रवि लामिछाने प्रकरण : उच्च अदालत पोखराले मगायो कैफियत प्रतिवेदन
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्ने आदेशविरुद्ध लामिछानेले नै पुनरावलोकनका लागि दायर गरेको निवेदनमा उच्च अदालत पोखराले कैफियत प्रतिवेदन झिकाउने आदेश गरेको छ । न्यायाधीश मिलनकुमार राईको एकल इजलासले मंगलबार उक्त आदेश गरेको हो ।
जिल्ला अदालत कास्कीले गएको पुस २५ गते ६५ लाख रुपैयाँ धरौटी मागेपछि लामिछानेले आदेश त्रुटिपूर्ण रहेको भन्दै बदरको मागगरी उच्च अदालत पोखरामा सोमवार निवेदन दर्ता गराएका थिए ।
लामिछानेले सहकारीबाट ऋण लिन आफू उपस्थित नभएको, कुनै निवेदन नगरेको र आफ्नो खातामा रकम नगएको प्रमाणित भइसकेको उल्लेख गरेका छन् ।
न्यायाधीश नीतिज राईको इजलासले सुनाएको धरौटी आदेश कानुनसम्मत नभएको बताउँदै, रविले आदेश बदरगरी मुद्दा सामान्य तारिखमा पुर्पक्ष गर्न माग गरेका छन्।
उनका अनुसार सूर्यदर्शन सहकारीको रकम जीबी राईको खातामा गएको र त्यही रकमबाट ७५ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको खातामा आएको देखिएको छ । तर, उक्त रकम सूर्यदर्शन सहकारीको अपचालित रकम भएको कुनै प्रमाण नभएको दाबी गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख धरौटी माग्ने जिल्ला अदालत कास्कीको आदेशविरुद्ध उच्च अदालत पोखरामा निवेदन दिएका लामिछानेले दोष जीबी राईमाथि नै लगाएका छन् ।
लामिछानेले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ सय १४ वटा चेक काटेर कारोबार गरेको अभियोगलाई प्रश्न गर्दै, चेकमा हस्ताक्षर गर्ने कार्य फौजदारी कसुर नभएको तर्क गरेका छन्। उनले सहकारीको रकम जीबी राईले व्यक्तिगत ऋणका रूपमा आफ्नो खातामा जम्मा गरेको लेखा परीक्षणबाट पुष्टि भएको दाबी गरेका छन् ।
गोर्खा मिडिया नेटवर्क प्रालिमा प्रवेश गर्दा कुनै लगानी नगरेको र बाहिरिँदा पनि कुनै रकम नलिएको लामिछानेको दाबी छ । उनले आफू निर्दोष रहेको र धरौटीको आदेश अन्यायपूर्ण भएको बताएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जीबी राईसहित फरार रहेका व्यक्तिहरूविरुद्ध इन्टरपोलको डिफ्युजन नोटिस जारी भएपनि उनीहरू हालसम्म फरार छन् । यस प्रकरणमा कास्की जिल्ला अदालतले विभिन्न धरौटी रकम तोकेर ७ प्रतिवादीलाई छाड्न आदेश दिएको थियो ।
लामिछानेसहित ७ जना प्रतिवादीलाई थुनामै राखेर अनुसन्धान गर्न सरकारी वकिलको कार्यालयले उच्च अदालतमा निवेदन दिएको छ। रविले भने सामान्य तारिखमा पुर्पक्ष गर्न माग गर्दै उच्च अदालतमा निवेदन दर्ता गराएका छन्।
जिल्लाको आदेविरुद्ध सरकारी वकिलको कार्यालयले पनि उच्चमा निवेदन दिइसकेको छ । उक्त निवेदनमा पनि उच्चले कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ I
भू–माफियाहरूलाई जग्गा दिन भूमि अध्यादेश ल्याइएको आरोप
काठमाडौँ । अघिल्लो कार्यकालमा नसकेको गिरीबन्दु टि स्टेट जस्तै हजारौँ विगाह हदबन्दीका जग्गा यस पटक कब्जा गर्न ओली सरकारले भूमि अध्यादेश ल्याएको आरोप लगाएका छन् । मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी राष्ट्रपति रामचन्द्र पौडेलले गलत मनसायले आएको भनि भूमि अध्यादेश रोक्न खोजेपनि धम्काएर पास गराएकोसमेत खुलासा गरेका छन् ।अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र) का अध्यक्ष चित्रबहादुर श्रेष्ठले नियमित संसदलाई छलेर भू–माफियाहरूलाई जग्गा दिन भूमि अध्यादेश ल्याईको आरोप लगाएका छन् ।
श्रेष्ठले ओली सरकारले ल्याएको भूमि अध्यादेश कुनै पनिहालतमा फिर्ता गर्न वा खारेज गर्न आपूmहरु सङ्घर्षको दिशामा अघि बढेको बताएका छन् । क्रान्तिकारी किसान महासङ्घ नेपालका अध्यक्ष सीताराम तामाङले गिरीबन्धु टि–स्टेट जग्गाहरूलाई भू–माफियाहरूको कब्जा र एमाले काँग्रेसका नेता–कार्यकर्ता पोस्न अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
अखिल नेपाल किसान महासङ्घका कार्यवाहक अध्यक्ष बलदेव चौधरीले भूमि सम्बन्धीको अध्यादेशलाई ‘किसान मारा’को संज्ञा दिदै, अध्यादेश फिर्ता नगरिए कडा आन्दोलनमा जाने चेतावनी दिए ।
अखिल नेपाल किसान महासङ्घ(अप्फा)का अध्यक्ष भैरवराज रेग्मीले कृषि अनुदानमा व्यापक भ्रष्टाचार गरेर सत्तासीन पार्टीका नेता–कार्यकर्ता पालितपोसित गर्ने माध्यम बनेकाले त्यसमाथि छानबिन गर्नुपर्ने माग गरेका छन् ।
अखिल नेपाल किसान युनियनका इन्चार्ज लोकनारायण सुवेदीले भूमि बैँकको व्यवस्थामार्फत थप भूमाफियाहरूलाई जग्गा कब्जा गराउने योजनाबाट प्रेरित भएर आएको आरोप लगाएका छन् ।
अखिल नेपाल प्रगतिशील किसान संघका अध्यक्ष दुर्गाप्रसाद जैसीले जमिन भू–माफियाको हातमा बुझाएर भारतबाट विषादीयुक्त खाद्यवस्तु भित्राउनु ओली सरकार लागेको आरोप लगाए ।
अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)का महासचिव नहेन्द्र खड्काले भूमि ऐनमा हुँदै नभएको दफा १२ छ. संशोधन गरेर ओली सरकारले अध्यादेश ल्याएकोले यसको खारेजी हुनुपर्ने बताए ।
खड्काले भूमिसम्बन्धी अध्यादेशलाई राष्ट्रपतिले रोक्ने प्रयास गरेको तर नसकेको बताउँदै भने,‘राष्ट्रपतिज्यूले गलत मनसायले आएकोले रोक्नु भएपनि महाभियोग लगाउने धम्कीपछि पास गरेको भन्ने बलियो सूचना छ ।’
माओवादी केन्द्र निकटका किसान संगठसहितिका ६ किसान संगठनहरूले किसानमारा भूमि अध्यादेश फिर्ता हुनुपर्ने, कालीमाटीको तरकारी बजार व्यवस्थित गर्नुपर्ने, भारतबाट आउने विषदीयुक्त तरकारीमा कडाइ गर्नुपर्ने लगायतका १४ वटा मागहरू राखेका छन्
अल्लो प्रशोधन उद्योग : सम्भावना राम्रो, चासो कम
रामेछाप । रामेछापको शैलुङस्थित दोरम्बा शैलुङ गाउँपालिका–१ डडुवाको सल्लेटारमा सञ्चालन रहेको शैलुङ अल्लो प्रशोधन उद्योग अहिले बन्द प्रायः अवस्था छ ।
स्थानीय कच्चाबस्तु अल्लोको सदुपयोग गरी कपडा बनाउने उद्योगले अहिले निक्कै सङ्कट झेलिरहेको छ । उद्योग अघि बढाउने कि बन्द गर्ने भन्ने अवस्थामा स्थानीय लगानीकर्ताहरू पुगेका छन् ।
सीमान्तकृत थामी समुदायको बस्तीमा तिनै थामी समुदायको सामूहिक लगानीमा सञ्चालित शैलुङ अल्लो प्रशोधन उद्योगलाई उद्योग स्थापना गरेकै वर्ष विपत्ति आइलाग्यो । गत भदौ ८ गतेको भीषण वर्षाको कारण आएको बाढी पहिरोले उद्योगको भवनमा क्षति पु¥यायो । बल्ला बल्ल सुरु गरेको उद्योगमा सुरु गरेकै वर्ष क्षति पुगेपछि उद्योग सञ्चालकहरू अब कसरी अघि बढ्ने भन्ने अन्योलमा छन् ।
उद्योगका अध्यक्ष भीमबहादुर थामीका अनुसार अल्लो प्रशोधनको काम सुरु गरेको दुई वर्ष भएको भए पनि कम्पनी दर्ता गरेर उद्योग सुरु गरेको एक वर्ष भयो । स्थानीय शैलुङको जङ्गलमा पाइने सिस्नो जातको अल्लो सङ्कलन गरेर लोकताबाट धागो निकाली भाङ्ग्रो लगायत विभिन्न लुगा उत्पादन गर्ने सो उद्योगमा नसोचेको विपत्ति आइलागेको छ ।
उद्योगको भवनमा क्षति पुगेपछि गत भदौ महिनादेखि उद्योग सञ्चालनमा आउन सकेको छैन । ‘भवनको गारो भत्किएर भित्र छिर्नै डर मर्दो छ, त्यसैले भित्र बसेर काम गर्ने अवस्था छैन’, उनले भने ।
भवन भित्र बसेर तानबाट लुगा बनाउने काम नभए पनि अल्लो सङ्कलन गर्ने र लोक्ता निकाल्ने काम भने भइरहेको उद्योगका अध्यक्ष भीमबहादुरले बताए । ‘शैलुङको जङ्गलमा अल्लो प्रशस्त पाइन्छ, त्यतिकै खेर गएको अल्लोबाट कपडा बनाऊँ भनेर काम सुरु गरेको, यो विपत्ति आइलाग्यो’, भीमबहादुरले भने ।
उत्पादन गरेको कपडाले माग धान्न नसकेको भीमबहादुर बताउँछन् । कारखानाबाट भाङ्ग्रो, पटुका, गलबन्दी, पछ्यौरा, सल, गम्छा लगायतका कपडा उत्पादन हुने गरेको उनले जानकारी दिए ।
‘गाउँमा नै माग धान्न सकेका छैनौँ, गाउँ बाहेक पनि झापा, इलाम लगायतका ठाउँबाट पनि माग आएको छ, बिक्रीमा समस्या छैन, तर उत्पादनमा नै समस्या भयो’, भीमबहादुरले भने ।
वाग्मती प्रदेश सरकारले उपकरणलगायतको सहयोग गरेर सञ्चालनमा आएको उद्योगमा क्षति पुगेको ६ महिना बढी भयो । लगानी नै उठिनसकेको अवस्थामा भवनमा क्षति पुगेपछि अब उद्योग कसरी सञ्चालन गर्ने भन्ने चिन्ता स्थानीलाई छ ।
‘आर्थिक रूपले विपन्न समुदाय छ, हाम्रो पहुँच छैन, सबैतिर भनेका पनि छौँ, धेरैले अवलोकन पनि गरेका छन्, तर कसैले पनि सहयोग गरेका छैनन्’, दोरम्बा शैलुङ गाउँपालिका–१ का वडा सदस्य मङ्गले थामीले भने ।
बाढी पहिरोले गाउँ नै क्षतविक्षत भएकोले गाउँलेहरू आफ्नो बस्ने बासकै व्यवस्थापनमा जुटे । त्यसैले उद्योगको लागि समय नै दिन भ्याएनन् । अब गाउँको अवस्था सामान्य बन्दै गएकोले उद्योग सञ्चालनको काममा आफूहरू जुटेको मङ्गलेले बताए ।
‘हामीले गाउँपालिकालाई पनि भनेका छौँ, जिल्लाको उद्योग कार्यालयलाई पनि भनेका छौँ, अन्य निकायलाई पनि अनुरोध गरेका छौँ, अब कतैबाट पनि भएन भने श्रमदान गरेर भए पनि भवन मर्मत गरेर उद्योग सञ्चालनमा ल्याउने छौँ’, मङ्गलेले भने ।
सो उद्योगमा दैनिक १० जना बढीले रोजगारी पाएका थिए । त्यस बाहेक अल्लो सङ्कलन गर्ने, लोक्ता निकाल्ने, धागो बनाउनेले पनि आम्दानी गर्दै आएका छन् ।
उद्योगलाई निरन्तरता दिने हो भने स्थानीयले रोजगारी पाउनुको साथै स्थानीय उत्पादनको प्रवर्धनमा समेत सहयोग पुग्ने देखिन्छ । यसमा सबैभन्दा बढी स्थानीय सरकारको ध्यान जान आवश्यक छ ।
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ९ सय रुपैयाँले घटेर तोलामा एक लाख ५९ हजार २ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमवार सुन तोलामा एक लाख ६० हजार १ सयमा कारोबार भएको थियो। त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेर तोलाको १८ सय ३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
खाँदबारी–किमाथांका सडकखण्डको निरीक्षण
काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधीन राष्ट्रिय गौरवको खाँदबारी–किमाथांका सडक खण्ड अन्तर्गत च्याम्ताङ्ग–घोङ्घप्पा सडक खण्डको सोमवार निरीक्षण गरिएको छ । भौतिक पूर्वाधार मन्त्री श्री देवेन्द्र दाहाल, रक्षा मन्त्री श्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री दीपक खड्काले निरीक्षण गरेका हुन् ।
निरीक्षणको दौरान सडक निर्माणको हालसम्मको प्रगति विवरण तथा विविध पक्षहरूको बारेमा जानकारी गराइएको थियो । २०७६ भदौ २२ गते मन्त्रीपरिषद् बैठकको निर्णय बमोजिम खाँदबारी–किमाथांका सडक आयोजना मध्ये च्याम्ताङ्गदेखि घोङ्घप्पासम्मको १०.५१ किलोमिटर ट्र्याक खोल्ने जिम्मेवारी नेपाली सेनालाई प्राप्त भएको थियो ।
आ.व. २०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य लिइएको उक्त सडक खण्डको ट्रयाक खोलिसकिएको छ भने हाल सडक चौडा गर्ने कार्य भई रहेको छ ।
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
सार्वजनिक गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । यसका साथै युरोपियन युरो, यूके पाउन्ड स्ट्रलिङ, स्विस फ्र्यांकको पनि मूल्य बढेको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ८६ पैसा र बिक्रीदर एकसय ३८ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, स्टर्लिङ पाउन्ड एकको खरिददर एक सय ७२ रुपैयाँ ४३ पैसा र बिक्रीदर एक सय ७३ रुपैयाँ १८ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९३ रुपैयाँ तीन पैसा र बिक्रीदर ९६ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ ।
यसैगरी स्विस फ्र्यांक एकको खरिददर एक सय ५३ रुपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ५४ रुपैयाँ ३४ पैसा कायम गरिएको छ । सिंगापुरडलर एकको खरिददर एक सय दुई रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ नौ पैसा रहेको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ९६ पैसा र बिक्री दर नौ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ एक पैसा र बिक्रीदर १९ रुपैयाँ नौ पैसा निर्धारण गरिएको छ ।
यस्तै, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९८ पैसा निर्धारण गरिएको छ ।
नेपाल राष्ट्र बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, यूएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा कायम गरिएको छ ।
मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६३ पैसा र बिक्रीदर नौ रुपैयाँ ६७ पैसा कायम गरिएको छ।
स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६५ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४२ पैसा र बिक्री दर १९ रुपैयाँ ५१ पैसा तोकिएको छ । ओमनी रियाल एकको खरिददर तीन सय ५८ रुपैयाँ नौ पैसा र बिक्रीदर तीन सय ५९ रुपैयाँ ६५ पैसा ,भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा निर्धारण भएको छ।
कांग्रेसले सरकारलाई पूरै साथ दिएको छ : प्रधानमन्त्री
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई ठुला दलको सहकार्यमा रहेको वर्तमान सरकारले विकास र स्थिरताको बलियो आधार तयार गरेरै छाड्ने बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकाको कटुञ्जेस्थित नवनिर्मित प्रशासकीय भवनको आज उद्घाटन गर्दै उनले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै देश विकासको गति बढाउने बताएका हुन् ।
उनले भने, ‘अब नेपालमा विकासको क्रममा अगाडी बढेको छ । जो भए पनि विकास भइहाल्छ भन्ने कुरा सही होइन । राम्रो प्रणाली नभईकन विकास हुँदैन । काम गर्ने खालको पार्टी सरकारमा नभएर विकास हुँदैन । देश साँच्चै अप्ठ्यारोमा परेकाले दुई ठुला दलको सहकार्यमा देशलाई एकताबद्ध बनाउँदै सरकारले विकासको अगुवाइ गर्नैछ । सरकार अहिले ढल्यो, भरे ढल्यो भनेर कसैले छाती पिट्नु र बिलौना गर्नुको कुनै विकल्प छैन । नेपाली काँग्रेस र नेकपा (एमाले)ले अब देशलाई स्थिरता दिने संकल्प गरिसकेका छन् । यसमा ढुक्क भए हुन्छ ।’
उनले पूर्व सहमतिअनुसार अहिले आफूले काँग्रेसबाट पूराका पूरा साथ पाएको र भोलि काँग्रेस नेतृत्वको सरकारलाई पनि एमालेले पूराका पूरा साथ दिने स्पष्ट पारे ।
उनले संसदको हिउँदे अधिवेशनलाई कानुन निर्माणका व्यापक काम दिने पनि जनाउँदै सहमति भए छिटै संविधान संशोधन हुने र सहमति नभएमा केही समय लाग्ने बताए ।
प्रधानमन्त्री ओलीले आफूलाई रुघाखोकी लागेको समयमा अस्पतालको आइसियुमा रहेका बेलामा तस्बिर सार्वजनिक गरेर भ्रम फैलाइएको पनि टिप्पणी गरेका छन् ।
उनले भने, ‘मलाई रुघाखोकी लागेको हो । एन्टीबायोटिकले अलि कमजोर बनाएको छ तर हाँच्छ्युँ गरेको देख्यो भने आइसियुकक्षकमा बसेको फोटो आइहाल्छ । खोक्न पाएको छैन आइसियुमा बसेको देखाउँछन् ।’
यसको साथै, सरकारको विरोध गर्ने नाममा सीमित सङ्ख्या भएकाहरूको मोर्चा शक्ति बनाए भनेर चेतावनी दिनेहरूको भ्रमबाट मुक्त हुन पनि आग्रह गरे ।
उनले नयाँ भवनलाई सदुपयोग गरेर अझ सहज र सरलताका साथ जनतालाई सेवा पुग्ने र आगामी योजनाबद्ध विकास बन्ने विश्वास व्यक्त गर्दै सोझा जनतालाई आतङ्कको छायाँमा राखेर चुनाव जित्ने जमाना सकिएकाले लोकतान्त्रिक अभ्यासबाट एकताबद्ध भएर अघि बढ्न आग्रह पनि गरेका छन् ।
कार्यक्रममा प्रतिनिधिसभाका सदस्य दुर्लभ थापा, पूर्वमन्त्री महेश बस्नेत, नगरप्रमुख वासुदेव थापालगायतले राजनीतिमा प्रतिस्पर्धा र विकास निर्माणका ऐक्यबद्धताको मर्मका साथ काम गर्नुपर्नेमा जोड दिएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुममा
तेह्रथुम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तेह्रथुम पुगेका छन् । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई साथ लिएर सोमवार बिहान तेह्रथुम पुगेका हुन् ।
विभिन्न कार्यक्रममा सहभागी हुन तेह्रथुम पुगेका प्रचण्ड झाकी तथा बाजाले स्वागत गरिएको थियो । माओवादी अध्यक्ष प्रचण्डले चोत्लुङपार्कको अवलोकन गरेका छन् ।
चोत्लुङपार्कको इतिहासको बारेमा स्थानीयले अध्यक्ष प्रचण्डले अवगत गराएका थिए । यसै गरि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तेह्रथुमको लालीगुराँस २ चोःलुङ पार्क तथा सङ्ग्रहालयकोको अवलोकन गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड आज र भोलि तेह्रथुमका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।
आठराईमा अध्यक्ष दाहालले बगाले सहिद स्मृति पार्क र जनयुद्ध तथा शान्ति सङ्ग्रहालय भवनको शिलान्यास गर्ने तय भएको नेकपा माओवादी केन्द्र तेह्रथुमले जनाएको छ ।
आज विभिन्न कार्यक्रममा सहभागी भएपछि बेलुका चुहानडाँडा बजारमा बस्नेछन् । पार्टीको तेह्रथुम जिल्ला स्तरीय कार्यकर्तालाई राजनीतिक प्रशिक्षण दिएर उनी काठमाडौँ फर्किने उनको सचिवालयले जनाएको छ ।
ओझेलमा पर्यो नेपाली भाषाको उद्गमस्थल सिञ्जा
जुम्ला । प्रचारप्रसारको अभावमा ओझेलमा परेको जुम्लाको प्रमुख पर्यटकीय गन्तव्य सिन्जा पर्यटकको पर्खाइमा छ । केन्द्रीकृत शासनव्यवस्थाका बेला ११ वटा गाविसमा फैलिएको सिन्जा संघीयतासँगैसिन्जा, हिमा र कनकासुन्दरी गाउँपालिकामा विभाजन भएको छ ।
नेपाली भाषाको उद्गमस्थलका रूपमा चिनिने सिन्जा प्राकृतिक सुन्दरता र सांस्कृतिक परम्पराको नमुना मानिन्छ । सिंन्जामा नेपालीभाषाको ताम्रपत्र, स्वर्णपत्र, शिलालेखलगायत प्राचीन र ऐतिहासिक सम्पदा अहिलेसम्म सुरक्षित रहेको कनकासुन्दरी–४ का वडाध्यक्ष धनमानसिंह हमालले बताए ।
उनका अनुसार बाइसे–चौबिसे शासनकालमा सिन्जा एक शक्तिशाली राज्य थियो । सिन्जा उपत्यकामा रहेको कनकासुन्दरीमन्दिर, पान्डव गुफा, बुढुमष्टा, कनकासुन्दरी नौधारा मन्दिर, विराट दरबार, नाख्या दुला, ह्यांगा देवता मन्दिर, लेकपर लामा मन्दिर, बोतामालिका महादेव मन्दिर,लुड्कु लामाथारालगायत तीन दर्जन बढी साना–ठूला धार्मिकस्थल छन् ।
नाग्म–गमगढी सडक हुँदै सिन्जा उपत्यका भएर कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल पुग्न सकिन्छ । यो बाटो हुँदै दैनिक ५०देखि एकसय गाडीमा आन्तरिक तथा बाह्य पर्यटक ओहोरदोहारगर्छन् ।
खस राज्य सञ्चालनको समयमा बनाइएका मठमन्दिर, सिन्जा, सिहु बाघ, ठूलाठूला ढुंगामा कुँदिएका चित्रकला, संकेत अक्षर र अंकहरू लेखिएका शिलालेखसमेत अहिले बेवारिसे अवस्थामा भेटिने गरेका छन् । सिन्जाको भौगोलिक वनावट, सुन्दरता र हराभरा उपत्यकाले पर्यटकलाई मोहित बनाउने पर्यटकहरुको भनाई रहेको छ ।
उपत्यकाभित्र उत्पादन हुने फलफूल र रैथाने बाली तथा गाउँकोबीच भएर बग्ने हिम नदीले पनि सिन्जाको सुन्दरता थपेको छ । झन्डै ३४६१वर्षअघि अर्थात् इसापूर्व १ मा राजा जालन्दरले सिन्जा राज्य स्थापनागरेका थिए ।
राजा जालन्दर शिवका भक्त थिए । शिवको अघिल्लो अक्षर ‘शि’ र आफ्नो नामको अघिल्लो अक्षर ‘जा’ लाई जोडेर सिन्जा नाम रहन गएको जनश्रुति भेटिन्छ । खस राजा नागराज र उनका उत्तराधिकारीलेसिन्जा राज्यमा झन्डै तीन सय वर्षसम्म शासन गरेको इतिहास छ ।
खस राजाले पूर्वमा नेपाल उपत्यकामा दुई पटक आक्रमण गरी ‘करत राज्य’ बनाएका थिए भने पश्चिमको कुमाउ, गडवालसम्म सिन्जा राज्यको क्षेत्र भएको इतिहाससम्बन्धी जानकार रमानन्द आचार्यले बताए ।
‘राजा बलिराजका पालामा जुम्ला राज्य समृद्ध र शक्तिशाली रहेको थियो,’ उनले भने, ‘नेपाल एकीकरणको अभियानमा शिवनारायण खमी नेतृत्वको गोर्खाली सेनाले १८४६ असोज ३ गते कब्जा नगरुन्जेल सम्म सिन्जा राज्यको अस्तित्व कायमै थियो ।’
आचार्यका अनुसार नेपाली भाषा, सभ्यता, संस्कृति सिन्जाबाटै सुरु भएको हो । उनले खस भाषा विकसित भएर नेपाली भाषा भएकोबताए । उनकै नेतृत्वमा खस भाषा र सभ्यताका संरक्षणका लागि खसशब्दकोश तयार हुँदैछ । शब्दकोश प्रकाशनपछि तत्कालीन सिन्जाराज्यभित्र बोलिने शब्द, भाषा संस्कृति, रीतिरिवाज, खेतीप्रणाली, शिक्षाको अवस्था झल्किने उनले बताए ।
केन्द्रिय र प्रदेश सरकारले मन्त्रलयमा योजना बाडफाड गर्ने समयमा नाता गोता र कमिशन खेल मन्त्री,संसदहरुको पहुँचको आदारमा बाढीले भएको हुनाले नेपाली भाषाको उद्गम क्षेत्रमा कम बजेट पठाउर्ने भएको हुनाले सिन्जा क्षेत्र र बिषेश गरी कनका सुन्दरी गाँउपालिका भित्र रहेको पुराना संरचना ईतिहास बोकेका मूल्यबान सम्पति रितिरीवाज ,चालचलन, देउडा, मागल, हुड्के नाच ,झोडा,मागल,स्थानिय चाडपर्वहरु, अलपत्र पनुका साथै ओझेलमा परेको कनका सुन्दरी गाँउपालिका ३ का समाजसेबि पंख बहादुर बुढाले बताए ।
नेपाली खस भाषाको उद्य भएको जुम्ला जिल्लाको कनका सुन्दरी गाँउपालिकाको हाडसिंन्जा बाट सुरुवात भएको हो । बिचमा केन्द्रिय सत्ताले वेवास्ता गरेको सिन्जा नेपाली कामकाजमा प्रयोग भएको भाषा स्थान भएको यस क्षेत्रमा ईतिहास बोकेका मठमन्दिर, गुम्बा,गुफा,देवल हरुको संरक्षण गरि प्रचार प्रचार गर्ने आन्तरिक तथा बाहिय पर्यटकहरुलाई भित्र्याउने खालका पुरानै शैलीका पूर्वाधार संरचनाहरु निर्माण, संरक्षण गर्ने, प्रचार प्रचार गर्ने, रैथाने खेतीहरुको उत्पादनमा जोड दिने बिषाधीरहित पालिका घोषणा गर्ने, पर्यटकहरुलाई समय दिन लम्ब्याउनका लागि संग्राहलय, कोसेली घर लगायतका संरचना निर्माण गरी स्थानीय गाँउपालिकामा रहेका नागरिकहरुको आय बृद्धि बढाउने खालका नीति तथा कार्यक्रमहरु ल्याउने र सन्चालन गरीने कनका सुन्दरी गाँउपालिकाका अध्यक्ष दामोदर प्रसाद आचार्य बताए ।
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
आज अमेरिकी डलरको मूल्य सोमबार स्थिर छ भने युरोपियन युरो, बेलायतको पाउन्ड स्टर्लिङ, सिङ्गापुर डलर, साउथ कोरियन वनको मूल्य बढेको छ। स्विस फ्र्याङ्क, क्यानेडियन डलर, क्यानेडियन डलर, स्विडिस क्रोनरको मूल्य घटेको छ। साथै अन्य विदेशी मुद्राको भाउ स्थिर रहेको छ।
आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपियाँ ६४ पैसा र बिक्रीदर एकसय ३८ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ।
एक युरोको खरिददर एक सय ४४ रुपियाँ ४४ पैसा र बिक्रीदर एक सय ४५ रुपियाँ ०७ पैसा, स्टर्लिङ पाउण्ड एकको खरिददर एक सय ७१ रुपियाँ ८० पैसा र बिक्रीदर एक सय ७२ रुपियाँ ५५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रुपियाँ ९५ पैसा र बिक्रीदर एक सय ५२ रुपियाँ ६१ पैसा कायम गरिएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ८७ पैसा र बिक्रीदर ८७ रुपियाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ९५ पैसा र बिक्रीदर ९६ रुपियाँ ३७ पैसा निर्धारण गरिएको छ।
त्यस्तै,जापानी येन १० को खरिददर आठ रुपियाँ ८२ पैसा र बिक्री दर आठ रुपियाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ र बिक्रीदर १९ रुपियाँ ०८ पैसा, तोकिएको छ।
थाई भाट एकको खरिददर चार रुपियाँ १० पैसा र बिक्रीदर चार रुपियाँ ११ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ ४४ पैसा र बिक्रीदर ३१ रुपियाँ ५८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६३ पैसा र बिक्रीदर नौ रुपियाँ ६७ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ६० पैसा र बिक्रीदर १२ रुपियाँ ६५ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ६८ पैसा र बिक्रीदर १७ रुपियाँ ७५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४६ रुपियाँ ७२ पैसा र बिक्रीदर चार सय ४८ रुपियाँ ६७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६५ रुपियाँ १३ पैसा र बिक्रीदर तीन सय ६६ रुपियाँ ७२ पैसा निर्धारण गरेको छ।




















