कोरियन भाषा संघ नेपालको पहिलो राष्ट्रिय भेला सम्पन्न
पोखरा I नेपालमा कोरियन भाषा सिकाउने संस्थाहरु संगठित भएका छन् । पोखरामा दुई दिनसम्म प्रथम राष्ट्रिय भेला गरेर उनिहरु संगठित भएका हुन । भेलाले सन्तोष पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा जगनाथ न्यौपाने, नारायण थापा (निसान्त ), सपराज राइ, सचिव मा योजेन्द्र वाग्ले , सह सचिव हरि कडेल, उदयराम जैशी रुद्र फुयाल रहेका छन् भने कोषाध्यक्षमा टंक प्रसाद चयन भएका छन् ।
यसैगरी सदस्यमा जयराम आचार्य, यामप्रसाद पाण्डे (आशिष), जीवन कुमारी राई, शुशील प्रसाद कुसवाहा र प्रकाश नेपाली रहेको निर्वाचन मन्डलका सयोजक रामचन्द्र लामिछानेले जानकारी दिएका छन् ।
कोरियन भाषा प्रशिक्षण गराउने संस्थाको क्षमता बिकास गर्ने, हकहितको संरक्षण गर्ने तथा कोरियन भाषा प्रशिक्षणलाई ब्यबस्थित बनाउने उद्देश्यले नयाँ कार्यसमिति चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष नारायण थापा (निसान्त) ले बताए । अध्यक्षमा चयन भएपछि पाण्डेले सबैलाई समेटेर संस्थालाई अगाडि बढाउने बताए । आफ्नो ध्यान सबैको अपनत्व हुने संघको बिकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै पाण्डेले सबैको सल्लाह र सुझाव अनुसार चल्ने बताए ।
आयोजक संस्था कोरियन भाषा संघ नेपालका अनुसार नेपालमा २ सय भन्दा बढी कोरियन भाषा प्रशिक्षण केन्द संचालित रहेको नवनिर्वाचित अध्यक्षले जानकारी दिए।
राष्ट्रिय भेलाको उद्वघाटन विश्व भाषा क्याम्पस कोरियन भाषा विभाग प्रमुख थानेश्वर बन्जाडेले गरेका थिए ।
सो अवसरमा उनले कोरियन भाषा प्रशिक्षण केन्द्रले पुर्याएको योगदानको प्रसंसा गरेका थिए ।
हेटौंडामा राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने
हेटौंडा । हेटौंडामा २५ औं राष्ट्रिय बुद्धिचाल प्रतियोगिता तथा १० औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ ।
आइतबारबाट १९ माघसम्म हेटौंडाको सामना होटलमा हुने प्रतियोगितामा छनोट भएर आएका १२ पुरुष र १२ महिला गरि २४ जनाको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका केन्द्रीय महासचिव धरम बहादुर लामाले बताए ।
कार्यक्रममा मकवानपुरसहित झापा, काठमाडौं,दोलखा, रौतहट,भक्तपुर, ललितपुर, सुनसरी, चितवन, बाके, मोरङ, बारा, र रुकुमपुर्वका खेलाडीहरु सहभागिता जनाउने छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम हुने खेलाडीहरुले मार्च १० देखि १९ सम्म हुने यसियन जोनलमा सहभागी हुने र उक्त सहभागिताको लागि सबै खर्चको व्यवस्थापन महासंघले गर्नेछ । दोश्रो हुनेले नगद १५ हजार तथा तेश्रो हुनेले नगद १० हजार प्राप्त गर्नेछन् ।
हेटौंडामा हुने प्रतियोगिताको लागि आयोजकले २४ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीलाई आवसीय व्यवस्थापन आयोजकले गर्नेछ ।
लोसपाका केन्द्रीय सदस्यहरू जसपामा प्रवेश
विरगन्ज (पर्सा) । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् ।
शनिबार पर्साको वीरगन्जमा आयोजित एक कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा मधेश आन्दोलनका अगुवा पर्साको बहुदरामाई नगरपालिका–९ का स्थानीयवासी जटाशंकर गुप्तालगायतको टोली जसपा प्रवेश गरेको हो ।
यसैगरी लोसपाकै केन्द्रीय सदस्य एवं वीरगंज–५ निवासी अवस्थित जोशी जनता समाजवादी पार्टी (जसपा)मा प्रबेश गरेका छन् ।
नव प्रवेशीहरूलाई जसपाका केन्द्रीय अध्यक्ष अशोककुमार राई, उपमहासचिव एवं खानेपानी मन्त्री प्रदीप यादवलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए ।
नव प्रवेशिहरूको प्रवेशले जसपाको सिद्धान्त र उद्देश्यप्रति भरोसा र समर्पणलाई अझ मजबुत बनाउने उपमहासचिव एवं संघीय मन्त्री प्रदीप यादवले विश्वास ब्यक्त गरे ।
उनले भने,‘समाज परिवर्तन र समृद्धिको यात्रामा हामीले लिएका कदमहरूमा उहाँजस्तो ऊर्जावान युवा र अनुभवी अनुहारले पार्टी संगठनको निर्माणमा उचाई पाउने छ ।’
हुस्सुका कारण सवारी दुर्घटना कम गर्न ट्राफिकको विशेष अभियान
रौतहट । रौतहट ट्राफिक प्रहरीले बाक्लो हुस्सुका कारण हुने सवारी दुर्घटना न्यूनीकरणका लागि अभियान थालेको छ । विशेषगरी बिहान र बेलुकाको समयमा बाक्लो हुस्सु लाग्ने र नजिकको सवारी साधन पनि नदेखिदा दुर्घटनाको जोखिम हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।
सवारीको अधिक चाप रहने पूर्व–पश्चिम राजमार्ग र चन्द्रनिगाहपुर गौर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि अभियान नै सञ्चालन गरेको ट्राफिक प्रहरी कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारी बताए ।
उनका अनुसार यस अभियान अन्तर्गत सवारी साधनमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने, सवारी चालकको स्वस्थ परीक्षण गर्ने, इन्डिकेटर बत्ती बालेर बिस्तारै सवारी चलाउन अनुरोध गरिन्छ ।
सवारी दुर्घटना प्रायः चालकको लापर्बाहीले हुने गरेको पाइएकाले न्यूनीकरणका लागि प्रशिक्षण दिने गरिएको उनले जानकारी दिए ।बाक्लो हुस्सुमा सवारी चलाउँदा अपनाउनु पर्ने सतर्कताको बारेमा चालकलाई बुझाउने गरेको ट्राफिक प्रहरी निरीक्षक अधिकारी बताए ।
उनले सवारी साधनको अवस्था पनि जाच गर्ने गरेको बताए ।ट्राफिक कार्यालय रौतहटले विभिन्न पालिका अन्तर्गतका विद्यालयमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक कार्यक्रम समेत गर्दै आइरहेको उनले उल्लेख गरेका छन । जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार आर्थिक वर्ष २०८१÷८२ को पुष मसान्तसम्म ३ सय ८५ वटा सवारी दुर्घटनामा ३१ जनाले ज्यान गुमाए भने ६१० जना घाइते भएका छन ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण सँगै नियम विपरीत कार्य गर्ने चालकलाई कारबाही गरि राजस्व सकलन गर्ने गरेको जनाएको छ ।
रारामा पाहुना चराको सङ्ख्या बढ्यो
मुगु । मुगुको रारा तालमा पाहुना चराहरूको सङ्ख्या गत वर्ष भन्दा यस वर्ष बढेको छ । समुन्द्र सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारा तालमा भारत, मानसरोवर ,साइबेरिया लगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौँ प्रजातिका चराहरू यस वर्ष बढेका छन् ।
चराविदहरूका अनुसार रारामा पाइने चराहरू साइबेरिया लगायत विभिन्न देशहरूबाट मंसिर महिनाबाट आउन सुरु गर्छन् । यस वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला , खैरा, पहेलालगायत फरक फरक रंग भएका धेरै चराहरू रारामा देखिने गरेका छन् ।
ति चराहरू बैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोवर, साइबेरिया जाने गरेका छन् । यस वर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा ,मानिसहरूको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।
रारा राष्ट्रिय निकुञ्जको रेकर्ड अनुसार बिगतका वर्षमा रारा तालमा रमाउने पाँच प्रजातिका तीन सय ४२ हाँसहरू रहेको देखिन्छ भने यस वर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँच सय भन्दा बढी भेटिएको पाइन्छ ।
विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेले रङ्खका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
ओली सरकारले राम्रो गरेको देख्न नसक्नेहरू सलबलाएका छन् : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई निराशाको खाडलबाट बाहिर निकाल्ने प्रयत्न गरिरहँदा राम्रो भएको देख्न नचाहनेहरू प्रशस्तै रहेको बताएका छन् । शनिवार राष्ट्रिय कार्यकर्ता भेला २०८१ मा बोल्दै उनले पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सरकार चलाएर राम्रो काम गरिरहेको समयमा राम्रो भएको देख्न नचाहने, सधैँभरि अस्थिरतामा रमाउन खोज्नेहरूको कमी नभएको बताएका हुन् ।
उनले भने, ‘यतिबेला मुलुक निराशाको खाडलबाट बाहिर निकल्ने प्रयत्न गरिरहेको छ । मुलुकलाई आर्थिक संकटबाट बाहिर निकाल्ने जमर्को भइरहेको छ र नेपालका उद्योगी व्यवसायीहरू अब नेपालमा नै केही हुन्छ की भनेर आशा प्रकट गरिरहेको अवस्था छ । यही सन्दर्भलाई ध्यानमा राखेर पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका राम्रो काम देख्न नचाहने सधैँभरि अस्थिरतामा रमाउन खोज्ने, नेपाललाई अस्थिरताको दलदलमा फसाइरहन चाहने प्रवृत्तिका व्यक्तिहरू फेरी एकपटक सलबलाएर एमाले र त्यसको नेतृत्व विरुद्धमा चौतर्फी घेराबन्दी एवम् आक्रमण गरिरहेका छन् ।’
साथै उनले नेकपा एमालेको नेतृत्वले सरकारले जनतामा आशा जगाएको बताए । उनले सरकारले जनतामा आशा सञ्चारीत गरेको र विकास र निर्माणका कामहरूले तीव्रता पाइरहेको बताए ।
जसपाको केन्द्रीय समिति बैठक सुरु
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ ।
आज शनिबार पर्साको वीरगञ्ज स्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक प्रारम्भ भएको सो पार्टीका उप–महासचिव एवम् संघीय खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिएका हुन् ।
उनले भने, ‘हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक प्रारम्भ भएको छ । बैठकमा विभिन्न राजनीतिक,सङ्गठनात्मक तथा समसामयिक विषयहरूमा गहन छलफल गर्नुका साथै, पार्टीको भावी रणनीतिको विषयमा विशेष ध्यान दिइनेछ ।’
बैठकमा केन्द्रीय अध्यक्ष अशोककुमार राई, संघीय परिषद अध्यक्ष राजेन्द्र श्रेष्ठ, सह अध्यक्ष रेणुकुमारी यादव, उपाध्यक्ष तथा माननीय मन्त्री नवलकिशोर साह सुडी, खानेपानीमन्त्री प्रदीप यादव, उपाध्यक्ष माननीय शुशीला श्रेष्ठ, उपाध्यक्ष रन्ध्वजकन्दनवा लिम्बु, महासचिव मोहम्मद इश्तियाक राई, सचिव माननीय बिरेन्द्र महतो, कोषाध्यक्ष माननीय रञ्जु झाको सहभागि रहेको बताइएको छ ।
उक्त बैठक आज र भोली गरी दुई दिन सम्म सञ्चालन हुने जनता समाजवादी पार्टी (जसपा) ले जनाएको छ ।
भक्कापछि प्रचण्डले ढिक्रीको स्वाद लिए
दाङ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले थारुको परिकार ढिक्रीको स्वाद लिएका छन । दाङ पुगेका प्रचण्डले शनिबार मर्निङ वाक गर्ने क्रममा थारु समुदायको परिकार ढिक्री खाएका हुन ।
दाङको घोराही–धारापानी मर्निङ वाक पछि प्रचण्डले नेता तथा कार्यकर्ताको साथमा बसेर ढिक्री खाएका छन । चिसो बढेकाले प्रचण्डले आगो समेत तापेका छन् ।
थारु समुदायको परिकार ढिक्री कुनै चाडपर्व र समारोहमा बनाउने गरिन्छ । यो विशेष गरी चामलको पिठोको ढिक्री बनाउने प्रचलन छ भने त्यसको अलवा गहुँ, जौँ र मकैको पिठोको पनि बनाउने गरिन्छ । विभिन्न थरिका अन्नबाट ढिक्री बनाएर खाने प्रचलन भए पनि देवतालाई भने प्रायःजसो चामलको ढिक्री प्रसादको रुपमा चढाउने प्रचलन थारू समुदायमा विद्यमान छ ।।
घरको कुल देवता र गाउँको भुँइह्यार देवतालाई पनि प्रसादको रुपमा ढिक्री चढाइन्छ । थारु समुदायले विशेषगरी तिहारको लक्ष्मी पूजाका दिन ढिक्रीको दियो, चिलिम, मट्काका भाँडा बनाई लक्ष्मी पूजा गर्ने चलन रहेको छ ।
यस अघि मोरङको बिराटनगर प्रचण्डले राजवंशी समुदायको परिकार भक्काको स्वाद लिएका थिए ।
शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ ६४ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ २४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७० रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ७१ रुपैयाँ ६८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपियाँ ०४ पैसा र बिक्रीदर ९६ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुई रुपियाँ १७ पैसा र बिक्रीदर एक सय दुई रुपियाँ ६१ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ८३ पैसा र बिक्रीदर आठ रुपैयाँ ८६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ र बिक्रीदर १९ रुपैयाँ ०८ पैसा,साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८ रुपैया कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ ।
समाजवादी बिधार्थी युनियन सुनसरी जिल्ला अध्यक्षमा दिपेश ईशारा
धरान । जनता समाजवादी पार्टीको बिद्यार्थी भातृ संगठन समाजवादी बिद्यार्थी युनियन सुनसरी जिल्लाको अध्यक्षमा दिपेश ईशारा राई चयन भएका छन । शुक्रवार जनता समाजवादी पार्टी धरान उप-महानगरको कार्यालयमा सम्पन्न सुनसरी जिल्ला भेला तथा पुर्नगठन कार्यक्रमले राईको नेतृत्वमा २५ सदस्यीय को समिति चयन गरेको हो ।
उपाध्यक्षमा नवराज किराँती,सेमि यक्सो लिम्बु,गोपाल हाङ्खिम राई सचीव सुनन्द सरगम राई,सह-सचिव अशोक घले,भावना राई,शङ्कर साह कोषाध्यक्ष देवि खापुङ्ग लिम्बु सदस्यमा मनिला राई,नारायण तामाङ्ग,बिमल किराँती,सन्जुहाङ्ग लिम्बु,नेहा नाइका राई,सुदिपहाङ्ग राई,लक्ष्मि राई,कस्मिर राई,एरिना राई,विशाल चाम्लिङ राई,निशा दाहाल,दर्पण राई,दिलिप काम्दुङ्ग राई,विश्वास राई,वबिता गुरुङ्ग,अनुशा मगर रहेका छन ।
कार्यक्रमका प्रमुख अतिथि युनियनका केन्द्रिय अध्यक्ष प्रकाश चाम्लिङ राईले समाजवादी बिद्यार्थी युनियनले अगाडी सारेको संघिय शिक्षा प्रणालिको मुद्वालाई सार्थकता दिनको लागि समाजवादी बिद्यार्थी युनियन केन्द्र कमिटी कटीबद्व रहेको यसलाई राज्यको महत्त्वपूर्ण मुद्वा बनाउन जोड दिदै आएको कुरा बताएका छन । नेपालको शिक्षा प्रणालिलाई परिवर्तन र प्रभावकारी बनाउनका निमित्त देशमा संघिय शिक्षा प्रणाली आवश्यक रहेको त्यो परिवर्तन समाजवादी बिद्यार्थी युनियनको सहभागिता मार्फत मात्र सम्भव रहेको उनले दाबि गरे । यसको लागि कुटनैतिक,नितिगत क्षेत्रबाट आन्दोलन गर्न परे समाजवादी बिद्यार्थी युनियन सधै तयारी रहेको समेत उनले बताएका छन ।
नवगठित सवियु सुनसरी जिल्ला अध्यक्ष दिपेश ईशारा राईले आफुले पाएको जिम्मेवारी नभुलि बिद्यार्थीको हकहितमा सधै प्रतिबद्ध रहने बताएका छन । उनले भने आफ्नो लागि यो जिम्मेवारी मात्रै नभएर यसलाई अवसरको रुपमा हेरेको छु यो अवसरको सहि सदुपयोग गर्नेछु । 
कार्यक्रममा सवियु प्रदेश कमिटी अध्यक्ष चन्द्र किराँती , जसपा प्रदेश सचिव राम माण्डुपा राई,उपाध्यक्ष आश कुमार राई,युवा प्रदेश सचिव रन्जित राई,जसपा सुनसरी जिल्ला कावा अध्यक्ष यलम हाङ्ग राई,सह-सचीव सुमन राई, धरान नगर अध्यक्ष नगेन्द्र पार्घरी लिम्बु,कार्यकारीणी सदस्य कौशिला चेम्जोङ्ग लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए । कार्यक्रम सवियु सुनसरी जिल्ला जिल्ला ईन्चार्ज मदन हाङ्गखिम राईको अध्यक्षतामा सम्पन्न भएको थियो ।












