बिहिबार, २१ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JR5M9ECSYE41620ZK1K7KPPD.avif

नेपाली समाजमा विद्वान् र विद्धताको कदर हुन छाड्यो : डा.सुरेन्द्र केसी

रामेछाप । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताएका छन् ।

रामेछापमा आइतवार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक वृहत् विचार गोष्ठीमा बोल्दै डा.केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताए । त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उनको विश्लेषण छ ।

केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताए । युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वाकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उनको ठम्याइ छ ।

केसीले नेपाली सम्मानमा विद्वान् र विद्धताको कदर हुन छाडेको गुनासो गरे । ‘विद्वान् र विद्धताको करद नै छैन, एउटा पिएचडी गरेको डाक्टरलाई एउटा फुच्चेले के छ खबर भने जिस्क्याउँछ, खिसी गर्छ, अनि कहाँबाट देश बन्छ’, उनले भने ।

केसीले अब पुष्पलाल र उनको बिचारलाई समेत नयाँ कोणबाट परिभाषित गर्नुपर्ने बताए । पुष्पलालका कतिपय दस्ताबेजलाई तोडमोड गरिएका बताउँदै उनले त्यसको बारेमा वृहत् खोज, अध्ययन र सार्वजनिकीकरण गर्नुपर्नेमा जोड दिए ।

विज्ञान र प्रविधिले धेरै कुरा ल्याएको बताउँदै उनले त्यसको प्रभाव समाजमा परेको बताए । नयाँ प्रविधिको विकास भएसँगै समाज र त्यसलाई हेर्ने दृष्टिकोण समेत परिवर्तन भएकोले अब परिवर्तित सन्दर्भ अनुसार समाज विश्लेषण गर्नुपर्ने उनको धारणा छ ।

प्रकाशित मितिः आइतबार, २४ चैत २०८१
https://jawaaf.com/storage/01JR2T989VF62MS3SGV4KES1C4.avif

‘देशमा राजतन्त्र ल्याउने ठाउँ नै छैन, कहाँबाट ल्याउनु ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिले देशमा राजतन्त्र ल्याउने ठाउँ नभएको बताएका छन् ।

शनिवार नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारहरू गर्न  सकिने तर राजा आउने कुरा भ्रम भएको बताएका हुन् ।

‘राजतन्त्र ल्याउने ठाउँ नै छैन । धेरै जनाले नबुझी राजतन्त्र आउँछ भन्छन् तर त्यो  सम्भव छैन् । राष्ट्रपति प्रणालीगत र शासकीय सुधार, निर्वाचन प्रणालीमा सुधारलगायत क्षेत्रमा काम गर्न सकिन्छ । त्यसैले राजा आउँछ भनेर भ्रममा नपरौँ ।’

ad_news_shatyashisu.gif 688.4 KB

साथै उनले अहिलेको सापेक्षतालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमै  जानु उपयुक्त हुने बताए । उनले एउटा कसैले चाहँदैमा राजा नआउने र राजा ल्याउनको लागि हरेका दलभित्र बहस हुनुपर्ने बताए ।

उनले भने, ‘विभिन्न दल मिलेर संविधान बनाएको हो । त्यसैले राजा आउने र ल्याउने कुरामा बहस दलभित्रै हुनुपर्छ । दल भनेको त हतियार वा साधन हो नि । धर्म त परिवर्तन हुन्छ भने पार्टी परिवर्तन नहुने हो र ?’ उनले अगाडि भने,‘अहिलेको सापेक्षतामा आर्थिक, सामाजिक अवस्था, विविधता, जटिल  भूराजनीतिक सबै अवस्थालाई हेर्ने हो भने प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखमा नै जानुपर्ने देखिन्छ ।’

प्रकाशित मितिः शनिबार, २३ चैत २०८१
https://jawaaf.com/storage/01JR0HSKMF8YAFJXP2H146DYAE.jpg

कुलमानले भने : ‘एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग र भताभुङ्ग हुन्छ’

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएका कुलमान घिसिङले प्राधिकरणले पाएको यी सफलताहरू आफ्‌नो एक्लो प्रयासले मात्र सम्भव नभएका बताएका छन् ।
बर्खास्तीमा परेपछि शुक्रबार पत्रकार सम्मेलन गर्दै घिसिङले यो समग्र सफलता प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम रहेको बताएका हुन् ।
उनले भने, ‘राष्ट्र निर्माणमा जहाँ आवश्यकता पर्छ त्यहाँ योगदान दिन तयार छु । मैले प्राधिकरणमा रहेर लोडसेडिङ अन्त्य गर्नेदेखि, संस्थालाई नाफामा लगेर जनतालाई सुविधा दिनेसम्मका कार्यहरू इमानदारीपूर्वक सम्पन्न गरेको छु । यी सबै कार्यहरू नतिजामुखी नेतृत्व र जबाफदेहितामा आधारित थिए । मेरो प्रतिबद्धता सधैँ जनताको सेवा प्रति समर्पित रहनेछ । प्राधिकरणले पाएको यी सफलताहरू आफ्‌नो एक्लो प्रयासले मात्र सम्भव थिएन । यसमा प्राधिकरण परिवारको कठिन परिश्रम, नेपाल सरकार र विभिन्न सम्बद्ध निकायहरूको साथ र सहयोग तथा समस्त नेपाली जनताको विश्वास र धैर्यताको साझा परिणाम हो ।’
साथै  उनले एउटा मन्त्रीको गलत नेतृत्वले क्षणभरमै संस्था लथालिङ्ग हुनसक्ने अवस्था विद्यमान रहेको टिप्पणी गरे । उनले विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भएकाले आगामी दिनमा सजग रहने बताए । उनले भने,
‘विगतदेखि नै आफूमाथि चौतर्फी रूपमा प्रहारका प्रयास भैइरहेका छन्, यसमा म सजग रहने छु । राज्यले दिएको जिम्मेवारी इमानदारी र निष्ठाकारसाथ पूरा गर्दा मलाई केही स्वार्थी समूहबाट मेरो मान, प्रतिष्ठा र इज्जतमाथि आघात पुग्ने गरी विगतबाटै प्रत्यक्ष/अप्रत्यक्ष चौतर्फी रूपमा प्रहारका प्रयास भएका थिए । मलाई कमजोर बनाउन आगामी दिनासमेत सोही किसिमका प्रहार हुनेमा म सतर्क र सजग रहेको पनि सार्वजनिक गर्न चाहन्छु । हामीले विश्वसनीय बिजुली आपूर्ति सुनिश्चित गर्‍यो, राष्ट्रको आर्थिक बचत गयौँ र जनताको जीवनस्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्यौँ । प्रभावकारी नेतृत्व, स्पष्ट भिजन, र पारदर्शी विधिबाट प्राप्त यो सफलताको नमुना अब देशका अन्य क्षेत्रमा पनि लागू गर्न सकिन्छ भन्ने मलाई दृढ विश्वास छ । तर एउटा मन्त्री र संस्थाको नेतृत्वको गलत नियत र निर्णयले क्षण भरमा संस्था लथालिङ्ग र भताभुङ्ग हुनसक्ने अवस्था विद्यमान छ । यसको लागि सदैव खबरदारी गर्नु आवश्यक हुन्छ ।’

प्रकाशित मितिः शुक्रबार, २२ चैत २०८१
https://jawaaf.com/storage/01JQNHWDMAZ46RP6MMX25AE48V.jpg

कुलमान बर्खास्तप्रति ओलीको जवाफ : ‘मन्त्रीसँग सहकार्य नगर्ने कर्मचारी हट्छन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारी हटाउने र नयाँ जिम्मेवारी दिने सामान्य प्रक्रिया भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै ओलीले एकजना कर्मचारीको विषयमा प्रश्न उठ्दै आएकाले सदन अबरुद्ध गरी महत्वपूर्ण संसदीय कार्यमा बाधा पुग्न नहुने बताएका हुन् । 

उनले  भने,‘केही दिनयता संसद अबरुद्ध छ । सुशासन र त्यसमा कम्प्रमाइज भएका विषयमा प्रश्न उठ्नु स्वभाविक छ । सरकारका कामकारबाहीप्रति प्रश्न उठाउने वा समर्थन गर्ने स्थल नै यस सम्मानित सदन हो । तर अहिले विषय सामान्य छ, एकजना कर्मचारीको विषयमा प्रश्न उठेको छ । सदन अबरुद्ध छ, महत्वपूर्ण संसदीय कार्यमा बाधा पुगेको छ । मन्त्रीप्रति लोयल्टी नभएको कर्मचारीसँग मन्त्रीले सहकार्य गर्न सहज मानेन भने हट्छ, यो स्वाभाविक प्रक्रिया हो, देशका महत्त्वपूर्ण विषयमा छलफल गरेर निर्णय गरेर अघि बढ्नुपर्ने समयमा एउटा सामान्य कर्मचारीको विषयमा संसद् अल्झनु हुन्न ।’

साथै उनले अहिले यस विषय अदालतमा विचाराधीन रहेको बताए । यसमा थप चर्चा, परिचर्चा बहस गर्न आवश्यक नरहेको बताए ।

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाइएको विषयमा प्रतिपक्ष सांसदले जवाफ माग गरेका थिए ।

विपक्षीका प्रश्नको सोमबाप्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले मन्त्रीप्रति लोयल्टी (इमानदारिता) नभएको कर्मचारी हट्नु सामान्य प्रक्रिया भएको दोहो¥याए ।

प्रकाशित मितिः सोमबार, १८ चैत २०८१
https://jawaaf.com/storage/01JQEVTH0AMN24KAQ3HT9QPVTS.jpg

मुलुक पछाडि फर्किन सक्दैन्, वंशको शासन ल्याउन असम्भव : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् भन्दै व्यङ्ग्य गरेका छन् ।


शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले सरकारलाई जनताको समस्यामा भन्दा पनि गीत गाउनमा मतलब भएको बताए ।
उनले भने, ‘सरकारलाई त गीत गाउनमात्रै मतलब छ । उसलाई त खाली म त ढलें, ढलें…अहिले हामीले ढालेकै छैनौं अनि किन ढलें ढलें भनेको त ? मति सप्रियोस्, बुद्धि फेरियोस् । प्रचण्डजीलाई पनि षड्यन्त्र गरेछन् स्वर्ग पनि, नर्क पनि सँगै जाने भनेर प्रचण्डजी त सोझो मान्छे, दंग पर्नुभएछ । अनि राती स्वर्गतिर लग्लान् भनेको त लात्तीले हिर्काएर नर्कमा पठाइदिएछन् । त्यस्तो षड्यन्त्रकारीलाई हामीले चिन्न नसक्नु कमजोरी हो । मलाई पनि फकाउन आएका थिए, प्रचण्डजीको अनुहार देखेपछि विश्वास लाग्यो । मिल्नुपर्छ भन्दा त केही भ्रममा पर्‍यौं ।’


त्यस्तै उनले आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै भएको भन्दै मुलुक पछाडि फर्किन नसक्ने भन्दै प्रतिगामी शक्तिहरुलाई चेतावनी दिए ।
उनले भने,‘यो आजको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङ मात्रै हो । प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । मुलुक राणातिर फर्कन सक्दैन् । अहिले संसारमा जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने तयार छैनन् । इतिहास फेरी पछाडि जान सक्दैन, जान दिदैनौ । चुनौती दिन चाान्छौं देशमा वंशको शासन ल्याउन खोज्ने दुष्चेष्टा गर्छ भने उनीहरुले ठूलो मूल्यचुकाउनु पर्नेछ ।’

प्रकाशित मितिः शुक्रबार, १५ चैत २०८१
https://jawaaf.com/storage/01JQER192DCCMH7JPSC5WJPD7G.jpg

हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य

पोखरा   । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् । 

पोखरामा शुक्रबार आयोजित ‘मिडिया, कर्पोरेट क्षेत्रहरु र प्रेस काउन्सिल नेपालको भूमिका साथै पत्रकार आचारसहिता’ बिषयमा भएको छलफलमा बोल्दै उनले हामी सबै कर्पोरेट संस्कारभित्र बस्न नसकेको बन्दै हरेक क्षेत्रमा दादागिरी हुने गरेको बताएका हुन् । 

‘कर्पोरेट संस्कारभित्र हामी सबै बस्यो भने मिडिया पनि आफ्नो बाटो हिड्छ होला । यो दादागिरी भन्ने शब्द हरेक ठाउँमा छ । केही न केही ढङगले कर्मचारी, राजनीतिक नेताहरुले दादागिरी देखाउने अनि भाष्य चै यो क्षेत्र गलत नै हो भन्ने छ ।’  

उक्त्त कार्यक्रम आर्थिक संस्कारको आयोजनमा भएको थियो भने प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, कास्की जिल्ला शाखाको समन्वय र पिङ्करोज बिज्ञापनको संयोजनमा उक्त्त कार्यक्रम भएको थियो । 

 

प्रकाशित मितिः शुक्रबार, १५ चैत २०८१
https://jawaaf.com/storage/01JQFXGKHMD0C23KK9YNAWP889.jpg

नेपालमा राजतन्त्रको पुनःस्थापना र लोकतन्त्रको रक्षा

धरान । नेपालमा अहिले केही व्यक्तिहरू राजतन्त्रको पुनःस्थापना गर्नुपर्ने कुरामा अडिग छन्। यस्ता आवाजहरू जुन अराजकता र अव्यवस्था सिर्जना गर्नका लागि उठेका छन्, ती लोकतन्त्र र यसको स्थायित्वको पक्षमा रहेका हामी सबैको लागि गम्भीर चिन्ता को विषय हुन्। लोकतन्त्रका समर्थकको हैसियतले, हामीले यस प्रकारका प्रवृत्तिहरूको कडा विरोध गर्नुपर्छ र नेपालको समृद्ध र सशक्त लोकतान्त्रिक भविष्यको रक्षा गर्न कसम खाउनुपर्छ।

नेपालको ऐतिहासिक सङ्घर्षले जनतालाई स्वतन्त्रता र समानताको अधिकार दिएको छ। २०४६ को जनआन्दोलन र २०६२/६३ को जनआन्दोलनले जनताका लागि लोकतन्त्रको द्वार खोल्यो। यी आन्दोलनहरूले नेपालको राजनीति र समाजमा अत्याचार र असमानताका विरुद्ध एक नयाँ युगको सुरुआत गरेका थिए। त्यसको परिणाम स्वरूप, हामीलाई एक स्थिर संविधान प्राप्त भएको हो, जसले हामीलाई भेष, जात, धर्म, र लिङ्गको आधारमा समान अधिकार प्रदान गर्छ।

राजतन्त्रको पक्षमा आवाज उठाउनेहरूका विचारहरू हाम्रो संविधानको मर्म र जनताका अधिकारहरूको प्रतिकूल छन्। राजतन्त्रको अवधारणाले निरङ्कुश शासनको जडत्वलाई बल दिन्छ, जसले मुलुकको प्रगति र सामाजिक न्यायको बाटोमा ठूलो अवरोध खडा गर्दछ। जब हामी इतिहासलाई हेरिरहेका छौँ, हामी बुझ्न सक्छौँ कि राजतन्त्रको समयमा जनताको आवाजलाई दबाइने र अन्याय र भ्रष्टाचारलाई संरक्षण गर्ने कार्य भएको थियो।

आजको नेपालको सन्दर्भमा, हामीलाई यस्ता विचारहरूको चुनौतीलाई सशक्त र लोकतान्त्रिक विधिमार्फत प्रतिकार गर्नुपर्ने आवश्यकता छ । लोकतन्त्र भनेको केवल शासनको रूपमात्र होइन, यो एउटा जीवनको तरिका हो जसले हाम्रा मौलिक अधिकार र स्वतन्त्रतालाई कदर गर्छ। हाम्रो संविधानले शासकीय शक्ति जनताबाट निस्कने र जनताका प्रतिनिधिहरू मार्फत सञ्चालित हुने व्यवस्था गरेको छ।

राजतन्त्रको पुनःस्थापना गर्ने यस्ता प्रयासहरू नेपाली जनता र नेपालको समृद्धिको पक्षमा छैनन्। हामी सबैको कर्तव्य हो कि लोकतान्त्रिक मुलुकको रूपमा हाम्रो अधिकार र कर्तव्यको रक्षा गरौँ र मुलुकलाई अझ प्रगति र समृद्धिको मार्गमा अघि बढाऔँ। लोकतन्त्रको विरोधी विचारलाई कानुनी र लोकतान्त्रिक विधि अनुरूप चुनौती दिइनु पर्छ।

(राई चैत्र ५ मा सम्पन्न स्ववियु निर्वाचन महेन्द्र बहुमुखी क्याम्पस धरानका सदस्य पदका उपविजेता उम्मेदवार हुन)

प्रकाशित मितिः शुक्रबार, १५ चैत २०८१
https://jawaaf.com/storage/01JQE3GN9J2FZQ3GHY289TPZYP.jpg

जनतालाई पैतालामुनी राखेर हैकम चलाउनेहरुको अन्त्य जरुरी : विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामन्तीहरुको अन्त्य आवश्यक रहेको औंल्याएका छन् ।  

शुक्रबार समाजवादी मोर्चाले काठमाडौंमा गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले नेपालीहरुलाई प्रभुहरुको र सामन्तहरुको खाँचो नभएको बताएका हुन् । 

उनले भने, ‘नेपाली जनता गणतन्त्रसँग गौरव गर्छन । केही मान्छेहरुले केही तत्वहरुले अहिले फेरी गणतन्त्र उल्टाएर राजतन्त्रको वकालत गरिरहेका छन् । राजतन्त्र फर्काउने कुरा गरिरहेका छन् । हामी चुनौती दिन चाहन्छौ यहाँ प्रभुहरुको खाँचो छैन । हामीलाई सामन्तहरुको खाँचो छैन् । जनतालाई पैतालामुनी राखेर हैकम चलाउने सामान्तको खाँचो छैन् । धेरै त्याग गरेर परिवर्तन यहाँसम्म आएको छ । तर हामीलाई यही पूँजीवाद पनि खप्न गाह्रो भएको छ । पूँजीपतिहरुले नेपाली जनताको वलिदान र त्यागबाट आएको परिवर्तनमा कब्जा जमाएर नेपाली जनतामाथि दमन गरिरहेका छन् ।’

उनले सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेको भन्दै गणतन्त्रसम्म आउँदा जनताको सबै आकांक्षा पूरा भएको आफूले बुझेको पनि बताए । 

‘हराइएका, जनताको बलद्वारा धुलो पारिएका सामन्ती तत्वहरुका बचेकुचेका तत्वहरुले षड्यन्त्र गरेर गणतन्त्रको विरुद्धमा चलिरहेका छौं । हामी गणतन्त्रसम्म आएका छौं, तर जनताको सबै आकांक्षा पूरा भएको छैन्, हामीले बुझेका छौं,’ उनले भने । 

यस्तै उनले नेपालको राजनीतिक यात्रा गर्दै आउँदा चौबाटोमा आइपुगेको र नेपाली जनताले सही बाटो रोज्नुपर्ने बताए ।

प्रकाशित मितिः शुक्रबार, १५ चैत २०८१
https://jawaaf.com/storage/01JQ5JN78807JAKYYH99RBYPEV.avif

‘सरकारले दुई तिहाइ बहुमतको दम्भमा कुलमानलाई हटाउने गलत निर्णय गरेको छ’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय गलत र आपत्तिजनक रहेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टेटस राख्दै उनले घिसिङको नेतृत्वमा लोडसेडिङ घटेको भन्दै दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गरेका छन् ।

स्टेटसमा भनिएको छ, ‘देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रूपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । हाम्रो नेतृत्वको सरकारको योजना अनि उहाँको विज्ञता र क्षमताबाट उज्यालो नेपाल निर्माण गर्न सफलता मिलेको जन–जनमा जानकारी छ । सरकारले मन्त्रीपरिषद् बैठकबाट उहाँलाई बर्खास्त नै गरेको भन्ने खबर सञ्चारमाध्यमबाट सार्वजनिक भएको छ । आशा गरौँ यो खबर असत्य साबित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ । दुई तिहाइ बहुमतको दम्भमा गरिएको यो निर्णयप्रति घोर निन्दा गर्दै यसको प्रतिरोध गर्न आग्रह गर्दछु ।’

यस्तै, प्राधिकरणको बाँकी बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेकै कारणले कुलमान घिसिङलाई सरकारले लामो समयदेखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको पनि उनको भनाई थियो ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः मङ्गलबार, १२ चैत २०८१
https://jawaaf.com/storage/01JQ1J8MBAS9Q6AYRF0CGCDM2G.avif

यौन व्यवसायबारे चर्को वहस : व्यवस्थित गर्ने कि बन्देज ?

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले चैत्र ३ गते बसेको प्रतिनिधिसभा बैठकमा यौन व्यवसाय खुलागरी पर्यटन प्रवर्धन गर्नुपर्ने भनी एक सनसनीपूर्ण अभिव्यक्ति दिए । 

उनले यसअघि प्रमुख सचेतक नहुँदै पनि यस्तै धारणा राखेर विवादित पनि भइसकेका थिए । 

उनले भनेका थिए,‘धार्मिक पर्यटकले पैसा खर्च गर्दैनन् । पैसा खर्च गर्ने भनेको मनोरञ्जन क्षेत्रमा आउने पर्यटकले नै हो, यौन व्यवसायलाई खुला गरौँ । यसबाट धेरै विदेशी पर्यटक आउँछन् । यसले मुलुकको आर्थिक समृद्धिका लागि योगदान पुग्छ ।’

घिमिरेले दिएका अभिव्यक्तिमा महिला नेतृहरूले आपत्ति जनाउदै कारबाहीको माग समेत गरे । 

यसै क्रममा नेकपा माओवादी केन्द्रकी सांसद दुर्गा राईले घिमिरेको अभिव्यक्तिले समाजलाई अराजकतातिर पुर्‍याउने भन्दै उक्त भनाइलाई रेकर्डबाट हटाउनका लागि रुलिङको माग नै गरिन् । 

उनले भनिन्,‘हिजो सत्ता पक्षका माननीयज्यूले यौन व्यवसायलाई कानुन बनाइ मान्यता दिएर पर्यटकलाई आकर्षण गरी अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रो पटक यस संसदमा उठाउनु आपत्तिजनक कुरा हो । यस्तो चिन्तनको घोर भर्त्सना गर्दछु । यस्तो विचारले अनुशासित र मर्यादित रूपमा रहेको समाजलाई अराजकतातिर पुर्याउँछ । त्यसैले यो भनाइलाई रेकर्डबाट हटाउनको लागि रुलिङको माग गर्दछु ।’

यता, घिमिरे आफ्नो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भएपछि उनलाई पार्टी नेतृत्वले स्पष्टीकरण नै सोध्न बाध्य भयो । हुनत, देशको विकासका लागि कानुनी व्यवस्था गरेर यौन व्यवसाय खुला गर्नुपर्ने आवाज यसअघि पनि उठ्दै आइरहेको छ ।

प्रतिनिधि सभाकी सांसद चन्दा चौधरीले ३१ भदौको संघीय संसद्मा भनिन्, गण्डकी प्रदेशको मुख्यमन्त्री रहँदा पृथ्वीसुब्बा गुरुङले ‘रेडलाइट एरिया खोल्नुपर्छ’ भनेर सार्वजनिक अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिलाई लिएर तत्कालिक प्रतिनिधि सभाकी सांसद चन्दा चौधरी गुरुङको राजीनामा नै माग गरेकी थिइन् । 

तर गुरुङले यौन धन्दाको व्यवस्थापन गर्न चारवटा उपाय सुझाउँदै भनेका थिए–यौन धन्दालाई पूर्ण रूपमा बन्देज गर्ने, अपराधीकरण गर्ने, नियमन गर्ने र रेडलाइट एरिया तोक्ने।’ यिनै उपायबाट विश्वमा यौन धन्दा नियन्त्रणको अभ्यास भएको उनको दाबी थियो । 

यसअघि तत्कालीन कानुनमन्त्रीसमेत रहेका शेरबहादुर तामाङले संसद्मा ‘बंगलादेशमा पढ्न गएका नेपाली छात्राहरूले यौन व्यवसाय गरेको’ भन्नेबारे अभिव्यक्ति दिँदा मन्त्री पद नै गुमाएका थिए । तर कानुनको अभावमा यौन धन्दा व्यवस्थित नभएको र पूर्ण नियन्त्रणमा समेत आउन सकेको छैन् । 

यद्यपि, यौन पेशालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ । कतिपयले यस्तो पेशालाई नियन्त्रण र बन्देज गर्नुपर्ने आवाज उठाएका छन् भने कतिपयले यौन श्रमिकहरूको विषयलाई मानव अधिकारको दृष्टिकोणमा आवाज उठाइरहेका छन् ।

यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरूले संविधानको धारा १८, धारा ३४ र धारा ४२ मा भएको प्रावधानहरूलाई लिएर सेक्स वर्करहरूलाई पनि सुरक्षित, स्थिर र सम्मानपूर्ण बाँच्न पाउने अधिकार हुनुपर्ने पक्षमा आवाज उठाइरहेका छन् । 

यौन श्रमिकहरूको न्यायको लागि काम गर्ने संस्था मायाको संसारकी संस्थापक सुनिता लामाले नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय रहेकाले उनीहरूले पनि आफ्नो योग्यता अनुसार बाँच्न पाउनुपर्ने बताइन् । 

उनले यौन श्रम र श्रमिकलाई राज्यले अपराधीकरण गरेको र त्यसलाई निरअपराधीकरण गर्नुपर्ने बताइन् । यौन व्यवसायलाई व्यवस्थित गर्नुपर्ने सांसदहरूको आवाजलाई सम्मान गनुपर्ने उनको धारणा छ । 

‘नेपाल सरकारको तथ्याङ्क यौन श्रमिक महिलाहरू ८६ हजार छ । यौन श्रम हो, व्यवसाय होइन् । नेपालमा यौन श्रमिकहरूको अवस्था दयनीय छ । माननीयज्यूहरुले उठाएको कुरा गलत भन्न मिल्लदैन । कुरा सहि हो । नेपालको कानूनले यसलाई अपराधीकरण गरिरहेको छ । यसलाई निरअपराधीकरण गर्नुपर्छ । स्वेच्छाले काम गर्ने नीति बनाउनुपर्छ । यौन श्रमिकको रूपमा काम गरिरहँदा शोषणमा पनि परेका हुन्छन् । यहाँ जति सजिलो देखिन्छ त्यति सजिलो छैन । यसलाई व्यवस्थापन गर्न पोलिसी बन्नुपर्छ,’ उनले भनिन् । 

उनले यौन पेशा रहरले नभइ बाध्यात्मक परिस्थितिले अवलम्बन गरेको भन्दै यौन श्रमिकहरूको हकका लागि वैधानिक भन्दा पनि नीति बनाउनुपर्ने बताइन् । 

यस्तै, यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको अधिकारका पक्षमा वकालत गर्दै आएका अधिवक्ता सुजन पन्तले यौन श्रमिकको अधिकार सुनिश्चित गर्नुपर्ने अवस्थामा राजनीतिकीकरण गरिनु दुर्भाग्यपूर्ण भएको बताए । 

‘यहाँ एउटा वर्ग छ, जो चाहीँ पिडामा छ । जसको अधिकार चाहीँ राज्यले सुनिश्चित गर्नुपर्ने अवस्थामा यसलाई राजनीतिक गरेर खाने विषय बनाउनु अत्यन्तै दुर्भाग्यपूर्ण छ,’ उनले भने ।

‘राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमार्फत नेपाल सरकारले तथ्याङ निकाल्छ । जसअनुसार करिब एक लाख यौन श्रमिक रहेका छन् । उनीहरू समस्या विकराल छ यसलाई व्यवस्थापन गनुपर्ने समयमा संसदमा उठ्यो । अव पोजिटिभ आउला भनेको दबाइयो ।’ उनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले यौन पेशालाई मर्यादित काम भनेर परिभाषित गरको पनि बताए ।

यता, प्रहरीले यौन धन्दामा संलग्नलाई पक्राउ गरेर प्रायः मानव बेचबिखनविरुद्धको अपराधअन्तर्गत मुद्दा चलाउने गरेकाले मानव अधिकार हनन् भएको अधिकारकर्मीहरूको भनाइ छ । मुलुकी संहितामा पनि स्पष्ट व्यवस्था र परिभाषा नभएकाले अपराध अन्तर्गत मुद्दा चलाइने गरेको छ । यौन धन्दाका विषयमा स्पष्ट कानून अभाव छ ।

कानुन व्यवसायी पन्तले नेपालमा यौन व्यवसाय बारे कानुनी मौनता रहेको, यौन व्यवसाय वैध छ कि अवैध छ भन्ने बारे आ–आफ्नै धारणा रहेको बताए । कानूनमा स्पष्टता नहुँदा नेपालमा यौन व्यवसाय वैधानिक हो कि भनेर अनुमान पनि लगाउन सकिने उनको जिकिर छ ।

प्रकाशित मितिः आइतबार, १० चैत २०८१