सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JS8J54V1RWFAYSBMP7GNFSDB.webp

रामेछापको रजगाउँमा करेन्ट लागेर एक युवकको मृत्यु

रामेछाप । रामेछापको खाँडोदेवी गाउँपालिकामा करेण्ट लागेर एक युवकको मृत्यु भएको छ ।  

शनिवार साँझ खाँडादेवी गाउँपालिका–४ को रजगाउँ स्थित तामाकोशीको बगरमा टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लाग्दा रामेछापकै लिखु तामाकोशी गाउँपालिका–५ का अन्दाजी २२ वर्षीय मणिराज तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता विश्वनाथ यादवका अनुसार करेन्ट लागेर तामाङको घटनास्थलमा नै ज्यान गएको थियो । ‘टिपरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो, मृतकको शव पोस्टमार्टम लागि मन्थली अस्पतालमा राखिएको छ’, यादवले भने ।

प्रकाशित मितिः आइतबार, ०७ वैशाख २०८२
https://jawaaf.com/storage/01JS7997F1MYMCQJTKKAAF6XZH.jpg

विद्यमान व्यवस्था र संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउने विषयमा तीन शीर्ष नेताको परामर्श

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन राजनीतिक दलका शीर्ष नेताहरुबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको समावेशितासहितको संविधानको रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ । 

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमनचयनमा खलल पु¥याउनेहरु प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलहरुसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनुपर्नेमा समान मत देखिएको छ । 

प्रधानमन्त्री एवं नेकपा .(एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्यासम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बधित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेको कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।

प्रकाशित मितिः शनिबार, ०६ वैशाख २०८२
https://jawaaf.com/storage/01JS6TVVAZV6DGKBD5RPESWVM0.jpg

सरकारको कमजोरीमा प्रतिगामी षड्यन्त्र मौलाउँदैछ : अध्यक्ष प्रचण्ड

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले कहिले कसैसँग कहिले कसैसँग मिल्दा त्यसको परिणाम जनतालाई राम्रो नभएको बताएका छन् । 

शनिबार नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले माओवादी आत्मालोचनासहित उत्पीडित वर्ग र समूदायको हक अधिकारलाई समाजवादको दिशामा अगाडि बढाउन सँधै प्रतिवद्ध रहेको बताएका हुन् । 

उनले भने, ‘हामीले कहिले कसैसँग कहिले कसैसँग सहमति गर्दा त्यसको परिणाम जनातालाई राम्रो भएन । जबसम्म सम्पूर्ण रुपले नेवा समुदायको पहिचान स्थापित हुनेछैन तबसम्म माओवादी केन्द्रले तपाईंहरुको साथ छोड्ने छैन् । तपाईंहरु हामीलाई साथ दिनुहोस् । अहिले प्रतिगामी षड्यन्त्र जो देखा पर्न खोजेको छ त्यो अहिलेको सरकारका गलत काम क्रियाकलापका कारणले धमिलो पानीमा माछा मार्ने दुस्साहसजस्तो गरेका छन् । त्यो सफल हुने छैन । सरकारका गलत क्रियाकलापका विरुद्ध खबरदारी पनि हो । र प्रतिगामी षडयन्त्रका विरुद्ध चुनौति पनि हो । यसलाई सफल हुन दिइने छैन ।’ 

साथै उनले नेवा समुदायको पहिचान पूरै स्थापित नभएसम्म माओवादी केन्द्रले साथ नछाड्ने बताए । उनले अहिलेको सरकार र राजावादीहरूलाई लक्षित गर्दै प्रतिगामी षड्यन्त्रका विरुद्ध एकजुट हुन समेत अग्रह गरे ।

प्रकाशित मितिः शनिबार, ०६ वैशाख २०८२
https://jawaaf.com/storage/01JS61C2P8T4AADGD16N8H0VN9.jpg

सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी

काठमाडौं । सञ्चारिका समूह नेपालको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । शुक्रवार भएको नवौं महाधिवेशनबाट अध्यक्ष पन्थी निर्वाचित भएकी हुन् ।

अध्यक्षमा निर्वाचित पन्थीले १४९ मत प्राप्त गर्दा अर्की प्रत्याशी पवित्रा सुनारले ८७ मत पाइन् ।

उपाध्यक्षमा भने बसन्ती बाँस्तोला निर्वाचित भएकी छिन् । उपाध्यक्षमा निर्वाचित बाँस्तोलाले १२८ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी लोग्शरी कुँवरले १०० मत पाइन् । महासचिवमा भने राधा खनाल निर्विरोध निर्वाचित भएकी छिन् ।

यसैगरी, सचिवमा उर्वसी बस्न्यातले १०७ मत सहित विजयी हुँदा सचिव पदमा अर्की प्रतिस्पर्धी नुनुता राई चार मतले पराजित भइन् । कोषाध्यक्षमा साजना तामाङ निर्वाचित भएकी छन् । तामाङले १२० मत पाउँदा उनकी प्रतिद्वन्द्वी मन्जिमा ढकालले १०५ मत पाइन् ।

यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी निर्वाचित भएका छन् ।

प्रकाशित मितिः शनिबार, ०६ वैशाख २०८२
https://jawaaf.com/storage/01JS4Q3NVZB05K50F376FB9TJE.jpg

सबै स्थानमा महिलाहरुको सहभागिता ५० प्रतिशत हुनुपर्ने

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले सम्पूर्ण स्थानमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताएका छन् । 

शुक्रबार काठमाडौंमा आयोजित महिला पुनर्वास केन्द्र ‘ओरेक’ को ३४ औं वार्षिकोत्सव समारोहमा उनले महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुने हुँदा महिलाहरुले आफ्नो अधिकार चिन्नपर्ने भन्दै अब सम्पूर्ण ठाउँमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्ने बताए । 

उनले भने, ‘२०७२ को संविधानले सम्पूर्ण अधिकार दिएको छ । तर त्यसमा महिला पर्नु भएको छैन् । ५१ प्रतिशत महिला जनसंख्या भएको  देशमा महिलाहरुबाटै ३३ प्रतिशत सहभागिताको माग हुन्छ । आफ्नो अधिकार चिन्नपर्छ, लिनुपर्छ । परिवर्तन भएको छ । अब सम्पूर्ण ठाँउमा महिलाको ५० प्रतिशत सहभागिता हुनुपर्छ ।’

यस्तै, उनले २१ औं शताब्दी महिलाहरुको समय भएको भन्दै पहिलेको समयमा महिलामाथि भएको अन्याय अब नहुने बताए ।

उनले भने, ‘अहिले २१ औं शताब्दी चलिरहेको छ । यो समय भनेको महिलाहरुको समय हो । पितृसत्ता भनेर जुन पहिलाको समयमा महिलामाथि अन्याय भएको थियो त्यो अब हुने छैन् । हुन सक्दैँन् ।  किनभने अब महिला दिदिबहिनी, छोरीहरु जागरुक भइसकेका छन् ।’

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS45HZB03MR8TCPB1VXFEQRP.jpg

सरकार परिवर्तनको हल्ला असत्य हो : प्रधानमन्त्री

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठुला दलको साझेदारीमा निर्मित अहिलेको सरकार परिवर्तनको हल्लामा कुनै सत्यता नभएकाले ढुक्कका साथ विकास र सुशासनका काममा केन्द्रित हुन आग्रह गरेका छन् ।

चितवनको इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवनको शुक्रवार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा स्थिरता, विकास र सुशासन दिनका लागि इतिहास बोकेका दलहरू एकसाथ मिलेर यो सरकार बनेकाले सरकार आफ्नो लक्ष्य र गन्तव्यमा सुस्पष्ट रहेको बताएका हुन् ।

‘देशलाई सुशासनयुक्त बनाउन, नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउन हामी पूर्णरूपमा लागेका छौँ । तपार्ईँहरू पनि ढुक्का साथ यस अभियानमा लाग्नुुस् । सबै मिलेर देश बनाऔँ,’, प्रधानमन्त्री ओलीले भने, ‘हामीले गाउँगाउँमा सिंहदरबार बनाउने सोचका साथ संविधान निर्माणका समयमा स्थानीय सरकारको व्यवस्था गरेका हौँ । तपाईँहरूले अधिकार र कर्तव्यलाई मनन् गरी हामीले प्राप्त गरेको राजनीतिक व्यवस्थाको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

प्रधानमन्त्री ओलीले चेपाङ समुदायका लागि आवास निर्माणका कार्यक्रम ल्याउने पनि बताए ।

प्रधानमन्त्री ओलीले नयाँ भवनबाट गाउँपालिकाको सुशासन र सेवा प्रवाहका काममा सहजता आउने विश्वास पनि व्यक्त गरे ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, बागमती प्रदेशका प्रमुख दिपकप्रसाद देवकोटालगायत सहभागी थिए ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS3QG420Z5AMJHEEQMSPYFRR.jpg

मकवानपुरगढीमा गाडी दुर्घटना, बालिकासहित २ जनाको मृत्यु

हेटौंडा । मकवानपुरगढीमा इभी गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । एक जनाको उपचारको क्रममा र एक जनाको दुर्घटना स्थालमै मृत्यु भएको हो । अरू १३ जना यात्रु घाइते भएका हुन् ।

आज बिहान १ बजेको समयमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर–२ धरमपानी स्थित कान्तिलोक पथ सडकखण्डमा काठमाडौं तर्फबाट हेटौंडा तर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बर इभी गाडीमा १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

दुर्घटनामा रौतहट दुर्गा भवानी गाउँपालिका वडा नम्बर–५ बस्ने ५० वर्षकी निलम देवी राउतको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । त्यसैगरी सर्लाही बागमती गाउँपालिका वडा नंबर– ७ बस्ने १३ वर्षकी मानुसी मगरको घटनास्थलमानै मृत्यु भएको हो । उनलाई प्रहरीले खोजतलास गर्ने क्रममा आज बिहान साढे ५ बजे मात्र दुर्घटनास्थल नजिक खोल्सामा मृत अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा घाइतेहरू १४ जनाको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ ।

सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालक सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी पनि घाइते भएका छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS3JFS4D6Q9EKVGC5082NTW4.jpg

शुद्धोधन गाउँपालिकाका अध्यक्षमाथि गोली प्रहार

रौतहट । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नं. १ पकडी स्थित उनको निवासमा नै गोली प्रहार भएको हो । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरी माथि गोली प्रहार भएको पुष्टि गरेका छन् । उनका अनुसार पालिका अध्यक्ष चौधरीलाई लक्षित गरि प्रहार भएको गोली भित्तामा लागेको हो ।

गाउँपालिकाका अध्यक्ष चौधरी माथि बिहीबार मध्यरातको करिब  ११ः३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिए । प्रहरीले घटनास्थलबाट एक थान गोलिको खोका बरामद गरेको छ । 

राति विद्युत् गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाइ दिएको स्पष्ट पार्दै  यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS3ESCJHARD5JAKPAJZDPYTP.jpg

आज विश्व सम्पदा दिवस मनाइँदै

काठमाडौं । सम्पदाको संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्यले अप्रिल १८ तारिखका दिन आज विश्व सम्पदा दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संस्था (युनेस्को) अन्तर्गत रहेका विश्व सम्पदा क्षेत्रको संरक्षण गर्ने उद्देश्यले सन् १९८३ देखि यो दिवस मनाउन थालिएको हो ।

विश्व सम्पदा क्षेत्रमा हाल नेपालका काठमाडौँ (वसन्तपुर, पाटन र भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण, पशुपतिनाथ, बौद्ध, स्वयम्भू), लुम्बिनी तथा चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज सूचीकृत रहेका छन् ।

प्रकाशित मितिः शुक्रबार, ०५ वैशाख २०८२
https://jawaaf.com/storage/01JS1XS93J5SGMDTTVBK1HKSYW.jpg

६ जना डीआईजी एआईजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीका ६ जना डीआईजीहरुलाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

जसमा चन्द्र कुबेर खापुङको नाम पहिलो नम्बरमा परेको छ । चैत ५ गतेदेखि रिक्त एआईजीमा उनीहरूलाई सिफारिस गरिएको हो ।

बिहीबार बसेको बढुवा समितिको बैठकले लालमणी आचार्य, कृष्णहरी शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा. मनोज कुमार केसीलाई बढुवा सिफारिस गरेको हो ।

प्रकाशित मितिः बिहिबार, ०४ वैशाख २०८२