सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JSXWY0W97K3HCAWPCN0RAVFG.jpg

क्यानडामा संघीय चुनाव : ट्रम्प नीतिका कारण मत परिणाम उथलपुथल हुने संकेत

एजेन्सी । आर्थिक अनिश्चितता र संयुक्त राज्य अमेरिकासँग बढेको तनावका कारण क्यानडाको संघीय चुनावको मत परिणाममा परिवर्तन हुने देखिएको छ ।
चुनावमा हालका प्रधानमन्त्री मार्क कार्नी नेतृत्वको लिबरल पार्टी, मुख्य विपक्षी कन्जर्भेटिभ पार्टी आफ्नो अस्तित्व जोगाउने कसरतमा छन् । अन्य पार्टीहरुले पनि सोही अनुसारको गतिविधि गरेकाले परिणाममा ठूलै उथलपुथल हुने अनुमान गरिएको छ । 
वर्षको सुरुमा, पियरे पोइलिभ्रेको नेतृत्वमा रहेको कन्जरभेटिभहरूले सर्वेक्षणमा बीस अंकभन्दा बढीको अग्रता लिएका थिए। तर अमेरिकी व्यापार विवादको बीचमा जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्दै मार्क कार्नीले लिबरल पार्टीलाई अब जित्ने सम्भावना देखिएको छ । यद्यपि पछिल्ला सर्वेक्षणहरूले प्रतिस्पर्धा कडा हुने देखिएको छ ।
टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीका डेमोक्रेटिक इन्गेजमेन्ट एक्सचेन्जका निर्देशक जोन बीबेले क्यानडामा अभूतपूर्व चुनाव हुने अनुमान गरिन् । ‘विगत केही महिनामा हामीले देखेको जस्तो छिटो र नाटकीय रूपमा एउटा राजनीतिक दल र अर्को राजनीतिक दलको भाग्य कहिल्यै उल्टिएको छैन। यो एक अभूतपूर्व चुनाव हो, किनकि हामी अभूतपूर्व समयमा बाँचिरहेका छौं,’ बीबेले भनिन्।
मतदाताहरूले कन्जरभेटिभ वा लिबरल दुवै पक्षमा आफ्नो समर्थन बढाउँदै जाँदा क्यानडाका अन्य प्रमुख दलहरूको समर्थन घट्दै गएको सर्वेक्षणहरूले देखाएका छन्।
संयुक्त राज्य अमेरिकासँगको ट्यारिफ विवाद र क्यानडाको सार्वभौमिकतामाथि बढ्दो चिन्ताको पृष्ठभूमिमा परिणाम फरक पर्ने अनुमान गरिएको छ ।
ट्रम्पले क्यानाडामाथि आर्थिक दबाब बढाएका बेला र उनले क्यानाडालाई अमेरिकाको ५१ औं प्रान्त बनाउने विचारसमेत अनेकौं पटक सार्वजनिक रूपमा व्यक्त गरेकाले त्यसको प्रभाव चुनावमा पर्ने निश्चित देखिएको छ ।  ट्रम्पको अभिव्यक्तिे क्यानाडाको राजनीतिमा राष्ट्रियतावादी भावनालाई बलियो बनाइदिएको छ।
क्यानाडामा आज अर्थात अप्रिल १८ मा ३४३ संसद छनौट गर्न देशभरी एकैसाथ संघीय संसद हाउस अफ कमन्सको चुनाव भइरहेको छ । (सीसीटीभीप्लस)

प्रकाशित मितिः सोमबार, १५ वैशाख २०८२
https://jawaaf.com/storage/01JSXMJ2RR635JFTWSDGFQ8WJA.jpg

हत्यामा संग्लन रहेका ४ जना अभियुक्त पक्राउ

रौतहट । रौतहट प्रहरीले बालकको हत्यामा संग्लन रहेका ४ जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतबार पत्रकार सम्मेलन मार्फत अभियुक्तहरुलाई सार्वजनिक गरेको हो ।

वृन्दावन नगरपालिका–७ का बालक कृष्णप्रसाद यादवको शव  वैशाख ६ गते  गरुडा नगरपालिका–८ स्थित चाँदी खोलामा  शव फेला परेको थियो  । उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले  ४ जना अभियुक्तलाई पक्राउ गरेको जानकारी दिएको छ । 

प्रहरीले सोही स्थानका नागेन्द्र सहनी, साधु भन्ने अर्को नागेन्द्र सहनी, गौर नगरपालिका ४ का विकास पटेल  र अनिल साहलाई पक्राउ गरेको छ । 

प्रहरीका अनुसार १४ वर्षीय बालकलाई टिकटक बनाउन जाने भन्दै घरबाट बोलाएर चाँदी खोलामा पु¥याई गोली हानी हत्या गरेको पाइएको हो । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार बालकको छातीमा २ राउन्ड गोलि हानी हत्या भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । 

बालकको हत्यामा प्रयोग गरिएको पेस्तोल दुर्गाभगवती गाउँपालिका–५ स्थित  घरमा टिनको बाकसमा  लुकाएको अवस्थामा भेटिएको प्रहरी उपरीक्षक  घिमिरेले जानकारी दिए । 

उनीहरुले प्रयोग गरेको बीआर०५डब्लू ०१३७ नम्बरको भारतीय मोटरसाइकल टुक्रा पारीएको अवस्थामा गौरको एक वर्कशपबाट फेला परेको उनको भनाइ छ ।

पक्राउ परेका चारै जनालाई जिल्ला अदालत रौतहटबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान कार्य जारी रहेको उनले बताए । घटनामा सग्लन अन्यको खोजी भै रहेको र यस सम्बन्धी थप अनुसन्धान भै रहेको  जिल्ला  प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित मितिः सोमबार, १५ वैशाख २०८२
https://jawaaf.com/storage/01JSW1F803TF8D0Y7C8N8QGPM0.jpg

पत्रकार कार्कीमाथि भएको घटनाप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं । आज शिक्षक आन्दोलनकोमा प्राइम टेलिभिजनकी पत्रकार सविना कार्की समाचार संकलनका क्रममा घाइते हुदाँ नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

आइतबार आन्दोलनरत शिक्षक र प्रहरीबीच आज काठमाडौंको नयाँबानेश्वरमा भएको झडपको समाचार संकलन गरिरहेको अवस्थामा प्रहरीले हानेको पानीको फोहोरा सिधै आँखामा पर्दा कार्की घाइते भएकी थिईन् । 

घाइते पत्रकार कार्कीको सिभिल अस्पताल, ट्रमा सेन्टर हुँदै अहिले तिलगंगा आँखा अस्पतालमा उपचार भइरहेको छ ।

att.a14dFrmfU02pKQROTnWQVVjZP264PKigA3sqU1JSO1U.jpeg 102.2 KB

नेपाल पत्रकार महासंघले प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार खेदजनक रहेको र संवैधानिक अधिकारमा आघात पुगेको बताएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेकी पत्रकार कार्कीमाथि प्रहरीले गरेको प्रहार अत्यन्त निन्दनीय र खेदजनक छ । यो हर्कतले प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने संवैधानिक अधिकारमा आघात पुगेको महासंघको ठहर छ ।’

महासंघले घाइते पत्रकार कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा घाइते पत्रकारको उपचारको सबै व्यवस्था मिलाउन सम्बन्धित निकायसँग माग पनि गरेको छ ।  

प्रकाशित मितिः आइतबार, १४ वैशाख २०८२
https://jawaaf.com/storage/01JSVTYJR0GQSWF0J9R20JDWNA.jpg

पत्रकार हिमाल राईको निधन

बराहक्षेत्र (सुनसरी) : बराहक्षेत्र नगरपालिका वडा नं. २ मा स्थायी घर भई दुई दशक देखी पत्रकारीता पेशामा सक्रिय पत्रकार हिमाल राईको निधन भएको छ । 

पत्रकार राईको आज बिहान आफ्नै निवासमा निधन भएको हो । मृतक राई  पत्रकारिता क्षेत्रमा सक्रियता  सँगै आफ्नो पेसागत  संघ-संगठनहरूमा पनि आबद्ध रहेका थिए । 

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ सुनसरी उपाध्यक्ष, नेपाल पत्रकार महासङ्घ सुनसरीका प्रदेश पार्सद सदस्यरहेका छन् । त्यसैगरी ग्रामीण पत्रकार समूह वराहक्षेत्रका संस्थापक अध्यक्ष पनि हुन । 

५१ वर्षीय मृतक राईको श्रीमती, एक छोरा र एक छोरीरहेको छ। जस  मध्ये छोरा वैदेशिक रोजगारीमा रहेकाले उहाँ तत्काल आजै आउन असम्भव भएका कारण मृतक राईलाई बी.पी. हस्पिटल धरानको शवगृहमा राखिएको छ ।

पारिवारिक स्रोतका अनुसार विदेशबाट छोरा आए पश्चात् दाहसंस्कार गर्ने जनाइएको छ ।

प्रकाशित मितिः आइतबार, १४ वैशाख २०८२
https://jawaaf.com/storage/01JSTHH3N22Q2KAAXA85VKC40R.jpg

यस्तो छ,आजको मौसम

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

आइतबार देशका अधिकांश स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम बढिरहेको महाशाखाले जनाएको छ। 

यस्तै ,कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ भने हाल गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

मधेस प्रदेश लगायत देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावनाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाको अनुरोध छ ।

प्रकाशित मितिः आइतबार, १४ वैशाख २०८२
https://jawaaf.com/storage/01JSTFJ62A7MRZYNYHDDMPKHBF.jpg

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिन आमाको मुख हेर्ने पर्व मनाइने गरिन्छ । 

आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदै छ। आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको हुँदा यो दिनलाई आमाको मुख हेर्ने दिन भनिएको हो ।

माता तीर्थ औँसीलाई देवलोक, पितृलोक र पृथ्वीलोक सबैतिर जोड्न सक्ने एउटा सेतुका रूपमा लिइन्छ । यस तिथिमा आफ्ना आमाहरूलाई सम्झना गर्न, भेट्न, स्नेह प्रकट गर्न अत्यन्त आवश्यक मानिन्छ । यदि आमाहरू यस लोकमा नभए दान पुण्य गर्न अत्यन्त आवश्यक मानिन्छ । 

आजको दिनलाई मातृ औँसी एवं मातृ दिवस पनि भन्ने गरिन्छ । आजको दिन छोराछोरीहरूले श्रद्धा, भक्ति, सम्मान अनि आदर गरिएकी आमालाई मीठो खान तथा राम्रो लगाउन दिई आमाबाट शुभ–आशीर्वाद ग्रहण गर्ने चलन छ ।

शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ। 

छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ। आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन्।

प्रकाशित मितिः आइतबार, १४ वैशाख २०८२
https://jawaaf.com/storage/01JSS64Y4G35V3G5AVDXNBPQGD.jpg

नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पुर्‍याउनु सरकारको प्रमुख लक्ष्य रहेकोछ : मन्त्री यादव

धनकुटा (सङ्गुरीगढी) । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउनु सरकारको प्रमुख लक्ष्य रहेको बताएका छन् ।

आज धनकुटा स्थित बुढीमोरङ बृहत् लिफ्टिङ खानेपानी तथा सरसफाइ आयोजनाको शिलान्यास गर्दै उनले नेपाली नागरिकका घर–घरमा स्वच्छ अनि शुद्ध खानेपानी पु¥याउने लक्ष अनुसार तीब रुपमा काम भइरहेको बताएका हुन् । 

उनले भने, ‘हामी एउटा ऐतिहासिक यात्राको प्रारम्भ गर्दैछौँ । आजको शिलान्यास समारोहले सङ्गुरीगढी गाउँपालिकाका–१ र २ वडाका बासिन्दाहरूका लागि स्वच्छ र गुणस्तरीय पानीको पहुँच सुनिश्चित गर्ने दिशामा नयाँ युगको सुरुवात गरेको छ ।’ 

यसैगरी मन्त्री यादवले आज शिलान्यास गरिएको आयोजनाले यहाँका बासिन्दाहरूको दीर्घकालीन सपना पूरा गर्ने दिशामा उठाइएको ठोस कदम भएको तथा यसले खानेपानी तथा सरसफाइ सेवाको सहज पहुँच सुनिश्चित गर्नेछ भन्ने आफुले विश्वास लिएको जानकारी दिए ।

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच संविधानअनुसारको समन्वयमा योजना निर्माण, कार्यान्वयन र निगरानी गरि जनताको अधिकार सुनिश्चित गर्ने सङ्कल्प रहेको मन्त्री यादवले बताए ।

उनले भने, ‘सुरक्षित र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको अधिकार हो भन्ने सरकारको अठोट अनुसार, देशभरिका दुर्गम, ग्रामीण तथा पिछडिएको क्षेत्रहरूमा गुणस्तरीय खानेपानी पहुँच पु¥याउने लक्ष्यमा हामी अग्रसर छौँ । यो आयोजना त्यही लक्ष्यतर्फको ठोस पाइला हो ।’ 

दीर्घकालीन दृष्टिकोणसहित सञ्चालनमा ल्याइने यो आयोजना सरकारले नागरिकप्रतिको उत्तरदायित्वप्रति देखाएको प्रतिबद्धताको स्पष्ट प्रमाण भएकाले अब हाम्रै सहभागिता, सहकार्य र निगरानीले मात्र यसको सफल कार्यान्वयन सम्भव हुने उनको भनाई छ ।

आफुले नेपाल सरकारको खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेपछि जनतालाई अझै आर्थिक रूपमा सरल र सहजता प्रदान गर्न सह–लगानी मोडेललाई शून्य प्रतिशत बनाउन प्रतिवद्ध रहेको मन्त्री यादवले जानकारी दिए ।

‘सह–लगानी मोडेललाई सरल र जनमैत्री बनाउने पक्षमा नीति परिमार्जन गर्दै  ८५ / १५ मा रूपान्तरण गरिसकेको छु ।  विकट, दुर्गम, सीमान्तकृत समुदायमा विशेष प्राथमिकता दिन म निरन्तर लागिपरेको छु,’ उनले भने ।

देशभरिका खानेपानी योजनाहरूको स्थलगत निरीक्षणमा आफु हरेक ठाउँमा पुगिरहेको तथा समस्या बुझ्न, समाधान खोज्न, र योजनाहरूलाई गति दिन लागिपरेको उनले बताए ।

 

प्रकाशित मितिः शनिबार, १३ वैशाख २०८२
https://jawaaf.com/storage/01JSRX3FTNX2N0H44XVRDAN25F.jpg

सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू गलिसके : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवा थाइल्याण्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरू अहिले फत्रक्क गलेको टिप्पणी गरेका छन् ।

नेकपा (एमाले) को संसदीय दलको बैठकमा शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्ता भ्रमको पछाडि नलागेर आफ्नो काम र मिसनमा केन्द्रित हुन सांसदहरूलाई आग्रह गरेका हुन् ।

उनले भने, ‘सरकार बाङ्गिसक्यो । शेरबहादुरजी थाइल्याण्डबाट नेपाल आइपुग्ने बित्तिकै ढल्छ भनेर भनेका थिए । मैले त भ्रम फिँजाउनेहरुका पछाडि नलाग्नुस् । आफ्नो मिसन र काममा लाग्नुस्, चुनावमा लाग्नुस् भनेकै थिएँ । शेरबहादुरजीले फर्केर आएर सरकार ढल्दैन भनेपछि भ्रम फल्याउनेहरू फत्र्याक गलेका छन्, सरकार ढल्दैन भनेपछि सकियो । त्यसकारण एउटै कुराको जवाफ धेरै पटक खोज्नतिर हामी लाग्नु हुँदैन । मुलुकमा स्थिरता, स्थायित्व, विकास, सुशासन र समृद्धिका लागि दुई ठुला दलको सहकार्यमा बनेको सरकारले आगामी आर्थिक वर्षका लागि सन्तुलित र सम्भव हुने खालको नीति तथा कार्यक्रम र बजेटको तयारी गरिरहेको छ । हामी सबैको ध्यान त्यसमा केन्द्रित भएको छ । हल्लाको पछाडि कोही पनि लाग्नु पर्दैन ।’

प्रतिगमनकारीहरूले आन्दोलनका नाममा हिंसात्मक तथा संविधान विरोधी गतिविधि गरेको सन्दर्भमा उनले यस्ता कार्यप्रति तेज तराजरुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै आवश्यक पर्दा त्यस्ता गतिविधिमाथि सरकारले कानुनबमोजिम कडा कदम पनि चाल्न सक्ने सङ्के्त गरे ।

यस्तै, उनले अमेरिकी सरकारसँग भएको सम्झौता र दुवै देशका संसदबाट पारित भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अमेरिकी पक्षबाट बन्द गरिएको सन्दर्भ उल्लेख गर्दै अब नेपालले आफ्नो विकास अरूको आशामा नभई आफैले गर्नतिर लाग्नुपर्ने बताए ।

एमाले मिसन २०८४ मार्फत बलियो राष्ट्रिय शक्तिका रूपमा रूपान्तरित गर्न लागेकाले आन्तरिक एकता र पारस्परिक सहकार्यमा लाग्नुपर्नेमा जोड दिए ।

उनले दस्तवेजहरूको चिन्तन मनन तथा तुलनात्मक अध्ययन गर्न र परिस्थितिलाई बुझेर जनताका समस्या कसरी उठाउने र समाधान गर्ने भन्नेतर्फ केन्द्रित भई मर्यादित, सुसंस्कृत, तथ्य र प्रमाणिक कुराहरू साहसिकरुपमा प्रस्तुत हुन सांसद्हरूलाई निर्देशन पनि दिएका छन् ।

प्रकाशित मितिः शनिबार, १३ वैशाख २०८२
https://jawaaf.com/storage/01JSRPQY6WVKM0CXEY0B3X67N6.jpg

सीआईबी को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवक पक्राउ

जनकपुर । धनुषा प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अधिकृत हुँ भन्दै सर्वसाधारणलाई ठगी गर्ने एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको बट्टेश्वर गाउँपालिका वडा नं. ५ कालिपुरका ३३ वर्षीय रामभजन मण्डल रहेका छन् ।

मण्डलले शहिदनगर नगरपालिका क्षेत्रका विभिन्न स्थानहरूमा सर्वसाधारणलाई आफू अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबास–महोत्तरी र सीआईबी, काठमाडौँको अधिकृत कर्मचारी भएको झुटो परिचय दिँदै मानसिक दबाब दिनुका साथै धाकधम्की देखाउने, र त्यसबाट व्यक्तिगत लाभ लिन खोज्ने गरेका थिए ।

इलाका प्रहरी कार्यालय यदुकुहाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवको नेतृत्वमा खटिएको टोलीले ११ गते दिउँसो करिब १ बजे शहिदनगर नगरपालिका ३ स्थितबाट उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जारी गरेको विज्ञप्तिमा उल्लेख रहेको छ ।

पक्राउ परेका मण्डललाई सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ भने थप अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः शनिबार, १३ वैशाख २०८२
https://jawaaf.com/storage/01JSRCX9602MDCAJ98Q0DVSY1F.jpg

नेपाली कांग्रेसका कार्यकर्ताहरूले राप्रपा अध्यक्ष लिङदेनको पुतला दहन

जनकपुर । धनुषाको लक्ष्मिनियामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको पुतला दहन गरेका छन् ।

हिजो लिङदेनले संसद बैठकमा नेपाली कांग्रेसका छोराले भाटभटेनीमा लुटपाट गरेको भन्दै अभिव्यक्ति दिएका थिए । उनको सो अभिव्यक्तिप्रति आक्रोश व्यक्त गर्दै शनिवार (आज) नेपाली कांग्रेस धनुषाका नेता तथा कार्यकर्ताले आधा घण्टा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाको लक्ष्मिनिया बजारमा चक्का जाम गर्नुका साथै लिङदेनको पुतलासमेत जलाएका हुन् ।

लिङदेनले निराधार अभिव्यक्ति दिएको भन्दै उनलाई तत्काल कारबाही गर्नुपर्ने माग कांग्रेसका नेता तथा कार्यकर्ताले गरेका छन् । लिङदेनले उनको अभिव्यक्तिप्रति माफी नमागे थप कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन् ।

प्रकाशित मितिः शनिबार, १३ वैशाख २०८२