सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JHPGJJAA32YYXEBDBXDN7STV.jpg

आज चारवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न चारवटा समितिको बैठक बस्दैछ । आज अर्थ समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने छ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकपनि बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

Furniture House.gif 947.74 KB

यस्तै, बिहान ११ बजे नै बस्न लागेको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) को समीक्षा र नेपालको आगामी कार्यदिशाका बारेमा छलफल गर्ने कार्यसूची छ ।

त्यस्तै,सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बिहान ११ बजे बस्दै छ । बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन, २०४९ को प्रत्यायोजित विधायन सम्बन्धमा छलफल गर्ने तयारी छ ।

Pathivara.gif 82.25 KB

प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHPEJW4B9G16EJN7H8AE42EN.jpg

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ।


युरोपियन युरो एकको खरिदर एक सय ४२ रुपियाँ १२ पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ७४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपियाँ ६० पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५१ रुपियाँ २८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ९४ पैसा कायम गरिएको छ।


यस्तै,अष्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ५६ पैसा र बिक्रीदर ८५ रुपियाँ ९३ पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ १४ पैसा र बिक्रीदर ९६ रुपियाँ ५६ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ८९ पैसा र बिक्रीदर एक सय रुपियाँ ३३ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर आठ रुपियाँ ७९ पैसा र बिक्रीदर आठ रुपियाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८१ पैसा र बिक्रीदर १८ रुपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ७४ पैसा र बिक्रीदर ३६ रुपियाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ८३ पैसा र बिक्रीदर ३७ रुपियाँ ९९ पैसा तोकिएको छ।


त्यस्तै,थाई भाट एकको खरिदर तीन रुपियाँ ९७ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ५४ पैसा र बिक्रीदर ३७ रुपियाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ६५ पैसा र बिक्रीदर ३० रुपियाँ ७८ पैसा, साउथ कोरियनवन एक सयको खरिददर नौ रुपियाँ ४६ पैसा र बिक्रीदर नौ रुपियाँ ५० पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३६ पैसा र बिक्रीदर १२ रुपियाँ १२ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ पाँच पैसा र बिक्री दर १९ रुपियाँ १३ पैसा तोकिएको छ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB


प्रकाशित मितिः बिहिबार, ०३ माघ २०८१
https://jawaaf.com/storage/01JHN1PNG9YJ2H98YZ7RBW02JD.png

रास्वपाले भन्यो- ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ ।

बुधवार रास्वपाले  विज्ञप्ति  जारी गर्दै पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको  छ ।

‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ, पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनीतिक दलको लागि स्वीकार्य छैन, रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा बुधवार जारी विज्ञप्तिमा उल्लेख छ । ’

बुधवार काठमाडौँ जिल्ला अदालत परिसरभित्र रास्वपा सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकेर बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHN13M0WTH8MCR065ZSNK18Z.jpg

चलचित्र ‘लाज शरणम्’को निर्माण टिमद्वारा ‘स्टार स्किम’को विशेष अफर सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लाज शरणम्’ले आफ्नो दर्शक र प्रशंसकलाई सहभागी गराउने नयाँ र अनौठो योजना ‘स्टार स्किम अवसर’को अफर ल्याएको छ । निर्माण टिमले यो अफरअन्तर्गत फिल्मका शीर्षकमा भिडियो प्रतियोगिताको घोषणा गरेको छ ।

निर्माण पक्षका अनुसार, सहभागीहरूले लोकपप सँगै आधुनिक गीत, कविता, र्याप, क्यारिकेचर र भाषण कलाका विधामा बढीमा दुई मिनेटसम्मको भिडियो बनाएर इमेलमार्फत पठाउनुपर्नेछ। प्रतियोगितामा सहभागिताका लागि यी पाँच विधामध्ये कुनै पनि विधा छान्न सकिने बताइएको छ। सहभागीहरूले चलचित्र ‘लाज शरणम्’को इमेल laajsharanammoviefalgun14@gmail.com मा पठाउन सक्ने छन् ।

Pathivara.gif 82.25 KB

प्रतियोगिहरूले तयार पारेका भिडियोहरू ‘लाज शरणम्’को आधिकारिक टिकटक एकाउन्टमा अपलोड गरिनेछ। निर्माण टिमले भ्यूज र सेयरको आधारमा उत्कृष्ट भिडियो छनोट गरी विजेतालाई आकर्षक पुरस्कार प्रदान गर्ने जनाएको छ । यो प्रतियोगिता माघ १ गतेदेखि १५ गते राति १२ बजेसम्म खुला रहनेछ ।

‘लाज शरणम्’ले केही समयअघि सार्वजनिक तीनवटा पोस्टरमार्फत आफ्नो कथाको झलक देखाएको थियो। अन्य सामाग्री नआउँदै चर्चा पाएको छ । जसले अब आउने टिजर र ट्रेलर लगाएताका सामाग्रीलाई प्रतीक्षित बनाएको छ ।

baba_education.gif 870.63 KB

वर्षकै प्रतिक्षित चलचित्रमध्ये एक मानिएको ‘लाज शरणम्’ फागुन १४ गते महाशिवरात्रिको अवसरमा प्रदर्शन हुनेछ ।

चलचित्रको निर्देशन कुमार कट्टेल ‘जिग्री ब्रो’ले गरेका हुन्। सिनेमाको प्रमुख कलाकारमा विजय बराल, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बु, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला, प्रियाना आचार्यलगायतका कलाकार छन् ।

जेपिटी क्रियसनको ब्यानरमा निर्माण भएको सिनेमामा अधिकांश ‘सक्किगोनि’ टिमका कलाकार नै रहने छन् । सिनेमामा नवीन श्रेष्ठ निर्माता, राम नरेश शाह र सृजना खड्का सह–निर्माताको रूपमा रहेका छन् । सिनेमालाई सुदीप बरालले छायाङ्कन गरेका हुन् ।

‘लाज शरणम्’ले मनोरञ्जनसँगै सामाजिक र गम्भीर सन्देश दिने संकेत गरेको छ। यो चलचित्रले दर्शकको ठूलो प्रतीक्षा बटुल्न सफल भएको छ ।

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHMXK2EVKDYZW0GTS7RAQH1V.jpg

समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा भव्य कार्यक्रम गर्ने

काठमाडौँ । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौँमा कार्यक्रम गर्ने निर्णय गरेको छ । बुधवार नेकपा (एकीकृत समाजवादी)को पार्टी कार्यालयमा बसेको बैठकले कार्यक्रम गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले जानकारी दिए ।

उनले भने, ‘निर्णय तीन वटा छन् । आजको बैठकमा समाजवादी मोर्चाले गम्भीर समीक्षा गरेको छ । आगामी माघ १६ गते काठमाडौँमा समाजवादी मोर्चाको तर्फबाट भव्य कार्यक्रम गरौँ भन्ने हामीले निर्णय गरेका छौँ ।  अब त्यो  कार्यक्रम सम्पन्न भयो  भने जति प्रश्न छन्  त्यसको यो कार्यक्रमले उत्तर दिने छ । र सकारात्मक सन्देश समेत दिने छ ।’

त्यस्तै, आजको बैठकमा मोर्चाको गतिविधि आम जनतामा निकै उत्साहजनक रहेको समीक्षा भएको उनले बताए । बैठकले आगामी दिनमा मोर्चालाई सक्रिय बनाउने समेत निर्णय गरेको छ ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHMD0M50YWPSZEG4TW9MJVFZ.jpg

राजमार्ग निर्माणमा अति ढिलाइ गरिएको भन्दै मिर्चैयामा चक्काजाम

सिरहा । सिराहाको मिर्चैया बजारका व्यापारीहरूले आज एकाबिहानै पूर्व पश्चिम राजमार्ग अवरुद्ध बनाएका छन् । स्थानीय व्यापारीहरूले राजमार्गमा तगारो राखेर आवागमन ठप्प पारेका छन् । बिहानैदेखि मिर्चैयामा सवारी साधनहरूको लामो लर्को रोकिएको छ । यात्रुहरू कठिनाइमा परेका छन् ।

Pathivara.gif 82.25 KB

चिनियाँ इष्ट वेष्ट रेल्वे कम्पनीले  राजमार्ग निर्माणमा अतिशय ढिलाई गरेको र मिर्चैया बजार क्षेत्रमा कालोपत्रे नहुँदा धूलो उडेर घर र पसल छपक्क ढाक्ने गरेको बन्दकर्ता मिर्चैयावासीको भनाइ छ । स्थानीय व्यापारी रामप्रसाद साह पटक पटक ताकेता गर्दा पनि राजमार्ग निर्माण कार्यमा हदैसम्म ढिलाइ भइरहेको छ ।

बजार क्षेत्रमा सडक भत्काइएकोले आवागमनमा पनि कठिनाइ भइरहेको छ । व्यापारीहरू सडककै दुर्गतिका कारण पलायन भइरहेका छन् । व्यापार चौपट भएको उनीहरूको गुनासो छ ।  धूलोले घर र पसलमा बस्नै नसक्ने स्थिति छ । तीन वर्ष भयो राजमार्ग भत्काएको अझैसम्म निर्माण पूरा गरिएको छैन ।

Planning_Consultancy.gif 1.45 MB

अर्का व्यापारी भन्छन् सडक विभाग , चाइना निर्माण व्यवसायी कम्पनी र कन्सलटेन्टलाई भन्दा भन्दा थाक्यौ । चाइना कम्पनी उल्टो भन्छ , हामीसँग पैसा छैन  कसरी काम गर्ने ? अनि यो राजमार्ग कसरी निर्माण हुन्छ । हामीले कति सास्ती भोग्ने ?

पूर्व पश्चिम राजमार्गको कमला नदीदेखि पूर्व कञ्चनपुर बजारसम्म चार लेन सडक निर्माणको ठेक्का पाएको चाइना कम्पनीले तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्दा पनि सडक निर्माण पूरा गरेको छैन । अझसम्ममा मात्र ५० प्रतिशत काम पूरा भएको छ ।  

 

AS.gif 486.54 KB

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHKZJM6Q9564E4QFBW7TZ98J.jpg

आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ । आज चार संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे अर्थ समितिको बैठक बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ । 

यस्तै, कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठमा सुदूरपश्चिम, मधेस र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरूमा रहेका प्रहरी हिरासतको स्थलगत अनुगमन गर्न र संघीय संसदले बनाएका ऐन कानून कार्यान्वयनका चुनौतीका विषयमा अन्तरक्रिया कार्यक्रम गर्न गठित उपसमितिहरूको प्रतिवेदन पेस र छलफल हुनेछ । 

जस अन्तर्गत संघीय संसदले बनाएको ऐनकानुन कार्यान्वयनका चुनौतीका विषयमा कैलाली जिल्लाको धनगढीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐनकानुन कार्यान्वयनका चुनौतीका विषयमा धनुषा जिल्लाको जनकपुरधाममा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१, संघीय संसदले बनाएको ऐनकानुन कार्यान्वयनका चुनौतीका विषयमा दाङ जिल्लाको देउखुरीमा गरिएको अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन, २०८१ मा छलफल हुनेछ । 

यसैगरी आज विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बिहान साढे ११ मा बस्ने बैठकमा “नेपालमा दिगो विकास लक्ष्य कार्यान्वयन स्थिति अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन, २०८०’’ को सार्वजनिकीकरण र छलफल हुदैछ । 

आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुदैछ । बैठक दिनको १ बजे बस्दैछ । 

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHKTY43WTDG1HYK19V60S4YH.jpg

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपियाँ ३२ पैसा र बिक्रीदर एक सय ३८ रुपियाँ ९२ पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपियाँ ९० पैसा र बिक्रीदर एक सय ४२ रुपियाँ ५२ पैसा, अस्ट्रेलियन डलर एकको खरिदर ८५ रुपियाँ ५३ पैसा र बिक्रीदर ८५ रुपियाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिदर ९६ रुपियाँ १९ पैसा र बिक्रीदर ९६ रुपियाँ ६१ पैसा रहेको छ । 

यस्तै, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपियाँ ०२ पैसा र बिक्रीदर एक सय एक रुपियाँ ४५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपियाँ ५६ पैसा र बिक्रीदर एक सय ६९ रुपियाँ २९ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपियाँ ९८ पैसा र बिक्रीदर एक सय ५१ रुपियाँ ६३ पैसा कायम गरिएको छ ।

यसको साथै, जापानी येन १० को खरिदर आठ रुपियाँ ७६ पैसा र बिक्रीदर आठ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपियाँ ८७ पैसा र बिक्रीदर १८ रुपियाँ ९५ पैसा, थाई भाट एकको खरिदर तीन रुपियाँ ९८ पैसा र बिक्रीदर तीन रुपियाँ ९९ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, हङ्कङ डलर एकको खरिदर १७ रुपियाँ ७७ पैसा र बिक्रीदर १७ रुपियाँ ८४ पैसा रहेको छ । 

त्यस्तै, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपियाँ ८५ पैसा र बिक्रीदर ३७ रुपियाँ ०१ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ९६ पैसा र बिक्रीदर ३८ रुपियाँ १२ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपियाँ ६६ पैसा र बिक्रीदर ३७ रुपियाँ ८२ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपियाँ ७० पैसा र बिक्रीदर ३० रुपियाँ ८४ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपियाँ ३३ पैसा र बिक्रीदर १२ रुपियाँ ३९ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रुपियाँ ०२ पैसा र बिक्री दर १९ रुपियाँ १० तोकिएको छ ।

यस्तै, भारतीय रुपियाँ एक सयको खरिदर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४८ रुपियाँ ०४ पैसा र बिक्रीदर चार सय ४९ रुपियाँ ९८ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपियाँ ९१ पैसा र बिक्रीदर तीन सय ६८ रुपियाँ ५० पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपियाँ २९ पैसा र बिक्रीदर तीन सय ६० रुपियाँ ८५ पैसा तय भएको छ ।

प्रकाशित मितिः बुधबार, ०२ माघ २०८१
https://jawaaf.com/storage/01JHJGPSDNM02905K65DK50VRE.jpg

मुन्दुम पदमार्गले पर्यटनमा प्रचुर सम्भावना बोकेको छ : मन्त्री पाण्डे

भोजपुर । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मुन्दुम पदमार्गले पर्यटनमा प्रशस्त समभावना बोकेको बताएका छन् । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिकाले आयोजना गरेको मुन्दुम पदमार्ग भ्रमण वर्ष २०२५ को विशेष समारोह उद्घाटन गर्दै मन्त्री पाण्डेले सो कुरा बताएका हुन् ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

मुन्धुम पदमार्ग प्रदेश नं १ को पर्यटन विकास तथा विस्तारमा अत्यधिक सम्भावना बोकेको र पदयात्राका लागि सहज पनि भएको आफूले पाएको उनको भनाइ छ ।’ यो पदमार्गले किराँती र मुन्दुम संस्कृतिको संरक्षण, संवर्धन र प्रचारप्रसारमा उल्लेख्य योगदान गर्छ,’ कार्यक्रममा सम्बोधन गर्दै उनले भने, ’ यो पदमार्गको बीचमा थुप्रै पर्यटकीय र किराँती संस्कृतिसँग जोडिएका स्थान छन् । यसले यो पदमार्गको महत्त्व अझ बढाएको छ ।’

Photo (5).jpg 220.08 KB

झन्डै एक सय किलोमिटर दुरीको यो पदमार्गमा अधिकांश किराँत समुदायका बस्ती छन् । ‘मुन्दुम’मा उल्लिखित किराँती जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएका स्थान भएकाले यो पदमार्गको नाम ’मुन्दुम’ राखिएको हो । मुन्दुम पदमार्ग एक भए पनि संस्कृति र पर्यटनलाई सँगसँगै जोडेको मन्त्री पाण्डेले उल्लेख गरे ।

Furniture House.gif 947.74 KB

भोजपुर र खोटाङ्गको सीमानामा पर्ने तीन हजार १६५ मिटरको टेम्केडाँडा क्षेत्रबाट सुरु हुने पदमार्ग ३ हजार ३५० मिटरको मैयुङ डाँडा, चार हजार १५५ मिटरको सिलिचुङ डाँडा हुँदै तीन हजार ७५० मिटरको साल्पापोखरी सम्म पुग्छ। मौसम सफा भएको बेला पदमार्गबाट सगरमाथा, कञ्चनजङ्घा, मकालु, ल्होत्से, लगायतका आठ हजार मिटरभन्दा अग्ला ६ वटा हिमाल देख्न सकिन्छ ।

फरक प्रसंगमा पर्यटन मन्त्री पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि हवाई क्षेत्रको विकास पनि उत्तिकै जरुरी रहेको बताए । नेपालको आवश्यकता अनुसार जहाजहरू नभएकाले जहाजको सङ्ख्या थप गर्न र बन्द रहेका विमानस्थललाई पनि सञ्चालनमा ल्याउन आफूले प्रयास गरिरहेको मन्त्री पाण्डेको भनाइ थियो ।

Chicken_Meat_Shop.gif 1.4 MB

प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१
https://jawaaf.com/storage/01JHJCY0DX39187XP1ABGY1ZQX.jpg

माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड हो : सह–अध्यक्ष थापा

काठमाडौँ । नेपाल मगर संघ केन्द्रीय समितिको सह–अध्यक्ष गंगाबहादुर थापा मगरले माघे संक्रान्ति मगर समुदायको लागि नयाँ वर्ष नै भएको बताएका छन् ।उनले माघे संक्रान्ति मगर समुदायको मनोरञ्जनको अन्तिम चाड भएको बताए ।

PATHIVARA PRE-ARMY TRAINING ACADEMY.gif 1.3 MB

उनले भने, ‘मकर संक्रान्तिलाई हामी मगर संक्रान्ति भन्छौँ । खास गरी यो माघे संक्रान्तिको रूपमा हामी प्रत्येक वर्ष पुसको २९ गते र माघ १ गते मनाउने गर्छौँ । २०६५ साल देखी मगरहरूले मनाउँदै आएका छौं । यो हाम्रो नयाँ वर्ष पनि हो । वैज्ञानिक हिसाबले  हेर्ने हो भनेदेखी आज हामीले गत साउनमा कर्कट संक्रान्तिमा खोलिएका बाजाहरू अब यो  माघे संक्रान्ति आजबाट हामीले बजाउने बाजाहरू बन्द गरेर खेतीपातीतर्फ लाग्छौँ । यो मगरहरूको मनोरञ्जनको अन्तिम चाड हो।’

साथै उनले माघे संक्रान्तिले माइती चेलिहरूको सम्बन्धमा सुमधुर सम्बन्ध बढाउने समेत बताए ।  उनले माघे संक्रान्तिलाई मगर समुदायले देशमा मात्र नभैइ विदेशमा समेत मनाउँन आग्रह गरे ।

The Cake Palace_Adv_@jawaaf.gif 1.59 MB

प्रकाशित मितिः मङ्गलबार, ०१ माघ २०८१