सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JTDF3QZ4P38RA7DDPJYB9H63.jpg

अष्ट्रेलियामा अल्बानीज नेतृत्वको लेबर पार्टी विजयी

एजेन्सी । प्रधानमन्त्री एन्थोनी अल्बानीजको नेतृत्वमा रहेको अष्ट्रेलियाली लेबर पार्टीले देशको संघीय चुनावमा दोस्रो कार्यकालको लागि सत्तामा स्थान सुरक्षित गरेको छ ।

अष्ट्रेलियाली निर्वाचन आयोगले शनिबार गरेको प्रक्षेपण अनुसार अल्बानीज दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने निश्चित जस्तै देखिएको छ । शनिबार, देशभरका ७,००० भन्दा बढी स्थानहरूमा मतदान सुरु भएको थियो । मत गणना अझै केही दिन जारी रहने छ । लेबर पार्टीले ८५ सिट जित्ने देखिएको छ । 

जहाँ मतदाताहरूले अल्बानीजको मध्य–वामपन्थी लेबर पार्टीले दोस्रो कार्यकालको लागि शासन गर्ने स्थिति पुर्याउने देखिन्छ । पिटर डटनको नेतृत्वमा रहेको लिबरल र राष्ट्रिय पार्टीहरूको गठबन्धनले सत्ता जित्ने निर्णय असफल बन्ने देखिएको छ । 

अष्ट्रेलियाली निर्वाचन आयोगले गरेको आधिकारिक गणनाले शनिबार रातिसम्म दुई दलीय आधारमा लेबरलाई लिबरल र लिबरल–नेसनल गठबन्धनका गठबन्धनभन्दा ५६.४–४३.६ ले अगाडि देखिएको छ । मतदाताहरु सरकारप्रति झुकेको देखिन्छ ।  यसले २००४ पछि लगातार चुनाव जित्ने कुनै पनि प्रमुख दलका पहिलो नेता अल्बानीजलाई बनाउने देखिन्छ । 

आफ्नो जन्मभूमि सिड्नीमा भएको लेबर कार्यक्रममा आफ्नो विजयको मन्तब्य दिँदै अल्बानीजले प्रधानमन्त्रीको रूपमा सेवा गर्नुलाई आफ्नो जीवनको ‘सबैभन्दा ठूलो सम्मान’ भनेर व्याख्या गरेका थिए । 

यता, यसअघि ब्रिस्बेनमा भएको चुनावी रात्रि कार्यक्रममा समर्थकहरूलाई सम्बोधन गर्दै डटनले अल्बानीजलाई हार स्वीकार गर्न आह्वान गरेका थिए। 

अष्ट्रेलियाली निर्वाचन आयोगले मतदाता नामावलीमा दर्ता भएका १८ वर्ष र सोभन्दा माथिका सबै अष्ट्रेलियाली नागरिकहरूका लागि चुनावमा मतदान अनिवार्य गरेको छ ।(सीसीटीभीप्लस)

प्रकाशित मितिः आइतबार, २१ वैशाख २०८२
https://jawaaf.com/storage/01JTD9ED8Z9N5950CMC4JWEW1R.jpg

नेकपा एसले बुझायो कोशीका मुख्यमन्त्रीलाई ज्ञापन

इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश कमिटीले जनजीविकाका विविध विषयहरू उठाउँदै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज एक ज्ञापनपत्र बुझाएको छ ।

प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले नेतृत्व गरेको टोलीले तत्काल कार्यान्वयन गर्नुपर्ने र दीर्घकालीन रूपमा समाधान खोज्नुपर्ने मुद्दाहरू समेटेर मुख्यमन्त्रीलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो ।

Pathiara_adv.gif 586.81 KB

ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकार सक्षम भएको हदसम्मका मागहरू तत्काल पूरा गर्ने प्रतिबद्धता जनाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम लुईटेलले जानकारी दिए । बाँकी मागहरूलाई क्रमिक रूपमा कार्यान्वयन गर्ने गरी अगाडि बढ्ने आश्वासनसमेत मुख्यमन्त्रीले बताएका छन् ।

पार्टीको केन्द्रीय निर्देशनअनुसार आयोजित यस कार्यक्रममा नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्व मुख्यमन्त्री राजेन्द्रकुमार राईको समेत उपस्थिति रहेको थियो । उनले सरकार अहिले नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले जनसम्बन्धी मागहरू सम्बोधन गर्न उपयुक्त समय भएको धारणा राखे ।

आफ्नो पार्टी जनताको आधारभूत समस्यालाई सधैँ प्राथमिकतामा राख्नेमा प्रतिबद्ध रहेको नेकपा एकीकृत समाजवादीले बताएको छ ।

ad_news_shatyashisu.gif 688.4 KB

प्रकाशित मितिः आइतबार, २१ वैशाख २०८२
https://jawaaf.com/storage/01JTD8NW41G7QCP3R26KMT48GX.webp

मोरङ कारागारका थुनुवाको कोशी अस्पतालमा मृत्यु

विराटनगर  । जिल्ला कारागार मोरङमा पुर्पक्षका लागि थुनामा रहेका एक थुनुवाको आइतवार बिहान विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

कारागारका जेलर गौरव ढुंगेलका अनुसार मृतक ५४ वर्षीय प्रवीण तामाङ रामेछाप जिल्लाको दोरम्बा–सैलुङ गाउँपालिका–२ का बासिन्दा हुन् ।

ठगी मुद्दामा थुनामा रहेका तामाङलाई श्वासप्रश्वासमा समस्या आएपछि शनिवार साँझ अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा आइतवार बिहान ४ बजे तामाङको ज्यान गएको ढुंगेलले जानकारी दिए ।

तामाङ २०८१ पुस १६ गते अदालतको आदेशअनुसार पुर्पक्षका लागि कारागार चलान भएका थिए । उनको ठगीसम्बन्धी मुद्दा अझै अदालतमा विचाराधीन अवस्थामा रहेको बताइएको छ ।

तामाङको शव कोशी अस्पतालमै राखिएको छ । परिवारलाई सूचना दिइएको र उनीहरू आइपुगेपछि थप प्रक्रिया अघि बढाइने कारागार प्रशासनले जनाएको छ ।

हाल मोरङ कारागारमा ३ सय जनाको क्षमताविरुद्ध १ हजार ३८ जना कैदीबन्दी राखिएका छन् ।

प्रकाशित मितिः आइतबार, २१ वैशाख २०८२
https://jawaaf.com/storage/01JTCVZETPQJQMEFK6F52R19E9.jpg

पेस्तोल र गोली सहित युवक पक्राउ

रौतहट । सर्लाही प्रहरीले पर्सा गाउँपालिकामा रहेको एक होटेलबाट पेस्तोल र गोली सहित एक युवक पक्राउ गरेको छ। हतियार सहित युवक होटेलमा बसिरहेको सूचना पाएर पुगेको प्रहरी चौकी नारायणपुरको टोलीले कटुवा पेस्तोल सहित युवकलाइ  पक्राउ गरेको हो ।

पर्सा गाउँपालिका–२, मा रहेको रवी होटेलबाट सोही गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह हतियारसहित पक्राउ परेको प्रहरी चौकी नारायणपुरका प्रहरी सहायक निरीक्षक किशोरी यादवले बताए ।

उनका अनुसार साहको साथबाट एक थान सानो कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको छ । बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ल्याएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाइएको  प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रकाशित मितिः आइतबार, २१ वैशाख २०८२
https://jawaaf.com/storage/01JTCH36N4KZ8CNDYP64GH7QYG.jpg

आजको मौसम : हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै बङ्गालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त वायुको प्रभाव रहेको जल तथ मौसम विज्ञान महाशाखाले जनाएको छ । 

हाल गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । 

आज दिउँसो, देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन–चट्याङ्ग् र हावाहुरीसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । देशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

आज राती, देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

प्रकाशित मितिः आइतबार, २१ वैशाख २०८२
https://jawaaf.com/storage/01JTB5SRWBQ6PHE7N31FQDWAV8.jpg

कांग्रेसले सकारात्मक सुझावसहित नीति तथा कार्यक्रमको समर्थन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आज बसेको संसदीय दलको बैठकले कांग्रेसले चाहेका कुराहरु पनि समेटिएर आएकाले नीति तथा कार्यक्रमको समर्थन गर्ने निर्णय भएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

बैठकले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रममा सकारात्मक र रचनात्मक सुझाव दिँदै पक्षमा बोल्न पनि निर्देशन दिएको उनले बताए ।

उनले भने,‘मुख्यरुपमा हिजो सरकारले ल्याएको नीति तथा कार्यक्रमको विषयमा छलफल भयो । नीति तथा कार्यक्रममा धेरै कुराहरु समेटिएका छन् । जुन राष्ट्रिय आवश्यकताहरु हुन् । हामीले चाहेका कुराहरु समेटिएर आएको हुनाले यसलाई समर्थन गर्ने, नीति तथा कार्यक्रमलाई सकरात्मक र रचनात्मक सुझावहरु सहित त्यसको पक्षमा बोल्ने र त्यसलाई समर्थन गर्ने भन्ने निर्णय भएको छ ।’

उनले आगामि बजेट तर्जुमा गर्दा नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने हिसाबले बजेट तर्जूमा गरियोस् भन्नको लागि त्यससम्बन्धि पनि नियर्ण गरिएको बताए । 

विधेयक पारित गर्न ढिला भएको कुरालाई आत्मसात गर्दै समिति र संसदमा पार्टीले प्रभावकारी भूमिका खेल्नुपर्ने निष्कर्ष बैठकले निकालेको समेत उनले सुनाए । 

यस्तै बैठकले शिक्षकहरुसँग भएको सहमतिअनुसार असार १५ भित्र शिक्षा विधेयक ल्याउने गरी काम गर्ने प्रतिबद्धता जनाएको उनले बताए ।

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२
https://jawaaf.com/storage/01JTAZRJT79MH9ZXZGX02MHZBR.jpg

श्रोत नखुलेको रकम सहित तीन भारतीय नागरिक पक्राउ

रौतहट । पर्सा सशस्त्र प्रहरीले ९ लाख ५९ हजार श्रोत नखुलेको रकम सहित तीन जना भारतीय नागरिक पक्राउ गरेको छ ।

भारतबाट नेपाल प्रवेश गरिरहेको बिआर २२ पी ८३०० नम्बरको स्कार्पियो गाडीमा लुकाइछिपाइ ल्याइएको ९ लाख ५९ हजार रुपैयाँसहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

भारतको पश्चिम चम्पारण, बेतिया ग्राम पंचायत वडा नं.७ निवासी ५९ वर्षीय विजय प्रसाद, जौकटिया ग्राम पंचायत वडा नं.१२ निवासी ४६ वर्षीय मनोज कुमार सहनी, र छाउनी चोक ग्राम पंचायत वडा नं.२७ निवासी ४३ वर्षीय सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरिएको सशस्त्र प्रहरी पर्साका प्रवक्ता डीएसपी देवेन्द्रबहादुर सिंहले बताए ।

वीरगन्ज भन्सार कार्यालयले जाँच बिन्दुको सडक नजिकबाट उनीहरूलाई पक्राउ गरिएको उनले जानकारी दिए । उनीहरूलाई सवारी साधनको पछाडिको सिटमा रहेको पकेटभित्र लुकाइएको नगद रकमसहित नियन्त्रणमा लिएको डीएसपी  सिंहले बताए ।

बरामद नगदसहित तीन जना भारतीय नागरिक र स्कार्पियो गाडीलाई नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको र  कानुनी प्रक्रिया अघि बढाइएको  सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२
https://jawaaf.com/storage/01JTAQ954CRG6PQJ09CR3HZ9SK.jpg

देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु

मुगु । मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ ।

गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिवार बिहान ५ बजे मृत्यु भएको हो ।

देउरानीले जेठानीलाई घरेलु औजार बाउसो प्रहार गर्दा गम्भीर घाइते बनाएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउँको र अनुहारमा गहिरो चोट लागेको थियो ।

छायांनाथ रारा नगरपालिका १२ लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

उनीहरूका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो ।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

अहिले घरेलु औजार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२
https://jawaaf.com/storage/01JTAHV2BPKC3583PKBH54369K.jpg

सोलुखुम्बुको गौरी टापमा तेस्रो स्पार्क एड्भेञ्चर हुने

काठमाडौँ । यात्रुहरूका लागि मुलुकभर सवारी साधन र ड्राइभर सेवा उपलब्ध गराउँदै आएको स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरी टाप, पत्तालेमा स्पार्क एड्भेञ्चर, २०२५ आयोजना गर्ने भएको छ ।

‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।

‘दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्धन गर्दै ओझेलमा परेका पर्यटकीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो’, घिमिरेले भने, ‘सहभागीहरूले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।’ काठमाडौँबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरी टाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो ।

समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले प्रचुर पर्यटकीय सम्भावना भएको गन्तव्य हो । काठमाडौँबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलु दूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ ।


सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको योगी लौरेश्वर बाबाले बताए । ‘माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरी टाप रहन गएको जनविश्वास छ’, उनले भने ।

चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरी टाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराहरूको दृश्यावलोकन गर्न सकिन्छ ।

लालीगुराँसको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरी टापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।

स्पार्क एड्भेञ्चरमा सरकारी तथा गैरसरकारी संस्थाका उच्च अधिकारी, व्यवसायी, कलाकार, पर्यटनकर्मीलगायत दुई सयभन्दा बढीको सहभागिता रहनेछ ।

स्पार्क एड्भेञ्चरको पहिलो दिन वैशाख २६ गते काठमाडौँबाट गौरी टाप, पत्तालेसम्म विद्युतीय सवारीमा रोमाञ्चक यात्रा हुनेछ । पहिलो दिन गौरी टापमा टेन्ट क्याम्पमा बसाइ हुनेछ । सहभागीहरूले प्रकृतिको आनन्द उठाउँदै रैथाने परिकारको स्वाद लिनेछन् ।

दोस्रो दिन सूर्योदय र सो समयको सुनौलो हिमशृंखलाको दृश्यावलोकनपछि दिउँसो रुम्जाटारमा पुगिने छ । सोही दिन साँझ स्थानीय संस्कृतिसहित राष्ट्रिय कलाकारको प्रस्तुतिमा साङ्गीतिक कार्यक्रममा सहभागी पाहुना र स्थानीय रमाउनेछन् ।

सो दिन सहभागीहरू स्थानीय परिकारको स्वाद र रहनसहनमा रमाउँदै ओखलढुङ्गाको रुम्जाटारको होमस्टेमा रात बिताउनेछन् । यसबाट ग्रामीण पर्यटन प्रवर्धन हुने अपेक्षा गरिएको स्पार्क एड्भेञ्चरका संयोजक अमरदीप भट्टराई बताउँछन् ।

यसै ठाउँको नामबाट बनेको ‘घुमिफिरि रुम्झाटार’ उखान नेपाली जनजिब्रोमा प्रचलित छ । गुरुङ समुदायको बाहुल्य रहेको रुम्जाटार कुनै समय भेडापालन र राडीका लागि प्रख्यात थियो । यहाँ उत्पादन हुने भेडाको ऊनबाट बनेको राडी रुम्जाटार विमानस्थलबाट काठमाडौँसम्म पु¥याइन्थ्यो । तेस्रो दिन सहभागीहरू विद्युतीय सवारीमै काठमाडौँ फर्कने तालिका छ ।

प्रत्येक वर्ष प्रचुर पर्यटकीय सम्भावना भएका तर ओझेलमा परेका गन्तव्य तथा गतिविधिलाई प्रवर्धन गर्ने उद्देश्यले स्पार्क एड्भेञ्चर आयोजना हुँदै आएको छ । स्पार्क कारले पहिलो वर्ष सन् २०२२ मा लमजुङको भुजुङमा भिरमौरीको मह शिकार अवलोकनलाई प्रवद्र्धन गरेको थियो भने दोस्रो संस्करणमा सन् २०२३ मा ‘वाइल्ड स्टे विथ चौँरी’ थिममा दोखला र रामेछापको सीमानामा रहेको शैलुङको पर्यटन प्रवर्धन गरेको थियो ।

साहसिक पर्यटनको क्षेत्रमा पनि काम गर्दै आइरहेको स्पार्क कारले यात्रुहरूका लागि यातायातको व्यवस्थापन गर्दै आइरहेको छ । सेल्फ ड्राइभमा कार उपलब्ध गराउने, ड्राइभर मात्र उपलब्ध गराउनेदेखि स्पार्कले देशैभरि ड्राइभरसहित विभिन्न प्रकारका सवारीसाधन पनि उपलब्ध गराउँदै आएको छ ।

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२
https://jawaaf.com/storage/01JTA3YSPJ6KWMYK6Z9ADK26QR.jpg

‘कोशी खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी’

धरान । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी नाम र केबलकार खारेजी तथा पहिचानको आन्दोलनको कार्यदिशा विषयक गोष्ठी गर्न लागेको छ । 

पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ संयोजक रहेको ‘१ नं प्रदेश पुनः नामाङ्कन आन्दोलन परिचालन तथा समन्वय समिति’ को आयोजनामा सुनसरीको धरानमा शनिबार गर्न लागिएको उक्त गोष्ठीका प्रमुख वक्ता पार्टी अध्यक्ष उपेन्द्र यादव रहने छन् । 

अन्य वक्ताहरुमा पहिचानवादी नेता, लेखक तथा अभियन्ताहरु हुने बताइएको छ । मानव जाति उत्पत्ति कालदेखि नै आफ्नो अस्तित्व र पहिचानको लागि निरन्तर सङ्घर्षरत छ । पहिचानको राजनीतिले जाति÷ समुदायबीचको विभेद, उत्पीडन, असमानतालाई न्यायोचित रुपमा हल गर्न सहयोग गर्दछ भन्ने विषयमाथि प्रकाश पार्न गोष्ठीको आयोजना गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । 

‘बहुजातीय देशहरुमा राजनीतिक, आर्थिक स्वतन्त्रताले मात्र समुहगत विभेद अन्त्य हुन नसक्ने भन्दै सामाजिक, सांस्कृतिक स्वतन्त्रता पनि मानवीय मूक्तिका लागि आवश्यक छ भन्ने चिन्तन नै पहिचानको राजनीतिको चिन्तन हो,’ बस्नेतले भने ।  

गोष्ठीमा ऐक्यबद्धता र सक्रिय सहभागिता जनाउन सबै पहिचान पक्षधरहरुमा उनले आग्रह गरेका छन् ।

प्रकाशित मितिः शनिबार, २० वैशाख २०८२