सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JTSDF8D2FQ00BP621XF2A2DJ.jpg

भारतले भन्यो जम्मु, पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण, पाकिस्तानले अस्वीकार गर्यो

काठमाडौं । भारतले जम्मु, पठनकोट र उधमपुरस्थित सैनिक क्याम्पहरूमा बिहीबार राति पाकिस्तानबाट ड्रोन र मिसाइल आक्रमण भएको दाबी गरेको छ । आक्रमण भए पनि ती सबै आक्रमणहरूलाई निष्क्रिय पारिएको जनाएको छ । भारतका अनुसार, कुनै पनि प्रकारको मानवीय वा भौतिक क्षति भएको छैन ।

भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रुपमा प्रतिबद्ध छ ।’

यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले आक्रमणको दाबी अस्वीकार गरेका छन् ।  

प्रकाशित मितिः शुक्रबार, २६ वैशाख २०८२
https://jawaaf.com/storage/01JTQQSHA0NCKWCP5PXXGDWRHZ.jpg

अनलाइनबाट प्रलोभन देखाएर २ करोड ६३ लाख ठगी, सात जना पक्राउ

धनुषा । प्रहरीले अनलाइन ठगीमा संलग्न रहेको आरोपमा सात जनालाई पक्राउ गरेको छ ।   सामाजिक सञ्जालमार्फत फेक एकाउन्ट बनाएर ठगी गरेको आरोपमा धनुषा प्रहरीले सात जनालाई पक्राउ गरेर बिहीबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

उनीहरूले अनलाइनको दुरुपयोग गरेर २ करोड ६३ लाख ९ हजार तीन सय १२ रुपैयाँ ठगी गरेको धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले जानकारी दिए । 

पक्राउ पर्नेम धनुषाधाम नगरपालिका –१ का २३ वर्षीय सुरज साह, सर्लाही बरहथवा–७ का २२ वर्षीय नितेशकुमार साह, गौशाला नगरपालिका –१ का २२ वर्षीय रोशन साह, सोही ठाउँका २१ सुधीर कुमार महतो, १९ वर्षीय अमित साह, क्षीरेश्वरनाथ नगरपालिका –२ का २२ वर्षीय श्यामसुन्दर महरा र सोही ठाउँका २० वर्षीय रामकुमार महरा रहेका छन् । 

पक्राउ परेकाहरूको साथबाट १० वटा मोबाइल समेत फेला परेको छ । ती मोबाइलबाट विभिन्न बैंक तथा वित्तीय संस्था तथा वालेट आइडीसमेत गरी १ सय ८७ वटा खाता खोलेको प्रहरी अनुसन्धानमा देखिएको छ ।

उनीहरूले सस्तो दरमा समान दिने भनेर अग्रिम भुक्तानी लिएर सम्पर्कविहीन हुने गरेका थिए । हालसम्म उनीहरूको २१ वटा फेक एकाउन्ट र पेज फेला परेको प्रहरी उपरीक्षक रेग्मीले बताए ।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२
https://jawaaf.com/storage/01JTQH8VZBYR0JYTCA4GAG2ZNP.jpg

गाजापट्टीमा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या ५२ हजार बढी

एजेन्सी । इजरायल–हमास द्वन्द्वको पछिल्लो चरण सुरु भएदेखि गाजापट्टीमा इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीहरूको संख्या ५२,६५३ पुगेको छ ।  १,१८,८९७ जना घाइते भएका छन् ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूले बुधबार दिउँसो जारी गरेको विज्ञप्ति अनुसार, विगत २४ घण्टामा गाजामा इजरायली सैन्य कारबाहीमा ३८ प्यालेस्टिनीको मृत्यु भएको छ र १४५ जना घाइते भएका छन् ।

बुधबारको पछिल्लो रिपोर्ट अनुसार इजरायल रक्षा बलको कारबाहीमा मध्यरातदेखि ९३ जनाको मृत्यु भएको छ ।

मार्च १८ मा इजरायलले गाजामा सैन्य कारबाही पुनः सुरु गरेदेखि प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या २,५४५ पुगेको छ भने ६,८५६ जना घाइते भएका छन्।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२
https://jawaaf.com/storage/01JTQ588286YXHXNWKBYD1787P.jpg

जनता समाजवादी पार्टी बराहक्षेत्र नगर समितिले मनायो पार्टी स्थापना दिवस

वराहक्षेत्र (सुनसरी) । जनता समाजवादी पार्टी (जसपा) बराहक्षेत्र नगर समितिले आफ्नो पार्टीको स्थापना दिवस मनाएको छ । बैशाख २४ गते जसपा स्थापना भएको ऐतिहासिक दिनका रूपमा सो पार्टीले आफ्नो स्थापना दिवस मनाउन सुरु गरेको हो । 

जसपा बराहक्षेत्र नगर समितिको आयोजनामा बैशाख २४ गते बुधवार बराहक्षेत्र वडा नं. ३ नडाहमा पार्टी नेता, नगर पार्टी पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा दीप प्रज्वलन गरि शुभकामना आदन प्रदान कार्यक्रम सहित कार्यक्रम सम्पन्न भएको छ।

Pathiara_adv.gif 586.81 KB

उक्त कार्यक्रमको अवसरमा जसपा सुनसरी जिल्ला समिति कोषाध्यक्ष ,समाजवादी महिला संघ प्रदेश न १ का सदस्य तथा बराहक्षेत्र नगर कार्यपालिका सदस्य दुर्गा गुरुङको उपस्थितिरहेको थियो । त्यसैगरी सुनसरी जिल्ला समिति सदस्य तथा बराहक्षेत्र नगर इन्चार्ज मणि प्रसाद राई, सदस्य सञ्जय राई, गोपाल विश्वकर्मा लगायतको उपस्थितिरहेको थियो।

कार्यक्रममा उपस्थित पार्टीका सुनसरी जिल्ला समिति कोषाध्यक्ष दुर्गा गुरुङले शुभकामना मन्तव्य राख्ने क्रममा जनता समाजवादी पार्टीले जनताहरूको सबै खाले समस्याहरूको समाधान गर्ने पहल तथा प्रयास गर्दै जनता सँग नजिकहुदै जनताको सुखदुःखमा सकेको साथ, सहयोग गर्दै आईरहेको पार्टी हो । र, बराहक्षेत्र नगर समितिले पनि सोही प्रकारले आफ्नो नगर क्षेत्रका जनताको सबै खाले समस्याहरू प्रति सहयोग साथ दिई जनताको सुखदुःखमा साथ दिन र जनता सँग हरपल नजिक भएर अगाडी बढ्न आग्रह गर्नु भयो । साथै, देश मा विभिन्न खाले विभेद र असमानता,अन्याय र अत्याचारहरूका विरुद्धमा बुलन्द आवाज उठाउने एक मात्र पार्टी जसपा नै हो भन्दै उहाँ ले धेरै कुरा मा व्याख्यात्मक सुझाब सहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

Bantawa Hardware.gif 828.52 KB

पार्टी सुनसरी जिल्ला सदस्य तथा बराहक्षेत्र नगर इन्चार्ज मणि प्रसाद राई ले आज माथिल्लो समिति मा पार्टी को गतिबिधीहरू र माथिल्लो समिति देखि आएको परिपत्र तह गत समितिहरूले पालनगरि काम कार्बाही संगठन बिस्तार अगाडि बढाउनु पर्ने जस्ता आफ्नो मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रममा उपस्थित पार्टी सुनसरी जिल्ला सदस्य सञ्जय राईले शुभकामना मन्तव्य राख्ने क्रममा नेपालमा धेरै राजनीतिक दलहरू हुदाहुदै पनि किन जनता समाजवादी पार्टी नै स्थापना गर्नु पर्ने आवश्यक भयो भन्ने बारे प्रस्ट्याउनु भएको थियो।

उक्त कार्यक्रममा बराहक्षेत्र नगर समिति अध्यक्ष जेबिहाङ्गले कार्यक्रमको अध्यक्षता गरेका थिए । कार्यक्रम सञ्चालन नगर सचिव भुपेन्द्र राजधामी र उपसचिव देव राम राईले गरेका थिए।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२
https://jawaaf.com/storage/01JTPSCCPJJQFM4BNQRT0HGA65.jpg

आजको मौसम : पहाडी भू–भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

जसका कारण हाल देशभर आंशिक देखी साधारणतया बदली रहेको छ भने देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ। 

आज दिउँसो, देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

विभागका अनुसार कोशी र सुदुरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती, देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफादेखि आंशिक बदली रहनेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मितिः बिहिबार, २५ वैशाख २०८२
https://jawaaf.com/storage/01JTMQWSAFQY99TWFNCT3GW2GP.jpg

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द

काठमाडौँ । पाकिस्तानी हवाई क्षेत्र बन्द भएपछि कतार एयरवेजले पाकिस्तानका लागि उडानहरू अस्थायी रूपमा स्थगित गरेको छ ।

बुधबार कतार एयरवेजले जानकारी दिदै परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको छ र आफ्ना यात्रु र चालक दलको सुरक्षालाई प्राथमिकतामा रखेर अस्थायी रुपमा उडान बन्द गरेको जानकारीय दिएको छ । 

एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।

पाकिस्तानी अधिकारीहरूले लाहोर र कराँचीका प्रमुख शहरहरूलाई समेट्ने हवाई क्षेत्र बन्द गर्ने घोषणा गरेका छन् भने एयर फ्रान्स एयरलाइन्सले अर्को सूचना नआएसम्मका लागि पाकिस्तानमाथि उडानहरू स्थगित गरेको जनाएको छ ।

त्यस्तै जर्मन एयरलाइन्स लुफ्थान्साले पनि अर्को सूचना नभएसम्म पाकिस्तानी हवाई क्षेत्रबाट बच्ने जनाएको छ ।

प्रकाशित मितिः बुधबार, २४ वैशाख २०८२
https://jawaaf.com/storage/01JTMCSVRWDQQCX3AW2W46V9CY.jpg

पाकिस्तानमा भारतको हवाई आक्रमण,८ जनको मृत्यु ३५ जना घाइते

नयाँ दिल्ली ।  भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेको छ। भारतको रक्षा मन्त्रालयले पाकिस्तानका विभिन्न ९ स्थानमा आक्रमण भएको दाबी गरेको हो ।

भारतले पाकिस्तानका बहावलपुर, मुरीदके, गुलपुर, सवाई, बिलाल, कोटली, बरनाला, सरजाल र महमूनामा आक्रमण गरेको हो । आक्रमणबाट आठजनाको मृत्यु भएको पाकिस्तानले दाबी गरेको छ ।

पाकिस्तानी सैन्य प्रवक्ताले रोयटर्स र एएफपी समाचार संस्थालाई दिएको जानकारी अनुसार भारतले पाकिस्तानमा गरेको आक्रमणमा मृत्यु हुने नागरिकको संख्या ८ पुगेको छ भने ३५ जना घाइते भएका छन् । दुईजना हराइरहेको बताइएको छ ।

पाकिस्तानी सेनाले दुई बालबालिकासहित आठजनाको मृत्यु भएको बताएको छ । प्रवक्ताले ६ स्थानमा २४ वटा मिसाइल प्रहार गरिएको जानकारी दिएका छन् । आक्रमणमा तीन बालबालिकाको साथमा सात जनाको ज्यान गएको पाकिस्तानले जनाएको छ। अहिले धेरै भारतीय विमना सेवाहरूले भारत अधीनस्थ काश्मीरको उडान रद्द गरेका छन्। संसारका धेरै एयरलाइन्सका विमान पाकिस्तानको बाटो बाट अन्यत्र डाइभर्ट हुन थालेका छन्।

पाकिस्तानी सूचना मन्त्री अतुल्लाह तरारले भारतले सीमा नै पार गरेको प्रतिक्रिया दिँदै यसको प्रतिकार गर्ने चेतावनी समेत दिए । पाकिस्तानले कम्तीमा दुई भारतीय जेट तथा ड्रोन खसालेको बताएको छ।

प्रकाशित मितिः बुधबार, २४ वैशाख २०८२
https://jawaaf.com/storage/01JTMBZDXTN1Q5F5R95GMQHV3S.jpg

भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने

काठमाडौं । भारतले पाकिस्तान र पाकिस्तान अधीनस्थ काश्मीरका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुवै देशले कश्मीर र पंजाब क्षेत्रका विद्यालय तथा कलेजहरू बन्द गर्ने घोषणा गरेका छन्।

भारतीय अधिकारीका अनुसार जम्मू, साम्बा, काठुआ, रजौरी र पुँछ क्षेत्रमा सबै शैक्षिक संस्थाहरू बन्द गरिनेछ भने,पाकिस्तानले पनि भारतको कारबाहीपछि इस्लामाबाद र पंजाबमा विद्यालयहरू बन्द गर्ने घोषणा गरेको छ।

भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।

भारतले आक्रमण स्थानहरूलाई आतंकवादी पूर्वाधार भएको दाबी गरेको छ। उक्त आक्रमणबाट पाकिस्तानमा ९ जनाको मृत्यु र ३८ जना घाइते भएको समाचार आएको छ। पाकिस्तानको प्रतिकार कारबाहीमा ३ जना भारतीयको मृत्यु भएको जनाइएको छ भने पाकिस्तानी अधिकारीहरूले प्रतिकार कारबाहीमाभारतका दुई लडाकु विमानहरू खसालेको दाबी गरेका छन्।

प्रकाशित मितिः बुधबार, २४ वैशाख २०८२
https://jawaaf.com/storage/01JTM7QTAYPFMEE2173K77A7VM.jpg

कर्णालीको खानेपानी समस्या समाधानतर्फ सरकारको साझेदारी पहल

२३ वैशाख, काठमाण्डौँ । कर्णाली प्रदेशको खानेपानी समस्या समाधानका लागि संघीय सरकार र प्रदेश सरकारबिच साझेदारीमा आधारित योजना अगाडि बढाइएको छ । सिंहदरबारमा आयोजित एक कार्यक्रममा नेपाल सरकारको खानेपानी मन्त्रालय र कर्णाली प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबिच लागत सहभागितामा आधारित एक सम्झौता सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा बोल्दै खानेपानी मन्त्री प्रदीप यादवले कर्णाली प्रदेशको विकट र दुर्गम क्षेत्रहरूमा खानेपानीको समस्या गम्भीर रहेको जनाउँदै त्यसको समाधानका लागि पर्याप्त बजेट विनियोजन गरिने प्रतिबद्धता जनाए। मन्त्री यादवका अनुसार यो सम्झौता सङ्घीयता अन्तर्गत विभिन्न तहका सरकारहरूबिच समन्वय र सहकार्यको सकारात्मक उदाहरण हो।

सम्झौताका माध्यमबाट संघीय र प्रदेश सरकारबिच पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा सुधार ल्याउने प्रयास हुने बताइएको छ । यसैगरी, कर्णाली प्रदेशका जलस्रोत तथा ऊर्जा विकासमन्त्री बिजया बुढाले कर्णालीको पछाडि परेको खानेपानी क्षेत्रले यो आयोजनाबाट नयाँ दिशा पाउने विश्वास व्यक्त गरे ।

सम्झौता अनुसार, कुल १०० मिलियन अमेरिकी डलर (अन्दाजी १३ अर्ब ३८ करोड रुपैयाँ) लागत अनुमान गरिएको छ, जसमा ८० मिलियन अमेरिकी डलर अन्तर्राष्ट्रिय विकास संस्थाको ऋण सहयोग हुनेछ। बाँकी २० मिलियन डलर नेपाल सरकार, प्रदेश सरकार र सहभागी पालिकाहरूले संयुक्त रूपमा खर्च गर्ने व्यवस्था गरिएको छ ।

यस आयोजनामा संस्थागत सुधार, जलवायु अनुकूल पूर्वाधार निर्माण, एकीकृत जलस्रोत व्यवस्थापन, तथा आपत्कालीन अवस्थाको सम्बोधनजस्ता विभिन्न पक्षहरू समावेश छन्। वीरेन्द्रनगर नगरपालिकामा जलवायु जोखिम न्यूनीकरणमा केन्द्रित विशेष कार्यक्रमहरू सञ्चालन हुने जनाइएको छ ।

सम्झौतामा नेपाल सरकारको तर्फबाट सहसचिव ई. रमाकान्त दुवाडी र कर्णाली प्रदेश सरकारको तर्फबाट सचिव इन्द्रदेव भट्टले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा विभिन्न नगरपालिका प्रमुख, मन्त्रालयका सचिव तथा विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।

यो पहल कर्णाली प्रदेशको दीर्घकालीन खानेपानी समस्या समाधानमा कति प्रभावकारी हुन्छ भन्ने कुरा भने आगामी कार्यान्वयनको गुणस्तर र निरन्तरताले तय गर्नेछ ।

प्रकाशित मितिः बुधबार, २४ वैशाख २०८२
https://jawaaf.com/storage/01JTJQQPEPTZGMHX24DSZBBH4Y.jpg

एमाले धनुषा अधिवेशनमा झडप, अवस्था तनावग्रस्त

जनकपुर । जनकपुरधाममा जारी नेकपा एमालेको धनुषाको आठौं जिल्ला अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा अवस्था तनावग्रस्त भएको छ ।

निर्वाचन हुने भनिएको महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्रको हल र परिषरमा अहिले पनि दुबै पक्षबीच झडप भएको हो । 

ढुङा हानाहानका साथै कुर्सी, पंडाल, रुखका हाँगालगायत प्राङ्गणमा भएका वस्तुहरुमा तोडफोड र हानाहान भएको हो । झडपमा केही स्थानीय नेता कार्यकर्ता घाइते समेत भएका छन् । उनीहरुको विवरण आउन बाँकी छ ।

अधिवेशनमा अन्तिम नामावली प्रकाशनको विषयलाई लिएर दुई पक्षबीच विवाद हुँदा कुर्सी हानाहान सुरु भएको थियो । त्यसपछि विवादले अहिले उग्र रुप लिएको छ ।

गत २० वैशाखदेखि सुरु भएको अधिवेशनमा सर्वसम्मतको प्रयास असफल भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाइने निर्णय भएको थियो ।

सोमबार राति नै मनोनयन दर्ता भएकोमा उम्मेदवारको अन्तिम नामावलीमा नाम थपघट देखिएपछि विवाद सुरु भएको थियो ।

आज बिहान साढे ८ बजेदेखि नै मतदान हुने समय निर्वाचन समितिले तोकेकोमा अहलेसम्म मतदान सुरु हुन सकेको छैन भने असन्तुष्ट पक्षहरुबीच मतदानस्थलमा झडप भइरहेको छ । सुरक्षाकर्मीले स्थित नियन्त्रणमा लिने प्रयास गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रकाशित मितिः मङ्गलबार, २३ वैशाख २०८२