शुक्रबार, २२ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JKTM2RGZ67BVPFANQ1CTTBAP.jpg

बालेन साहबाट गरिब जनतालाई दुख दिने काम भयो : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेश कुमार सिंह ले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट कुनै विकल्प नदिईकन गरिब बसेको ठाँउ हटाउने गलत काम भएको बताएका छन्  । 

मंगलबार प्रतिनिधि सभाको बैठक पश्चात उनले राज्य गरिब र कमजोरलाई संरक्षण गर्नको लागि आवश्यक हुने भन्दै सरकारमा रहेकाबाट नै गरिब जनतालाई दुख दिने काम सही नभएको बताए । 

उनले भने, ‘राज्यको आवश्यकता कमजोरलाई संरक्षण गर्नको लागि पर्छ । बलियो मानिसको लागि राज्य आवश्यक हुदैँन् । लड्नै मन छ भने मेरो भनाई एकदमै प्रष्ट थियो महानगरभन्दा बलियो ठाँउ संसद भवन छ केही गर्न सकिन्छ भए भनेर भन्न खोज्या हो । उहाँलाई विकास गर्नु छ भए पार्क बनाए हुन्छ तर बेकारमा जो कमजोर छ, निर्दोष छ उनीहरुलाई कुटपिट गर्ने, उसको घरमा डोजर लगाउने, एउटा कुनै विकल्प नदिईकन त्यतीकै बसिरहेको ठाँउ हटाउने काम गर्नु भएन् ।’ 

यस्तै, उनले शहर कुरुप बनाउने गरिब जनताले नभई यहाँको शासक, प्रधानमन्त्री र मन्त्री भएको बताए ।

प्रकाशित मितिः मङ्गलबार, २९ माघ २०८१
https://jawaaf.com/storage/01JKQSBVD9M06HE3WZSFVDT2JG.avif

सामाजिक सञ्जाल सम्बन्धी विधेयक मान्य छैन : सांसद झा

काठमाडौँ ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सबैभन्दा पहिलो  स्वतन्त्रता नै वाक स्वतन्त्रता भएकाले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा भएका प्रावधाहरु मान्य नहुने बताएका छन् ।

प्रतिनिधिसभा बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै झाले सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आइरहेको छ यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको बताएका हुन् ।

उनले भने, ‘सामाजिक सञ्जाल सम्बन्धी जुन विधेयक आइरहेको छ, यसले नियमन गर्नुपर्ने ठाउँमा नियन्त्रण गर्न खोजिएको छ । छाडा छोड्नु हुँदैन, नियमन गर्नुपर्छ ।  तर त्यसलाई अभिव्यक्ति स्वतन्त्रता अर्थात् हाम्रो आधारभूत सिद्धान्तमा पनि लेखिएको को कुरालाई उल्लघँन गर्न पाइँदैन् । संविधानमा पनि लेखिएको कुरा स्वतन्त्रता अर्थात् वाक स्वतन्त्रता हो । त्यसैले यो विधेयक मान्य छैन ।’

Bantawa Hardware.gif 828.52 KB
 

प्रकाशित मितिः सोमबार, २८ माघ २०८१
https://jawaaf.com/storage/01JKQRYSHSKZ4H2TN6A708WVT7.avif

सरकारले ल्याएको अध्यादेश सफल हुँदैन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद वर्षमान पुनले सरकारले ल्याएको अध्यादेश सफल नहुने बताएका छन् । सोमवार प्रतिनिधिसभाको बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले कतिपय कानूनहरू आवश्यक भएपनि नियमित प्रक्रियाबाट नहुँदा फेल हुने गरेको बताएका हुन् ।

Bantawa Hardware.gif 828.52 KB

उनले भने, ‘यदि कानून बनाउने हो भने, कानून आवश्यक हो भने हिउँदे अधिवेशन समयमै बोलाएर सरकारले विधेयक ल्योओस् । कानून बनाउन हामी सहयोग गर्छौँ भनेका थियौँ । ढिलै भएपनि संसद बोलाइएको छ । तर नियमित प्रक्रियाबाट कानून बनाओस् त्यसमा छलफल गरौंला । कतिपय कानूनहरू पनि आवश्यक छन् । स्वभाविक कुरा हो जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा जसपाले सहयोग गर्छ जस्तो लाग्दैन । भूमि सम्बन्धी, वन सम्बन्धी ऐनहरूमा अध्यादेशमार्फत संशोधन भएको छ । तर यसभन्दा पहिला ल्याएको सरकारको अध्यादेश पनि अरुहरूले फेल नै गरेका थिए । यस पटक सरकारले ल्याएको अध्यादेश फेल हुने अवस्थामा पुगेको छ ।’

साथै उनले सहयोग गर्ने कुरा स्वभाविक भए पनि जसपाले संसदलाई छल्ने, प्रतिनिधि संस्थालाई कमजोर बनाउनेमा सहयोग नगर्ने बताए ।

प्रकाशित मितिः सोमबार, २८ माघ २०८१
https://jawaaf.com/storage/01JKQBX6KMX6MY64NP35YAG9PS.avif

केपी ओली रहँदासम्म बाम एकता सम्भव छैन : प्रचण्ड

जनकपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रहँदासम्म नेपालमा कम्युनिस्ट वा वामपन्थी एकता सम्भव नभएको बताएका छन् ।

जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘केपीजी रहँदासम्म नेपालमा कम्युनिस्ट एकता, वामपन्थी एकता हुने स्थिति छैन । ’प्रचण्डले तत्काल सरकार बनाउनेतर्फ आफ्नो दलको ध्यान नरहेको स्पष्ट पार्दै नेपाली काँग्रेससँग पनि सहकार्यको सम्भावना नरहेको बताए ।

उनले भने, ‘अहिले हाम्रो प्राथमिकता सरकार होइन। हामी जनतामा जाने, जनचेतना अभिवृद्धि गर्ने, पार्टीलाई नयाँ ढंगले विस्तार गर्दै सुदृढ बनाउने अभियानमा छौँ। यो हाम्रो लागि मात्र होइन, देशकै लागि आवश्यक छ। उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायका साथै मधेसी जनताका लागि झन् बढी जरुरी छ।’ उनले भने ।

उनले एमाले वा कांग्रेससँग पटक–पटकको सहकार्यले आफ्नै पार्टीको राजनीतिक संस्कृति प्रभावित भएको स्वीकार गर्दै भने, ‘हामी पनि कहिले एमाले, कहिले कांग्रेससँग मिल्दा अलिअलि उनीहरूको संस्कृति आत्मसात् गरेजस्तो भएको छ। अब हामी फेरि आत्मसुधार गरेर जनतासँग जानेछौँ। अहिले हाम्रो प्राथमिकता सरकार होइन।’

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः सोमबार, २८ माघ २०८१
https://jawaaf.com/storage/01JKQ46QF8HKNM76CSXK3HX0FX.avif

‘सूचना प्रविधिको बढ्दो प्रयोगसँगै भ्रष्टाचारका प्रवृत्तिमा जटिलता थपिएको छ’

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको बताएका छन् ।  सोमवार काठमाडौँमा आयोजित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले भ्रष्टाचारका प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्नुपर्ने बताए । 

उनले भने,‘सत्ता शक्ति प्राप्तिको अनावश्यक मोहले प्रकृया पद्धति र जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लैजान्छ । सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमासमेत जटिलता थपिएको छ । भ्रष्टाचारका प्रकृति र स्वरूप जसरी परिवर्तन भइरहेको छ । त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकीकरण गर्दै जानुपर्छ ।’

त्यस्तै उनले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउनु नसकिने धारणा राखे । सुशासनप्रतिको उच्च आकाङ्क्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता र पारदर्शितालाई मूलमन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाई छ । 

उनले भने,‘सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्‍याउनु सकिँदैन । नागरिकको जीवस्तरमा गुणात्मक सुधारगरी जनताको विकास र सुशासनप्रतिको उच्च आकाङ्क्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार निष्पक्षता पारदर्शितालाई मूलमन्त्र बनाएर काम गर्नुपर्छ । यसमा नीति पद्दती विधि र प्रवृत्तिलाई सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन र सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता हो । 

राष्ट्रपति पौडेलले भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै भने,‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लिखित प्रावधान अनुरूप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ ।’

उनले सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरूप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने बताउँदै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताए । 

त्यस्तै,अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राइले नागरिक सबै परिवर्तनको संवाहक र सरकार त्यसको नेतृत्वकर्ता भएको कारण नागरिक तहबाट आएको चासो र सरोकारलाई सम्बोधनगरी मुलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपालसरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । 

उनले भने,‘नागरिक परिवर्तनको संवाहक हो भने सरकार नेतृत्वकर्ता हो । त्यसैले नागरिक तहबाट आएको नागरिक तहबाट आइरहेको चासो र सरोकारलाई सम्बोधनगरी मुलुकमा सुशासनको अवस्था सुधार गर्नको लागि नेपाल सरकारको अवधारणामा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक छ ।साथै आयोगले सुशासन प्रवर्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न रणनीतिकासाथ सकारात्मक पहल कदमी लिएको छ ।’ 

प्रकाशित मितिः सोमबार, २८ माघ २०८१
https://jawaaf.com/storage/01JKPX4EP2ZZSE8N8B33KDJYGC.avif

एकता महाधिवेशनका लागि घलेको नेतृत्वमा १८० सदस्यीय मूल आयोजक समिति घोषणा

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न गर्नका लागि १८० सदस्यीय मूल आयोजक समिति घोषणा भएको छ ।

आइतवार भएको आरएनए उच्चस्तरीय समिति बैठकले आगामी मे ३–५ तारिखमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका २ जना प्रतिनिधिसहित १८० सदस्यीय मूल आयोजक समिति बनाइएको समितिका सदस्य विनोद कुँवरले जानकारी दिए ।

सर्वोच्च अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाएका हुन् ।

तर, बद्री केसी समूहले भने घले नेतृत्वको समितिलाई असहयोग गर्दै आएका छन् ।तर, घलेले कानुनविद्हरूका साथै विश्वभरका सरोकारवालासँग छलफलका आधारमा महाधिवेशन गराइछाड्ने भन्दै प्रक्रिया अघि बढाएका हुन् ।

सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी र बद्री केसी समेत छन् । 

तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भने भएका छैनन् । यस्तै सहजीकरणको लागि नेपाल सरकारको प्रतिनिधिको रूपमा अरुणा जोशी र पुष्कर नेपालसमेत सदस्य रहेको कुँवरले बताए ।

उनीहरू स्वतः मूल आयोजक समितिमा रहेका छन् । यस्तै एसिया प्रशान्त क्षेत्र, अमेरिका क्षेत्र, युरोप क्षेत्र, मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहने गरी मूल आयोजक समिति बनाइएको छ । यसैगरी यसअघि नै कार्यविधि बनाइसकेको समितिले विभिन्न उपसमिति पनि गठन गरेको छ । जसअनुसार राष्ट्रिय समन्वय परिषद् महाधिवेशन सहजीकरण उपसमितिको संयोजकमा विनोद कुँवर तथा सदस्य सचिवमा लोक दाहाल रहेका छन् ।

यसैगरी क्षेत्रगत समन्वय समितिहरू अन्तर्गत युरोप क्षेत्रमा सदस्यहरू चिन्तामणि सापकोटा,थर्क सेन,चित्र सुवेदी,प्रेम गुरुङ तथा अमेरिका क्षेत्रमा बुद्धि सुवेदी, बीआर लामा, अन्जनी राज भट्टराई, कृष्ण पोखरेल सदस्य रहँदा मध्यपूर्व क्षेत्रमा ठाकुर ढुङ्गाना, आर सी पन्त, भवानी तिमल्सिना, एसिया प्यासिफिक क्षेत्रमा खगेन्द्र न्यौपाने, बलराम श्रेष्ठ, प्रकाश धमला, नरेन्द्र बस्नेत, ओसियाना क्षेत्रमा कृष्ण गिरी, केशव कँडेल सदस्य चयन भएका छन् ।

यसैगरी कुल आचार्यको नेतृत्वमा आर्थिक, जानकी गुरुङको नेतृत्वमा डेलिगेट्स मेम्बर सीप र रविना थापाको नेतृत्वमा प्रचार प्रसार र विधान उपसमिति बनाइएको छ । यस्तै सबै पक्षसँग एकताका लागि जीवा लामिछानेसहितको अर्को समन्वय समिति बनाइएको छ । विशेष गरी एनआरएनएको विवादमा गत चैत २१ मा सर्वोच्चले एकता महाधिवेशन गर्न फैसलापछि अर्को पक्ष आफूहरूलाई काम गर्न रोक लगाउने परराष्ट्रको चैत अन्तिम साताको पत्राचारविरुद्ध सर्वोच्च गएको थियो । जसअनुसार सर्वोच्चले ११ औँ महाधिवेशनबाट नेतृत्वमा आएका बद्री केसी नेतृत्वको एनआरएनएलाई काम गर्न गत साउनमा बाटो खुला गरेको थियो ।

सोही फैसलापछि केसी पक्षले आफूहरूले आधिकारिकता पाएको भन्दै घले नेतृत्वको समितिलाई अस्वीकार गर्दै आएको छ । यस्तो अवस्थामा घलेले एकताको महाधिवेशनको मिति घोषणा गरेसँगै केही अन्योलता समेत उत्पन्न भएको छ ।

यस्तै केसीले पनि आगामी अक्टोबरमा महाधिवेशन गर्ने घोषणा गरिसकेका छन् । तर, अनुसार चैत २१ गते फैसला भएको राजेश शमशेर राणाको मुद्दामा निवेदकको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता शम्भु थापा र अधिवक्ता सरोजकृष्ण घिमिरेले दोस्रो फैसला आए पनि पहिलो फैसला खारेज नभएकाले एकताको महाधिवेशन गराउने जिम्मेवारी घलेको समितिलाई नै भएको बताएका छन् ।

प्रकाशित मितिः सोमबार, २८ माघ २०८१
https://jawaaf.com/storage/01JKJQM1V5HEKJBST04QFQM4XQ.jpg

०८४ मा माओवादीलाई पहिलो हुनबाट कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले २०८४ को निर्वाचन परिणाम माओवादीको पक्षमा आउनबाट अब कसैले रोक्न नसक्ने बताएका छन् । 

अनेरास्ववियू क्रान्तिकारीको २३ औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । 

२०६४ मा जस्तै अहिले देशव्यापी लहर आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसले थप उत्साह र प्रेरणा दिइरहेको बताए । 

उनले भने, ‘२०६४ मा यस्तै उभार थियो, नेतृत्व जता गयो, उतै छुन खोज्ने, बोल्न खोज्ने अवस्था थियो । जनतामा ठूलो आकर्षण थियो, अहिले त्यस्तै देखिएको छ । म विहानको मर्निङ वाकदेखि दिनभरि जनताकै बीचमा खट्ने गरेको छु, जनताकै उत्साह र प्रेरणाबाट यो संभव भएको छ, म जीवनभर यो अभियान जारी राख्ने छु ।’

आफू ७० वर्षे वृद्ध भइसकेको र अहिले विद्यार्थी संगठनमा ३२ वर्षमुनिका साथीहरु आएको उल्लेख गर्दै उनले जनताको बीचमा जान अब नयाँ खालको प्रतिष्पर्धा गर्न आवश्यक रहेको बताए ।  

यसपटक अखिल क्रान्तिकारीले आन्तरिक लोकतान्त्रिक राम्रो अभ्यास गरेको उल्लेख गर्दै उनले यसपटक पुरानो विरासत स्थापित गरेको बताए । 

उनले भने, ‘पार्टीहरु प्रतिबन्धित भएको विद्यार्थी संगठनबाट राजनीति व्यक्त हुन्थ्यो । विद्यार्थी संगठनहरुले के भन्छन् भन्ने कुराले त्यतिबेलाको राजनीति कता जाँँदैछ भन्ने व्यक्त हुन्थ्यो । विद्यार्थी आन्दोलनलाई सशक्त बनाउन भूमिगत भए पनि पार्टीहरुले भूमिका निर्वाह गरिरहेका हुन्थ्यो । यसपटक अखिल क्रान्तिकारीले त्यो विरासतअनुसार आफ्नो छाप स्थापित गर्न सफल भएको छ ।’

संसारभरिको कम्युनिष्ट पार्टीभित्रको अन्तरसंघर्ष र बहस हुँदा एकता, संघर्ष, रुपान्तरण, नयाँ आधारमा नयाँ एकता नै महत्वपूर्ण सूत्र भएको उल्लेख गर्दै उनले सबैले यसलाई आत्मसात गर्नुपर्ने बताए । यो कम्युनिष्टहरुको महत्वपूर्ण दर्शन भएकाले व्यक्ति र गुटवादी होइन, माक्र्सवादी भएर अघि बढ्न विद्यार्थी नेतृत्वलाई आह्वान गरे । 

आगामी स्ववियु निर्वाचनमा श्रेष्ठता हासिल गर्न आग्रह गर्दै उनले अखिल क्रान्तिकारीको नयाँ केन्द्रीय समितिका अगाडि महत्वपूर्ण चुनौतीको रुपमा रहेको बताए । स्ववियु निर्वाचनमा अर्जुनदृष्टि बनाउन निर्देशन दिंदै उनले एकताबद्ध भएर सम्पूर्ण तयारीमा लाग्न आग्रह गरे ।

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKJJ213QRENAYGHR34ZJMMX1.avif

नयाँ शक्तिले माघ २७ देखि प्रथम राष्ट्रिय महाधिवेशन गर्ने

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले प्रथम राष्ट्रिय महाधिवेशन गर्ने भएको छ । शनिवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीले प्रथम राष्ट्रिय महाधिवेशन माघ २७ देखि २९ गतेसम्म काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा गर्न लागेको पार्टी प्रवक्ता कृष्ण शर्माले जानकारी दिएका छन् ।

SathyaShishu_School.gif 386.43 KB

यसको साथै, उनले नयाँ शक्ति पुरानो युगका मान्यता, दर्शन र सैद्धान्तिक आधारहरूलाई नयाँ युगको आवश्यकता अनुसार ढाल्ने लक्ष्यका साथ बनेको भन्दै महाधिवेशन नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धार भएको बताए ।

उनले भने, ‘नयाँ शक्तिको प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछौ । पार्टीको आन्तरिक जीवनमा महत्वपूर्ण कार्यक्रम हो भने राष्ट्रको जीवनमा एउटा नयाँ परिघटना हो । हामीले नयाँ शक्तिको मात्रै महाधिवेशन गर्दै छैनौ नेपालको राजनीतिक प्रणालीलाई पुनसंरचना गर्ने, पुरानो युगका जति पनि मान्यता, दर्शन र सैद्धान्तिक आधारहरू थिए, तीनिहरूलाई पुनसंरचना गरेर नयाँ युगको आवश्यकता अनुसार दार्शनिक मान्यता, प्रणालीहरूको स्थापना गर्ने हाम्रो लक्ष्य हो । त्यसकारण नयाँ शक्तिको मात्र महाधिवेशन होइन्, नेपालको राष्ट्रिय राजनीतिलाई नयाँ दिशा दिने एउटा वैकल्पिक राजनीतिक धारको हो ।’

Pathivara_Adv..gif 182.28 KB

महाधिवेशनका लागि एक हजार पाँच सय जना महाधिवेशन प्रतिनिधि छन् । यीमध्ये एक हजार तीन सय ५० जना चुनिएर आएका छन् भने बाँकी मनोनीत हुनेछन्  । १० प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनीत गर्ने व्यवस्था छ ।

कात्तिकमा पोखरामा भएको विधान अधिवेशनले निर्णय गरे अनुसार केन्द्रीय समिति ९९ सदस्यीय छ । यीमध्ये ८९ जना महाधिवेशनबाट निर्वाचित भई आउनुपर्ने र १० जना मनोनीत रहने व्यवस्था छ  ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKJFMFFT0WAP8VZ5E82TBEVM.avif

समाजवाद निर्माणको मुख्य आधार कृषि प्रचण्ड

काठमाडौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको आधार निर्माण गर्नुपर्ने बताएका छन् ।

अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । उनले आत्मनिर्भर राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको आधार तयार पार्ने आधारभूत तह स्थानीय सरकार भएकाले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले स्थानीय सरकारको रणनीतिक महत्वलाई आत्मसात् गरेर उत्पादनका निमित्त संघर्ष, वैज्ञानिक प्रयोग र सांस्कृतिक रूपान्तरणमा जोड दिने नीति लिएको बताए ।

SathyaShishu_School.gif 386.43 KB

उनले नोकरसाही, पुँजीपति र बिचौलियाले निजीकरण र उदारीकरणका नाममा राष्ट्रिय अर्थतन्त्रको विकासलाई तहसनहस बनाएको तथ्यलाई ध्यान दिएर अब क्रान्तिकारीहरूले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगीकरणको मौलिक बाटो समात्नुपर्ने पनि बताए । 

स्थानीय उत्पादनमा जोड, उत्पादनको प्रशोधन र साना उद्योगहरूको स्थापनामार्फत रोजगारी बढाउने काममा ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले पार्टीले लिएको पछिल्लो निर्णय किसान महासंघले आम किसानको बीचमा लैजानुपर्ने बताए । 

Pathivara_Adv..gif 182.28 KB

यस्तै, उनले चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरूले कृषिलाई बेस (आधार) र सूचना प्रविधिलाई लिड (नेतृत्व)को रूपमा स्थापित गरेको जानकारी दिंदै अहिलेको सरकारले त्यो बजेटलाई तोडमोड गरेकोमा आपत्ति जनाएका छन् ।

उनले आफ्नो नेतृत्वको सरकारले किसान पेन्सन र किसान परिचयपत्र वितरणलाई प्राथमिकतामा राखेर काम थाले पनि अहिले अवरुद्ध भएकोमा पनि आपत्ति जनाए ।

उनले फागुन १२ गतेदेखि हुने तराई मधेशकेन्द्रित हुलाकी र पूर्वपश्चिम राजमार्ग तथा वैशाखमा हुने मध्य पहाडी लोकमार्गकेन्द्रित अभियान सफल बनाउन किसान महासंघलाई निर्देशन दिए ।

Sardanjali.gif 829.37 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१
https://jawaaf.com/storage/01JKJCA7VR27TSA8WZ2SMPAY5Z.avif

‘जनै हराएको बाहुन’ चलचित्रमा गौरव पहारी र रियर राई अनुबन्धित

काठमाडौं ।  निर्माणाधीन नेपाली चलचित्र ‘जनै हराएको बाहुन’ मा अभिनेता गौरव पहाडी र रियर राईको प्रवेश भएको छ । हिमाल न्यौपानेले निर्देशन गर्ने यस चलचित्रको लागि यसअघि अभिनेता विजय बरालले प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् ।

पेपरक्लिप प्रालिको ब्यानरमा बनाउन लागेको यस चलचित्रमा एसोसियट निर्देशन मनिष राउतले गर्दैछन् । यसमा उनले अभिनय समेत गर्नेछन् । भानुभक्त ढकालको कथा, पटकथा र संवाद रहको चलचित्रले गाउँबाट सहर आएका एक सरल व्यक्तिले भोग्नुपरेका अनपेक्षित परिस्थिति र त्यसले उनको जीवनमा ल्याएको परिवर्तनलाई केन्द्रमा राख्नेछ ।

यस चलचित्रका निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आर.के. मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ रहेका छन् । यस चलचित्रमा नवीन गुरुङ छायाकारका रूपमा रहेका छन् भने क्रियटिभ निर्देशक सम्राट महर्जन हुन् । भिएफक्स सुपरभाइजर मयङ्क निरौला रहेका छन् ।

यो वर्षको अन्त्यसम्ममा छायाङ्कन सुरु गर्ने लक्ष्य राखिएको यो चलचित्र २०८२ सालमा दर्शक माझ आउने अपेक्षा गरिएको छ ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः शनिबार, २६ माघ २०८१