ७६ जनाले ज्यान गुमाएको, विभिन्न सरकारी, व्यापारिक प्रतिष्ठानहरु, व्यक्तिगत सम्पत्तीहरु आन्दोलनको दोस्रो दिन तोडफोड तथा आगजानीमा जेनजी हरुले आफनो प्रत्यक्ष संलग्नता नरहेको भनि बताएको पनि स्पष्ट पारे ।

घट्नाका विषयमा अन्तरिम सरकारले छानविन समिति बनाइसकेकाले तथ्य बाहिर आउने बैठकमा जानकारी गराए । बैठकमा उनले मुलत लोकतन्त्रको आधार श्रमिक आन्दोलन नै हुने भएकाले कतै ट्रेड युनियनहरु माथि पनि समस्या हुन्छ कि भन्ने चिन्ता पनि व्यक्त गरे ।

आगामी फागुन २१ गतेको निर्वाचन हुनुपर्नेमा जोड दिंदै उनले लोकतन्त्र बिना ट्रेड युनियन तथा मानवअधिकार पनि समस्यामा रहने भएकोले आगामी दिनमा फेडेरेशनको सक्रियतामा अन्र्तराष्ट्रिय ट्रेड युनियन क्षेत्रका सबै ग्लोबल युनियनहरुको प्रतिनिधिहरु सम्मिलित उच्च स्तरीय मिसन नेपाल भ्रमणमा आउने आग्रह समेत गरे ।

नेपालबाट सन् २०२९ सम्मका लागि सो फेडेरेशनको विश्व कार्य समितिमा नेपालका तर्फ बाट प्रतिनिधित्व गरेका महासचिव राईले बैठकमा २००२ मा पनि राजा ज्ञानेन्द्रले शासन लिंदा लोकतन्त्रका खातिर फेडेरेशनले तत्कालीन अवस्थामा वाह्य देशमा रहेका नेपालका १७ वटा कूटनीतिक कार्यलयहरु अगाडि आफनो आबद्ध संस्थाहरुमार्फत लोकतन्त्र बहालीका लागि प्रदर्शन गरेको पनि स्मरण गराएका थिए ।

बैठकमा नेपाललगायत विभिन्न देशमा भएका राजनीतिक घटनाक्रमहरुले लोकतन्त्रमा समस्या पर्छ कि भन्ने चिन्ता व्यक्त गर्दै फेडेरेशनका महासचिव स्टीफन कटनले लोकतन्त्र, ट्रेड युनियन अधिकारका खातिर फेडेरेशनको साथ सहयोग र एक्यबद्धता रहने एवम उच्च स्तरीय मिसनबारे आफूहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरे । 

बेलायतमा मुख्यालय रहेको फेडेरेशनमा १४७ वटा देशका यातायात क्षेत्रका सात सय बढी यातायात मजदुर संगठनहरु आबद्ध छन् भने विश्वभरी करिब दुई करोड सदस्यहरु रहेका छन् । सबै महादेशहरुमा फेडेरेशनको कार्यालयहरु श्रमिक आन्दोलनका लागि क्रियाशील छ । 
वर्षमा दुई पटक  हुने गरेको विश्व कार्य समिती को पुर्ण बैठक अघि अक्टोबर १५ मा कार्य सम्पादन तथा १६ र १७ मा पूर्ण बैठक सम्पन्न भएको हो । गत वर्ष मोरक्कोमा सम्पन्न विश्व महाधिवेशनले पचास भन्दा अनुमोदन गरेको रेजुलेसनहरु कार्यान्वयनको सवालमा समिक्षा तथा आगामी दिनमा गरिने कामहरुलाइ पनि प्राथमिकता राख्नेगरि बैठकमा बहस भएको थियो ।

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7TXAQWVSRGFYNA2AKD3M4ZM.jpeg

क्षेत्राधिकार विस्तार गरी नगर विकास कोषलाई प्रभावकारी बनाइने : मन्त्री घिसिङ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले नगर विकास कोषलाई निष्क्रिय नराखी त्यसको क्षेत्राधिकार विस्तार गरी थप प्रभावकारी बनाइने बताएका छन् ।
शहरी विकास मन्त्रालयअन्तर्गत रहेको नगर विकास कोषका कामकारबाहीको जानकारी लिंदै मन्त्री घिसिङले उक्त कोषलाई प्रतिफल प्राप्त हुने क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउँदै, इ–मोबिलिटी, विद्युतीय सार्वजनिक यातायात र चार्जिङ स्टेसनजस्ता नयाँ क्षेत्रहरूमा लगानी विस्तार गर्न सुझाव दिएका छन् ।
उनले नगरपालिकासँगको साझेदारीमा फोहोरबाट ऊर्जा उत्पादन गर्ने परियोजनाहरूमा कोषले लगानी गर्न सक्ने सम्भावनाबारे अध्ययन गर्न निर्देशन दिएका छन् ।
मन्त्री घिसिङले भने,‘यस्ता परियोजनाले एकैसाथ फोहोरमैला व्यवस्थापन र ऊर्जा उत्पादन दुबै गर्न सक्ने भएकाले ती लगानीका लागि आशाजनक क्षेत्र बन्न सक्छन् ।’
मन्त्रीले कोषले लगानी गर्न पाउने क्षेत्राधिकार अझ विस्तार गर्न आवश्यक कानूनी व्यवस्थाहरूमा परिमार्जन गर्ने तयारी भइरहेको पनि जानकारी दिए । त्यसक्रममा उनले नगर विकास कोष हाल हरित जलवायु कोषबाट मान्यता प्राप्त गर्ने प्रक्रियामा रहेको र मान्यता प्राप्त भएपछि हरित उर्जा परियोजनामा ठूलो मात्रामा अनुदान र सहुलियतपूर्ण लगानी गर्न सक्ने विश्वास व्यक्त गरे ।
कोषका कार्यकारी निर्देशक विनोद प्रकाश पण्डितका अनुसार नगर विकास कोषको स्वःपूँजी ७ अर्ब रुपैयाँ रहेको छ । साथै, एशियाली विकास बैंकमार्फत ५ अर्ब १९ करोड रुपैयाँ, विश्व बैंकबाट १२ करोड रुपैयाँ र नेपाल सरकारबाट २ अर्ब रुपैयाँ ऋणको रूपमा प्राप्त भएको उनले जानकारी दिए ।
हालसम्म कोषले १६ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । कोषले देशभरका शहरी पूर्वाधार आयोजनाहरूमा वित्तीय (ऋण वा अनुदान) र प्राविधिक सहयोग प्रदान गर्दै आएको छ ।
बसपार्क, खानेपानी, जग्गा विकास, बहुउद्देश्यीय भवन निर्माण लगायतका क्षेत्रमा कोषले लगानी गर्दै आएको उल्लेख गर्दै पण्डितले हाल जेनजी आन्दोलनका कारण क्षति भएका नगर भवनहरूको पुनर्निर्माणमा पनि कोषलाई परिचालन गर्न सकिने अवधारणा अघि सारिएको बताए ।
मन्त्री घिसिङले अन्त्यमा भने, ‘नगर विकास कोषलाई दिगो, उत्पादनमुखी र प्रतिफलदायी लगानीको माध्यमका रूपमा रूपान्तरण गरेर देशको शहरी विकासलाई नयाँ गति दिनुपर्छ ।’

प्रकाशित मितिः शनिबार, ०१ कात्तिक २०८२
https://jawaaf.com/storage/01K7SFCDJT1W9Q17D3G895GPBW.jpeg

बर्षा र पहिरोले क्षति पुगेका इलामका पालिकालाई प्राधिकरणको सहयोग

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको ३३ औं बैठकले इलाममा सबैभन्दा बढि क्षति भएका पाँच पालिकालाई ६० लाख, ५० लाख र ४० लाख सहयोग प्रदान गर्ने निर्णय गरेको छ । तत्काल सुचारु गर्नुपर्ने र अति आवश्यक सेवा प्रदान गर्न उक्त सहयोग गर्ने निर्णय भएको हो । 

शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेश प्रसाद भट्टले जानकारी दिएका छन् । 

उनले भने, ‘इलाममा सबैभन्दा बढि क्षति भएका पाँच वडा पालिकालाई ६० लाख, त्यसपछि ५० लाख र त्यसपछि ४० लाख तत्काल सुचारु गर्नुपर्ने अति आवश्यक सेवा सुचारु गर्न सहयोग प्रदान गर्ने निर्णय भएको छ ।’

साथै, उनले ताप्लेजुङ्को मौवा खोलाको पहिरोको जोखिममा रहेको बस्तीलाई स्थायी रुपमा नै अन्य स्थानमा सार्ने निर्णय भएको पनि जानकारी दिएका छन् ।  

राष्ट्रिय आपतकालिन सञ्चालन केन्द्र कसरी सञ्चालित गर्ने भन्ने हिसाबले बनाएको कार्यविधि पनि स्वीकृत भएको उनको भनाई छ । 

सोही बैठकमा गृहमन्त्री ओम प्रकाश अर्यालले पनि नेपाल एउटा विपद् जोखिमयुक्त देश भएको हुनाले यसलाई प्रभावकारी रुपमा कसरी सम्बोधन गर्ने, रणनीति कसरी बनाउने,संरचनागत सुधार गर्ने भन्ने विषयमा आगामी दिनमा थप छलफल गरेर निर्णयहरु लिने बताए ।

प्रकाशित मितिः शुक्रबार, ३१ असोज २०८२
https://jawaaf.com/storage/01K7R4G88F0K87X210RYWGHY10.jpg

प्रहरी दिवसमा आईजीपी खापुङ्गको अपिल - ‘प्रहरीको उपस्थिती अझ सशक्त बनाऔँ’

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुभकामना व्यस्त गरेका छन् । शुक्रबार परेको ७० औं प्रहरी दिवसको अवसरमा  शुभकामना दिदैँ उनले जेनजी आन्दोलन पछिको सुरक्षा चुनौतिको डटेर सामना गर्दै आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिएका छन् । 

उनले हालको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प नभएको पनि बताए । 

‘भाद्र २३ र २४ गते भएका अप्रिय घटनाहरु पश्चातको कठिन परिस्थितीमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौतिको डटेर सामना गर्दै नागरिक सुरक्षाको गहन जिम्मेवारी पुरा गर्नुको विकल्प हामीसँग छैन,’उनले थप भने, ‘यसर्थ, कुनै घटनाक्रमबाट हतोस्साहित नभई देश र नागरिकप्रतिको आफ्नो उत्तरदायित्व र जिम्मेवारी पुरा गर्न तथा तमाम अभाव र कठिनाईका बाबजुद नेपाल प्रहरीको उपस्थिती सशक्त बनाउन संगठनका सकल दर्जाका प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्दछु ।’

प्रहरी ऐन २०१२ जारी भएसँगै नेपाल प्रहरीको विधिवत स्थापना भएको अवसरमा सगौरव मनाइदै आएको प्रहरी दिवसको ७० औँ संस्करण मनाइरहँदा उनले नेपाल प्रहरीका विर सहिदहरुप्रति श्रदान्जली अर्पण गरे । 

महानिरीक्षक खापुङ्गले जेनजी आन्दोलनको घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा जनसमुदायबाट प्राप्त भएको सहयोगको लागि समेत आभार व्यक्त गरे । 

‘यसै सन्र्दभमा सोही घटनाक्रम पश्चात उत्पन्न भएका परिस्थितीहरुमा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका प्रहरीका भौतिक संरचनाहरुको पुनः निर्माण कार्यमा आम जनसमुदायबाट प्राप्त भएको सहयोग र सहहृदर्यताका लागि समस्त नागरिकहरुमा हार्दिक आभार व्यक्त गर्दछु,’उनले भने । 

प्रकाशित मितिः शुक्रबार, ३१ असोज २०८२