कोशीका पूर्व मुख्यमन्त्रीले फेरी किन दोहोर्याए लास्ट बेन्चर
विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुनैवेला आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बनेको तर फस्ट बेन्चमा बस्ने खरदार मात्र भएको भन्दै विद्यालयको शिक्षा किताबी ज्ञानमात्रै रहेको कुरा पुन उल्लेख गरेका छन् ।
विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै कार्कीले यस्तो दोहोर्याएका हुन् ।
भारतीय बजारमा महंगीयो प्याज, नेपालमा पनि मूल्य उकालो लाग्दै
काठमाडौं । भारतीय बजारमा पछिल्लो दुई सातमा प्याजको मूल्य २० प्रतिशत सम्मले बढेको छ । यससँगै नेपाली बजारमा पनि प्याजको मूल्य उकालो लाग्न थालेको छ । भारी वर्षाका कारण बालीनालीमा क्षति पुगेकाले प्याजको मूल्य विगत दुई सातामा लगभग २० प्रतिशतले बढेको भारतीय सञ्चारमाध्यम ‘द इकोनोमिक टाइम्स’ ले उल्लेख गरेको छ ।
उत्पादन र भण्डारण बढेपनि प्याज महँगो भएको छ । प्याजको अपेक्षित सरकारी खरिदले मूल्य अझैं बढ्ने सम्भावना रहेको भारतीय व्यापार स्रोतहरूले बताएको उल्लेख छ । भारतमा प्याजको मूल्य उकालो लागेसँगै नेपालमा पनि पछिल्लो केही दिनयता प्याजको मूल्यमा सामान्य वृद्धि भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्यसूचीले देखाएको छ ।
कालीमाटीको मूल्यसूची अनुसार वैशाख २१ देखि जेठ ७ गते सम्म प्रतिकिलो औषत थोक मूल्य ३७ रुपैंयाँमा स्थिर रहेको छ । त्यसपछि केहिदिन घटेको मूल्य जेठ १९ र २० गते ३९ रुपैयाँ किलो पुगेको छ ।
त्यसैगरी समितिका अनुसार जेठ १८ मा २३० मेट्रिक टन भारतीय प्याज कालीमाटीमा भित्रिएकोमा जेठ १९ मा १३९ मेट्रिक टन मात्रै भित्रिएको देखिएको छ । आलु–प्याज व्यवसायी संघका महासचिव प्रकाश गजुरेलले भारतीय बजारमा बढेको मूल्यले नेपालमा पनि असर गर्ने बताए ।
‘भारतीय बजारमा २० प्रतिशतसम्म मूल्य बढेमा सोहि अनुपातमा नेपालमा पनि मूल्य बढ्छ । हाम्रो आन्तरिक उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले ठूलो परिमाणमा भारतीय बजारबाट नै प्याज आयात गर्ने गरेका छौं । त्यसकारण स्रोत बजारमै मूल्य बढ्दा हामीकहाँ पनि त्यसले असर गर्छ,’ उनले भने ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक अनुसार नेपालमा करिब २० हजार हेक्टर जमिनमा प्याज खेती हुने गरेको छ । त्यसबाट करिब साढे दुई लाख मेट्रिक टन हाराहारीमा प्याज उत्पादन हुने गरेको छ । तर, आन्तरिक उत्पादनले मात्रै माग धान्न नपुग्ने भएपछि भारतबाट आयात गर्ने गरिन्छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पछिल्लो १० महिनामा नेपालमा ३ अर्ब ७२ करोड रुपैयाँ बराबरको ८५ हजार ७८८ मेट्रिक टन प्याज आयात भएको छ । जसमध्ये भारतबाट मात्रै ३ अर्ब ६६ करोड रुपैयाँको प्याज आयात भएको विभागको तथ्यांकले देखाएको छ ।
बरिष्ठ साहित्यकार रसिकको अन्तिम संस्कार गरियो, झलनाथले ओढाए झन्डा
काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले नेपालका प्रसिद्ध साहित्यकार, गायक एंव संगीतकार गणेश रसिकको निधनप्रति पशुपति आर्यघाटमै पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले रसिकको पार्थिव शरीरमा राष्ट्रिय झन्डा पनि ओडाए ।
मंगलबार उनको ७८ वर्षको उमेरमा मृत्यु भएको हो । उनले गणेश रसिक वास्तविक रुपमा नेपालको गायन,संगीत र साहित्य क्षेत्रको ज्ञानका रत्न नै रहेको बताए । नेपाली साहित्य, गायन एंव संगीतको विकासमा महत्वपूर्ण योगदानहरु गरेको पनि उनको भनाई छ ।
रसिकले क्षितिजलाई छुन खोज्दा (कथा संग्रह), एउटा सारङ्गी छुन खोज्दा (कथा संग्रह), रसिकका गीतहरू (गीत संग्रह) आकाश गंगाको ओतमुनी (उपन्यास), जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण), बिलाउँदै गएका गीत (कथा संग्रह), दशगजामा उभिएर हेर्दा उपन्यास, स्वाधिनताको पीडा (गीत संग्रह) पेरुङ्गो संस्करण (पाँच कृति) जस्ता महत्वपूर्ण साहित्यिक कृतिहरू रचना गरेका थिए ।
उनको निधनमा मुलुकले, नेपाली साहित्य, गायक एंव संगीतको क्षेत्रले र हामी सबैले एक मुर्धन्य प्राज्ञिक नक्षत्रलाई गुमाएको छ । यीनै कृतिहरूमा गणेश रसिक सदा सदा बाँची रहने पनि खनालको भनाई छ ।
नेपाल क्यान्सर अस्पताल, हरिसिद्दि, ललितपुरमा प्रोस्टेट क्यान्सरको उपचारको क्रममा रसिकको निधन भएको थियो । उनको अन्तिम संस्कार मंगलबार पशुपतिस्थित विद्युतीय शवगृहमा गरिएको छ ।
रसिकले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५) नेपाल संगीत तथा नाट्या प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव लगायत उच्च जिम्मेवारी सम्हालेका थिए ।
पूर्वी नेपालको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउ भोजपुरमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल अशोज ४ गते जन्मिएका उनी पछिल्लो समय इलामको सूर्योदय नगरपालिका फिक्कल रम्फोकमा बस्दै आएका थिए ।
उनका एक छोरा, एक छोरी, एक बुहारी, एक नाती, एक नातीनि रहेका छन । छोरा निमेश रसिकको २०६७ सालमा निधन भइसकेको छ भने श्रीमती निरा रसिक राईको कोरोना सक्रमण बाट २०७८ सालमा निधन भएको हो ।
‘रातो भाले क्वायक क्वायक सुत्केरीलाई खुवाए’ ‘ओ याङ्जी नाना,’‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’लगायतका कालजयी गीतहरु चर्चामा छन् ।
उनी प्रथम कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८ ,राष्ट्रिय युवा महोत्वसवमा कथामा प्रथम पुरस्कार, २०२४ शुभराज्यभिषेक पदक, २०३१ ,गोर्खा दक्षिण बाहु, २०३१ ,रेडियो नेपाल साङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०३४ ,रत्नश्री स्वार्णपदक, २०४४ ,वीरेन्द्र ऐश्वर्य पदक, २०४५ गद्दी आरोहण पदक, २०५३ ,नागरिक सेवा पदक, २०५३ छिन्नलता गीत पुरस्कार, २०५६ ,पद्मश्री साहित्य सम्मान, २०६३ ,लाइफ टाइम एचिभ्मेन्ट इमेज च्यानल पुरस्कार, २०७३ राष्ट्रिय कलाश्री पुरस्कार, २०७६ नारायण गोपाल सङ्गीत पुरस्कार, २०७६ ,नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार पदक लगायतबाट सम्मानित भइसकेका छन् ।
'काइते कानुन' विरुद्ध सत्ताको केन्द्रमा जान चाहन्छु : मेयर साम्पाङ
२० जेठ,धरान। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले जनताको जीवनस्तर उकास्न र उनीहरूलाई मर्न नदिने कानुन बनाउन आफू सत्ताको केन्द्रमै पुग्न चाहेको विचार व्यक्त गरेका छन्। आज सामाजिक सञ्जालमार्फत उनले यो भनाइ सार्वजनिक गरेका हुन्।
साम्पाङले आफूले गरेका जनमुखी कामहरूमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बारम्बार प्रश्न उठाउने गरेको गुनासो पोखे। उनका अनुसार, बाढीले बस्ती बगाउन लाग्दा हतार-हतार खोलामा तटबन्धन गर्न जाँदा अख्तियारले 'प्रक्रिया मिलेन, जनतालाई बगाए बगाओस्, जनता मर्दा केही हुँदैन तर प्रक्रिया पूरा गर्नु पर्छ' भन्दै रोक लगाएको गुनासो गरेकाछन् ।
यसैगरी, उनले २-३ लाख रुपैयाँको सामान्य खर्चमा करोडौँको बाटो र पुल भत्कन नदिन श्रमदानको महामेला चलाउँदा पनि अख्तियारले 'कानुन अनुसार हुँदैन' भन्दै रोकेको बताए।
साम्पाङले आफूले गरेका पार्क बनाउने, पानी खुवाउने र संस्कृतिको जगेर्ना गर्ने जस्ता कार्यहरूमा समेत मुद्दा लाग्ने गरेको उल्लेख गरे। "पार्क बनाउँछु मुद्दै लाग्छ, पानी खुवाउँछु मुद्दै लाग्छ, संस्कृतिको कुरा गर्छु मुद्दै लाग्छ," उनले भने।
साम्पाङका अनुसार, धरानका जनताले खानेपानीको चरम अभाव झेलिरहेका बेला उनले विदेशी ऋण वा ठेक्काको लामो र जटिल प्रक्रियामा नअल्झिएर ९-१० वटा खोलाबाट पानी जोडेर जनताको प्यास मेटाएका थिए। यस विषयमा अख्तियारको प्रश्नलाई लक्षित गर्दै उनले भने, "जनतालाई पानी खुवाउन विदेशी ऋण अरबौँ रुपैयाँ लिनु पर्ने अनि १०औँ वर्षको ठेक्का लगाउनु पर्ने थियो। किन सहयोग मागेर जनतालाई उठाएर पानी ल्याएको? यो कुन कानुनमा छ? भन्ने प्रश्न तेर्स्याइरहन्छ अख्तियार!"
साम्पाङले श्रमदानको माध्यमबाट जनतालाई देशसँग जोड्ने अभियान चलाएर विश्व रेकर्ड राखेको बताए। तर, जनतालाई देश चिनाउनु र देशको माया महसुस गराउनुलाई अख्तियारले 'अपराध' भनेर व्याख्या गरेको आरोप उनले लगाए।
मेयर साम्पाङले अहिले देशकै पीडा 'काइते कानुनले गर्दा' महसुस भएको बताए। यही कारणले अब आफू देशको कानुन बदल्न, जनताको जीवनस्तर उठाउन र जनतालाई मर्न नदिने कानुन बनाउन सत्ताको केन्द्रमै पुग्न चाहेको उनको भनाइ छ।
उनले जनतालाई आफूलाई साथ दिन आह्वान गर्दै भावनात्मक अपिल समेत गरेकाछन् ।, "यो माटो, यो धर्तीको कसम, सुम्निमा पारुहाङको कसम म बनाउनेछु यो देश! मेरो विचारले उठाउनेछ लडेको यो देशको सान! मलाई साथ दिनोस्! मलाई साथ दिनोस्! मलाई साथ दिनोस्!"
आजको मौसमः यी प्रदेशहरुमा वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ।
महाशाखाका अनुसार जसको प्रभावले कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
यस्तै,आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी र सुदूरपश्चिम प्रदेश लगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
कोशी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
त्यस्तै,आज राति लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ।
एले संवत् ५०८५ को उँभौली समापन, वक्ताहरूद्वारा प्रदेशको नामकरणप्रति गम्भीर असन्तुष्टि व्यक्त
इटहरी, सुनसरी। किरात राई बान्तावा खिम १ नं. प्रदेश समिति र किरात राई बान्तावा खिम इटहरी नगर समितिको संयुक्त आयोजनामा किराँती मुद्धुम अनुसार उँभौली साकेला प्रयोजनका लागि निकालिएको ढोलझ्याम्टालाई विधिवत् रूपमा पुनः थन्काइएको छ।
जेठ १९ गते इटहरीमा २०८२ को उँभौली तथा एले संवत् ५०८५ को पावन अवसरमा आयोजित एक विशेष कार्यक्रमका साथ उँभौली पर्वको भव्य समापन गरिएको हो । सो कार्यक्रमको अवसरमा पृथ्वी र सम्पूर्ण मानव जातिको भलो होस् भन्ने कामना गर्दै विभिन्न नागछोङ्हरूद्वारा पूजागर्नु का साथै शाकेला \ शाकेन्वा शिली नाच प्रदर्शन पनी गरिएको थियो ।
कार्यक्रमको प्रमुख अतिथिका रूपमा किरात राई बान्तावा खिम केन्द्रीय समितिका अध्यक्ष ज्ञान किराँती उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिहरूमा इटहरी १० का वडा अध्यक्ष भवेश चौधरी, किरात राई यायोक्खा केन्द्रीय सदस्य तथा बान्तावा खिम केन्द्रीय सल्लाहकार कमला राई, चिराहाङ राई, र गौरीमान राई लगायतको उपस्थिति थियो।
त्यस्तै, अतिथिका रूपमा किरात राई बान्तावा खिम केन्द्रीय सल्लाहकार पूर्ण बहादुर राई, समाजसेवी राज कुमार गुरुङ्ग, शारदा श्रेष्ठ, दिल कुमार मगर, प्रेम बि क, सानबिर लिम्बू, लोकेन्द्र राई, मीन बहादुर मगर, राजन पराजुली, शिर्बिङ राई, बिकाश राई, सीता लिम्बू, पूर्ण राई, हाङ्मा राई, शुबधन राई, र देवराम राई लगायतका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।
कार्यक्रमकी विशिष्ट अतिथि कमला राईले प्रदेश १ को नाम 'कोशी' राखिएकोमा कडा असन्तुष्टि व्यक्त गरिन्। उनले एमाले, कांग्रेस र माओवादी तीन दलको सहमतिमा प्रदेश १ का जनताको जनभावना विपरीत जबरजस्ती नाम लादिएको आरोप लगाउँदै यसलाई ऐतिहासिकता, सभ्यता र पहिचानका आधारमा पुनः नामकरण गरिनुपर्नेमा जोड दिइन्।
प्रमुख अतिथि ज्ञान किराँतीले पहिचान र अधिकारका लागि अब सम्पूर्ण हेपिएका, दबाइएका र पछि पारिएका उत्पीडित समुदाय एक हुन आवश्यक रहेको बताए। उनले सबैलाई आआफ्नो ठाउँबाट नैतिक, आर्थिक र भौतिक रूपमा सहयोग गर्नका लागि मन खुल्ला गरेर एक भएर अगाडि बढ्न अनुरोध गरे।
आयोजकद्वारा कार्यक्रममा किरात राई बान्तावा खिमको लागि जग्गा खरिद र भवन निर्माण कार्य सुरु भएको जानकारी दिँदै अझै धेरै काम बाँकी रहेको अवगत गराइएको थियो। स्वेच्छाले आर्थिक सहयोग गर्न बाँकी रहेका सम्पूर्णलाई सहयोगका लागि पुनः आह्वान गरिएको छ।
इटहरी उपमहानगरपालिका १० मा सम्पन्न यस कार्यक्रमको अध्यक्षता किरात राई बान्तावा खिम १ नं. प्रदेश समितिका अध्यक्ष ओम प्रकाश राईले गरेका थिए भने कार्यक्रम सञ्चालन सचिव किरण राईले गरेका थिए।
खानेपानीका आयोजना निर्माणमा ढिला सुस्ति गर्नेलाई उन्मुक्ति दिइने छैन : मन्त्री यादव
ईलाम । खानेपानी मन्त्री प्रदीप यादवले नागरिकलाई स्वच्छ, सुरक्षित एवं शुद्ध खानेपानी वितरणका लागि निर्माणाधीन खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई उन्मुक्ति नदिने बताएका छन् ।
सोमबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलाम अन्तर्गत कन्याम–पञ्चकन्या खानेपानी योजना सम्बन्धी सरोकारवालाहरुसँग अन्तरक्रिया एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले खानेपानी जस्तो अत्यावश्यक सेवामा ढिलासुस्तीको कुनै बहाना स्वीकार्य नगरिने र तोकिएको समयमा आयोजना सम्पन्न नगर्ने ठेकेदारविरुद्ध कानुनी दायरामा ल्याइने बताए ।
उनले भने, ‘खानेपानी जस्तो अत्यावश्यक चिजलाई ढिला सुस्ति गर्ने कार्य किमार्थ स्वीकार्य छैन् । खानेपानीका आयोजना तोकिएकै समयमा सम्पन्न गर्नु पर्छ । अब सहेर बसिदैन, कानुनी दायरामा ल्याइने छ ।’
यसैगरी मन्त्री यादवले निर्माण व्यवसायीहरूले विभिन्न बाहना बनाएर खानेपानीका आयोजनाहरुमा काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको गुनासो सुन्नमा आएकाले काम नगर्ने ठेकेदारको ठेक्का रद्द गरिने जानकारी गराए ।
उनले भने, ‘कन्याम–पञ्चकन्या खानेपानी योजनाको समस्या समाधानका लागि म मन्त्री स्वयंम यहाँ आएको छु । आज यहाँको समस्या समाधानको बाटो निकाल्नु पर्छ । कि ठेकेदारले काम गर्नु पर्छ, यात अब ठेक्क रद्द गर्नुपर्छ ।’
यस्तै उनले नागरिकलाई सुरक्षित, स्वच्छ एवं शुद्ध पानी उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा रहेका सबै खानेपानी आयोजनाहरुमा नतिजा देखिने गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।
मन्त्री यादवले खानेपानी आयोजना निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडा कारवाही गर्ने संकेत गर्नुका साथै खानेपानीका क्षेत्रमा सुधार ल्याउने प्रतिबद्धता समेत जनाए ।
उक्त कार्यक्रममा सुर्योदय नगरपालिका, फिक्कल ईलामका नगर प्रमुख रणबहादुर राई उपप्रमुख दुर्गाकुमार बराल, खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारी, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, कर्मचारी, स्थानीयवासी लगायतको सहभागीता रहेको थियो ।
नेपाल सरकारले आधारभुत स्तरको खानेपानी सेवा जनताको पहुँचमा पुर्याउने उदेश्यले आर्थिक वर्ष २०६८,६९ देखि खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत जलवायु अनुकुलित वृहत खानेपानी आयोजना तर्जुमा गरेको र सोही आयोजना अन्तर्गत कन्याम पञ्चकन्या खानेपानी आयोजना स्थल सुर्योदय नगरपालिका–३, ६–८, १०–१४, ईलाम नगरपालिका–१० र रोङ गाँउपालिका–३ मा पर्नेगरेको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, ईलामले जनाएको छ ।
यातायात व्यवसायी र सरकारले बनायो वार्ता टोली, बन्द फिर्ता लिन आग्रह
काठमाडौं । सार्वजनिक यातायात बन्द गरेर आन्दोलनमा उत्रिएका यातायात व्यवसायीले उठाएका मागका सवालमा वार्ता र संवादमार्फत हल गर्न कार्यदल गठन गरिएको छ ।
सोमवार बिहान गृहमन्त्री रमेश लेखकले आन्दोलनरत व्यवसायीसित गृह मन्त्रालयमा छलफल गरी व्यवसायीको मागका सम्बन्धमा वार्ता गर्न कार्यदल गठन गरेको हो ।
कार्यदलको संयोजकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव कृष्णराज पन्तको संयोजकत्वमा कार्यदल गठन गरिएको गृह मन्त्रालयले जनाएको छ ।
कार्यदलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका, श्रम तथा रोजगार मन्त्रालय, अर्थ मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव र ट्राफिक प्रहरी उपरीक्षक सरकारकातर्फबाट कार्यदलमा रहेका छन् ।
त्यसैगरी आन्दोलनरत व्यवसायीका तर्फबाट यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय बहादुर स्वाँरसहित आठ जना कार्यदलमा रहेका छन् भने गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य कार्यदलको सदस्य सचिव रहेका छन् ।
त्यसैगरी बैठकले वार्ता र संवादमार्फत समस्याको समाधान गर्न सरकार सकारात्मक रहेको सन्दर्भमा बन्द लगायतका कार्यक्रम फिर्ता लिन आन्दोलनरत यातायात व्यवसायीसित अनुरोध समेत गरिएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिएका छन् ।
छलफलमा बोल्दै गृहमन्त्री रमेश लेखकले व्यवसायीका विषयमा सरकार गम्भीर रहेको बताउँदै उक्त विषय संवाद र वार्ताका माध्यमबाट हल गर्न सकिने बताए ।
उनले प्रदेश सरकारसित पनि कतिपय विषय जोडिएको सन्दर्भमा प्रदेश सरकारसित पनि आवश्यक समन्वय गर्नुपर्नेमा जोड दिए ।
त्यसैगरी कार्यदलका सदस्य सचिव रविन्द्र आचार्य कार्यदलले छलफल सुरु गरिसकेको जानकारी दिएका छन् ।
उनले भने, ‘गृह मन्त्रालयमा कार्यदल गठनपछि आजैदेखि वार्ता र संवाद सुरु भइसकेको छ ।’
गृह मन्त्रालयमा भएको छलफलमा मुख्य सचिव एकनारायण अर्याल, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्मा, सुरक्षा निकायका प्रमुख लगायतको सहभागिता रहेको थियो ।
वडाध्यक्ष शाहीमाथि चक्कु प्रहार
मुगु । जुम्लाका वडाध्यक्ष ललित बहादुर शाहीमाथि चक्कु प्रहार भएको छ । सोही गाउँपालिका–४ नम्बर वडामा अनुगमनको क्रममा फर्केने बेला सामूहिक आक्रमण गरी चक्कु प्रहार गरिएको हो । यो घटना जेठ १८ गतेको हो ।
चक्कु प्रहारबाट घाइते भएका ४२ बर्षीय वडाध्यक्ष शाहीको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरी निरीक्षक असिम हमालले बताए । उनले भने, ‘पीडितले तीन जनाको नाम दिनु भएको छ ।’
तीनजना मध्ये एक जनालाई जुम्ला बसपार्कबाट पक्राउ गरिएको हो । अन्य व्यक्तिलाई खोजी कार्य भइरहेको छ । घटनाका आरोपित २० देखि २५ वर्ष उमेर समुहका छन् । प्रहरीले घटना आरोपितको नाम भने सार्वजनिक गरेको छैन् ।
त्यस्तैगरी सोही गाउँपालिका–३ का वडाअध्यक्ष ३८ वर्षीय धन बहादुर शाहीमाथि पनि ढुङगा प्रहार भएको प्रहरीले जनाएको छ ।
वडाध्यक्ष शाहीले भने, ‘म माथि ढुङगा मुक्का प्रहार भएको हो । तर मेरो टाउकोमा हेल्मेट भएकाले त्यति चोटपटक लागेन । ५ नम्बर वडाध्यक्षलाई हतियार (चक्कु) नै प्रहार भएकोले बढी चोट लागेको छ । अहिले हामी अस्पतालमै उपचारमा छौँ ।’
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप
एजेन्सी । संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ । अमेरिकाले धेरै भेदभावपूर्ण प्रतिवन्दहरु लगाएको चीनको आरोप छ ।
मन्त्रालयका प्रवक्ताका अनुसार एआई चिप निर्यात नियन्त्रणमा मार्गदर्शन जारी गर्ने, चिप डिजाइन सफ्टवेयरको बिक्री रोक्ने र चिनियाँ विद्यार्थीहरूको भिसा रद्द गर्ने घोषणा गर्ने जस्ता विभेदपूर्ण निर्णयहरु गरेको छ । जनवरी १७ मा दुई राष्ट्रप्रमुखहरू बीच भएको फोन वार्तामा भएको सहमतिको गम्भीर उल्लङ्घन चीनको भनाइ छ । चीनको वैधानिक अधिकार र हितलाई गम्भीर रूपमा हानि पु¥याएको प्रवक्ताको भनाइ छ ।
संयुक्त राज्य अमेरिकाले एकतर्फी र बारम्बार नयाँ आर्थिक र व्यापारिक नीतिहरु अघि बढाएकाले द्विपक्षीय आर्थिक र व्यापारिक सम्बन्धमा अनिश्चितता र अस्थिरतालाई बढाएको चीनको भनाइ छ ।
‘आफ्ना निर्णय र क्रियाकलापहरुमा विचार गर्नुको सट्टा, अमेरिकाले चीनलाई सहमति उल्लङ्घन गरेको आधारहीन आरोप लगाएको छ । चीनले यी अनुचित आरोपहरूलाई दृढतापूर्वक अस्वीकार गर्दछ,’ प्रवक्ताले भने।
चीनले जेनेभा वार्तामा भएको सहमतिलाई गम्भीरतापूर्वक लिएर, यसलाई कडाइका साथ कार्यान्वयन गर्दै र सक्रिय रूपमा समर्थन गर्दै जिम्मेवार ढंगले काम गरेको दाबी समेत गरेको छ । (सीसीटीभीप्लस)

