आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01KRAC4R60CJKYQCV9TG2SRX1S.jpg

संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे संयुक्त सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३ :४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई आग्रह समेत गरेको छ ।

यसअघि प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै बैठक दिउँसो २ बजेदेखि छुट्टाछुट्टै सुरु हुनेछ ।

प्रकाशित मितिः सोमबार, २८ वैशाख २०८३
https://jawaaf.com/storage/01KRAASAKWR0QXXRJTFAZ5ME2H.jpg

आजको मौसम : हिमाली तथा पहाडी भूभागको केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी वायू, स्थानीय वायू र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको साथै मध्य र पूर्वी भूभागको उपल्लो वायूमण्डलमा रहेको न्यून चापीय रेखाको समेत आंशिक प्रभाव रहेको छ ।

अहिले कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागहरूमा साधारणतया बादल तथा देशका बाँकी भूभागहरूमा आंशिक बादल लागिरहेको छ । कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागहरूमा तथा लुम्बिनी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भैरहेको छ।

दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका एकरदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको छ।

आज राती कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मितिः सोमबार, २८ वैशाख २०८३
https://jawaaf.com/storage/01KR8ZNRGFJ2JA002QD1F27GK8.jpg

सगरमाथा आधार शिविरमा भारतीयसँगै खुम्चिएको नेपाली झन्डा कसले फहरायो ?

काठमाडौं । सगरमाथा आधार शिविरमा सरकारी निकायको कमजोर उपस्थितिले अनाधिकृत गतिविधि बढेको पाइएको छ । आरोहणका लागि पुगेका स्वदेशी तथा विदेशीहरुले राष्ट्रियता र सार्वभौकितामा समेत असर पर्ने किसिमका गतिविधि गर्ने गरेको आरोहण दलका सदस्यहरुले बताउने गरेका छन् ।

यस वर्षको वसन्त ऋतुमा सगरमाथा आरोहणबाट उल्लेख्य राजस्व सङ्कलन भएपनि अवैधानिक तथा अनाधिकृत गतिविधि बढेको प्रत्यक्षदर्शीहरुले बताए । हालै एक टेन्टमा भारतीय झन्डा फहराइएको तस्विरप्रति धेरैले चासो देखाएका छन् । त्यहाँ नेपाल–भारतको संयुक्त झण्डा भएपनि भारतीय ठूलो र नेपाली झन्डालाई खुम्चाइए(सानो आकार)को देखिन्छ । इन्डो–तिब्बत सीमा प्रहरीको टोलीले झन्डा राखेको अनुमान गरेपनि आधिकारिक प्रमाण फेला परेको छैन् ।

नेपाल सरकारको पर्यटन विभागको फिल्ड अफिस आधार शिविरमा भएपनि न्यून संख्याका कर्मचारी र क्षेत्राधिकार सिमित भएकाले अवैधानिक गतिविधि न्यूनीकरण हुन सकेको छैन् ।

पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले क्षेत्राधिकार भित्र रहेर अधिकतम काम गरिरहेको प्रष्टाए । ‘हामीसँग पाँच जनाको टोली छ, यो पर्याप्त होइन । जटिल भूगोल, स्वास्थ्य समस्या र अत्यावश्यक सामग्रीको अभाव छ । जोकोही लामो समयसम्म बसेर काम गर्ने अवस्था छैन् । तर अवैध काम रोक्न भने हाम्रो टोली सक्रिय छ,’ उनले भने ।

सगरमाथाको अन्तर्राष्ट्रिय गौरवलाई कायम राख्दै तोकिएको क्षेत्राधिकारभित्र रहेर काम गर्दा सानातिना कमजोरीहरुलाई अतिरन्जित नगर्न उनले आग्रह समेत गरे । ‘भौगोलिक अवस्था जटिल रहेकाले सबैतिर सरकारी नजर नपुगेको हुनसक्छ, आरोहीहरुको संख्या धेरै भएकाले काम गर्न सहज छैन् । तर गौरवको विषयलाई ध्यान दिनपर्ने बाध्यता छ,’ उनले भने ।

यता, विभागको फिल्ड कार्यालयले अनाधिकृत रुपमा राखिएका झन्डा वा अन्य सामग्रीहरु हटाइसकेको दाबी गरेको छ । साथै अन्य अवैध गतिविधि नियन्त्रणमा सक्रिय रहेको जनाएको छ ।

प्रकाशित मितिः आइतबार, २७ वैशाख २०८३
https://jawaaf.com/storage/01KR7XJ8YBA4T4R4ZPPPTP4E9P.jfif

बराहक्षेत्रमा साहित्य सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम सम्पन्न

सुनसरी, बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका–३ नडाहस्थित टेकाने रोस्ट एण्ड सेकुवा कर्नर सभाहलमा साहित्य सम्मान तथा पुरस्कार समर्पण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा स्थानीय लेखक, कवि, साहित्यकार तथा युवा समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा साहित्य क्षेत्रमा उच्च योगदान पुर्‍याएको भन्दै रेखा सुवेदीलाई “स्वर्णिम साहित्य पुरस्कार” प्रदान गरिएको थियो। उहाँलाई नगद रु. ५०,००५, प्रमाणपत्र, ट्रफी तथा दोसल्लासहित सम्मान गरिएको आयोजकले जनाएको छ।

त्यसैगरी साहित्य क्षेत्रमा पुर्‍याएको विशेष योगदानको कदर गर्दै शरणकुमार राईलाई नगद रु. १०,००५, प्रमाणपत्र, ट्रफी तथा दोसल्लासहित सम्मान गरिएको थियो।

“सम्पूर्ण सर्जकहरू एक हौं, सभ्य समाज निर्माणमा जुटौं” भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा लोकगायक तेजेन्द्र  गन्धर्भले सांगीतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा शुभकामना मन्तव्य राख्ने वक्ताहरूले समाजलाई सही दिशातर्फ अग्रसर गराउन तथा चेतना अभिवृद्धि गर्न साहित्यको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरेका थिए।

उक्त समारोहका प्रमुख अतिथि प्राज्ञ तथा सुप्रसिद्ध कवि–साहित्यकार श्रवण मुकारुङ रहनुभएको थियो। कार्यक्रम आयोजक समितिका संयोजक तथा साहित्यकार प्रकाश दिप्शालीको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित मितिः आइतबार, २७ वैशाख २०८३
https://jawaaf.com/storage/01KR5FWQJ4P9EXQ5ZSWANYHE9S.jpeg

सर्लाहीका सुकुम्बासी पनि आन्दोलित, सरकारविरुद्ध नाराबाजी

सर्लाही । सुकुम्बासी हटाउने सरकारी कदमविरुद्ध सर्लाहीका सुकुम्बासी पनि आन्दोलित भएका छन् । शुक्रबार जिल्लाको बागमती नगरपालिका – १२ स्थित पुतली चोकमा भेला भएका उनीहरूले नाराबाजी गर्दै र्याली र कोणसभा गरेका हुन् ।

बागमती नगरपालिकासहित आसपासका स्थानीय तहबाट ऐलानी, पर्ती, वन क्षेत्र तथा सार्वजनिक जग्गामा बसोबास गर्दै आएका परिवारहरू प्रदर्शनमा सहभागी भएका थिए । उनीहरूले ‘उठिवास होइन, व्यवस्थापन गर’, ‘गरिबलाई पनि बाँच्न दे सरकार’ र ‘जग्गा सरकारको भए जनता कसको ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनकारीहरूले सरकारले सुकुम्बासी व्यवस्थापनको नाममा आफूहरूलाई वर्षौंदेखि बसोबास गर्दै आएको स्थानबाट हटाउन खोजेको आरोप लगाएका छन् । वैकल्पिक व्यवस्थाबिनै उठिवास गराउन खोजिएको भन्दै उनीहरूले निर्णय फिर्ता लिन माग गरेका हुन् ।

भारी वर्षाका बीच पुतली चोकबाट सुरु भएको र्याली बागमती पुल हुँदै वीर गोर्खाली चोक पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई नेपाली कम्युनिष्ट पार्टी ( नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

सभामा बोल्दै श्रेष्ठले व्यवस्थापनको नाममा सुकुम्बासीलाई विस्थापित गर्न नहुने बताए । उनले ‘जग्गा सरकारको भए जनता कहाँ जाने ?’ भन्दै सरकारको भूमिनीतिमाथि प्रश्न उठाए । नागरिक तहमा सरकारको रबैयाले त्रास र चिन्ताको अवस्था सृजना भएको भन्दै व्यवस्थापनको नाममा सरकार सुकुम्बासी प्रति तानाशाही बनेको नेता श्रेष्ठले आरोप समेत लगाए ।

प्रकाशित मितिः शनिबार, २६ वैशाख २०८३
https://jawaaf.com/storage/01KR3E7JZ4GG0QEM40VEERA445.jpg

विदेशस्थित १५ अवैतनिक दूत पदमुक्त गर्ने सरकारको निर्णय

काठमाडौं । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले १५ जना अवैतनिक दूतहरूलाई पदमुक्त गर्ने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयको प्रस्तावमा विदेशस्थित १५ जना अनररी कन्सुलर जनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
त्यस्तै, वैशाख २८ गते अपराह्न ४ बजे बस्ने संघीय संसद बैठकलाई सम्बोधनका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :
१. सम्मानिय राष्ट्रपति ज्यू समक्ष संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई २०८३ बैसाख २८ गते सोमबारका दिन ४ बजे सम्बोधन हुन र त्यसका लागि संघीय संसदका माननिय सदस्यहरुको पनि उपस्थिती आह्वान गर्न अनुरोध गर्ने ।
२. विदेशस्थित १५ जना नेपाली अनररी कन्सुलर जेनरल तथा कन्सुलरलाई पदमुक्त गर्ने ।
३. अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नं. २९ (P029 Protocol of 2014 to the Forced Labour Convention, 1930) अनुमोदनका लागि संङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।
४. संलग्न अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि, १९४७ नं. ८१ (C081 Labour Inspection Convention, 1947) अनुमोदनका लागि सङ्घीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने।

प्रकाशित मितिः शुक्रबार, २५ वैशाख २०८३
https://jawaaf.com/storage/01KR33DW3FBK912ZJMX0RTX3AQ.jpg

सुदन किरातीसहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्दै

काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्दैछन् । किराती आज श्रम संस्कृतिमा प्रवेश गर्न लागेका हुन् । किरातीले श्रम संस्कृति पार्टीमा वरिष्ठ नेताको जिम्मेवारी पाउने भएका हुन् ।
किराती सहित १५ जना श्रम संस्कृति पार्टीमा प्रवेश गर्न लागेको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए । बागबजारको हार्दिक होटलमा आज दिउँसो ३ बजे एकता घोषणा कार्यक्रम गर्न लागेको उनले बताए ।

किराती पूर्वपर्यटनमन्त्री हुन् । जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपालसहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) मा लागेका थिए ।

माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषद्को एक सदस्य थिए । २१ फागुनको निर्वाचनपछि भने उनले पार्टी परित्यागको घोषणा गरेका थिए ।

प्रकाशित मितिः शुक्रबार, २५ वैशाख २०८३
https://jawaaf.com/storage/01KR2QDE366BKGF9527HAQJ9FS.jpg

तुइन खोलामा खसेको सुख्खा पहिरो पन्छाएपछि मुग्लिन–नारायणगढ सडक सुचारु

रौतहट । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ ।

बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो । सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनहरू बिच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो ।

सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो जानसाथ आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो । निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको पहिरो हटाएर आवागमन पुन: सञ्चालनमा ल्याइएको हो ।

हाल सडक खुलेर सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन् । यद्यपि, सो क्षेत्रको भौगोलिक बनावटका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम कायमै रहने हुनाले उक्त सडक खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मितिः शुक्रबार, २५ वैशाख २०८३
https://jawaaf.com/storage/01KQY6D3ACP1574DMEJS8M49TZ.jpg

मेची राजमार्ग तत्कालका लागि सञ्चालनमै छ : सडक डिभिजन प्रमुख

इलाम । मेची राजमार्ग अन्तर्गत इलामको बाघ खोर र राज दुवाली क्षेत्रमा आजदेखि आंशिक रूपमा सडक बन्द गरिने भनिए पनि तत्कालका लागि राजमार्ग सञ्चालनमै रहने निर्णय गरिएको छ । वैकल्पिक सडकको निर्माण कार्य सम्पन्न नभइसकेकाले यात्रु तथा सवारीसाधनलाई समस्या नहोस् भन्ने उद्देश्यले राजमार्ग बन्द नगर्ने निर्णय गरिएको हो ।

सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार आज वैशाख २३ गते एक दिनका लागि भने सडक पूर्ण रूपमा सञ्चालनमा रहनेछ । उनले वैकल्पिक मार्ग निर्माण सम्पन्न भएपछि मात्र आवश्यक समन्वय गरेर चरणबद्ध रूपमा मेची राजमार्ग बन्द गरिने जानकारी दिए ।

‘अहिलेसम्म वैकल्पिक सडक तयार भइसकेको छैन, त्यसैले राजमार्ग बन्द गर्दा यात्रु र ढुवानीमा ठुलो असर पर्न सक्छ,’ उनले भने, ‘पहिले विकल्प तयार गर्छौँ, त्यसपछि मात्र बन्द गर्नेछौँ ।’

बाघ खोर र राज दुवाली क्षेत्र विगतदेखि नै पहिरो तथा सडक भासिने समस्याले ग्रस्त क्षेत्रका रूपमा चिनिन्छन् । विशेष गरी वर्षा याम नजिकिँदै जाँदा यी क्षेत्रमा जोखिम झन् बढ्ने भएकाले सडक मर्मत तथा सुधार कार्य आवश्यक देखिएको छ । सोही कारण केही समयका लागि सडक बन्द गरेर स्तरोन्नति तथा सुरक्षात्मक संरचना निर्माण गर्ने योजना अघि सारिएको थियो ।

यद्यपि, वैकल्पिक मार्गको अभावमा राजमार्ग बन्द गर्दा दैनिक आवतजावत, ढुवानी सेवा तथा आपत्कालीन सेवामा समेत असर पर्ने भएकाले सम्बन्धित निकायले तत्कालका लागि निर्णय परिवर्तन गरेको हो । यस निर्णयले यात्रुहरूलाई तत्काल राहत मिलेको भए पनि दीर्घकालीन समाधानका लागि वैकल्पिक सडक निर्माण कार्यलाई तीव्रता दिनुपर्ने देखिएको छ ।

सडक डिभिजन कार्यालय इलामले अबको केही दिनभित्रै वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकताका साथ अघि बढाउने जनाएको छ ।

साथै, सम्भावित जोखिमलाई ध्यानमा राख्दै उक्त क्षेत्रमा यात्रा गर्ने सवारी चालक तथा यात्रुहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

स्थानीयवासी एवम् मेची राजमार्गका यात्रारत यात्रुहरूले पनि सडकको दिगो समाधानका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताएका छन् । पटक–पटक पहिरो र सडक अवरोधका कारण सास्ती खेप्दै आएका उनीहरूले वैकल्पिक मार्ग निर्माण र सडक स्तरोन्नतिमा राज्यले विशेष ध्यान दिनुपर्ने माग गरेका छन् ।

यसैबिच, सडक डिभिजन कार्यालय इलामले मौसमको अवस्थालाई मध्यनजर गर्दै आवश्यक परेमा आकस्मिक रूपमा सवारी आवागमन नियन्त्रण गर्न सकिने जनाएको छ । त्यसैले यात्रुहरूले यात्रा अघि सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न समेत अनुरोध गरिएको छ ।

प्रकाशित मितिः बुधबार, २३ वैशाख २०८३
https://jawaaf.com/storage/01KQY3H1KBC8A3D8G2Z13SZE7K.jpg

रोशी खोलामा बाढीपछि रोकिएको बीपी राजमार्ग आज पनि बन्द

रामेछाप । रोशी खोलामा आएको बाढीका कारण तीन दिनदेखि अवरुद्ध रहेकाको बीपी राजमार्ग आज पनि सञ्चालनमा नआउने भएको छ ।

बाढीका कारण रोशी खोला आसपासका विभिन्न स्थानमा बनाइएका डाइभर्सन बगाएपछि सडक अवरुद्ध भएको हो। सडक मर्मत कार्य अझै जारी रहेकाले तत्काल सञ्चालनमा ल्याउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले जनाएको छ ।
प्रहरीका अनुसार बगाएका डाइभर्सन पुनः निर्माण गर्ने काम तीव्र रूपमा भइरहेको छ । बाढीका कारण धेरै स्थानका डाइभर्सन बगाएका छन् र मर्मत कार्य जारी रहेको छ।
आज पनि मर्मत कार्य जारी रहने जनाइएको छ। थप वर्षा नभए भोलिदेखि खुर्कोट–भकुण्डेबेँसी सडक खण्ड सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
निरन्तर वर्षाका कारण जोखिम बढेपछि उक्त सडक खण्डमा मंगलबारदेखि साँझ ५ बजेबाट बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको थियो। प्रहरीले यात्रु तथा चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।

प्रकाशित मितिः बुधबार, २३ वैशाख २०८३