सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JPFQ94S33BKN0T0P16S2AP2K.jpg

बिआरआई नेपालको लागि लाभदायी छ, अब विवाद गर्न आवश्यक छैन् : झलनाथ खनाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीकान सम्मानीत नेता नेपाल झलनाथ खनालले बिआरआईले अधिकतम रुपमा नेपाललाई हित हुनेगर परियोजनाहरु लागू गर्ने प्रकृया थालनीको महत्वपूर्ण अवसर प्राप्त भएको बताएका छन् ।  

काठमाडौंमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरु सम्मिलित बौद्धिक व्यक्तित्वहरुको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा बोल्दै उनले नेपालले बिआरआई कन्सेप्टलाई सही ढंगले नबुझेको बताए । 

उनले भने,‘अब नेपालले बिआरआई कन्सेप्टलाई सही ढंगले बुझ्दैन हाम्रो देशको आवश्यकता अनुरुप हाम्रो देशको ठोस परिस्थिति अनुरुप हामीले बिआरआईसँग सम्बन्ध भएर के कस्ता प्रोजेक्टहरु लागू गर्न सक्छौं । आवश्यकता के हो भन्ने विषयमा गहन छलफल गर्दै प्रस्तावहरु अघि सार्दै अधिकतम रुपमा नेपाललाई हित हुनेगरी यी परियोजनाहरु लागू गर्ने प्रकृया थालनी महत्वपूर्ण अवसर प्राप्त भएको छ । त्यसको लागि हामीले बुद्दि पुर्याएर अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’

त्यस्तै उनले कुनै पनि कुरा अगाडि बढाउँदा सम्बन्धित स्टेक होल्डरहरुसँग,आम जनतासँग देशका वौद्धिक समुदायसँग र सम्बन्धित विशेषज्ञसँग छलफल गर्ने परम्परा विकास गर्न नसकिएको बताए । 

उनले भने,‘हाम्रो देशमा के समस्या छ भने ,हामी कुनै पनि कुरा अगाडि बढाउँदाखेरी हामीले सम्बन्धित स्टेक होल्डरहरुसँग,आम जनतासँग देशका वौद्धिक समुदायसँग र सम्बन्धित विशेषज्ञसँग छलफल गर्ने परम्परा विकास गर्न सकेके छैन् ।’ 

साथै उनले बिआरआई प्रोजेक्ट नेपालको लागि लाभदायी प्रोजेक्ट भएको भन्दै उनले अब विवाद हुनु पर्ने आवश्यकता नरहेको बताए ।

प्रकाशित मितिः आइतबार, ०३ चैत २०८१
https://jawaaf.com/storage/01JPF9DTKPDJZYKBBFMZ5YX7G4.jpg

भारतले नेपाललाई हिन्दुराष्ट्र भएको देख्न चाहन्छ : कालीदास बाबा

काठमाडौं । भारतका प्रसिद्ध धर्मगुरु कालीदास बाबा (स्वामी १००८ कृष्णानन्द जी महाराज)ले भारतले नेपाल हिन्दुराष्ट्र भएको देख्न चाहेको बताएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदी सँधै हिन्दुराष्ट्रका पक्षमा रहेको पनि औंल्याए ।
‘एक अभिभावकका रुपमा राजसंस्था चाहिन्छ । नेपालका नेताहरुले पनि वाध्य भएर गणतन्त्र रोज्नुभएको हो । उहाँहरुले म सँगको कुराकानीमा वाध्यताले राजसंस्था हटाउनुपरेको बताइरहनु भएको छ । हामीले पहिल्यैदेखि देवी देउता, देउराली, ढुंगा, आकाश–पाताल, पृथ्वी, कुल मान्दै आएका हौं । त्यसैले राजसंस्थाको अलग्गै महत्व छ,’ उनले भने,‘राजसंस्था र हिन्दुराष्ट्र परिपूरक पनि हुन् ।’
हालै काठमाडौंमा भएको राजावादीहरुको प्रदर्शनमा योगी आदित्यनाथको तस्विर सार्वजनिक भएको विषयमा बोल्दै उनले भने,‘ गोरक्षपीठाधीश्वर योगी आदित्यनाथ राजा ज्ञानेन्द्रलाई श्री ५ वडामहाराजधिराज भनेर सम्बोधन गर्नुहुन्छ । राजसंस्था कायम होस भन्ने चाहनुहुन्छ ।’
राजावादीको विरोधमा देशका उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेको भन्दै उनले आपत्ति पनि जनाए ।
उनले देश नै उत्तेजित भएको अवस्थामा उच्च पदको जिम्मेवारीमा बसेको नेताहरुले अपशब्द प्रयोग गरेर गाली गरेर जलेको आगोमा पेट्रोल छर्ने काम गरेको बताए ।
उनले भने,‘देशमा ठूलो जिम्मेवारी र पदमा बसेकाहरुले अपशब्द गाली पनि गरिएका छन् । यसरी आज देश नै उत्तेजित भएको अवस्थामा जलेको आगोलाई पानी आलेर निभाउनुपर्नेमा आगोमा पेट्रोल हालेको अवस्था छ ।’
विदेशमा गएर पसिना बगाएका युवाहरुले पठाएको रेमिटेन्सबाट नेताहरुले आफ्‌नो स्वार्थसिद्धि गरेको उनले आरोप लगाए । उनले जलस्रोत, खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमान नेपालीहरुका नेपाल आज धरधरी रोइराखेको बताए ।
उनले भने,‘हाम्रा युवायुवती विदेशमा गएर कष्ट गरेर एकएक पैसा कमाएर शरीरको रगत, पानी, पसिना बनाएर ल्याएको पैसा ट्याक्सका रुपमा लिएर नेताहरुले आफ्‌नो स्वार्थसिद्धि गरेका छन् । अब आउने भविष्य निकटमा जलश्रोत ,खनिज पदार्थ, जडिबुटीको धनी र स्वाभिमानी नेपालीहरु धर्तीमा आज धरधरी रोइराखेका छन् ।’
त्यस्तै उनले विगत केही समयदेखि नेपालमा हर तरहका संकटहरु आइराखेको बताए । मुलुक रहने हो या डुब्ने हो भन्ने अवस्थामा आज नेपाल पुगेको उनको भनाई छ ।

प्रकाशित मितिः आइतबार, ०३ चैत २०८१
https://jawaaf.com/storage/01JPE6QC4SKVV0V2RW8AH88KAY.jpg

देशभर स्ववियु चुनावको रौनक : राजनीतिक दलहरूको परीक्षा

काठमाडौँ ।  राजनीतिको नर्सरी मानिने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका कारण देशभरका क्याम्पसहरूमा चुनाव रौनक छाएको छ । यही चैत ५ गते हुने निर्वाचनका लागि त्रिवि अन्तर्गत देशभरिका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन हुँदैछ । विशेषगरी राजनीति दलहरूले स्ववियु निर्वाचनलाई आफ्नो शक्ति प्रदर्शनका रूपमा हेरेका छन् ।

चुनावको मिति नजिकिएसँगै क्याम्पस परिसरमा निर्वाचन केन्द्रीत गतिविधिहरू भइरहेका छन् । उम्मेदवारहरूले चुनाव प्रचारलाई तिब्र बनाएका छन् । मुख्यगरी काठमाडौँको प्रदर्शनी मार्ग, वागबजार, पुतली सडक, घन्टाघर क्षेत्रमा विद्यार्थीहरूको चहलपहल बाक्लो छ । यद्यपि, कतिपय ठूला मानिएका क्याम्पसमा भने विद्यार्थी, निर्वाचन समिति, क्याम्पस प्रशासनबिच मनमुटाउ हुँदा निर्वाचन स्थगित समेत भएको छ ।

तथापि, निर्वाचन निश्चित भएका काठमाडौँका क्याम्पसमा चुनावी रौनक तिब्र देखिन्छ । उम्मेदवारहरू आफ्ना एजेन्डाहरू बोकेर विद्यार्थी माझ पुगिरहेका छन् । उपत्यका र उपत्यका बाहिरका केही क्याम्पसमा विवादका कारण तालाबन्दी र क्याम्पसमा तोडफोडले काठमाडौँका केही ठूला क्याम्पसमा चुनाव माहोल तातेको छ । काठमाडौँको प्रदर्शनी मार्गमा रहेको रत्न राज्यलक्ष्मी(आरआर) क्याम्पसमा निर्वाचन प्रक्रिया सहज रूपमा भइरहेको निर्वाचन समितिका संयोजक प्राध्यापक महेश भट्टराईले जानकारी दिए ।

आरआर क्याम्पसमा प्रत्यक्षमा ८ ओटा र समानुपातिकमा १० ओटा संगठन दर्ता भएको भन्दै उनले स्ववियु निर्देशिका २०८१ अनुसार प्रक्रिया अगाडि बढिरहेको जानकारी दिए ।

उनले आरआरमा चुनाव नहुने भन्ने भाष्य गलत भएको भन्दै चुनावका लागि विद्यार्थी र विद्यार्थी संगठनहरु उत्साही रहेको प्रतिक्रिया दिए ।

‘यहाँ ५१४६ जना मतदाताहरू छन् । यही आधारमा सात वटा बुथ निर्माण गर्दैछौ । त्यसका लागि सर्वदलीय, सर्वपक्षीय बैठक बसी छलफल गरिरहेका छौ । सबै विद्यार्थी र संगठनहरु बीच सहमति गरेका छौ । मतपत्र गणनाका आधारमा मतपत्र कति खस्छ, धेरै खसे ढिला होला थोरै खसे छिटै मत परिणाम ल्याउँछौ,’उनले भने ।

उनले सुरक्षा निकायहरूसँग पर्याप्त समन्वय गरेको जानकारी दिंदै भने, ‘हामीले यहाँको जिल्ला प्रशासन, प्रहरी, अनामनगरवृत्त, महानगरीय, सशस्त्रमा पनि निवेदन दिएका छौ । सुरक्षा व्यवस्थाको लागि निरन्तर सम्पर्कमा छौ । सुरक्षाकर्मीले सुरक्षाको कुनै कसुर छोडनुभएको छैन ।’

यस्तै, त्रिचन्द्र क्याम्पसका नेपाल स्वाभिमानी संघका स्ववियु सभापतिका उम्मेदवार विवेक वाँनियाले त्रिचन्द्र उजाड बन्दै गएको र विद्यार्थीहरूको सङ्ख्या घट्दै गएको अवस्थामा यसको विकासको लागि आफूले उम्मेदवारी दिएको सुनाए ।

उनले भने, ‘त्रिचन्द्रमा धेरै विषयहरू पढाइ हुन्छन् । जस्तै विसिए, विएस् सिआइटी जस्ता विषयहरू पढाइ हुन्छ । आइटी सम्बन्धी कोर्षहरू ल्याउन सक्यो भने धेरै राम्रो हुन्छ । यहाँ पार्ट टाइमका शिक्षकहरू छन् उनीहरूलाई करार गराउने वा व्यवस्थापन गर्नुपर्ने देखिन्छ । यसका साथै यहाँ त्रैमासिक परीक्षा हुदैन । परीक्षा नहँुदा विद्यार्थीहरूलाई आफ्नो मुल्याकंन गर्न अप्ठेरो भएको छ । आफू विजयी भए त्यसका लागि वातावरण बनाउँछु ।’

यस्तै अर्का सभापतिका स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले पनि निर्वाचनको भव्य तयारी गरिरहेको बताए । उनले घण्टाघर र त्रिचन्द्र क्याम्पस जोड्ने पुल निर्माणको काम गर्ने योजना रहेको बताए  ।

उनले भने, ‘त्रिचन्द्रमा क्यान्टिन, लाइवे्ररी, अनुसन्धान कक्षको व्यवस्थापन जरुरी छ । १०७ वर्षभन्दा पुरानो क्याम्पस क्याम्पस र घण्टाघरको सम्बन्ध हामीलाई थाहा छ । त्यसको लागि हामीले महानगरसँग प्रस्ताव भइसकेको छ । त्यो प्रस्तावलाई पारित गर्नेछौं ।’

यस्तै उनले त्रिचन्द्र क्याम्पस भग्नावशेष अवस्थामा पुगेको भन्दै राजनीतिक अस्थिरताले स्ववियु नहुँदा विद्यार्थीको मुद्दाहरू ओझेल परेको पनि बताए । 

यसैगरी, संयुक्त अनेरास्ववियु प्यानलका सचिव सुमनकुमार पुलामीले विद्यार्थीहरूको मुद्दाहरुसँगै भूकम्पबाट जिर्ण बनेको क्याम्पस भवन निर्माणका लागि पहल गर्ने, बैंक काउन्टरको लागि काम गर्ने बताए ।

लामो समयपछि हुन लागेको निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गर्नका लागि त्रिबिले मतदान यही चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकेको छ । निर्वाचनमा २८ वर्षे उमेर हद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।

हुनत स्ववियु निर्वाचन विद्यार्थी हकहितको विषयमा केन्द्रित हुनुपर्ने भएपनि अधिकांश क्याम्पसहरूका आफ्नो माउ पार्टीको उपस्थितिलाई प्रमुख ठानेका छन् ।  दलगत स्वार्थको अखडा बन्ने हो कि भन्ने चिन्ता थपिएको छ । मुख्य राजनीतिक दलहरूले आफ्नो प्रभाव बलियो बनाउन विद्यार्थी सङ्गठनहरूलाई प्रयोग गरिरहेको कतिपय विद्यार्थीहरूको बुझाइ छ ।

निर्वाचन हुने अधिकांश क्याम्पसमा विद्यार्थी संगठनहरुले सत्ता र प्रतिपक्षमा रहेका पार्टीका भातृ संगठनहरुले अलग अलग गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा उत्रिएकाले राजनीतिक शक्ति मापनको केन्द्रका रूपमा क्याम्पसहरूलाई प्रयोग गरिरहेका छन् ।

प्रकाशित मितिः आइतबार, ०३ चैत २०८१
https://jawaaf.com/storage/01JPE5NYTFVGFKW2FJ3RS47VHE.avif

दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्ने माग कायम छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कुनैपनि धर्मलाई अपमान गर्न नहुने बताएका छन् ।  संविधानले निर्माण गर्दा धर्म निरपेक्ष बनाइएकाले सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि समावेश गरिएको बताए । 

समाजवादी मोर्चा नेपालको पत्रकार सम्मेलनमा बोल्दै उनले जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मान्नेहरुलाई कहिल्यैपनि अपमान नगरेको बताए ।

उनले भने, ‘जनताले आफ्नो आस्था अनुसार कुनैपनि धर्म, संस्कृति मानेका छन् ।  त्यसमा कहिले पनि अपमान गरेका छैनौं । प्रष्टसँग राज्यले हस्तक्षेप गर्नु हुन्न । त्यो  जनताको स्वतन्त्रताको कुरा हो ।  कुन धर्म, कुन संस्कृति, कुन परम्परालाई मान्ने भन्ने कुरा अधिकार हो । हाम्रो संविधानले निर्माण गर्दा धर्म निरपेक्षमा पनि सनातनदेखिको परम्परागत धर्म संस्कृतिको संरक्षण पनि गर्दै आएको छ ।’

साथै उनले दरबार हत्याकाण्डको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने कुरा आफूले पहिलेदेखि नै उठाउँदै आएको बताए ।

‘दरबार हत्याकाण्ड भएका बेला हामी जनयुद्धमै थियौं । त्यसबेला निष्पक्ष छानबिनको कुरा उठाएका थियौं । पहिलो संविधानसभापछि म पहिलोपटक प्रधानमन्त्री भएपछि पनि यो विषय उठाएको हुँ,’ उनले भने, ‘मैले जनताले उठाएको आशंकालाई अगाडि ल्याएको हुँ ।’

प्रचण्डले समाजवादी मोर्चाको गन्तव्य समाजवादी गणतन्त्रसम्म जाने रहेको भन्दै वैज्ञानिक समाजवाद स्थापना गरी जनताको जीवनमा परिवर्तन ल्याउने नयाँ संकल्प लिइएको बताए ।

प्रकाशित मितिः आइतबार, ०३ चैत २०८१
https://jawaaf.com/storage/01JPCPDD9CKS9J0NE1RQFADGT2.avif

शैलुङको जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर

रामेछाप । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ टोकरपुरको शैलुङ जङ्गलमा लागेको आगो नियन्त्रण बाहिर गएको छ । शुक्रबार बिहानदेखि जङ्गलमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन् । डढेलो नियन्त्रण बाहिर गएको स्थानीय राजुराम पाठकले जानकारी दिए ।

शुक्रबार टोकरपुरको छाङ खोला जङ्गल नजिकैबाट लागेको आगो अहिले शैलुङ तर्फ प्रवेश गरेको छ  आगोले स्थानीय लालीगुराँस, छहारेछाप पाखा, बुढापानी सामुदायिक वनको जङ्गलमा क्षति पु¥याएको छ । 

डढेलो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, स्थानीयलगायत स्थानीय परिचालित भएपनि डढेलो नियन्त्रणमा आउन नसकेको छैन ।

शनिबार बिहान डढेलो केही नियन्त्रण भएको भए पनि दिउँसोबाट हावा चल्न लागेपछि आगो पुनः सल्किएको पाठकले बताए । ‘धुवाँको मुस्लो सहित ठुलो वनमा आगो लागेको छ, सहजै नियन्त्रण गर्न सकिने अवस्था छैन’, उनले भने । 

सो डढेलो कसले लगायो भन्नेबारे अझै यकिन हुन सकेको छैन । स्थानीय वन उपभोक्ता समितिको शनिबार बिहान बसेको बैठकले घटनामा संलग्नको खोजीगरी आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउन प्रहरीमा निवेदन गर्ने निर्णय गरेको छ । 

शैलुङको जङ्गल जैविक हिसाबले निक्कै महत्वको जङ्गल मानिन्छ । विभिन्न जातका गुराँस, सल्लो लगायतका रुख, जडीबुटी र जङ्गली जनावर पाइने सो जङ्गलमा आगलागीले ठुलो क्षति हुने भएको छ ।

प्रकाशित मितिः शनिबार, ०२ चैत २०८१
https://jawaaf.com/storage/01JPCDF86HG04ZAAT4YK9QZ0TJ.avif

दरबारमार्गमा मोहीको लेबलिङ र प्याकेजिङ सुरु

काठमाडौं । नेपाल डेरी एसोसिएसनले काठमाडौँबाट पनि मोहीको लेबलिङ र प्याकेजिङको सुरुवात गरेको छ । एसोसिएसनले शुरु गरेको मोही अभियान सार्थक रुपमा सफल भइ देशभर प्याकेजिङ भइरहेको अवस्थामा आज (शनिबार) पहिलो दिन दरबारमार्गको रैथाने उपज बिक्री वितरण हाटबजारबाट लेबलिङ र प्याकेजिङ सुरु गरेको हो । 

सोही क्रममा नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले देशभित्रै उत्पादित वस्तु र मौलिक उत्पादनलाई नै प्रोत्साहन गर्नुपर्छ भनेर अभियान सुरु गरेको जानकारी दिए । उनले मोही उत्पादन र व्यापार राम्रो भइरहेको बताए । 

उनले भने, ‘मोही अभियान दुई वर्षका लागि सम्झौता गरेर ‘निशुल्क मोही खुवाउने ठेकीमा पारेर’ भन्ने अभियान सुरु गरेका थियौं । डेढ बर्षको समयमा देशभर लगभग १३ वटा डेरीहरुले यसरी लेबलिङ, प्याकेजिङ र ब्राण्डिङ् गरेर बजारमा मोही पुर्याइरहेका छन् । यसले मोही बनाउने घरमा पाहुनाहरुलाई मोहीले स्वागत गर्ने मौलिक परम्परा बचाउने काम गर्छ । पछिल्लो समय अन्य वस्तुहरुले यसको ठाँउ लिएको थियो । त्यसकारण पनि निःशुल्क मोही दिएर यसको प्रचारप्रसार गरेको छ ।’

प्रकाशित मितिः शनिबार, ०२ चैत २०८१
https://jawaaf.com/storage/01JPCD480AAH9JATMMQ1YBS2MC.avif

‘बिआरआईले पूर्वाधार मात्र होइन आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्छ’

काठमाडौं । सभामुख देवराज घिमिरेले बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)मार्फत नेपाल र चीन दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको बताएका छन् ।  शनिबार काठमाडौंमा बिआरआईबारे नेपालको सन्दर्भमा चीन र नेपालको तर्फबाट विज्ञ तथा प्राध्यापकहरु सम्मिलित बौद्धिक व्यक्तित्वहरुको सहभागितामा ‘काष्ठमण्डप डायलग’ सिरिजको पहिलो छलफल कार्यक्रममा उनले बिआरआई नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा पनि रहेको भन्दै यसले सम्बन्धहरु अझै बलियो हुदैँ जाने बताए । 

उनले भने, ‘चीन विगत लामो समयदेखि नेपालको एक भरपर्दो र महत्वपूर्ण विकास साझेदार मुलुकको रुपमा रहदैँ आएको छ । नेपाल सरकार र नेपाली जनता चिनियाँ सरकार र जनताका तर्फबाट नेपालको विकास प्रयासमा हुँदै आएको सहयोग र सहकार्यका लागि आभारी रहेका छन् । बिआरआईमार्फत दुवै देशको सहकार्य अझै बलियो हुँदै गएको छ । यो नेपालका लागि केवल पूर्वाधार विकासको माध्यम मात्र नभई आर्थिक वृद्धिका नयाँ ढोकाहरु खोल्ने अवसरको रुपमा लिनुपर्छ ।’

यस्तै, उनले नेपालको दिगो विकासको लागि पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक रहेको भन्दै नेपालमा रहेका लगानी र सम्भावनाहरुलाई पहिचान गरि बिआरआई अन्तरगत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्ने बताए । 

उनले भने, ‘नेपालको दिगो विकासको लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ । नेपालमा रहेका लगानी र सम्भावनाहरुलाई सही रुपमा पहिचान गरि बिआरआई अन्तरगत नयाँ परियोजनाहरुलाई प्राथमिकता दिनुपर्छ ।’

दुईदेशबीच विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई थप गहिरो बनाउन आजको कार्यक्रमले उल्लेखनीय भूमिका निर्वाह गर्ने कुरामा पनि विश्वस्त रहेको उनको भनाई छ । 

उनले संवाद कार्यक्रममा उच्च राजनीतिक व्यक्तित्व, कुटनीतिज्ञ, व्यवसायी, शिक्षाविद्, सञ्चारकर्मीलगायत विभिन्न प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थितीले यसको गरिमा बढाउनने बताए । 

सोही कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले बिआरआईले नेपालमा पूर्वाधार निर्माण, विकास, व्यापार र आर्थिक विकासको लागि अवसर प्रदान गर्ने बताए । 

‘यो संवाद आयोजना गर्नुको उद्देश्य प्राप्त गर्नको लागि बिआरआईमा पाँचवटा मुख्य कुराहरु छन् । पूर्वाधार विकास, व्यापार सहजीकरण, आर्थिक लगानी, व्यक्ति व्यक्तिबीचको सम्बन्धलगायत रहेको छ,’ उनले भने । बिआरआईले नेपालीहरुलाई नयाँ आशा दिएको पनि बताए । 

‘बिआरआई चीनले विश्वभर आफ्नो प्रभुत्व देखाउनको लागि ल्याएको भनेर केही गलत विचारहरु पनि आएका छन् । वास्तवमा कुनै पनि प्रकारको कुरा सुन्नु परेको छैन् । नेपालमा केही मान्छेहरुले पोखरा विमानस्थल चीनको एउटा ट्राप हो पनि भन्ने गरेका छन् । यस्तै लुम्बिनी विमानस्थलको बारेमा पनि सुन्न आएको छ तर यो कुराहरु गलत हो,’ खनालले भने । 

यस्तै, नेपालका लागि चिनिया राजदूत चेङ् सोङ्ले बिआरआईको सम्झौतामा हस्ताक्षर भएको आठ वर्षपछि र कार्यान्वयनको लागि हस्ताक्षर गरेको तीन महिनापछि पनि नेपाली समुदायमा बिआरआईबारे अझै केही गलत बुझाई र शंकाहरु रहेको बताए  ।

‘विआरआईमाथिको शंका मेट्नका लागि संवाद कार्यक्रम अझै महत्वपूर्ण छ । बिआरआई नेपालको लागि र भविष्यको लागि एकदमै महत्वपूर्ण छ ।  बिआरआई भनेको एउटा सार्वजनिक पुल हो जुन चीनले विश्वको लागि प्रदान गरेको छ,’ उनले भने ।

प्रकाशित मितिः शनिबार, ०२ चैत २०८१
https://jawaaf.com/storage/01JPCCQH33K7J96AKKS1HG3R3B.avif

शिक्षकहरुका मागलाई वेवास्त गरिए परिणाम राम्रो हुँदैन् : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्दोलनरत शिक्षकहरूको मागलाई सरकारले गम्भीर रूपमा लिनुपर्ने बताएका छन् । विद्यालय शिक्षा विधेयक तत्काल पारित गर्नुपर्ने माग राख्दै आन्दोलनरत नेपाल शिक्षक महासंघको प्रतिनिधिमण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले शिक्षकलाई कम आँकिए यसको परिणाम राम्रो नहुने बताए । 

शिक्षकका माग र समग्र शैक्षिक क्षेत्रबारे एउटै दृष्टिकोण बन्न नसकेको बताउँदै अध्यक्ष प्रचण्डले देशको विकास र समृद्धिको मुख्य आधार शिक्षा नै भएकोमा जोड दिए ।  अध्यक्ष प्रचण्डले शिक्षक महासंघले उठाएका विषयमा सडक र संसद दुवै ठाउँबाट पार्टीले सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

आन्दोलनरत शिक्षक महासंघका प्रतिनिधिहरूले प्रचण्ड नेतृत्वको सरकारले नै विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएको स्मरण गराउँदै, विधेयक पारित गराउन माओवादी केन्द्रको विशेष भूमिका रहनेमा जोड दिए ।

प्रकाशित मितिः शनिबार, ०२ चैत २०८१
https://jawaaf.com/storage/01JPBSJHZ6V4F5Z6174YPD58G1.jpg

‘मौलिक संस्कृति नै नेपालीको जग हो’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भडारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन–२०८१’ का स्वदेशी र विदेशी सहभागीलाई स्वागत गरेका छन् ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरेका हुन् । 

प्रधानमन्त्री ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादूर्भाव भएको बताए । यी सबै ज्ञान र हाम्रा मान्यताको गम्भीर खोज र अध्ययन एवं अनुभव आदानप्रदान गर्न सहभागीलाई आग्रह पनि गरे । 

चैत ३ गतेसम्म काठमाडौँमा हुने सम्मिलनमा नेपाल, भारत, म्यान्मार, भूटान, चीन, थाइल्याण्डलगायत देशका गरी करिव पाँच सय स्रष्टाहरुको सहभागिता रहेको छ । नेपाल बाहिरबाट ५८ जनाको सहभागिता रहेकोे छ ।

कार्यक्रममा प्रा.डा.चुडामणि बन्धु, प्रा.डा.माधवप्रसाद पोखरेल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्टानका कुलपति निशा शर्मा, भारतको काशी हिन्दु विश्वविद्यालयका भारतीय भाषा विभागका अध्यक्ष प्रा डा दिवाकर प्रधान, साहित्यकार कविता लामालगायत सहभागी थिए । 

सम्मिलनको पहिलो दिन हिमवतखण्ड साहित्यिक चलचित्र उत्सव, दोस्रो दिन हिमवतखण्ड बृहत सांस्कृतिक उत्सव र तेस्रो दिन हिमवतखण्डका क्षेत्रका कविहरुको काव्य उत्सवको कार्यक्रम रहेको छ । सम्मिलनमा विभिन्न मुलुक तथा नेपालभित्रका सात प्रदेशका विद्वानहरुले गोष्ठीपत्र प्रस्तुत गर्ने क्रम सुरु भएको छ । 

यसअघि भानु जयन्तीका अवस्सरमा २०७५ असार २९ देखि ३१ गतेसम्म काठमाडौँमा यस प्रकारको पहिलो सम्मिलन आयोजना भएको थियो ।

प्रकाशित मितिः शनिबार, ०२ चैत २०८१
https://jawaaf.com/storage/01JPA8M04Q1XG1K1K5FEKEVSET.jpg

सगरमाथा संवाद कार्यक्रमको तयारीमा सरकार, प्रधानमन्त्रीले दिए निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिएका छन् ।

संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित व्यवस्थापनसमेत चुस्त दुरुस्त भएको सन्देश अन्तर्राष्ट्रिय समुदायसमक्ष दिन निर्देशन दिएका हुन् । 

संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ ।

सरकारले संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रुपमा आमन्त्रण गरेको छ ।

सचिवालयका सदस्य सचिव डा.महेश्वर ढकालले कार्यक्रमको हालसम्मको तयारीबारे छिट्टै पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गर्ने जानकारी दिएका छन् । 

यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए । सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्व संवाद आयोजना गर्न लागेको हो ।

प्रकाशित मितिः शुक्रबार, ०१ चैत २०८१