सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KARAY6E1KXN40T818HP3BSTC.jfif

कोशी एक्सिलेंस अवार्ड–२०२६ : तीन नयाँ विधासहित तयारी सुरु

इटहरी । आगामी फागुन ७ गते इटहरीस्थित सोल्टी वेस्टेन्ड होटेलमा आयोजना हुने ‘कोशी एक्सिलेंस अवार्ड–२०२६’ का लागि तयारी औपचारिक रूपमा सुरु भएको छ।

कोशी प्रदेशकै सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्डका रूपमा स्थापित यो कार्यक्रम कोशी प्रदेशमा जन्मिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वलाई सम्मानित गर्दै आएको छ।

आयोजकका अनुसार यस वर्ष अवार्डलाई अझ परिष्कृत, प्रभावशाली र राष्ट्रियस्तरमै आकर्षक बनाउन तीन नयाँ विधा थपिएको छ। कार्यक्रमको प्रस्तुति, व्यवस्थापन र सम्मान प्रक्रियामा समेत नवीनता ल्याइँदै अवार्डलाई देशभरबाटै ध्यान तान्ने स्तरमा उकास्ने तयारी गरिएको छ।

यो अवार्ड गतशाल नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित हुँदै आएको थियो। तर यस वर्षदेखि नवनिर्मित नयन मिडिया फाउन्डेशनमार्फत कार्यक्रम आयोजना हुने फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। अध्यक्ष  अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘हामीले अवार्डको संरचना, विधा विस्तार, निर्णायक छनोट प्रक्रिया र समग्र व्यवस्थापनलाई अझ बढी व्यवस्थित, पारदर्शी र मर्यादित बनाएका छौँ । यो अब कोशीको मात्र नभई नेपालकै प्रतिष्ठित अवार्ड बन्नेछ ।’

गत वर्ष शिक्षा, स्वास्थ्य, सञ्चार, साहित्य, पर्यटन, कृषि, कर्पोरेट, बैंकिङ, खेलकुद, सामाजिक, स्टार्टअप, टेक्नोलोजी, इन्स्योरेन्स लगायत करिब दर्जनभन्दा बढी विधामा अवार्ड प्रदान गरिएको थियो।

यस वर्ष भने अटोमोबाइल, सङ्गीत र क्यापिटल मार्केट नामका गरी तीन नयाँ विधा थपिएको छ। अघिल्लो वर्षकै कार्यक्रममा ती क्षेत्रका तर्फबाट अवार्ड समावेश गर्नुपर्ने माग बढेपछि विधा थपिएको फाउन्डेसनले जनाएको छ । 

अवार्डलाई थप विश्वासिलो, मर्यादित र राष्ट्रियस्तरको बनाउने उद्देश्यले उच्चस्तरीय निर्णायक समिति गठन गरिएको छ। नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर महाप्रसाद अधिकारीलाई प्रमुख सल्लाहकार र संविधानसभा सदस्य पवन शारडाको संयोजकत्वमा चार सदस्यीय निर्णायक मण्डल गठन गरिएको अध्यक्ष अधिकारीले बताए।

समितिले अवार्ड प्राप्तकर्ता छनोट प्रक्रियालाई तीव्र र पारदर्शी ढङ्गले अघि बढाइरहेको जनाएको छ। कोशी प्रदेश सरकारले ‘भ्रमण वर्ष–२०८२’ को तयारीलाई अघि बढाइरहेको सन्दर्भमा अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार र सामाजिक–सांस्कृतिक पहिचान प्रवर्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकको विश्वास छ। अध्यक्ष अधिकारीका शब्दमा—‘यो कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवर्धनमा पनि टेवा पु¥याउनेछ। कोशी पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने हाम्रो लक्ष्य छ।’

गत वर्षका अवार्ड विजेताहरू

शिक्षा : प्राडा टङ्क न्यौपाने

स्वास्थ्य : ज्ञानेन्द्रमान सिंह कार्की

साहित्य :  झमककुमारी घिमिरे

बैंकिङ : ज्ञानेन्द्र ढुङ्गाना (तत्कालीन सिइओ, नबिल बैंक)

पर्यटन : भविष श्रेष्ठ

कर्पोरेट :  महेश जाजु

आइटी : राजन लम्साल

स्टार्टअप : आयुष भगत

कृषि उद्यम : शान्ता बास्कोटा

सामाजिक अभियन्ता : गीता गौतम

खेलकुद : दिलिप राई

पत्रकारिता : विष्णु निस्ठुरी

त्यस्तै विशेष योगदानकर्तामध्ये— पूर्व गर्भनर महाप्रसाद अधिकारी, नेपालकै पहिलो महिला मुख्यसचिव लीला गडतौला, टाइम्स पब्लिकेशनका सिइओ पुरुषोत्तम दाहाल, मजदुर नेता भीमराई ज्वाला, पर्यटनकर्मी सुनिल भुसाल, माया घर नेपाल, कामधेनु दुग्ध विकास सहकारी लगायत अन्य व्यक्तित्व तथा संस्थालाई विशिष्ट सम्मान प्रदान गरिएको थियो।

गत वर्षको कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की, मन्त्रीहरू, प्रदेश सचिव, स्थानीय जनप्रतिनिधि तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

यस वर्षको कार्यक्रमलाई प्रदेश–मात्र नभई राष्ट्रिय स्तरमै प्रभावशाली बनाउने लक्ष्यसहित तयारी अघि बढाइएको आयोजकले जनाएको छ। कार्यक्रमको व्यवस्थापन इटहरीस्थित काफल्सले गरिरहेको छ।

अवार्ड कार्यक्रम एक राष्ट्रिय टेलिभिजन र कोशी प्रदेशका तीन टेलिभिजनसहित विभिन्न अनलाइन पोर्टलमार्फत एकैसाथ प्रत्यक्ष प्रसारण गरिने आयोजकले जनाएको छ। 

प्रकाशित मितिः आइतबार, ०७ मंसिर २०८२
https://jawaaf.com/storage/01KAR4E7Y636AGVB3F3DNF3TM8.jpg

जेनजीआन्दोलनले नेपाली राजनीतिको चेतना खोलिदिएको छ : सन्तोष परियार

काठमाडौँ । प्रगतिशीललोकतान्त्रिक पार्टीका नेता सन्तोष परियारले जेनजीआन्दोलनले नेपाली राजनीतिको चेतनाखोलिदिएको बताएका छन् । आइतबार प्रगतिशीललोकतान्त्रिक पार्टीको एकता सभामाबोल्दै उनले समावेशीबनाउननसक्दाकुनतहको आन्दोलन र विद्रोह हुन सक्दो रहेछ भन्ने कुरा जेनजीआन्दोलनले प्रमाणित गरेको बताएकाहुन् । 

‘जेनजीआन्दोलनले समकालिन नेपाली राजनीतिको चेतनाखोलिदिएको छ । समावेशीबनाउननसक्दा पुस्तौपुस्तालाई हामीले छोड्दाखेरी कुनतहको आन्दोलन हुन सक्दो रहेछ भन्ने कुरा भदौं २३ र २४ को आन्दोलनले प्रमाणित गरेको छ ।’

त्यस्तै उनले आजको घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्रनभई देश संकटको घडीमा भएको अवस्थामा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र राष्ट्रको चिन्तागर्नेहरु एकठाउँमा आउनेदिनभएको बताए । 
उनले भने,‘आजको यो घोषणासभा कुनै एउटा पार्टी बनाउने मात्रहोइन् । यो संकटको घडीमा सबै लोकतान्त्रि,प्रगतिशीलहरु र यो राष्ट्रको चिन्तागर्नेहरु र राष्ट्र बचाउनुपर्छ भन्नेहरु एकठाउँमा आउनेदिनहो ।’ 

त्यस्तै उनले संविधानप्रदत्तलोकतान्त्रिकअधिकार खोसिने हो कि भन्ने खतरा रहेको बताउँदै संविधानमाथिपनि धेरै संकट मुर्झाएकोधारणा राखे ।  आफ्नो पुस्ताको सबैभन्दा ठुलो चुनौतीभनेकै राज्यको गुमेको विश्वास फर्काउने रहेको उनको भनाई छ । 

प्रकाशित मितिः आइतबार, ०७ मंसिर २०८२
https://jawaaf.com/storage/01KANTA2KFCBEXA5VWFSYGZF6W.jpg

सुदन गुरुङको धम्कीपूर्ण व्यवहारप्रति श्रेष्ठको आपत्ति

रौतहट । बारा क्षेत्र नम्बर ४ को निवर्तमान प्रतिनिधि सभा सदस्य कृष्ण कुमार श्रेष्ठ (किसान) ले आफ्ना कर्मचारी तथा कामदारप्रति भएको धम्कीपूर्ण व्यवहारको आपत्ति व्यक्त गरेका छन् ।

उनले सामाजिक संजाल फेसबुकमा जितपुरसिमरा उपमहानगरपालिका–४ औराहास्थित आफ्नो जलेको घरमा सुदन गुरुङ प्रवेशगरी धम्कीपूर्ण व्यवहार गरेको लेखेका छन् । 

भदौ २४ गते जलाइएको घर पुनर्निर्माण गरिरहेका आफ्ना कर्मचारी तथा कामदारलाई धम्क्याउँदै फेरि जलाउँछु भन्ने चेतावनी दिएको श्रेष्ठले सामाजिक संजालमा उल्लेख गरेका छन् । 

मंसिर ३ र ४ मा सिमरामा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । एमाले नेता श्रेष्ठले जेनजीका नाममा भइरहेको आतंक रोकी शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकारसमक्ष माग गरेका छन् । उनले सिमरा घटनाका घाइतेहरूको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारसँग माग समेत गरेका छन् ।

प्रकाशित मितिः शनिबार, ०६ मंसिर २०८२
https://jawaaf.com/storage/01KAN32WPVSGXEE480DD52RQBY.jpg

जसपा-कम्युनिष्ट एकताको चर्चा 'भ्रामक': अध्यक्ष राई

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय अध्यक्ष अशोककुमार राईले आफ्नो पार्टी र नेपाली कम्युनिष्ट पार्टी बीच 'एकताका लागि सबै कुरा मिलिसकेको र हस्ताक्षर मात्र बाँकी रहेको' भन्ने चर्चा भ्रामक रहेको स्पष्ट पारेका छन् ।

अध्यक्ष राईले आज आफ्नो फेसबुकमार्फत एक सन्देश जारी गर्दै ती चर्चाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पार्टी एकताको कुनै प्रकारको सहमति नभएको जनाएका हुन् । 

“पार्टीको औपचारिक निर्णय बिना कुनै पनि व्यक्तिको निजी इच्छा वा धारणाको आधारमा पार्टी एकता सम्भव हुँदैन,” उनले फेसबुक सन्देशमा स्पष्ट पारेका छन्।

अध्यक्ष राईले पार्टीभित्र आवश्यक छलफल र निर्णय प्रक्रिया पूरा नगरी सार्वजनिक गरिएका यस्ता अभिव्यक्तिहरूले कार्यकर्ता तथा समर्थकहरू माझ भ्रम सिर्जना गर्न खोजेको र पार्टीभित्र विभाजनको वातावरण पैदा गर्न खोजिएको भन्दै आपत्ति प्रकट गरेका छन् ।

उनले अनधिकृत रूपमा यस्ता विषयहरू सार्वजनिक गर्ने कार्य नगर्न चेतावनी दिएका छन् ।

अध्यक्ष राईले जसपाका सम्पूर्ण सदस्य तथा समर्थकहरूलाई एकता, अनुशासन र स्पष्टताका साथ काम गर्न अपिल गरेका छन् ।

औपचारिक निर्णय नभएका विषयमा भ्रम छर्ने कार्यबाट टाढा रहन आग्रह गर्दै उनले जसपा आफ्ना सिद्धान्त र प्रक्रियामा दृढतापूर्वक अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रकाशित मितिः शनिबार, ०६ मंसिर २०८२
https://jawaaf.com/storage/01KABBP6DDSV8T48NG1C4SZ6RQ.jpg

मन्त्रीपरिषद् जनजाति समुदायका प्रतिनिधिको नाम अस्वीकार गरिनु राम्रो संकेत होइन्’

काठमाडौं । आदिवासी जनजाति आयोगको अध्यक्ष रामबहादुर थापामगरले वर्तमान मन्त्रीपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरिएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन्  ।

मंगलबार जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले मन्त्रीपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायको प्रतिनिधिको नाम अस्वीकृत गरेर राज्यले जुन व्यवहार देखायो त्यसले बलिदानको संघर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समुदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँधै पछि छ भन्ने पुष्टि गरेको बताए ।

उनले भने,‘राज्यसत्ताको दमन र उत्पीडनको विरुद्ध आदिवासी जनजाति समुदायले आफ्नो पहिचान र प्रतिनिधित्वको लागि विभिन्न संघर्ष र आन्दोलन गरे । सडकदेखि सशस्त्र सङ्घर्षसम्म गरे । राज्यव्यवस्था परिवर्तन र सुशासनको हरेक आन्दोलन र सङ्घर्षमा यो समुदाय अग्रपङ्क्तिमा रहेर बलिदान गर्यो । भर्खरै भएको जेनजी आन्दोलनमा भएका शहीदमध्ये दुई तिहाइभन्दा बढी आदिवासी जनजाति समुदायको रहेको तथ्यले यसैलाई पुष्टि गर्दछ । तर, विडम्बना, राज्यको व्यवस्था र अवस्था परिवर्तनको आन्दोलन र बलिदानको सङ्घर्षमा अग्रपङ्क्तिमा रहेका आदिवासी जनजाति समुदाय राज्यव्यवस्था परिवर्तनबाट आएको प्रतिफलबाट सँगै पछि रह्यो । राज्यको यो व्यवहार वर्तमान मन्त्रीपरिषद् निर्माणमा आदिवासी जनजाति समुदायकै प्रतिनिधिको नाम अस्वीकृत भएको उदाहरणले पुष्टि गरेकै छ ।’

नेपालको संविधानमा धेरै विषय राम्रो हुँदाहुँदै पनि यसको कार्यान्वयन पक्षसँग असन्तुष्टि व्यक्त गर्दै राज्यव्यवस्था भन्दा पनि नेपाली जनताको कष्टकर अवस्था परिवर्तनको लागि जेनजी आन्दोलन भएको भन्दै उनले यथास्थितिको राज्य व्यवस्था विरुद्ध जनताद्धारा गरिने हरेक आन्दोलन प्रगतिशील नै हुन्छ भन्ने मान्यता रहेको बताए । 

उनले जनप्रतिनिधि नभएको अवस्थामा सरकारलाई जनसमुदायबाट निरन्तर निगरानी गर्न सकिएन भने परिणाम उल्टो आउने सम्भावना रहेको भन्दै यसको लागि आयोग निरन्तर निगरानी गरिरहेको र गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

जेनजी आन्दोलनले उठाएको भ्रष्टाचार, बेथिति र नेपोटिजमको विरुद्धको आवाजलाई आयोगको समर्थन रहेको उनको भनाई छ । कार्यक्रममा सरोकारवाला साथै जेनजी पुस्ताका प्रतिनिधिलगायतले आदिवासी जनजातिप्रति राज्यको दृष्टिकोणमा परिवर्तन जरुरी रहेको औँल्याएका थिए ।

प्रकाशित मितिः मङ्गलबार, ०२ मंसिर २०८२
https://jawaaf.com/storage/01KA38PGVW7JY7B6EVYWA392WB.jpg

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको प्रदेशवासीका लागि सम्बोधन, मधेशवादी दल र नेताको लहमा नलाग्न प्रदेशवासीलाई आग्रह

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशवासीका लागि सम्बोधन गरेका छन् । शनिबार विहान जनकपुरधामस्थित आफ्नो नीजि निवासमा पत्रकारहरु समक्ष प्रदेशवासीका लागि सम्बोधन प्रस्तुत गरेका छन् । सम्बोधनमा मुख्यमन्त्री यादवले
मधेशवादी नेता र दलहरु सत्ताको खेलमा लागेकाले सम्पूर्ण प्रदेशवासीलाई सचेत हुने आग्रह गरे । उनले मधेशवादी दलहरुलाई जनता र प्रदेश देखि कुनै मतलब नरहेको बताए । मधेशवादी दलहरुले आम जनता र गरिबहरुलाई आन्दोलनको नाममा अझः बढी समस्या दिनेगरेकाले यसबाट उनीहरुको नियत प्रष्ट हुन गएको बताए ।
कर्मचारी कुट्ने र राष्ट्रिय झण्डाको अपमान गर्नेहरु जनप्रतिनिधि हुन नसक्ने मुख्यमन्त्री यादवको भनाई छ । मधेशी जनताले वास्तवीक विकास प्रेमी र विकास बाधक कुन दलहरु हो भन्ने बुझ्न आवश्यक रहेको उनले बताए ।
जसपा र लोसपाका सांसद एवम नेता कार्यकर्ताहरुले सुरक्षाकर्मी कुट्दै हिँडेकाले सुरक्षाकर्मीनै असुरक्षित रहेकोबेला प्रदेशको जनता जन कति सुरक्षित छन् भन्ने आंकलन गर्न सकिने उनले बताए । यस्तो अवस्थामा चुनाव कसरी हुन्छ र संघीय सरकारले चुनाव हुने ग्यारेन्टी कसरी गर्न सक्छ भन्ने मुख्यमन्त्री यादवले प्रश्न गरे ।
पूर्व मुख्यमन्त्री जितेन्द्र सोनलले अझै मुख्यमन्त्रीकै कुर्सीमा बस्ने गरेको र अहिलेसम्म निवास र गाडीसमेत फिर्ता नगरेकोले आफूलाई नराम्रो लागेको बताए ।
मेधशवादी दलहरुसंग चुनावका लागि कुनै एजेन्डा नरहेकाले उनीहरु मधेश र मधेशीको नाममा सोझा जनतासंग खेलवाड गर्दै हिँडेको मुख्यमन्त्री यादवले भने ।
मुख्यमन्त्री यादवले आफ्नो पार्टी नेकपा एमाले नेपाली कांग्रेस, माओवादी र नेकपा एससंग सरकार बनाउन आशावादी रहेको उल्लेख गरे । उनले अन्य प्रदेशहरुमा पनि यी पार्टीहरुका मानसिकता र काम गर्ने शैली प्रष्ट रहेकोले उनीहरुसंग समन्वय गरेर अगाडि बढ्न आशावादी रहेको बताए । मुख्यमन्त्री यादवले आफ्नो प्रतिस्पर्धा कुनै दलसंग नभई प्रदेशको गरीबि र प्रदेशको शिक्षाको अवस्थासंग रहेको बताए ।
उनले मधेशवादी दहरुको अराजकताको विरोधमा मलाई साथ दिन सम्पूर्ण मधेशवासी, न्यायप्रेमी र बुद्धिजिवीहरुलाई आग्रह गरे ।
मुख्यमन्त्री यादवले भारतीय दुर्तावासका केही पदाधिकारी व्यक्तिहरुपनि मधेश प्रदेशमा आएर दल फोड्ने र तोड्नेमा लागेको आरोपसमेत लगाए ।

प्रकाशित मितिः शनिबार, २९ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9YN2JNZ8D273YBXNTC4S0QS.jpg

नैतिकताहीन र अहंककारी नेताहरु अगामी निर्वाचनबाट फालिन्छन् : किराँती

काठमाडौं । ‘प्रगतिशील राष्ट्रिय अभियान’का अगुवा सुदन किराँतीले देशलाई वर्तमान अवस्थामा पु¥याउने नैतिकताहीन र अहंककारी नेताहरुलाई अगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्न सबैलाई आह्वान गरेका छन् ।

विहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले नैतिकताहिन र अहंककारी नेताहरुलाई आगामी निर्वाचनबाट जरैदेखि उखेलेर फाल्ने भन्दै भ्रष्टाचार र बेथितिको दलदलबाट सफाई गर्नुपर्ने बताए । 

यस्तै, उनले युवाहरुको आन्दोलनको समयमा हेलिकोप्टर चढेर भागेका र सैनिक ब्यारेकमा लुक्न बाध्य भएका असफल अहंकारी नेताहरुमा रुपान्तरणको कुनै संकेत नभएको पनि बताए । 

नेता किरातीले आफूहरुले माओवादी केन्द्रभित्र लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न र देशको समग्र अर्थतन्त्रको पुनर्संरचना लागि पहल गरेको तर नेतृत्वले बेवास्ता गरेको बताए ।

किरातीले भने, ‘हामीले माओवादी पार्टी भित्र तीन वर्षदेखि लोकतान्त्रिक मूल्य स्थापित गर्न, पार्टीभित्र पारदर्शिता कायम गर्न, सम्पत्ति छानबिन गर्न, देशको समग्र अर्थतन्त्रको पुनर्संरचनाको पहल गर्न, जनजीविका प्रश्नहरुको समाधान गर्नका र पहल लिनका लागि तथा रुपान्तरणसहित नेतृत्व युवा पुस्तामा हस्तान्तरण गर्ने बहस सघन रुपमा उठाएका थियौं। ती एजेन्डाहरुलाई बेवास्ता गर्दै, केन्द्रिय समितिले पटकपटक महाधिवेशनको मिति तोकेर पनि त्यसको बेवास्ता गर्ने काम भयो । स्थापित पार्टी र आन्दोलनलाई लोकतान्त्रिकरण गराउने, जवाफदेही बनाउने तथा बिधिमा संचालन गर्ने हाम्रो प्रयत्नलाई असफल बनाउने काम भयो ।’ 

अभियानले सात बुँदे अपील समेत गरेको छ । 

१. भ्रष्टाचार, विभेद र असमानताको रुपमा रहेका नेपाली समाजको मुख्य शत्रुमाथि विजय हासिल गरौं ।

२. सांस्कृतिक समतामा आधारित समाज निर्माण गरौं ।

३. नेपाली राजनीतिको आधारभुत पुनःसंरचना गरौं ।

४. सबै अग्रगामी आन्दोलनका सहिद, घाइते र वेपत्ता योद्धाहरुको सपना पूरा गरौं ।

५. जुनसुकै मूल्यमा निर्वाचनलाई सफल पारौं, जनताको एकताको वलमा अहङ्कारी र असफलहरुलाई विदा गरौं ।

६. देशभित्र र वाहिर जहाँसुकै रहेका नेपालीहरुले सबै तहमा प्रगतिशील राष्ट्रिय अभियान सम्पर्क समिति गठन गरौं । 

७. जेनजी विद्रोहबाट स्थापित मुद्दाहरुलाई यथाशीघ्र सम्बोधन गर्न गराउन चौतर्फी सक्रिय बनौं । सुदृढ राष्ट्र सभ्य नागरिक बदलिँदो राष्ट्रिय शक्ति निर्माण गर्ने एजेण्डासहित राजनीतिकको समग्र पुनर्संरचना गर्ने लक्ष्यप्रति प्रतिबद्ध होऔं । 

अभियानले ३१ सदस्यीय केन्द्रीय संजोजन समिति गठन समेत गरेको छ । जसमा सुदन किराँती, टेकेन्द्र भट्ट, नारायणी शर्मा, मदन भट्टराई, मदन लिम्बु, सम्झना राई, पुजन सिंह, अरविन्द यादव, लक्ष्मी गुरुङ, प्रकाशचन्द पाण्डे, राजु आलेमगर, सन्तोष विष्ट, प्रेम बहादुर तामाङ, यज्ञबल्लभ शर्मा, क्षितिज सापकोटा, बाबुराम नेपाली, किस्मत कुमार बिक, सन्दिप पुन, गेहेन्द्र ढकाल, भीमबहादुर मल्ल, गोरख बहादुर केसी, जटिल कार्की, देवीराम देवकोटा, जन्मदेव जैसी, दिपक साउद, पुष्प न्यौपाने, डा.अच्युत भट्ट, बिमला सिंह, निर्मला गौतम, रामहरि पुडासैनी र धर्मराज खतिवडा रहेको छ ।  

भिडियो लिङ्क :

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/TApjG8zC-0g?si=jbz1P7gwHXVb8J6p" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>

प्रकाशित मितिः बिहिबार, २७ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9V8BXR4HTRH775SAB9MDKM1.jpg

त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् ।

मन्त्री पुनका अनुसार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करिब ३५० रोपनी क्षेत्रफलमा फैलिएको जंगलभित्र रहेको झाडीलाई श्रमदाताहरूले २५ दिनको श्रमदानमार्फत प्रायः फडानी गरिसकेका छन् । उनका अनुसार, यो कार्यमा सहभागी श्रमदाताहरू मध्ये अधिकांश बाहिरी जिल्लाबाट आएका विद्यार्थि स्वयंसेवकहरू हुन् ।

पुनले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेखेका छन्, “अब किर्तिपुर विश्वविद्यालयको जंगल सफा हुँदै सुन्दर पार्क बन्ने तयारीमा छ । यो काम केही उत्साही स्वयंसेवकहरूले २५ दिनदेखि श्रमदान गरेर सम्भव बनाएका हुन् । अब स्थानीय बासिन्दा, विद्यार्थी र इच्छुक व्यक्ति सबैलाई यस अभियानमा सहभागी हुन अनुरोध गर्दछु ।”

श्रमदान अभियानले विश्वविद्यालय परिसरको फोहर र झाडीले ढाकिएको क्षेत्रलाई सफा मात्र गरेको छैन, भविष्यमा हरियाली र सार्वजनिक उपयोगका लागि खुला ठाउँमा रूपान्तरण गर्ने लक्ष्य पनि लिएको छ । मन्त्री पुनका अनुसार, पार्कमा हिँडडुल मार्ग, वृक्षारोपण, विश्राम स्थल र अध्ययन तथा मनोरञ्जनका लागि अनुकूल वातावरण तयार पार्ने योजना छ ।

किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय नेपालको सबैभन्दा ठूलो र ऐतिहासिक शिक्षण संस्था हो । जहाँ हरेक वर्ष हजारौँ विद्यार्थी अध्ययन गर्छन् । मन्त्री पुनको नेतृत्वमा सुरु भएको यो श्रमदान अभियानले विश्वविद्यालयलाई केवल शैक्षिक केन्द्र नभई समुदायमैत्री, हरित र वातावरणमैत्री क्षेत्र बनाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मितिः बुधबार, २६ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9GZR260P0K9AM6XSSSHDXV1.jpeg

मधुमेह, मोटोपना र दिर्घरोग लागेकालाई अमेरीकाले भिसा नदिने

काठमाडौं । अमेरिकाले अब देखि मधुमेह, मोटोपनाजस्ता स्वास्थ्य समस्या भएका विदेशी नागरिकलाई भिसा अस्वीकार गर्न सकिने व्यवस्था लागू गरेको छ । ट्रम्प प्रशासनले नयाँ निर्देशन जारी गरी अमेरिका प्रवेशमा थप कडाइ गर्दै यस्तो व्यवस्था लागु गरेको हो ।
सीबीएस न्युजका अनुसार यो निर्देशन अमेरिकी विदेश मन्त्रालयले दूतावास तथा वाणिज्य दूतावासहरूलाई पठाएको हो । निर्देशनमा भिसा आवेदकले ‘पब्लिक चार्ज’ अर्थात् सरकारको आर्थिक बोझ बन्न सक्ने सम्भावना देखिएमा उनीहरूलाई अयोग्य मान्न अधिकारीहरूलाई सुझाइएको छ ।
निर्देशनमा भनिएको छ,‘आवेदकको स्वास्थ्य अनिवार्य रूपमा विचार गर्नुपर्छ । कार्डियोभास्कुलर रोग, श्वासप्रश्वाससम्बन्धी रोग, क्यान्सर, मधुमेह, मेटाबोलिक तथा स्नायु रोगदेखि मानसिक स्वास्थ्य समस्यासम्मले अत्यधिक महँगो उपचार आवश्यक पर्न सक्छ ।’
यससँगै भिसा मूल्यांकनमा संक्रामक रोग वा खोप अभिलेख मात्र होइन, दीर्घरोग तथा उमेरसम्बन्धी जोखिम पनि प्रमुख तत्वका रूपमा समावेश गरिएका छन् ।
मोटोपनाले दम, स्लीप एपनिया तथा उच्च रक्तचाप उत्पन्न गराउन सक्ने भएकाले यसलाई पनि पब्लिक चार्जको जोखिमसँग जोडेर मूल्यांकन गर्न निर्देशनमा उल्लेख छ । विश्वको करिब १० प्रतिशत जनसंख्या मधुमेहबाट पीडित रहेको र मुटुरोग विश्वमै मृत्युको प्रमुख कारण बनेको पृष्ठभूमिमा यो कदम थप कठोर मानिएको छ ।
यस्तै, आवेदकसँग उपचार खर्च सम्हाल्न पर्याप्त आर्थिक स्रोत छ कि छैन भन्ने आकलन गर्न अधिकारीहरूलाई भनिएको छ । विशेष गरी सरकारी खर्चमा दीर्घकालीन उपचार वा सेवामा निर्भर हुनुपर्ने सम्भावना छ कि छैन भन्नेबारे प्रश्न उठाइनेछ ।
निर्देशनले आवेदकका परिवार सदस्यहरूको स्वास्थ्य अवस्थालाई पनि मूल्यांकनमा समावेश गर्ने व्यवस्था मिलाएको छ । ‘आश्रित परिवारमा दीर्घरोग वा विशेष हेरचाह आवश्यक पर्ने सदस्य छन् भने, त्यसले आवेदकको रोजगारीमा असर पार्छ कि पार्दैन ?’ यो निर्देशनबारे अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले अझै कुनै टिप्पणी गर्न बाँकी रहेको एएनआईले जनाएको छ ।
एएनआई

प्रकाशित मितिः शनिबार, २२ कात्तिक २०८२
https://jawaaf.com/storage/01K9F8VX0HA4ZBHQGS1F5YTGM9.jpeg

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान

काठमाडौं ।  प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न आह्वान गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले आज भिडियो सन्देश दिँदै आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि विवेकको मत प्रयोग गर्न आह्वान गरेकी हुन् ।

उनले भिडियो सन्देश  जारी गर्दै  भनेकी  छन्, ‘जेनजी युवा र समस्त नेपालीको सपनाको नेपाललाई यथार्थको नेपाल बनाउन, सबैभन्दा पहिला तपाईँ–हामीले हाम्रो मतदाता परिचयपत्र बनाउनुपर्छ । अनि त्यसको सही उपयोग गरेर सही प्रतिनिधि छान्नुपर्छ ।’

प्रधानमन्त्री कार्कीले विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्ने समेत बताएकी  छन् ।

उनले भनिन्, ‘तपाईँहरू आफैँ सही प्रतिनिधि बन्नुपर्छ । विद्यमान बेथितिसँग लड्न र देश विकासमा सँगै अगाडि बढ्न हरेक योग्य नागिरकले आफ्नो मताधिकारको सदुपयोग गर्नुपर्छ । मताधिकारको सदुपयोग गर्न नजिकैको निर्वाचन कार्यालय गएर आजै मतदाता परिचय बनाऔँ ।’

प्रकाशित मितिः शुक्रबार, २१ कात्तिक २०८२