सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JTA12C8Y5ZZKQSTJHTK1TSGZ.jpg

कालोपत्रे सडकमा ‘बिस्कुन’, दुर्घटनाको जोखिम बढ्यो

रौतहट । स्थानीय तहको सरकारसंगै गाउँ गाउँका अधिकास स्थानमा कालोपत्रे सडक पुगिसकेको छ । तर सो कालोपत्रे सडकमा अहिले हिड्दा दुर्घटनाको सम्भावना बढेको छ ।

हिजोआज रौतहटको बृन्दावन, सन्तपुर, बालचनपुर, चन्द्रपुर, जुडीबेला, समनपुर लगायतका क्षेत्रमा किसानहरू सडकमा मकैको बिस्कुन (छिल्का) तथा मकैका भुट्टा समेत फिँजाएर सुकाउने गरेको पाइन्छ ।

जसका कारण उक्त सडकमा सवारी चलाउदा दुर्घटनाको जोखिम बढेको बृन्दावन नगरपालिकाको वार्ड नं. ३  रामनरेश पटेलले बताए । सडकमा अन्नबाली सुकाउँदा विशेषगरी साँझको समयमा सवारी दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

गाउँ घरमा अहिले प्रायः सबैले कालोपत्रे सडकमा नै मकैको बिस्कुन लगाउने गरेकाले सडकमा सवारी चलाउन समेत गह्रो हुने गरेको उनले बताए । सडकमा मकै सुकाउँदा केही स्थानमा त आधा सडक नै ढाकिएको देखिन्छ उनले भने ।

यसतर्फ कसैले चासो नदिएको उनको आरोप छ । मकै खेत छेउकै सडकमा सुकाएर केहि कृषकले स्थानीय व्यापारीलाई मकै बिक्री गर्ने गरेका छन । कालोपत्रे सडकमा चाडैं मकै सुक्ने र सहज हुने स्थानीय कृषक रामभरोसी साहले बताए । 

सडकमा घाम राम्रो लाग्ने र ढुवानी खर्च पनि नलाग्ने र गुन्द्री, त्रिपाल पनि आवश्यक नपर्ने उनले बताए । खेतमा उत्पादन भएको मकै राम्रोसँग सुकाउन सजिलो हुने भएकाले सडकमा नै सुकाउने गरिएको हो उनले भने ।

सडकमै अन्न सुकाउने कार्यले सडक दुर्घटना हुन सक्ने भएकाले सो कार्य नगर्न जिल्ला ट्राफिक प्रहरी कार्यलय रौतहटले अनुरोध गरेको छ ।

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२
https://jawaaf.com/storage/01JT8GGSX1ZDG24HSZJ7AKCCJ7.avif

दुई न्यायाधीशले ६० लाख दलितहरूको हत्या गरे !

काठमाडौं । जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा उच्च अदालत सुर्खेतले गरेको फैसलाविरुद्ध शुक्रवार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।

अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीले जातीय छुवाछुत कसुरमा दिइएको सजाय बदर गरेको भन्दै युवाहरूले प्रदर्शन गरेका हुन् ।

जातीय विभेद र छुवाछूतको कसुरमा जिल्ला अदालत रुकुमपश्चिमले दिएको आदेशलाई उच्चले बदर गरिदिएपछि शुक्रवार दलित अभियन्ताहरूले विरोध जनाएका हुन् ।

दलित अभियन्ता खगेन्द्र सुनारले न्यायाधीशहरू मैनाली र भण्डारीले जातीय नरसंहार भड्काउने गरी नयाँ आन्दोलनको बीजारोपण गरेको बताए ।

उनले भने,‘सबैभन्दा धेरै मानिसको हत्या भएको घटनालाई सुर्खेतका न्यायाधीशहरू मैनाली र भण्डारीले गलत अभ्यास गरेर न्यायालयप्रति नै आम मानिसको विश्वास टुट्नेगरी काम गरेका छन् । जन्मकैद परेकाले ६ जना मात्र मारेका थिए तर यी न्यायाधीशहरूले ६० लाख दलितहरूको हत्या गरेका छन् । अहिले हाम्रो लागि अपराधी र दोषी कोही हो भने यी न्यायाधीशहरू हुन् । यीनले समाजमा जातीय नरसंहार भड्काउने गरी नयाँ आन्दोलनको बीजारोपण गरेका छन् ।’

उनले अदालतमा विश्वास रहेको भन्दै त्यहाँ भित्रका गलत मानिसहरूले गर्दा अपमान भएको भन्दै पीडितत परिवारसहित धर्नामा बस्ने बताए । उनले न्यायाधीशलाई पदबाट बर्खास्त नगरेसम्म प्रदर्शन गर्ने बताए ।

२०७७ जेठ १० गतेको जातीय नरसंहारका रूपमा लिइएको सोती घटनामा सोती गाउँका स्थानीयको आक्रमणबाट नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको मृत्यु भएको थियो । उनीहरूको शव फरक फरक दिन, भेरी नदीको फरक फरक स्थानमा फेला परेको थियो।

घटना भएको तीन दिनमा २०७७ जेठ १३ गते पीडित परिवारले २० जनाविरूद्ध जिल्ला प्रहरी कार्यालय जाजरकोटमा किटानी जाहेरी दिएका थिए। जाहेरीका आधारमा प्रहरीले तत्कालीन वडाध्यक्ष मल्लसहित २० जनालाई पक्राउ गरेको थियो ।

प्रकाशित मितिः शुक्रबार, १९ वैशाख २०८२
https://jawaaf.com/storage/01JT7XD4BCBR08316JQD7HE8MB.jpg

भारतको केआईआईटी होस्टेलमा मृत भेटिएकी नेपाली विद्यार्थीका बारे अनुसन्धान सुरु

काठमाडौं । भारतको उडिसा राज्यस्थित भुवनेश्वरको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) को होस्टेलमा मृत फेला परेकी युवतीको घट्नाबारे अनुसन्धान सुरु गरिएको छ ।


भुवनेश्वरका प्रहरी आयुक्त एस. देव दत्त सिंहले बिहीबार साँझ ७ बजेतिर नेपालको वीरगन्ज घर भएको प्रिसा साहको शव होस्टेलको कोठामा फेला परेको बताए । होस्टलबाट मोबाइललगायतका सामग्रीहरु वरामद गरी अनुसन्धानका लागि पठाइएको प्रहरीले जनाएको छ ।


‘हामी त्यहाँ पुगेर घट्नाका विषयमा अनुसन्धान गरेका छौं । अझ विस्तृत अनुसन्धान गरिनेछ । वैज्ञानिक टोली आइपुगेको छ र सबै आवश्यक विवरणहरू सङ्कलन गरिएको छ। उनको परिवारलाई जानकारी गराइएको छ । शव पोस्टमार्टमको लागि एम्स पठाइएको छ,’ उनले भने ।


घटनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू, विशेष गरी नेपालका विद्यार्थीहरूको सुरक्षा बारेमा चिन्ता व्यक्त गरिएकाले विश्वविद्यालय परिसर र वरपर सुरक्षा बढाइएको पनि उनले भारतीय संचारमाध्यमहरुलाई जानकारी दिएका छन् ।  


घट्ना थाहा पाउनेवित्तिकै फोरेन्सिक र प्रहरी टोली तुरुन्तै घटनास्थलमा पुगेको र घटनामा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिएको उनले बताए ।


प्रहरी आयुक्तले घटनाको बारेमा विद्यार्थीका अभिभावक र नेपाली दूतावासलाई जानकारी गराइएको बताए ।  मृतक नेपालको वीरगञ्जका बासिन्दा भएको उनले पुष्टि गरे ।


कम्प्युटर विज्ञानमा बीटेक प्रथम वर्षमा अध्ययनरत नेपालली छात्रा साह होस्टेलको आफ्नै कोठामा मृत भेटिएको खबर स्थानीय प्रहरीले बिहीबार राति ८.१० बजे दिएको थियो।


उक्त कलेजमा नेपाली छात्रा मृत भेटिएको यो दोस्रोपट हो । यसअघि गत फागुनमा मात्र त्यही कलेजमा नेपाली विद्यार्थी रुपन्देहीकी २० वर्षीया प्रकृति लम्साल पनि छात्रावासमा मृत फेला परेकी थिइन्।


साहको घट्नापछि नेपाल सरकारले अनुसन्धानका लागि कूटनीतिक पहल गरेको छ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले नेपाल सरकारले दिल्लीस्थित आफ्नो दूतावासमार्फत यस विषयमा निगरानी गरिरहेको बताएकी छन् ।

प्रकाशित मितिः शुक्रबार, १९ वैशाख २०८२
https://jawaaf.com/storage/01JT7E601JAQGK16XZRAP2PFJV.jpg

भारतबाट विद्युत् आयातको समय थप चार घण्टा बढाइयो

काठमाडौं ।  भारतबाट नेपालमा आयात गरिएको विद्युत्को समय चार घण्टा बढाइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको पहलमा भारतको इन्डियन एक्सचेञ्ज मार्केट (आइएक्स) मार्फत बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म आइरहेको विद्युत् को समय चार घण्टा बढाइएको हो ।

चार घण्टा समय बढाएसँगै अब बिहान २ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति हुनेछ ।


अब औद्योगिक क्षेत्रहरूमा साँझ ५ बजेसम्म निर्बाध विद्युत् आपूर्ति सुनिश्चित हुने भएको छ । नदी तथा खोलानालामा पानीको बहाव बढेसँगै देशभित्रै जलविद्युत् उत्पादनमा उल्लेख्य वृद्धि भएको भए पनि औद्योगिक मागलाई पूरा गर्न भारतबाटको आयात अझै अपरिहार्य रहेको प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले नेपालको आन्तरिक उत्पादनले मात्र मागअनुसारको विद्युत् आपूर्ति गर्न पर्याप्त नभएको अप्ठ्यारो परिस्थितिमा भारत सरकारबाट ६०० मेगावाट विद्युत् आयातको समयावधि थप चार घण्टा बढाइ गरिएको सहयोगप्रति भारत सरकारलाई धन्यवाद समेत खदिएको छ ।


प्रकाशित मितिः शुक्रबार, १९ वैशाख २०८२
https://jawaaf.com/storage/01JT7D84A408H0FDRB21J60GWC.jpg

आजको मौसमः यी स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाउँदै महाशाखाले कोशी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा तथा बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू– भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको बताएको महाशाखाले जनाएको छ । 

यसैगरी, आज राति कोशी ,गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी  र गण्डकी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको सम्भावना छ ।

त्यस्तै ,कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मितिः शुक्रबार, १९ वैशाख २०८२
https://jawaaf.com/storage/01JT5QPFNXC7X3CYMV0BRWK1K2.jpg

कोशीका श्रमिकलाई ‘न मान, न दाम, न सम्मान’

इटहरी । संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रमगरी बनाइँदैछ । नेपालमा पनि विविध कार्यक्रमहरू भइरहेका छन् । 

तर वास्तविक मजदुरहरू श्रमिक दिवसका दिनपनि काममै व्यस्त छन् । उनीहरूको कथा, व्यथा र वास्तविकता बुझ्दा दिवस केवल उत्सव मात्र नभई संवेदनशील सामाजिक सवाल पनि हो भन्ने स्पष्ट हुन्छ ।

सुनसरीस्थित रमपम उद्योगमा कार्यरत अशोक कुमार साह भन्छन्,‘गरिब मान्छेले गरेर खाने पेसा नै मजदुरी हो । नेपालमा मजदुरलाई पेलान हुन्छ । काममा मापदण्ड र सम्मान छैन् । कसैले हामीलाई सम्मान गर्दैन, काम सक्दासम्म खटाइन्छ ।’

उनले कामदारको योग्यताअनुसार मात्र काम दिनुपर्ने र समयमै पारिश्रमिक दिनुपर्नेमा जोड दिएका छन् । रमपम उद्योगको तर्फबाट उनले सम्पूर्ण मजदुरहरूलाई शुभकामना पनि दिएका छन् ।

यस्तै अनन्त इँटा उद्योगमा कार्यरत सरस्वती ऋषिदेव दैनिक तीनसय रुपैयाँमा काम गर्छिन् । उनको पारिश्रमिकले घर खर्च धान्नै मुस्किल हुन्छ । ‘जति पैसा कमाउँछु, त्यत्तिकै खर्च हुन्छ,’ उनी भन्छिन् । उनी मोरङको कर्सिया गाउँबाट सुनसरी आएर काम गरिरहेकी छन् । मजदुर दिवसमा समेत काम गर्नुपरेको उल्लेख गर्दै उनी भन्छिन्,‘काम नगरी खान पाइँदैन । हाम्रो लागि दिवस मनाउने भन्दा पनि पेट पाल्नुपर्ने बाध्यता बढी हो ।’

ऋषिदेवको गुनासो श्रमिकहरूप्रति सरकारले गर्ने बेवास्ताप्रति पनि गुनासो रहेको छ । मजदुरी गर्नलाई काम पनि नपाइने अवस्था रहेको उनले बताइन् ।

सुदर्शन सेक्युरिटी इटहरीका सुरक्षा गार्ड विवेकराज चौधरीको धारणा स्पष्ट छ,‘काम सानो ठुलो हुँदैन । काम गरेरै मानिसले जीवन अघि बढाउँछ । तर यहाँ कामको सम्मान छैन्,’उनी थप्छन्, ‘कामलाई इज्जत दिनुपर्छ । पढेको होस् या नपढेको सबैले कामलाई बराबर सम्मान गर्नुपर्छ । श्रमको कदर गरियो भने मात्रै देश समृद्ध बन्छ ।’

उनले काम नै मानिसको जीवन रहेको स्पष्ट पारेका छन् । उनी थप्छन्,‘श्रमिकका लागि नेपालमा आवश्यक वातावरण नै रहेको छैन । अर्कोतर्फ श्रमको सम्मान पनि जरुरी रहेको छ ।  

यता, ट्रेड युनियन कांग्रेस, कोशी प्रदेशका सचिव उमानाथ आचार्य नेपालमा अझै पनि श्रमिकहरूलाई सुरक्षित कामको वातावरण, सामाजिक सुरक्षा, न्यूनतम ज्यालाको कार्यान्वयन जस्ता विषयमा समस्या रहेको बताउँछन् ।

‘कानुन भए पनि कार्यान्वयनको पक्ष कमजोर छ ।’ उनी थप्छन्,‘श्रमिकको आवाजलाई नीतिमा रूपान्तरण गर्न मजदुर दिवसलाई जागरण दिवसका रूपमा लिनुपर्छ ।’

आचार्यले श्रमिकको न्यूनतम पारिश्रमिक कायम हुनुपर्ने, अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्धता गर्नका लागि सरकार लचिलो बन्नुपर्ने र उद्योगीहरूले समेत आबद्धता गराउनका लागि अग्रसर बन्नुपर्ने बताए । उनले भने, ‘उद्योगीले श्रमिकको प्रोत्साहन गरेमा आफ्नो उत्पादकत्व वृद्धि हुने कुरामा जोड दिनुपर्दछ ।’

अन्तर्राष्ट्रिय मजदुर दिवस श्रमिकहरूको अधिकारको स्मरण मात्र नभइ, उनीहरूको योगदानको कदर गर्ने दिन हो । तर वास्तविकता अझै पनि विभेद, अवमूल्यन र पीडामा आधारित छ । आजको दिन सरकार, नीति निर्माता, उद्योगपति र स्वयं नागरिकले आत्म मूल्याङ्कन गर्नुपर्ने समय हो । दिवस केवल बिदा होइन, श्रमिक सम्मानको चेतनाको दिन हो । श्रमिकका व्यवहारमा परिवर्तन ल्याउन सकियो भने मात्र यो दिवस सार्थक बन्न सक्छ ।

प्रकाशित मितिः बिहिबार, १८ वैशाख २०८२
https://jawaaf.com/storage/01JT5KWGSDGX5JHKHNTXAMCP6E.jpg

कोशी लगानी सम्मेलन : सर्वोच्च शिखर सगरमाथालाई ‘माउन्ट एभरेष्ट’ भन्न नपर्ने

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को बिहीबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे । 

Pathiara_adv.gif 586.81 KB

‘पूर्वाधार निर्माण भइसकेको समय भएकाले ढुक्कले लगानी गर्न सक्नुहुन्छ । लगानीका लागि सरकारका तर्फबाट कुनै समस्या पर्न दिइने छैन् । कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग जोडिएको छ । लगानी गरेर उत्पादन बजारमा लाने समयसम्म एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग बनाइसक्छौँ । कच्चा पदार्थ पनि ल्याउन सक्छौँ । त्यसकारण हरेक क्षेत्रमा नयाँ नयाँ सम्भावनाहरूलाई पहिल्याउन सक्छौँ’, प्रधानमन्त्री ओलीले भने, ‘देशमा सामान ल्याउन र लान कुुनै हिसाबले रोकिँदैन । आफ्नो उत्पादनको बजार कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकामा लान सक्ने गरी बाटो बनिसकेको छ । विराटनगरसहित विभिन्न विमानस्थल विस्तार गरिनेछ । सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रका साथै सगरमाथासहित विभिन्न हिमाल र जडिबुटीहरूको थलो कोशीका जनता शिक्षित र मेहनती छन् । त्यस कारण पनि यहाँ लगानीको प्रचुर सम्भावना रहेको छ ।’

Bantawa Hardware.gif 828.52 KB

प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, ‘म युवाहरूलाई भन्न चाहान्छुु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । 

प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारदाता र श्रमिकबिच संवादका साथै टे«ड युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए । 

प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए । 

ad_news_shatyashisu.gif 688.4 KB

प्रकाशित मितिः बिहिबार, १८ वैशाख २०८२
https://jawaaf.com/storage/01JT5GHC3R8G3SPM3Z87H5WVJY.jpg

ज्यालामा विभेद भोग्दै अनौपचारिक क्षेत्रमा महिला श्रमिक

रामेछाप । मन्थली नगरपालिका–६ की पार्वती माझी दिनभरि पुरुष मजदुरसँगै काम गर्छिन् । पार्वती पुरुषसँगै बालुवा बोक्ने, ढुङ्गा बोक्ने काम गर्छिन् । उनले बोक्ने भारी पुरुषको भन्दा काम छैन । उनीहरू सरह नै काम गर्छिन् ।

भारी बोक्ने मात्र होइन सिमेन्ट, बालुवा मोल्ने र प्लास्टर गर्ने काम पनि पार्वती पुरुष सरह नै गर्छिन् । निर्माणको काममा जे प¥यो त्यही काम गर्छिन् । तर पनि उनले पाउने ज्याला पुरुषको सरह छैन ।

दिनभरि सँगै काम गर्दा पनि उनले ज्याला भने पुरुषको भदा कम पाउँछिन् । ‘दिनभरि पुरुष सरह खटेर काम ग¥यो, उनीहरूले १२ सय ज्याला पाउँदा हामी महिलाले ८ सय मात्रै ज्याला पाउँछौँ, काम बराबर हो तर ज्याला भने कम छ’, उनले भनिन् ।

मन्थली नगरपालिका– २ की मैयाँ सार्कीको पनि कथा त्यस्तै छ । दिनभरि पुरुषसँगै दाँजिएर काम ग¥यो, साँझ ज्याला बुझ्ने बेलामा भने फरक व्यवहार । सँगै काम गर्ने पुरुषहरूले १२ सयदेखि १५ सयसम्म पाउँदा महिलाहरूले भने ८ सयदेखि १ हजार रुपैयाँसम्म ज्याला पाउँछन् ।

‘हाम्रो ठाउँमा मात्र होइन, जिल्ला भरिकै महिला कामदारको समस्या हो यो, सरकारी जागिर भए पो बराबरी ज्याला पाउनु, बाहिर काम गर्दा यस्तै हो, पुरुषले बढी ज्याला पाउँछन्, महिलालाई भने कम ज्याला छ’, उनले भनिन् ।

कानुनी रूपमा समान कामको लागि समान ज्यालाको व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले अहिले पनि समान काममा समान ज्याला पाउन सकेका छैनन् । केही वर्ष अघि सरकारी क्षेत्रबाट काम लगाउँदा समेत महिला र पुरुष बिच ज्यालामा विभेद थियो । अहिले सरकारी क्षेत्रबाट सञ्चालन हुने काममा समान ज्याला दिन थालिएको छ ।

तथापि विभिन्न निर्माण व्यवसायी तथा व्यक्तिले लगाउने काममा अहिले पनि महिला र पुरुषको बिचमा ज्यालामा समानता छैन् । जसले गर्दा महिलाहरू श्रम शोषणमा परेका छन् ।

प्रकाशित मितिः बिहिबार, १८ वैशाख २०८२
https://jawaaf.com/storage/01JT55FGBFC0S8JG31GM4Y7BBR.jpg

आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस

काठमाडौं । आज मे दिवस अर्थात् अन्तरराष्ट्रिय श्रमिक दिवस । नेपालमा पनि आज १३६औँ अन्तरराष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

अन्तरराष्ट्रिय श्रमिक दिवस श्रमिकहरूको पेसागत मर्यादा, सम्मान र अधिकार स्थापित भएको दिनका रूपमा प्रत्येक वर्ष मे १ तारिखका दिन  मनाउने गरिन्छ । 

विश्वभरका श्रमिक वर्गहरुले आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले यो दिवस मनाउदै आएका छन् ।   

सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यसै दिन यो दिवस मनाइँदै आइएको छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।

नेपालमा २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र २००७ को परिवर्तनसँगै श्रम दिवस मनाइन थालिएको हो । २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा आजको दिन सार्वजनिक बिदा समेत दिन थालिएको छ ।

नेपाल ट्रेड युनियन महासङ्घका अनुसार पहिलोपटक विसं २०१९ मा नेपाल मजदुर सङ्गठनले पहिलो पटक मे दिवस आयोजना गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, १८ वैशाख २०८२
https://jawaaf.com/storage/01JT3E81DYR8BSWAYWK1ANFD5G.jpg

नाउपाका संरक्षक अध्यक्ष रेशम चौधरी रिहा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक अध्यक्ष रेशम चौधरी रिहा भएका छन् । बुधवार दिउँसो उनलाई कार्यक्रमस्थल प्रज्ञा भवन परिसरबाट पक्राउ गरिएको थियो ।

सीके राउत नेतृत्वको जनमत पार्टीसँग एकता घोषणाको कार्यक्रम तयारी भइरहेको क्रममा अचानक उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

पक्राउ परेको साढे ४ घण्टापछि उनी रिहा भएका हुन् । सर्वोच्च अदालतबाट पक्राउ गर्न जारी भएको पत्रको आधारमा प्रहरीले उलाई पक्राउ गरी कारागार कार्यालय डिल्लीबजार पठाएको थियो ।

प्रकाशित मितिः बुधबार, १७ वैशाख २०८२