सदन अवरोध खोल्न माओवादीले विपक्षी दलसँग छलफल गर्ने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ । बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।
उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम जोड हुनेछ। भिजिट भिसा प्रकरणमा छानबिन अपरिहार्य छ । मुख्य चाही छानबिन हो । व्यक्ति विशेषमा हाम्रो ध्यान छैन् । तर मुख्य कुरा छानबिनकै हो भन्ने छ । अब यसलाई सकारात्मक निष्कर्षमा पुर्याउनुपर्छ भन्ने हिसाबले हिजोको सदन स्थगित भएको हो । सरकारी पक्षका पार्टी र विपक्षी पार्टीसँग कुराकानी गर्नुपर्ने छ । आज कुराकानी हुन्छ । यो महत्वपूर्ण विषय भएकोले सदनमा एउटा छलफलको वातावरण हुनुपर्छ भन्ने हाम्रो आजको छलफलको निष्कर्ष निकालेको छ।’
माओवादी केन्द्रले संसदमा गृहमन्त्री रमेश लेखकलाई बोल्न दिनुपर्ने पक्षमा रहेको संकेत समेत देखाएको छ ।
आज विश्व वतावरण दिवस मनाइँदै
काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ । ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै आएको छ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो ।
राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा विसर्जन हुने गरेको छ ।
नेपालको संविधान ०७२ को धारा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षलाई वातावरणीय प्रदूषण वा ह्रास वा कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था पनि गरेको छ ।
आइसिसी विश्वकप लिग—२ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी
काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ । बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो ।
नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।
नेपालको जितमा आरिफले महत्वपूर्ण अर्धशतक बनाउन सफल भए । उनले ९९ बलमा ७८ रनमा आउट भए ।
यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरेका थिए ।
ओपनर कुशल भुर्तेलले ४२ बलमा २५ रन बनाए । कप्तान रोहित पौडेल ३९ बलमा २३ रन बनाउँदै आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा १९ रन बनाए । भीम सार्की २६ बलमा ११ रनमा आउट भए ।
नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एकरएक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।
यसैगरी, कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे। विक्रमजित सिंहलाई ३८ रन बनाए। ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए।
नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई विकेट लिए। यो जितसँगै नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ ।
आजको मौसम : मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखा अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायतका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशीका केही स्थानमा, मधेश र बागमतीलगायत बाँकी पहाडी भू(भागमा तथा बाँकी भू—भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
महाशाखा अनुसार उच्च पहाडी तथा हिमाली भागका थोरै स्थानमा हल्का वर्षार हिमपातको सम्भावना छ ।
त्यस्तै, राति कोशी र मधेशलगायत बागमती र गण्डकीका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।
कोशीका थोरै स्थानमा तथा मधेशलगायत बागमती, गण्डकी र कर्णालीका पहाडी भू(भागका एक÷दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, बागमती, गण्डकी र कर्णालीका उच्च(पहाडी तथा हिमाली भागका एक÷दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अन्तरजातीय विवाह गर्ने दलित जोडी सम्मानित, सामाजिक रूपमा स्थापित हुन अझै गाह्रो
रामेछाप । १९ औँ जातीय छुवाछुत तथा भेदभाव उन्मुलन दिवसका अवसरमा बुधबार रामेछापको मन्थलीमा अन्तरजातीय विवाह गर्ने दलित समुदायका जोडीलाई सम्मान गरिएको छ ।
मन्थली नगरपालिकाका अन्तरजातीय विवाह गरेका जोडीलाई नगद पुरस्कार र सम्मान पत्रद्वारा सम्मानित गरिएको हो । मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा लगायतले कार्यक्रममा उनीहरूलाई सम्मान गरेका हुन् ।
मन्थली नगरपालिकाको आर्थिक सहयोग, राष्ट्रिय दलित कल्याण संघको सहआयोजना र राष्ट्रिय दलित पत्रकार संघ रामेछापको आयोजना भएको कार्यक्रममा १२ वटा विवाहित जोडिलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा वर्षौ अघि विवाह गरेका त्यस्ता जोडीले आफ्नो अनुभव सुनाउँदै अहिले पनि सामाजिक रुपमा स्थापित हुन गाह्रो भएको अनुभव सुनाएका थिए । उनीहरूले अहिले पनि दलित र गैरदलित बिचको विवाहले सामाजिक रूपमा मान्यता पाउन निक्कै कठिन भएको अनुभव सुनाएका थिए ।
संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको बैठक सम्पन्न
काठमाडौं । संयुक्त जनआन्दोलन समितिमा आवद्ध ४५ दल, समूह र अभियानको वैठक आज सम्पन्न भएको छ । बुधबार बसेको उक्त बैठकमा गत एकहप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्य योजनाका बारेमा समेत छलफल भएको थियो ।
बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सवैमा हार्दिक आभार प्रकट गरेको छ । आगामी अन्दोलनका कार्यक्रमहरुमा समेत विभिन्न वर्ग, पेशा लगायत निजमति, सेना र प्रहरी सेवामा रहेर राष्ट्रको हितमा कार्य गरेका राष्ट्रसेवकहरु तथा आम जनताको व्यापक सहभागिताको निम्ति बैठकले अपिल गरेको छ ।
उक्त बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले देहाय बमोजिमका कार्यहरु निर्धारण गरेको छ ।
क) पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरुपमा केही परिमार्जन गरिनेछ ।
ख) काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरुमा विरोध प्रदर्शनहरू निरन्तर जारी राखिनेछ ।
ग) काठमाड़ों अतिरिक्त देशको विभिन्न प्रमुख शहरहरुमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गरिनेछ ।
घ) आन्दोलनलाई अझ सशत्त प्रभावकारी र उपल्धिमूलक वनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठनगरिनेछ ।
ड) देशको विभिन्न जिल्लाहरुमा प्रतिवद्ध र जुझारु य्वा कार्यकर्ताहरूको समूह तयार गरिनेछ ।
च) देशका विभिन्न जिल्लाहरुमा आन्दोलनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिसकेपछि आन्दोलनलाई काठमाडौंकेन्द्रित गरिनेछ ।
राजावादी भेलामा लिङदेन नआएपछि होहल्ला
काठमाडौं । आज बसेको राजावादीहरुको संयुक्त जनआन्दोलन समितिको बैठक स्थगित भएको छ । बुधबार दोस्रो चरणको आन्दोलन तयारीबारे छलफल गर्न बैठक बोलाइएको थियो तर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।
राजावादी मोर्चाको सबैभन्दा ठूलो घटक राप्रपाका अध्यक्ष राजेन्द्र लिङ््देन अनुपस्थित बनेपछि कार्यकर्ताले विरोध गरेका थिए । विरोधकैबीच राप्रपा नेपालका अध्यक्ष कमल थापालाई बोल्न समय दिइएपछि होहल्ला सुरू भयो । त्यसपछि संयुक्त जनआन्दोलन समितिका अध्यक्ष नवराज सुवेदीले आफैँ माइक लिएर सम्बोधन गरे । उनले सानो कमिटी बनाएर आजै नयाँ आन्दोलन कार्यक्रम बनाइने भन्दै भेला स्थगित भएको घोषणा गरे ।
भेला सुरु भएलगत्तै लिङ्देनको कार्यव्यस्तताका कारण आउन नसकेको जानकारी गराइएको थियो । लिङ्देन अहिले संसदमा छन् । कार्यकर्ताहरुले भने यही संसद चाहिने भए आन्दोलन केका लागि भन्दै असन्तुष्टि पोखे । केहि बाहिर रहेका कार्यकर्ताले भने जबसम्म राजा र जनता एकता हुँदैनन् तबसम्म आन्दोलन गरि रहने बताएका छन् । राजाले नै जनताको साथ चाहियो भनेपछि हामी सडकमा आएको बताएका छन् । आन्दोलन समिति ल्याउने भनेर लागेकाले नै गणतन्त्रवादीसँग ल्याउन लागेको केहि कार्यकर्ताले बताएका छन् ।
यसैगरी विनोद कंडेलले आन्दोलनमा भाग लिने प्रति धन्यवाद ज्ञापन गरेका छन् । राप्रपा महामन्त्री राजेन्द्र गुरुङले जुन उदेश्य भित्र हिडेका छौँ त्यसलाई फोकस गर्न पर्ने बताए । उनले एकमत भएर आन्दोलनमा उत्रिन आवश्यक रहेकाले आन्दोदनलाई गन्तव्यमा पुर्याएर मात्र छोड्ने बताए ।
यस्ता छन् जेठ १९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू
काठमाडौं । सरकारले जेठ १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रीपरिषदका निर्णय सावर्जनिक गर्दै मन्त्री गुरुङले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिन आवश्यक नरहेको बताएका छन् ।
उनले गृहमन्त्रीविरुद्ध ठोस प्रमाण नरहेको र छानविनको प्रक्रिया समेत अघि नबढेकाले राजीनामा दिन आवश्यक नरहेको बताए । उनले प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने धारणा राखे । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने उनको भनाइ छ।
उनले भने, ‘संसद अवरुद्ध छ । संसद अवरुद्ध हुनुको कारण चाँही प्रतिपक्षले गृहमन्त्रीको राजीनामा मागिरहेका छन् । अर्को छानविन समिति गठन होस् भन्ने छ । तर गृहमन्त्रीले राजीनामा दिनु उचित लाग्छ जस्तो लाग्दैन । प्रतिपक्षीले उठाएका विषयमा सदनमा गृहमन्त्रीले जवाफ दिन पाउनुपर्ने हो । दलहरुबीच निरन्तर छलफल भइरहेकाले छिटै समस्या समाधान हुने छ ।’
यसैगरी प्रवक्ता गुरुङले सेनातर्फ एक जना प्रमुख सेनानीको महासेनानी दर्जामा बढुवा गर्ने र दस जना महासेनानीहरुको सरुवा गर्ने निर्णय भएको जानकारी दिए । त्यस्तै एकजना महासेनानीको राजीनामा स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ । जेठ २८ देखि ३० सम्म चीनमा हुने एक सम्मेलनमा सहभागी हुन ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनलाई स्वीकृति प्रदान गरिएको समेत उनले बताए ।
त्यस्तै असार ३ गते अष्ट्रियाको भियनामा आयोजना हुने ओपेक विकास कोष फोरममा अर्थ मन्त्रालयका सचिवलाई सहभागी हुन स्वीकृति प्रदान गर्नेलगायत १४ वटा निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।
आइसिसी विश्वकप लिग—२ : नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ । पहिलो खेलमा घरेलु टोली स्कटल्यान्डलाई हराउदै जित निकालेको नेपाल बुधबार नेदरल्यान्ड्ससँग नेपाली समय अनुसार दिउँसो ३ : ४५ बजे खेल सुरु हुनेछ ।
नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स बीचको त्रिदेशीय खेलमा नेपाल आज दोस्रो खेल खेल्दैछ । सिरिजको शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् । अन्तिम चारमा रहने टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।
नेपाल अहिले लिग—२ मा १३ खेलबाट ८ अङ्क जोड्दै तालिकाको सातौ स्थानमा छ । १७ खेल सकेको स्कटल्यान्ड २० अङ्कसहित चौथो र २० खेल सकेको नेदरल्यान्ड्स २६ अङ्कसहित दोस्रो स्थानमा छ ।
नेपाली टोलीमा रोहितकुमार पौडेल कप्तान र उपकप्तान दीपेन्द्रसिंह ऐरी छन् भने टिममा कुशल भुर्तेल, आरिफ शेख, अनिलकुमार साह, गुल्सनकुमार झा, आसिफ शेख, करण केसी, सोमपाल कामी, , ललितनारायण राजवंशी, सन्दीप लामिछाने, भीम सार्की, बसिर अहमद, नन्दन यादव र रिजन ढकाल छन् । नेपाली प्रशिक्षक स्टुअर्ट ल हुन भने भर्खरै क्यानले दक्षिण अफ्रिकाका निक पोथासलाई कन्सल्ट्यान्ट प्रशिक्षकको रूपमा नियुक्त गरेको छ। सहायक प्रशिक्षकका रुपमा ज्ञानेन्द्र मल्ल रहेका छन् ।
नेपालले अब आइतबार स्कटल्यान्ड र मङ्गलबार नेदरल्यान्ड्ससँग खेल्ने छ । त्यसपछि तीन टोलीबिच टी—२० सिरिज हुने छ ।
आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बुधबार दिनको १ बजे बैठक बस्न लागेको हो । आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् ।
यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८२’ पेस गर्ने छन् ।
आजको बैठकमा उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले आ.व.२०८२/०८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ हुनेछ ।