कन्याम घुम्नेहरूलाई राउन्ड सेल्फी फोटोवुथ
इलाम । इलामको सूर्योदय नगरपालिकास्थित कन्याम चिया बगान परिसरमा फोटोप्रेमीहरूका लागि राउन्ड सेल्फी फोटोवुथले थप आकर्षित गराएको छ । हरियो चिया बगानलाई पृष्ठभूमिका राखेर सेल्फी लिने र टिकटकका लागि भिडियो बनाउनेहरूका लागि फोटोबुथ आकर्षित बनेको हो ।
पछिल्लो समय चाडपर्वको फुर्सदमा कन्याम पुग्ने पर्यटकहरू चियाबगान मात्रै होइन कुहिरोसँग लुकामारी खेल्दै छिनछिनमा परिवर्तन भइरहने मौसमसँग रमाउँदै फोटोवुथमा उक्लिएर तस्विर लिने र भिडियो बनाउन झुम्मिने गरेका छन् ।
घोडा चढेर चिया बगान सयर गर्नेदेखि लिएर मौलिक संस्कृतिसँग जोडिएका पोसाकमा सजिएर तस्विर खिचाउनेहरू अब फोटोबुथ आकर्षणका रूपमा थपिएको छ ।
जापानका नगर प्रमुखलाई बालेनले दिए ढाका टोपी र देशे मरुझ्याःको प्रतिकृति उपहार
काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरूले बताएका छन् ।
सम्बन्ध स्थापना भएको ३५ औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उनीहरूले यस्तो बताएका हुन् ।
भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरूप ढाका टोपी र देशे मरु झ्याः को प्रतिकृति उपहार स्वरूप प्रदान गरे ।
यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरूप प्रदान गरे । भ्रमण टोलीका सदस्यहरूलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टोपी, पस्मिनाको सल र बुद्ध प्रतिमा उपहार स्वरूप प्रदान गरिन । मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषद्का अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् ।
स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरूकातर्फबाट सङ्कलन गरिएको दुई लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई हस्तान्तरण गरेका थिए । गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खबर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम सङ्कलन भएको रकम भ्रमणका अवसरमा हस्तान्तरण गरिएको हो । स्वागत कार्यक्रममा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसहित पदाधिकारीहरू सहभागी थिए ।
प्रतिनिधि मण्डल मंगलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरूले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए ।
मंगलबार नै टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको छ । बुधवार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरूसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ ।
काठमाडौँ र मात्सुमोतो नगरकाबिचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्बन्ध स्थापना भएको १० औँ बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो ।
एक करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै वर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रूपमा उद्घाटन गरेका थिए । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पु¥याएको थियो ।
२०७२ सालको भूकम्पले पु¥याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट सङ्कलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो ।
मल्टिपर्पोस मार्सल आर्ट सेन्टरमा जुडो एण्ड केन्दो प्रशिक्षण हुने गरेको छ । २०७६ सालमा मात्सुमोतो नगरका तत्कालीन प्रमुख केन्दो खेलमा प्रयोग हुने सिनाइ (बेतको विशेष खालको लौरो) ६० थान र जुडो गि १० थान प्रदान गरेका थिए ।
कपिलवस्तु जिल्ला अदालतका दुई कर्मचारी पक्राउ
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घुससहित दुई जनालाई पक्राउ गरेको छ । मंगलबार जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई पक्राउ गरेको हो ।
मिश्रलाई २० हजार रुपैयाँ र पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ ।
जारी गरेको विज्ञप्तिमा बेरितको बन्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
ट्रम्पले मस्क र रामास्वामीलाई सुम्पिए महत्वपूर्ण जिम्मेवारी
काठमाडौँ । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रमपले टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्क र पूर्व राष्ट्रपतीय रिपब्लिकन उम्मेदवार विवेक रामास्वामीलाई महत्वपूर्ण जिम्मेवारी सुम्पिने भएका छन् ।
नोभेम्बर ५ मा भएको चुनावबाट निर्वाचित भएका ट्रम्पले कार्यभार जनवरी २० देखि सम्हाल्ने छन् । त्यसअघि नै महत्वपूर्ण जिम्मेवारी दिने व्यक्तिहरूको सूची सार्वजनिक गर्दै आएका ट्रम्पले नयाँ विभाग गठन गर्दै मस्क र रामास्वामीलाई जिम्मेवारी दिएका हुन् ।
ट्रम्पले सरकारी खर्च घटाउने र कर्मचारीहरू माथि निगरानी गर्ने उद्देश्यले ‘सरकारी दक्षता विभाग’ नै बनाएका छन् । त्यसैको नेतृत्व मस्क र रामास्वामीलाई सुम्पिएका हुन् । यो विभागले अनावश्यक नियमहरू परिमार्जन र हटाउन, फजुल खर्चमा कटौती गर्दै सङ्घीय निकायहरूलाई पुनर्संरचना गर्न भूमिका खेल्ने छ ।
मस्क र रामास्वामीले २०२६ को जुलाई ४ सम्ममा आफ्नो जिम्मेवारी पूरा गर्ने बताएका छन् । ४ जुलाई २०२६ मा अमेरिकाले २५० औं वार्षिकोत्सव मनाउँदै छ । चुनावकै बेला विभिन्न कुराहरुको पुनर्संरचना गर्ने बताएका ट्रम्पले यो विभाग अमेरिकी जनताका लागि ‘उपहार’ हुने बताएका छन् ।
एलन मस्क टेस्ला, स्पेसएक्स र एक्स (पूर्व ट्विटर) का प्रमुख हुन् । उनी ट्रम्पको चुनावी अभियानमा खुलेरै लागेका थिए भने विवेक रामास्वामी एक औषधि कम्पनीका संस्थापक र उद्यमी हुन् । उनले ट्रम्पको राष्ट्रपतीय अभियानमा समर्थन जनाउँदै आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएका थिए ।
नयाँ विभागको संक्षिप्त नाम ‘डीओजीई’ रहेको छ । यसलाई मस्कले प्रचार गर्ने लोकप्रिय क्रिप्टोकरेन्सी डोजक्वाइनसँग मिलेको रूपमा पनि अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।
स्कटल्याण्डका माइकल लिस्क पोखरा एभेन्जर्समा अनुबन्ध
काठमाडौं । पोखरा एभेन्जर्सले स्कटल्याण्डका क्रिकेटर माइकल लिस्कलाई टोलीमा अनुबन्ध गरेको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को लागि पोखरा एभेन्जर्सले विदेशी खेलाडीका रूपमा लिस्कलाई भित्र्याएको हो ।
३४ वर्षीय लास्क अलराउन्डर हुन् । उनी लामो छक्का प्रहारका लागि परिचित छन् । उनले टी–२० मा ८० म्याच खेलेका छन्। जसमा ८५९ रन बनाउँदै ४५ विकेट लिएका छन्।
’एनपीएल र पोखरा एभेन्जरसँग जोडिन पाउँदा म अत्यन्तै खुसी छु। पोखराको टिम राम्रो बन्दै गइरहेको छ । हामी मैदानमा जोशिलो क्षण तय गर्न तत्पर छौँ,’ लास्कले भने ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले लास्कको आगमनले पोखराको खेल प्रदर्शन अब्बल हुने बताए । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीको आबद्वताले टिम र एनपीएलको भ्यालु बढाउने भन्दै खुसी व्यक्त गरे।
एनपीएलकै सबैभन्दा महँगो टिम पोखरामा नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की खेलाडीका रूपमा छन्। त्यस्तै टोलीमा नेपालबाट सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङ अक्सन मार्फत छनोट भएका छन्।
त्यस्तै आइपीएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ।
एनपीएल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।
राष्ट्रपति ट्रम्प सांसद वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारीमा
काठमाडौं । अमेरिकाका नव–निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लोरिडाका रिपब्लिकन सांसद माइक वाल्टजलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने तयारी गरेका छन्।
वाल्टजले अमेरिकी सुरक्षा नीति र चीनसँगको सम्बन्धमा कडा अडान लिएका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा चीनको गतिविधिप्रति चिन्ता व्यक्त गर्दै सम्भावित द्वन्द्वको लागि अमेरिका तयार रहनुपर्ने बताउँदै आएका छन्।
वाल्टज हालै मात्र फ्लोरिडाको पूर्व–मध्य क्षेत्रको अमेरिकी प्रतिनिधि सभाको सीट जितेर पुनःनिर्वाचित भएका छन्। उनले डेमोक्र्याट उम्मेदवार जेम्स स्टकटनलाई हराउँदै यो सफलता प्राप्त गरेका हुन्। वाल्टज अमेरिकी सेनाका पूर्वकर्णेल, युद्ध सज्जित ग्रिन बेरेट, तथा पूर्व व्हाइट हाउस र पेन्टागन नीति सल्लाहकार पनि हुन्। उनी सन् २०१८ मा पहिलो पटक कंग्रेस सदस्यको रूपमा निर्वाचित भएका थिए।
वाल्टजले अफगानिस्तानमा विभिन्न युद्ध अभियानहरूमा सेवा गर्दै चार वटा ब्रोंज स्टार अवार्ड प्राप्त गरेका छन्। अमेरिकी सेना छोडेपछि उनले पूर्व राष्ट्रपति जर्ज डब्ल्यू बुशको कार्यकालमा रक्षा विभागमा नीति निर्देशकका रूपमा काम गरेका थिए। उपराष्ट्रपति डिक चेनीको नेतृत्वमा वाल्टजले आतंकवादविरोधी सल्लाहकारको रूपमा पनि भूमिका निर्वाह गरेका थिए।
ट्रम्प प्रशासनले अर्को प्रमुख पदमा पनि फ्लोरिडाबाटै अर्को नेता नियुक्त गर्ने सम्भावना रहेको छ। ट्रम्पले फ्लोरिडाका सिनेटर मार्को रुबियोलाई विदेश सचिव नियुक्त गर्ने तयारी गरिरहेको समाचार आएको छ। रुबियो, जसले सन् २०१६ मा राष्ट्रपतीय चुनावमा ट्रम्पलाई चुनौती दिएका थिए, पछिल्लो समय ट्रम्पका परराष्ट्र नीति सल्लाहकारका रूपमा पनि सक्रिय रहे।
रुबियोको नियुक्तिले अमेरिकाको विदेश नीतिमा ठूलो प्रभाव पार्ने अपेक्षा गरिएको छ।
अपर तामाकोसीमा करोडौँ मूल्यका सरसामान चोरी, के भन्छ कर्मचारी युनियन ?
दोलखा । राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको अपर तामाकोसी हाइड्रोपावरबाट करोडौँ मूल्य बराबरका विभिन्न सरसामानहरू चोरी भएका छन् ।
गएको असोज ११ र १२ गतेको भीषण वर्षापछि आएको बाढी र पहिरोले क्षति पु¥याएको बाँधस्थलका कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका महत्वपूर्ण सामग्रीहरू चोरी भएको अपर तामाकोसी हाइड्रोपावर लिमिटेड कर्मचारी युनियनले जनाएको छ ।
युनियनले हिजो सोमवार ध्यानाकर्षण पत्र जारी गर्दै आयोजनाबाट महत्वपूर्ण सामग्रीहरू शङ्कास्पद र रहस्यमय ढङ्गबाट चोरी भएको जनाउँदै आवश्यक छानबिन गरी दोषीउपर कडा कारबाही गर्न अनुरोध समेत गरेको छ । ‘तीनै तहको सुरक्षा घेराभित्र रहेको अवस्थामा विगतमा पनि आयोजनाका करोडौँ करोड पर्ने क्रेनलगायत बहुमूल्य सम्पत्ति चोरी भएको सर्वविदितै छ । यसरी, अपर तामाकोसी कम्पनीको सम्पत्ति पटक–पटक चोरी निकासी हुनु रहस्यमय र शङ्कास्पद विषय भएकाले अपर तामाकोसीको सार्वजनिक सम्पत्ति दोहन र चोरी निकासी गर्नमा संलग्नमाथि आवश्यक छानबिन गरी दोषीउपर कडा भन्दा कडा कानुनी कारबाहीका लागि यस युनियन सम्बन्धित पक्षसँग जोडदार माग गर्दछ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।
खासगरी बाढीबाट बाँधस्थलका क्षतिग्रस्त कन्ट्रोल विल्डिङ र सेटलिङ बेसिन लगायतका संरचनाहरू मर्मतका क्रममा निकालिएका जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, अल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू चोरी भएको युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठले बताए । चोरी भएका ती सामग्रीहरू करोडौँ मूल्य पर्ने अपर तामाकोसी हाइड्रोपावर लिमिटेड कम्पनीको सम्पत्ति भएको उनको भनाइ छ ।
युनियनका अध्यक्ष शेषनारायण श्रेष्ठ र महासचिव राजकुमार श्रेष्ठद्वारा संयुक्त रूपमा हस्ताक्षर गरिएको ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘क्षतिग्रस्त कन्ट्रोल विल्डिङ लगायतका स्थानहरूको सरसफाइ गर्ने क्रममा निकालिएको जीर्ण भएका विद्युतीय उपकरण, तामा, फलाम, अल्मुनियम र अन्य धातुजन्य कवाडी सामग्रीहरू लगायतका करोडौँ पर्ने अपर तामाकोसी हाइड्रोपावर लिमिटेड कम्पनीका सम्पत्ति चोरी निकासी भएको सञ्चारमाध्यमबाट जानकारी प्राप्त हुँदा यस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।’ तीन तहको सुरक्षा घेरा रहेको आयोजना परिसरबाट बहुमूल्य सामग्रीहरू चोरी हुनु शङ्कास्पद रहेको युनियनको ठहर छ ।
असोज ११ र १२ गतेको वर्षापछि आएको बाढीबाट क्षति भएको आयोजनाका विभिन्न संरचनाहरू हाल मर्मत सम्भार भइरहेको छ । क्षतिग्रस्त स्थानको सरसफाइ र कम क्षतिको सेटलिन बेसिनको मर्मत कार्य ‘डे वर्क्स’मा अपर तामाकोसी हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धिधत रोल्वालिङ खोला जलविद्युत् आयोजनाका मुख्य सिभिल ठेकेदार हाइ हिमाल हाइड्रो कम्पनीबाट भइरहेको छ ।
२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे
काठमाडौँ । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ । सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोसाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभ¥याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीश द्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्री समेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुन्डा समूहले अर्का गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।
गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे पक्राउ
काठमाडौं । ज्यान मार्ने उद्योगमा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार उनी काठमाडौंको सानोभर्याङबाट पक्राउ परेका हुन् ।
मनाङेले सामाजिक सञ्जालमा विज्ञप्ती जारी गर्दै सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ आएपछि अदालतमा आफैँ उपस्थित हुने बताएका थिए ।
कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुन्डा समूहले अर्का गुन्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।
रवि लामिछानेलाई बयानका लागि आज बुटवल लगिंदै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रूपन्देहीको बुटवल लगिंदै छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका लामिछानेलाइ मंगलबार बुटवल लैजाने तयारी रहेको छ ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई आज बुटवल लान लागिएको हो । बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछाने माथि अनुसन्धान गरिरहेको छ ।



























































