सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JHS26KEC80P1X07F0TYWBE44.jpg

पर्यटन व्यवसायी प्रेम घलेको निधन

काठमाडौँ । पर्यटन व्यवसायी प्रेम घलेको ४८ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारको क्रममा हेम्स अस्पतालमा निधन भएको हो । घले केही महिनादेखि ब्लड क्यान्सर लागेर अस्पताल भर्ना भएका थिए । घलेको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि उनको निवासमा राखिएको छ । उनको  दाहसंस्कार गुरुङ संस्कारअनुसार सोमवार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

घले सक्सेस ट्राभल्सका संचालक हुन । उनले ट्राभल्ससङ्गै अन्य व्यवसाय पनि सञ्चालन गर्दै आएका थिए ।

नेपालमा गुणस्तरीय पर्यटक भित्राउनुका लागि उनको महत्वपूर्ण योगदान रहेको पर्यटन व्यवसायीहरूको भनाइ छ । घलेको निधनसङ्गै नेपालले एक सफल युवा पर्यटन व्यवसायी गुमाएको छ । उनको निधनमा विभिन्न ट्राभल्ससङ्ग सम्बन्धित संघ संस्था र पर्यटन व्यवसायीहरूले दुख व्यक्त गरेका छन ।

प्रकाशित मितिः शुक्रबार, ०४ माघ २०८१
https://jawaaf.com/storage/01JHRYW5J2N9996XAJ1V045KAM.jpg

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । 

आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वीस फ्र्याङ्क, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, साउथ कोरियन वन, स्वीडिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार र ओमनी रियालको भाउमा बढेको छ भने क्यानेडियन डलरको मूल्य भने घटेको छ । 

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपैयाँ १९ पैसा र बिक्रीदर एक सय ३८ रूपैयाँ ७९ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४२ रूपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४२ रूपैयाँ ७९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रूपैयाँ ८३ पैसा र बिक्रीदर ८६ रूपैयाँ २० पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रूपैयाँ १३ पैसा र बिक्रीदर ९६ रूपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ ०७ पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ५१ पैसा रहेको छ ।

यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रूपैयाँ ६७ पैसा र बिक्रीदर एक सय ६९ रूपैयाँ ४१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५१ रूपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रूपैयाँ ०८ पैसा कायम भएको छ ।

यसको साथै, जापानी येन १० को खरिददर आठ रूपैयाँ ८७ पैसा र बिक्रीदर आठ रूपैयाँ ९१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ७४ पैसा र बिक्रीदर १७ रूपैयाँ ८२ पैसा, थाई भाट एकको खरिददर चार रूपैयाँ र बिक्रीदर चार रूपैयाँ ०१ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ४८ पैसा र बिक्रीदर नौ रूपैयाँ ५२ पैसा कायम भएको छ । 

युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ६२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रूपैयाँ ६९ पैसा र बिक्रीदर ३० रूपैयाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १२ रूपैयाँ ४४ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ पाँच पैसा र बिक्री दर १९ रूपैयाँ १४ पैसा तोकिएको छ ।

यस्तै, भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४७ रूपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४९ रूपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६६ रूपैयाँ ६१ पैसा र बिक्रीदर तीन सय ६८ रूपैयाँ २० पैसा, ओमनी रियाल एकको खरिददर तीन सय ५८ रूपैयाँ ९५ पैसा र बिक्रीदर तीन सय ६० रूपैयाँ ५१ पैसा तोकिएको छ ।

प्रकाशित मितिः शुक्रबार, ०४ माघ २०८१
https://jawaaf.com/storage/01JHQS92Y38P3KR88CEJ595ARY.jpg

धरानको चार छुट्टा छुट्टै ठाँउमा सांसद अशोक कुमार राईद्वारा भवन शिलान्यास

धरान । मंगलबार धरान उपमहानगर वाड नं. १४ मा अवस्थीत पिण्डेश्वरी संस्कृत माध्यमिक विद्यालयको छात्रावास भवनको शिलान्यास सुनसरी निर्वाचन क्षेत्र नं. १ का सांसद, पूर्व मन्त्री तथा जनता समाजवादी पार्टी केन्द्रीय अध्यक्ष मा. अशोक कुमार राईले गर्नु भएको छ । 

संस्कृत विद्या संवर्धन समितिका वर्तमान सचिव चन्द्रमणि नेपालका अनुसार “मा. अशोक कुमार राई शिक्षा मन्त्री भएको बेलामा यहाँको अवस्था बुझन बोलाउदा आउनु भयो र अध्ययन गर्नु भयो अवलोकन गर्नु भयो र यहाँको अवस्था बुझायौ, छात्रावास नभएको जसले गर्दा अति समस्या भएको जानकारी गरायौ । र उहाँको पहल गरिदिनु भयो र केही बजेट निकासा भएको हुनाले आजको शिलान्यास गरिएको हो ।”

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

अनौपचारिक रूपमा २०४१ साल र औपचारिक रूपमा २०४३ सालमा स्थापना भएको यस विद्यालयमा ८० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यार्थीहरू केही स्थानीय त्यसैगरी भोजपुर, धनकुटा, इलाम, उदयपुर र तराईका केही भागबाट अध्ययनका लागि आएको सचिव नेपालले जानकारी दिए । विद्यालयको छात्रावास नभएको हुनाले विद्यालयले अध्ययनरत विद्यार्थीहरूलाई विद्यालयको केही भवन र गुरुकुलको मन्दिरमा विद्यार्थीहरुलाई राखिरहेको छ । त्यसैगरी विशेष छात्रावासको व्यवस्थापन नहुदा महिला विद्यार्थीहरूलाई सामेल गर्न नसकेको सचिवले बताए । विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई विद्यालयले निःशुल्क भोजन गराउदै गरेको सचिव नेपालले जानकारी दिए ।

यस विद्यालयको आर्थिक स्रोतको रूपमा भने निजी स्रोतमा दान र चन्दा त्यसैगरी स्थानीय सरकारबाट वार्षिक अनुदान पाइरहेको सचिव नेपालले बताए । साथै सबै गुरुकुलहरूमा महर्षि फाउडेसन संस्था रहेको छ र उक्त फाउन्डेनले सहयोग गर्ने गरेको, जसले आर्थिक रूपमा विद्यालयलाई धेरै राहत मिलेको सचिव नेपालले बताए ।

त्यसैगरी आज भएको शिलान्यास भवनको बजेटले भवन पुरा नहुने र विद्यालयको आयस्रोत नभएको हुनाले अपुग बजेट आर्थिक सङ्कलन गरि छात्रावास पुरा गर्ने सचिव नेपालले बताए । ८० जना विद्यार्थीलाई दिनहुँ निःशुल्क भोजन गराउने शिक्षा प्रेमी माहनुभावहरूले छात्रावासलाई पुरा गर्न पनि सहयोग गर्नु हुन्छ भन्ने विश्वास सचिव नेपालको रहेको छ ।

baba_education.gif 870.63 KB

त्यसैगरी सासद अशोक कुमार राईले धरान वडा नं. १४ को प्रा. डा. टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको भवन निर्माणको शिलान्यास कार्यक्रम पनि सम्पन्न भएकोछ ।

प्रा. डा. टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र वाङ्मय संवृद्ध संस्कृति समाज आदिको विषय वस्तुको अध्ययन अनुसन्धानका का लागि प्रा.डा. टङ्क प्रसाद न्यौपानेको कृयाशिलतामा वि.स. २०७५ सालमा स्थापित संस्था हो । यो संस्थाले अध्ययन अनुसन्धानका क्षेत्रमा निकै महत्वकांक्षा लिएको प्रा. डा. टङ्क प्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्रका अध्यक्ष प्रा.डा. रमेश घिमिरेले बताए । संस्थाको सपनाबाट यो भाषा वाङ्मय संस्कृतिको क्षेत्रमा निकै ठुलो उपलब्धि हासिल हुन्छ भन्ने अपेक्षा अध्यक्ष घिमिरेको रहेको छ । अध्यक्ष घिमिरेको अनुसार यो योजना मा. अशोक कुमार राईको पहलमा सङ्घीय बजेटबाट १ करोड बजेट छुटिएको हो । र यो भवन ४ करोड १६ लाखको क्रमागत बजेटमा निर्माण हुन लागेको हो । यस भवनका लागि विर्ख बहादुर डंगोलले जग्गा दानमा दिएको अध्यक्ष घिमिरेले बताए ।

शिलान्यास कार्यक्रम पश्चात् धरान–१४ मा अवस्थित स्टार होटेलमा औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि सुनसरी जिल्ला क्षेत्र नं. १ का सङ्घीय सांसद तथा निवर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मा. अशोक कुमार राईको रहेको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रममा प्रमुख अतिथि राईले वि.पि. कोइराला र पुष्पलालको उदाहरण दिदै प्रा.डा. टङ्क प्रसाद न्यौपाने पनि एउटा संस्थाको रूपमा स्थापित हुदै गरेको अनुभूति भएको राईले बताए । 

साथै यस कार्यक्रममा विशेष अतिथिमा १ नं.प्रदेश सांसद विजय राई, मा. यशोदा कायस्य, पूर्व मा. जयकुमार राई र अथितीमा जग्गादाता, पार्टीका विभिन्न प्रतिनिधिहरू विभिन्न संस्थाका पदाधिकारीहरू लगायतको उपस्थितिरहेको थियो । 

Daily_Dose_Adv_07_07.gif 652.54 KB

शिलान्यास कार्यक्रम कै निरन्तरता अनुसार धरान उपमहानगरपालिका वडा नं. ४ को हर्दियामा निःशुल्क आवासीय माध्यमिक विद्यालय भवनको शिलान्यास भएको छ । सुनसरी जिल्ला क्षेत्र नं. १ का सङ्घीय सांसद तथा निवर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मा. अशोक कुमार राईले बुधवार शिलान्यास गरेको हो । धरान उपमहानगरपालिका २० वटा वडा मध्ये १९ वडामा माध्यमिक तहको विद्यालय सञ्चालन भइरहदा धरानको वडा नं. ४ मा भने माध्यमिक तहको एउटा पनि विद्यालय छैन । धरान उपमहानगरपालिका वडा नं. ४ मा कहि पनि सडक कालो पत्रे भएको छैन र कुनै पनि सार्वजनिक यातायात र सरकारी वा निजि विद्यालयको बस चल्दैन । जसले गर्दा धरान बजारको केही किलोमिटर मात्रै टाढा भएर पनि विद्यार्थीहरू आधारभूत तह उर्तिण गरेपश्चात धरान बजारमा डेरा लिएर बस्नु पर्ने बाध्यता रहेको छ । 

Furniture House.gif 947.74 KB

यस विद्यालय सञ्चालन पश्चात् धरान ४ का जनतालाई अलिकति भए पनि आर्थिक राहत र विद्यार्थीलाई पठनपाठनमा सहज हुने धरान वडा नं. ४ का वर्तमान अध्यक्ष धन बहादुर राईले बताए । साथै अहिले हाम्रो आर्थिक स्तर त्यति धेरै सबल भइ नसकेको र धरानमा निःशुल्क आवासीय विद्यालय नभएको कारणले यस विद्यालयमा धरान ४ को मात्रै नभएर अन्यत्रबाट पनि विद्यार्थी पढ्न आउने र सहर बजारमा भाडा तिर्न नसकेकै कारणले विद्यालय छाड्ने विद्यार्थीलाई वरदान हुने विश्वास अध्यक्ष राईको रहेको छ । यस भवनको बजेट बहुवर्षीय योजना भएकोले वार्षिक रूपमा बजेट छुट्ने अध्यक्ष राईले जानकारी दिए । साथै यो विद्यालय सञ्चालनका लागी दुई जना माध्यमिक तह स्तरको शिक्षक आवश्यक रहेको अध्यक्ष राईले बताए । र यो योजना माननीय राईको पहलबाट परेको र शिक्षकको दरबन्दीको लागि पनि पहल कदमी गरिदिन माननीय अशोक कुमार राईलाई अध्यक्ष राईले अनुरोध गरे । 

Planning_Consultancy.gif 1.45 MB

साथै आज बिहिवार धरान उपमहानगर वाड न. ११ मा रहेको ज्ञानोदय उच्च मा.वि.को भवन शिलान्यास भएको छ । शिलान्यास कार्यक्रम धरान ११ का वर्तमान वडा अध्यक्ष लोकेन्द्र बहादुर फागोको अध्यक्षतामा भएको छ । सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा सुनसरी जिल्ला क्षेत्र नं. १ का सङ्घीय सांसद तथा निवर्तमान शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मा. अशोक कुमार राई, विशेष अतिथिमा प्रदेश सांसद विजय राई र अतिथिका रूपमा धरानमा भएका जनप्रतिनिधिहरू, विभिन्न पार्टीका प्रतिनिधिहरू र समाजसेवीहरू उपस्थित भए । धरान ११ मा भएको ज्ञानोदय मा.वि. सबैको साझा भएको र यो साझा सम्पतिलाई कुनै पार्टी नभनि तन, मन र धनले सहयोग गर्नु पर्ने भएकोले सो कार्यक्रममा धरानका जनप्रतिनिधिहरू, विभिन्न पार्टीका प्रतिनिधि र समाजसेवीलाई आमन्त्रण गरिएको अध्यक्ष फागोले बताए । 

कार्यक्रममा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत यस विद्यालयको भवनको लागी २ करोड बजेट प्रस्ताव गरेकोमा रकमको अभावले होला स्वीकृत हुने बेलामा १ करोड मात्रै स्वीकृत भएको माननीय अशोक राईले बताए । माननीय राईले भने “निर्वाचन क्षेत्र नं. १ मा निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत ११ करोडको योजना परेको छ । यद्यपि अन्य सांसदहरूलाई भने ५ करोडको हिसाबले योजना परेको छ । अर्थ मन्त्रीले १० करोडको योजना लिएर आउन भने पनि ११ करोडको योजना स्वीकृत भएको छ ।” कार्यक्रममा माननीय राईले आफ्नो पहल कदमीबाट भएको कामहरूको केही जानकारी दिए र सुरुवात हुन नसकेको कामलाई पनि चाँडो सुरुवात गर्ने प्रयास गरिरहेको बताए । कार्यक्रममा बोल्दै माननीय राईले निर्माण कार्यमा नाफालाई बढि जोड दिदा निर्माण कमजोर बन्ने भएकोले, विद्यालय जस्तो पवित्र ज्ञानको मन्दिरलाई निर्माण गर्दा गुणस्तरीय र सेवामुखी ढङ्गले सम्पादन गर्नु हुन्छ भन्ने निर्माण व्यवसायीप्रति विश्वास व्यक्त गरे ।

कार्यक्रममा प्रदेश सांसद विजय राई र पार्टीका तर्फबाट जनता समाजवादी पार्टीका राजनीतिक सदस्य भिम राईले मन्तव्य राखे । कार्यक्रममा यस भवनको बजेटका लागि विगत २०७९ साल देखि प्रयास भएको वडाध्यक्ष फागोले बताए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHQMJPGYB8ZXNMHWNM3QC1Q0.jpg

बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्छः प्रचण्ड

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बोटे समुदायको विकास लागि राज्यले विशेष कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । चितवनको माडी नगरपालिका १ बनकट्टामा रहेको बोटे सामुदायिक होमस्टे पुग्नुभएका अध्यक्ष प्रचण्डले बोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले राज्यले विशेषरुपले सोच्नुपर्ने बताए । 

उनले भने, ‘झबोटे समुदायलाई आदिवासी जनजातिमा राखेको हुनाले बोटे जातिको विकासका लागि राज्यले अली विशेष किसिमले सोच्नुपर्छ भन्ने म ठान्दछु, मैले सक्दो आफ्नो ठाउँबाट पहल गर्नेछु । तपाइहरू जो नदीको तीरमा बसेर डुङ्गा चलाएर जीविकोपार्जन गर्नेबाट अहिले होमस्टे चलाएर पर्यटकहरूलाई आकर्षित गर्ने ठाउँमा पुग्नुभएको छ, पक्कै पनि यो तपाइहरूको समुदायको प्रगति हो । यसलाई अझै बढाएर लैजानुपर्छ ।’

Pathivara.gif 82.25 KB

चितवनको माडी नगरपालिका १ बडुवामा रहेको सोमेश्वर माध्यमिक विद्यालयको स्वर्णजयन्तीको समुद्घाटनका लागि माडी पुग्नुभएका अध्यक्ष प्रचण्डलाई बोटे सामुदायिक होमस्टेमा स्थानीयले स्वागत गरेको थिए ।

सो अवसरमा अध्यक्ष प्रचण्डले बोटे समुदायका अगुवाहरूसँग सङ्क्षिप्त कुराकानी गरेका थिए । बोटे समुदायका अगुवाहरूले बोटे समुदायको सांस्कृतिक घर निर्माण आवश्यक रहेको बताएका थिए । 

अध्यक्ष प्रचण्डले बोटे समुदायको सांस्कृतिक घर बनाउनका लागि आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोटे समुदायको राजधानीको रूपमा चिनिने यो गाउँमा पुगेर उनले बोटे संस्कृतिसँग साक्षात्कार गरेका थिए । 

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHQDVXTNDQ5S0PJQHNEASCQ4.jpg

शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत : प्रधानमन्त्री

कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई अझ आधुनिक र उन्नत बनाउन सरकार प्रयासरत रहेको बताएका छन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई सम्बोधन गर्दै कुलपति ओलीले मुलुकमा अनेक क्षेत्रमा परिवर्तन र प्रगति हासिल हुँदै गएकाले ऋषिमुनिहरूले भन्दै आएको सर्वे भवन्तु सुखिनः को आधुनिक रूप समृद्ध नेपाल, सुखी नेपालीको गन्तव्यलाई ध्यानमा राखेर आफूहरू काम गरिरहेको स्पष्ट पारे । 

baba_education.gif 870.63 KB

उनले व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्नेहरूलाई प्रतिष्ठानको स्थापना र पोखरामै रहेर जनशक्ति उत्पादन हुनु एक दृष्टान्त भएकाले पोखरामा १४ जना बिरामीको मिर्गाैला प्रत्यारोपण हुनु विशेष उपलब्धिको विषय भएको जनाए । 

प्रधानमन्त्री ओलीले विश्वको यस भूभाग ज्ञान र खोजको भूमि भएकाले आधुनिक चिकित्सा सुरु हुनु अगावै वेद–विज्ञान र प्राचीन चिकित्सा आरम्भ भएको गौरवशाली इतिहास रहेको स्मरण गराए ।

Pathivara.gif 82.25 KB

उनले भने,‘हामी उठ्न नसक्ने कुनै कारण छैन । हामी सूचना प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्सको सदुपयोग गर्दै विकासमा अगाडि बढ्नेछौँ । चीनले त्यत्रो जनसङ्ख्यालाई छोटो समयमा गरिबीको रेखामुनीबाट माथि उठायो । हामीले पनि हाम्रो देश आफै बनाउन लाग्नुपर्छ । लागेपछि नेपाल बन्छ ।’

प्रधानमन्त्री ओलीले दीक्षित विद्यार्थीहरूलाई दृष्टान्तयोग्य, इमानदार, आदर्शवान र समाजका लागि उपयोगी हुन सक्नुहोस् भन्ने शुभकामना दिँदै विद्यार्थी र अभिभावकको आर्थिक लगानी, स्नेह र समयको लगानीको प्रतिफल प्राप्त भएको बताए । 

MIC (1).gif 172.09 KB

कार्यक्रममा कुलपति ओलीबाट प्रतिष्ठानका एमडी र एमएस मा उत्तिर्ण ३८ विद्यार्थीलाई दीक्षित भएका छन् । यसैगरीकुलपति ओलीले उत्कृष्ट विद्यार्थीहरू अरविनदकुमार शाह (अर्थाेपेडिक्स) र आषिश सापकोटा (जनरल सर्जरी)लाई उपकुलपति पदक वितरण गरे । प्रधानमन्त्री ओलीले प्रतिष्ठानको आकस्मिक तथा प्राज्ञिक भवनको उद्घाटन पनि गरे ।

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHQAKZ99HYS9CMTMBHKK9Z5G.jpg

गाजामा युद्धविरामले खुसियाली, तीन चरणमा सम्झौता कार्यान्वयन हुने

एजेन्सी । इजरायल र हमासबिच गाजामा युद्धविरामको निर्णयले त्यहाँ खुसियाली छाएको छ । इजरायली बन्धकहरूलाई रिहा गर्ने सहमति भएसँगै मानिसहरू सडकमा उत्रिएर खुसी मनाइरहेका छन् ।

कतारमा इजरायल र हमासबीच युद्धविरामको सहमति भएसँगै बन्धक रिहाइको प्रक्रिया थालिने जनाइएको छ । जसका कारण इजरायली शहरहरू र गाजामा खुसियाली छाएको छ।

कतार, इजिप्ट र संयुक्त राज्य अमेरिकाद्वारा जारी संयुक्त वक्तव्यमा गाजा युद्धविराम–बन्धकहरूका लागि सम्झौतामा तीन चरणमा पूर्ण रूपमा लागु हुने भनिएको छ । गाजा स्ट्रिपमा सम्झौतामा तोकिए बमोजिम मानवीय सहायतालाई द्रुत र निरन्तर वृद्धि गर्न संयुक्त राष्ट्र संघ र अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गर्ने जनाइएको छ । यस्तो प्रयासलाई समर्थन गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्ने जनाएका छन् ।

AS.gif 486.54 KB

सम्झौतामा प्रारम्भिक ४५ दिनको समयसीमा राखिएको छ । युद्ध रोकिने र इजरायली सेना गाजाको बाहिरी इलाकामा जनसङ्ख्या भएको क्षेत्रबाट फिर्ता हुने, विस्थापित प्यालेस्टिनीहरूलाई गाजा पट्टीमा आफ्नो निवासमा फर्कन अनुमति दिने जनाइएको छ । 

सम्झौतासँगै १५ महिनादेखि गाजामा जारी युद्ध तत्कालका लागि अन्त्य भएको छ। अमेरिकाको बाहिरँदै गरेको जो बाइडेन प्रशासन, कतार र इजिप्टको मध्यस्थतामा कतारको दोहामा भएको युद्धविराम वार्तामा दुवै पक्षले सहमति जनाएपछि युद्ध विराम भएको हो।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHQ98V864GWHMVDZEBVETXR5.jpg

गोर्खा सैनिकको सेवा सुविधा र लण्डन–काठमाडौ सिधा हवाई उडानको माग

काठमाडौं । बेलायत भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले बेलायती संसदको नेपाल हेर्ने सर्वदलीय संसदीय समितिको अध्यक्ष अलेक्स बेकरसँग भेटघाट गरेका छन् । 

लण्डनस्थित नेपाली राजदूतावासमा भएको भेटघाटमा बेकरसँग कोइरालाले भूपु गोर्खा सैनिकहरुको सेवा सुबिधा समस्याको समाधान हुनुपर्ने र ब्रिटिस एअरवेजको लण्डन–काठमाडौ सिधा हवाई उडान हुनुपर्ने जस्ता कुराहरू राखेका थिए । 

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनले जलवायु परिवर्तनका कारण नेपाल संकटमा रहेको भन्दै हिउँ पग्लेर हिमालहरू कुरूप बनिरहेका बताए । जलवायु परिवर्तनका कारण नेपालले जुन क्षति ब्यहोरीरहेको छ त्यसका लागि नेपालले क्षेतिपुर्ती पाउँनुपर्ने र बेलायतले सहयोग गरिदिनुपर्ने बताए । 

भेटमा बेकरले आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता गरिन । भेटघाटमा बेलायतका लागि कार्यवाहक राजदूत बिपिन दुवाडी पनि थिए । 

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHQ84KYMC52VQQME15JNFCXW.jpg

सुनकोशी नदीमा अवैध बालुवा उत्खनन, स्थानीय सरकारको बेवास्ता

रामेछाप । सुनकोशी नदीमा आएको विनाशकारी बाढीले पु¥याएको क्षतिको डोब बस्न नपाउँदै सुनकोशी नदीमा पुनः अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन सुरु गरिएको छ ।सिन्धुलीको सुनकोशी गाउँपालिका स्थित सुनकोशी नदीका क्रसर सञ्चालकहरूले डोजर प्रयोग गरेर अवैध तरिकाले ढुङ्गा र बालुवा उत्खनन गर्न सुरु गरेका हुन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

कानुनतः नदीको बालुवा डोजर प्रयोग गरेर निकाल्न पाइँदैन । त्यस माथि यस वर्ष बाढीले सुनकोशी नदी तटीय क्षेत्रमा ठुलो क्षति गरेको छ । आउने दिनमा नदीले गर्न सक्ने क्षतिको प्राविधिक अध्ययन नगरी धमाधम डोजर प्रयोग गरेर नदी भित्रको बालुवा निकाल्न लागिएको छ ।

गएको असोज ११ र १२ गतेको वर्षाले सुनकोशी नदीमा भीषण बाढी आयो । सो बाढीले रामेछाप र सिन्धुली जोड्ने दुईवटा पक्की पुल नै बगाइदियो भने धेरै झोलुङ्गे पुलहरू समेत बगायो । नदी किनारका लुभु, नेपालथोक, सित्खा, मुलकोट, खुर्कोट लगायतका फाँट र ती फाँटका मानवबस्तीमा बाढीले ठुलो क्षति पु¥यायो ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

असोजको बाढीले रोशी र सुनकोशी नदी तटीय क्षेत्रमा क्षति पु¥याउनुको मुख्य कारण थियो नदी र खोला किनारमा अस्वाभाविक रूपमा गरिएको प्रकृतिको दोहन र क्रसरहरूले थुपारेको माटो अनि बालुवा बाढीको कारण नदी तटीय क्षेत्रका स्थानीयले कहालीलाग्दो पीडा बेहोरे । पाक्न लागेको धान खेत बगायो । कतिपका घर नै बगायो । स्थानीयहरू घरबास विहीन भए ।

यी सबै कुराको बेवास्ता गर्दै अहिले पुन क्रसर व्यवसायीहरूले नदीबाट बालुवा झिक्न सुरु गरेका छन् । किनारको बालुवामा बाढीको कारण माटो मिसिएको कारण नदी भित्रै डोजर लगाएर बालुवा निकाल्न सुरु गरिएको छ । यसले नदीको संरचनामा असर गरी आउने वर्षा याममा अझ ठुलो क्षति पु¥याउने निश्चित छ ।

‘कानुनतः ढुङ्गा, गिट्टी, बालुवा लगायत स्थानीय प्राकृतिक स्रोतको संरक्षण र उपयोग गर्ने अधिकार स्थानीय सरकारको हो । त्यस हिसाबले यो बालुवा र ढुङ्गाको संरक्षण तथा उपयोगको अधिकार सिन्धुलीको सुनकोशी गाउँपालिकालाई छ । तर स्थानीय सरकारको बेवास्ता हो वा स्थानीय सरकार माथि गरिएको बल मिच्याइँ हो, नदीको जलप्रवाहलाई नै प्रभाव पार्ने गरी नदी भित्रबाट बालुवा निकाल्दा पनि स्थानीय सरकारले केही गर्न सकेको छैन्,’ स्थानीय एक अगुवाले भने ।                                                                      

रोशी खोला र सुनकोशी नदीमा जथाभाबी गरिएको ढुङ्गा र बालुवा उत्खनन तथा थुपारिएको माटोको कारण सुनकोशी नदीले अकल्पनीय क्षति पु¥याएको सिन्धुलीको सुनकोशी गाउँपालिकाको ओल्लो तटीय क्षेत्रमा रहेको रामेछापको खाँडादेवी गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ बताउँछन् । सुनकोशीले गर्ने क्षति नियन्त्रणको लागि रामेछाप र सिन्धुली दुवै जिल्लाले मिलेर काम गर्नुपर्ने उनले बताए ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHPQPQVXF8GH6YX3AGS9RT8Y.jpg

लोप हुँदै पानी घट्ट र ओखल

Photo.JPG 183.61 KB

मुगु । हिमाली जिल्ला मुगुमा परम्परा देखि सञ्चालन हुँदै आएका खोलाका पानी घट्ट पछिल्लो समयमा लोप हुन थालेका छन् । गाउँमा बिजुली बत्ती पुगेसँगै मिल सञ्चालन आएपछि पहिलेका पुस्ताले गहुँ, कोदो, मकै, फाँपर पिस्न प्रयोग हुने खोलाका पानी घट्ट, ओखल, जातो पछिल्लो समय बिस्तारै लोप हुन थालेका हुन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

बिजुली बत्ति गाउँमा पुगेपछि खोलामा चल्ने पानी घट्ट बिस्तारै लोप हुँदै जान थालेका छन । मिल र बत्तिबाट पिसेको पिठो मिठो नहुने रोटी चाम्रो हुने हिजो आज तराईको मिलबाट पिसेको पिठो धेरै प्रयोग गर्ने गरेको छन् भने गाउँमा बनाएका मिलबाट पिसेको पिठो धेरै मिठो नहुने भएपछि आधुनिक प्रविधीहरूको बढी प्रयोगले गर्दा छाँयानाथ रारा नगरपालिका भित्र रहेका दर्जनौ पानि घट्ट प्रयोग विहीन भएको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ८ टोप्ला गाँउका कृष्ण बहादुर रावलले बताएका छन । 

Photo3.JPG 353.05 KB

मिलमा पिसेको पिठो र बजारमा पाईने पिठोका रोटी खादा स्वादनहुने ,पेट फुल्ने मानिसहरू बढी बिरामी हुने गरेका छन । अहिले मिल बाट पिठो पिस्न थालेपछि पानी घट्ट ,ओखल,जातो कमै भेटीने गरेका छन । मिलमा पीसेको पिठो भन्दा घट्टमा पीसेको पिठोको निकै राम्रो स्वादिलो हुने छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५का टोप बहादुर रावलले बताएका छन ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

पुराना पानी घट्ट बाट पिसेको मिठो हुने मकमक अन्नको बास आउने खालको हुन्छ बिधुतिय मिल बाट पिसेको धूलो कुनै पनि स्वाद हुदैनन् । त्यसै माथि बजारमा मिल बाट पिसेको पिठो बिक्री गर्न राखेको पिठाका कुनै पनि टेस्ट स्वाद नहुने गरेको पाइन्छ । आज भोली सस्तो सहज रूपमा बजारमा पिसेको पिठो चामल पाउन थाले पछि बिग्रेका पानि घट्ट पुःन मर्मत नहुनाले पानि घट्ट घट्दै गएको छन् भने पछिल्लो समयमा पानि घट्ट,ओखल,जातो निमार्ण गर्ने व्यक्तिहरू पनि नभेटीनाले पानि घट्ट,जातो,ओखल लोप हुदै गहीरहेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ६ का ख्याम बहादुर रावलले बताएका छन । 

baba_education.gif 870.63 KB

कोदो, गहुँ र फाँपर पिस्नका लागि पुराना पुस्ताले प्रयोग गर्दै आएका ती पानी घट्ट पछिल्लो समय लोप हुँदै गएपछि अहिले ति घट्ट सञ्चालनमा ल्याउने पुराना गाउँका अधिकांशले गाउँ नजिकको खोलामा घट्ट लगाउने र त्यो घट्टको भाग छोडेर परिवार पाल्ने गर्दथिए । यो पछिल्लो समयमा मिल र विधुतका कारण तराई बाट पिसेको पिठोहरु बजारमा पाउने एका तर्फ छदै छ भने अर्को तर्फ गत वर्खाको समयमा आएको बाढि पहिरोले खोलामा लगाएका सबै पानि घट्ट,ओखल,जातो पहिरोले बगाएपछि अहिले खोलाको किनारमा देखीने पानि घट्ट देखीन छोडेका छन भने यी लोपहुन लागेका पानि घट्ट ओखल,जातो संरक्षण गर्नको लागी एक गाँउ एक पालि घट्ट, गाउँ एक ओखल निमार्ण गर्ने छाँयानाथ रारा नगरपालिकाको योजना रहेको छाँयानाथ रारा नगरपालिकाका उपमेयर ऐश्वर्य मल्लले बताएकी छन् । 

Planning_Consultancy.gif 1.45 MB

पछिल्लो समयमा गाँउ घरमा बिधुतिय मिल बाट पिठो चामल कुट्न थाले पछि पुराना पुर्खा देखी चल्दै आएका पानी घट्ट,ओखल,जातो जस्ता स्थानीय स्रोत साधनको प्रयोग बाट निर्माण भएको साधनहरू मुगु जिल्ला लगायत जुम्ला ,कालीकोट,दैलेख,हुम्ला डोल्पा,जाजरकोट जिल्लाहरू बाट लोप हुन थाले पछि लोपहुलागेका पानिघट्ट,ओखल र जातोको संरक्षण तथा प्रवर्धनको लागी राज्यका स्थानीय ,प्रदेश सरकार देखी संघिय सरकार लागी पर्नुपर्ने देखिन्छ । 

AS.gif 486.54 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHPH0Q9VJT77YNRS4AEADGKG.jpg

चलचित्र ‘कार्साङ’ले ग¥यो दिनमा एक करोड ४५ लाख ग्रसकलेक्सन

काठमाडौं । चलचित्र ‘कार्साङ’ले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ I गत शुक्रबारबाट रिलिज भएको चलचित्रले ६ दिनमा एक करोड ४५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको हो ।

सुरुका दिनमा केही कम दर्शक देखिए पनि विस्तारै यो सिनेमामा दर्शकको संख्या बढ्दै गएको वितरक कम्पनी आरआर फिल्मसले जनाएको छ । माघ १ गतेबाट हलमा दर्शकको चाप बढ्दै जाँदा आकर्षक ग्रसकलेक्सन हुँदै आएको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

बुधबार पनि सिनेमाले राम्रो कलेक्सन गरेको वितरकको भनाइ छ । चलचित्र ‘कार्साङ’ यम शेर्पाले निर्देशन गरेका छन् ।

चलचित्र ‘कार्साङ’मा दयाहाङ राई, सिर्जना निङलेखुसँगै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायत कलाकारको अभिनय रहेको छ ।

यार्सा फिल्म्स र पुरुषोत्तम प्रधान फिल्मसको प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सह–निर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताको रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।

सिनेमाका कलाकार अहिले प्रचारका क्रममा पूर्वी नेपालमा छन् । हलहलमा पुगेर दर्शकको प्रतिक्रिया बुझिरहेका छन् ।

Daily_Dose_Adv_07_07.gif 652.54 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१